Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कतिसम्म गर्न सकेका गणेश थापाले !

Posted on September 29, 2014September 30, 2014 by Salokya

ganesh_thapa खेल पत्रकारहरु अहिले ‘सक’ छन्। उनीहरुका प्रिय गणेश दाइ अहिले फन्दामा परेका छन्। उनको पद कति समयसम्मका लागि कुन्नि निलम्बनमा परेको छ। एन्फा अध्यक्षको हैसियतले गणेश थापाले अब केही गर्न पाउने छैनन्। संसदको सार्वजनिक लेखा समितिले एन्फामा व्यापक अनियमितता र भ्रष्टाचार रहेको ठहर गरेको छ। अब यसबारे अख्तियार र सम्पति शुद्धिकरण विभागलाई छानबिन अघि बढाउन निर्देशन दिइएको छ। अख्तियारले थापाकाजीलाई केही गर्ला भन्ने आश मात्र गर्नुस्, भर नपर्नुस्। किनभने अख्तियारले सानो माछा मात्र समात्ने, ठूलालाई केही गर्न नसक्ने भन्दै आलोचित छ। थापा सबलाई रिझाउन सक्ने ठूला मान्छे हुन्। सम्पति शुद्धिकरण विभागका अनुसन्धान अधिकृत त घुस लिँदालिँदै पक्राउ परेका छन्। त्यसैले यो विषयको टुङ्गो पनि ‘मिलाएर’ हुन्छ होला। तैपनि कस्तो कस्तोसम्म अनियमितता भएको रहेछ लेखा समितिले गरेको विश्लेषण हेरौँ न त। गजब गजबका अनियमितता गरेका छन् थापाकाजीले।

पहिले नै एउटा ब्लगमा लेख्या थिएँ नि, एन्फाको फ्याक्सै गणेश थापाको घरमा थियो भनेर। हो त रैछ त। समितिले भनेको छ- अखिल नेपाल फुटवल संघ जस्तो संस्थालाई केवल एउटा व्यक्तिले व्यक्तिगत जस्तो गरी प्रयोग गरिएको छ। करोडौं करोड रुपैयाँ आएको देखिन्छ, त्यसको श्रेष्ता लेखा केही पनि दुरुस्त छैन।

साफ फुटबलको टिकट बिक्रीको दुई करोड हरायो
भर्खरै सम्पन्न साफ गेममा महँगो टिकट किनेर खेल हेर्ने तपाईँ पनि हुनुहुन्थ्यो होला। वास्तविक आम्दानी ३ करोड भएको रहेछ यसमा। तर एन्फाले अडिट रिपोर्टमा भने आम्दानी ९० लाख मात्रै देखाएर २ करोड १० लाख रकम पच पारिदिएको छ। यसरी २१ करोडको टिकटको आम्दानीमा पनि यथार्थ छानवीन गर्नुपर्ने देखिन्छ। अरु प्रतियोगिताको टिकट आम्दानीमा पनि यस्तै गरेर २१ करोड घोटाला भएको रहेछ।

आफ्नै साथीलाई बिना निर्णय करोडौँ करोड
एसियाली फुटबल महासंघ (एएफसी) ले सामाजिक उत्तरदायित्व अन्तर्गत रकम एन्फालाई दिने गर्छ। तर त्यसको हिसाब अडिट रहेनछ। रकम चाहिँ आफ्नै पारिवारिक सम्बन्ध भएका वन्दना राणाको संस्था “साथी” लाई दिएका रहेछन्। यो दिन कुनै निर्णय पनि गर्नु परेनछ। ६ वर्षदेखि प्रति वर्ष २५,०००/– डलरका दरले १ लाख ५० हजार डलर अर्थात १ करोड ५० लाख रुपैंया हालसम्म दिएको देखिन्छ।

हुँदै नभएको कम्पनी समेत खडा
हुँदाहुँदा गणेश थापाले हुँदै नभएको कम्पनी देखाएर समेत अनियमितता गर्न बाँकी राखेनछन्। माइला कन्स्ट्रक्सन नामको कम्पनी भनिएको रहेछ तर त्यो नामको कम्पनी नै रहेनछ।

सरकारले उत्कृष्ट खेलाडीका लागि दिएको २० लाख रुपैयाँ पनि पच
२०६१ सालदेखि नेपाल सरकारले उत्कृष्ट खेलाडी पुरस्कार वापत २० लाखको दरले रकम प्रत्येक साल दिँदै आएको रहेछ। तर अहिलेसम्म ५ जना खेलाडीहरु उपेन्द्रमान सिंह, हरि खड्का, राकेश श्रेष्ठ, रितेश थापा र सागर थापालाई मात्रै त्यो रकम दिइएको रहेछ। बाँकी सबै पच। समितिले भनेको छ- ५ वर्षको १ करोडको हिसाबकिताब नबाँडी अनियमितता गरेको देखिँदा छानबिन हुनुपर्ने।

खै त अपार्टमेन्ट दिएको?
खेलाडीहरुलाई अपार्टमेन्ट बाँडेको समाचार पत्रिकामा आएको थियो। अपार्टमेन्ट घोषणा भई सो वापतको रकम चु्क्ता गरेको पनि देखाइएको छ। तर हालसम्म विगत ५ वर्षदेखि कुनैपनि खेलाडीहरुले अर्पाटमेन्ट पाएकै रहेनछन्।

विदेशी प्रशिक्षकलाई भनेर डलर लिने, प्रशिक्षक नराख्ने
विदेशी प्रशिक्षक वापत नेपाल सरकारले US $ ४५,०००/– नियमित दिए पनि विदेशी प्रशिक्षकहरुलाई नियमित राखिएको रहेनछन्। नियुक्ति नभएको महिनाका तलबहरुको हिसाब किताब केही रहेनछ। विदेशी प्रशिक्षककै लागि विभिन्न कम्पनी र दातृ राष्ट्रहरुबाट आएका रकमहरु पनि उल्लेख रहेनछ।

गणेश थापाको बोली नै नियम
कर्मचारी, प्रशिक्षक र रेफ्रीहरुलाई नियम अनुसार नियूक्ति पत्र नदिइने रहेछ। गणेश थापाको बोली नै नियम रहेछ। मौखिक नियुक्ति र निस्काशन। कति आनन्द !

चिन्ता छैन केही!
एन्फाको खाताबाट पटक पटक रकम झिकी सिधै व्यक्तिको खातामा राखेको समेत देखिएछ।

यी त केही नमूना मात्र हुन्। पूरा पढ्न यहाँ क्लिक गर्नुस्।

15 thoughts on “कतिसम्म गर्न सकेका गणेश थापाले !”

  1. bhakta says:
    October 3, 2014 at 1:04 pm

    जर्मनीमा भय थापाका तिन पुस्तेलाई उठ्न नसक्ने गरि कारबाही हुन्थ्यो ,,, त्यसैलेत मेरो छोरो भन्ने गर्छ बा मिलिनिएर हुन् मन भय नेपाल जानुस !

    Reply
  2. madan bajracharya says:
    October 2, 2014 at 10:25 am

    पहुँच वालाले लुते नेपाल र नेपालीलाई/ लोकतन्त्र नामको लथालिङ्ग तन्त्र आय देखि उहिले पुरुष भयर पनि सुत्केरी भत्ता लिनेलाई समेतलाई उच्छिन्नेलाइ पनि उच्छिने यसले/ के नाम दिने यसलाई? तर यसको कुरा भन्दा यस्तालाई सभासद सांसद बनाउने देखि पो दिक्क लाग्यो/ यस्तै यस्ताको भिड बटुलेर इनिहरु बिचमै सहमति गरेर लाचार बिबस संबिधान सभामा बहुमत नस्वीकार्ने हरुले “लौ पास भयो” भन्न लगाउअने संबिधान कस्तो होला खै?

    Reply
  3. सिर्जने says:
    October 2, 2014 at 2:28 am

    गणेश थापाको मुखैमा ‘थु’ लौ जा /

    Reply
  4. ramu says:
    October 2, 2014 at 12:17 am

    ल नयाँ नेता जन्मियो है साथीहरु
    एउटा भोट गाईलाई अर्को दाईलाई भन्दै अर्को पल्ट खेलकुद मन्त्री बनाउनु पर्छ।
    अब केहि समयको लागि जेल जानु परे झन ठुलो प्रोफाईल बनी हाल्छ।यसको लागि उनी आफैले पहल गर्न बेर छैन है।
    ल बधाई छ सबैलाई

    Reply
  5. यम पुन says:
    October 1, 2014 at 11:37 am

    सबैले धिक्कार्नु पर्छ यस्ता डाकालाई| अख्तियारको पनि हल्ला बढी, सानो माछा पक्रने र ठुलो उम्काउने|

    Reply
  6. kumar shrestha says:
    October 1, 2014 at 10:32 am

    को कति पानी मा छ भनेर देखि हालिञ्छ नि अब कारवाही अगाडी बढाउने ले कस्तो रुप मा लिञ्छ हेर्दै जाउ पशुपति ले सबैको भलो गरुन

    Reply
  7. kiran thapa says:
    October 1, 2014 at 5:39 am

    नेपाल सरकारले राम्रो काम गरेर जनतालाई देखाउने हो भने ,स्विस बैंक मा बुझेर हामीलाई छर्लंग पार्नु जरुरि छ | अनि नेपाल सरकारको अलिकति आश लग्नेछ केहि गर्छकी भनेर |

    Reply
  8. निर्मल says:
    October 1, 2014 at 3:31 am

    दाजुभाई दुवैले बर्मा लुट गरेर पनि कसरि एइनामा हेर्न सकेका होलान|
    हाम्रो समाज पनि त्यस्तै छ त्यस्तै भ्रष्टलाई सामाजिक प्रतिष्ठा दिन्छन|
    ए बाबा, इनीहरुको के इज्जत? इनीहरु देशका महान लुटेरा र महाभ्रष्ट हुन्|
    हाम्रो मुलुकमा धेरै जसो प्रतिष्ठित हुने खाने भनेको कि शोषक नत्र भने भ्रष्ट र महाभ्रष्ट
    छन्|
    अरु देशमा भए राजाको प्रत्यक्ष शासन ताका कमलेले सुलसुलेलाई दिने भन्दै अलिकति दहि चिउरे पत्रकारलाई चटाएर अरु ढुकुटीको धन आफै कुम्लो कसेको सबैलाई थाहा छ, अझ गणेशलाई संबिधान सभामा मनोनयन गरेर संबिधान सभा मात्र होइन, जनादेश र समानुपातिक समेतको धज्जी उडाए तैपनि खोइ मेनस्ट्रीम भनिने मेडियाको आवाज?
    कता गए कनक, किशोर नेपाल, प्रतिक, वाग्ले इत्यादिहरु?

    Reply
  9. harke says:
    September 30, 2014 at 3:30 pm

    एन्फालाइ भंग गर्नु पर्छ | एन्फा को मात्र के कुरा , फिफा नै भ्रस्ट हरु को जमात ले चलाएको छ |
    आखिर येत्रो बर्ष फूटबल खेलेर के नै लछारपाटो लाको छ र नेपाली हरुले | जित्ने कहिले होइन| बरु एसको लगानी cricket मा गर्नु पर्छ |

    Reply
  10. Hikmat B k says:
    September 30, 2014 at 11:33 am

    No surprise. FIFA runs this way. He has a FIFA president and Asian Football Federation president support , no one can do nothing . Instead FIFA and AFF stop support and suspend ANFA , then Nepalese government compelled to take back action against Mr. Thapa. All countries football association runs same way. No responsibilities and transparency. Because FIFA only Swiss NGO.

    support, no one can do

    Reply
  11. Ramesh says:
    September 30, 2014 at 10:39 am

    बाबा यो मान्छे त भास्ताचारीको बादशाह नै रे छःएलाई जेल हालेको र सम्पति जफत गरेको हेर्न र सुन्न पाउ…बिन्ति छ भगवान…..

    Reply
  12. Bipin Sharma says:
    September 30, 2014 at 10:38 am

    ल है काजी साब दशा लागे जस्तो छ दशैको मुखमा ! हिन्दु राज्य छोड्ने कि तेसका लागि बार्गेनिंग गर्ने औजार बन्ला जस्तो गणेश थापा राप्रपानेपाललाई ! यो केशमा अख्तियारको चै सारै भर लागेको छैन मलाई पनि ! काजि साब र कार्की साबको सम्बन्द राम्रै छ जस्तो लाग्छ / र नि हेरु गोरु ब्याई हल्छ कि !

    Reply
  13. pradeep pant says:
    September 30, 2014 at 8:14 am

    जस्तो दाइ उस्तै भाइ | सम्पत्ति शुद्धिकरणको आरोपमा खोरमा थुन्न एन्फा बाट निलम्बन गर्नु पर्छ र ? भ्रस्टाचार को आरोपमा जेल चलान भएको अपराधीलाई फीफा र एन्फाले राख्छ/राख्दैन त्यो त सबैले देखी हाल्छन नि |

    Reply
  14. anuj says:
    September 30, 2014 at 8:10 am

    हो, कुरा सहि हो
    फुटबल खेलाडी हरु लै त घर को नोकर भन्दा धेरै pressure दिने गरेको छ थापा ले
    अनि उसले जे बोल्यो तेही नियम hune कुरा नि सहि हो
    नाम नखोल्ने सर्त मा सब फुटबल खेलाडी हरु लै यो कुरा सोध्नु, फरक पर्दैन

    Reply
  15. Amar says:
    September 30, 2014 at 6:51 am

    लेखा समितिको छानबीनलाई कुनै पनि राजनैतिक प्रभाब नपर्ने गर्नलाई गणेश थापालाई सभासद पद बाट तुरन्त बर्खाष्ठ गर्नु पर्दछ । सरकारले लेखा समितिको छानबीन प्रतिबेदनलाई तुरन्त कार्बाहीको प्रक्रियामा ल्याउनु पर्ने भएको छ । २० बर्ष सम्म एकलौटी रुपमा एन्फमा ब्रह्मलुट गरेर जुनरुपमा नेपालको फुटबल खेललाई बर्बाद पार्ने काम भयो त्यसलाई अब पनि माफ दिने काम भयो भने यो मुलुक पुर्ण रुपमा द्धन्द हिनताको शिकार भएको मुलुकको दर्जा समाबेस हुन जानेछ र यसको प्रतिफल सबै नेपाली जनता भोग्नु पर्ने बाध्यता हुन जान्छ । यदि राजनैतिक पहुंचको कारणले गनेश थापाले उन्मुक्ति पायो भने नेपाली जनता सडकमा अाएर अान्दोलन गर्नु पर्ने हुन्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme