Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विज्ञान ब्लग : को, अनि के नै अजम्मरी हुँदोरैछ र!

Posted on September 29, 2014September 29, 2014 by mysansar

हाम्रो घरको सानो बगैंचामा रंगीबिरंगी फूल फुल्ने “अजम्मरी” नामको एउटा फूलको बोट थियो, जसको फूल भने ताजैमा सुकेकोजस्तो देखिन्थ्यो | सानैमा एकदिन आमालाई “किन यो फूलको नाम अजम्मरी भएको आमा ?” भनी सोधेको “यसको फूल कहिलै मर्दैन त्यसैले यसलाई अजम्मरी भनिएको हो” भनेर जवाफ दिनु भयो | “होइन होला !” भनेको त तुरुन्तै पिँधतर्फ केही बाँकीरहेको फुटेको सानो घैंटोको खपटामा पानी हालेर त्यही बोटबाट केही फूलहरु टिपेर डुबाइदिनु भयो | नभन्दै ती फूलहरु त फेरि कोपिलाजस्ता बनेर थुप्रै दिन फुलिरहे | यो मेरो कुनै विज्ञानको प्रयोग थिएन, त्यसैले केही समयपछि यो फूलको कुरा आफै सेलायो|

प्रमाण-पत्र तहमा पढ्दा एकजना पेन्सनमा बस्नै लाग्नु भएको सह-प्राध्यापक हुनु हुन्थ्यो | केही रोगी हुनुहुन्थ्यो सायद धेरैजसो खोकिरहनु हुन्थ्यो | खोकेको देखेर एकदिन एकजना हौडे साथीले “छिटै किन नखुस्केको होला, पृथ्वीलाई भारी” भनेर सराप्यो | हौडे समूहका हामी सबै गलल हास्यौं | दुखको कुरा अर्को बर्ष नै सरको स्वर्गेबास भयो |

यसो सोंच्दा, पत्र-पत्रिका पढ्दा र तिनमा कुनै व्यक्तिको बारेमा, लेखको बारेमा लेखिएका टिका-टिप्पणी पढ्दा अचम्म लाग्छ ! अरुलाई अन्यायमा पार्ने, अत्याचार गर्ने, कसैको अन्जानको सानो गल्ती भेटायो भने पनि आफू विद्वान् पल्टिन धुरीबाट कुर्लिने, आफ्नो केही अरुलाई नदिने, आफू लाठ-साहेब बन्ने केही नगर्ने, तर अरुबाट सदैब मुफतको सेवा खोजिरहने जस्ता नराम्रा कार्य किन गर्छन होला मान्छेले !

आखिर अस्तित्वका हरेक जीवित बस्तु, २० बर्षे, १०० बर्षे, सिटामोल नपाउने, जनताको रगत पसिनाले जोडेको राष्ट्रिय ढुकुटी रित्त्याई बिदेशका रोजीरोजी अस्पतालमा उपचार गराउनेले मात्र होइन कि ब्रह्माण्डका हरेक निर्जीव बस्तुले समेत नहिंडी नहुने एउटा साझा बाटो रहेछ “अन्त !” फरक यत्ति रहेछ अलिकति ढिलो वा अलिकति चाँडो ! ब्रह्माण्डमा अजम्मरी भन्ने बस्तु केही नहुँदो रहेछ |

आखिर संसारका हरेक प्राणी, बनस्पति, पृथ्वी, अन्य ग्रहहरु, सूर्य आदि सजीव तथा निर्जीव सबैको नै जीवनचक्र (Lifespan) हुँदो रहेछ | सबैको अन्तत अन्त हुँदो नै रहेछ |

अहिलेसम्म प्राप्त तथ्य र बैज्ञानिक जगतमा स्वीकार गरिएनुसार सूर्यको जन्म झन्डै ४ अरब, ५६ करोड, ७० लाख बर्ष पहिले भएको हो | सूर्य पृथ्वी भन्दा करिब १०९ गुणा ठुलो छ, र यसको मास पृथ्वीको भन्दा करिब ३ लाख ३० हजार गुणा बढी छ | यसको लगभग ७५% भाग हाइड्रोजन र करिब २३.४% भाग हिलियमले बनेको छ | बाँकी हुन आउने १.६९% भागमाचाहिं अक्सिजन, कार्बन, निअन (Neon), आइरन आदि पर्दछन् |

सूर्यको सबभन्दा भित्रि सतह (Core) करिब १ करोड ५० लाख डिग्री सेल्सियस जति तातो छ | यही भागमा सुरुमा Fusion Reaction भै हाइड्रोजनका एटमहरु जोडिएर हिलियममा परिणत हुने प्रक्रिया हुन्छ | त्यो भन्दा बाहिरको Radiative Zone नामक सतह ७०-२० लाख डिग्री सेल्सियस तातो छ | Fusion भएको शक्ति यो Radiative Zone बाट सूर्यको सतहतर्फ प्रबाह हुन्छ | त्यसपछि उक्त शक्ति Convection Zone मा आइपुग्छ र ठुलाठुला फोकाहरु (Bubbles) बनेर बाहिरी सतहतर्फ धकेलिन्छ | त्यसपछिको हामीले देख्ने Photosphere भनिने Visible Zone त्यही शक्तिकोको अत्यधिक तापले गर्दा पहेंलो देखिन्छ |

हामीले देख्ने सतह करिब ५,५०० डिग्री सेल्सियस तातो छ | यो सतहमा सूर्यको शक्ति बल्दाका हजारौं डिग्री ताता आगोका लप्काहरु लाखौँ किलोमिटर टाढासम्म Space तर्फ आइरहेका हुन्छन् | सूर्यबाट झन्डै १४ करोड ८८ लाख किलोमिटर टाढा रहेको पृथ्वीमा समेत यत्रो ताप आइरहने सूर्यको ताप शक्ति कस्तो होला ! आफै अनुमान लगाऔं !

सूर्यको उमेर अब घर्किनै लागेको छ | आगामी करिब ५ अरब बर्षभित्रमा यसमा भएको हाइड्रोजन संपूर्णरुपले जलेर समाप्त हुने छ | त्यसपछि यो सुख्खारोटी जस्तै गरी फुलेर एकदमै ठुलो, अजंगको रातो डल्लो हुने छ, र यसको सबभन्दा नजिक हुने बुध (Mercury) र शुक्र (Venus) ग्रहहरुलाई यसको राप र तापले समाप्त पार्ने छ |

त्यो भन्दा धेरै पहिले नै, अबको १ अरब बर्षभित्रै, सूर्यबाट नजिकको हिसाबले तेश्रो स्थानमा पर्ने, यो पृथ्वी यति तातो हुने छ कि यसको सतहमा हुने कुनै पनि प्राणी र बनस्पति रहनै नसक्ने अवस्थामा हुनेछन् | भन्नुको मतलब सूर्यको आयु ४ अरब बर्ष बाँकी छँदै यो पृथ्वी जीव रहन नसक्ने अवस्थाको हुने छ |

सूर्य, चन्द्र, पृथ्वी आदिको उमेरको मान्छेको उमेरको समयसँग खासै तुलाना हुनसक्दैन | यिनीहरुको उमेर बर्षमा र मान्छेको उमेर सेकेन्डमा गणना गर्योभने मात्र अंक नजिक पर्न सक्छ | यदि मान्छेको उमेर १०० बर्ष मान्यो भने उसको उमेर करिब ३६ हजार ५०० दिन, अथवा ८ लाख ७६ हजार घण्टा, अथवा ५ करोड २५ लाख ६० हजार मिनेट, अथवा ३ अरब, १५ करोड, ३६ लाख सेकेन्डको हुन्छ | त्यसैले पलभरको जस्तो मानब जीवनमा पत्ता पाउन नसकिए पनि आगामी करोडौं बर्षमा सूर्यबाट निस्किने रेडिएसन यति बढ्ने छ कि जसको कारणले पृथ्वीको संपूर्ण हिउँ पग्लिने छ, समुद्रको पानी उम्लेर वास्पिकरण हुनेछ, पहाडहरु समेत पग्लिने छन, र सारा पृथ्वी नै प्रचण्ड तापको कारणले कैयौं किलोमिटर गहिरा धाँजा परेको एक सुक्खा तातो डल्लोमा परिणत हुनेछ|

किन त्यसो हुनेछ भने सूर्यले प्रत्येक सेकेन्डमा करिब ६० करोड टन हाइड्रोजनलाई हिलियममा परिणत गर्दछ | प्रत्येक १ टन हाइड्रोजन हिलियममा परिणत हुँदा सूर्य नजानिदोरुपमा अलिकति खुम्चिंदै, बाक्लो (Dense) हुँदै, र तातो हुँदै जान्छ |

पृथ्वी चिसो भैसकेपछि र तरल पानी बनिसकेपछि अरबौं बर्ष पहिले अस्तित्वमा देखापरेको एक कोषीय जीव र क्रमशः अहिलेसम्म आइपुग्दाको संसारका कुनाकुना पुग्न सफल बिकसित जीवहरु सूर्यको यही बढ्दो तापको कारणले अबको १ अरब बर्ष भित्रैमा बिस्तारै तर मूलतः समूहगत रुपमै सबै नै नष्ट हुनेछ | त्यसको करोडौं बर्षसम्म पनि पृथ्वीको एकदम भित्रि भागमा बंचेखुचेको पानीमा वा चिस्यानको आसपासमा केही Microbial रहने छन, तथापी तिनीहरु पनि क्रमशः नस्ट हुने नै छन् |

मान्छेले आजभन्दा पहिले कुनै सुइँको समेत पाउन नसकेका अनगिन्ति रहस्यात्मक र डरलाग्दा कुराहरु ब्रमाण्डमा फेला परिरहेका पनि छन् | यदि कुनै अजंगको बस्तुले पृथ्वीलाई हिर्काएन भने अथवा कुनै कारणले पिण्डहरुको गुरुत्वाकर्षण खल्बलिएन् भने आजै अत्तालीनु पर्ने स्थिति भने छैन | धेरै टाढाका भाबी सन्ततिको भबिष्य भने अन्धकारपूर्ण छ | तर “मरेपछि जोसुकै राजा होस् !”

14 thoughts on “विज्ञान ब्लग : को, अनि के नै अजम्मरी हुँदोरैछ र!”

  1. मनीष says:
    October 1, 2014 at 9:49 pm

    प्रिथ्वीको आयू १ अर्व वर्ष भए पनि मानव मष्तिष्क यति विकशित छ कि त्यस भन्दा धेरै पहिले नै मंगल मा बस्ती बसाइ सकेको हुनेछ | हुनत फेरी अर्को १ अर्ब वर्षमा मंगल ग्रह पनि सूर्यको चपेटामा आइसकेको हुनेछ किनकी रेड जाइन्ट भएको सूर्य निरन्तर फुल्दै गइरहेको हुनेछ | तर मान्छे (सायद मान्छे बाट विकसित अरु कुनै प्राणी) ले अन्य कुनै ग्रहमा बस्ती बसाइ सकेको हुनेछ |
    ब्रम्हाण्ड यति ठूलो छ र तारा मण्डल हरु यति धेरै संख्यामा छन कि प्रिथ्वी जस्तो जीव हरु बस्न लायक ग्रह हरु अर्वाैको संख्यामा हुने सम्भाव्यता ९९.९९% छ | तर समस्या के छ भने अन्तरिक्ष यानको अधिकतम गतिमा अर्थात् प्रकाशको गतिमा हिड्दा पनि अर्को पृथ्वी जस्तो ग्रहमा पुग्न अर्वौ बर्ष लाग्ने देखिन्छ त्यति लामो अवधि यौटा यानमा यात्रा गर्न अव्यवहारिक र असम्भव प्रतीत हुन्छ |

    Reply
  2. Shailendra says:
    September 30, 2014 at 6:02 am

    प्रिथिबी भन्दा सुर्य १०९ गुना ठुलो होइन ब्यास चै १०९ गुना हो.

    Reply
  3. Limbu Haratarah says:
    September 30, 2014 at 3:37 am

    नारायण जी थ्याक्स फर अपडेट. गौतमलाई पनि. अनि रिक्वेस्ट छ मेरो – ” भोलिको चिन्ता नगरौं न है” तपाई कै अन्तिम हरप जस्तै..

    Reply
  4. Suman Gurung(UK) says:
    September 30, 2014 at 2:29 am

    कस्तो निराशाजनक कुरा गरेको.. यो त बिज्ञान भन्दा पनि निराशा को कुरा बाडेको जस्तो लाग्ने. टैत.

    Reply
  5. Vicky Dev says:
    September 29, 2014 at 8:02 pm

    To support Narayan Jee’s comment above,
    1.
    http://www.suntrek.org/sun-as-a-star/sun-and-earth/comparing-size-sun-and-earth.shtml

    It says:
    Now we know the sizes of the Sun and Earth, here’s a tricky question.
    How many Earths could you fit inside the Sun?
    The ratio of the Sun’s radius to the Earth’s radius is
    1,392,000/12756 = 109.1
    This means the ratio of their volumes is 109.1 x 109.1 x 109.1, which is about 1,300,000,and that means that 1,300,000 Earths should fit inside the Sun……………..

    2.
    http://ds9.ssl.berkeley.edu/solarweek/DISCUSSION/howbig.html

    it says:
    How many of earth’s moon would fit inside the sun if it were hollow? ?

    Well, the radius of the moon is about 1,080 miles, and the radius of the Sun is about 432,687 miles. The moon and the sun are both spheres, and math tells us how to relate the volume inside a sphere to its radius. I don’t know how much math you have done, so let me just tell you the answer and you can maybe ask your teacher for more information. The answer is that you could get about 64.3 million moons inside the Sun if it were hollow.

    3.
    http://coolcosmos.ipac.caltech.edu/ask/5-How-large-is-the-Sun-compared-to-Earth-
    it says:
    Compared to Earth, the Sun is enormous! It contains 99.86% of all of the mass of the entire Solar System. The Sun is 864,400 miles (1,391,000 kilometers) across. This is about 109 times the diameter of Earth. The Sun weighs about 333,000 times as much as Earth. It is so large that about 1,300,000 planet Earths can fit inside of it. Earth is about the size of an average sunspot!
    …………
    Vicky Dev

    Reply
  6. Bam bahadur says:
    September 29, 2014 at 6:33 pm

    त्यसैले संसार जित्छु भन्ने घमण्ड नगरौ ! अन्तमा हार स्विरकार्नु बाहेक बिकल्प छैन !

    Reply
  7. Tirtha says:
    September 29, 2014 at 4:11 pm

    Age of the Sun is 4 arba 56 karod as writer mentioned. Narayan, u r mistake.

    Reply
  8. Shankar says:
    September 29, 2014 at 1:59 pm

    ल अब भन्नुस , देउता हरु कहा बसेका छन् ? उनीहरुको भूमिका के ?
    प्रिथ्भिमा काला ,गोरा , ठुलो जात , सानोजात , हिरो ,जिरो को किन फाइट ? धर्म को नाउमा किन फाइट ?

    Reply
  9. narayan says:
    September 29, 2014 at 10:13 am

    लेखक ज्यु सुर्य को जन्म छ अर्ब वर्ष भन्दा पहिला भएको हो र सुर्य प्रिथिवी भन्दा दश लाख गुना ठुलो छ नकि एक सय नौ गुना होइन

    Reply
    1. krishna says:
      September 29, 2014 at 5:11 pm

      Compared to Earth, the Sun is enormous! It contains 99.86% of all of the mass of the entire Solar System. The Sun is 864,400 miles (1,391,000 kilometers) across. This is about 109 times the diameter of Earth. The Sun weighs about 333,000 times as much as Earth. It is so large that about 1,300,000 planet Earths can fit inside of it. Earth is about the size of an average sunspot!

      Reply
    2. Vicky Dev says:
      September 29, 2014 at 8:23 pm

      Udaya Jee may have gotten the diameter info on the Internet (and yes, it looks like Sun = ~109 x Earth in terms of diameter) and assumed it to be the relative size of the two. Even I was clueless about the relative size of the two, but if I were to write an article–specially science related–, I would make sure the information I convey is right.

      Vicky

      Reply
    3. Aalok says:
      September 29, 2014 at 9:26 pm

      सूर्यको diameter पृथ्वीको भन्दा झन्डै १०९ गुणा ठूलो छ| लेखकले त्यहि भन्न खोजे जस्तो छ|

      Reply
  10. Madhu says:
    September 29, 2014 at 7:19 am

    ओहो मात्र १ (अरब) बर्ष पो रैछ हामि संग त! अब कता जाने होला त खै! टेन्सन पो भो त!

    Reply
  11. pramod paudel says:
    September 29, 2014 at 3:31 am

    मित्र तेसैले …जन्म लिएको चिज अबश्य नाश हुन्छा
    बनायिएको चिज पनि एकदिन अबश्य नाश हुन्छा
    सब तपाई हामी ले देखेको चिज जत्ति छन् सब एकदिन अबस्श्य नाश हुन्छा

    आज एकदम पक्कि गरेर बनाएको बंगला हेर्नुस त .. १०० वर्ष पछि ..
    संसार को कुनै एउटा चिज देखौनुस जुन नाश हुदैन ..?? सक्नुहुन्छा ???

    ठिक छ सक्नु हुन्न भने मा देखैदिम्ला … तर ल कोसिश गर्नुस के कुरा नाश हुदैन होला ??

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme