-जीवन क्षेत्री-
देश र समाजका शत्रुहरुको सुचीमा एक, दुई र तीन स्थानमा आफैं पर्ने नैतिकता टाट पल्टिसकेका मन्दबुद्धिहरुले समाजको ध्यान अन्यत्र मोडेर आफ्नो अकर्मण्यता लुकाउन सिके राउतलाई एउटा बहाना बनाएको मेरो ठम्याइ छ । यति सरल सत्य नबुझेर युवाको एउटा जमात यस्तो कुरा गदैछ मानौं नेपालका तमाम समस्याको जड खाली सिके राउत नामको एउटा व्यक्ति हो जसको बलि चढाउने हो भने चमत्कारपूर्ण नेपाल एउटा स्वतन्त्र, सार्वभौम र समृद्ध देश बन्छ । योभन्दा भ्रामक कुरा केही हुन सक्दैन ।
शुरुमा लागेको थियो, सरकारले नगर्नुपर्ने पक्राउ गरिहाल्यो, गल्ती महसुस गरेर केही दिनमा छाडिदिइहाल्नेछ । यसबीच जो जति बोले बोले, यसको दीर्घकालीन प्रभाव केही हुने छैन । तर मामला बिस्तारै गम्भीर भएर जाँदैछ ।
यो सीके राउतको बचाउ हैन, न त उनका अभिव्यक्ति र कथित गतिविधिको पनि । जसलाई जे लाग्छ, त्यो भन्ने हो । लोकतान्त्रिक व्यवस्थामा समाजलाई त्यो पाच्य भएन भने त्यसको आलोचना वा खण्डन गर्ने हो । राउतका अराजक र क्रुद्ध शब्दहरु नेपाली समाजका लागि अपाच्य होलान्, मानिसहरुका भावनामा चोट पुगेको पनि होला । इमान्दार भएर भन्नुपर्दा उनका अभिव्यक्ति सुनेर म कत्ति पनि क्रुद्ध भइनँ अरु धेरै मध्यम वर्गीय मित्रहरु झैं । ती अभिव्यक्ति आपत्तिजनक पक्कै थिए तर क्रुद्ध भएर उनको फाँसी माग्न लायक हैन ।
सबैले बिर्सेको कुरा के भने, अन्तहीन संक्रमणमा फसेको एउटा समाजले यस्ता अतिवादी सोचका रुपमा आउने ध्वंशकारी प्रवाहहरुलाई पार गरेर अघि बढ्ने साहस गर्नैपर्छ । देशको राजनीतिक नेतृत्व आफ्नो कर्तव्यबाट जति चुक्दै जान्छ, देश र समाजले त्यति नै मूल्य चुकाउनुपर्छ ।
सही अर्थमा मूल्य चुकाउनु भनेको सावधानी र बुद्धिमत्तापूर्वक त्यस्ता उग्र र अतिवादी विचार र व्यक्तिहरुको व्यवस्थापन गर्नु हो ।
राउतको सन्दर्भमा गर्न मिल्ने सबैभन्दा उत्तम कदम भनेको उनलाई नचलाएर त्यत्तिकै छाडिदिनु थियो । त्यो अवस्थामा एकाध मानिसले सुनेका उनका अभिव्यक्ति त्यसै सेलाएर जान्थे र उनी यसअघि जुन अवस्थामा थिए, त्यसैमा रहन्थे ।
सरकारले उनलाई पक्रेर जानी नजानी त्यही गर्यो, जुन रणनीतिक रुपमा उनी चाहन्थे । मधेश नै अलग गर्ने उद्देश्य राखेको मानिसलाई केही दिन वा महिनाको जेलनेल भोग्नु भनेको केही पनि हैन ।
त्यसै पनि एउटा अनशनकारीको हत्याको जिम्मा लिइसकेको अहिलेको सरकारले गर्नुपर्ने जे हो, त्योचाहिं नगरेर बाँकी सबै गर्दैछ ।
आफ्नो ठाउँमा सिके राउत गलत होलान्, तर हाम्रो लोकतान्त्रिक सरकारले उनीसित त्यही व्यवहार गर्दैछ जुन हिजोको पञ्चायतले निहत्था बि पी वा गणेशमानलाई गरेको थियो ।
सिके राउत वा अरु कोही पनि नेपालको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने गरी भौतिक कार्य सम्पादनमा ओर्लिएको अवस्थामा तिनलाई भौतिक नै कारवाही गर्नु जायज हो । तर खै त्यसको प्रमाण? ट्रेञ्च खन्ने र नाकाबन्दी गर्ने प्रहरीका हावादारी दाबी? सिंहदरबार अघि मानिसलाई गोली दागेर भाग्ने हत्यारालाई छोप्ने खुबी छैन तिनको, तिनले के जासुसी गरेर त्यो कुरा पत्ता लगाए होलान्? सैद्धान्तिक रुपमा सम्भव तर व्यवहारिक रुपमा असम्भव ।
राउतले ट्रेञ्च नै खने र नाकाबन्दीको प्रयास गरे, छिमेकी देशले पनि उनलाई पत्याएर साथ दिएपछि नेपालमा साँच्चिकै संकट उत्पन्न हुने भयो, यति कुराको अकाट्य प्रमाण नभएसम्म उनलाई पक्रिनु सरासर गलत हो । सोच्न त कोकोले के के सोच्छन्, को कोले केके योजना बनाउँछन्, तिनको पछि लाग्ने काम राज्यको हैन ।
अहिलेको नेपाललाई मुख्य खतरा केबाट छ? म ठोकुवा गरेर भन्छु, कुकुर बिरालो झैं झगडा गरेर संविधान निर्माणको काम तर्काउँदै आएका राजनीतिज्ञहरुको अकर्मण्यता आजका दिनमा नेपालको प्रधान शत्रु हो । दोस्रो प्रधान शत्रु हो पटके चोरदेखि देशका सबै डरलाग्दा अपराधीहरुलाई पूरै संरक्षण दिएर समाजको शान्ति र अमन चयन बर्बाद पार्ने राजनीतिज्ञहरुको जमात । तेस्रो प्रधान शत्रु होः एउटाले गरे भ्रष्टाचार हुने तर सबै मिलेर गरे सामान्य राजनीतिक गतिविधि हुने राजनीतिको आम प्रवृत्ति र संस्थागत रुपमा सेना पुलिसदेखि न्यायालयसम्म प्रयास गरेको निकृष्ट तुच्छता र भ्रष्ट प्रवृत्ति ।
देश र समाजका शत्रुहरुको सुचीमा एक, दुई र तीन स्थानमा आफैं पर्ने नैतिकता टाट पल्टिसकेका मन्दबुद्धिहरुले समाजको ध्यान अन्यत्र मोडेर आफ्नो अकर्मण्यता लुकाउन सिके राउतलाई एउटा बहाना बनाएको मेरो ठम्याइ छ । यति सरल सत्य नबुझेर युवाको एउटा जमात यस्तो कुरा गदैछ मानौं नेपालका तमाम समस्याको जड खाली सिके राउत नामको एउटा व्यक्ति हो जसको बलि चढाउने हो भने चमत्कारपूर्ण नेपाल एउटा स्वतन्त्र, सार्वभौम र समृद्ध देश बन्छ । योभन्दा भ्रामक कुरा केही हुन सक्दैन ।
सरकारले जति बौलट्ठी देखाउनु थियो देखाइसक्यो । गल्ती स्वीकारेर पश्चात्ताप गर्न कहिल्यै ढिलो हुँदैन । हाम्रो अदालतले जटिल दीर्घकालीन सामाजिक–राजनीतिक अन्तक्र्रियालाई नापतौल गरेर न्यायोचित निर्णय समयमै गर्ला भनेर कसैले अपेक्षा गर्ने ठाउँ पनि छैन ।
समस्याको एउटै निकास छः उनलाई तुरुन्त निःशर्त रिहा गरेर आफ्नो कल्पनाको उडान भर्न दिने । सभ्य समाजले गर्नु पर्ने नै त्यही हो । । राज्यले आज उदारता देखायो भने बरु भोलि नेपाल टुक्रयाउन हिंड्नेहरु त्यो बाटोबाट फर्कलान् तर राज्य जति तिनको पिछा पर्छ, ती त्यति बलिया हुँदै जान्छन् र राष्ट्रियताको विषयमा त्यति नै फुकाउन नमिल्ने गाँठो पर्छ । कुनै न कुनै बिन्दुमा नफूकेको गाँठोलाई काट्नुपर्ने हुन्छ ।
त्यो असहज अवस्था नआओस् भनेरै आउनोस् नेपालको राज्यलाई एक स्वरले भनौंः सिके राउतलाई रिहा गर ।
जीवन क्षेत्रीको ब्लग साउथ एसिया एन्ड बियोन्डबाट साभार। उनले लेखेको ब्लगको यो केही अंशमात्र हो। पूरा ब्लग पढ्न यहाँ क्लिक गर्नुस्।
सिके राउत भन्छन् – यदि म कतैबाट परिचालित हो भन्ने लाग्छ भने उहाँहरुसँग त राज्य संयन्त्र छ, खोजे भैहाल्यो नि। भारत, अमेरिका, चीन वा युरोपेली मुलुकका जासुसी संयन्त्रसँग नेपालको सुरक्षानिकायको सम्बन्ध छ। म कहाँबाट परिचालित हो खोजेर जनतासमक्ष सार्वजनिक गर्दिनुस् न। नयाँ कुरा गर्नेमाथि आरोप लगाउन सजिलो छ। तर आरोपमात्र लगाएर भएन, त्यसलाई पुष्टि गर्न सक्नुपर्यो। पढ्नुस् शिक्षण अस्पतालको बेडबाट राउतले दिएको अन्तर्वार्ता
सिके रा. उ. त. एक जनाले देश टुक्र्याउन सक्छ ? भाडामा लिएको गुन्डाहरू प्रयोग गरेर नि सक्दैन । यदी मेधेसका नेपालीहरूलाई देश टुक्र्याउन उत्प्रेरित गरेर विशाल मधेस आन्दोलन गर्ला र सारा मधेसका नेपालीहरू देश टुक्राउन सहमत होलान् भन्ने डर हो भने, त्यसको उचित समाधान, डा. सिके राउत लाई पक्रनु होइन, त्यसको समाधान, मधेसका नेपालीहरू किन त्यस्तो चाहन्छन बनेर बुझ्नु पर्छ र उनीहरूको चहना कसरी बदल्ने, कसरी नेपाल प्रति अपनपत्तो बढाउने भनेर खोज्नु पर्छ , नकी जोर जबर्जस्ती उनीहरूको चहनालाई दबाउने प्रयास गर्ने हो ।
यो त, तिम्रो अत्याचार ज्यादा भयो,म तिमीसँग अब बसिरहने सक्दिन भनेर छोटपत्र गर्न खोज्ने बुढीलाई, तथानाम गाली गरेर, जोर्-जबर्जस्ती आफैँसँग राख्नु जस्तै हो । उचित उपाय भनेको, अत्याचार बन्द गर्ने कसम खाएर, उचीत सम्मान दिएर राख्नु हो ।
तर मधेसका अधिकांस नेपालीहरू अहिले नै देश टुक्राउनु पर्छ भन्ने मान्दैनन् जस्तो लाग्छ, तेही पनि, मधेसका नेपालीहरूलाई समान सम्मान र अवसर नदिने हो भने (अवसर त खासमा झन् बढी नै छ, मधेस कोटा छो छ), मधेसका मानिसहरूमा छुट्टिने मानसिकत नआउला भन्न सकिन्न ।
मधेश भनेको कुनै एक बिसेष जाति वा समूह को बिर्ता हैन. त्यहाँ थारु पनि छन् र राजवंसी पनि छन् जो मधेस टुक्र्यौछौ भन्ने हरु भन्दा पहिले देखि आएर बसेका हून. कसैको बाउको बिर्ता हैन मधेस. कसैले तेस्तो बिखण्डनकारी कुरा गर्छ भने इतिहास पढेर आफ्नो उद्गम थलो जहाँ हो त्यहाँ गए हुन्छ, कसैलाई आपत्ति छैन. तर देश टुक्र्याउने चाल चल्छन भने तेस्तालाई छोड्नु पनि हुन्न. तमिल टाइगर संग तुलना गर्नु पर्दैन, खम्पा बिद्रोही हरुलाइ सम्झे पुग्छ.
प्रचण्ड ले भन्यो , ये तेसैले त्यो नै सहि हो भन्ने छैन , कुरा सिधा छ , फ्री तिब्बत भनेर चीन मा भने चीन सरकार ले छोड्छ ? तेस्तै फ्री खालिस्तान , कास्मिर भन्यो भने इन्डिया ले छोड्छ ?
प्रचण्ड को पहिचान भनेकै आफ्नो फाइदा हुन्छ भने जे पनि बोल्ने , जे पनि गर्ने |
तर पनि अहिले जो कोइ पनि संघियतामा जानु को मतलब हाम्लाई यो राज्य , उसलाई यो राज्य भनेर मानौ छुटै देसै बनाउने गरि उफ्रिरा बेला सी के को कुरा ओझेल मा पर्न सक्थ्यो |
तर गनिमत छ परेन | झिनो सरकार ले मुट्ठी चै दरिलो कस्यो |
कहाँ रिहा गर्ने !! पागल कुरा गर्ने !! अदोघती तिर जाने !!! पाखण्डी!!! अब सि के लाइ आजीवन कारावास गर्ने!! त्येस पछि एसको बारेमा कुरै नगर्ने !!! कहिल्यै भाजपा का नेताले कश्मिर स्वतन्त्र को बारेमा कुरा गरेको देख्नु हुन्छा? किन भारत मा एसका बारेमा कुरा हुदैन किन शिख हरु ले माग गरेको खालिस्तान को बारेमा कुरा हुदैन !! किनकि एउटा राष्ट्र बन्न र एकढिक्का हुन येस्ता नचाहिदो मन गदंते कुरा गर्ने लाइ कुनै कुरामा सैह हुदैन !! निमिट्यान्न पर्नु पर्छ !! राष्ट्र सजिलै पैदैना !!!