Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुटनीतिक मर्यादा कुन चराको नाम हो (भाग २)

Posted on September 28, 2014 by mysansar

1969328_10154700709180165_863676429622540378_n
यो फोटो मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुकबाट साभार गरेको हुँ। तस्बिर आफै बोल्छ, हेर्नोस् – भारतीय साइडमा महिलाहरु सारीमा छन् एकदम सभ्य तरिकामा। हाम्रो साइडमा एक जना महिला सुटमा सजिसजाउ भएर उपरखुट्टी लगाएर बसेकी छन्। उनको एउटा खुट्टाले प्रधानमन्त्री बसेको मेचै छोएको छ।

kutnitik
यो कुटनीतिक मर्यादाको घोर उल्लङ्घन हो। हामी एकमाथि अर्को गल्ती गर्दैछौँ। यस्तो गल्ती दोहोरिन नदिन अब प्रधानमन्त्रीको टिम सजग हुनुपर्छ। यति जिम्मेवारी पनि निर्वाह गर्न नसक्ने शिष्टाचार महापाल र प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारलाई तुरुन्त बर्खास्त गर्नुपर्छ।

[यो ब्लग माइसंसारको पाठकबाट आएको हो। तपाईँले पनि कुटनीतिक मर्यादा उल्लङ्घन भएको यस्तै केही उदाहरण देख्नुभएको छ भने भाग ३, ४ बनाउन सकिन्छ। यहाँ क्लिक गरेर पठाउनुस्]

28 thoughts on “कुटनीतिक मर्यादा कुन चराको नाम हो (भाग २)”

  1. Mohamed Ali says:
    October 3, 2014 at 3:15 pm

    नेपालमा नैतिक शिक्षा अनिबार्य गर्नुपर्छ साथी नत्र भए यस्तो दृश्य कुनै नौलो कुरा हुने छैन!

    Reply
  2. Sonam Sherpa says:
    October 1, 2014 at 9:52 am

    लेगेसिको नाममा कमाउ धन्दा चलाउन यस्तो आउट डेटेट मान्छेलाई पी. एम. बनाए पछि यस्तै हो, काँग्रेसले देश र जनताको नाम उचो राखेको कहा पो छ र ? जे होस् महिला पुरुष सबैले उपर खुट्टी लाउन पाइञ्छ तर कुतिनितिक मर्यादा भुल्नु हुदैन है

    Reply
  3. अभिषेक लामा says:
    September 30, 2014 at 6:58 pm

    साथिहरु को कमेन्ट पढेर सारै हासो लाग्यो …बास्तबमा म यो लेखको लेखक ज्युलाई रेस्पेक्ट गर्दाछु किन कि उहाले जानेर, बुजेर, र भोकेर लेख्नु भयको हुनु पर्छ ! सभ्य सिस्ताचार, दयालु पोसितिव जस्ता कुरा हरु हुनु आवसेक छ … एङ्ग्लिशमा भन्छन नि ( broken army र बादर ) राष्टको लिडर जस्तो VIP मान्छे भएर हेर्दै चोर डाका जस्तो भयर बस्यो भने हाम्रो देशको अस्तित्वको के आपेक्ष गर्छौ ??????????????

    Reply
  4. ajay says:
    September 30, 2014 at 2:55 am

    त्या अरु केटा मान्छेहरु उप्पुरखुट्टी लगाउदाचाही ठिक, एउटा महिलाले लगाउदा चाही ठुलो issue??

    Reply
  5. srijana says:
    September 30, 2014 at 12:18 am

    सचै भन्नु पर्दा धेरै नेपालीलाई कपडा र जुत्ता मिलाएर लौन आउदैन वन्ने बुजे हुन्छा,बिदेशिको नक्कल गर्दा टाउको न पुछार हुन्छ |

    Reply
  6. Bipin says:
    September 29, 2014 at 4:28 pm

    And look at that childish and silly grin of the one of delegates of Nepal (Foreign Secretary??) and compare his posture to that of the Indian counterparts who are more composed and relaxed. They look more in the business while Nepali side shows terrible lack of seriousness. Diplomacy for Nepali officials is wining, dining, earning and touring. For Indian it is a tool, opportunity and responsibility. Shame on you people!!!!

    Reply
  7. achut says:
    September 29, 2014 at 3:30 pm

    “वाइयात कुरा” हिजो सुद ले गोबर टेकेको जुत्ता हाम्रो प्र.म. देखाउदा चै ढोग्ने आज तिन ले गरे आपराध हुने??”तेहा भएको छलफल ले देश-जनता लाई के कस्तो असर गर्यो-गर्छ ??”चुरो कुरो यो हो कसले सारी लायो,कुन रंग को लायो,हाम्रो झन्डा को रंग को कट्टु लायो,टोपी कस्तो?पाल्पाली कि……….

    Reply
  8. nimesh, bkk says:
    September 29, 2014 at 11:22 am

    उपरखुट्टी लगाएर बस्यो भने पनि नहुने खुट्टा च्यातेर बस्यो भने पनि च्यातेको ठाउंमा नै आंखा पुग्छ ।
    कस्तो मानसिकता हो ?
    कुन चाहिँ कुटनैतिक मर्यादामा लेखेको छ त्यसरी बस्नु हुन्न भनेर ?

    Reply
  9. Ananta says:
    September 29, 2014 at 9:20 am

    Most of Nepalese are western culture oriented. But they fail in that there is Nepal inside us. We have to behave like that.

    Reply
  10. shailendra says:
    September 29, 2014 at 3:35 am

    नेपाली पाठ्यक्रममा नैतिक सिक्षाको जरुरत छ. हामीले नाता राम्रो सस्कार दिन सक्यौ नाता पायौ. माफ पाऊ, धन्यवाद , जस्ता सब्द समेत फुट्दैन है हाम्रो ? एस्त उप्पर खुट्टी वाला हरु हाम्रै कम्जोर सस्कारका उपज हुन्

    Reply
  11. Rishav says:
    September 28, 2014 at 9:48 pm

    Dude, we don’t need to follow stupid etiquette rules made by foreigners. We are Nepalese, we do what we want.

    Reply
  12. niraj says:
    September 28, 2014 at 7:58 pm

    मलाई पुरुजी को यो लेख देख्दा हासोले सिमा नाघ्यो, जुन angle बाट यो फोटो लिएको हो, ती महिला नजिक देखियेकिन छिन्, बास्तवमा उनि प्रधानमन्त्री भन्दा पछाडी छिन्,
    १. पुरुस ले सुट पाइन्ट लाउन हुने, अनि महिला ले चाही लगाउदा आशोभिनिए भनिदिने
    २. पुरुस ले उपरखुट्टी लगाउन हुने, अनि महिला ले लगाउदा, असभ्य भयो भनेर भन्ने.
    निस्कर्स :: येस्तै थागने सोचाई ले गर्दा आज हामी नेपाली पछाडी छौ.
    PS

    Reply
    1. bibek dhakal says:
      September 28, 2014 at 10:49 pm

      देश पछि परेको हाम्रो थाङ्ग्ने सोचाइ हो कि तपाइहरु जस्तो दलको कार्यकर्ताको माङ्ग्ने सोचाइ ले भाको हो छर्पस्टै छ नि. ए बाबा गल्ति भएपछी गल्ति स्विकार्नु नि, अनेक तर्क बितर्क किन दिनु पर्यो .
      १. केटाले सुट पाइन्ट लाउन हुने केटि ले नहुने रे ? भन्न खोज्या भोलि बराबरी गर्नलाई केटाहरुले पनि औपचारिक समारोहमा केटि ले लाउन हुने हाम्ले लाउन नहुने भनेर सारी लाए भो? आफ्नो घर भित्र पाइन्ट लाउ, हाफ कट्टु लाउ, वा कट्टु नै नलाई बस हाम्लाई के चासो तर यसरि संसारले देख्ने गरि देशको बेइज्जत नगर्नु पो भनेको त. उता भारत को समकक्षी महिलाहरु हेर्नुस न ? के तिनीहरु सारी लाउदैमा कम स्मार्ट देखिएका छन् र. जहाँ सम्म लाग्छ पढाइ र अक्कल्मा मा पनि ति हाम्री चेली भन्दा धेरै माथि छन् होला तिनीहरु.
      é. दोश्रो नम्बर को कुरामा एकपटक मोदी तिर नजर फ़िराउनुस त, उनको नजिक बसेका महिला पुरुस दुवै ले उपरखुट्टी लाएका छन् त?
      अनि हाम्रो झन्डा पनि कस्तो दुल्बो लुत्रुक्क परेको जस्तो देख्खेको भारतको झण्डाको अगाडी. उनीहरुको मिलाउने ले धर्मचक्र नाछेकिने गरि मिलाका छन्. हाम्रो देशको कुटनीतिक कर्मचारी को बुद्दि कसरि पलाउने. सब पार्टी को झन्डा समातेर त त्यो पदमा पुगेका हून नि, सिप ले पुगेका हून र ?

      Reply
      1. niraj says:
        September 29, 2014 at 7:50 am

        पहिलो कुरा बिबेक जी म कुनै पार्टी को कार्यकर्ता या कुनै पनि किसिम ले राजनीति मा संलग्न छुइन , यो मेरो निजि सोच हो . हामी नेपाली किन एस्तो अनाबस्यक कुरा मा जहिले आफुलाई आलमलाई रहन्छौ. मलाई लाग्दैन अरु कुनै देश को नागरकि ले त्यो उपरखुट्टी लगाएको वा कोट लागेको विचार समेत गर्छन होला . कोट पैन्ट लाउनु भनेको मानिस को स्वतन्त्रता ,इच्छा र रुचि को बिषय हो र तिनीले कुम्सेकम अशोभ्य कपडा लागेकी छैनन् . कोट पैन्ट भनेको फोरमल कपडा जुन विश्व भरि स्वीकार्य छ. जहासम्म पढाई र अक्कल को कुरा छ त्यो पनि मानिस को मानसिक छ्यमता को बिषय हो होइन र?
        मेरो भनाइ येति हो कि हामीले सम्भिधान, देश मा शान्ति, बिकाश, भ्रस्टाचार रहित समाज आदि आदि को बारेमा सोच्न अति जरुरि छ यी नेता ज्यु हरु लाई प्रश्न गर्न जरुरि छ . हामी नेपाली विश्व मा कहाँ कहाँ पुगिसक्यौ र समय गतिसिल छ परिबर्तन स्वभाभिक हो र हुनु पनि पर्छ.

        Reply
  13. Pawan Khanal says:
    September 28, 2014 at 7:46 pm

    सल्लाहकार कम्जोर हो पड्ने बेला मा कुटनीतिक अव्यास गर्ने बेला मा गुच्छा खेले निदाए नया नेपाल बनाउने काठमान्डू मा बस्ने मुर्ख हरु

    Reply
  14. Hero says:
    September 28, 2014 at 7:09 pm

    नेपाली हरुको फ़ेशिओन हेर्दा वेस्टर्न भन्दा बढी दिमाक चाही सुगुर को भन्दा तल.थुक्क हामी नेपाली

    Reply
  15. गगन says:
    September 28, 2014 at 6:54 pm

    ती उप्परखुट्टीमा सुट पाइन्टवाली महिला को हुन् यस्तरी कुटनैतिक मर्यादाको ख्याल नराख्ने? खुलासा गर्नपर्यो| नजानेकी हो वा हेपेकी हो वा हाम्रा शिष्टचारको कमीले हो?
    अर्को, हाम्रो नेपाली टोलीले दौरा सुराल चौबन्दी छाडेकै हो?
    यसबेला सम्म राजाको पालाको दुर्गन्ध गइसकेको हुनपर्ने होइन र?
    यस्ता बेरुझु माईसंसारले औल्याइदिएकोमा धन्यवाद प्रकट गर्दछु|

    Reply
  16. Shankar says:
    September 28, 2014 at 4:54 pm

    सिस्टाचार को के कुरा गर्ने ? सामान्य अबस्था मा इन्डिया को बिद्द्यार्थी हरु गुरु भेट्दा झुकेर पाउ छुन्छन , हाम्रा हरु( गुरुलाई झुक्न गाह्रो हुन्छ भनेर सायद?) आफै खुट्टा माथि उचाल्छन |
    सोजो साजो टिचर छ भने ”ये ग्रु ‘ गरेर हेपेर बोल्छ बरु ड्राइभर लाइ ”जाने बेला भएँन गुरुजी ” भनेर सम्मान बोल्छन , गरिब सोझा साझा बुढा बुढी छ भने ” ये बुढा , मर्ने बेला भएँन तेरो ‘ भनेर सारो हेपेर बोल्छन धनि का छन् भने सिधै बा , आमा साइनो लगाउन पुग्छन |
    पंचायती प्रजातन्त्र , बहुदलिय जनबाद , नौलो जनबाद , पूर्ण पजातन्त्र , लोकतन्त्र . गणतन्त्र , जन गणतन्त्र हुदै नया नेपाल र नौलो नेपाल सम्म आइ पुग्दा युबा पुस्ता तेसरी खुट्टाले प्रधानमन्त्री को कुर्सि छुने हुन् पुगेको हो | खै इन्डिया को जनताले तेस्तो तालिम पाएको ? तेसैले इन्डियन नारीहरु देहाती धोति मै छन् , हाम्रा हरु बियर पिउने , १ महिना सम्म तिज मनाउने, भ्यालेन्टाइन विस गर्ने हेरौ कत्रो छलाङ्ग आइसकेको छ ?

    Reply
  17. bibek dhakal says:
    September 28, 2014 at 4:48 pm

    अब सभ्य बन्न नि भारतीय बाट सकिनु पर्ने भयो है : कस्तो दिन ल्यायो प्रजातन्त्रले….पहिला पहिला बिरेन्द्र रस्त्रप्रमुख भएर यस्ता सम्मेलनमा जाने बेला त्यस्तो उपरखुट्टी लाउने आँट कुन चाहि पार्टि को अनपढ भरौटेले गर्न सक्थ्यो र. गज्जपको लोकतन्त्र लेराएछम हाम्ले. बधाई छ सपलाई

    Reply
  18. Gyani Raja Manandhar says:
    September 28, 2014 at 4:27 pm

    छाडा नेताहरुले छाडा बनेका हरु बाट अरु के नै आश गर्न सकिएला र …? सबै भुलिसके यिनीहरुले त सिस्ताचार को के कुरा गर्ने ??

    Reply
  19. भाई says:
    September 28, 2014 at 4:16 pm

    त्यो त मोदी हेडसरले सुशील सरको कुर्सि लडाइदिनुहोला कि भनेर ति आन्टीले लड़ाउनै खोजे पनि सजिलै नलड़ोस भनेर, यसो पछाडी बाट अड्याउनु भा’होला !

    Reply
  20. अनामिका says:
    September 28, 2014 at 4:13 pm

    यो त अति नै खेदो भयो मित्र ! खुट्टाले कुर्सीमा नलागेको पनि हुन सक्छ ।अघाडीबाट फोटो खिच्दा कुर्सीले महिलाको खुट्टा छेकेको पनि हुनसक्छ ।भारतिय प्रधानमन्त्री संग त झन एकजना संगै टांसिएर बसेको जस्तो देखिन्छ। राष्ट्रिय लुगाको कुरा त राजतन्त्र हुंदा मात्र अनिवार्य थियो । कमरेड प्रचण्डले प्रधानमन्त्रीको सपद ग्रहण गर्दा नै पहिलो पटक यो नियमलाई धोती लगाई दिएका थिए । उपरखुट्टी लगाएको बारेमा भन्नु हुन्छ भने नेपालीहरुको समुहमा तथा भारतियहरुको समुहमा पनि पुरुषहरु यहि फोटोमा उपरखुट्टीमा देख्न सकिन्छ।पोसाकको कुरा गर्नु हुन्छ भने सबै नेपाली पुरुषहरुले दौरा सुरुवाल छन त यो फोटोमा? यो कुराले त महिलाहरुलाई धेरै कुरामा पछाडी धकेल्न खोजेको स्पष्ट हुन्छ ।कुटनितिक मर्यादाको पालना हुनु पर्छ तर कुटनितिक मर्यादा के गर्दा पालना हुन्छ त्यो पनि स्पष्ट हुनु पर्ला नि? हालसालै मिडियामा नेपाली सिने क्षेत्र कि महिलाहरु बाट क्यामराहरु महिलाहरुको कुन अंगमा फोकस हुन्छ भन्ने कुरा पोखिएको थियो। के कुनै फोटो पत्रकारले आफ्नो दिदी बहिनीको फोटो त्यसरी खिच्ने कोशिस गर्छ होला र? कति महिला फोटो पत्रकार होलान जो महिलाहरुको यस्तो फोटो खिच्नमा लालायित हुन्छन?
    उपरखुट्टी लगाएर बस्यो भने पनि नहुने खुट्टा च्यातेर बस्यो भने पनि च्यातेको ठाउंमा नै आंखा पुग्छ ।

    Reply
  21. तुयू भाजु उदास says:
    September 28, 2014 at 3:04 pm

    फोटो हेर्दा यस्तो लाग्यो –
    यो महिलाले सारी लगाउन सिकेको छैन / अथवा –
    पाइन्ट लगाएर पनि कुर्सि मा बस्न जानेको छैन .
    यस्तो शिकारु केटी लाइ संगै बसाउनु बुढोको भूल हो .
    नेपालीले विदेशमा अपमान सहनु पर्ने कारण को मूल हो.

    Reply
  22. प्रेम पुन मगर says:
    September 28, 2014 at 2:39 pm

    वहियात!सानोतिनो कुरालाई सगरमाथा बनायो,उडायो,हाँसो,गाली गर्यो।नेपाली नारीले सारीनै लगाउनु पर्ने किन?जे-जस्तो कपडामा रुची छ त्यै लगाई हाल्छन नि।अब खुट्टी माथि राखेकोमा गल्ति हो भने,फोटोको सुरुमा हेर्नुहोस यहाँ भारतिय साईडतिरका लोग्ने मान्छेले पनि खुट्टी चडाका छन र नेपालीतिरकाले पनि चडाका छन।के लोग्ने मान्छेहरुले खुट्टी चडाको चाहि स्विकार तर नारीहरुले खुट्टी चडाउदा तिरस्कार?कति अतिबादी सोच!कति भ्रम!कति कम्जोर मानसिकता!!!

    Reply
    1. Dolkhali says:
      September 29, 2014 at 7:31 am

      नैतिकता भन्ने चिज पनि हुनुपर्छ हो मान्छे मा. मनलाग्दी उसको घरमा गरुन हाम्लाई के मतलब तर सब्य हुनु पर्ने ठाम मा जे रहर लागो तेइ गर्नु त भएन नि पो भनेको चाए पुरुस होस् चाए महिला. अरु संग आफुलाई नराम्रो काम गरेर दाज्ने तपाई जस्तोलै चै के भन्ने. राम्रो कुरा अरुबाट सिक्ने हो नराम्रो लाइ त फलो गर्नु भएन नि

      Reply
  23. Ambika says:
    September 28, 2014 at 11:15 am

    कस्तो सानो सोच हो, उपरखुट्टी लाउँदैमा कुटनीतिक मर्यादा नभएको भन्ने हुन्छ र, बिल क्लिन्टन लाइ interview लिराख्दा उपरखुट्टी लाइ लाइ पत्रकारले सोधेकै छन् त…

    Reply
  24. Bipin Sharma says:
    September 28, 2014 at 10:39 am

    सारीमा ६न भारतका महिला नेपालको महिला सुट मा भन्ने कुरामा चै तुक देखिदैन ! उप्पर खुट्टी नगरेको भा राम्रो

    Reply
  25. Suman sangroula says:
    September 28, 2014 at 10:35 am

    यो पोसाक को बारेमा, औपचारिक र अनौपचारिक भएको बारेमा वाहियातको बाद र बिबाद भएको जस्तो लाग्छ ! सबै भन्दा ठुलो कुरो भनेको उसले आफ्ना विचार हरु महत्वका साथ राख्यो कि राखेन भन्ने हो महात्मा गान्धी इंगलैंड जाँदा नाङ्गो शरीरमा धोति मात्र थियो उनलाई गोराहरूले औपचारिक ड्रेस को लागि आग्रह गर्दा उनले इन्कार गरे मैले भन्न खोजेको विचार महत्वपुर्ण हो न कि पोसाक ! आखिरी नेपाली हरुले लगाउने ड्रेस पनि थरि थरिका छन् दौरा, कछाड,कुर्ता, सुरवाल, लुंगी, जांगे इत्यादी यी मध्ये कुनै पनि ड्रेस नेपाली प्रधानमन्त्री लाई लगाउन छुट हुनु पर्छ !
    मैले सुशील कोइराला लाई गान्धीको हारा हारिमा राख्न खोजेको हैन तर उनलाई म सन्त नेता भट्टराई को जस्तै सामान्य मान्छे जस्तो लाग्छ ! हाम्रा नेपाली दाजु भाईहरुमा परपीडक थैली ठुलै हुञ्छ अरुलाई गिराएर आफु ठुलो होइञ्छ भन्ने आत्मा केन्द्रित विचार लिएका राजनैतिक / नोकरशाही टट्टू हरुको जमात ठुलो छ ! आखिर माओबादी प्रधानमन्त्रीहरु un मा भाग लिन जाँदा कोट प्यान्ट मै गएका हुन् उनीहरुको येति बिग्न बिरोध भएको जस्तो त् लाग्दैन !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme