Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रमको फोटो कान्ड हुनुमा एमालेका ‘भरौटे’ पो दोषी रे त !

Posted on September 28, 2014September 28, 2014 by mysansar

प्रधानमन्त्री सुशील कोइरालाको फोटो कान्ड हुनुको कारण के हो ? गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा निजी सचिवालयमा काम गरेको अनुभव बटुलेका रामकुमार सुवेदीले पत्ता लगाएका छन्। उनका अनुसार यसका लागि एमालेका ‘भरौटे’ पो दोषी रे त।

उनी आफ्नो फेसबुकमा लेख्छन्- मैले बिगतमा नेपालका स्वर्गीय प्रधानमन्त्रीहरु क्रमश गिरिजाबाबु, र किसुनजीको निजी सचिवालयमा काम गर्ने अवसर पाएको थिएँ। मेरो अनुभवमा, प्रधानमन्त्रीलाई भेट्ने प्रक्रिया,बिधि, र नियम हुन्छ त्यस अनुसार प्रधानमन्त्रीलाई कुन समयमा कसलाई भेट्ने, भेट्दा कसकसको उपस्थिति रहने, उपस्थित हुने व्यक्तिको पोशाक कस्तो रहने, तस्वीर लिंदा कस्तो लिने, कतिखेर लिने र कस्तो तस्वीरलाई संचार माध्यममा लैजान दिने त्यसको सामान्य बिधि हुन्थे। त्यसमा हामी चुक्यौं, हामीले गल्ती गर्यौं भने हामी सजायको भागिदार हुन्थ्यौं। अब अहिले भएको यो अराजकता र ताण्डव र भद्रगोलमा अहिले प्रधानमन्त्रीको साथमा आउने सम्पूर्ण प्रतिनिधि, बिशेष गरेर सिस्टाचार महापाल, न्युयोर्कमा प्रधानमन्त्रीको कार्यक्रम तय गर्ने न्युओर्क मिसन सजायको भागिदार हुनु पर्छ।

त्यसमाथि बर्तमान प्रधानमन्त्री ज्यु नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नु हुन्छ, बर्तमान पररास्ट्र मन्त्री र उनका सम्पूर्ण झोले, र हँसियाहतौडा झण्डालाई सिरानीमा राखेर हिंड्ने नक्कली एमालेका कर्मचारीहरु अहिले भेलामा प्रमका साथमा आएका छन्। कोही chief of protocol भएर त कोही झोले भएर। तिनीहरुले बर्तमान प्रधानमन्त्रीको छबिलाई उच्च राख्न तिर अग्रसर हुँदैनन उहाँको गरिमा गिराउनु तिर कम्मर कसेर लागेका छन्।

यो त्यसैको परिणति हो, यो तिनीहरुकै खेल हो, यो उनीहरुकै षड्यन्त्र हो। त्यसप्रति प्रधानमन्त्री, उहाँलाई अन्तर्मनबाट सहयोग गर्ने व्यक्तिहरुले समयमै सचेत हुनुपर्छ। र त्यस्ता एमालेका भरौटेहरुलाई अहिले भएको गम्भीर त्रुटिका लागि कारबाही गर्नु पर्छ।

यस्ता मान्छेले देशको सम्मानित संस्थाको गरिमालाई त बचाउन सक्दैन भने त्यसले अर्को देशमा गएर हाम्रो देशको प्रतिनिधित्व कसरी गर्न पुग्छ। बेलैमा आँखा खोल कांग्रेसजनहरु पछि पछुताउनु पर्ला।

उनको फेसबुक स्टायटस पूरा पढ्नुस्-

Post by Mysansar.

15 thoughts on “प्रमको फोटो कान्ड हुनुमा एमालेका ‘भरौटे’ पो दोषी रे त !”

  1. arun says:
    September 30, 2014 at 9:05 pm

    नाच्न जान्दैन आगन टेड़ो….. एउटा झुठ लुकाउन सय ओटा झुठ बोल्नु पर्छ भन्ने सुनेको थिय आज देख्ने मौका पाए….

    Reply
  2. sabin says:
    September 29, 2014 at 5:03 pm

    पहिला राष्ट्रिय झण्डा माथि बियर राखेर फोटो खिचेकै हाे केरे त्याे पनि याे पनि सबै कांग्रेसकै काम हो ।

    Reply
  3. Tenzing K Ukyab says:
    September 29, 2014 at 2:43 pm

    त्यहा अवस्यनै एउटा ड्रेस कोड र शिसटाचार त होला नि ? जो प्र म भए पनि त्यै प्रयोग गर्ने
    गर्दा भयेनर ? अब जो जसले त्यो अनुसार गरेन त्यसलाई सजाय दिनै पर्छ I किन को कस्तो
    र कसको खोजीनिती चहियोर l

    Reply
  4. शशङ् लामा says:
    September 28, 2014 at 11:57 pm

    गल्ति नेपालका कर्मचारी र न्युयोर्कस्थित जनसम्पर्केहरुको हो, बित्थामा एमालेलाई दोष दिन्छ | भित्रि लुगामा भएको बेला फोटो खिच्ने एमाले के खाएर हुनु नि ! यो भित्रिया कांग्रेसकै काम हो |

    Reply
  5. bibek dhakal says:
    September 28, 2014 at 7:36 pm

    कहिले राष्ट्रिय झण्डा माथि बियर राखेर फोटो खिचाको छ, कहिले तिघ्रा देखाएर प्रधानमन्त्री को अगाडी उभिएको छ अनि फेरी हुँदा हुँदा दिव्पक्षीय बैठकमा आफ्नो समकक्षी हरु कसरि बसेको छन् भनेर ख्याल नगरी प्रधानमन्त्री लाइ उपरखुट्टी देखाएर थचारिएको छ . अब यो सब हुनुमा कुन कुन पार्टीका भरौटे दोषी हुन् चाही थाहा छैन तर पटक पटक यी नेताहरु र पार्टीका हनुमानहरुलाइ पद मा पुर्याउन मद्दत गरेर नालायक बन्ने हामि नेपालि चाही कहिलेसम्म भेंडा भइराख्ने ?

    Reply
  6. Shankar says:
    September 28, 2014 at 5:03 pm

    भन्न त् न हुने ,तर सुसिल को मरान्च्यासे ब्यक्त्तित्त्व ले गर्दा पनि येत्ति सारो हेपेको हुन् सक्छ |

    Reply
    1. bibek dhakal says:
      September 28, 2014 at 7:30 pm

      तेइ त भ्ल्यादिमिर पुटिन चाही कुस्ती को पहलमान जस्तो भएर नहेपेको होला …

      Reply
      1. Shankar says:
        September 28, 2014 at 7:56 pm

        पुटिन कुस्ती हैन जुडो ,करातेको हो | गिरिजा भए बा आरु कोइ भए सायद तेस्तो देखिदैन थ्यो , सुसिल सोजा भएर भन्न खोजेको हो |

        Reply
  7. Binamra Shrestha says:
    September 28, 2014 at 11:34 am

    प्र म को यस फोटो काण्डमा एमालेको भरौटे होइन कि बरु सिङ्गै एमाले पार्टी कै दोष देख्छु म त/ एमालेले आफु पहिलो ठुलो पार्टी नबनेर दोस्रो ठुलो पार्टी बनिदियो जसले गर्दा सुशिल्दा लाइ जबर्जस्ति पर्धान मन्त्रि खानै कर लाग्यो / पर्धान मुन्तिरी बनेपछि त हो नि यो फोटो काण्ड ले चर्चा पाको सुशीलदा पर्धान मुन्तिरी नबनेको भए यो काण्ड नै हुन्थेन/ मलाइ त एस्तो लाग्या छ कि यो फोटो काण्ड गर्नकै लागि भए पनि एमालेले पहिलो ठुलो पार्टी बन्न कांग्रेस लाइ छोडेको जस्तो लाग्यो है

    Reply
  8. रमण says:
    September 28, 2014 at 9:32 am

    एमाले सेमालेलाई दोष दिएर उम्कने कुरो होइन| के काम बिग्रियो र दोषीलाई सजाय दिनै पर्छ| अलिक दिन माई संसारमा तात्तियो र पछि आफै सेलाएर जान्छ भनेर मौन साधन गर्नु भएन|
    जब देशको प्रधान मन्त्रि र उनलाई सहयोग गर्नेहरुको यो ताल छ भने उन्नति कसरि हुने हो?
    बुता भए संबिधान सभामा एमालेले यो कुरो उठाउन पर्यो, यस कारणले कि भविष्यमा यस्ता कुरा दोहोरिन दिने मात्र होइन अन्य व्यवस्था पनि अवलोकन गर्न पर्यो|
    जिम्मेवारी वहन गर्न सिकाउँन तलका व्यक्तिहरुको तुरन्त जागिर चट हुनैपर्छ:
    १. यु.एन.का राजदुत (कोठाको अवस्था र सम्पूर्ण व्यवस्था, तल्लो दर्जाको कर्मचारीलाई दोष दिएर पुग्दैन)
    २. शिष्टाचार महापाल
    ३. कट्टु लाएर उभिने महिला
    ४. प्रधान मन्त्रीका नीजी स्टाफ जो उनीसंगै अमेरिका गएका थिए
    परराष्ट्र मन्त्रिले व्यवस्था मिलाउन नसकेकोमा क्षमा याचना गर्नुपर्ने|
    अन्तमा, मुलुकको प्रधान मन्त्रि नेपाली कांग्रेसका प्लास्टिकका चम्चाहरु र अनि परराष्ट्र मन्त्रि एमालेका भरौटेहरुको मात्र होइन, सम्पूर्ण देशको हो|

    Reply
  9. किशोर खड्का, क्यानडा says:
    September 28, 2014 at 9:14 am

    एउटा भरौटेले अरु सबलाई भरौटे देख्नु स्वभाविकै हो |

    Reply
  10. Basant says:
    September 28, 2014 at 7:50 am

    दोष अरुमा खोज्नु को साटो पहिला आफैमा खोज्नु पर्छ उमेर ले डाडा काटीसकेको होस् हराउने बेला भै सकेका लाइ रास्ट्र को जिम्मेवार पद दिनु नहुने हो अब त्यो ठाउमा बसिसकेपछि आफ्नो पदको सम्मान आफैले गर्ने हो भोलि बोकोहरम को कार्यकर्ता संग पनि फोटो खिचौला दोष कसलाई दिने ??

    Reply
  11. इलामे काहिलो says:
    September 28, 2014 at 7:37 am

    के सुशील कोइराला कांग्रेसको प्रधानमन्त्री हो के सुशील कोइराला भनेको खेलौना हो, जसले हालोस तस्बिर त्यसले आकाश तिर फर्केर थुकेको हो अनि जसले त्यस प्रकारको तस्बिरलाई मर्यादामा राखेन बास्तवमा आफ्नै गोपाल कट्टुमा त्यसले मुतेको हो आइन्दा होस् गर्नु प्रधानमन्त्री देशको हो देश सारा जनताको हो अर्थात नेपालको पर्धानमन्त्रि नेपालीको हो नेपाल नेपाली को हो अनि इज्जत पनि नेपालीको हो दोष देखाएर दाजुभाईलाइ बाड्न छोडे हुन्थ्यो फरक झन्डामा ….नेपाली हुन सिकौ

    Reply
  12. Yam Kumar says:
    September 28, 2014 at 5:23 am

    जसको इज्जत ,गरिमा ,मर्यादा केहि छैन त्यो कसले जोगाइ दिने ?मृदुला कट्टु लगाएर बिदेशी पाहुनाका अगाडी उभिन्छे ,जो समानुपाथिकमा सभासद चुनिन्छे ,केन्द्रिय सदश्य हुन्छे के त्यो पनि एमाले कै षडयन्त्र थियो ?बनारसमा भिक् मागेर खाएकाहरुलाइ के थाहा कुटनैतिक मर्यादा के हो भनेर .?

    Reply
  13. suzee says:
    September 28, 2014 at 2:33 am

    हसिया हथौडा तारा च्यापेर हिड्ने भरौटे भनौदा हरु येस्तै आरिसे चर्तिकला गरेर देश को बदनाम गर्न जता ततै अगाडी !!!!
    प्रम संग इञ्च्च दात देखाउने चार आँखे मनुवा चाही कांग्रेसी नै हुन् अ रे !!!!!कस्ता कस्ता भरौटे ##

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme