Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

केटो विदेशमा, केटी नेपालमा ! श्रवण मुकारुङले यसरी दोहोरी खेलाइदिए

Posted on September 28, 2014 by Salokya

केटो विदेशमा, केटी नेपालमा। सामान्य कुरा भइसक्यो अब यो। टाढा भएर के भो त, श्रवण मुकारुङले यसरी दोहोरी खेलाइदिएका छन्।

यो कविता मुकारुङले अस्ति भर्खर सकिएको नेपाल लिटरेचर फेस्टिभलमा वाचन गरेका हुन्। मन छोएकोले नसुनेकाहरुका लागि पनि बाँडेको।

केटाः तिमीले मिस कल गर्दा १५ तलामाथि रङ्ग लाउँदै थिएँ म
केटीः तिम्रो फोन आउँदा बागे भीरमाथि भारी लाउँदै थिएँ म
केटाः झिकुँ भन्दा मोबाइल रङ्गको भाँडै झर्‍यो, यस्तो आपत् पर्‍यो, विदा पर सर्‍यो

कवि स्वय‍ंले वाचन गरेको सुन्न झन् मजा आउँछ-

केटीः बोकुँ भन्दा भारी, अल्झी गयो सारी, भारी खोलो पारी, म चैँ खोलो वारी
केटाः मन छ कि मर्नु, सदरमुकाम सर्नु, दुख्यो होला गोडा, आफै मालिस गर्नू
केटीः छोडी आफ्नो घरगाम, जान्न सदरमुकाम, तिमी नभएको सहर मलाई के काम
केटाः मर्छु कि क्या हो, निद्रा कहाँ भाग्छ, जल्लाई देखे पनि, तिमी हौ कि लाग्छ
केटीः त्यस्तो भयो भने फोन गरिहाल्नू, छोराछोरी सम्झी धूपबत्ती बाल्नू
केटाः शिरमा शिव राखेँ, अल्लाह नि भाकेँ, रेगिस्तानमा रारा, खोज्दाखोज्दा थाकेँ
केटीः मेरो पनि अचेल, दुखी रहन्छ कपाल, झ्याल खोली हेर्छु, छैन मेरै हिमाल

मुकारुङले पोहोर पनि यही फेस्टिभलमा एउटा गजबको कविता वाचन गरेका थिए। सुन्नुस्-
(यो कवितालाई भने अक्षरमा उतारिनँ है, अश्लील भन्लान् फेरि कसैकसैले)

7 thoughts on “केटो विदेशमा, केटी नेपालमा ! श्रवण मुकारुङले यसरी दोहोरी खेलाइदिए”

  1. Aakar Bhushan Nepali says:
    October 1, 2014 at 7:51 pm

    लिङ्ग छुट्याउनु पर्दैन| ब्याकरण भनेको समयक्रममा परिबर्तनसिल हुनु हरुरी छ| नेपाली भाषालाई गैर तागाधारीहरुको घरघरमा यसरि नै बोलिने गरिन्छ| यो नै त्यो समाजको लागि शुद्ध ब्याकरण हो | ब्राह्मण क्षत्रीको घरमा बोलिने “गर्छे” “खान्छिन” जस्ताको प्रयोगले औपचारिकता पाएको ब्याकरणका ठुला ठुला किताबका लेखकहरु सो समुदायभित्र बाटै भएकोले होइन र ? त्यस कारण ब्याकरण लचिलो हुनु जरुरि छ| यो हिसाबले कुरा गर्ने हो भने मुकारुङ्ग जिब्रोलाई शर्माजिब्रो अशुद्ध लग्न सक्छ |

    Reply
  2. उज्ज्वल पौडेल, भरतपुर १०, नहरपारीको तेस्रो घर says:
    September 29, 2014 at 6:50 pm

    कविता त सार्है नै मन पर्यो तर कबि मुकारुंग जस्तो माथिल्लो दर्जाको साहित्यकारले समेत “केटिले भन्छ” भन्दा मलाई चै खड्कियो | “केटाले भन्छ/ भन्छन्” अनि त्यस्तै “केटिले भन्छे /भन्छिन्” भनेर लिंग छुट्टयाउनु पर्छ| हाम्रै उमेश जी को पनि यो सानो कमजोरीलाई बेला बेलामा देखाउंदै आएको छु | हामी जस्तो कसैले नचिन्ने मान्छेले यस्तो गल्ति गर्दा ठुलो कुरा हुन्न तर तपाईंहरुबाट सिक्ने धेरै छन् | यस्तो गल्ति नगर्दिनुस, भाषा शुद्द होस् |

    Reply
    1. सिर्जने says:
      September 30, 2014 at 8:40 am

      उज्जवल जी,
      पत्रकारहरुले लगाएको एउटा “छलाङ्ग” हो यो, केटा केटि दुबैलाई “गरे” “भने” भन्छन हिजोआज / काठमाडौँ खाल्डोभित्रको घरघरमा बोलिने चल्तीको बोलि “बा आइस्यो” “आमा आयो” भन्ने खिचडी संस्कृतिमा हुर्केका पुस्ताहरु अहिले देशका ठुला नेता पत्रकार भएका छन्, अनि उनीहरु नेपालि भाषाको परिमार्जन गर्ने क्षमता राख्छौ भन्ने सोच्छन /

      Reply
    2. आलोक says:
      September 30, 2014 at 10:15 am

      शुद्ध लेख्‍न प्रेरित गर्नु राम्रो कुरा हो तर त्यसो भन्नेले आफै पनि शुद्ध लेख्‍न थाल्नुपर्छ । अचेल पुरुष र महिलालाई एउटै सम्बोधन गर्ने प्रचलन सुरु भएको छ ।
      भन्छ र भन्छे मात्रै शुद्धताको मापन हैन । उज्ज्वल जी आफैले कति गल्ती गर्नुभएको छ लेख्दा हेरौँ त
      सार्है= सार्‍है
      पर्यो = पर्‍यो
      कबि‍= कवि
      केटि‍= केटी
      देखाउंदै ‍= देखाउँदै
      सबभन्दा रमाइलो त उज्ज्वल जीले शुद्ध लेख्‍नुपर्ने भनेर प्रयोग गर्नुभएको शब्द शुद्ध नै अशुद्ध गरी शुद्द लेख्‍नुभएको छ ।
      भन्छ र भन्छे/भन्छिन् जतिकै गम्भीर कुरा हो यो ।
      मैले चाहिँ गलत लेख्दा पनि हुन्छ, तैँले चाहिँ हुन्न भन्ने पनि कुनै एक्सक्युज हो ?
      म चाहिँ अशुद्ध नै लेख्छु तर शुद्धताको बखान गर्न छाड्दिनँ । नेता चोर हुन हुन्न, म चाहिँ भए पनि हुन्छ भने जस्तो भो है यो त ।
      अनि यो ठेगाना लेख्दा घरै चिनाउनु पर्ने चाहिँ किन हो नहरपारीको तेस्रो घर रे 😛

      Reply
      1. उज्ज्वल पौडेल, भरतपुर १०, नहरपारीको तेस्रो घर says:
        October 1, 2014 at 9:58 am

        आलोक जी,
        मैले त मेरो गल्ति स्वीकारें , खै अरुले नि गल्ति स्वीकारेको हेरौं न त 🙂 | तर सबै तपाईंले भन्नुभएको जस्तो चै हैन है | आधा “ग” , या र नी भयो भने “ज्ञानी” हुन्छ | त्यसलाई “ग्यानी” लेख्दा गल्ती हुँदैन | सार्है र सार्‍है (saarhai), पर्यो र पर्‍यो (paryo) त्यहि अन्तर्गत पर्दछन् र यिनीहरु युनिकोड रेन्डरींगको आधारमा फरक देखिन्छन् | (देखाउंदै ‍= देखाउँदै) “dekhaaundai ” चन्द्रविन्दु र शिरविन्दु चाहिं एकै नभए पनि रेन्डरींगको आधारमा फरक देखिन्छन् | बाँकी शब्दहरु कवि, केटि र शुद्ध चैं नजानेर नै हो | भाषालाई माया गर्ने मान्छे भेटिँदा खुशी लाग्यो 🙂
        अब ठेगाना किन लेखेको भन्दा सोझो उत्तर पृथक हुन हो |

        Reply
    3. Aakar Bhushan Nepali says:
      October 1, 2014 at 7:51 pm

      लिङ्ग छुत्त्यौनु पर्दैन| ब्याकरण भनेको समयक्रममा परिबर्तनसिल हुनु हरुरी छ| नेपाली भाषालाई गैर तागाधारीहरुको घरघरमा यसरि नै बोलिने गरिन्छ| यो नै त्यो समाजको लागि शुद्ध ब्याकरण हो | ब्राह्मण क्षत्रीको घरमा बोलिने “गर्छे” “खान्छिन” जस्ताको प्रयोगले औपचारिकता पाएको ब्याकरणका ठुला ठुला किताबका लेखकहरु सो समुदायभित्र बाटै भएकोले होइन र ? त्यस कारण ब्याकरण लचिलो हुनु जरुरि छ| यो हिसाबले कुरा गर्ने हो भने मुकारुङ्ग जिब्रोलाई शर्माजिब्रो अशुद्ध लग्न सक्छ |

      Reply
  3. Yam says:
    September 28, 2014 at 6:25 pm

    आसध्य राम्रो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme