Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

असोज १५ देखि डिभी आवेदन खुल्ने, बुझेर मात्र भर्नुस् है, डिभीपीडित संघ भनेर आन्दोलन नगर्नुस् नि फेरि

Posted on September 26, 2014September 26, 2014 by Salokya

नेपालीहरुले महान् चाड जस्तै गरी लिने अमेरिकी डिभीको याम फेरि सुरु हुन लागेको छ। असोज १५ देखि कात्तिक १७ गतेसम्म डिभीको आवेदन खुल्दैछ। सित्तैमा भर्न पाइने यो चिट्ठा भर्न अब चोकचोकमा पैसा लिनेहरुले बुथ खोल्नेछन्। तिनीहरुकै लहैलहैमा लागेर डिभी भर्नुहोला र फँस्नुहोला। अमेरिकी दूतावासले निकालेको यो विज्ञप्ति पढ्नुस् र कुरा बुझेर मात्र भर्नुस्।

२०१६ डिभी कार्यक्रम खुला

सन् २०१६ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता अवधि बुधबार अक्टोबर १, २०१४ (२०७१ असोज १५) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार ९:४५ बजे) बाट सुरु हुने गरी खुल्नेछ र नोभेम्बर ३, २०१४ (२०७१ कार्तिक १७) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार १०:४५ बजे) बन्द हुनेछ । हामी डिभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौँ ।

डिभी चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन । अमेरिकी दूतावास तपाईँलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ आफै जिम्मेवार रहनुहुनेछ ।

२०१६ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन विद्युतीय रूपमा दर्ता अवधिभित्र पेश गर्नुपर्नेछ । आवेदकहरूले दर्ता अवधिको बेलामा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डिभी) आवेदन फारम भर्न सक्नेछन् । दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ । तपाईँले एउटा मात्र आवेदन बुझाउनुपर्नेछ ।

दर्ता गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्नुहोस् । यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो । आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस् । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि, के कुरा स्मरण गर्नुहोस् भने छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन । तपाईँ डिभीका लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको २०१५ मे ५ वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो ।

के कुरा स्मरण गर्न जरुरी छ भने तपाईँ डिभी विजेताका रूपमा छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन । तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग पुग्ने योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्‍यौल गर्नेछन् । अन्य कुरामध्ये आवेदकले निश्‍चित शैक्षिक र कार्य अनुभवसम्बन्धी आवश्यकताहरू पूरा गर्दछन् भन्ने कुरा देखाउनु पर्दछ । शैक्षिक आवश्यकतामा कम्तीमा १२ वर्षको औपचारिक शिक्षा (सामान्यता १०+२ को पढाइ पूरा गरेको हुनुपर्ने) पर्दछ । CTEVT लगायतको व्यवसायिक शिक्षालाई नेपालमा उच्च शिक्षाका सबै कार्यक्रमहरूमा उच्च शिक्षा प्रदान गर्ने सबै शिक्षण संस्थाहरूले पढाइलाई अगाडि बढाउनका लागि आधारका रूपमा स्वीकार्छन् भने मात्र मान्यता दिइनेछ ।

डिभी कार्यक्रमसम्बन्धी थप जानकारीका लागि www.dvlottery.state.gov वा काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइट http://nepal.usembassy.gov/visas/immigrant-visas/diversity-visa-program.html मा जानुहोस् ।

2 thoughts on “असोज १५ देखि डिभी आवेदन खुल्ने, बुझेर मात्र भर्नुस् है, डिभीपीडित संघ भनेर आन्दोलन नगर्नुस् नि फेरि”

  1. chatur rai says:
    September 28, 2014 at 1:47 pm

    हे, भगवान…… मलाई नपरे पनि, मेरो देशको सबै नेता र डनहरुलाई डिभी परोस, उपचार उतै गरे पनि मरे पनि |

    Reply
  2. Gorakha Bahadur Bista says:
    September 27, 2014 at 2:44 pm

    कुन योग्याता र कति उमेर को ब्याक्ति ले डिभी चिट्ठा भर्न पाउछ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme