Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनआरएनहरु, दङ्ग पर्नुस्- तपाईँहरुको माग पूरा हुने भो, नागरिकता पाइने भो !

Posted on September 26, 2014 by Salokya

एनआरएनहरुले लामो समयदेखि उठाइरहेको दोहोरो नागरिकताको माग अन्ततः पूरा हुने भएको छ। नयाँ संविधानमा एनआरएनहरुलाई ‘विशेष नागरिकता’ को व्यवस्था गर्ने सहमति दलहरुबीच भएको छ। आज बिहान भएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा नागरिकतासम्बन्धी विवाद टुङ्गो लगाउने गरी सहमति हुने क्रममा एनआरएनका माग पूरा हुने भएको हो।

नेपालमा यसअघिका संविधानहरुमा तीन किसिमका मात्रै नागरिकता हुन्थे- वंशज, अंगीकृत र मानार्थ। वंशज भनेको बाउ र आमा दुवै नेपाली नागरिक भएपछि पाइने जन्मसिद्ध नागरिकता, अंगीकृत भनेको जन्मसिद्ध नभई निर्धारित कानुनी प्रक्रिया अन्तर्गत प्राप्त गरिने नागरिकता (बाउ वा आमामध्ये एक हुँदा पनि पाइन्छ) र मानार्थ भनेको देशले कसैलाई सम्मानस्वरुप दिन मन लागे दिइने नागरिकता। मानार्थ नागरिकता सर एडमन्ड हिलारीलाई प्रदान गरिएको थियो। अबको संविधानमा भने एउटा नयाँ नागरिकताको प्रकार थपिनेछ- विशेष नागरिकता। एनआरएनहरु त्यही विशेषवाला हुन्।

विशेषवाला नागरिकता पाउनेलाई राजनीतिक अधिकार भने नहुने पहिलोपोस्टले जनाएको छ। तर आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भने हुनेछ।

भन्नुको मतलब नेपालमा आएर भोट खसाल्न, चुनावमा उठ्न चाहिँ यी विशेष नागरिकले पाउने छैनन्। सम्पति किनबेच गर्ने, विभिन्न कम्पनीहरुमा लगानी गर्ने काम चाहिँ गर्न पाउने छन्।

त्यस्तै एउटा अर्को महत्त्वपूर्ण सहमति पनि भएको छ। मानौँ कसैले अमेरिका, अस्ट्रेलिया आदि देशको नागरिकता लिन नेपाली नागरिकता परित्याग गरेका थिए। त्यस्तो व्यक्ति नेपाल फर्किएर पाँच वर्ष बसोबास गरे भने त्यागेको नागरिकता पुनः पाउन सक्नेछन्। वंशज नागरिकता त्यागेको भए वंशजै पाउने र अंगीकृत नागरिकता त्यागेको भए अंगीकृतै पाउन सक्ने सहमति भएको छ।

भन्नुको मतलब पाँच वर्ष बसेपछि चाहिँ भोट खसाल्नेदेखि चुनावमा उठ्नेसम्मका अधिकार पाइनेछ। नत्र विशेष नागरिकता मात्र भएकाले नेपालको राष्ट्रपति, प्रधानमन्त्री, सुरक्षा प्रमुख आदि हुन पाउने छैनन्। त्यसको लागि वंशज नागरिक नै हुनुपर्छ। विशेषवालाहरु मन्त्री चाहिँ हुन पाउँछन् है फेरि।

हङकङ र ब्रिटिश लाहुरेले पनि विशेष नागरिकता नै पाउने छन्।

नेपाल सरकारले बनाएको एनआरएन ऐन अनुसार गैर आवासीय नेपाली भन्नाले भारत लगायतका सार्क मुलुक बाहिरका राष्ट्रमा दुई वर्ष बस्ने नेपालीलाई बुझिन्छ।

हेर्नुस् थप जानकारी
अब एनआरएनले ‘विशेष नागरिकता’ पाउने

34 thoughts on “एनआरएनहरु, दङ्ग पर्नुस्- तपाईँहरुको माग पूरा हुने भो, नागरिकता पाइने भो !”

  1. Binod says:
    September 29, 2014 at 6:04 pm

    न त दोहोरो नागरिकता दिएर केही नोक्सान हुन्छ न त फाइदा |
    देशले त नयाँ केही पाँउंदै पाउंदैन,यदि नागरिकता लिएका देशले खेदे भने यू NRN हरु सरणार्थी बन्नु पर्दैन | नदिनु डाहा हो भने दिएमा केही गर्छु भन्नु झुटको खेति हो |

    Reply
  2. bibek dhakal says:
    September 27, 2014 at 8:18 pm

    दोहोरो नागरिकता र विदेश बस्ने नेपालीहरुलाई नेपालमा ब्यापार गर्ने कुरा को बिरोध गर्नु बेकार हो. सकिन्छ भने उद्योग मन्त्रालय को जिम्मा दुइ कौडी को गुण्डालाई दिएकोमा गरम. खै त महेश बस्नेत उद्योग मन्त्रि भयो भनेर कहीं कतै जुलुश निल्केको खबर पढ्न पाइएन त.
    तर होशियार हुने कुरा के भने अहिले कति क्षेत्रहरुमा ( विशेष पर्यटन र होटेल क्षेत्रमा) नेपालि अगाडी पारेर चाइनिज देखि लिएर अरु विदेशीले पैसा poko परेर लागेका छन्. कुनै स्वार्थी NRN ले यस्तो गर्ने सम्भावना पनि भएकोले यसमा चाही चनाखो हुनुपर्छ. नेपाल जस्तो देशको श्रम शक्ति त बाहिर गयो गयो पैसा चाही बाहिर नजाओस.

    Reply
  3. Sunil. London says:
    September 27, 2014 at 1:40 pm

    राम्रै खबर हो , तर नेपाल मा भन्या कुरा पुग्छ नै भन्ने त छैन ! दिएको खण्डमा देश लाई पनि केहि फाइदा नै होला ! राजनीतिक अधिकार पनि हुनु पर्छ भनेर कसैले भन्छ भने त्यो सरासर गलत हो ! हामी मेहेनत मजदुरी गरेर खान विदेश आएका हौ , अब फेरी नेपाल गएर राजनीति गर्ने सपना देख्ने हरु लाई चाही एउटा सल्लाह , नेपाल गएर ५ बर्ष बसेर विदेशको नागरिकता त्याग्नु अनि मज्जाले राजनीति गर्नु ! “चिची पनि पापा पनि खोज्ने” प्रवृति त्यागौ , र अवसर को सदुपयोग गरौ !

    Reply
  4. निर्मला says:
    September 27, 2014 at 12:13 pm

    NRN ले जेजे गर्छौं भने पनि मागेको दोहोरो नागरिकता नै हो | अब हेरौं के खुल्क्याउँदा रहेछन ! कहाँ पुग्दो रहेछ नेपालको बिकास |
    दिइसकेपछि राजनीति गर्ने अधिकार पनि दिनु पर्छ | नदिने भनेको नेताहरुले यिनीहरुसंग बिभिन्न बाहानामा र चुनाबमा पैसा माग्ने वा आफ्ना मान्छेलाई विदेश पठाउने चाल हो |
    हुन त म पनि विदेश मै छु, PR हो, तर NRN सदस्य भने छैन |

    Reply
  5. पारंगत राई says:
    September 27, 2014 at 10:22 am

    महजोडीको ‘अंशबण्डा’ को एउटा अंश छ। ‘केटीलाई बम्बई लगेर बेच्दैमा के भो र? त्यत्रो बम्बई जस्तो शहर देख्न पाउँछे, हजार जनाको मायाँ पाउँछे, तरुनी भइञ्जेल उतै बस्छे, बूढी भएपछि फर्केर आउँछे’। #NRN #Dualcitizenship

    Reply
  6. Prakash Bhattarai says:
    September 27, 2014 at 9:59 am

    तर संबिधान चाँही कती बर्षमा आउला हजुर ? कसैले भनिदिनुस् न ! अनी बल्ल पत्याम्ला ।

    Reply
  7. krishna says:
    September 27, 2014 at 9:09 am

    यहाँ कमेन्ट गर्ने मन्द बुद्धि वाला हरुलाई सोध्न मन लग्यो देश लुट्ने बिदेशमा पशिना बगाउने ले हो या हाम्रो पशिना मा बिर होस्पितल मा हुने उपचार America मा गर्ने ले हो ? मुर्ख हो नेपाली नागरिकता को हामीलाई केहि मतलब छैन जबसम्म थिमिहरु जस्ता पार्टी का भाडा क तत्तु को घैंटामा घाम नालागुन्जील हमे ले त् आफ्नो देश को चिन्ता मात्रै ओथेर्विसे हामी लै केहि कमि छैन अनि हामी त्यो समुहमा पर्छु जो आफ्नो आवस्यकता आफै पुरा गर्न सक्षम छौ

    Reply
  8. Drkhatri says:
    September 27, 2014 at 8:06 am

    If someone has foreign passport and stays in Nepal for more than 5 years ,does that mean he or she gets nepali citizen (complete) together with foreign passport?

    Reply
  9. RAJ says:
    September 27, 2014 at 7:21 am

    देशले त तिमिहरु लाई तिमीहरुले नै मागे जति दिने भो अब तिमिहरु चाही के दिन्छौ देशलाई ? तेही तिमीहरु को खोक्रो आडम्बर ?

    Reply
  10. Shankar says:
    September 27, 2014 at 4:02 am

    येन आर येन अब दंग पर्ने मात्र हैन | बियर ,रक्सि को बोतल हरु फोर्नु , कुखुरा , खसी , भेडा, अक्स टेल सुप , सुगुर हरुलाई उदर भित्र हाल्नु | भुइँ प्वाल पर्ने गरि नाच्नु |

    Reply
  11. simit gauchan says:
    September 27, 2014 at 2:54 am

    नेताहरुले एन आर ए लाइ दोहोरो नागरिकता दिए कुर्ची नपुग्ने अनुमानले यो नियम लागू गरेको बुझिन्छ , बिशेष नागरिकता नै बेश आफुलाई त त्यो फोहरी खेल राजनीतिमा ब्यापार गर्नु भन्दा त एक माना खान लाउन पुग्ने पेशा गर्नु बेश !!!

    Reply
  12. sheetal says:
    September 27, 2014 at 2:17 am

    जो जोस ले दोहोरो नागरिकता माग गर्या छ त्यो लागु हुनु भन्दा अगि तिनीहरु सिलटिमुर खाईसकेका हुन्छन| सबै दोहोर नागरिकता माग्नेहरु बुढा बा हरु हुन् | कति बाच्छ र तिनीहरु| बढी मा बाचे १० १५ वर्ष |

    Reply
  13. Ekalavya says:
    September 27, 2014 at 1:56 am

    दोहोर नागरिकता हुदा नेपालीले अमेरिका र युरोपको धनि देसको सामाजिक सुरक्षा पनि मिल्ने र भावनात्म रुपमा नेपालसंग पनि जुड्न पाइने हुदा कोहि पनि रिस गर्नु हुन्न / अमेरिकामा नागरिकता लिने नेपाली तीस हजार पुगिसके / अपवाद बाहेक सबले नेपाली परिवारको लागि नै अमेरिकाको नागरिकता लिएका छन् / कोहीको लागि बुडो बाबु-आमाको अमेरिकामा औसदी मुलो गर्नु छ / कोहीको लागि भाई, बहिनि, दिदि, भान्जा, भतिजाको लागि पेटेसन् गर्नु छ / एउटा नेपालीले अमेरिकाको नागरिक हुँदा उसको परिवारसम्मको लागि अमेरिकी सामाजिक सुरक्षा जस्तो औसदीमुलो, शिक्षा पाउछ भने उसको किन रिस गर्ने / बरु अमेरिका र युरोपका देशलाई पो अब्जेक्सन हुनु पर्ने हो / अमेरिकाले कोहि नेपालीले रित पुराएर अमेरिकन नागरिकता लिदा त नेपाली नागरिक त्याग भन्दैनन /

    Reply
  14. dilip gurung says:
    September 27, 2014 at 1:43 am

    बास्तबमा राम्रो खबर| तर नदिए पनि बाल मतलब भएन| त्यो नेपाली पासपोर्टले गर्ने पनि केहि होइन| ब्यन्ग्कक जानलाई पनि भिसा! छि, लाजै मर्दो| त्यस्तै नेपाली नागरिकताको कागज को टुक्राको तेत्रो मोह भए विदेश पनि आउने थिएन| नेपालमा तेतिक्कै पनि बिदेशिनेलाई राम्रो नजरले हेर्दैनन् आजकल| नेपाल गएर बस्ने योजना नि छैन र सकिएला जस्तो नि छैन| जहिले नि कचिङ्गल| त्यसैले थ्याङ्क यु, बट नो थ्याङ्क यु भन्न पर्ला| सबै बिदेशिनेले नेपाली नागरिकता खोजेकोले के के न दिनु पर्या जस्तो भा जस्तो छ नेताज्यू हरुलाई र सर्ब साधारणलाइ पनि| तर बास्तबमा नेपाली नागरिकता भावनाको कारणले खोजेको हो जस्तो लाग्छ| गोर्खेलाई नेपाल आएर सब थोक भाग्ने अमेरिका भाग्ने जस्तो भान परेको देखिन्छ| यस्ता दुइ पैसे कागजका टुक्राहरु दिए पनि नदिए पनि “यो मन त मेरो नेपाली हो” भन्ने अटल भावना कसैले खोस्न सक्ने छैनन् क्या रे|

    Reply
  15. केशव says:
    September 26, 2014 at 10:59 pm

    एन आर एन को परिभाषा त्रुटीपूर्ण छ यसमा गम्भीर रुपमा छलफल हुनु जरुरि छ | के गल्फ लगाएत मलेसिया ,कोरिया मजदुरी गर्न जाने अनि केहि समय को अन्तराल पछि आफ्नै देशमा फर्किने हरु कसरि एन आर एन हुन सक्छ ? न गल्फ लगाएतका देशमा कार्यरत मजदुर हरुले ,ब्यबशाईहरुले सम्बन्धित देशको नागरिता पाउन्छन न ग्रिनकार्ड ,न पी. आर | तिनीहरु कसरि एन .आर .एन भए | उनीहरु त केवल केहिसमय मजदुर गर्न आएका नेपाली हुन् | यु .के ,यु.एस .ए ,लगाएतका देशहरुमा जहाँ नेपाली नागरिकता त्यागेर सोहि देशको नागरिता धारण गर्छन तिनीहरु हुन् एन.आर. एन | अन्य देशमा काम गर्नेहरुला एन.आर .एन को पगरी नलगाइदिनुस .एन .आर.एन कम्पनि का पदाधिकारी महोदय |
    तिमीहरुलाइ दोहोरो नागरिता चाहिएको डाका हो ..भाटाले हानेर खेद्नु पर्छ आफ्नो देसको नागरिता त्यागेर अर्कैको देशको नागरिता धारण गरेका छौ | लगानी गर्न नेपालकै नागरिक हुन पर्दैन मन भए महासयहरु |

    Reply
    1. simit gauchan says:
      September 27, 2014 at 2:59 am

      केशव जी डी भी परेन विदेश जान सकिएन अनि कसरि बिदेशी नागरिकता लिनु त्येही भएर दोहोरो नागरिताको बिरोध के तिनी नेपालि होइनन र ??? जहा बसे पनि नेपालको माया नेपालि लाइ औधि लाग्छ हो साथि हो ,सरकारले बिशेष नागरिकता को नीति ल्याएको छ एन आर ए हरु त्यतिमा खुशी हुनुको बिकल्प छैन !!!

      Reply
  16. Mk says:
    September 26, 2014 at 10:25 pm

    वल्ल वल्ल, नेपालले ठुलो छाती वनाइ सु कार्यको सुरुवात गरेको छ कम्तिमा यो NRN को मामलामा / जे रोपे तेही फलने हुनाले , हेरौ कस्तो फल फल्नेछ, भविष्य ले देखाउनेछ ; वरु लागु छिटो गर्नु पर्यो/

    Reply
  17. ashok says:
    September 26, 2014 at 9:45 pm

    एउटा कुरा,

    बास्तबमा यी एन.आर.एन. भनाउदाहरु कमै मात्रमा नेपाल फर्कने मनस्थितिमा छन् | नेपालमा भएको सम्पती बिक्रि गर्नेहरुको संख्या दिन प्रतिदीन बढ्न थालेको छ | मेरो बिचारमा त बिशेष नागरिकता नदिए पनी खासै फरक पर्ने देख्दिन |

    Reply
  18. Siva says:
    September 26, 2014 at 9:43 pm

    त्यागेको कुरा फेरी किन लिनु! म चै लिन्न कदापी लिन्न

    Reply
  19. Milan says:
    September 26, 2014 at 8:55 pm

    नेपाली नेताहरुलाई केहि मतलब छैन, विदेश बाट फर्केर राजनीतिमा लागेर उनीहरुको भाग खाला भन्ने मात्र पीर रहेछ!

    Reply
  20. GANESH PAUDEL says:
    September 26, 2014 at 8:12 pm

    NR N भनेर गरेको परिभासा नै गलत भयो गल्फ ,मलेसिया कोरिया मा काम गर्न जाने ले पनि भोट हाल्न नपाउने भए जस्तो
    छ यो सबै युरोप र अमेरिका मा बस्ने को चाल हो / युरोप र अमेरिका मा बस्ने हरु लाई नागरिता देऊ या नदेऊ तर हामि काम गर्न आको नोकर हरु लाई तिनी हरु को जस्तो NRN परिभासा मा नराख/ नत्र हामी ले पनि आन्दोलन गर्नु नपोरोस /

    Reply
    1. Salokya says:
      September 26, 2014 at 9:26 pm

      नेपाली नागरिकता नत्याग्नेलाई सदा भोटको अधिकार भइहाल्छ नि। गल्फ, मलेसिया र कोरियामा बस्नेहरु फर्केर नेपाल आएर भोट हाल्न पाइहालिन्छ नि। तर मतदाता सूचीमा नाम चाहिँ हुनुपर्‍यो।

      Reply
      1. अनिल says:
        September 26, 2014 at 10:30 pm

        सालोक्य दाई लाई प्रस्न : यदि नेपाली नागरिकले बिसेदी नागरिकता लिएमा त्यो पहिलाको नेपाली नागरिता स्वत बिसेसमा परिबर्तन हुने हो?कि तेस्को कुनै अलग प्रक्रिया छ ? कि पहिला नेपाली नागरिकता त्यागेर नया लिनु पर्ने हो ? अनि ति बिसेस नागरिकता पाउने ले नेपालको पासपोर्ट प्रयोग गर्न पाउने कि नपाउने !

        Reply
        1. Salokya says:
          September 26, 2014 at 11:43 pm

          ए बा, बल्ल त नेताहरुको सहमति भा छ। संविधान आउन बाँकी छ। त्यसपछि नियमावली आउला। अनि पो बल्ल के कस्तो प्रकिया हो त्यो आउँछ। कति हतार गर्नु भा हौ !

          Reply
  21. kishor says:
    September 26, 2014 at 7:58 pm

    नेपाली नागरिकता त्यागेको भन्दा बिदेशी नागरिकता लिएको भन्ने कि ? किन कि अमेरिका को नागरिकता लिदा Nepal को नागरिकता त्याग्नु पर्दैन, अमेरिका मा Dual Citizenship छ तर नेपालमा छैन तेस कारण नेपालको नागरिकता स्वत्त रद्द हुन्छ| विदेशमा बस्ने हरु लै स्वदेश मा लगानी गर्ने बातावरण तयार गर्नु राम्रो कुरा हो, आखिर आफ्नो देश को माया त जसलाई पनि लाग्छ| तेस कारण त Dual Citizenship को चलन छ युरोप अमेरिकामा| देश मा बसेर देश को र समाज को बिकाश गर्ने हरु त आदर्श नागरिक हुनु हुन्छ| तर देशमा बसेर भास्त्रचार गर्नेहरु भन्दा त विदेशमा अवसर खोज्नु राम्रो होइन र ?

    Reply
    1. bijay says:
      September 26, 2014 at 11:47 pm

      Everyone is opportunistic in one way or another.

      It is better to be a NRN-seeking-dual-citizenship-type-opportunist than to be opportunists like KP Oli, Mahesh Basnet, Chari Don, ghuysaha officials at airport, malpot, adhyagaman, who are living in Nepal and acting like parasites.

      For majority of Nepalis living outside Nepal, giving up Nepali citizenship is not by choice but because of the situation created by Nepal not allowing dual citizenship. Nobody wants to cut off ties with the place which has memories of one’s childhood, where one grew up and where one can still feel a free bird. But that feeling alone does not help a person prosper in life and seeking opportunties elsewhere is natural (just like people migrating from rukum rolpa to KTM). At the end of the day no other place feels like home other than the place where one was born and raised.

      I wish being Nepali was not so difficult and hurdles in every step of life. I wish Nepal could welcome all the Nepali scholars, scientists, engineers and doctors all over the world gving them a hope of livelihood that is comparable to Mahesh Basnet or KP Oli.

      Reply
  22. Karbir says:
    September 26, 2014 at 7:34 pm

    यो NRN वाला हरुलाई नेपाली नागरिकताको सारै मोह रहेछ | होइन के गर्ने विचार छ र एक पटक त्यागिसकेको नागरिकता लिएर नेपालमा ? फोहोरी खेल !

    Reply
  23. SSB says:
    September 26, 2014 at 7:30 pm

    Just being NRN does not mean all of them are opportunistic. People living abroad are there for various reasons, such as job, business & higher education. Provision of dual citizenships will have profound impact on Nepalese economy since the significant portion of economy is based on remittance. Now, it opens up the door investments and remittance, which certainly will be good for the nation in the long run. They will bring their skills, knowledge, and investments into our country and can change the landscape of country’s fate should the nation be able to capitalize it.

    Reply
  24. xyz says:
    September 26, 2014 at 7:16 pm

    Now, Nepal will soon turn into a safe haven for laundering black money into white using these special citizenships, this is the primary reason why thugs like Upendra Mahato who have earned lots of money from sojjo and latto Russian people.

    Reply
    1. Rishi says:
      September 28, 2014 at 1:49 am

      हा हा रसियन हरु सोझो र लाटो रे —- जसले त उक्रेन नै खान खोजि रहेछ र केहि खाई सक्यो….

      Reply
  25. Durga Adhikari says:
    September 26, 2014 at 7:15 pm

    धेरै राम्रो भयो/ नेपाल देसका छोरा छोरीहरु सधै नै नेपाली भयर बाचन पाउने भय/ तर अझै यो कुराको कार्यान्वन हुन् कति समय लाग्ने हो? तैपनि बधाईछ सम्पूर्ण N. R. N. हरुलाई/ अब देशको माया गर्छु भन्य सबैलाई अवसर प्राप्त भयको छ/ जहाँ गयर जे जति आर्जन गरेको आफ्नै देशमा लगानी गर्ने र देशको लागि केहि गर्छु भन्यहरुको लागि सुभ अबसर हो यो/

    Reply
  26. hari har sharma says:
    September 26, 2014 at 5:39 pm

    यो बिशेस वालालाई त कुनै नि सरकारी पदमा बस्न दिनु हुन्न भन्ने लग्छ है, चाहे मन्त्रि नै किन नहोस /
    अर्को, एक पटक नागरिकता त्यागिसकेकालाई फेरी original नागरिकता होइन बिशेस सम्म मात्र गर्या भने हुने हो / आखिरमा ऊ अवसरबादी नै हो /

    Reply
    1. kedar says:
      September 26, 2014 at 7:50 pm

      कठैबरी hari har sharmaa जी DV Lottery नपरेको रिसको झोंक यहाँ आएर अवसरबादी बनाएर पोख्दिनु भो | हुनत कामको अवसर खोज्दै हिंड्नेलाई अवसरबादी नै भन्नु पर्छ क्यारे | आफ्नो कुरो मानुन्जेल कामरेड र मान्न छोड्ने बित्तीकै गद्धार अवसरबादीको माला भिराउने कम्युनिस्ट रोग नै हो कि के हो हजुरलाई पनि लागेको ?

      Reply
    2. Rishi says:
      September 26, 2014 at 8:48 pm

      मान्छे सबै अवसर वादी हुनु पर्छ. अवसर सिर्जना गरेर आफ्नो काम र चाहना फत्ते गर्नु पर्छ, आज लाखौ नेपाली हरु भारत, खाडी मुलुक, मलेसिया, जापान, कोरिया, युरोप, उत्तर अमेरिका आदि विभिन्न देशमा जान परेको नेपालमा अवसर नपाएरै हो. हो आफुले अवसर को प्रयोग गर्दा अर्काको खोस्न हुदैन.अहिलेको व्यवस्था ले नेपाली ले बाहिरको नागरिकता लिए पछि नेपालमा आएर गरिखान निकै गारो थियो. कमसे कम अब ति नेपाली ढुक्क संग नेपाल फर्किन त पाउछन. विभिन्न देशमा नेपाली नागरिकता भए पनि सरकारी जागिर खान पाउछन नेपालमा चाही किन नेपाली ले नपाउने. अब बन्न लागेको नियम एकदम ठिक छ. पाकिस्तान बंगलादेश जस्ता नेपाल जस्तै गरिब तर ज्यादा जनसंख्या भएका मुलुक मा त पाउछन. संसारका लगभग ५०% देशमा दोहोरो नागरिकता या बिदेशी लाई स्थायी बसोबास गर्न र जागिर खान (सरकारी समेत) पाउने व्यवस्था छ. बल्ल नेपाल आमाले गरिखान अर्काको देश को कमारो हुन पुगेका आफ्ना सन्ततिलाई फेरि अंगाल्न पाउने भईन. नेपाल आमाकी जय …

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme