Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुटनीतिक मर्यादा कुन चराको नाम हो?

Posted on September 26, 2014September 26, 2014 by Salokya

unnamed
सुशील कोइराला अघिपछि जस्तो व्यक्तिगत हैसियतले अमेरिका गएका हैनन्। उनी नेपालका कार्यकारी प्रमुख प्रधानमन्त्रीको हैसियतमा देशवासीको करको पैसाबाट खर्च व्यहोर्ने गरी औपचारिक अमेरिका भ्रमणमा छन्। त्यसैले उनी र उनका सहयोगी सबैको व्यवहारमा कुटनीतिक मर्यादा झल्कनु पर्छ। तर प्रधानमन्त्री कै सहयोगीले मिडियामा पठाएको यो फोटो हेर्नुस् त। यसमा प्रधानमन्त्री विदेशी प्रतिनिधि मण्डलसित औपचारिक कुराकानी गर्दैछन्। प्रधानमन्त्रीको पछिल्तिर सुरक्षाकर्मी पनि अटेन्सन मुद्रामा छन्। छेवैमा एक महिला भने चप्पलसमेत नलगाई कट्टुमा झैँ देखिन्छिन्। यो कुटनीतिक मर्यादा अनुसारको काम हो त ? तपाईँ आफै भन्नुस्।

koirala
त्यसैगरी यो अर्को फोटो हेर्नुस् त। बिचरा प्रधानमन्त्रीले यसो कन्याइरहेको बेला फोटो खिचेर फेसबुकमा हाल्न हतार गरेका। देशका कार्यकारी प्रमुखको अशोभनीय फोटो हालेर प्रधानमन्त्री नजिक छु भन्ने देखाउन कति हतार गरेका !

prasai1
प्रधानमन्त्री निकट देखाउन चाहनेले बेडरुममै गएर यस्तो फोटो खिचेर फेसबुकको भित्तामा टाँस्न भ्याएका छन्। बिचरा सोझा प्रधानमन्त्री भर्खर नुहाएर निस्केका झैँ देखिन्छन्, कुन चैँ बढी जान्नेले फोटो खिचेर फेसबुकाँ हाल्न भ्याएछ।

देशका प्रधानमन्त्रीको यति बेइज्जत त नगरुम् न हो।

28 thoughts on “कुटनीतिक मर्यादा कुन चराको नाम हो?”

  1. Padam Raut says:
    September 30, 2014 at 12:03 am

    रियल नेपाली प्रतिबिम्बित हुन्क्ष गन्जी र लुंगी मा , बास्तबमा नेपालका प्रधानमन्त्रीको लास्ट फोटो हेर्दा मलाई मेरो हजुरबुवा को याद आयो |

    Reply
  2. prakash says:
    September 29, 2014 at 6:42 am

    अति भयो यार योत के हो PM जस्तो मान्छेलाई बस्ने होटेल अनि भेट्ने मान्छे अनि भेट गराउने मान्छे अनि यो फोटो upload गर्ने ओहो अति भयो अलिकति देसको इज्जत छकी छैन हो प्रधान मन्त्रीलाई भेट घाट दिने र दिने मान्छे कसरि एस्तो हुन्छ यो चै भएन देसको इज्जत मा आच आउने काम भयो योत यो येह भेट दिने मान्छे हरु को हो यो फोटो हरु तिनीहरुले नै हालेको तुरुन्त केहि गर्नु पर्चा …..

    Reply
  3. pramod paudel says:
    September 27, 2014 at 11:02 pm

    कति ग्यालन को जाड खा को भुडी हो यो यो लास्ट को फोटो को झिल्के भुइकिरि नेता को ??
    हावा गफ्फ लगाउन माहिर देखिन्छा अनि नाक त फुलेर फर्सी जस्तो भा को छ प्रधानमन्त्री संग नजिक छु भनेर देखाउदा … हा हा …

    Reply
  4. Ananta says:
    September 27, 2014 at 9:18 am

    These photos show the downgraded mentality of Nepalese. We only blame politicians, Nepalese people are also to blame.

    Reply
  5. Ram B. Basnet says:
    September 27, 2014 at 8:10 am

    नेपाली केटीहरुले USA आएर सिक्ने पहिलो कुरा भनेकै कट्टु मात्र लगाएर हिड्ने | नेपालमा हुदा चाही pant पनि लगाउन नजान्ने हरु येह आएपछि कट्टु लगाएर फोटो खिच्छन अनि facebook मा आको २००+ likes हेरेर दङ्ग पर्छन | (स्मरणीय रहोस तिनै मोरिहरुको फोटो ले मुस्किल ले १५ likes पाउथे नेपाल मा छदा चाही |) विश्वास लाग्दैन भने आफ्नै facebook को friend-list भाका दिदि-बहिनि , साथिहरु; जो कोहि USA मा छन् भने पक्का भेट्नुहुने छ येही summer मा खिचेका मोरिहरुका फोटोहरु २००+ likes का साथमा |

    तेस्तै मध्येको एउटी नानि माथिको फोटोमा नि उछुट्टियेर आइपुगिछन | कुन लुगा कस्तो ठाउमा लगाउने हो भनेर ज्ञान नभाको हरु | उही जमाना को DDLJ भन्ने फिलिम को अमरिश पुरी को डाइलग याद आयो : “धोबी का कुत्ता घर का न घाट का ” …

    Reply
  6. Sonam Sherpa says:
    September 27, 2014 at 7:33 am

    कट्टु होईन यो त मिनी स्कर्ट हो. जति जति फेसन बददै छ फिलामा कपडा घट्दै छ भनेको यहि हो .

    Reply
  7. Jagat says:
    September 27, 2014 at 6:55 am

    त्यो पैलो फोटोमा पछाडी उभिने केटि को हो? त्यै तरिका हो भने आफु त डुब्यो डुब्यो देशलाई पनि डुबाउने भयो| प्रधान मन्त्रीका प्रोटोकल अफिसरलाई तुरन्त फायर गरे हुन्छ|

    Reply
  8. Bam bahadur says:
    September 27, 2014 at 6:31 am

    शक्तिका पुजारी नालायक टट्टूहरुले आफ़्नो हैसियत देखाएका हुन् !

    Reply
  9. pramod paudel says:
    September 27, 2014 at 3:06 am

    यी हुन् वास्तविक दुवा तिर्की ,….
    जहाँ गए नि मन त नेपाली हो नि ….
    हाहा हाहा जना गए नि मन त तेइ दुवा तिर्की हो नि … बानि विचार आचरण सब तेइ दुवा तिर्की त हो नि ..अमेरिका आए नि फोहोरी राजनीति छोडेका छैनन् यिन ले … गफ लडाएर खाने भए नेपाल गए भै हाल्यो नि …

    प्रधानमन्त्री संग नजिक भएको देखौन …. ह्या भन्दा **** विचार के हुन सक्छ हेहेहेहेह
    यिस खाउ … तिम्लाई जो संग नजिक भए नि न भए नि … यिस !!!!!

    Reply
  10. sheetal says:
    September 27, 2014 at 2:09 am

    त्यो पहिलो फोटोमा पछाडी उभिने केटीले खाकी रंगको लेगिंग लगाए जस्तो छ | तर तेस्को उभिने तरिका चै मनपरेन | लुगा पनि अलि फर्मल लगाउनु पर्ने हो|

    Reply
  11. अनोज शाक्य says:
    September 26, 2014 at 11:49 pm

    क्यान्सर लाइ जितेर लुतो संग हार्नु भए जस्तो छ हाम्रो प्रधानमन्त्री

    Reply
  12. कमल says:
    September 26, 2014 at 11:37 pm

    पहिलो फोटो कुन घर कोठामा खिचिएको हो? नेपाल सरकारले तिरेको पैसाबाट बहालमा लिएको हो भने त्यसको हाकिमलाई तुरन्त कारवाही गरिनपर्छ, बिदेशमा इज्जत बढाउँन छैन घटाउन मात्रै उनको काम हो| सामान्य सजावट पनि नभएको? के नेपालीहरु अमेरिकामा पनि यसरि गए गुज्रेको स्थितिमै बस्छन? कोठामा एउटा सम्म फोटो र फुल्दान पनि देखिदैन, किन हो?
    हाम्रो हाकिमको देशप्रतिको दरिद्रता र दिवालियापन त्यसैमा झल्कन्छ|
    अरु फोटो बारे के लेखुं? नेपाली कांग्रेसको त् बद्नाम गर्यो नै, देशको पनि बद्नाम| फेसबुकमा हतारिएर राख्न पर्ने के काम? जजस्ले प्र म संग फोटोमा भएका महानुभवहरुलाई भेटछन्, बधाई दिनुहोला र कसैले दुई झ्यापू पनि गालामा कसीदिए च्च.. भन्ने पनि कोही नहोला|
    अमेरिका जानुहुने सिधा सादा प्रधान मन्त्रीका सचिवज्युले आफ्नो काम नगरेको जस्तो देखियो, यस बाट केही पाठ सिक्नुहुनेछ|

    Reply
  13. Deepak says:
    September 26, 2014 at 11:01 pm

    पढेर र संघर्ष गरेर प्रधानमन्त्री भएको होईन, कोईराला परिवारमा जन्मेर पाएको पद, कुटनीतिक कानुन र नियम नजान्नुको परिणाम, अनि गरिब देशमा जन्मेर अनि कुनै शिक्षा हाशिल नगरेको कंगाल अन्त्ररास्ट्रिय ज्ञानले गर्दा यस्ता फोटोहरु खिचिन पुगे !!
    अबको केहि दिनमा नै भारतीय प्रधानमन्त्री मोदी USA जादै छन्, उनको भाषण समेत सुन्नको लागि टिकट काट्नु पर्ने भएको छ, ब्याराक ओबामाले उनलाई निमन्त्रणा गरे, अमेरिकाका उच्च पधाधिकारीहरुले यसमा भाग लिने भएका छन् !!
    लौ आफै भन्नुस, अनि कसरि रहनछ देशको ईज्जत? कसले गर्छ नेपालीलाई सम्मान, अनि किन नेपाली बिश्वोमा नै नहेपियोस? अनि यस्ता प्रधानमन्त्रीले भारतसंग वा अन्त्ररास्त्रिय हैसियतमा गर्ने सन्धि सम्झौतामा कसरि नेपाललाई माथि पार्नु???????
    दिपक अधिकारी
    जर्मनी
    PS : सुशील कोईरालाको ब्याबहार:
    अब उ गरेर त्यो गर्नु पर्छ ………………….. !!!!!!

    Reply
  14. bibek dhakal says:
    September 26, 2014 at 10:46 pm

    जनताको भावना को मर्यादा नराखेर चुनाव हारेको, पार्टीका भरौटे कार्यकर्ता नेता वा आफन्त बाहेक कसैले नामंपराउने २ पैसे मान्छेलाई मन्त्रि बनाउने यस्तो लाचार निम्नस्तरको सरकार भएको देशको प्रधानमन्त्री होस् वा जुन सुकै स्तर को कर्मचारी, के मर्यादा ( नैतिक / कुटनैतिक ) आस गर्नु .

    Reply
  15. Neden Dongla says:
    September 26, 2014 at 10:36 pm

    प्रधानमन्त्रीको यस्तो तस्वीर सार्वजनिक कस्ले गर्यो? यो हाम्रो देश नेपाल र हामी ३ करोड नेपाली जनताको बेईज्जत हो। अमेरीकामा नेपालका प्रधानमन्त्री सुशील कोईरालालाई किन यति सस्तो गरेका हुन्? जस्तो सुकै अवस्थामा तस्वीर खिचाएर वहाँको अशक्तताको फाईदा कैटे कांग्रेसीहरूले लिएको महशुष हुन्छ हामीलाई।
    देशप्रेमी दाजु भाईहरू नेपालका प्रधानमन्त्रीलाई यति सस्तो नगरौं किन कि वहाँ कांग्रेसको मात्र प्रधानमन्त्री नभई ३ करोड नेपाली जनताको प्रधानमन्त्री हुनुहुन्छ। हद र मर्यादा भित्र रहेर तस्वीर सार्वजनिक गर्नु होला चेतना भया?

    Reply
  16. bimal says:
    September 26, 2014 at 9:09 pm

    बिचरा प्रधानमन्त्रिको केहि दोष देखिदैन l पाखण्डीहरु त फोटो फेसबुकमा टास्नेहरु हुन् l

    Reply
  17. सिर्जने says:
    September 26, 2014 at 9:02 pm

    प्रधानमन्त्रीलाई अँगालो हालेर ठुलो भैटोपल्ने त्यो को महाशय हो? म प्रधानमन्त्रिको गार्ड भा’को भए उ….. पर पुर्याइदिन्थे / जुनसुकै पार्टीको होस्, जो सुकै होस्, देशको प्रतिनिधित्व गरेर औपचारिक भ्रमणमा गएको प्रधानमन्त्रीको सुरक्ष्या राम्रो हुनैपर्छ / व्यक्तिगत नातागोताको मान्छे हो भने फोटो खिच्दै सार्बजनिक संजालमा किन हाल्नु ? सम्झनाको लागि हो भने फोटो खिचेर आफैसंग राख्नु /
    अनि अर्को आयो भुड़े महोदय लुंगी र गन्जीमा भा’कै बेला प्रधानमन्त्रीको फोटो खिचेर सार्बजनिक गर्ने, कत्ति न …. भै’खाको, अलि दिमाग भा’को भए प्रधानमन्त्रिलाई लुगा लगाउन त दिनुपर्थ्यो फोटो खिच्नु भन्दा अगाडी! पाजी / अब कुन दिन इ तोरीहरुले प्रधानमन्त्रीको ट्वाइलेटको ढोका खोलेर अँगालो हालेर फोटो खिच्छन, फेसबुकमा येसो आखा लगाउदै गर्नुहोला /

    Reply
  18. Raj says:
    September 26, 2014 at 8:51 pm

    क्यान्सर लाइ जितेर लुतो संग हार्नु भए जस्तो छ हाम्रो प्रधानमन्त्री 🙂

    Reply
  19. Pawan Khanal says:
    September 26, 2014 at 7:59 pm

    नेपाली नेता हरु त्यो पनि बरिस्ट व्यक्ति को कोहि PA or सल्लाहकार हुन्छ कि हुदैन ? हरेक गल्ति हेर्छु आफैं दुखि हुन्छु /संगै मा नरेन्द्र मोदी पनि pm तिनको activity हेर्छु कसरि manage गरेका ……… नेपाल मा प्रधानमन्त्री को लागि कुनै योग्य सल्लाहकार नै छैन ? उफ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़ बिडम्बना नेपाल कहिले सहि दिसा तिर जाला ………सायद मेरो जिवन मा …नहोला

    Reply
  20. बिज्ञान says:
    September 26, 2014 at 7:22 pm

    अन्तिममा भएको चस्मा लगाएर कोइरालासंग फोटो खिच्ने बेलायत कांग्रेसको भडुवा परे । ४ पटक चुनाव हारी सक्यो । चुनाव हुनैहुन्न अध्यक्षको उम्मेद्धवार बन्न आइहाल्छ । अहिले सम्म कहि नभएको नेपाली कांग्रेस (कोइरालापक्ष) बेलायतमा जन्मदिने दाता उनै हुन । भन्नु पर्दा नेपाली जनसम्पर्क समिति बेलायत (कोइराला पक्षका) बा । बेलायतमा नेपाली समाजका कलंक हुन । बेलाबेलामा कोइरालासंग फोटोखिचाएर बेलायतमा ल्याएर यहांका कार्यकर्तालाई तर्ससाउन खेज्ने मान्छे नै हुन । ४ पटक त बेलायत कांग्रेस फुटी सक्यो । चुनाव हा्र्यो कि साथीले अर्को बबन्डर मच्चाइ हाल्छन यस्ता कुबुद्धी भएका ब्यक्तिलाई कसरी यती ठूलो बुद्धी आओस त प्रधानमन्त्रीसंग लिएको यस्तो फोटो सामाजिकसंजालमा हाल्नुहुन्न भनेर । उनको नाम लेखि राख्नु नपर्ला बेलायतमा धेरै कांग्रेसले चिन्छन ।

    Reply
  21. sandhya newa says:
    September 26, 2014 at 6:25 pm

    नेपाली जहाँ गए पनि सोच र ब्यबहार कहिले नि बदल्ने भएन भनेर प्रस्ट देखिन्छ ..!

    Reply
  22. शिव-दिप says:
    September 26, 2014 at 5:56 pm

    सालोक्य जी ! तपाई पनि गजबको कुरा गर्नु हुन्छ । ३ वटा फोटो राखेर आफु अनुकुल ब्याख्या गर्नु हुन्छ । मेरो ब्याख्या हरेक फोटो अनुसार निम्न प्रकारका छन ।
    – प्रथम फोटोमा उभिने युवतीले कट्टुमा नभई स्कटमा उभिएकि छिन तर भित्र कट्टु लगाएको छ छैन भन्न सकिन्दैन ।
    -दोश्रो फोटोमा प्रधानमन्त्रीले कनाई रहेको सत्य हो र संसार कै गरिव प्रधानमन्त्रीलाई जुम्रा पर्नु अच्चमको कुरा हैन तर बिचमा प्रधानमन्त्रीलाई अंगालो हालेर टेढो नजरमा फोटो खिच्न सक्ने शक्ती देशी हो कि बिदेशी जानकारी पाउन सकिएन ।
    -तेश्रो फोटोमा प्रधानमन्त्री कुन कम्पनीको बजार अधिकृत संग उभिनु भएको हो थाहा पाउन सकिएन । कुनै भारतिय कम्पनीको गञ्जी र लुगींको हो या लुगा धुने पाउडर अथवा सावुनको बजारीकरण गर्न लागेको हो यकिन भन्न सकिन्दैन तर प्रधानमन्त्रीको बायां हातमा सम्झौताको फायल भने देख्न सकिन्छ ।

    Reply
    1. सिर्जने says:
      September 26, 2014 at 8:48 pm

      शिब-दिप जी,
      कट्टु होस् कि मिनी-माइक्रो स्कर्ट होस् (तपाइनै पत्ता लगाउनुस), त्यो महिलाको लुगा लगाई र उभिने तरिका अति नै अमर्यादित छ / जुनसुकै गरिब देशको प्रधानमन्त्री किन नहोस छिमेकीको झगडा हेरेको जस्तो ढस्स अडेश लागेर हेर्ने होइन नि / कि कुर्चीमा बस्नु कि ठाडो उभिनु, वाइयात /

      Reply
  23. Netra Prasad Paudyal says:
    September 26, 2014 at 5:54 pm

    जय नेपाल साथिहरू:
    नेपाली कांग्रेश पनि भन्ने, शुशिल दा पनि भन्ने, अनि अाफ्नै प्रधान मन्त्री एवं पार्टी सभापतिको यस्तो नाटकिय र गतिछाडा पाराले इसल्ट नगरुम न हो! फोटो लिन नै मनलागेको भए उहाँलाइ एक छिन नेपाली दौरा सुरवाल लगाउन दिएर लिएको भए राम्रो हुने थियो कि? एक एक जनाले फोटो लिदा, उहाँ गाह्रो हुने हुदा, समुहमा लिएको भए पनि हुने।
    जो जतिबेला पनि फुत्त छिर्यो, जस्तो सुकै हालतमा भएपनि फोटो लियो र फेसबुकमा अपलोड गर्यो गर्ने गर्नु भएन है!

    Reply
  24. Dhital says:
    September 26, 2014 at 5:21 pm

    बर्मा गए कर्म संगै भनेको यही होला !!! अमेरिका जादैमा सोच परिवर्तन हुने भए आज नेपाल कहाँ पुगी सक्थ्यो !!! अर्ध शिछित नेपालीको काम, देशको बदनाम !!!

    Reply
  25. Dinesh says:
    September 26, 2014 at 4:49 pm

    विचाराहरु अमेरिकामा भए पनि सोच र व्यवहार बद्लन नसकेकाहरुको विजोग हेरियो ? नेपाली प्रधानमन्त्रीसँग फोटो खिच्ने रोगले भन्छ, तिनीहरु पनि कार्यकर्ता भन्दा माथि उठ्न सकेका रहेनछन ।

    Reply
  26. Dr. Suraj Maskey says:
    September 26, 2014 at 4:48 pm

    हिजो सेप्टेम्बर २५ बेलुकी ६:३० बजे म र मेरो श्रीमतिले पनि हाम्रा सम्मानीय प्रधानमन्त्री श्री सुशील कोइरलज्यु संग भेट्ने मौका पायौ। वहाँले बिश्राम गर्दा सोहि कलर न भएको लुगा लगाउनु भएको थियो ।
    वहाँका प्रमुख स्वकीय सचिव श्री बसन्त गौतमज्यु र हामी प्रधानमन्त्रिज्यु संग थियौं। गौतामज्युले भन्नु भयो अहिले वहाँ बिश्राममा भएपनि नेपालीहरु संग भेट्दै हुनु हुन्छ तसर्थ यस्तो पहिरनमा फोटो न खिच्नुस । हामीलाई कुरा एकदम जायज़ लाग्यो र फ़ोटो लिएनौ।

    श्री सुशील कोइरलज्युको सरल स्वभावको हाम्रा नेपालीहरुले मर्यादा गर्नुको सट्टा यस्तो फोटो सामाजिक संजालमा राखेकोमा यस्तो ब्यवहार देख्दा हामीलाई निकै खेद लागेको छ ।

    सुरज श्रेष्ठ मास्के र श्री मति
    अमेरिका

    Reply
  27. अनिल says:
    September 26, 2014 at 3:41 pm

    हग्नेलाई भन्दा देख्नेलाई लाज

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme