Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आखिर जे नहुनु थियो, त्यही भयो

Posted on September 23, 2014 by Salokya

११ महिनादेखि अनसनरत नन्दप्रसाद अधिकारीको हिजो निधन भयो। यो सामान्य मृत्यु थिएन। धेरै राजनीति मिसिएको छ यसमा। स्वार्थै स्वार्थका जालोहरुमा जेलिएर अधिकारीले प्राण त्यागे।

अधिकारी दम्पतिको माग सरल थियो- आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्नुपर्‍यो। न्याय मागेका थिए उनले।

द्वन्द्वकालमा कृष्णप्रसादको हत्या भएको थियो। हत्या गर्ने माओवादी कार्यकर्ता। देशमा स‍ंक्रमण काल। अनि सुरु भयो छोराको हत्यारालाई कारबाही गराउन न्याय खोज्न आमाबाबुले गरेको सोझो आन्दोलनमा विभिन्न स्वार्थहरुको घुसपैठ। अनसनकै बलले कारबाही प्रक्रिया अघि त बढ्यो तर अनसन फिर्ता नगराउन उचालियो। परिणाम जे नहुनु थियो, त्यही भयो। नन्दप्रसादको हिजो निधन भयो, ग‍ंगामाया पनि सिकिस्त छिन्।

माओवादी लडाकुहरु रुद्र आचार्य, ऋषि लामिछाने र नाम खुल्न नसकेका अर्का एक व्यक्तिले उनको हत्या गरेको प्रहरी अनुसन्धानमा देखियो। लामिछाने १८ माघ ०६२ मा भरतपुर-१२, प्रभातचोक, चितवनमा सेनाको कारबाहीमा मरिसकेका थिए भने आचार्य बेलायतमा रहेको प्रहरी रिपोर्टमा छ। आचार्यलाई नेपाल फर्काउन इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरियो। प्रहरीले कृष्णप्रसादको हत्यामा संलग्नहरूको अनुसन्धान प्रक्रिया पूरा गरी कारबाही अघि बढाइसकेको थियो। अदालतमा मुद्दा चलिसकेको छ।

तर उनीहरुले अनसन फिर्ता लिएनन्। अनसन फिर्ता गराउने प्रयास असफल भयो। उनीहरुको जिद्दी थियो, हामीले किटानी जाहेरी दिएकाहरुलाई जन्मकैद गर्नुपर्छ। एक दर्जन गाउँलेहरुलाई उनका छोरा नुरप्रसाद अधिकारीले आरोपित गरेका थिए। गाउँलेहरुले भने व्यक्तिगत इबी साँधेको आरोप लगाएका थिए।

अनसन फिर्ता गराउने प्रयास असफल भएपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भनेका थिए- यसको जिम्मा अब डलरवादीहरुले लिनुपर्छ।

अभियुक्तलाई नथुनी मुद्दा मात्र चलाउने र आफूहरूले अनशन तोड्नुपर्ने हो भने मुद्दा फैसला नहुन्जेलका लागि दुई अर्ब रुपियाँ दिनुपर्ने सर्त उनीहरूले तेर्स्याएको र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री कार्यालयका सचिवद्वय कृष्णहरि बास्कोटा र राजुमान सिंह मल्ल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्त कार्यालयका नेपाल प्रतिनिधि जेमी म्याकगोल्डरकी लगायत उनीहरूलाई भेट्न पुग्ने हरेकसँग अनशन तोड्नुपर्ने हो भने दुई अर्ब रुपियाँ दिनुपर्ने माग राख्दै आएको खबर नेपाल साप्ताहिकले छापेको थियो।

अनसन फिर्ता गराउन मानवअधिकारकर्मीहरुले छोरा नूरप्रसाद अधिकारीसित बारम्बार गरेको आग्रह पनि खेर गयो। नूरप्रसादले ‘म अनशन तोड्नूस् भनेर कुनै पनि हालतमा अस्पताल जान्नँ, बारम्बार यस्ता कुरा नगर्नूस्, नत्र तपाईंहरूसँग पनि नराम्रो होला’ भन्थे। नूरप्रसादको यस्तै व्यवहारबाट आजित भएर ८ जेठमा सात जना अधिकारकर्मीले विज्ञप्ति नै जारी गरेका थिए, अनशन तोड्न नूरप्रसाद सहयोगी नभएको आशयका साथ।

८ जेठमा जारी अधिकारकर्मीहरूको विज्ञप्तिमा भनिएको थियो, ‘पछिल्लोपटक सोमबार ६ जेठमा तपाईंसँग हामी पाँच अधिकारकर्मीले गरेको छलफल सुखद रहेन। गंगामाया र नन्दप्रसाद अधिकारीको ज्यान बचाएर मात्र न्यायको लडाइँलाई सार्थक टुंगोमा पुर्‍याउन सकिन्छ भन्ने सन्दर्भमा तपाईंको निराशाजनक प्रतिक्रियाले हामी दु:खी भएर उठ्यौँ। …तपाईंसँग धेरैपटक भेटघाटका क्रममा गरिएको अपिलको असर नदेखिएकाले आज हामी यस पत्रद्वारा लिखित आग्रह गर्दै छौँ, तपाईं कृपया तुरुन्तै वीर अस्पतालको पुरानो आईसीयू कक्षमा गई माता गंगामाया र पिता नन्दप्रसादलाई अनशन अन्त्य गर्न आग्रह गरिदिनूस्। एउटा जीवित सन्तानको आग्रह हामीजस्ता शुभचिन्तकको भन्दा धेरै बढी वजनदार हुन्छ भन्ने कुरामा भरोसा राख्दै हामी यो अपिल गरिरहेका छौँ।’

बिचरा नन्दप्रसाद अधिकारी! ११ महिना लामो अनसनपछि प्राण त्यागे। मृत्युलाई पीडादायी बनाउन एउटा हैन धेरै पक्ष जिम्मेवार छन्। के उनीहरुले यो सोचेका छन् ? छन् भने ग‍ंगामायाको जीवन रक्षाका लागि पहल हुनुपर्‍यो। तर अहिलेको स्थिति हेर्दा पनि आरोप प्रत्यारोप बाहेक केही होला जस्तो देखिन्न।

28 thoughts on “आखिर जे नहुनु थियो, त्यही भयो”

  1. बेखालाल नेपाल says:
    September 25, 2014 at 9:04 am

    नन्द प्रसाद अधिकारीले न्यायको लागि ११ महिना संघर्ष गरेको थियो त्यो सबै फुजेलमा आफ्नै बुहारी अनि गाउले सताउन प्रयोग गर्यो, २ अर्ब फिरौती माग्यो… नन्दले गरेको सबै पुण्य खेर गयो सहानुभूति सबै रिसमा परिणत भयो| निकै दुखद..

    अपराधी बेलायतबाट झिकाएर भए पनि कारवाही गर्नु पर्छ

    Reply
  2. Dhital says:
    September 25, 2014 at 2:59 am

    मैले अहिले सम्म नबुझेको चै, छोरो नुर प्रसाद भन्ने कहाँ छ त ? ७ महिना सम्म बाउ आमाको मुख समेत हेर्न नजाने छोरो कस्तो अनि कहाँ बसेर लास नउठाउने कुरा गरेको हो ? कि डलरको चक्करमा उ पनि रफुचक्कर भैसक्यो?
    जे नहुनु थियो त्यो त भै सक्यो, मर्ने मरे, अब ति बिचरा आमालाइ चाहि जसो तसो बचाए हुने हो !!!
    यो राजनीति भन्ने चिज न कैलेइ बुझियो न उपभोग गर्न पाइयो !!

    Reply
  3. BKG says:
    September 24, 2014 at 2:23 pm

    This death is due to ego of political party and less efforts from government. Responsible party and GOV should learn some learning from this.

    Reply
  4. डिल्ली says:
    September 24, 2014 at 1:50 pm

    वास्तविकता सुनेको र पत्रपत्रिका पढेको भरमा थाहा हुन्छ भन्ने भ्रम रहेछ भन्ने हाम्रा घटित इतिहास र वास्तविक तथ्यहरूले प्रमाणित गरिदिएको छ । सूचना, समाचार र मानव अधिकार जस्ता विषय कसैका आग्रह पूर्वाग्रहका कारणले बास्तविकता बन्धकमा पर्दोरहेछ । कृष्णप्रसाद अधिकारी बास्तबमा कसैको पूर्वाग्रहका कारण मारिएका थिए कि जस्तो लाग्छ । सङ्कटकाल र माओबादी त्रासदिमा कति निर्दोष परे लेखाजोखा पनि भएन । जसको पक्षमा खोजि दिने निस्किए वा खोजिए उनीहरू त बेपत्ताका सूचीमा छन् भने नखोजिएका पिडित परिवार कति होला कति होला खोज्दै जाने हो भने र मर्नेहरूको नामावलीमा दोषी भन्दा निर्दोषकै सङ्ख्या धेरै हुन आउँछ होला ।

    भुक्त भोगी र स्थानीय वासी बाहेक अरुलाई त्यही सही वा गलत समाचारको घनचक्करले गाँजेको छ । नन्दप्रसादको विगत दुष्ट वा लमजुङ्का मुक्तिनाथ गुरुको जस्तो निर्दोष थियो स्थानीयले थाहा पाउने विषय हो । यदि लुकाइएका र बेलाबेला आएका समाचार सही हुन् भने र घटनाक्रम मूल्याङ्कन गर्ने हो भने अधिकारी परिवार पनि दोषी छ जस्तो देखिन्छ । गाउँलेको भनाइमा विजुलीको खम्बा उनको बारीमा गाड्दा त्यो खम्वा काटे पछि गाउँलेमा बिभाजन, उनले अङ्श दिनु पर्ने विषयमा गरेका खुराफाति र राजधानी केन्द्रीत डलरवादिहरूले एकतर्फी र बनावटी कथाले गाउँलेहरू बढि पिल्सिए जस्तो लाग्छ । बाँधिए पशुलाई घाँस स्याउला गर्नेलाई धम्क्याउने र मुद्धा हाल्ने धम्कि दिइ दाम्लामै मर्न दिइ कसै प्रति लक्षित विरुद्ध बलियो तथ्य स्थापित गर्ने धृष्टतामा परिवारकै बद्नियत देखिन्छ ।

    अन्त्य तिर आइपुग्दा अधिकारी दम्पति तथा उनका जीवित छोराको व्यवहार पनि प्रष्ट देखिएन । नुरप्रसादको दवाब, पत्रुकारहरूको उक्साहट र डलरमणीहरूको प्रभाबले उत्तेजित आत्महत्या बनेजस्तो लाग्छ अधिकारीको मृत्यु । नुरप्रसादको द्रव्य मोह त झन भाइको मृत्युलाई आर्थिकोपार्जनको माध्यममा बदल्न तल्लीन कलुषित दुष्प्रयास जस्तो देखिन्छ । राज्यले द्वन्दकालीन समस्यालाई बेलैमा नसुल्झाउँदा अझ कति यस्ता घटना भविश्यले निम्त्याउने हो भन्ने डर थपिएको छ । सबै तिरबाट सहानुभूति पाएका अधिकारी परिवारले अन्त्यमा आइपुग्दा बद्नामी हात पारे जस्तो पनि लाग्छ ।

    Reply
  5. Ram Prasad says:
    September 24, 2014 at 11:50 am

    उनको अरु माग जे सुकै भए पनि आफ्नो छोरा को हत्यारालाइ पक्रेर कारवाही गर्नु पर्छ भन्ने माग सबै भन्दा जायज माग हो . रिसीइबि को कारण ले माओबादीको नाममा सुराकी को आरोप लगाएर हत्या गर्नेहरुलाई कुनै पनि कानुन र कुनै पनि आयोग र कुनै पनि बहाना बनाएर छोड्नु हुदैन, उनको छोरा को मृत्यु कुनै दोहोरो भिडन्त मा भएको थिएन यो कुरा सबै ले ख्याल राखौ!!

    Reply
  6. Shankar says:
    September 24, 2014 at 2:56 am

    जे नहुनु थ्यो ,त्यो भयो | अब के गर्ने ? दुख मानेर हुन्छ ? जाने त् गैगायो | अब जानेवाले कभी नही आते जाने वालोकी याद आती हे , त्यो पनि कस्तो २ अरब माग्ने ? १ अरब ले बा ५० करोड ले मात्र पुग्थेनर ?
    प्वाक्क मुख मा हान्नु जस्तो , जानेबेला मा के लिएर गए ? लोभ ले लाभ लाभ ले बिलाप |
    उचाल्ने , पछार्ने

    Reply
  7. Tej Rai says:
    September 24, 2014 at 12:35 am

    हुन त “मृत्‍युले मनिसको सबै गल्ती, कमी-कमजोरीहरु ढाकी दिन्छ” भन्छन । उदाहरणको लागि “बिरे चोर् – देश छोड्” भन्दै नारा घन्काउनेहरुले दरवार हत्याकाण्ड पछी कपाल खौरिएर सडक जाम गरे । “तालु खुइले गिरिजा – भारत तिर छिरिजा” भन्दै नेपाल बन्द गर्नेहरुले गिरिजा प्रशाद कोइरालाको मलामीमा काठमण्डौँ ठप्पै पारे । सोँच्दा हो पनि ।
    नन्द प्रशाद अधिकारीको मृत्‍युले उनको पनि दोषहरु मेटिदेला र अर्को बहस सुरु होला त्यो आफ्नै ठाउँमा छ तर छापामा र टेलिभिजनहरुमा नेपरिएको बोलीमा तिनले व्यक्त गरेका उट्पट्याङ मागहरु र अडान सुन्दा लाग्थ्यो उनी या उनको काँधमा बन्दुक राखेर पढ्काउन चाहनेहरु यो समस्यालाई सुल्झाउनको सट्टा उल्झाउन चाहन्छन भन्ने प्रस्टै थियो । भए भरका गाउँलेलाई जन्मकैद हुनु पर्ने, दुई अर्ब रुपैयाँ दिनु पर्ने, हत्याराहरुका छोरा-छोरीलाई पनि त्यसरी नै मार्नु पर्ने जस्ता उदेक लाग्दा मागहरु तेर्छ्याएर के गर्न खोजेका हुन कुन्नी ? यिनलाई उचाल्ने को को थिए कुन्नी ? अरु जे भए पनि यस्तो कुरोमा राजनीति नगरिदिएको भए हुने थियो । जे होस्, बुढाको आत्माले चीर शान्ती पावोस…..

    Reply
  8. रैथाने says:
    September 23, 2014 at 11:36 pm

    डलरमनि को दलदलमा फसेर ज्यान फाले आसै आसमा!
    दुइ अरब मागे इनिहरुले तर कुम्ल्याय कानके मुनि दिएसि हरुले!
    अति गर्नु अतिसार नगर्नु भन्ने उखान छनी! हो तेस्तै अनशन पनि अति भन्दानी ज्यादानै बस्याहो क्या!
    अब दल दल मा फसेर निस्कन सक्ने अबस्थानै थिएन बिचरो हरुको अनि त्यो भन्दा मर्नु नै जाति भनेर आत्महत्या गर्यो!
    यी नन्दप्रसादाले आत्महत्या गर्यो डलर मनीको लहलहैमा!

    Reply
  9. Sandesh says:
    September 23, 2014 at 11:31 pm

    नेपालमा राष्ट्रको लागि बलिदान दिएर लड्नेले के पाए? जसले सक्यो मुडेर लुछेर खायो, त्यहि बलियो भयो! कहिले सम्म हो यो स्थिति?

    Reply
  10. ramu says:
    September 23, 2014 at 8:45 pm

    ”कमल थापाले जन आन्दोलन मा गरेको नागरिक हत्याको लागि नैतिक रुपमा राजनीति बाट सनियास लिनु पर्दैन?”’…….. कुरा एकदम सहि हो, तर संग संगै माओबादी सबै नेता हेरु ले पनि राजनीति मात्र होइन जीवन बाट सन्यास लिनु पर्छ ऊनी हरु ले त झन् १७००० को ज्यान खाएको छन्

    Reply
  11. Santosh Sharma says:
    September 23, 2014 at 7:06 pm

    जे भयो गलत भयो,
    यसको िजम्मा राज्यले िलनैपर्छ, सत्य िनरुपण तथा मेलिमलाप आयोग गठन गर्न नसक्नुको “लाज” देखाएर नाक छोप्दै लाचार जवाफ िदएर हुँदैन।
    यो घटना नै पृथक छ; सत्य िनरुपण तथा मेलिमलाप आयोग गठनै भए पिन त्यसले “द्वन्दका क्रम” मा भएका घटना हेर्ने हो, “द्वन्द काल” मा भएका घटना होइन।

    Reply
  12. shashi says:
    September 23, 2014 at 5:54 pm

    बास्तव मा अधिकारी दम्पति लाई अनसन बस्न बाध्य बनाउने उनका छोरा पनि हुन् जस्तो लाग्यो है मलाई त!! पैसा को लागि . होइन भने बाउ आमा को त्यो बिजोग कसरि हेर्न सक्छ कुनै सन्तान ले ??? र सात महिना देखि hospital भेट्न पनि गको थियन रे !!! कस्तो छोरा हो त्यो ?? एसमा दोषी सबै छन् . राष्ट्र त गैर जिम्बेवार भयो तर आफ्नै सन्तान कसरि गैर जिम्बेवार हुन सक्छ ??

    Reply
  13. नन्दन चालिसे says:
    September 23, 2014 at 4:49 pm

    बुडा को तरिका गलत हो, नेपाल मा मागेर नि केहि पाहिन्छ, चोर डाँका हरु को त सासन छ देश मा तिनले आफु जस्ता लाइ नबचाए कसलाई बचाऊछन् ??? जनता झन् खाते छन्, न्याय माग्दा डलर खायो भन्छन, अब कसैले न्याय मग्न नि दस चोटी सोच्न पर्नी भयो?? येहा एस्तो उस्तो भनेर खोक्ने हरु कित् आफुले केहि गुमाएर छैनन्, या त धुपौरे हरु हुन् बुडाले आफु मर्ने थियो ता बाबुराम/प्रचन्डे या तिनको आफन्ती/आसेपासे हरु लाइ पनि संगै लिएर गएको भए हुन्थियो, छोरा नुर प्रसाद संग पेस्तोल पनि रहिछ, तेही सापट लेको भए हुन्थियो,,, हुन् त अहिले एक छिन् केहि दले नेता हरु ले उन्मुक्ति दिएर बचियो भनेर नशोचे हुन्छ उग्रे हरु ले, हामी पनि येहा धेरै छन् हरिण लाइ ओरालो मा दुकेरा बसेका हरु,,,,,,, कुनै मेलमिलाप ले या २/४ लाख ले त्यो घाउ पुर्न सक्दैन ……….

    Reply
  14. केशव says:
    September 23, 2014 at 3:53 pm

    नन्द प्रसाद अधिकारीको मृत्युले सबै देशभक्त कानुनको पालना गर्ने कानुनमा विश्वास गर्ने नेपालीहरुलाई निकै मर्माहित बनाएको छ | यो देशको कानुन ठुलोलाई लाग्दैन जो बिपन्न छन् गरिब छन् उनीहरुको लागि कानुन लाग्छ यहाँ गरिब दुखिह, बिपन्न वर्गहरुले न्याय पाउनु भनेको सगरमाथाको आरोहण गर्नु भन्दा कठिन कुरो हो | अधिकार दम्पति हरुलाई अनसन बस्न बाध्य बनाउने कथित जनयुद्धका मतियार कामरेड प्रचण्ड एंड कम्पनि र दक्षिणपन्थी कांग्रेश एमाले सरकारक ठेगदार हरुले जवाफ दिनुपर्छ | अनि नेपालका मानब अधिकारवादी भनाउदा डलरमणि हरुको उकशाहटमा १ बर्ष सम्म अनसन बस्न लगाउने न्याय दिलाउने आस्वासन दिने कमल मणि उर्फ डलरमणि लगाएतका कथित मानबअधिकारकर्मी ले जिम्मा लिनुपर्छ |

    Reply
  15. ramesh says:
    September 23, 2014 at 3:45 pm

    यो मृत्यु होइन आत्महत्या हो. के हत्या भएको राति गोर्खा फुजेल क ११ जना गाउले जसलाई उनि हरु ले आरोपित गरेका छन्, चितवन गएका थिए? उनि हरु को माग हत्यारा लाइ कारबाही गर्नु थियो कि व्यक्तिगत रिसिबी साध्नु थियो? राज्य कानुनि प्रक्रिया मा गए पछि अदालत को आदेश आफ्नो इच्छा मुताविक आएन भनेर इन्कार गर्न मिल्छ?उनि हरु ले औला देखाएको ब्याक्ति लाइ उनि हरु ले इच्छा गरे अनुसार को सजाय(तिनी हरु लाइ सर्बश्व सहित जन्म कैद हुनु पर्ने माग छ अधिकारी दम्पति को) हुनु पर्ने रे! अनसन तोडन २ अरब रुपया को माग गर्नु ले यो अनसन सिर्फ कसै को उक्साहट मा थियो भन्ने प्रमाणित हुन्छ. एसको असली जिम्मेवार भनेको नर्बे को पैसा खाएर पत्रिका चलाउने डलर मणि हो.

    Reply
  16. San says:
    September 23, 2014 at 2:27 pm

    दुःख छ कि हाम्रो नेपालमा सत्यको जीत कहिल्यै नहुने भो ।

    Reply
  17. Raamesh says:
    September 23, 2014 at 1:29 pm

    तेती जाबो कुरा मा नि अनसन बस्ने तेही अधिकारी बुडा गलत हो | शक्ति हात मा भएको बेला जसले नि अलि अलि आफ्नु काम गरिहाल्छन नि |
    जस्तो कम्पनि को कम को लागि बजार जानु भएको छ भने आफ्नु समान नि अलिकति किनेर कम्पनी कै गाडी मा ल्याउनु हुन्छा नि .. तेस्तै माओबादि को वार मा केहि माओबादि ले आफ्नु काम अन्तर्गत को १ -२ जना लाइ मारे होलान …..कुन ठुलो कुरा भो र ?
    फेरी उनीहरु ले भन्या केहि नमानेर मार्या नि हुन सक्छ | सेना ले तेत्रो मार्दा उनीहरु ले येसो २- 4 जना extra मार्न नपाउनु त??
    अर्को कुरा छोरा को हर्त्यारा लाइ कारबाही गर्नु पर्छ भनेर उचाल्ने त्यो कनकमणि pani aparaadhi हो | baraa
    “जे हुनु भैसक्यो तपाई का छोरा मात्र हैन कति मार्या छन्, अब हत्यारा लाइ सजाय दियर तपाइँ को छोरा बिउतने हैन | तसैले त्यो हत्यारा लाइ सम्मान गरौ | चुनाब मा भोट दिउ र मन्त्रि बनाउँ” भनेर पो सम्जाउनु पर्दछ

    Reply
  18. gokul sharma says:
    September 23, 2014 at 12:22 pm

    नन्द प्रसाद का छोराको मृत्यु मेरै गाउमा भएकोले केहि कुरो राख्न मन लाग्यो. सबै गाउले हरुले भन्छन कि बकुलहर मा समातेर लगेर कयर खोलामा उनलाई पिटेर लडाएर मोटर साइकल ले कुल्ची कुल्ची आन्द्रा निकालिएको थियो. त्यसपछि गोलि हानेर मारिएको थियो. त्यस्तो खबर सुन्दा को बाउ आमा विक्षिप्त हुदैन होला?

    माओवादीका समर्थक कति मान्छे पनि मारिएका थिए. उनीहरुलाई पनि न्याय दिनुपर्छ. अधिकांश ले विर्सनुपर्छ भन्लान, बिर्सेलान. तर जसले बिर्सन सकेनन तिनलाई समाज ले न्याय दिनुपर्छ. कतिपय मृत्युहरु यति बिभत्स रुपमा भएका थिए, त्यसमा कसैलाई पनि माफी दिनु हुदैन.

    Reply
  19. balakji says:
    September 23, 2014 at 11:18 am

    अरुलाई दुख्ख दिन पाइदैन (अरुलाई दुख्ख दिने लाई हिंम्सा गरेको भनिन्छ ) भने के आफ्नो सरिरलाई दुख्ख दिन (आनसन बस्नु भनेको बिस्तारै / आफ्नो शरिर लाई दुख्ख दिदै (हिम्सा गर्दै) आत्महत्या गर्नु हो कि होइन?) पाईन्छ ?
    त्यसैले अनसन बस्न पाउने अधिकारको बारेमा पनि बहस चलाउनु आबस्यक छ

    Reply
  20. Indra Pd Thapa,Butwal says:
    September 23, 2014 at 11:11 am

    येस्ता हजारौं केशहरु जुन व्यक्तिगत रुपमा समाधान गर्न सकिन्नथ्यो ,सामुहिक रुपमा गर्नु पर्दथ्यो / डलर बादीहरुको उक्साहट ले गर्दा एस्तो हुन गएको हो /

    Reply
  21. govind thapa says:
    September 23, 2014 at 11:10 am

    अधिकारी दम्पतिको गाउलेहरु जो आरोपित छैनन् तिनीहरुको कमेन्ट पढ्न पाए हुनेथियो यथार्थ र भित्रि कुरा के हो भन्ने कुरा आज सम्म सायद कसैलाई थाहा छैन मात्र सुनेको भरमा आरोप प्रत्यारोप लगाउने काम मात्र भएको छ..आरोपितहरु माथि कारबाही अगाडी बढिरहेको कुरा छ ..गाउलेहरुलाई के कारणले आरोप लगाएको त्यो पनि केहि कारण त पक्कै होला ..२ अर्ब रुपया माग गर्नु पक्कै पनि जायज होइन ..अधिकारी दम्पतिको सोझोपनलाई उक्साइरहनेहरुको गल्ति छ कि छैन ?? अनसन बस्नलाई सहयोग गरे असहाय भएपछि तिनिहरुपनि आफ्नो बाटो तताए डलरको खेति गरेको भंनेकी नभन्ने यिनीहरुलाई ?? अब रह्यो अनसन बस्ने व्यक्तिहरुको यदि मृत्यु भयो भने अन्तरास्ट्रिय नियम के छ त्यतातिर लाग्ने कि??? ( कसको कुरा सहि हो भन्ने कुरा हामीलाई प्रस्ट छैन समाचार पढेको भरमा के जान्ने हामीले समाचार नापढ़ौ त केहिपनि जानिदैन समाचार पढौ त गलत कुरा जानेको पनि हुन सक्छ)

    Reply
    1. बाबुराम says:
      September 24, 2014 at 12:39 am

      म नन्दप्रसादको गाँउको त होईन तर छिमेकी गाउँले हुँ। मेरो घरको पारिपट्टिको डाँडामा नन्दप्रसादको घर पर्छ। मैले शुरुदेखि नै सुनेको र थाहा पाएको कुरा जस्ताको तस्तै एकपटक onlinekhabar मा प्रकाशित भएको थियो त्यो Link मैले भेटिन तर गुगलबाट अर्को website मा त्यही सामाग्री भेटेँ। यो पढ्नुहोस् धेरै सत्यता छ यो लेखमा

      http://nepal123.antvus.com/%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%B8%E0%A4%AE%E0%A4%BE-%E0%A4%AC%E0%A4%BE%E0%A4%81%E0%A4%9A%E0%A5%87%E0%A4%95%E0%A5%8B-%E0%A4%AB%E0%A5%81%E0%A4%9C%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%8B/

      Reply
  22. samay says:
    September 23, 2014 at 9:54 am

    राजनीतिले देश कति साह्रो अस्त-ब्यस्त हुनसक्छ/हुन्छभन्ने भन्ने नमुना हो यो l जुन देशमा सी.के राउतजस्ता देशद्रोहीहरु जन्माइन्छ अनि तिनैलाइ राजनीतिको केन्द्र-बिन्दु बनाएर पालिन्छ/६०१ नालायकहरुलाई बिना कामले सुताएर/लडाएर/कुटाएर पालिन्छ भने त्यो देशमा न्याय खोज्नु को परिणाम भोगेको हो यो अरु केहि हैन l एउटा गरीब किसान नन्दबा माथि राजनीति खेल्ने दलालहरु र डलरका भोकाहरु जस्ताले देशलाइ सोमालिया/लैबेरिआ बनाउन लागिसके अब नन्दबा का लाशमाथि पनि यसै गरि आफ्नो पेट पाल्ने जोहो गर्ने छन तेस्मा कुनै संका छैन

    Reply
  23. लौटन अवधि says:
    September 23, 2014 at 9:49 am

    देश को तत्कालिन र बर्तमान परिस्थिति, उनको पारिवारिक पृष्ठभुमि, डलरे किसान हरु को भूमिका, उनकै र छोरो नुर प्रसाद को भूमिका, माओबादी र राज्य को शान्ति सम्झौता, बिदेशी हरु को चलखेल आदि को वृतान्त हेर्दा आफै ले आफै लाइ – ” चुप लाग भैरे” !!!

    Reply
  24. Er. Deependra says:
    September 23, 2014 at 9:36 am

    #नन्दप्रसाद दम्पती बेतिथी , बेसरम तथा अहिले सम्झिदा अनावश्यक झै लाग्ने कथित जनयुद्ध को चेपमा परेको आफ्नो छोराको बियोग र अन्याय सहन नसकि जुधिरहेको एउटा आवाज थ्यो।
    एउटा दम्पती जस्लाई #दिमाग खुस्केको सम्म भनियो बालुवाटार अगाडि धर्ना बस्दा,एउटा अभागी जोडी जस्लाई डलरबालाले उचालेको भनियो।जस्ले जे भने पनि जस्तो अर्थ लाए नि त्यो आन्दोलन बिनाकारण मारिएको आफ्नो #प्यारो छोरा #कृष्णप्रसाद माथिको दानवताको बिरोध थ्यो।
    नन्दप्रसादको देहान्तको खबरले स्तब्ध तुल्याएको छ जस्ले कानुनी राज्य चाहान्छन,जस्ले मामाघर हिडेको छोरो सकुसल फर्किने आसा र अधिकार राख्छन् ।
    प्रचण्डहरुलाई, बाबुरामहरुलाई अनि प्रधानमन्त्री स्वयम् सुसिल दा लाई त्यो #अभागी दम्पती को दुख कति बिझ्यो या बिझेन त्यो त था छैन तर एउटा नागरिकको नाताले, एउटा निर्दोष छोराको भूमिकाको म जस्ता लाखौंको नैतिक बल सधै न्याय को वकालत गर्नेहरु सगैं रहनेछ!!
    #नन्दप्रसादहरु जो मृत्यु सहन्छ्न जो बन्दुकसगँ झुक्दैनन उनिहरु सप्पैलाई हृदय देखि नै सलाम!!!!!

    Reply
  25. Mahesh says:
    September 23, 2014 at 9:24 am

    कती सजिलै लेख्दिनु भएछ सलोक्य जि ले उनिहरुको माग सरल थियो भनेर ! उनिहरुको माग जटिल थियो, छोराको हत्याराहरुलाई हैन, आफ्नै छिमेकि गाउँलेहरुलाई जन्म कैद हुनुपर्छ भन्ने ! आँफैले दोशी ठहर गरेर आँफैले सजाय तोक्दै हठ कायम गरेका थिय! उनी आफ्नै अर्कमन्ड्यताको सिकार भय! जे भएपनी राज्यले आरोपी दोशी हो कि हैन छानबिन गर्नु पर्थ्यो र दोशीलाई कारबाइ गर्नु पर्थ्यो । अधिकारिको आत्माले शान्ती पाओस !

    Reply
    1. Maha says:
      September 23, 2014 at 10:20 am

      नन्द प्रसाद को अनसन आफ्नो छोरो को हत्यारा समात्नु भन्दा Fujel बासी लाई सताउने नियेत थियो. अरु लाई दुक्ख दिएको ले अहिले आफ्नो लास सडक मा सड्नु परेको छ . येही उसलाई सजाए भो. एसको लागि उनको छोरो नूर प्रसाद र मानब अधिकार बादी नै सडाउने मतियार देखियो.

      Reply
  26. anrup says:
    September 23, 2014 at 8:57 am

    नन्द प्रसाद अधिकारी को मृत्यु मा प्रधान मन्त्रि को राजिनामा माग्ने कमल थापाले जन आन्दोलन मा गरेको नागरिक हत्याको लागि नैतिक रुपमा राजनीति बाट सनियास लिनु पर्दैन?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme