Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सेलिब्रिटी गसिप (लाइभ)

Posted on September 22, 2014September 22, 2014 by Salokya

नेपाल लिटरेचर फेस्टिभल अन्तर्गत अहिले दिउँसो सवा २ बजेदेखि सेलिब्रिटी गसिप अन्तर्गत माल्भिका सुब्बा, प्रियङ्का कार्कीको सेसन हुँदैछ। पहिलोपोस्टले गरेको लाइभ स्ट्रिमिङ हेर्नुस्

4 thoughts on “सेलिब्रिटी गसिप (लाइभ)”

  1. सञ्जय says:
    September 24, 2014 at 1:19 pm

    हरे,
    कि पुरै अंग्रेजीमा बोल्नु, कि पुरै नेपालीमा। के गाइजात्रा गरेको यो? टोइट्।

    Reply
  2. Gorkhey Mailo says:
    September 24, 2014 at 1:01 am

    फुस्री र टपरी हरु को मेला र फुस्रे हरु को प्रश्न |

    कनि कानी एक लाइन अंग्रेजी बोलेका छन् | कि चाइ पुरै उत्तर अंग्रेजी मा दिनु पर्यो कि चाइ पुरै नेपाली मा दिनु पर्यो

    यिनीहरुलाई न राम्रो अंग्रेजी आउछ, न राष्ट्रिय भाषा आउछ, न चै आफ्नु आम बाबु ले बोल्ने मात्री भाषा नै राम्रो संग बोल्न आउछ |
    तर दुइ चार लाइन भने इन्लाई सबै भाषा को आउछ र तेही बोलेर टाठो बाठो बन्न खोज्छन बिचरा हरु |

    एउटा कुरा के हो भने नेपाल मा मात्रै होइन संसार मा नै केटि को सरिर जसरि बिक्छ तेसरी नै केटा को सरिर बिक्दैन. केटी को body को high demand छ तेही भएर धेरै चर्चा हुन्छ. पटक पटक नौटंकी हरु ले भने कि नेपाल male dominated society भाको भएर यिनीहरुको कट्टु media मा आको रे?

    के अमेरिका इंगलैंड मा चै कट्टु देखाउदै हिड्यो भने मेडिया मा आउदैन मोरी हो? तिमीहरुलाई लाज शरम पचाएर देखाउदै हिञ्छौ publicity कमौना अनि फेरी मेडिया ले छाप्यो भनेर नाटक पनि गरे जस्तो गर्छौ | मान्छे लत छैनन्…तिमीहरुको सबै चाल बुझेको छन् मान्छे ले |

    Reply
  3. नन्दन चालिसे says:
    September 23, 2014 at 4:29 pm

    प्रियंका जी लाइ सहकर्मी पुरुस मित्र हरु को प्याकेज पत्र-पत्रिका मा आएन भनेर निकै गुनासो रहिछ, अब पत्रकारिता क्षेत्र मा महिला हरु को समाबेसी सहभागिता नभएको ले एस्तो भएको होला, देश अब गणतन्त्र, धर्म निरपेक्ष, सङ्घीयता र समाबेसीता मा गइ सक्यो अब चाडै संभीधान मा एसको ग्यारेन्टी गरेर महिला पत्रकार हरु को संख्या उल्लेख्य रुप मा वृद्धि गर्नु पर्यो अनि त महिला पत्रकार हरु ले कहाँ कस्को प्याकेज कत्रो भन्ने बिसय मा खोजमुलक सामग्री प्रस्तुत गर्नु नै हुने छ भन्ने मेरो ठम्याई हो, गणतन्त्र ले अरु केहि नदिए पनि यो “यो कस्को प्याकेज कत्रो भन्नेमा’ चाई अग्रगामी छलांग मार्ला जस्तो छ,,

    Reply
  4. bibek dhakal says:
    September 23, 2014 at 2:59 pm

    एउटा कुरा चित्त नबुझ्ने के भनेको नेपालमा अहिलेको युवा पुस्तामा अंग्रेजी फरर बोल्न सक्नु भनेको स्मार्ट हुनु र अंग्रेजी नजान्नु भनेको स्मार्ट नहुनु हो भन्ने परेको जस्तो लाग्छ. आवस्यक नपर्ने ठाउमा अंग्रेजी मिसाएर बोल्नुपर्ने कारण के ? अनि फेरी प्रश्न सोध्ने मध्ये एकजना भाइले कनी कुथी अंग्रेजी मा सोधेको देख्दा लाग्छ उनि यहाँ आइ एल्ट्स्को स्पिकिंग प्र्याक्टिस गर्न आएका हून.
    हामि आफुलाई भारतीय भन्दा भिन्न छौं भन्न रुचाउछु तर मुखले जे बोलेपनि नक्कल उतैको छ.
    स्मार्ट हुन सभ्य हुन अंग्रेजी बोल्नु अनिवार्य छैन. अंग्रेजी मातृभाषा नभाको विकशित र सभ्य देशहरु हेरे हुन्छ. केहि दिन अघि म यहाँ फ्रान्सस्थित एक पार्टीमा गको थिए. त्यहाँ पनि युवाहरु थिए नया पुस्ताका. तिनीहरु मध्ये धेरैलाई अंग्रेजी फरर आउने रहेछ तर त्यो कुरा पार्टी सकिने बेलातिर मात्र थाहा भयो. मेरो फ्रेन्च कम्जोर भन्ने थाहा हुँदा हुँदै पनि उनीहरुले बोलेनन्. पसल गयो फ्रेन्च नै बोल्छन, ब्यांक गयो फ्रेन्च नै, हुँदा हुँदा डाक्टरले समेत तपाई इंग्लिश मा बोल्नुस मा फ्रेन्च मा कुरा गर्छु भनेर भने मलाइ. यहाँ नेपालमा जस्तो स्मार्ट ,बौद्दिक वा भिन्न देखिन अंग्रेजीको साहारा लिनुपर्छ भन्ने मान्यता राख्दैनन्. र याहाँका हिरो हिरोइन पनि बलीवूदका भन्दा कम “ट्यालेण्टेद र स्मार्ट” छैनन् , अंग्रेजी नबोलेर आफ्नै भाषा बोलेपनि

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme