नेपाल लिटरेचर फेस्टिभलमा आइतबार वाह! गजल भन्दै १५ जनाले आफ्ना गजल सुनाएर दर्शकलाई मन्त्रमुग्ध पारे।
केशव भट्टराईले भने,
जहाँ चाह्यो उनको त्यहीँ छुन सक्छ
अहो यो हावा, अत्याचारी हुँदैछ
अझै अगाडि उनले भने,
जुधेथ्यो नजर लाग्छ वर्षौँ पहिले
अचेल पो यो मान्छे बिमारी हुँदैछ
मेरै मुटु चोर्ने तयारी हुँदैछ
गजल वाचनको लाइभ स्ट्रिमिङ पहिलोपोस्टले गरेको थियो। हेर्न सक्नुहुन्छ गजल (ध्यान दिनुहोला ४ मिनेट २८ सेकेन्डदेखि १० मिनेट ४३ सेकेन्डसम्म भिडियोमा प्राविधिक समस्या छ। त्यसपछि भने ठीक छ। सावधानः गजल सुन्दासुन्दा झण्डै एक घण्टा समय बितेको पत्तै नहुनसक्छ। त्यसैले समय मिलाएर मात्र भिडियो हेर्नुहोला)
विवेक विषालु पनि के कम, उनले यस्तो वाचन गरे
कहाँ सजाउँ तिमीलाई
कहाँ राखुँ भन
यो धर्ती यो आकाश
सानो लागिरहेछ
नवीन चिराग चाहिँ सुदामा बन्दै यस्तो गजल सुनाउँदै थिए-
सुन होला लङ्कामा कुरै बुझ्नु हुन्न
म आफै सुदामा कुरै बुझ्नु हुन्न
कति सानो दाग नि दुरुस्तै देखिन्छ
सुकिलो लुगामा कुरै बुझ्नु हुन्न
देखेको छु मैले पूरै चर्तिकला
छुँ धरहरामा कुरै बुझ्नुहुन्न
जाँदैन मुहारको कालो दाग हजुर
पुछेर ऐनामा कुरै बुझ्नुहुन्न
जमाना यस्तै छ, यस्तै छे बुहारी
भन्छु तर आमा कुरै बुझ्नुहुन्न
प्रभाती किरणको गजल चाहिँ यस्तो थियो-
तन सुम्पिएँ मन सुम्पिएँ
र त जीवनै छ तिमीसित
न त फुल्दथ्यो अझ जिन्दगी
तर बहाना किन भन्दछ्यौ
वर सर्दछ्यौ र लजाउँदै
गर सामना किन भन्दछ्यौ
यमन सुवेदीको धेरै ताली पाएको गजल यस्तो थियो-
तिमीलाई देख्दा लाट्टिएँ म
सपेराको सर्प जस्तै
यति बेलै छेउ नआए
तिमीलाई नै हानी हुन्छ
मलाई नछोउ छोयो भने छोइरहने बानी हुन्छ
धुलो छुन्छौ फूल बनाउँछौँ धुलैफूलको खानी हुन्छ
सविता बरालको गजल यस्तो थियो-
यहाँ धर्मको बिज रोपेर के भो
कलासम्पदामा खिया फल्न लाग्यो
मुहानमात्र तिम्रो पँधेरो कसैको
उसैको खुशीले घरै जल्न लाग्यो
असिम सागरले यसरी गजलबाट व्यङ्ग्य गरे-
यहाँ बाँच्ने रहर
चराको नि हुन्छ
बस्ने ठाउँ ठहर
चराको नि हुन्छ
जनै भिर्दामा भगवान कोही हुन्न
भिन्दाभिन्दै नामथर चराको नि हुन्छ
भयो गर्व नगर एउटा गीत चल्दैमा
एउटा गीत अमर
चराको नि हुन्छ
तपेन्द्र घोडासैनीको गजल अंश यस्तो थियो-
लुकाएछन् बडा गाह्रो अवस्थामा लुकाएछन्
मणिलाई लगी एकदम अँध्यारोमा लुकाएछन्
अचेल आँसुहरु पोखी पखाल्ने सोचमा हुन्छन्
कसैलाई कुनै बेला परेलामा लुकाएछन्
उडेको के थियो घुम्टो
बहुत आश्चर्यमा पर्छु
यहाँ कसले हिरामोती
पछ्यौरामा लुकाएछन्
रावतको सशक्त गजल यस्तो थियो-
दुइटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ
जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ
सँधै चर्किनै खोज्ने सँधै फुट्नै खोज्ने
शिशा र मेरो निधार उस्तै उस्तै लाग्छ
भोको पेटमा ज्यादा भरी पेटमा कम लाग्ने
मदिरा र सरकार उस्तै उस्तै लाग्छ
हरेक अनुहारमा देख्दैछु ताजा घटना
यहाँ मान्छे र समाचार उस्तै उस्तै लाग्छ
आजभोलि मान्छेहरु यस्तो भन्छन् मलाई
जोगी र तेरो संसार उस्तै उस्तै लाग्छ
रुपक अलङ्कारको गजल-
सकेन मार्न वाणले
मुसोसमेत एउटा
परन्तु श्रीमतीसँग बँदेलका कुरा
म आज काग भइसकेँ नसोध बेलका कुरा
यहीँ छँदा त बाउको परेन सातु पेटमा
मरेसि आज श्राद्धमा पुरी र सेलका कुरा
बाबु त्रिपाठीको गजल-
गफाडीहरु आउने खबर आइपुगेको छ
वीरबल आउँदैछन् अकबर आइपुगेको छ
अब छोरो हराएकोमा चिन्ता हुने छैन
कफिनमा बाँधिएर ऊ घर आइपुगेको छ
नपिउनू भन्छे ऊ
पिलाउँछु भन्छ ऊ
कसरी नपिउँ अवसर आइपुगेको छ
पुरु लम्सालले यस्तो गजल सुनाए
म चाहन्थेँ भूल्न
जलाएर तस्बिर
उनी सम्झाउँछिन्
पठाएर तस्बिर
बसेको छ मनमा
जमाएर डेरा
कहाँ हट्छ माया
हटाएर तस्बिर
माझीको जिन्दगी नाउमै बित्यो
कोही फर्केनन् बगर सम्झेर
जय गौडेलको भने यस्तो थियो-
फाटी रहोस् मुटु मेरो
सिए उनको याद आउँछ
मलाई यसै मर्न देऊ
जिए उनको याद आउँछ
माधव खतिवडाको धेरै ताली पाएको गजल यस्तो थियो-
धित मर्ने नमर्ने हजुरको कुरा हो
के के गर्ने नगर्ने हजुरको कुरा हो
ठाउँ देखेर बस्न म आएँ नजिकै
थोरै सर्ने नसर्ने हजुरको कुरा हो
जे जे देखेँ सबै त्यही भनेको न हुँ
आँखा तर्ने नतर्ने हजुरको कुरा हो
गजल भनिए पनि के सुनाइएका सबै गजल थिए त? गजल बारे जानकार कोही साहित्यप्रेमी पाठकले तल कमेन्टमा बताइदेलान् कि !
धन्यवाद भिम जी . मैले पनि यो गजल २०६७ सालको दशैताका कुनै गजल कार्यक्रममा सुनेको थिए र त्यो बेला यो गजल मलाई खुबै मन परेर धेरै सुन्थे तर अहिले खोज्दा भेटेको थिइन| यो साच्चिकै माधबजिकै गजल हो त? “माधव खतिवडाको धेरै ताली पाएको गजल” भनेर लेखिएको छ.
तर पुरानै लय मन पर्यो मलाई चाही| माधबजिको गजल “नजरका इशारा कति छन् कति छन्” पनि मलाई साह्रै मन पर्छ|
http://www.youtube.com/watch?v=VZO6bxGSBOo
देश मेरो भ्रस्ट यी नेताले बिगारे
नेताले पालेका केटाले बिगारे
बाँडेर फलानो एताको उताको
निधारमा बाँधेको फेताले बिगारे
युवा र जवानी खाडीमा बेचेर
कुर्चीमा टास्सिने जेठाले बिगारे
सम्पदा-सिमाना छिमेकी लुटदैछ
सात खोला परिका सेताले बिगारे
हामीलाई त यस्तो लाग्छ –
जरूरी छैन गाजलु आँखा नै , गजल लेख्नको निम्ति /
हृदय मा आँखा भए पुग्छ – सजल देख्नको निम्ति //
करोडौं ती उपेक्षित तिरस्कृत बसेछन आवाजविहीन /
सही गजलकर त्यही जो मुखरित गर्छ नहुँदै विलीन //
गजल, साहित्यकै छोटो-मिठास झकास ! वा-वा-वा सबैलाई धन्यवाद/
माधव खतिवाडाले त्यँहा वाचन गरेको गजल मैले धेरै पहिले सुनेको थिँए ।। तल सेयर गरेको लिँकमा सुन्न सक्नु हुन्छ ।।
https://archive.org/details/sudhadahal
यो सृजना माधब खतिवडा को होस कि सुधा दाहाल को होस्, तर रचनाकार माथि ठुलै अन्याय भएको देक्छु है म त ! कसैको रचना आफ्नो भनेर रचना छोरि गर्नेलाइ बहिस्कार गर्नु पर्छ !