नेपाल लिटरेचर फेस्टिभलका रमाइला सेसनहरुमध्ये एक थियो बसन्त बस्नेतले सञ्चालन गरेको कार्यक्रम- कहाँ गए ती दिन? यो कार्यक्रम अझ रमाइलो हुन्थ्यो होला- यदि ब्रोसरमा छापिएकै वक्ताहरु सत्यमोहन जोशी र दुर्गालाल श्रेष्ठ पनि उपस्थित भइदिएको भए। जोशी र श्रेष्ठ आएनन्। बरु थपिए रमाइला अभि सर। बैरागी काइँला त छँदै थिए।
अभि सुवेदीका कुरा : ठिटा छु, ठिटा भएकोले बूढाहरु खेलाउँछु भनेर भने यिनले। नेपालमा ठिटाहरुले बूढा खेलाउँछन्। मैले देखेको युरोपमा ठिटाहरु बूढी खेलाउँछन्। बूढा बूढीलाई खेलाउन छाड्दैनन्। अब राजनीतिमा पनि गिरिजाबाबुलाई खेलाउँदा खेलाउँदा ती ठिटा कांग्रेसले, गिरिजाबाबु मरेपछि अलपत्र परे सबै।
आजभोलि म पर्वत चढेको हैन, ओर्लेको सपना देख्छु।
सिद्धिचरण श्रेष्ठले ३६ वर्ष लागेपछि एउटा कविता लेख्नुभो- कसरी आज म ३६ लागेँ, आश्चर्य मलाई लाग्छ। केही नि नगरी यति पर हुत्तिनु, हाय कठै यो मन रुन्छ। ३६ वर्षमा काजी दाइ डराउनुभा थियो। किन डराउनु भएको भने म बूढो भएँ भनेर। बूढो हुनु भनेको एउटा प्रवाह पो रहेछ। बग्दैछ। तिमीभन्दा कान्छाका लागि तिमी बूढा। मेरो लागि दाइ बूढा।
मलाई धेरैले सोध्छन्, सर सन्चै छ रे क्या फोनमा। सन्चै छ लुरी मलाई फूर्सदै छैन बिरामी हुने भनेँ। बूढो हुँदै गएँ भनेर सोच्ने पनि फूर्सद छैन। अब भइहालिन्छ त के सोचिरहनु हो।
वैरागी काइँला : मलाई माया लाग्ने विगतको केही कुरा छैन। मैले own गर्ने चिज केही पनि बनाइनँ। मेरो त नामै वैरागी। मलाई पाठकहरुले, समालोचकहरुले बनाएको कवि हो जस्तो मात्रै लाग्छ।
नढाँटी भन्नुपर्दा आफ्नो साथीको मृत्यु हुँदा समवेदना भन्दा पनि मेरो पनि त्यही हविगत हुनेछ भनेर चिन्तित भइन्छ। शोक त लाग्छ, तर त्योभन्दा बढी डर लाग्दो रैछ म पनि अब यस्तै होला भनेर।
बरु हुलमा एक्लै बस्न सकिँदो रहेछ। बरु भीडमा एक्लै हुन सकिँदो रहेछ। एक्लो भएर एक्लै बस्नुको अनुभव धेरै त्रासद हुन्छ।
मेरो जीवन व्यवस्थित जीवन होइन। एडभेन्चरस पनि होइन। मलाई विचित्रको काम गरेर सबैलाई तर्साउँ जस्तो पनि लाग्दैन। गर्न सक्छु जस्तो पनि लाग्दैन। मेरो एउटा सपाट जीवन छ, घटनाप्रधान कहिले पनि भएन। घटनाप्रधान हुँदा भन्ने कुरा पनि धेरै आइबस्दो रहेछ। सुनाउने कुरा पनि धेरै आइबस्दो रहेछ। तर खुलुलु बगिरहेको खोलामा न उतार छ न चढाव छ। न घुम्ती छ, न भित्ता भत्काउँछ।
एक्सरसाइज- मैले नजानेको काममध्ये एउटा त्यही हो। धेरैले भन्छ बाहिर हिँड, खाली खुट्टा हिँड। शितमा हिँड, प्रेसर कम हुन्छ। हो त जस्तो लाग्छ। उहिले कतै हिँडु कि जस्तो पनि लाग्थ्यो। तर काठमाडौँका सडकमा धुलो र धुँवा। हिजोआज त झन् घरकाले पनि हिँड्न दिँदैनन्। एकसुरमा हिँड्दो रहेछु। अघि झण्डै गाडीले पनि ठोक्काएर गाली गरेर पो जान्छ ड्राइभर- आफै तर्केर जानु नि। मर्छस् भनेर पो हिँडिरा। यस्तो भएपछि डुल्न जाने कुरा पनि आएन।
दर्शकका प्रश्नमा जाँदा सुरुमै एक जनाले सोधे- आजभोलि बूढाहरुले बलात्कार गरिरहेको समाचार आइराछ। यो के भएको ?
अभि सरले यसको जवाफ के दिए, हेर्नुस् भिडियोमा (कार्यक्रमको लाइभ स्ट्रिमिङ पहिलोपोस्टले गरेको थियो, यो त्यसैको रेकर्ड हो)
अति राम्रो लाग्यो हो मलाइत ! साहित्यमा रुचि भएर पनि होला ! बुढाहरुलाई सलाम , नमस्ते , दर्शन सुनाईदिनु है ! मेरो संसार हेर्ने अनि नजिक कोहि भएमा ! बुढा भन्दा कस्तो नमजा लागिराछ ! त्यो उचाई को मान्छे लाइ ! आफु पनि भईनै हालिन्छ क्यार ! कस्तो भेटेर कुरा गरौ जस्तो रहेछ हौ अभि sir बुढो त !
बुढाहरुको बुढौली कुरो सुनेर बडो रमाइलो भो र कुराहरु मनन पनि गरे! अभि सुबेदी बुढा त ठेट लिम्बु रैछन नि बोलाईमा, थाहा थिएन! मेरो संसारलाई धन्यबाद|
बुढा बुढीलाई एकान्त ले टोक्छ |
तरुना , तरुनीलाई जबानिले हैरान बनाउछ |
केटा केटीलाई धेरै भोक नै लागि रहन्छ |
कसलाई सुख छ ?
पूर्वेली भाकामा गरिएको मिठो सम्बाद एकाग्रहचित्त भएर सुन्दा समय गएको पत्तै पो पाइएन ! अझ दार्जीलिङ्गे लवज पनि अलि अलि मिसिएको भए त दामी हुन्थ्यो ! अर्का कान्छा बुढा खगेन्द्र संग्रौलालाइ पनि मंचमा उभ्याएर प्रश्न तेर्स्याएको भए तिनले बुढा भन्नेहरुलाई पारी भित्ता पुग्नेगरी दनक दिने थिए !
I like the summary idea of ‘Baragi’ Kaila. May be he has ‘Bairagya’ in his life and named him that way. I don’t know him personally; not sure if he is ‘Worldly’ or ‘Bairagi’. These people presenting in this event should understand the meaning and goal of the life. The ultimate goal of our life is to create happiness and peace of mind. NOTHING ELSE. Whoever we are, whatever position or social status we hold, how much rich we are, whatever spiritual elevation/level we have, nothing is more important than crating happiness and peace of mind. If the happiness is created by making other people (spouse, children, parents, relatives, or other people) unhappy, that’s not called happiness. Balance should be maintained in life in order to create these two components and all desires, egos, angers, etc. are enemies of our happiness and peace of mind.
नेपालमा जेष्ठ ठनागरिकहरुको (senior citizens) सम्मान गर्ने हाम्रो समाजमा चेतना एकदमै शुन्य छ र बडा पाकाहरुलाई बुढा बुढी भनेर संकेत गर्ने जताततै बिधमान छ
मेरो संसार जस्तो सार्वजनिक हुने स्तम्भमा नेपालका पढे लेखेका प्राध्यापकहरुले त बुढाहरु भनेर खुलेआम भन्छन भने कम शिक्षा/अपढ़ समाजको स्तिथि सहजै बुझ्न सकिन्छ
मेरो बिचारमा बहुसंख्यक नागरिकहरु समय अनुसार बुढा हुने सत्यता देख्दा देख्दै पनि हामीहरुले जेष्ठ नागरिकहरुको सम्मान गर्ने समाज सिर्जना सबैकोलागी सम्मानजनक हुन्छ
म जेष्ठ नागरिकहरुको अनुभव हाम्रोलागी प्रेरणा स्वरूप ठान्दछु
उधाहरणकोलागि दसौ दशकका संस्कृतिक विद श्री सत्य मोहन जोशिज्यु (९६ बर्ष) आरामले पैदल कोस का कोस हिड्नु हुन्छ र विधामा योगदान गर्दै हुनु हुन्छ, साहित्यकार श्री माधव प्रसाद घिमिरेज्यु (९६) पूर्ण सक्रिय हुनु हुन्छ भने येस्ता हाम्रा आदरणीय बुजुर्गहरुको दिर्घजीवि हाम्रो समाजमा आदर्श हो
वहाँहरुको जीवन शैलीको रहस्य समाजकोलागी धेरै नै उपयोगी ठान्दछु
यस बाहेक अन्य धेरै कुराहरु छन् तर हामी एक अर्कालाई पछार्ने दौडमा धेरै अगाढ़ी भएको मलाई लग्दछ
डा. सुरज मास्के
नेपालगंज
सुरज जी , बुढा बुढी पनि केटा केटि , या तन्नेरी भने जस्तै नेपाली शब्द हो , एसमा नराम्रो मान्नु पर्ने कुनै कारण छैन |
बुढा बुढी भनेको नराम्रो शब्द भनेर कसरि अर्थ लगाउनु भयो अल्लि बुझ्न सकिएन |