देश, समाज र संस्कार अनुसार बेग्लाबेग्लै किसिमले ऋतुहरुको संख्या र नामाकरण गरिएको पाइन्छ। हिन्दू समाज अनुसार बैदिककार्य गर्नलाई शुभ मानिएको समयलाई, र महिलाहरु रजस्वला भएको अवस्था, साथै गर्भधारण गर्न योग्य समयलाई पनि ऋतु भनिन्छ। प्राकृतिक अवस्थानुसार बर्षभरिको २-२ महिनामा फेरिने वातावरणीय स्थिति वा त्यस अनुसार हुने समय-परिवर्तनको अवस्थालाई ध्यानमा राखी २ महिनाको एक ऋतु बनाई-बसन्त, ग्रीष्म, वर्षा, शरद्, हेमन्त, र शिशिर गरी ६ वोटा ऋतुको नामाकरण गरिएको छ। अस्ट्रेलियाको उत्तरी भागमा पनि अहिले सर्बब्यापी भनिंदै आएका ४ ऋतुहरुमा Rainy Season र Dry Season पनि थपी ६ वोटा ऋतु मानिन्छ। संसारका अन्य समाज, ठाउँ, र क्षेत्रमा पनि होलान यस्तै-यस्तै संख्या र नामहरु।
ऋतु र समय परिवर्तन प्रष्टसंग बुझ्नको लागी त ६ वोटा ऋतु नै सजिलो हो तर आज संसारमा Summer, Fall, Spring, Winter गरी ४ वोटा नै ब्यापक रुपमा प्रचलनमा छन्।
भूगोल अनुसार ऋतु परिवर्तन फरक-फरक समयमा हुन्छ। यो मुख्यतया पृथ्वीले सूर्यलाई परिक्रमा गर्न लाग्ने ३६५ दिनको समय, पृथ्वीको उत्तर-दक्षिण ढल्केको कोण, र यही ढल्काइको आधारमा पृथ्वीका बिबिध क्षेत्रहरु सूर्यबाट कहिले नजिक र कहिले टाढा पर्ने तथ्यमा आधारित छ।
सौर्य-परिवार अन्तर्गतका पृथ्वीलगायतका संपूर्ण ग्रहहरु निरन्तर सूर्यको वोरिपरी घुम्छन, तर सूर्यलाई फन्को लागाउन लाग्ने समय भने सूर्यबाट तिनीहरु कति टाढा छन, त्यसमा भर पर्दछ। पृथ्वीबाट सूर्य करिब १४ करोड ९६ लाख किलोमिटर टाढा छ, त्यसैले पृथ्वीलाई सूर्यको एक-फन्को लागाउन ३६५ दिन लाग्छ। पृथ्वीले सूर्यलाई एक फन्को लगाउन लाग्ने समयलाई ३६५ पृथ्वी दिन अर्थात् १ पृथ्वी बर्ष ( 1 Earth Year) भानिन्छ। बुधग्रह (Mercury) सूर्यबाट नजिक भएकोले सूर्यको एक फन्को लगाउन यसलाई जम्मा ८८ पृथ्वी दिन लाग्छ। नेप्से (Neptune) सूर्यबाट ४ अरब ५० करोड ३० लाख किलोमिटर टाढा छ, त्यसले यसलाई सूर्यको एक-फन्को लगाउन १६४ पृथ्वी बर्ष लाग्छ, अर्थात् पृथ्वीले १६४ पटक सूर्यलाई फन्को लगाउँदा नेप्सेले मात्र एक-पटक फन्को लगाउँछ।
सूर्य कहिलै घुम्दैन, सधै नै उही ठाउमा रहिरहन्छ, तर पृथ्वी सधै २ किसिमले घुम्छ। आफै पनि घडी भन्दा ठिक उल्टो दिशामा (Anti-Clockwise) पूर्वबाट पश्चिमतर्फ छिटोछिटो भुरुंगझैं घुमिरहन्छ भने त्यही घुमिरहेकै अवस्थामा सूर्यलाई फन्को पनि लगाइरहेको हुन्छ।
पृथ्वी आफैमा २४ घन्टामा एक पटक घुम्छ, तर घुम्दा सूर्य तर्फ सिधा माथि फर्केर तलमाथि गरी घुम्दैन। उत्तरतर्फ अगाडि र दक्षिणतर्फ पछाडि बनेर २३.५ डिग्री ढल्केको अवस्थामा घुम्छ। यही भुरुंगे घुमाइको आधारमा दिन र रात छुटिन्छ। सूर्यको प्रकाश पर्ने भागमा दिन हुन्छ भने नपर्ने भागमा रात हुन्छ।
पृथ्वी गोलो भएकोले सूर्यको प्रकाश यसको आधा भागमामात्र पर्न सक्छ। बत्तिको प्रकाशमा कुनै बल राख्यो भने पनि त बलको आधा भागमा मात्रै न पर्छ प्रकाश ! पूर्वमा घाम उदाएको देखिनु अथवा पूर्वमा अवस्थित नेपाल जस्ता देशहरुमा दिनको समय हुँदा अमेरिका जस्ता पश्चिमा देशहरुमा रात हुनु पनि पृथ्वीको पूर्वबाट पश्चिमतर्फ घुम्ने घुमाइको कारणले गर्दा नै हो।
ऋतु छुट्याउन सजिलो होस् भनेर पृथ्वीको उत्तरी-ध्रुब (North Pole) र दक्षिणी- ध्रुब (South Pole) को करिब बिचमा पर्ने गरी एउटा काल्पनिक रेखा कोरिएको छ, जसलाई Equator भनेर भनिन्छ। Equator बाट उत्तरतर्फको पृथ्वीको भागलाई उत्तरी-गोलार्द (Northern Hemisphere) र दक्षणतर्फको भागलाई दक्षिणी-गोलार्द (Southern Hemisphere) भनिन्छ। Equator भनेको दक्षिणी अमेरिकामा पर्ने कोलम्बिया र पेरुसंग जोडिएको Ecuador नामक देश होइन नि !
हाम्रो पृथ्वी २३.५ डिग्री ढल्केकै अवस्थामा र आफै पनि भुरुंगझैं घुमिरहेकै अवस्थामा सूर्यलाई फन्को लगाउँदा कहिले उत्तरी-गोलार्दका भाग अथवा देशहरु सूर्यबाट अलि नजिक पर्छन त कहिले दक्षिणी-गोलार्दका भाग तथा देशहरु। जुन गोलार्द नजिक पर्छ, त्यो क्षेत्रमा सूर्यको प्रकाश अथवा ताप बढी पर्ने भएकोले गर्मी हुन्छ भने टाढा पर्ने क्षेत्रमा जाडो हुन्छ।
दिनहरु लामा र छोटा हुने, अनि उही दिशा भए पनि घाम उदाउने र अस्ताउने कोण फरक हुने पनि यही कारणले गर्दा हो। उत्तरी-गोलार्दको सबभन्दा लामो दिन June 21 हो भने सबभन्दा छोटो दिन December 21 हो। दक्षिणी- गोलार्दमा यसको ठिक उल्टो हुन्छ। September 22 र March 21 मा भने दिन र रात बराबर हुन्छन्।
दुई गोलार्दको मौसम करिब उल्टो हुन्छ, एकातर्फ गर्मी हुँदा अर्कोतर्फ जाडो। यही कारणले हो अमेरीका र युरोपमा जाडो याम (Winter) हुँदा ब्राजिल र अस्ट्रेलियामा गर्मी याम (Summer) हुने, अथवा क्रिसमसमा सन्ता क्लस समुद्रमा पौडी खेल्ने।
ऋतु परिवर्तन सम्बन्धि दिएकाे जानकारी पनि पूर्ण छैन ।
“जुन गोलार्द नजिक पर्छ, त्यो क्षेत्रमा सूर्यको प्रकाश अथवा ताप बढी पर्ने भएकोले गर्मी हुन्छ भने टाढा पर्ने क्षेत्रमा जाडो हुन्छ।”
याे लाइनले भ्रम सिर्जना गर्न सक्छ । नजिक वा टाढा परेर सूर्यको ताप बढी पर्ने वा नपर्ने ऋतु परिवर्तन सँग त्यति सम्बन्धित छैन । याे त प्रकाश छड्के पर्ने र नपर्ने सँग बढी सम्बन्धित छ ।
“हाम्रो पृथ्वी २३.५ डिग्री ढल्केकै अवस्थामा र आफै पनि भुरुंगझैं घुमिरहेकै अवस्थामा सूर्यलाई फन्को लगाउँदा कहिले उत्तरी-गोलार्दका भाग अथवा देशहरु सूर्यबाट अलि नजिक पर्छन त कहिले दक्षिणी-गोलार्दका भाग तथा देशहरु। जुन गोलार्द नजिक पर्छ, त्यो क्षेत्रमा सूर्यको प्रकाश अथवा ताप बढी पर्ने भएकोले गर्मी हुन्छ भने टाढा पर्ने क्षेत्रमा जाडो हुन्छ।” — यो कहिले पनि विज्ञान नपढेको मूर्खले गर्ने कुरो भयो| नेपाल वा अमेरिका यूरोपमै पनि सबैभन्दा गर्मि हुने असार (july) मा नेपाल सुर्य बाट सबैभन्दा टाढा हुन्छ – त्यो पनि थोरै मोरैले होर ५० लाख किमिले| तर त्यो विज्ञान को के मतलब लेख्दौं हावा कुरा अनि भनौ विज्ञान| एक पटक यता पढौं त मित्र http://spaceplace.nasa.gov/seasons/en/
अनि नर्थ पोल र साउथ पोल मा चै ६ महिना रात ६ महिना दिन हुने हुने कारण पनि जान्न पए हुन्थ्यो ।
गौतम जी,
लेख को लागि धन्यवाद | तर लेख पुरै बिज्ञान सम्मत भएन | तपाई को भनाइ:
“सूर्य कहिलै घुम्दैन, सधै नै उही ठाउमा रहिरहन्छ, तर पृथ्वी सधै २ किसिमले घुम्छ।”
त्रुतीपुर्ण छ |
पृथ्वी जस्तै सुर्य पनि दुई प्रकारले घुम्छ – आफ्नै axis मा पनि घुम्छ अनि milky way galaxy लाई पनि परिक्रमा गरिरहेको हुन्छ|
सुर्यको आफ्नै axis मा २५ दिन को एक पटक घुम्छ, यानी कि पृथ्वी को २५ दिन बराबर सुर्य को एक दिन |
पृथ्वीले सुर्य लाई घुमेझै सुर्यले पनि milky way galaxy लाई घुमिरहेको हुन्छ | सुर्यले milky way galaxy लाई घुम्न करीब २२६ करोड (226 million) बर्ष लाग्दछ|
Standstill sun is not scientifically possible. If the sun cease to rotate in its own axis, it will explode; and if sun stops revolving the milky way, the sun would be hurled out into the space, just like earth would be hurled out of solar system if earth stops revolving the sun.
एस्तो त्रुटि अर्को लेखमा नहोस भन्ने चाहन्छु | यस्तो सामान्य गल्ति ले गर्दा, पाठकवर्गमा बिज्ञानको भ्रम सिर्जना हुन जान्छ|
For more info:
http://www.smh.com.au/news/big-questions/does-the-sun-revolve-on-an-axis-or-is-it-stationary-in-the-middleof-the-solar-system/2005/06/10/1118347582434.html
Subash jee, in one page article, it will be difficult to define the solar system and its association with Milky way (Galaxy). Regarding the change of the season, we have to thank Gautam jee,
Kumar ji,
I agree that it is difficult to explain every aspect of the Sun in a single page article, but that does not mean it should be okay to completely ignore the fact and state that:
“सूर्य कहिलै घुम्दैन, सधै नै उही ठाउमा रहिरहन्छ, तर पृथ्वी सधै २ किसिमले घुम्छ।”
Gautam ji deserves appreciation for his article; my point is just that facts should not be ignored and replaced with false statement.
अलि प्रष्ट हुने गरि कुरो आएन!!!
के कुरा गर्नु हुन्छ गौतम जी, प्रीथिबीलाई सुर्यले घुम्छ क्या यो कुरा सबै धर्म ग्रन्थमा लेख्या छ/ अब धर्म ग्रन्थको कुरा अकाट्य हुन्छ भन्छन/ नया धर्म, सनातन धर्म, अब्रहमिक धर्म सबैमा प्रीथीबीलाई सुर्यले सात ओटा घोडाले बनायको रथमा बसेर परिक्रमा गर्नु हुन्छ भन्या छ/ तपाई पनि प्रीथीबीले सुर्यलाई घुमेकोले रीतु परिबर्तन भो भन्ने?
मजाक गरेको है/ तर यो जुर मैले स्कुलमा नै पढेको थिय सब याद आयो/ मैले हालै एक बिज्ञान समाचार लेख पढेको थिय/ उत्त लेखमा प्रीथीबीको गर्भमा दुई ढुङ्गा जस्तो बीचमा तर केन्द्र भन्दा अगाडीनै पानीको लेदो अवस्था भेटीयो भन्ने पढेको थिय/ उत्त पनि हाल सतहमा भयको भन्दा ३ गुना बढी छ भन्ने लेखियको थिय/ के यो सत्य हो? एस बारे तपाईले सोध खोज गरेर एक आलेख दिनु भय हुन्थ्यो/
यम ग्रहले सुर्येलाई परिक्रमा गर्न १६४ प्रिथिबी वर्ष होइन २७६ वर्ष लाग्ने होला
” सूर्य कहिलै घुम्दैन, सधै नै उही ठाउमा रहिरहन्छ,” अली कता सुहाएन किन कि सुर्य पनि हरेक ७१ वर्षमा २४ घण्टा सर्ने हुन्छ।