Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लोग्नेमान्छेलाई भावना नलुकाउन, नदबाउन राजेश हमालको आग्रह

Posted on September 20, 2014September 21, 2014 by Salokya


पोहोर नेपाल लिटरेचर फेस्टिभलमा राजेश हमाल एक सेसनमा उपस्थित थिए। त्यस क्रममा एक महिला दर्शकले आन्दोलनको शैलिमा ‘हामीलाई राजेश हमालको सन्तान चाहियो-चाहियो’ भन्दै माग गरेकी थिइन्। यस पटक पनि हमाल उपस्थित भए। यस पटक उनी अविवाहित हमाल हैन, विवाहित नायकको रुपमा सहभागी भए। विषय पनि फरक- लोग्नेमान्छे भएर रुनु हुन्न रे। यस पटक पनि विवाहको बारेमा उनले केही बताए। भने, विवाह तपाईँ जति लम्ब्याउनु भयो त्यो झन् झन् लम्बिँदो रहेछ। मानिस या त रक्सी खाँदै नखाएकोले रक्सी छाडेको हुन्छ या त कहिलेकहिले धेरै रक्सी खाएर पनि रक्सी छाडेको हुन्छ। जहाँसम्म सेक्सुआलिटीको कुरा छ जहाँसम्म महिलासँगको सम्बन्धको कुरा छ त्यो दुइटामा एउटा हुनसक्छ।

विवाह गर्नुअगाडि धेरैले विवाहका बारेमा सोध्दा राजेश दाइले भन्ने गर्थे रे विवाह गर्नुपर्ने तीन ठोस कारण दिनुस्। अनि त्यसो भन्नेहरुसित केही हुँदैन थ्यो रे कारण।

केहीले भन्ने गर्थे रे व‍ंश चलाउनु पर्दैन ? केहीले चाहिँ बुढेसकालमा कोही चाहिँदैन भन्थे रे। एक्लोपन हुँदैन भन्थे रे।

राजेश दाइले भने, व‍ंशको लागि गर्ने हो भने विवाह जस्तो अर्थहीन कुरा केही हुँदैन। लक्ष्य अर्कै छ विवाह साधन मात्र हुन गयो।

बुढेसकालमा सहाराको विषयमा चाहिँ उनले भने महिला एउटा कम्प्युटर हो र कहिले बिरामी नहुने, कहिले केही नहुने? उसलाई स्याहार्नै नपर्ने? पत्नीलाई पनि स्याहार्नुपर्ने पनि त हुनसक्छ।

‘त्यसैले बुढेसकालको सहारामा पनि त्यति दम देखिनँ,’ उनले भने।

विषयमा केन्द्रित भएर उनले भने, हामी लोग्नेमान्छेहरु भावना नलुकाऔँ। इमोसन दबाउनमा मलाई गर्व लाग्थ्यो एक जमानामा
दबाएको थाहा पाउनेले पनि कम्प्लिमेन्टस दिएका थिए। तर भावना लुकाउनु हुन्न।

उनले आफू घ्वाँ घ्वाँ कहिले नरोएको पनि सुनाए।

हेर्नुस् पहिलोपोस्टले लाइभ स्ट्रिम गरेको कार्यक्रमको भिडियो रेकर्ड-

पोहोरको कार्यक्रम
महिला दर्शकको सार्वजनिक माग- राजेश हमालज्यु, हामीलाई तपाईँको सन्तान चाहियो-चाहियो!

1 thought on “लोग्नेमान्छेलाई भावना नलुकाउन, नदबाउन राजेश हमालको आग्रह”

  1. तुयू भाजु उदास says:
    September 21, 2014 at 5:26 pm

    तर मुख्य कुरो –
    ४५ मिनेट लामो वार्तामा राजेशले के प्राप्तिको लागि यो उमेरमा आएर विवाह गर्नु परेको भन्ने गाँठी कुरो चाहिं खुलेको जस्तो लागेन !
    प्रश्नकर्त्रीले सोध्न नभ्याएको ले पो हो कि , थाहा भएन ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme