नेपाल लिटरेचर फेस्टिभल अन्तर्गत आज दोस्रो दिन सम्पादकीय स्वतन्त्रता बारे छलफल हुँदैछ। सम्पादकीय स्वतन्त्रता प्रकाशकको हातमा गएको भन्ने आलोचना नेपालमा मात्र हैन विश्वभर सुनिन्छ। के छ नेपालको हालत ? कार्यक्रममा कान्तिपुर सम्पादक सुधीर शर्मा, दि हिमालयन टाइम्सका प्रकाश रिमाल सहभागी भए। त्यसैगरी बीबीसीको साझा सवालबाट सम्पादकीय नीतिसँग असन्तुष्टि जनाउँदै राजीनामा दिएका ध्रुवहरि अधिकारी पनि सहभागी भए। दिउँसो ३ बजे भएको कार्यक्रमको पहिलोपोस्टले लाइभ स्ट्रिमिङ गरेको थियो।
अडियो राम्रो नसुनिने र नबुझिने रहेछ | जे होस् चर्चाको विषय शिर्षकबाट नै बुझियो | उनीहरुले भनेका कुरा बारे कौतुहलता भने रहेको नै छ |
केहि महिना पहिले यसै विषयमा वरिष्ठ पत्रकार तथा युग संवादका प्रधान सम्पादक सोमनाथ घिमिरेसंगपनि मैले कुरा गरेको थिएँ | वहाँले मेडिया हाउसका सम्पादकहरु भन्दा निजी क्षेत्रका सम्पादक स्वतन्त्र हुन्छन भन्नु भएको थियो | प्रसंग मिलेकोले यहाँ शेयर गर्न खोजेको छु | यो ‘सम्पादकका कुरा’ लिंकमा त्यो सानो संवाद राखेको छु | बाँकि सुन्न http://www.khasskhass.com/Upload%20Somnath%20Ghimire.mp3
मा जानुहोला |
आशा छ ब्लगको विषयमा मिल्दो जुल्दो मेरो कमेन्ट पाउनु हुनेछ |