– योगेश आदी –
दुर्गम रसुवाको सदरमुकाम धुन्चेमा करिब ३५ वर्ष अघि शिक्षकको रुपमा जानु भएका बद्रिनिधी घिमिरे सरले लामो समय शिक्षासेवा गर्नुभयो, त्यसपछि पर्यटकिय सम्भाव्यता बुझेका कारण होटल व्यवसायमा पनि सफल हुनुभयो।
गत वर्ष उहाँ बिमारी पर्नुभएपछि काठमाडौंको बि एण्ड बि अस्पतालमा भर्ना गरियो। अस्पताल भर्ना पश्चात उहाँको स्वास्थ्यमा क्रमिक सुधार त देखियो तर सम्पूर्ण रक्त परिक्षणको रिपोर्टमा “ब्लड क्यान्सर” जनाउ गरियो।
रक्त परिक्षणमा देखिएको उक्त दुखद रिपोर्टले परिवार नै मर्माहत बनें। चिनेजानेका सबैले घोर दुखमनाऊ गरे। बाहिरबाट शारिरीक अवस्था तन्दुरुस्त देखिन थालेता पनि दुषित रगतले कति दिन जीवनलीला चल्ला भनेर उहाँ निराश देखिन थाल्नुभो।
नश्वर देह अजम्बरी कोही छैन भनेर उहाँले आफुलाई र परिवारलाई सम्हाल्नु भयो। दैबको लिला लेखिएको टर्दैन भन्दै बाँकी जिवन दान धर्म पुण्यादी गर्दै व्यतित गर्ने मनसायले मठ-मन्दिरमा दान गरेर मनको शान्ति गर्नु भयो।
यसै क्रममा उहाँले पशुपतीनाथ गएर सम्पूर्ण बस्त्र बिधीवत परिवर्तन गरी साधुवस्त्र ग्रहण गर्नुभयो। सात्विक भोजन मात्र गर्न थाल्नुभयो। यसरी ५-६ महिना व्यतित गरेपश्चात त उहाँमा झन चमक आउन थाल्यो।
एकदिन उहाँले पुरानै डाक्टरलाई बि एण्ड बि अस्पताल गएर आफुलाई शारिरीक अशक्तता महसुस नभएको बृतान्त सुनाए। डाक्टरले तुरुन्तै पुन: रक्त परिक्षण गर्न लगाए। रगतमा क्यान्सरको कुनै संकेत नभएको देखिएपछि डाक्टरले सम्पूर्ण पुरानो रिपोर्ट खोलेर हेर्दा ब्लड ग्रुप समेत अर्कै रहेको कुनै दोश्रो व्यक्तिको रिपोर्ट भूलबस उहाँकोमा पर्न गएको भनि स्पष्टिकरण दिइयो।
अस्पताल स्तब्ध बन्यो। डाक्टर हात जोडेर माफी माग्न थाल्यो। क्रोधलाई सिर्जित हर्षले लेप लगाउँदै उहाँलाई जीवनभर नै उक्त अस्पतालमा निःशुल्क सेवा प्रदान गर्ने शर्तमा केस मिलाइयो।
कल्पनामा पनि नचिताएको घटना जब वास्तविकतामा नै घट्दछ तब हामी आश्चर्यचकित हुन्छौं। यस्ता आश्चार्यजनक घटना सुखद र सकारात्मक भए त राम्रै हो, तर दुखद पर्यो भने पिडित पक्षको हालत के होला ?
अझ त्यस्ता घटना कसैको हेलचक्र्याईको कारण घट्न पुग्यो भने त्यसको क्षतिपूर्ति नेपाल जस्तो देशमा कसरी हुन सक्ला ? बद्रीनिधी सर एउटा प्रतिनिधी पात्र मात्र हुनसक्छ।
यस्ता हेलचक्र्याईको शिकार दिनहुँ बिरामीहरु हुने गरेका कयौं उदाहरणहरु छन्। कहिले अस्पताल परिसरमा नाराबाजी, कहिले अस्पताल भित्र तोडफोड आदी घटनाहरु त्यसै घटेका होइनन्। पेट मारेरै भएपनि परिवारका सदस्यको उपचार गर्नुपर्दा मानिस महंगो भएतापनि छिटो र राम्रो उपचारको खोजीमा हुन्छन्। सरकारी सस्तो अस्पतालमा भन्दा प्राइभेटमा सरल र सघन उपचार हुने अपेक्षामा महंगो तिर्न राजी हुन्छन्। तर ति निजी अस्पतालहरु भने हामीले सोचे जस्तो पटक्कै छैन।
गत महिना मैले करिब २०-२५ दिन काठमाडौंको नाम चलेको ओम हस्पिटलमा बिताउँदा ३ ओटा यस्ता घटनाको सामना गरें। मेरो हजुरबुवा मोहन बहादुर थापालाई निमोनिया भएकोले ओम हस्पिटलमा आवश्यक परिक्षणहरु गरियो। औषधी पनि लेखिदिए। पछि घर फर्कने बेला कागजात राख्न खोज्दा झ्वाट्ट लामिछाने भन्ने थर देखें। तत्कालै पुरै निकालेर हेर्दा मनबहादुर लामिछानेको रिपोर्ट पो टाँसिएको पाइयो।
पछि डाक्टरलाई गुनासो पोख्दा “मोहनबहादुर र मनबहादुर उस्तै उस्तै देखिएकोले झुक्किएको होला” भन्दै मानवीय गल्तिको आधारमा सफाई लिए।
ओम हस्पिटल कै अर्को घटना यस्तो थियो; हामी आईसियुको बाहिर करिब १४-१५ जना बिरामीको आफन्तजनहरु झुण्ड झुण्डमा बसिरहेका हुन्थ्यौं। हरेक दिनजसो रुवाबासी देख्नु दैनिकी जस्तै भैसकेको थियो। सुधार भए भित्रैबाट जेनेरल वार्डमा लैजान्थ्यो नभए हाम्रै अगाडीबाट लास निस्कन्थ्यो। त्यस्तै एकदिन ग्रुप फोरको सेक्यूरिटी गार्डले चिच्याए; “लौ ३ नं.को बिरामीको मान्छेहरु बिरामी बुझ्न आउनुस् रे, बित्यो रे…!”
बाहिर रुवाबासी मच्चियो, तत्कालै कोहि लिन गएनन्। रुने र सम्हाल्ने बाहिरै अल्मिलियो। बिस्तारै भित्र जाने तरखर गर्दै थिए, त्यत्तिकैमा पुन: उक्त गार्ड करायो; “३ नं. होइन रे २ नं. को हो रे !” लौ मार्यो। अब फेरी अर्को समुहमा रुवाबासी चल्न थाल्यो। पहिले रुनेहरु उठेर गार्डलाई पिट्न तम्सिए, घम्साघम्सी नै पर्यो। भित्र नर्सहरु भागाभाग।
हामी २-४ जना मिलेर सम्हाल्यौं। यस्तो अवस्थामा आक्रोशित र मर्माहत पिडित पक्षले अस्पतालमा तोडफोड गर्यो भने न्याय निसाफ के हुने ?
अर्को घटनामा मेरो स्व.हजुरआमालाई लगाएको स्लाईन जाने सुई रोपेपछि भित्र बस्ने कडा प्लास्टिकको पाईप नै निकाल्ने बेला नभेटिएपछि ठुलै रडाको मच्चियो। अस्पतालको प्रसासकिय प्रमुखको कक्षमा नै वार्डको नर्स र डाक्टरलाई स्पष्टिकरण लिइयो।
पछि डाक्टर आफैले गार्बेजबाट दोब्रिएको अवस्थामा उक्त पाइप ल्याएपछि हामीले मन बुझायौं, आखिरमा स्लाईन त नसामा होइन हात अड्याउन राखेको तकियामा पो गएर भिजिराखेको रहेछ। नेपालका अस्पतालको हेलचक्रयाईको फहरिस्ते धरै लामो बन्नसक्छ।
समयसमयमा छापाहरुमा बिरामीका आफन्तले अस्पताल तोडफोड गरेको घटनाहरु सुन्नमा आउँछन्। वास्तवमा पिडित पक्षले अस्पतालको लापर्वाही महसुस गरेर नै आक्रोशित भएका हुँदा रहेछन्।
[माइसंसारका पाठकले पठाएको यो ब्लग बिना सम्पादन प्रस्तुत गरिएको हो। तपाईँ पनि आफ्नो सामग्री यहाँबाट पठाउन सक्नुहुन्छ]
सुन्धारा पछाडी रहेको हस्पिटल मा त नया मान्छे नआउदा सम्म ICU मा मरेकै मान्छे राख्छा ! नया मान्छे अयेपाची पुरानो मर्यो भानिन्छा ! किनकि त्येसरी राख्दा ICU को पैसा आउछ ! ICU को पैसा महँगो हुन्छ !
कुरा केही बर्ष अघी को हो, म भाई को उपचार गर्न बिराटनगर को neuro hospital मा दुई महिना जती बस्दा को कुरा हो। एक्सिडेन्ट भएर आएका मान्छे मर्ने र रुवाबासी देख्ने कुरा सामान्य थियो। बेलुका 6 बजे तिर होटेल मा खाना खान गएको थिए FM मा समाचार दिदै रहेछ, पथरी बाट जन्ती गएको बसको छत मा बसेको जन्ती बस बाट खसेर घाइते…. दु:ख लाग्यो खाना खान पनि सकिन, होटेल को शाहु चाही अब Customer बद्ने भयो भन्दै थियो एतिकै मा म Hospital तिर लागे, बेलुका ९ बजे तिर Ambulance मा त्यो घाइते लाई ल्याएको भन्ने हल्ला भयो Hospital मा, गएर हेर्दा टाउको फुटेको रहेछ, मन थमिएन ईमर्जेन्सी मा सबै लाई चिनेको भएको ले गर्दा बिरामी लाई छुन कुनै रोक तोक थिएन मलाई , त्यो बेला डा माधव हुनुहुन्थ्यो ईमर्जेन्सी वार्ड मा। मैले पनि बिरामी को नाडी समाये र डाक्टर लाई हेरे वहाँ ले पनि टाउको हल्लाउनु भयो।।। घाइते को प्राण उडी सकेओ थियो त्यो बेला सम्म मा, तर आफ्सोच हस्पिटल ले अपरेसन गर्न पर्छ भन्यो ( हस्पिटल को Owner बिष्ट थर कि महिला ले आएर अपरेसन गर्न पर्छ भनिन जो डा. बिरेन्द्र कुमार बिष्ट कि श्रीमती हुन) पीडित परिवार अपरेसन को लागि तयार भयो, राती १२ बजे डा. ले घोषणा गरे हामी ले कोशीस गरेको हो तर बाचाउन सकिएन, मरेको मान्छे लाई अपरेसन गरेर पैसा चै असुलेर छोडे, पछी डा. माधव ले हस्पिटल छोड्नु भयो, दु:खद कुरा यहाँ छ कि , त्यो गरीब परिवार ले मान्छे पनि गुमयो र अर्थिक भार पनि बोक्न पर्यो, बोल्ने कुनै ठाउँ थिएन, किन भने आफ्नो मान्छे पनि ICU मा राखेको थियो।।। सब का सब लुटाहा हरु,
यस्तो घटना को फेहरिस्त निक्कै लामो छ योगेश जी / अझ नेपालको घटनाको बारेमा त के कुरा गर्ने / सार्है नराम्रो घटनाको बारेमा सुनाउनु भयो लामिछाने सर् को घटना / किनकि हामी नचिन्ने हरुलाइ त कस्तो भयो भने यो घटना बाट आफन्त परिवार लै झन् कस्तो भयो होला अनुमान गर्ने गार्हो छ /
I have spent a night in Bharatpur hospital ICU when my grand father was ill. I was awake the whole night beside his bed. Oxygen mask of a sick lady had come off and alarm of emergency monitor was ringing because her oxygen level was critical but the nurses who were sleeping in the corner of the room never woke up. How could they sleep in such a noisy environment when the alarm was ringing ? I woke them up shouting and they adjusted the lady’s mask. Then they slept again. Are nurses on duty allowed to sleep? Strange.
मलाई आठ बर्ष अघि गंगा लाल मा आमा गुमाउदा को क्षण याद आयो जुन डाक्टरको हेलचक्रयाई ले भएको थियो
विदेशतिर कुनै चिकित्सकको क्लिनिक अथवा अस्पतालमा बिरामी जाच गर्न जादा बिरामीको हातमा नाम थर सहित को ट्याग बिरामी जाच गर्न जानु भन्दा अगाडिनै लगाइन्छ ताकी एउटा बिरामीलाइ prescribe गरेको औषधि अर्कोलाई नपरोस र एउटाको रिपोर्ट अर्कोलाई नदिएयोस भनेर यस्ता साबधानी अपनाइन्छ तर नेपालका अस्पतालले यति सामान्य कामपनि किन लागु गर्न सक्दैनन् I
अनुभव को आधार मा
अस्पताल मा काम गर्ने #मान्छे हरु # मान्छे भन्न मा चाहन्छु किनकी यिनी हरु ले जति पढे पनि फगत मान्छे हुन् , पढे अनुसार को सहानुभूति र सम-बेदना (सब्द चयन अलि मिलेन तर भन्न खोजेको शाब्दिक खर्रो अर्थ) यिनी मान्छे हरु मा मैले कमै देखे , ,
तेही कारण ले मा के भन्छु भने , समस्त शरीर अनि ज्यान सम्बन्धि काम गर्ने क्षेत्र क मानिस लै #####नैतिक शिक्ष्या , बोलि बचन सम्बन्धि महिनौ तालीम,
#####मलम लगाउ आर्तहरुको चहराइरहेको घाउ , मानिस भएर मानिस को त्यो दिब्य मुहार हसाउ ##### भन्ने हरफ दिन को हजार पटक लेख्न र रट्न लगाउनु पर्छ,
हो अब त् थाह पाउनु भयो होलानी यहा हरुले , ओलिकिन जचाउन सिंगापुर जान्छ , सुसिल किन अमेरिका जान्छ , रामबरण किन जापान जान्छ , बिर अस्पतालको डाक्टर हरु स्वयम् आफुलाई जचाउन किन भारत को पुना जान्छन |
यी नेता र डाक्टर हरु देश प्रति चिन्तित र प्रतिबद्द छन् , आफ्नो मृत्यु सग उहाहरुलाई डर छैन ( जस्तो कि सुसिल ले अमेरिका जचाउन जानु अगि प्रबचन दिनु भएको थ्यो ,” म मोर्न डरौदीन , मानिस भएर जन्मे पछि एक दिन मोर्न पर्छ |” फेरी जनताहरु रोलान भने उहाले अगाडी थप्नु भएको थ्यो ” तपाइँ हरु दुखि न हुनुस , मलाइ केहि हुन्न” |
उहा हरु आफु मरे देश ले देश टुहुरो हुने सोच्नु भएको छ | उफ कस्तो देश प्रेम | कस्तो रास्ट्र भक्ति |
अरु के भनौं र खै ?
लोभी चिकित्सक , लाचार रोगि ;
अस्पताल छिर्नु भगवान ढोगी !
अधर्मी डाक्टर , स्वार्थी बिरामी ;
संगै रहन्छ ओढ्ने रामनामी !!
येस्तई हो हजुर देसमा कानुन छैन र मान्छेमा धर्म र बिबेक छैन पशुपति को भरोसामा बाच्न पर्छ !