Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आत्मसम्मानकारी कि आतंककारी ?

Posted on September 18, 2014 by mysansar

-सुन्दर लयालु-

केहि असाध्यै खराब मानिसहरु मलाई न्यार, पाटे, दोबाटे, टथ मठ भनेर जिस्काउँछन्, जसरी उनीहरु तराईको साथीलाई धोति, राईलाई किरुवा, बाहुनलाई टुप्पी, काठा, शेर्पालाई भोटे भनि हेप्छन्। यसरी हेर्दा सबै जातिले सबैलाई जिस्काएकै छन्। सबैको आत्मसम्मान मा चोट पुर्‍याएकै छन्। हेपिएको मधेसी पनि छ, कतै नेवार पनि छ कतै बाहुन पनि छ। नेपालको इतिहास हेर्ने हो भने अन्य जातिको तुलनामा बाहुन जाति औसतमा अन्य जाति भन्दा थोरै माथि रहेका छ्न्। माथिल्लो ओहदा बढी बाहुन नै छ्न्। यही कुरालाई आधार मानेर कस्को पक्ष थाहा नभए पनि कम्तिमा बाहुन र हिन्दूको बिरोधमा सामजिक सन्जाल हल्लिएको छ। बाहुन र हिन्दू भन्यो कि सबैले उछित्तो काढ्नै पर्ने कुरा सामाजिक सन्जालको कानुन नै जस्तो भएको छ। तर ती जो बाहुन मात्रको बिरोध गर्छन् उनीहरु आफ्नो भाषा स‍ंस्कृति र परम्परा न कहिले आफू जान्ने कोसिस गर्छन्, न अरुलाई सिकाउँछ्न्। महेन्द्रको दौरा सुरुवाल नेपाली रास्ट्रबादको बिरोध गर्नेहरु कमै या कहिले पनि आफ्नो बक्खु, हाकुपतासी लगाउँदैनन्। धान नाच नाच्न खोज्दैनन्, चन्डीमा नाच्दैनन्, हाक्परे गाउन खोज्दैनन‌्।

तर आफ्नो होईन भनि बिरोध गर्दै आएको तीज को फोटो फेसबूकमा टासेर आज कम्मर भचियो भन्छन । फेरी भन्छन बाहुन एकल जातियको बिरुद्ध आन्दोलन गरौ । म आफै सोध्न चाहन्छु के मात्र बिरोधको आन्दोलनले मेरो आफ्नै नेवार भाषा सन्स्कृती जोगीयला। निस्चय पनि भुटानमा जोन्खा भाषाको मात्र प्रबर्धन गर्दा नेपाली भाषी हरु सरणार्थी भन्न बाधय भय र नेपाली मात्र भाषा को प्रबर्धन ले मेरै नेवार हराउला, साथीको लिम्बु, राइ, मैथली, तामाङ भाषा हराउला । तर प्रस्न एउटा भाशा को ठाउँमा अर्को भाषा को प्रथिस्थाप्न होइन कसरी सँगै लाईजना सकिन्छ भन्ने हो। सत्य हो अंग्रेजीले हिन्दि, हिन्दीले नेपाली, र नेपालीले अन्य भाषामा चुनौती खडा गरेको छ । अब हाम्रो लडाईं कुन भाषा र सन्स्क्र्ती को बिरुध या आफ्नै भाषा संस्कृतीको पक्ष मा ?

आत्मा सम्मान र निर्णय सहितको एक मधेश एक प्रदेशको मुद्धा समाजिक सन्जाल को अर्को बिशय हो जसमा मानिशहरु आफ्नो मतराखी रहेका छ्न । मधेसका एक प्रबुद्ध मनिश ले ‘नेपाल राष्ट्रबाट तराई अलग गराउनु मेरो सिद्धान्त हो, त्यसैका निम्ति मैले अभियान चलाएको हो,भनेर बयान नै दिनुभयो भनेर माइ संसारमा म लगायत हजारौ मनिसहरु ले पढ्नु भयो । अमेरिका मै काम गर्नु भएको भनिएका ति बिद्याबारीधी लाई सोध्न चाहन्छु ” अमेरिकामा रङ भेद बिरुद्ध काला जातीको अधिकारको लागि लढने हरु ले के छुटै आमेरिका मागेका थिय ? अधिकार को लागि देशै टुकराउनु पर्ने कहाँ प्रयोग गरिएको छ ? के काला को अमेरिकामा र गोरा को अमेरिका भनेको भए, के अमेरिका यतिकै बैभवसाली र बिकासित हुने थियो ? फेरी मधेशको मुक्ती पहाडी भन्नेहरुको बिरोध बत मात्र सम्भव छ । जो सुकैको अधिकारको लागि हरेक सचेत र न्यायप्रेमी लड्छन , कालाहरुको आधिकारको लागि गोरा हरु पनि लडेका थिय, म नेवार हु, पहाडी समुदायको हु, अधिकारको लागि गुरुङ लाई सहयोग माग्नुश्, नेवारलाई , बिशोकर्मालाई , शेर्पालाई, दाहाललाई, खनाललाई, कोइरालालाई, सबै तयार छन । तर पृथक देसको लागि रेजिमेन्टअसन (regimentation) गरेर लडाइ निम्त्यौने खेलको बाटो परिवर्तन गर्नुश किनकी त्यो खेल हरेक नेपाली हार्न तयार छैनन ।

फेरी केहि साथ हरु मनाव अधिकारको जिकिर गर्नु हुन्छ ,के मानव अधिकार निर्पक्ष हुन्छ ? मानव अधिकार के असिमित हुन्छ र एस्को कुनै दयरा नै हुन्न ? किन राज्य सँग कसैलाई पक्राउ गर्ने अधिकार हुन्न? संसारभर राज्यमाथि संकट पुग्ने देखे पक्राउ नगरने हुन्छ र? जानकारीको लागि नागरिकले शारिरीक सम्पर्क राख्न पाउने प्राकृतिक अधिकार हो तर अधिकार भन्दैमा वलात्कार र यौन दुर्व्यवहार गर्ने लाई कानुनी दायरामा ल्याउनै पर्छ । राज्यले सोधपुछ गर्न पाउनै पर्छ । एउटा सामान्य नागरिक भर मैले आनुभब गरेको फरक यति हो नेपालमा नागरिक स्वतन्त्रता वाहेक नागरिक कर्तव्यविहिनता पनि छ। समान हकअधिकारको लागि म पनि लडदै छु तर राज्य विखनडन मा नागरिक अधिकारको नाममा सहमत हुन सकिदैन ।

राज्यले भेद भाव नै गरेको हो या सबैलाई समान अवसर सृजना नगरेकै हो तर सँगै मेरा कयौ मधेसि, तामाङ, राइ ,बाहुन छेत्री र मलाई हरियो रङको राहदानी दियरा अमेरिका आउन दिएकै हो । के यो चै अवसर होईन । हरियो राहदनी नभयका हजारौ मधेसी पनि छन पहाडी पनि छन । राज्यको सुबिधामा अवसर नपएका मधेशका नि छ्न पहाडका नि छ्न , जनजाती पनि छन बाहुन क्षत्री पनि छ्न । तिनिहरुको चै आत्मा सम्मान हुन्न? नेपाली शिलामा प्रितीको गाथा लेखौ,भेद भाब को होईन । सबै जातजातीलाई सम्मान गरौ ।

र अन्त्य मा हामी सबै समान होईनऔ र हुन पनि हुँदैन । हामी सबै जात जाती को आफ्नै बिसिस्टता छ । हामी सबै फरक छौ, फरक हुनै पर्च, बिज्ञान र प्रकृती को नियम नै हो । फरक को आस्तिवो नस्विकर्ने हो भने संसार मा सबै कि धान मात्र कि कोदो मात्र हुन्थ्यो । बिबिधता नभएको भ ए संसार सुन्दर हुँदैनथ्यो । तर फरक छौ भन्ने कुरा अरु लाई होच्याउने आधार भन्न सक्दैन र हुँदैन । बिबिधता लाई सम्मान म गर्छु हामी सबै गरौ । आत्मसम्मान कारी बनेर सबै सँग मिलौ आतंकारी बनेर अरुलाई असम्मान नगरौ। बुद्ध ! बुद्ध !! बुद्ध !!

[माइसंसारका पाठकले पठाएको यो ब्लग बिना सम्पादन प्रस्तुत गरिएको हो। तपाईँ पनि आफ्नो सामग्री यहाँबाट पठाउन सक्नुहुन्छ]

34 thoughts on “आत्मसम्मानकारी कि आतंककारी ?”

  1. Sundar Layalu says:
    September 21, 2014 at 10:20 am

    हामी मिलेर नै सबै को हक अधिकार पाउन सक्छौ । छलफलमा सहभागी सबैलाई धन्य बाद । साचै हामी असल छौ । हामी पाहुना लाई त भागवन मान्छौ भने आफ्नै नेपाली हरु मा कहाँ बिभेद राख्छौ र ! क्रान्ती जि लाई जानकारी गराउ ९९% र १% को बिवेद अमेरिका मा मात्र छ । मेरो बिचारमा कल्याण कारी राज्य सम्म बनाउन सकिएला, तर पुर्ण बिवेद रहित राम राज्य या साम्यबादको निर्माण या ब्याख्या मा म योग्य छैन । धन्यबाद ।

    Reply
  2. Madhu says:
    September 21, 2014 at 1:15 am

    एक दमै सन्तुलित लेख / चुरो कुरो चैं यो हो / एक अर्काको सम्मान चाहिए को हो हामीलाई न कि अपमान / यो बिबिधतानै हाम्रो सम्पति हो र यसको रक्षा र उपयोग गर्न सकिएमा मात्र हाम्रो सम्ब्रिधि सम्भव छ /

    Reply
  3. kranti says:
    September 20, 2014 at 9:16 pm

    Writer is suggesting that the racial,social and justical discrimination agianst Madeshi is same as some individual act of someone against other. By the way ,it cannot be controled. some fringe element acting alone to another person is everywhere.Though it is bad,but it it exist. U need to understand the injustice towards madeshi. They r still treated as second class citizen. They are considered as indian ,dhoti as a whole. Not only some fringe element but as a whole as madeshi. It is done by also not a sigle pahade but from majority of pahade.
    Secondly the writers seems to suggest that giving Passport is like giving madeshi favour. Hello mr. layalu,, it is our right as citizen of nepal. Donot show your real face.Hope u will read my comment!
    yes, i think some madeshi with his/her personal capabilty has achieve sugesss. They are in few number in Foreign coutry also in america,as layalu. But it is mostly becase they made themself capable. And some,thanks to us government,due to green card.. Mr.Layalu and his biased nepal Government has nothing to do with this.Eccept givins,as layalu suggested, passport!
    Same on u layalu,, Learn something about democracy from america,where u r living now.
    And last but not the least,,hope mysansar will publish my comment and not block it:Donot be biased mysansar moderators,, Give space to ur opponent also.That will improve ur credential as “Pratakar“

    Reply
  4. Amit Shah says:
    September 19, 2014 at 6:17 pm

    Dear Mr Layalu Ji,
    What you have written here, is what every nepali living anywhere thinks. My compliments for writing , probably the best article on the topic of Mr. CK Raut.
    You are among the few who looks at diversity of Nepal, as it is. It is a fact, we are different, and everyone should pe proud of it. There shall always be tussle but Unity and readiness to help shall always be more.
    Let me clearify you the madhesi perpective.
    Madhesis never want a seperate state nor does Dr. CK Raut. But we are shocked by the way this eposide is being potrayed.

    In Summary the recent story of Dr. CK Raut is:
    -Police says Dr. CK Raut want to break Nepal.
    -Media without even questioning the intension of Police (or in this matter State)says Dr. CK Raut want to break Nepal.
    -Dr. CK Raut is arrested , without any warrent.

    What happened is wrong. This has definately brought Madhesis together.

    Dr. CK Raut had by the way asked for a provision to be put in the constitution (the one that is being made for xx years), that would allow states to part ways should they wish to. That is like a norm in democracy. Well the feeling in Terai is, “nothing has changed in new Nepal.” This is not the Nepal we think we want to have.

    Reply
    1. Madhu says:
      September 21, 2014 at 1:02 am

      Well the feeling in Terai is, “nothing has changed in new Nepal.”….यो फीलिंग देश भरि ब्याप्त छ मित्र…..६०३ मध्ये धेरै पहाडी छन् तर पहाडी जनताले तिमीहरुले गज्जब गरेउ उत्पात गरेउ भनेका छैनन!

      Reply
  5. Umang says:
    September 19, 2014 at 5:25 pm

    लेख राम्रो छ .हाम्रो खास मुद्दा के हो नै clear भएन के नेपालमा .नेपाल मा धेरै प्रकारका भेदभाव छन् जस्तै
    १. जातीय भेदभाव ,तराई होस् या पहाड ओर हिमाल,जातीय भेदभाब जता ततै छ
    !छेत्री- बाहुनले गर्ने भेदभाव धार्मिक आढ़मा गरिएको छ जुन तराईका कथित उछ जातिमा अझ प्रगाड छ !तेस्पची एउटा जातले अर्को जातलाई गर्ने भेदभाव माथिको लेखको सुरु मा भने जस्तै -बाहुन(काठा,डरपोक ,धुर्त )छेत्री (घमण्डी, शोषक, सामन्त) ,नेवार (कोदे,डरपोक ,छुच्चो),गुरुङ(लाटो,बुद्धु),थारु (अनपढ,लाटो) आदि इत्यादी !यो भेदभाव हरेक जातले अर्कोलाई गर्छ ,on a daily basis .हरेक जातले आफुलाई माथि र अर्कोलाई तल देख्न खोज्छ .जातीय भेदभाव को मुद्दा तराई र पहाडका दलितहरुको हो

    २.भाषीय भेदभाव , नेपाली भाषा खसहरुको भाषा हो तर अब यो देशको सम्पर्क भाषा भै सक्यो ! बिगतमा नेवारी,मैथली, भोजपुरी जस्ता प्रसासनिक काममा प्रयोग गर्न मिल्ने भाषाहरुलाई अन्याय भएकै हो !अरु छेत्रीय भाषामा पढाई हुन पनि पाइनु पर्छ!यो आन्दोलन मुख्यत तराई र नेवा समुदायको हो !

    ३.भौगोलिक भेदभाव,यो मध्यपश्चिम र सुदुरपस्चिमको हो! त्यहाका बाहुन छेत्री पनि गरिबीको रेखा मुनि छन् !यो त्यहाका सबैको अजेण्ड हो !

    ४.आर्थिक भेदभाव ,गाउँमा होस् कि सहरमा ,तराई होस् या हिमाल ,नेपाल गरिबहरुको देश हो ,कर्णाली भौगोलिक उपेक्ष्याको कारणले गरिब भो ,अरु जातिहरु (अधिकांश दलित सहित )अवसर र शिक्षाबाट बन्चित भएर ! स्मरण गरौ ठुला जनजातीहरु(थकाली,गुरुङ, नेवा,मगर, राई,लिम्बु) आर्थिक रुपमा छेत्री -बाहुन कै सरह सम्पन्न छन्,सायद नेवाहरु अभिजात्य ठकुरीहरु पछिका सम्पन्नमा पर्छन होला ! तराईमा चाही आर्थिक पहुच अभिजात्य जमिन्दार र उच्च जतिमा(यादव, शाह, तिवारी,गुप्ता, झा र नेताहरुका समुदाय) सिमित छ !यो सबै गरिब नेपालीको अजेण्ड हो !

    ५.प्रसाशनको पहुचमा भेदभाव,यो भेदभाव कृतिम हो !सरकारी कामकाजमा बाहुन र नेवारहरुको पहुच छ !कानुनी रुपमा सबैलाई समान अधिकार भए नि प्रशासन यहि दुइ समुदायको हातमा छ !यसका लागि हरेक समुदायले आफ्नो समाजका खराब पक्ष्यहरु हटाउदै अवसरको खोजि गर्नु ठिक होला !गुरुङ,मगर,राई,लिम्बुहरुले छोरालाई भारी बोकेर लाहुरे बन्न ट्रेन गर्नु भन्दा देशकै officer र doctor बन्न लाई उछ शिक्षा दिनु पर्यो !
    यी सबै प्रकारका भेदभावका फरक फरक समाधान छन् ! खाली बाहुन bashing गरेर मात्रै समस्या समाधान हुन्न !बाहुनहरुले जसरि शिक्षालाई यति उछ महत्व दिन्चन त्यो सबैले सिक्न सक्छन! नेवार हरु ले आफु ले पाएका हरेक अवसर हरु चिनेर व्यापार मा ,प्रसाशनमा र लेख पद्मा नाम कमाएका छन् त्यो सिक्न लायक छ ! पहाडका जनजाती हरुमा नारीहरुको जुन स्वतन्त्र र नदबिएको अवस्था छ तेस बाट अरु समुदायले पनि केहि लिन सक्छन ! कि कसो?

    Reply
  6. Jeewan Khadka says:
    September 19, 2014 at 1:19 pm

    यो लेख ले सही कुरा गरेको छ । अनि सि के रऊत लाई मेरो प्रस्न । के मधेसमा चाही त्यहाँ थुला जाती भन्नेले सनो जती लाई । वेद भव गरेको छैन । के मधेद्मा सनो जती भन्ने लाई थुला जाती भन्नेले हेपेक छैनन । पहिला आफ्नो स्स्मज लाई हेर्नुस । अदि तेसो भने त मधेस म त धेरै तुक्त पर्नु पर्ने अवस्था आउछ । बिभेद कोनै कुरा गर्ने हो भने ।

    Reply
  7. mod raj dotel says:
    September 19, 2014 at 8:38 am

    great article to be kept in मेमोरी. indeed it’s a multicultural country with diversified enrichment. those who has capacity within themselves surely accept the principle of one nation and certainly try to make a broader path for strengthening the integrity of this wonderful gift of nature “NEPAL”. remaining will be left behind without no identification. Thanks for your thoughtful writings.

    Reply
  8. Nabindra says:
    September 19, 2014 at 7:36 am

    सूर्यमुखी गुलाफ हुन सक्दैन न त गुलाफ नै सूर्यमुखी हुन सक्छ , दुबैको आ आफ्नो विशेषता छ …तेसो भनेझै सबै जात जतिको पनि आ आफ्नै बिशेषता छ बस एकले अर्को को बिशेषता पहिचान गरि सम्मान दिन सक्नु पर्यो….रह्यो कुरो एक मधेश एक प्रदेश को..यो चै भारतीय उपनिबेशिकरण को दाउ हो….भारत को चाल जस्तो लग्छ मलाई….यो सफल दिन त हुँदैन नै यस्तो सोचाई राख्ने त deshdrohi nai हो..

    Reply
  9. bamsi says:
    September 19, 2014 at 4:29 am

    धेरै राम्रो लेख/ नेपाल र नेपाली को भाषा भेष र संस्कृति राम्रो सित हेर्ने हो भने हामि प्रस्ट कुरा के देक्छौ भने/ बाहुन ले बाहुन लाइनै तामांग ले तामांग लाइनै पछि पारेका छन्/ नेवार ले नेवार लाइनै पछि पारेका छन्, तराई बासि हरुलाई तराई कै आआफ्नै समुदायेका मानिस र नेता वा जाने बुझेका हरुले पछाडी पारेका छन्/ यो सबै कुरा बुझेर पनि हामि हरु किन यो र उ भनेर हिड्ने / आफ्नै समुदयेका कुरा हरु लाइ सुधरौना/
    हो हामी आफु नजिकको मानिस लाइ नराम्रो देख्दैनौ किनकि हामीमा पारा पूर्व देखि बानि परिसकेको छ/ तेस्पछि हामी आरु जात जाति र सुमुदाये तिर औला उठाउ छौ/ जसले गर्दा तपाइको आफ्नो सुमुदाये ले तपाइको कुरा नकात्ला तर तपाइको सुमुदाये कहिल्ये आगाडी बढ्न सक्दैन/ हुनत सी . के . भन्ने विद्वान को कतिपय कुरा जायेज होला / तर केटा केटि जस्तो बनेर समाज र देस को बर्बादी गर्ने तिर किन लागेका छन् / यिनको नियेत ठिक छैन जस्तो छ/ कि कतै बाट येति गरे बापत राम्रै फाइदा कमाउने सुर्माता छैनन् / दिमाग त ठिकै हुनुपर्ने हो/ यिनको पारिबारिक जीवन कस्तो रहे छ / तेस्ले पनि भूमिका खेल्छ/ उनको एक कुरा म मान्छु / नेपाल मा नाता बाद किर्पा बाद बढी चल्छ/ जो जो पदमा छन् तेस्मा अशि प्रतिसत को हारा हारिमा बसेका पदाधिकारी हरु भ्रस्त्र छन्/ यिनकै कारण नेपाल को मुहार धेरै तल खासेको छ / करोडौ नेपाली हरु ले दुख पाएका छन्/ ति भ्रस्त्र नेता, कर्मचारी हरु सबै जात धर्म, समुदाय का छन्/ यिनीहरुलाई ठिक ठाउँ मा ल्याउन त हामी सबै मिलेर पाइला चल्नु पर्छ/ सी. के. को लेखले त भर्स्त्र कसैलाई पनि छुदै न / यिन ले त येस्ता भ्रस्त्र लाइ जोगाउने काम्पोगैदै छन् र देस लाइ भाडमा हाल्दै छन्/ न त यिन मा नेपाल र नेपाली को माया देखियो/ उनकै लेख मा हेर्दा तराई हाम्री आमा हुन् हामि उनका सन्तान , हामी पनि ताराइका मानिस हौ हामीपनि उनका सन्तान हौ/ तिमीले के गरौ तराइ र तराइका सन्तान को लागि/ तिमि आफ्नै लागि केहि गर्ननसक्ने जस्तो लाग्यो/ तराइ र तराईबासी (हामीहरुको) नाम बेचेर रास्ट्रपति हुन खोजेका होकी/

    Reply
  10. Shankar says:
    September 19, 2014 at 3:57 am

    जति धेरै पढ्यो नेती बुद्दि सकिन्छ भन्थे बुढा पाकाले , यो धरैमा देखिन्छ | पढ्नु र एउटा बिसय मा बिद्या बारिधि गर्नु , त्यो बिसय मा अलि बढी जानकारी राख्छ ( त्यो पनि जरुरि चै छैन ) , त्यो पो कुरा हो |अब यो राउत ले पृथकताबादी सोच राख्यो भन्दै मा तेसैको पछि लाग्ने कस्ता ??

    कि राउत ले ” नेपाल कसरि टुक्राउने ” मा पी यच डी गर्यो ?
    हैन पत्र पत्रिका ले पनि किन हाइलाइट गरेको ?कि साचै देश टुक्राएर मजा लिने ? के देश भनेको तास को खेल हो ?
    नेपाल कसैले चलाएर चलेको छैन , त् कसैले चाहदै मा थोडी टुक्रिन्छ ?हो इन्डिया, चाइना ले ले टुक्राउन सक्छ तर उनीहरु को हाल लाइ त्यो नीति छैन जस्तो देखिन्छ |
    तर उदाहरण ले के भन्छ भने , नेपाल मा जसले जब मैले चलाएको ठान्छ तेस्को पतन हुन्छ , जस्तो ज्ञानेन्द्र , प्रचण्ड र अरु हरु पनि |
    नेपाल , खाउ र खान देउ को देश हो | जुन
    कर्म चारी , डन, नेता खाउ र खान देउ को सिदान्त मान्छ उ दिर्घ काल टिक्छ , नत्र अख्तियार , पुलिस , इन्डिया ,जनता कस कसल ले कहा समाउछ था हुन्न|

    Reply
  11. avaya says:
    September 19, 2014 at 3:10 am

    I fully agree with this. I have seen many “Yadavs” in Terai who humiliate “Teli”, seen many madhesi so-called high caste people who insult other so-called lower caste. Why don’t you first eliminate such ill-practice!!! Disintegration is not a solution!

    Reply
  12. Prakash Tiwari says:
    September 19, 2014 at 2:10 am

    ब्रिटेनबाट स्कटल्याण्ड छुट्टिने कि एक हुने भन्ने जनमत संग्रह भएको समयमा तराईबाट सी के राउत जस्तो निमित्त नायक सिर्जना हुनु कागताली पक्का होइन होला ? कहाँ के पाक्दै छ हेर्न बाकी छ / प्रमुख समस्या सिके राउत हैन / पर्दा पछाडिको शक्ति केन्द्र हो / र हुन् बाबुराम भट्टराई, दमानाथ ढुङाना र पद्न्मरत्न तुलाधारहरु जस्ता सामजिक मुद्दाको खेती गरि गोजी भर्न र सत्तामा पुग्न सफल ती शक्तिकेन्द्रका अघोसित एजेन्टहरु / जबसम्म तिनिहरु को मुकुन्डो उतारिदैन तबसम्म यस्ता सिके राउतहरुको पालन्पोषण गरिरहन्छन तिनिहरु।

    Reply
  13. rohan vicram singh says:
    September 19, 2014 at 1:04 am

    जतिको हिसाबले म क्षेत्रीको छोरा हुं! मेरा छिमेकिहरु क्षेत्री बाहुन, नेवार, तमाङ्ग, मगर र अन्य दलितहरु पनि छन! सिप र पेशा फरक फरक भए पनि बोलीचालीको हिसाबमा उमेर र मान्यताको आधारमा सबैले सबैलाई दाई, भाई , काका, ठुलाबा येस्तै सम्बोधन गर्छन र अहिले पनि यो निरन्तर चलिरहेको छ! सबैले सबैलाई सम्मान गरेका छन र सबैले सबैको भूमिका स्वीकारेकै छन्! बास्तवमा हाम्रो ठाउँ आफैमा एउटा पहिला देखीनै समाबेशी ठाउँ हो! खेतिपाती गर्दा होस् वा अरु सामाजिक काम गर्दा सबै भेला हुदा कहिलेकाही हासो ठट्टा गर्दा तिमी बाहुन, क्षेत्री , नेवार तामांग, आदि इत्यादी भनेर जिस्कने र रमाइलो पनि गर्छन! तर जात कै आधारमा अपमान झैँ झगडा भएको छैन! छुवाछुत पहिलो पुस्तामा भएपनि नया पुस्ताहरु संगै बसेर सबैजना चिया खाजा खाने गरेका छन्!
    पढाई र कामको सिलसिलामा नेपालका धेरै जातजाति संग संगत र काम गरेको छु! अरु जातजाति बाहुल्य समुदाय संग काम गर्दा कहिले काही जिस्कने क्रममा तिमी बाहुन-क्षेत्रीहरु लोभी, कन्जुस यस्तो उस्तो भनेर भन्छन र तो ठट्टाकोको रुपमा हासो र रमाइलो हुन्छ! कहिले काही मौका पर्दा ठट्टाको रुपमा म पनि भन्ने गर्थे! तर मैले अरु जतिबाट अपमानित हुनुपरेको छैन!
    कलेज पढ्दा धेरै साथीहरु भएपनि पछिल्लो समयमा बिषेस गरि काठमाडौका नेवार साथीहरु संग संगत र मित्रता बढी भयो र अहिले पनि हाम्रो मित्रता अहिले पनि अति राम्रो छ!
    कामको सिलसिलामा पुर्बका राई, लिम्बु र पुर्बी तराईका चौधरी र मधिसे साथीहरु संग पनि धेरै संगत गरियो! जो जति संग संगत गरियो ति अहिले १० औ बर्ष सम्म पनि सम्पर्कमा छन् अनि सबै असल पनि छन्!
    १५-१८ बर्षको अनुभवमा के थाहा पाए भने यदि आफुले अरुलाई रोम्रो व्यवहार गरियो भने प्रतिक्रिया पनि राम्रै पाइन्छ!
    नेपालमा समस्या जातीयतामा होइन कि अशिक्षा र गरिबीमा छ! अबको लडाई भनेको सी के राउतको जस्तो पृथकतावादी लडाई होइन कि अशिक्षा, गरिबी विरुद्ध लड्नु पर्छ र यसको लागि राष्ट्रले पनि जनतालाई सहयोग गर्नु पर्छ!

    Reply
  14. umesh dhital says:
    September 18, 2014 at 9:45 pm

    राम्रो विचार ..एकदम सहमत छु | हामी नेपालीहरुको एउटा निकै नराम्रो बानी छ | कोही माथि पुगेको छ , प्रगति गरेको छ भने हामीहरु आफु त्यो जस्तै कसरि हुने भन्दैनौ , बरु कसरि तेस्लाई तल झारेर आफ्नो लेबलमा पुर्याउने भनि लागि पर्छौ | अब बाहुन, छेत्रीहरुले प्रगति गरे, पढेलेखे, माथि पुगे भनेर तिनीहरुको खेदो खन्न लाग्ने कि अरु जातिहरुलाइ नि उनीहरु जस्तै बनाउने ? कसैले आफ्नो मिहिनेत, पसिनाले प्रगती गर्छ भने तेस्को विरोद किन ? के सबै प्रगती गरेका नेपालीहरु सामन्ती हुन् ? अरुहरुको राम्रो देख्न नि नसक्ने अनि आफु नि राम्रो बन्न नसक्ने ? के अरुलाई नराम्रो देखाएर मात्र आफु राम्रो बन्ने हो त ?

    Reply
  15. Girish kumar sharma says:
    September 18, 2014 at 9:43 pm

    राम्रो विचार हो . सबैले यो मर्म लाई बुझ्नु पर्दछ . घर भित्र को झगडा मा बाहिरिया हरुले तालि बजाउने काम गराउनु कति उपयुक्त होला र ? मेची देखि महाकाली का सबै एक परिवारका नेपाली सन्तति हुन् . जातीय भेद लाई लिएर अझ धस्ने कुमति नगर्नु नै बुद्धिमानी होला है चेतना भया ?

    Reply
  16. रमण says:
    September 18, 2014 at 9:41 pm

    सीके राउतले धारावाहिक रुपमा प्रस्तुत गरे जस्तै एउटा जातिले अर्को जातिलाई अवहेलना र हेपाई गरेको र गर्दै आएको आधार मान्नु हो भने भारतमा कम्तिमा १५० वटा पृथक देश विभाजनको मांग हुन् पर्ने हो| मधेसीको सलंग्नता नभएको अहिले सम्म सामन्ती दुर्गन्ध छाइरहेको, नेपाली जनताको ढुकुटीमा नातागोताको क्लब जस्तो व्यवहार गर्ने, नेपाली सेना हो जुन लोकतान्त्रिक नेपालमा मधेसीलाई पनि समावेश गराउन अति आवश्यक छ र लाग्छ ढिलै भए पनि सरकार प्रयत्नशील छन्| जनजाति र अन्य सीमान्तकृत जातिका तुलनामा हेर्ने हो भने राज्यका अरु सबै अंगमा गत केहि दशक देखि सबैमा मधेसी जनताको समावेशी र प्रतिनितिध्त्व छन| यो विद्यमान तथ्यांकको कुरो हो, कुनै गेरुवा बस्त्र पहिरेर, नेपाली श्रोत, साधन र नाउँको आधारमा विदेशमा अध्ययन गरेर आफ्नै जन्मभूमिलाई बेश्या भन्ने धृष्टता गर्ने निकम्मा र लहडीको लिखावट र कहावतको आधारमा होइन| भावनामा बगेर अनि अरुको उक्साईमा होइन सबै मिलेर नंया नेपाल बनाउन पर्छ|
    मधेसदेखि पहाडसम्म जुन सुकै जात जाति भए पनि यस भूमिमा बसोबास गर्ने नेपालीले सहिष्णुता र धैर्य्य अपनाएर परस्परमा सद्भावना र समादार दर्शाउनु नेपाली पन हो| दुईटा तीनटा जातले आफुलाई मात्र श्रेयस्कर ठानेर अरुलाई होच्याउने जमाना अब गयो|

    Reply
  17. shashi says:
    September 18, 2014 at 9:12 pm

    कस्तो राम्रो लेख , नेवार, गुरुङ , मगर ,राई सबै ले तीज मान्छन अनि बाहुन छेत्री ले खादा ओदौन थालेका छन् . अनि काठमाडौँ मा छट पर्ब मान्न थालियो , एस्तो मिलेर बनेको समाज मा देशलाइ टुक्रिन दिनु हुन्दैन . आफ्नो स्वार्थ पूर्ति को लागि मान्छे ले जे पनि गर्न खोज्ने रहेछन . पढेको भनेर क गर्ने ? त्यो CK लाई पुल्चोक मा engineering पनि मधेश आमा ले बनाको हो कि नेपाल आमा ले हो??? बेलायेत र अमेरिका कुन राष्ट्र को नाम बाट scholership मा गको रैछ ?

    Reply
  18. MANIRAJ GAUTAM says:
    September 18, 2014 at 8:02 pm

    सांस्कृतिक विविधतामा गौरव गर्न हामी कहिल्यै पछि पर्दैन। यो हाम्रो पहिचान हो। तर विडम्बना भनौं कदम-कदममा गरिने जातिय दुर्व्यवहार द्वारा हामी आफैं हाम्रो परिचयलाई क्षतविक्षत पार्दै छौँ।
    के प्रतिष्ठा बोलीमै सिमित राख्नु हाम्रो उद्देश्य हो? के हामीलाई थाहा छ यसरी हामी “जातिबाद” जस्तो घृणित र अति तुक्ष पक्षलाई मल-जल गरिराखेका छौँ।
    के हामी “जातिवादी” हौँ त् ? होइनौं भने मौखिक दुर्व्यवहारको द्वारा हुने जातिबाद वा नस्लबादको अन्त्यको लागि हामी सबैको तर्फबाट अजैदेखि प्रयासको सुरु गरिनु पर्छ।

    Reply
  19. Basanta Thapa,Maryland,USA says:
    September 18, 2014 at 6:04 pm

    हो सहि हो अधिकार माग्ने र लिने हो भने अधिकार माग्ने र लिने नाममा देशै टुक्ाउछु कसैले भन्छ भने उ देश द्ोही ठहरिन्छ र उस्ले कानुन बमोजिम सजाय पाउनु पर्छ तर बिडम्वना राज्य हाक्नेहरू यति सहनसिल र उदार छनकि आफनै आमालाइ वलात्कार भइरहदा पनि टुलुटुलु हेरि रहन्छन ।

    Reply
  20. Sisir says:
    September 18, 2014 at 6:03 pm

    मैले न बुझेको, समस्याहरु छन् भने तेस्को निराकरण गर्ने तिर लाग्ने कि झन् बल्जौने / अति बादी सोचले कसैको हित गर्दैन / हामी सबै नेपाली हौ र सबैको अस्तित्व सुइकर गर्न सिकौ / एउटा डाक्टर १७००० को लास माथि चढेर देशको प्रधानमन्त्री बने अब अर्को डाक्टरले कति नेपालीको लास माथि उक्लिने हुन् ? देश नै टुक्राउनु पर्छ भन्नेले देश र जनता लै एकता बद्ध गर्न के के प्रयत्न गर्नु भो त ?
    हाम्रो जस्तो पिछडा समाजमा असमानताहरु छन् र त्यो कम हुदै गएको छ , तराइको समाजमा त झन् डुम चमारलाई उनि हरुकै समुदायले मान्छे नै गन्दैनन, उसलाई घर र भान्छा प्रबेस त आकाशको फल झैँ हो , के एसको मतलब उनीहरुले पनि आफु बस्ने सानो सानो टोललाई नै अलग राज्य बनाउने ?
    नेपाल अहिले इतिहासकै नाजुक घडीमा छ सबैले होश पुराएर, संयमपूर्ण सोच विचार गरेर अभिव्यक्ति राखौ / हामी सबै मिले मात्र नेपाल देश सुन्दर हुने छ / सबैलाई चेतना होश /

    Reply
  21. Ramesh Adhikari Palpa says:
    September 18, 2014 at 6:02 pm

    कुनै जातिले भेदभाब गर्यो दमन गर्यो भनेर खोज्न थाल्ने हो भने सायेदै कोहि अछुतो रहलान पहिचान का लागि जातिय राज्य माग गर्नेत छन् नै तर अब हुदाहुदा मात्र प्रतिसोध को कारण ले देश नै टुक्रा पार्ने जस्ता सोचाई भएका दानब हरु समेत HIGHLIGHT हुदैछन / समाजमा शान्ति सद्भाव एकता बढाउने लाई भन्दा बिखनडन बादिहरुलाई हामी मिडियाहरुले पनि धेरै हिरो बनौउदैछौ कि ???.
    के मधेशीलाई भेदभाव भयो भनेर राज्य टुक्राउने हो भने भोलि तेस्तै माग गर्ने अरु नानिस्केलान भन्न सकिन्न /
    मानब अधिकर्मीहरुले जाति जाति बीच सत्रुता फैलाउने राज्य टुक्रा पर्न चाहने को आवाज को संरक्षण गर्ने कि सद्भाव फैलाउने को ?????????
    होएन भने भन्नुपर्ने हुन्छ कहिँ नभएका मानब अधिकर्मी हाम्रै नेपालमा /////

    Reply
  22. डिल्ली says:
    September 18, 2014 at 4:45 pm

    लयालुजीको लेख यथार्थ परक छ । उग्र चिन्तन छोड्ने हो भने पिडित सबै जातिमा छन् । दलित दलित जति पिडित अरु छैनन् पनि होलान् । नेपालमा न सबै बाहुन-क्षेत्रीले राज्यबाट फाइदा पाएका छन् न सबैले लुटेका छन् । न सबै जाति जनजाति राज्य संरक्षित बाहुन क्षेत्री(?) बाट पिल्स्याइएका छन् । कुनै दिन नेपालका शाह बंशीय राजा-महाराजाहरूले राज्य विस्तार गर्दा जनजाति काटिए होलान् र काट्ने टोलीमा जात हेर्ने हो भने छ्यासमिस नै थिए पनि होलान् जनजातिले जनजाति नै काटे पनि होलान् । कहिले कीर्तिपुरे काटिए होलान् कहिले कीर्तिपुरेले मुढे होलान् । कहिले काठ्माण्डौले मुडिए होलान् तर तिनीहरूले पनि शत्रुको जात नहेरी सकेसम्म मुढे होलान् । दशक चलेको, देश जलेको, जात-पात र जनजात उछालेको माओवादी कालमा पनि कतै बाहुन-क्षेत्रीले काटे होलान कतै बाहुन्-क्षेत्री काटिए होलान् । पूर्वको राइ लिम्बु, पश्चिमका गुरुङ भन्दा सूदुर पश्चिममा दलित त के बाहुन क्षेत्री पनि धेरै प्रतिशतमा राज्यबाट दलिएका होलान् । भोको पेट र नाङ्गो आङ बोक्ने सबै जातिमा छ । न अमुक जातिका सबै भोका छन् न अमुक जातिका जति चाहीँ अघाएका मात्र छन् ।

    राज्यको छत्रछायाँमा हुर्केका पाँचथरका जनजाति लावतीले अरु सबै जातिमाथी राज नै गरे । मोरङ्का मण्डलले पनि सत्ता वरिपरी राज नै गरे । बाणिज्य बैँक डुबाएर उद्योगका अधिपति रामलाल गोल्छा एउटा लोहोटा बोकेर भारतबाट भित्रेको उनैले सकारेको कुरा हो । राजस्थानबाट भित्रिएका मार्वाडीहरूले राज्य सत्तामा नबसेर पनि राज्यको सम्पत्ति चतुरता पूर्वक पकड जमाएकै छन् । बाठो, फटाहा, चाप्लुसी गर्न सक्ने वा नाफा घाटा जोडेर हिड्न सक्ने सबै जातकाले राज्य सत्ता भोगेका छन् । के बाहुन के क्षेत्री के मधेशी के जनजाति सबैकाले मौकामा खाएकै हुन् । मधेसी भएरै पनि कोही यादब राष्ट्रपति बने, झा उपराष्ट्रपति बने । थारु गच्छदार राज्यको माल लुड्याएरै बाहुन-क्षेत्रीले थिचेको दावी गर्छन् । १७ प्रतिशत मधेशीले १९ प्रतिशत आरक्षण पाउँदा पनि थिचिएकै दाबी गर्छन् । अोलाङ्चुङ्गोला र किमाथाङकाका “भोटे” पहाडेहरू के ती मधेशीले भन्दा धेरै भाग खानेहरू हुन् त ! राज्यसत्ताका भोगी नेता डाकाकै सरदार मान्न सकिने छन् । ती सबै जातका मिसिएका नै छन् सबै लुटेरा नै छन् । दलितको नाममा कोष हाँक्नेहरू भ्रष्टाचार नगर्ने कोही देखिए र ? मौका पाउँदा विजय गच्छदारले सुत्केरी भत्ता र ओखति खाएनन् र ?

    आफ्नै देशको सगरमाथा जाँदा खैरो छालाका कदर गर्ने जनजातिका व्यापारीहरूले अरु जातका भरियालाई वा आम नेपाली कसैलाई होटलमा बास र पैसा तिरेर पनि गाँस दिन चाहन्नन् । सायद कतैको गरिब भरिया हो भने शेर्पा पनि हेपिन्छ नै होला । भर्याङ मुनी मैलो सिरक अोडेरै रात कटाउँछ होला । सबै जातका भुक्तभोगिहरूले खैरो छाला हुनेले गर्ने पद यात्रा स्थलमा अपमान भोगेकै होलान् । उत्तरी गोरखा, मनाङ, सगरमाथा र मुक्तिनाथ क्षेत्रमा भुक्तभोगिको नाताले त्यता जाने अरु जातिकालाई सोध्दा पनि मेरै जस्तो अनुभब भोगेको थाहा हुन्छ ।

    कुनै मधेशी पहाडमा मारिए होला अपराधिहरूबाट तर मधेशले पहाडे खोजि खोजी मारेन र ? त्यसैले जातियताको राँको बालेर अमुक जाति रेट्दै सेकुवासँगै आगो ताप्ने महामहिम नेतागणले नेपाल मिश्रित जातिको छ भन्ने थाहा पाएर पनि बुझ पचाइ राख्ने हो र पेल्दै, पोल्दै र सेकुवा बनाउँदै जाने हो भने अर्को जातिको बाहुल्य स्थलमा पुग्दा अर्कै जातकोले सेकुवा बनाइ दिन्छ भन्ने कहिले बुझ्लान र खै ! कैयन पुस्ता अघिको पुस्ताले के गर्यो के गरेन अहिले हिसाब निकाल्ने हो भने २५०० वर्ष अघि जन्मिएको बुद्ध धर्मलाई १६०० वर्ष अघि जन्मेको इस्लामले २० सौँ शताव्दिमा अल्लाहको बर्खिलाप ठहर्याएर बानियानमा खोपिएका संसारकै ठूला बुद्धमुर्ति बम हानेर भत्काउने तालिवान भन्दा फरक भोलिको पुस्ताले देख्ला भन्ने पनि लाग्दैन ।

    Reply
  23. suzee says:
    September 18, 2014 at 3:32 pm

    कुरो मा कुरो , अब तेही तराई/मधेस समुदाय कै कुरा गरम–नारी जाति लै कति सम्मको दुराचार दुरब्यबहार गरिएको छ,यसैलाई कुरो तराई मधेस नारी जाति को मात्र देश/राष्ट्र हुनु पर्यो भनेर तराई पनि तुक्य्रौना सकिन्छ हैन र ?
    C K भन्ने मान्छे लै मेरो सुझाव , पहिले आफ्नो समुदाय मा शान्ति , समान अधिकार , समान इज्ज़त , रंगभेदी को अन्त (नारि लै बोक्सी अनि दहेज़ को कारण जिउदै जलाउने , , परिवार नियोज़न को बिरोध गरेर नारी लै अनगिन्ती बच्चा जन्मौना बाध्य पार्ने , जन्मनु अघि नै छोरि लै मार्ने , यदि जन्मिहाले भने छोरि जन्मेको मा सधै शोकमग्न भएर रुने आदि इत्यादी )
    आफ्नो आङ्ग मा भैसी नदेख्ने , अर्का टाउको को जुम्रो देख्ने ,

    Reply
  24. Ten Karma says:
    September 18, 2014 at 1:49 pm

    सुन्दर जी,
    भित्र भित्रै – पाजिरो मा गुड्ने, मार्बल लगाएको महलमा बस्ने, टाई र सुट मा ‘तारे होटेल’ को imported खाना र व्हिस्की को चुस्की लिने र आफ्ना छोरा छोरीलाई विदेश पठाउने, बिदेशी Remote बाट चल्ने
    र
    सुनियोजित तबर ले ‘छालाको रंग’ र ‘नाकको आकार’ ले नपुगेर धर्म , संस्कृति, इतिहास आदि लाई उछालेर ९९.९% सोझा साझा जनतालाई एक आपसमा घृणा गर्ने बाताबरण बनाएर एक आपसमा जुधौदै ‘नर- संहार’ मच्चाउने दुस्साहस बोकेका
    र
    प्रत्यछ्या वा अप्रत्य्क्छ्य रुपमा गरिब र निमुखा जनताको रगत मा होलि खेली सकेका र खेल्नलाई तालिम ली रहेका – समाजबादी, जनबादी, प्रजातन्त्र बादी, मानवाधिकार बादी, जातिवादी र बिखन्डन बादीहरु को मुकुण्डोलाई सुमधुर सब्द हरु ले नंग्याई दिनु भएको लेख – बास्तबिकता, मानबियता र रस्ट्रियताले भरिपूर छ/
    र
    हामिहरुलाई ”मानब संहारकारी ( genocidal ) ” हरुको षडयन्त्र लाई समयमा नै बुझाउने काम गरेको छ/

    Reply
  25. bikash says:
    September 18, 2014 at 1:02 pm

    मलाई जानकारी भयसम्म नेपालको कुनै पनि कानूनले कुनै पनि जात, वर्ग, लिङ्ग, धर्म, क्षेत्र संग सम्बन्धित व्यक्तिलाई त्यसैको आधारमा रोजगार, व्यापार, उपचार आदिमा विभेद गरेको छैन. केहि विभेद सामाजिक र ब्यग्तिगत स्तर मा देखिनछ जुन क्रमस कम हुदै गयको छ. येस्ता विभेदकरी हरुलाई ब्यग्तिगत र सामाजिक स्तरमा राज्य को सहयोग लिई वा नलिई परास्त गर्नु पर्छ. जब राज्यले विभेद गरेको नै छैन भने राज्यसंग बिद्रोह गरि देशनै टुक्रा पार्छु भन्नु पागलपन मात्र हो. येस्ता पागलहरू को मानशिक उपचार गर्नु पर्छ. मा उपचार को लागि सहयोग गर्न तयार छु र आशा छ तपैहरु पनि तयार हुनुहुन्छ.

    Reply
  26. बशन्त राज says:
    September 18, 2014 at 12:35 pm

    लोकतन्त्र र तानाशाहमा के फरक छ?
    तानाशाह अर्थात् सैनिक सासन भन्नाले राज्य प्रमुक (प्राथन मंत्री या रास्ट्रपति) जे निर्णय गरे पनि बिना बिरोध उसको समर्थन गर्नु हो/ उदाहरन सैनिक सासनमा यदि राज्य प्रमुखले बांगो रुख देखाउदै त्यो सिधा छ हो को होईन भन्यो भने हो सरकार भन्दै समर्थन गर्नु पर्छ/ यदि उसले होईन त्यो बांगो छ भयो भने त्यो सरकार बिरोधि राष्ट्र घाती देश द्रोही हुदै मृत्यु दण्ड पनि हुन सक्छ/
    लोकतन्त्र भनेको जनताले जनताको लागि गरेको सासन नै लोक तन्त्र हो/ लोक तन्त्रको दुस्मन लोकतन्त्रनै हो/ उदाहरन यदि लोकतन्त्रमा संसद भबन अगाडीको कुनै रुखलाई लीयारा बिबाध भो भने अर्थात् त्यो रुख सिधा कि बांगो भन्ने बिबाध भो भने के हुन्छ? त्यो रुखको बिबाधलाई लीयारा संसद मा छलफल हुन्छ/ त्यो घाम जतिकै सिधा रुख भयपनी संसदमा त्यो रुख सिधा कि बांगो भनेर मतदान हुन्छ/ उत्त मतदानमा संसद किनबेच हुन्छ/ अन्त्यमा बहुमत त्यो रुख बांगो भन्नेले पाउछ/ अन्तत सोझो रुख बांगो नै हुन्छ/ तब तानाशाह र लोकतत्र के नै फरक भो र ???

    Reply
  27. Aryan Sharma says:
    September 18, 2014 at 11:24 am

    सी के रावत को फेसबुक वाल मा एउटा पोस्ट देखेको थिय आज जसमा उसले पहाडीया आप्रबासी महिलाहरु मधेशमा आएर बेश्यावृति गर्छन, मधेशीहरुलाई लुट्छन र एड्स फैलाउछन् भनेर पोस्ट गरेको रहेछ. आधा भन्दा धेरै जनसंख्या बिहान बेलुका हातमुखको जोहो गर्न नसक्ने मुलुकमा कुनै पनि विकल्पको अभावमा यौन ब्यबशाय मा लागेका निरिह महिलाहरुलाई समेत साम्प्रदाइक रूपमा हेर्ने नालायक रहेछ यो. यस्ता पशु स्तर को चेतना भएको मनिश मधेसको स्वोराजको वकालत गर्दै रहेछ. धन्य मधेश, धन्य नेपाल, धन्य यसलाई PhD उपाधि दिने Cambridge University .

    Reply
  28. Bhumika Regmi says:
    September 18, 2014 at 11:20 am

    Some great points made here. I especially appreciate your comparison of black america and white america to our castes and the attempt to separate our country in the fight for rights.

    Reply
  29. ram kc says:
    September 18, 2014 at 11:18 am

    धेरै राम्रो लेख एक ले अर्काको सम्मान गर्नु नै सहि मानेमा नेपाली हुनुको परिचय हो…..

    Reply
  30. Babita Nepali says:
    September 18, 2014 at 10:49 am

    धेरै राम्रो लेख छ तपाई को. धन्यवाद. हाम्रो सुन्दर शान्त नेपाल लाइ बिदेसी को आखा बाट जोगोउ, आफ्नो घर ठाउँ को सुरक्ष्या आफै गरौ, डलर बादी वा बिदेसी हरु ले नेपाल मा अनेकौ तरिका ले विकास हुन नदिन प्रयास गरिरहेकै छन्, घुस्या नेता हरु लै लिएर पैसा मा बेचिने सबै लाई प्रयोग गरेकै/गर्ने छन्, विश्व को दुइ शक्तिशाली भैराखेका राष्ट्र हरुको बिच मा नेपाल निकै संबेदनसिल छ, तर हामी जात भात छोडेर आफु लै कसरि शक्तिशाली बनाउने तर्फा लग्नु जरुरि छ, हाम्रो छिमेकी बाट राम्रो कुरा सिकेर मेहनती भई हाम्रो देश लै आघि बढाउ, हेपिने चलन त संसार भरि सबै ठाउँ मा छ, काठमाडौँ मा नेवार ले अरु ठाउँ बाट आएका नेपाली लै मात्र नभई अलि ठुलो सहर मा अलि दुर्गम ठाउँ बाट आएका मान्छे लाइ हेपेकै हुन्छा, मा नि एस को सिकार भएकै हो, तर यो पढने मान्छे सबै बुद्दिमान नै छ, तेसैले आफ्नो बुद्धि को सहि उपयोग गरि सबै देस बिकास मा लागौ, नेपाल मा बिकास भएपछी, सबै शिक्षित भएपछी, मान्छे मा बिकसित भावना बिकसित भएपछी येस्ता कुराहरु सकिदै जाने छन् र राम्रा कुरा हरु आघि बढ्दै जाने छ, देश ले मलाई के दियो होइन मैले मेरो देश लै के दिए/के गरे सोचौ/ गरौ. जय नेपाल

    Reply
  31. Narayan says:
    September 18, 2014 at 10:33 am

    यी हुन् नि हामीले ले गर्नु पर्ने कुरा … खाली झगडा / धर्म / जात / देश / प्रदेश / नाक र कान
    उन्नति र प्रगति को खेदो खन्यो बस्यो भन्दा यसरि आगाडी बढ्ने कोशिस गर्दा कसैको केहि बिग्रिदैना नि ? कि हाम्रो इज्जत जादैन नि मिलेर आगाडी बढ्न सकौ देश मा शान्ति र उन्नति होस् … जय नेपाल जय नेपाली

    Reply
  32. Suman sangroula says:
    September 18, 2014 at 9:57 am

    यो माथिको विचारसित मेरो १००% सहमत छ ! नेपालमा बिगतमा पहुच नभएका चाहे बाहुन चाहे छेत्री,जनजाती, मदेसी,दलित सबैले नै अन्याय भएको महसुस गरेका छन् तर पहुच भएका चाहे बाहुन,छेत्री,जनजाती र मदेसीहरु सबैले बडी भन्दा बडी अवसर लिएकै हुन् प्रतिसतमा कम बडी होला येस्मा सबै वर्ग बाट अन्याय भएको महसुस गरिरहेका छन् ! जहासम्म हेपिएको आधार बाट देस नै टुक्र्याउने कुरा छ यो भन्दा तल्लो स्तरको सोच नै हुन सक्दैन ! मेरो आफ्नै पनि काठमाडौँ बस्दाका अनुभबहरु छन डेरा नपाएको अनुभब भोक भोकै हिडेको कुरा,पैसा नभएर उभिएरै ktm बाट झापा सम्मको यात्रा, बिचमा कोइ मान्छे बस बाट उत्रदा टुसुक्क बस्न पाएको हुदैन अर्को मान्छे आए पछि उठी दि हाल्नु पर्ने, आदि इत्यादी कति हो कति…. डेराको सबालमा त कति दुख दुख काठमाडौँ का बासिन्दा हरुले भन्ने गरेको पाखे, पर्वते,अर्को तिर झापाको भने पछि डेरै नपाएर कत्रो जात्रा हुन्थ्यो अब येसैलाई लिएर मैले पनि झापा लाई नेपाल बाटनै छुट्याएर बेग्लै देस बनाउनु पर्ने देखिञ्छ! जहाँ सम्म हेपेका कुराछन् निर्धाहरू जता सुकै, जहाँ सुकै पनि हेपिएकै छन् चाहे मदेसमा हुन चाहे पहाडमा, चाहे ktm मा त्यो मान्छेको सोचाइमा भर पर्ने हो !
    म पूर्व तराइको हु मेरा अहिले सम्म सबै भन्दा मिल्ने ४ जना मा २ जना मदेसी साथी हरु छन् !
    अवसर पाएका मानिस हरु जात,जाती,समुदाय, वर्गलाई आपनो स्वार्थ का लागि बिभाजन ल्याउने कोसिस गर्दै छन् हामी सम्पूर्ण नेपाली जातिले त्येस्ता मानिस हरु पहिचान गरेर सतर्क हुनु पर्छ !
    शान्ति शान्ति शान्ति !

    Reply
  33. Prakash says:
    September 18, 2014 at 9:35 am

    अहिले को समय एक ले अर्कालाई आरोप लगाउनु, गाली गर्नु होइन | मैले बोलेको नै सबै कुरा ठिक को अरुले बोलेको बेठिक जस्ता मानसिकता त्याग गर्नुपर्छ | समय को गम्भीरता बुझौ र सबै जना मिलेर अगाडी बढौ ताकी हामीले बिश्वलाई देखाउन सकौ कि हामी नेपाली एक हौ भनेर |
    हामी सबैले इतिहास पढेर हेर्ने हो भने यो कुरा सजिलै बुझ्न सक्छौ कि देश टुक्रिन समय लाग्दैन भनेर, यस्ता धेरै टुक्रिएका देशको उदाहरण हामी संग छ, त्येसैले हामी सबै सजग भएर अगाडी बढौ र एक ले अर्कालाई सम्मान गर्ने बनि बसालौ र सबै लाई एक नजरले हेरौ, हेपाहा प्रब्रिती सबैले अजै देखि त्यागौ चाहे त्यो कुनै धर्म, समुदाय को होस् र सबै लाई समान व्यवहार गरौ, अनि मात्र सुन्दर, शान्त र बिकसित नेपालको कल्पना गर्न सकिन्छ !! अनि मात्र यस्ता देश टुक्राउने लागेका मान्छे आफै समय संगै हराएर जानेछन ||

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme