Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दिमाग खियाउने कि?

Posted on September 17, 2014 by mysansar

-पूर्ण मगर-

Picture011 आफ्नो दायित्त्व आफैँले निभाउनु नै समस्याको समाधान हो। वातावरण, हावाको दिशा र प्रकृतिलाई परिवर्तन गर्न सकिन्न तर आफैँलाई परिवर्तन गर्न सकिन्छ। दोस्रो ब्यक्तिलाई आक्षेप लगाउनु भन्दा पहिले आफ्नो कर्तब्य भुलेका धेरै नमूना देख्न सकिन्छ। मैले ‘दिमाग खियाउने कि’ किन भनेको भने हामी नराम्रा जति जे कुरा सोँच्दछौँ, बोल्दछौँ, गर्दछौँ अनि अरूलाई दोष दिन्छौँ। त्यसको सट्टा यी सब कुरा आफैँलाई नै मानेर हेर्यौँ भने धेरैजसो समस्याको समाधान पाउँछौँ र सामाजिक दायित्त्वको अनुभूति पनि हुन्छ।

सामाजिक दायित्त्वका जति पनि कुरा हुन्छन्, सबैजसोमा सरकार, सरकारी संस्था, कर्मचारी, गैरसरकारी संघ संस्था, अधिकारकर्मी, संचारकर्मी आदिको उपस्थितिमा मात्र हुनु जरूरी छ भन्ने ठान्छौँ। त्यो सरासर गलत किन हो भने जब तपाईँ हामी एक एक ब्यक्ति जिम्मेवार हुदैनौँ भने त्यो अरूले गरिदिएको काम र सेवाको महत्व कम त हुन्छ नै, दीगो पनि हुदैन। हाम्रो आफ्नो दायित्त्व बोध गराउने केही सामान्य उदाहरण पेश गर्न चाहन्छु।

Picture011

उदाहरण एक: आरक्षित सिट

संलग्न तस्बीरमा देखाइए जस्तै सरोकार निकायले सार्बजनिक बसमा छुट्याइ दिएको आरक्षणको सिटमा हामी पुरूषहरू निसंकोच टस्स परेर बसेको दिनहु देख्ने गर्छु। बोल्नलाई मेरो मुखमा जिपर नलगाएको भएर प्राय सो कुरा उक्त यात्रुहरूलाई सम्झाउने कोशिस गर्दछु। कसैले कुरो बुझ्छन्, तर कुरो नबुझ्ने बा बुझेर बुझ पचाउनेहरू उल्टै प्रतिबादमा आउँछन्। यिनीहरूलाई पनि ठेगान लगाउने निकाय त छन्।

मलाई माफ गर्नुहोला, यहाँनिर मैले महिला दिदीबहिनीको पनि कमजोरी उत्तिकै देख्दछु। किन भने सिट भरे पनि नभरे पनि महिलाहरूले त्यो सिट हाम्रो लागि हो भनेर दाबी नै नगरेको देख्दछु। महिलाकै लागि भनेर छुट्याइसके पछि पनि महिलाहरू बसिदिदैनन्। होइन भने महिला अधिकारका कुरा गर्ने दुईचार जना औँलामा गन्न सकिने महिला अधिकारकर्मीका लागि मात्र छुट्याएका हुन् त ती सिट? बस सहयोगीले एकपटक या दुई पटक या तीन पटकसम्म सम्झाइदिन सक्दछ। सधैँभरी एक एकलाई सम्झाइ रहनु पनि सान्दर्भिक होइन नि। बानी पार्नलाई आफै अघि सर्नु पर्यो। यसै सन्दर्भमा, छिमेकी राष्ट्र भारतको चेन्नेईमा सार्बजनिक ठूला बसमा बायाँतिरका सबै सिट महिलाको लागि भनेर छुट्याइँदो रहेछ। ती सिट खाली भए पनि नभएपनि पुरूषहरू नबस्दा रहेछन्, बरू उभिदा रहेछन्। हाम्रो यहाँ त अलिकति पनि संबेदनशिल नभएको पाइन्छ।

यस बिषयमा हामी आफैँ सचेत र जिम्मेवार भएनौँ भने परिबर्तनको स्वाद पनि चाख्न सक्दैनौँ। सोचौँ त!

दोस्रो उदाहरण: फोहोर

सडकमा जहाँ पायो त्यहिँ फोहोर फाल्ने चलन शहरीकरणसँगै सुरू भएको हुनु पर्दछ। फोहोर ब्यवस्थापनको लागि सरकारी निकाय तथा टोलबासीले सकेसम्मका नियम नबनाएका पनि होइनन्। त्यसको पालना केही दिन जोडतोडका साथ हुन्छन् तर बाँकी दिन उही पुरानै शैली। यता हेर्यो फोहोर, उता हेर्यो फोहोर। अझ, तस्बीरमा देखाए जस्तै ‘यहाँ फोहोर फाल्न मनाही छ’ भन्ने लेखेकै ठाउमा चाङ लगाएर फोहोर थुपार्छन्। आफ्नै घर अगाडिको सडकमा चाउचाउ, चकलेटका खोल, केरा/सुन्तलाका बोक्रा, पानीका बोत्तल, च्यातिएका चङ्गा तुर्लुङ तुर्लुङ झुन्डिएका हुन्छन्, अनि आफै भन्ने गर्छौँ नगरपालिकाले सफै गर्दैन। लज्जास्पद होइन र? आफ्नो घर वरिपरि सफा गर्ने दायित्त्व आफ्नै भएर पनि बिर्सिरहेका छौँ। यति गर्नलाई धेरै दिमाग खियाउनै पर्दैन।

तेस्रो उदाहरण: सडक कालो पत्रे र ढल

प्राय असारको अन्तिमतिर धमाधम सडक कालोपत्रे गरिन्छ, शहरभित्र। एक त सडक कालोपत्रे गरेको हप्तादिनमै माकुराको जालो जस्तो भ्वाङ्ग पर्न थाल्छ। तेसमाथि, कालोपत्र गरेको २/४ दिन पछि नै सडकको बिचबाट ‘काम हुँदैछ’ भन्ने साइनबोर्ड राखेर ड्वाङ ड्वाङ ढल वा पानीको लाइन खन्न सुरू गर्छन्। अनि बर्षौँ तेत्तिकै छाडिन्छन्। यसरी भत्काउने आखिर त्यही टोलबासी नै हुन्छन्। अनि त्यो बाटो पिच भएन, धूलो उड्यो, पानी पर्दा हिलो भयो भनेर त्यहीँका बासिन्दाले सडकै बन्द गरेका थुप्रै उदाहरण देखेका छौँ। के उनीहरूको दायित्व सरकारलाई गाली गर्न, त्यो कुरा संचार माध्यममा देखाउन र बजेट माग गर्न मात्रै हो त? सडक पिच गर्नु भन्दा पहिले सडकमुनिका सबै काम सकाउन हामीहरू किन लाग्दैनौँ। हाम्रै घर अगाडिको सडक ब्यबस्थापन गर्ने पहिलो जिम्मेवारी हाम्रै होइन र? “ह्या, यो सरकारले जे पायो तेइ गर्छ” भन्न मिल्छ? दिमाग खियाउनुस त! फेरि भन्छु, जिम्मेवारी हाम्रो आफ्नै होइन र?

अर्को उदाहरण: सडक पेटीमा पसल

सडक फराकिलो पारे सँगै सहरभेगका सडक किनारामा पैदल बाटो साँघुरिएको जताततै पाउँदछौँ। यसले गर्दा पैदल यात्रुले ठूलो सास्ती बेहोर्नु पर्छ। धेरै ठाउँमा दुर्घटनाको कारण साँघुरो सडकपेटी भएको पाइन्छ। यति मात्र हो र? सडक छेउमै साना पसल भएकाहरू सडक पेटी पनि आफ्नै पुर्खाबाट पाएको अंश सम्झेर भरपुर उपभोग गर्दछन्। मानौँ उसको सोँचाईमा “जीवन भनेको मेरो मात्र हो, मैले मात्र सुबिधा पाउनु पर्छ, मैले मात्र कमाउनु पर्छ, मबाहेक अरू झारपात हुन्।” यसले गर्दा, पैदल यात्रुले फुटपाथ छोडी सडकबाट हिड्न बाध्य हुनु पर्छ। फेरि पैदल यात्रुले यस बिषयमा ठाउँको ठाउ कुरा उठाउन पनि सक्दैनन् किन भने आफ्नो टोलमा कुकुर त राजा हुन्छ! मान्छेको झन् कुरै नगरम।

यी त सामान्य उदाहरण मात्र हुन। यस्ता अन्य थुप्रै उदाहरणहरू छन् जुन हामी आफै जिम्मेवार हुन सक्यौँ भने समाधान अवश्य निस्कन्छ। केवल थोरै दिमाग खियाए पुग्छ।

[माइसंसारका पाठकले पठाएको यो ब्लग बिना सम्पादन प्रस्तुत गरिएको हो। तपाईँ पनि आफ्नो सामग्री यहाँबाट पठाउन सक्नुहुन्छ]

14 thoughts on “दिमाग खियाउने कि?”

  1. Arjun Kumar Sharma says:
    September 20, 2014 at 4:39 pm

    कर्तब्य बिनाको अधिकार पाएपछि मान्छे पशु बन्दो रहेछ,
    अरुको हरेक क्रियाकलापको बिरोध गर्दो रहेछ,
    आँफु पानीमाथिको ओभानो देखिन खोज्दो रहेछ ,
    सडकमा थुक्दै हिड्नेहरुले सिंगापुरका गफ दिएको नसुहाउदो रहेछ !
    अरुको पसिना चुसेकाहरुले समाजबादको नारा घन्काए जस्तो लाग्दो रहेछ, अस्तु !!!

    Reply
  2. Shankar says:
    September 19, 2014 at 10:02 am

    दिमाग त् भए पो लगाउने मगर जी ? पहिला हान्ने अनि ये आफ्नै मामा पो परेछ भन्ने , पहिले हग्ने ये यो त् आफ्नै दैलो परेछ भन्ने , पहिले बेस्करी मासु खाने ( दसैमा ) अनि छेर पट्टि लागेर औसधि खोज्ने , बस्न पाए थ्याच बस्ने , बोल्न पाए प्वाक्क बोल्ने त् हाम्रो स्वाभाबै हो |
    बस मा डोको बोक्ने बुढी छ भने कसैले सिट छोडेन , फुस फुस बास्ना छरी रहेकी तरुनी छ भने केटा हरु सिट छोड्न तँ छाड म छाड गरेको मेरो सर्भे ले देखाएको छ |

    Reply
  3. RAJ says:
    September 18, 2014 at 4:22 am

    सम्बन्धित ठाउमा लेख्नु पर्ने कुराहरु :
    आरक्षित सिट को अगाडी चाही ” थुक्क !…आफु भन्दा कम्जोर मान्छे उभिएको देख्दा लाज लाग्दैन?”
    फोहोर नफ़्यक्ने सूचना बोर्डमा ” यहाँ फोहर फाल्ने मान्छे कुकुर हो”
    अनि अलि अलि कन्ट्रोल हुन्छ कि ?

    Reply
  4. BK Shrestha says:
    September 17, 2014 at 6:29 pm

    कुरा राम्रै लेख्नु भो लेखक जी ले. मलाई यहाँ एउटा कुरा एस प्रसङ्ग संग जोड्न मन लाग्यो.

    भगवान बुद्धले र परम मित्र ओशो – रजनीशले (ओशो ले गुरु भन्दा मित्र भन्न रुचाउने भएकोले यो मित्र शब्द प्रयोग भएको हो) होश र बेहोशी पन. यी दुइ कुरा बारे धेरै पटक बोल्नु भएको छ. आजकल हामी प्राय सबै (म समेत) बेहोशी अवस्था मा छौँ. बेहोशी अर्थात् होश मा नहुनु (एसको मतलब अचेत अवस्थामा अस्पतालमा लड्नु हैन) तर मानबियरुपले होश मा न रहनु.

    होश के हो त ? संसार मा आफु र समाज, देश, प्रकृति अथवा भगवान लाई सप्रेम मान्यता राख्दै कसैलाई कुनै समस्या, कारण, दुख नदी निरन्तर आत्माको चिन्तन र सत्यको साथमा रही रहनु लाइ होशमा रहनु मानिन्छ.

    जब होशले आफ्नो अस्तितो गुमाउँछ वा घट्छ तब बेहोशी पनले तेसै अनुपातमा शिर उठाउने मौका पाउँछ. मानौं कि एक तौल गर्ने तराजु जसमा एक तर्फ़ होश छ त अर्को तर्फ़ बेहोशी.

    जब होश्ले ठाउँ छोड्छ अनि बेहोशपन को प्रभाभ बढ्छ तब – इर्ष्या, दाह, मोह, घमण्ड, अनुसासन्हीनता, मुर्खता, हत्या, द्वेष, कलश, पागलपन, व्यभिचारी, लाचारी, दुराचारी, चोरी, चाकरी, झुठ, बेइमान, सत्ताको मोह, कुर्चीको मोह, अधर्मी, पापी, बैगुनी, धोखा, नक्कली – जाली, आदि इत्यादी ले मानब जिबन मा प्रवाहित पार्छ.

    अब होशमा कसरि रहने त ?
    भगवान शिवको बारेमा पद्नुस, जान्नुस, भगवान शिवजीले मानब कल्याण र जगतको लागि धेरै कुरा दिनु भएको छ, अनेक प्रकारका बहुमुल्य द्यान, योग, साधना छन् जसले यो पाएको जिन्दगि सफल र सार्थक अनि होश पूर्ण रहन बनाउन मद्दत गर्छ.

    शिवजी को मतलब शिर्फ पशुपतिनाथ मा जानु, अन्धभाक्तिमा पैसा, फुल चदाउनु, उनको नाममा गाँजा, चरेश शेवन गर्नु हैन.

    तेस्तै, भगवान बुद्धले २५०० बर्ष अगाडी मानब जातिको लागि शान्ति, शदभाब, प्रेम को लागि अति सरल, अति सुन्दर, अति बहुमुल्य प्रयोग छाडेर जानु भएको छ. पदनुस, बुझ्नुस, प्रयोग गर्नुस. शिर्फ चैत्य, बिहारमा गइ बुद्दम शरणं भन्नु, चामल फेक्नु, बत्ति बल्नु तर बुद्धको मुलमन्त्र बिर्शनु कुनै औचित्य छैन.

    तेस्तै, ओशो – रजनीशले आजको ६ खरब भन्दा बदि जनसख्या भएको पृथ्बीमा किन, मानिशहरु अत्यधिक रुपमा depression, suicide, murder, corruption, hate,
    चरम शिमामा पुगेको छ. एसको उपाए छ, पदनुस, बुझ्नुस, प्रयोग गर्नुस अनि मोक्छ्य के हो जान्नुस र प्राप्त गर्नुस. आज ओशो को किताब संसारमा सब भन्दा बडी बिक्रि हुन्छ जुन कि 30 बर्ष अगि सम्म तत्कालिन पाखण्डी समाजले बहिस्कार गरेको थियो. भगवान बुद्ध पनि सुरुका केहि दशकसम्म तेसरिनै तत्कालिन पाखण्डी समाजले बहिस्कार गरेको थियो अन्तत बुद्धत्तोको पहिचान भै छाड्यो.

    होश मा फर्कन कोशीस गरौँ ! अरुलाई पनि उत्प्रेरित गरुं.
    अस्तु !

    Reply
  5. neerose says:
    September 17, 2014 at 3:04 pm

    ‘सार्बजनिक यातायातको भित्तामा महिलाको सिट पुरुषको फिट आदि कुरा लेख्नु भन्दा,
    सबैले देख्ने र बुझ्ने गरि,
    ‘कृपया आफ्नो सिट आफूभन्दा कम्जोर यात्रुको लागि छादिदिनुहोला र मानबिय नैतिकता दर्शाउनु होला’
    भनेर लेखे कसो होला?
    हुन त आधाआधि निरक्षर यात्रीहरुले भरिने सार्बजनिक यातायातमा महिला सिट भनेर लेख्दा के काम गर्छ र जे लेखाइले पनि!
    स्कुल देखि यस्ता नैतिक शीक्षा पढ़ायर प्रयोगमा ल्याउनुपर्छ!

    Reply
  6. dilliram says:
    September 17, 2014 at 12:59 pm

    Why should there be a Female Seat ? It is discriminatory. Here, in UK i have not seen Female Seats in bus or in under ground train. But their are special seats for Elderly, pregnant women or those who are less able.

    Reply
  7. Paresh says:
    September 17, 2014 at 12:02 pm

    महिलाका लागि होइन, प्राथमिकता सिट भनौ । तब पो समावेशी टाइपको होला कि ।

    Reply
  8. तुयू भाजु उदास says:
    September 17, 2014 at 8:06 am

    …. समाधान अवश्य निस्कन्छ। केवल थोरै दिमाग खियाए पुग्छ।’
    ठिक हो , हिम्मत मेहेनत र अथक निरन्तर कोशिशले सुधारलाइ सही आकार दिन्छ.ir
    तर यो बिर्सनु भुल हुनेछ कि – केहि पाउन केहि ता गुमाउनु नै पर्नेछ.

    Reply
  9. Rishi says:
    September 17, 2014 at 6:45 am

    महिला लाई सिट छुट्याउनु नै गलत हो. अपांग, बृद्ध, गर्वावती, बच्चा बोकेको, बिरामी लाई सिट छुट्टाउनु पर्छ. महिलालाई भनेर होइन. सक्त महिला लाई किन सिट? तर त्यो भन्दैमा सक्त पुरुष त्यस्ता आरक्षन गरेको ठाउमा चाही बस्न सुहाउदैन.

    Reply
  10. shailendra says:
    September 17, 2014 at 5:18 am

    अरु त ठिकै हो तर बसमा महिला आरक्षणको अर्थ बुझ्दिन. त्यो पनि निश्चित प्रतिसत! छ्या बेज्जत, कुरा गर्दा पनि के भनेर गर्ने होला ? अपाङ्ग,असक्त, बृद, बृदा अनि बच्चा बोकेकी महिलाको लागि ४/५ ओटा सिट होइन परे अरु पनि छोडिदिनु पर्छ. तरुनीको लागि कोहि बुढोले बसिराको सिट छोड्न बाध्य नपारियोस भगवान.

    Reply
  11. Suraj Shrestha Maskey says:
    September 17, 2014 at 5:16 am

    महिलाको आरक्षित सिटमा आज भोलि अलि कडाईका साथ बसमा नियम पालना भएको हेर्न पाइन्छ, यो राम्रो कुरा देख्न पाइएको छ
    तर अन्य सिटमा पुरुष उठेर केटाकेटी बोकेका वा अलि कमजोर वा पाको महिलाहरुलाई (शिक्षित) बस्न दिंदा पैसा न पर्ने “धन्यबाद” शब्द बिरलै (हजारमा एक जना भन्दा कम बाट) सुन्न पाइन्छ

    यहाँ सडकमा फोहर न फाल्नुस भन्दा, सडकको सट्टा तेरो घरमा फाल्ने भन्ने जवाफ धेरै पल्ट सुन्न पाइएको छ
    यसमा हाम्रा समाजका रथका दुवै पांग्रा जिम्मेवार छौँ

    सडकको पेटी, पसल भन्दा अगाढी कछुवा झैं पेटी र सडक मिचेर पसल थप्ने काम बेपारीहरुको कानुनी अधिकार झैँ नेपालमा छ
    त्यस माथि निजि घर र अन्य निर्माणमा त बालुवा, इट्टा, गिट्टी, सामान थुपार्ने र सडक पेटी मिचेर राख्ने त अर्को आधिकार हेर्न जता पाइन्छ
    ललितपुर उप-नगरपालिकाको उत्तर र नेपाल प्रहरी संग जोडिएक पूर्व सडकको सर्व साधारण हिड्ने पेटी निजि निर्माण कर्ताले टिनले बारेर राखेको बर्षो भइ सक्यो
    कानुन पालना गराउने निकायको अगढ़ी हाल यस्तो छ

    सुरज श्रेष्ठ मास्के

    Reply
  12. Basanta Thapa,Maryland,USA says:
    September 17, 2014 at 3:51 am

    हो पक्कै हो हामी नागरिकबाट गर्न सकिने कयौ काम हामी गर्दैनौ ।उल्टो गर्छौ । त्यसैले देश र जनताको अवस्था उल्टो दिशा तर्फ गएको गयै छ । भन्छौ गर्दैनौ , बनाउछौ लागु गर्दैनौ । कति पिडी सम्मले देख्ने भोग्ने हो सत्य त आखिर एउटा पिडीले त्याग नगरी अर्को पिडीले सुःख काहा पाउछ र ?

    Reply
  13. Vijay says:
    September 17, 2014 at 2:26 am

    आरक्षण सीटको जरुरत ६०,७० बर्ष को बृद्ध पुरुष लाई छ कि २० बर्ष कि युवतीलाइ ! यो कुरामा बहस हुनु आवश्यक ठानीइरहेको अवस्थामा यसलाइ नियम पालनाको रूपमा भन्दा पनि नैतिकता को आधार मा बुझ्दा उचित हुने ठान्छु ।

    Reply
  14. Sanjok says:
    September 17, 2014 at 2:16 am

    हामीहरु साना नानीहरु जस्तो क पूर्णजी; जे नगर भन्यो तै गर्ने पर्ने; साना नानीहरु जिमेवार हुदैन; हामीलाई पनि केहि समय लाग्ला

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme