– प्रेम बानियाँ –
घुम्दाघुम्दै मलेशियाको राजधानी क्वालालम्पुरको क्रिन्चीस्थित एलआरटी स्टेशन रहेको ब्यापारिक भवन पुगियो। नेपाली दाजुभाइहरु पनि भेटिएलान्, आफ्नो देशको यहाँस्थित दूतावास पनि हेरौं भनेर गएका हाम्रा लागि अर्थात् नेपालीका लागि यहाँ छुट्टै लिफ्टको व्यवस्था गरिएको रहेछ। भवनको १४ औं तलामा पुगेर रोकियो लिफ्ट र गेट खुल्यो। ओहो दृश्य त!
मानौं मलेशियास्थित नेपाली दूतावासमा आज ठूलो ‘हाट’ लागेको छ। निकै भिडभाड, होहल्ला र अत्याँस छ एक प्रकारको। पाइला राख्ने ठाउँ पनि छैनजस्तो छ र असिनपसिन देखिन्छन् नेपालीहरु??? केही युवा लिफ्टको ढोकासँगैको बाटोमा बसेर खैनी मोलिरहेका थिए, बायाँतर्फको कोठामा पाँच सयजति युवाहरु चिसो सिमेन्टमा चप्पल ओच्छ्याएर बसेका थिए, कोही पलेटी कसेर त्यत्तिकै बसेका थिए। हरेकको अनुहारमा छचल्किएको भाव यस्तो लाग्थ्यो –उनीहरुसँग जत्तिको बिरक्त दुनियाँमा कसैसग पनि छैन होला!
सरकारीजस्तै लाग्ने एक जना मानिस आए। तिनलाई ती सारा युवाहरुले घेरा हाले। उनी एकएक नेपालीको नाम उच्चारण गर्दै गए, ती युवाहरु भद्रगोल पाठशालामा उपस्थिती जनाउ गरेजस्तै गरी ‘एस सर’ भन्दै आएर आआफ्नो राहदानी बुझ्दै थिए। पालोमा नाम नआएकाहरु निरास भई झोला भिरेर फर्किन थाले। भन्दै थिए ‘पासपोर्टले नै उठिबास लाउलाजस्तो भयो, होटलमा बस्नुपर्यो, खानुपर्यो, खर्चैखर्च। खासमा उनीहरु राहदानी नविकरणका लागि र विविध समस्या लिएर दुतावास आएका थिए।
‘हामी त दसैं बजारका भेडाबाख्रा जस्तो पो भइयो सर, यो कस्तो बेहाल होला नेपाली दूतावासको? चितवनका सूर्यबहादुर तामाङले प्रश्न गरे ‘यस्तो तालले कसरी अर्काको देशमा काम गर्न सकिएको होला? म त आफै तीनछक् पर्छु।’
हाम्रो जस्तो जोगीतालको दुतावास त संसारमा कही पनि छैन होला’ रुपन्देहीका पवन कँडेलले भने ‘पासपोर्ट नवीकरण गर्नको लागि जोहरबारुदेखि आएको, थुप्रै खर्च भइसक्यो, पासपोर्ट पाएको छैन।’
यस्ता सयौं युवाको समान प्रकारका गुनासा सुनेर हामी यहाँस्थित राजदूत निरञ्जनमानसिंह बस्नेत भएतर्फ लाग्यौं। दृश्य यस्तो देखियो : असाध्यै असभ्य ढंगले भूईंमा तार ओछ्याएर त्यसमाथि टेपले थिचेर यताउता तार तेर्स्याइएको, एउटा कोठामा कागजातहरु यति अव्यवस्थित तरिकाले अलपत्र राखिएको कि, यसभन्दा बिचल्ली पाराले राख्ने कुनै सिमा नै छैन। नेपालको झण्डा पनि देखियो तर राजदूतको कार्यकक्ष छिर्ने ढोकाको चेपमा बेरबार पारेर ‘बिचरा पारामा’ राखिएको! यस्तो लाग्यो कि, यतिसम्मको निरीह र निकम्मा पारामा त संसारको कुनै पनि देशको कुनै पनि दुतावास चलेको छैन होला!
राजदुत बस्नेतको कार्यकक्षभन्दा अघिल्तिर दुतावासका डेपुटी चिफ अफ मिसन हेमलाल भट्टराईको कार्यकक्षमा पुगियो। यहाँको स्थिती पनि उस्तै थियो, शायद नेपाल सरकारको यो दुतावाससँग एउटा दराज किन्न पनि बजेट रहेनछ क्यारे र नै होला वैदेशिक रोजगारीमा गएका जनताका राहदानीहरु असरल्ल पारामा थुपारिएको थियो, यति बिचल्ली कि, संसारकै गरिबले पनि यस्तो गर्दैन होला!
कुर्सीमा बसेका भट्टराईलाई सोध्यौं –किन यस्तो बेहाल सर? यस्तै छ पहिलैदेखि सरकारको बेवास्ता हो, पटकपटक नेपालमा जानकारी गराएको हो, खोइ केही गर्दैनन्! जवाफ आयो।
त्यसपछि हामी यहाँस्थित राजदुत बस्नेतलाई भेट्न उनको कार्यकक्षमा छिर्यौं। यो कोठाचाहीं ठीकठीकै खालको रहेछ। राजदुत बस्नेतले दुतावासको समस्याबारे भन्न थाले : ‘साढे सात लाख नेपाली कामदार छन् मलेशियामा, अवैद्य कामदार पनि छन् तिनको संख्या उतार्दै छौं हामी। कामदारको रुपमा मलेशिया आएकामध्ये मृत्यु हुनेको संख्या गत वर्ष मात्रै ३ सय ४६ पुगेको थियो। जेल र शिविरमा रहेका नेपालीको संख्या ९ सय ७५ छ। र, मलेशियामा रहेको दूतावासमा काम गर्ने कूल कर्मचारीको मसहित संख्या ८ जना हो, मैले यहाको पेनाङ र जोहरबारुमा काउन्सिलर सेक्सन कार्यालय राख्नुपर्छ भनेर नेपाल सरकारलाई भनेको भन्यै छु, कार्यान्वयन भएको छैन। अब तपाई नै भन्नुस् हामी यत्ति मान्छेले, यस्तो हबिगतमा कसरी काम गर्ने? राजदूतको भनाई। यो निकै टीठलाग्दो भनाइ थियो ‘अझ पहिला त दूतावास कार्यालयको हबिगत झन् खराब थियो अहिले आएर यति भएपनि सुविधा भएको ठाउँमा बसेका छौं। यहाँ पनि अब धेरै बस्न नदिने भनेका छन्, मान्छेहरुको ओहोरदोहोर धेरै भयो भन्ने आरोप लागेको छ। यहाँ त बिजोगैबिजोग छ।’
दिनहुँ चार/पाँच सय नेपाली दर्जनौं प्रकारका समस्या लिएर आउने दुतावासको हालत देख्दा यस्तो लाग्थ्यो –संसारको कुनै पनि देशको कुनै पनि दूतावासको बिजोग यतिसम्मको त हुदैन, हुदैन, हुदैन। किन होला सरकारले आफ्ना साढे सात लाख कामदारका प्रति सामान्य पनि सेवा प्रभावकारी रुपमा दिन नसकेको? प्रश्नले अहिले पनि थिचिरहेको छ (?)
नेपालीहरुमा इन्टरनेट चलाउने प्राबिधिक ज्ञान छ. विदेशमा नेपालीले कस्ता कस्ता software बनाइ सके. हाम्रो नेपाल सरकारले सम्पूर्ण सरकारी कम काजको लागि software update गर्ने र यस्तो कामहरु web application बाट चलाउने गर्नु पर्छ. Resources कम छ, त्यसैले स्मार्ट way पत्ता लगाउनु पर्यो.
७.५ लाख नेपाली भएको ठाउँमा त्यसमा पनि धेरै जसो काम गर्न जाने दाजुभाईहरु हुनुहुन्छा. त्यसको लागि १०० – २०० जना काम गर्ने मान्छे राख्नु पर्यो. नेताहरु काठमाडौँमा बस्यो गफ चुट्यो, खाली पार्टीको काम गर्यो, foreign tour को सपना देख्यो, त्यहि हो. हरेक area मा आधुनिक योग्यता प्राप्त दक्ष्य योजनाकार र प्राबिधिक team बनाउनु पर्यो र तिनीहरुलाई राजनीतिकरण गर्न दिनु भएन. देशका योजना परियोजनामा नेताहरुको decision नचल्ने कानुन ल्याउन पर्यो. तिनीहरुलाई त्यहि कुर्सि प्यारो छ, कुर्सि दिउं देश अब हामी आफै बनौ साथीहरु!
सबै मान्छेहरु भन्दै छन् र देख्दै छन् नेपाल दुताबास को समस्या , यो एकदिन क्यामेरा बोकेर २ दिन को लागि कसैको लगानी मा आएर येति ठुलो समाचार लेखे जस्तो त मलाई लागेन है साथी हो . भित्रि कुरा खोतालेकै छैनन , पत्रकारहरु नै कसैको ईसारामा आका हुन्छन येहा त् .
काम चै कर्मचारी नगर्ने अनि सरकारलाई दोस दिने गरि कसरि हुन्छा हो साथी हो , ल हिसाब गर्नुस त , एक जना आबैधनिक मान्छेको लागि डकुमेन्ट बनाको १६० लिंछा है त्यो दुताबास भन्नेले , एक दिनमा कम्तिमा पनि १०० जना ले त्यो डकुमेन्ट भन्ने बनौछा है येहा ,,,, अनि आज भोलि त सनिबार आइतबार पनि खुल्छ है , पासपोर्ट हराएको चै ६५० लिंछा यो संख्या अलि थोरै नै हुन्छा पासपोर्ट नबिकरण गरेको चै ३५० लिंछा , अनि भन्छा बजेट छैन है , तेती मात्रै कहाँ हो र त्यो दुताबास मा कम गर्ने हरुलाई हामी जनता को काम गर्ने भन्दा उनीहरुको बेपार गर्न मा नै बिजी हुन्छन के , त्यो दुताबास भन्नेको माथिको तल्ला , तल्लो तल्ला , वोल्तिर पल्तिर सबै उनीहरुको मुन्छेको अफिस छन् है , फोटोकपी पनि तिनीहरु कै मा गर्नु पर्ने रे , फोटो पनि तिनीहरुकै मा गर्नु पर्ने , अनि अरु ठाउमा फोतोकोपी गरेको चै .३० पैसा लग्छ तिनीहरु क गरेको चै २ रिंगेट लिन्छन है , अब तो इन्तेर्नत मा फारम राखेको छ भोरेर आउनु भन्छा तो दुबताबस पुगेपछि चै यो हुदैन पल्तिर आफिस मा गएर भोरेर आउ पो भन्छा , पल्तिर को अफ्फिस गएपछि केरेमेरे परि भर्छ अनि फोटो पनि तेही खिछा अनि त्यो गरेको १० रिंगेट लिंछा . आब चैदो कुरो त्यो दुताबास को मुन्छेल चै nrn भन्ने हरु नै धेरै त्यो अफ्फिस का मान्छे हुन् . अनि मलेशिया मा धेरै मान्छे लिने हरु पनि उनीहरु नै हुन् , त्यो दुताबास भन्ने का कर्मचारी भन्ने हरु नै बढी भिसा को डिमाण्ड लिन्छन . नापताये येसो पुरानो दुताबास को कर्मचारी ले नेपालमा के गर्दै छन् बुज्नुस त साथी , मलाया को नेपाली दुताबास त कुनै मैन्पवोर को अफ्फिस जस्तै हो तेह को करामचारी सबै दलाल हुन् भन्दा फरक पर्दैन , यो मेरो दुनिया भन्ने पत्रिका को पत्रकार मलाया आएर बुज्नु भए गतिलो हुने ठो कि …..
नेपाली कामदार मलेशियामा जाँदा के एल एयरपाेर्टमा त्यहाँका सुरक्षाकर्मीहरुबाट गरिने दुर्व्यवहारको चर्चा लेखमा छुटे झै लाग्यो । कम्पनिबाट मालिकहरु लिन नअाएसम्म त्यही एयरपाेर्टको चिसो भुईँमा बस्न बाध्य हुनु पर्ने र समय समयमा सुरक्षाकर्मीको गाली बुट खानु पर्ने हामी नेपाली कति साहारा विहिन हुदाँरहछौ त्यहाँ प्रष्ट हुन्छ । त्यस प्रति कसले हेर्नु पर्ने होला ।
म पनि मलेसिया बस्छु र ३ दिन पहिला दुताबास जाने क्रम मा दुताबास को हालत र त्यहाँ को बातावरण देखेर असाध्यै शर्मिंदा भएँ , दुताबास मा ४ ओटा लिफ्ट बाट जान सकिन्छ तर नेपाल एम्बेसी जाने हरुको लागि भने १ ओटा लिफ्ट मात्र दिइएको थियो, जसरि कोरिया जान हिलोमा भिड लागे झैँ मान्छे हरु लाइन मा लाग्थे लिफ्ट देखि माथि जान मात्र तेस्तो कठिन थियो अनि दुताबास को बिजोग हेर्दा त बडो नकारात्मक प्रभाव पर्ने देखियो नेपाल भन्ने देश र नेपाली हरु सबै येस्तै अब्यबस्थित र अन्पड हुन्छन भन्ने भान हुन्थ्यो बिजोग देखिन्थ्यो, नेपाल भिजिट भिसा को लागि गएको मान्छे हरु तेहा पुगेपछि भो नेपाल त नजाने दुताबास मा त एस्तो हालत छ नेपाल को के होला के जानु भन्नेमा पुगे, दुताबास भनेको देश कै प्रमुख निकाए हो संसार कै सबै भन्दा धेरै नेपाली भएको देश मा किन सिमित मात्र कर्मचारी छन् / ३/४ जना कर्मचारी बढाएर दुताबास लाइ ब्यबस्थित किन बनाइदैन?
अब धेरै हाम्रो देश को बिजोग हेर्न सक्दिन म ….. यो समाचार सरकार सम्म पुर्याउनुपर्यो मित्र हरु
ज भने पनि यिनीहरुको आम्दानी करोड पुग्छ होला…Embassy को दलाल हरु संग मिलेर सोज्जा सज्जा नेपाली दाजु भाइहरुलाइ ठगेर गर्नु गरेको छ नि….Embassy को हालत क वाए नि यिनिहौर्लाई के मतलब छ र ….Embassy भनेको त कमाउने भाडो भएको छ यिनीहरुको …खै हाम्रो अख्तियार हरु विदेश मा आएर केहि पनि गर्दैन?
तल कसैले भन्नुभए जस्तै यो बेहाल भएको अर्थ अभावले होइन|
नेताहरुको सही नेतृत्वको दुर्भिक्ष, परराष्ट्र र राजदुतावासका हाकिम र कर्मचारीहरुमा व्याप्त बिकराल दरिद्र मनस्थिति, सुपरिवेक्षण र सुव्यवस्थापनको दिवालियापन अनि व्यक्तिगत स्वार्थमा मात्र निर्लिप्त रहने मनोदशाले गर्दा हो| प्रायश राजदुतावासका माथि देखि तलै सम्मका कर्मचारीहरुमा नेपाली जनताको सेवा गरौ भन्ने भावनाको खडेरी परेको देखिन्छ| धेरै ठाउँमा राजदुतावास नभए पनि केही फरक पर्दैन, यसको सट्टा खालि सम्पर्क अफिस मात्र भए हुन्छ| धेरै ठाउँमा राजदुतावास भनेको आफ्नै मान्छेलाई जागिर र सेवा दिनु मात्र हो|
राजदुत नियुक्ति गरिदा उद्देश्य र काम के हो, बर्षेनी मापदण्ड र मुल्यांकन कसरि गरिने भन्ने केहि छैन| अवकाश नजिक आएका परराष्ट्रका जागिरेका लागि राजदुतको पदहुनहुँदैन, न त् यो राजनैतिक नेताहरुका चम्चालाई इनाम दिईने सयन्त्रको रुपमा लिन उचित देखिन्छ| जीवन भर जागिर खाएर वरको सिन्को पर सार्दा भारी बोझ महसुस गर्ने कर्मचारीले अवकाश पाउने बेलामा राजदुत भएर केहि गर्ने होइन| एक चोटी नियुक्ति पाएपछि चार बर्ष जे गरे नी भो नत्र सर्बोच्च घच्घचाउला भन्ने सोच पालेकाहरुले मुलुक खत्तम पारे| त्यसै भएर बर्षेनी निष्पक्ष टोलीले सो देशमा नगई पनि कुनै मापदण्डका आधारमा मुल्यांकन गरिन पर्छ|
अरु के कुरा गरनु? कतिपय ठाममा राजदुतावासको टोइलेट र सरकारले वहाल तिरेका राजदुतावासका कर्मचारीका आवास गृह वरिपरि फोहोरजन्य स्थिति देख्दा लाजमर्नु हुन्छ|
बिदेशी मुदा आर्जन भनेर देशमा हल्ला गरेको सुनिन्छ तर त्यसरी आर्जित बिदेशी मुद्रा काम न दाम का उपलब्धीबिहिन राजदुतावास र कर्मचारीहरुमा खर्च गरिन्छ| राजाको पालामा नेपाली सेनालाई पुल्पुल्याएर राजदुतावासमा आफ्नो मान्छे सैनिक सहचारी पठाउने व्यवस्था पनि सय प्रतिशत उपलब्धी हीन छ, त्यो प्रथा तु. बन्द गरिन पर्छ|
अन्तमा मेडियाले पनि चासो देखाएर राजदुतावास, राजदुत र कर्मचारीका क्रियाकलाप, कर्तब्य र उपलब्धी बारे तथ्य र अनुसन्धानात्मक रिपोर्ट पेश गर्ने गरिएको देखिदैन|
राजाको पालामा दरवार लाई रिपोर्ट लेखेर सन्तुष्ट हुने परराष्ट्र र नेपाली सेनाले लोकतान्त्रिक पद्धति अनुरुप जनता प्रति उत्तरदायी हुनपर्यो, पारदर्शी बन्नपर्यो|
नत्र भने लोकतन्त्र लोकतन्त्र भनेर जति नै माथि उफ्री उफ्री कराए पनि के मतलब?
खोइ कता गए बुद्धिजीवीहरु र नागरिक समाज? किन मौन??
नेताहरुलाई बिसन्चो भो र भोक प्यास लाग्यो कि दिल्ली र बेजिंगको तीर्थ यात्रा हिंडीहाल्छन| राजदुतावासको मात्र होइन परराष्ट्र नीतिकै बेहाल छ!!
आपसी भागबण्डा र खिचातानीले केही मुख्य देशहरुमा राजदुतको नियुक्ति थाँती मै छ|
बरु नभए हुँदो हो!!
यो समस्या हाम्रो देश गरिव भयर भएको होइन. सरकारी उच्च तहमा बसेका कर्मचारी र सरकारको गैरजिम्मेवारी र नालायकी पनाको कारणले.
यी चोर डाँकाहरुलाई उपचार र सेवा सुबिधा चाहिं धेरै चाहिने जनताको पिर मार्काको लागि केहि नगर्ने.
हाम्रो त सरकार जनतालाई राहत दिन हैन आहत दिन बसेको छ. तेस्त्रो दुख गरेर लिएको राहदानी पानापनि एकदम कम …
नेपाल को मात्रै कुरा के गर्ने | हामी एकपटक American Student Visa लिन mexico गएका थियोउ | यहाँ American Embassy ma १००० लाइ एउटा कोठामा राखेर थुन्यो आनी basket भरि Work Visa ल्यायो अनि सब mexican ले हरालुछांन गरे अनि माइक बाट सबै ले पाएको छ कि छैन सोध्यो | अनि सवैल ले पाएको पक्का भए पछि ठुलो गेट खोलिदियो | सबै जना खुसि हुदै उफ्रदै बाहिर निस्के | तर फरक कोठा मा चाही AC थियो अनि student लै चाही राम्रै व्यवस्था थियो |
प्रेमजी सहि कुरा ल्याउनु भएको मा धेरै धेरै धन्यवाद ! तपाइको यो कुरा टि.भी मा पनि हेरियो यो भन्दा अगाडी ! तर यसको चुरो कुरा चाही कम्पनी को गद्दारी र ठगी बाट निक्लेको ज्यादा समस्या चाही भन्न छुटेछ जस्तो लाग्यो ! किनकि देखियो तपाईले लिनु भएको अन्तर्वार्तामा की कतिपय सेवाग्राही कम्पनीको ठगी बाट आएका थिए नेपाल फर्कन ! यदि कम्पनीको ठगाई मा नपरेको भए त्यहाँ राजदुताबासमा चाप नि धेरै कम हुन्थ्यो र अरु जो अरु काममा आएका थिए तिनीहरुले सेवा अलि छिटो पाउन सक्थे !
कम्पनीलाई सरकारले नीतिले पेल्ने हो, खर्च बढाएर मात्र हैन; मतलब राजदुताबास जस्ताको खर्च को भार बढाएर ( यहाँ शंका छैन सरकार वा दुताबास को कमजोरीको बारेमा तर त्यति मात्र हैन; ज्यादा त कम्पनी को कारणले भएको समस्या हो ) !
उदाहरण को लागी, सरकारले कामदार पठाउने कम्पनीलाई प्रति कामदारको हिसाबले धरौटी नेपालको बैंक मा राख्न लगाउने ( जसले आउने जाने भाडा र लागेको पुरा खर्च बराबरको अनि ब्याज सहित) अनि कामदार पठाए पछि कामदार ले कम्तिमा ३ हप्ता जतिको कामको अनुभब उक्त देशको कम्पनी मा गरेर चित्त नबुझाए सम्म सरकारले धरौटी फिर्ता नदिने ! नत्र कतिले त एउटा कम्पनी मा भनेर अर्को मा लगेर थाह्गीएको पाइयो ! यो मात्र देशमा हैन अरब तिर पनि !
यस्तो कुराको लागी तपाई जस्ता व्यक्ति को खाँचो देख्छु म त
बेलायत जस्तो ठाउमा त दुताबास को हालत येस्तै छ औठा छाप लौनालाई ink pad आफै बोकेर जानु पर्ने अवस्था हुन्छ. अनि एस्तो सभ्य ठाउमा नि मसि पुछन को लागि बिल्डिंग को सेतो भित्ता नै प्रयोग गरिन्छ,लग्छ नेपाल को कुनै ब्यस्त मालपोत कार्यालय हो……
यो मलेसियामा मात्र होईन यता अमेरीकामा पनि यस्तै हो।
गरिब भए पछि हरेक कुरामा समस्या नै समस्या
तर कतिपय कुरा थोरै वा बिना बजेटलेपनि गर्न सकिन्छ
यसकोलागि राष्ट्र सेवकहरुमा धेरै निर्भर गर्दछ
यसमा सरकारको बिशेष ध्यान र कार्यको नितान्त जरुरी छ
सुरज श्रेष्ठ मास्के
मलासिया मात्र होइन साउदी,कतार,दुबई चारै तिर येस्तै छ …. अलिकति सरकार अनि अलिकति दुतावासले ध्यान दिएमा धेरै कुरा ठिक हुनेथियो ,खासमा नेपालीले कम सास्थी अनि नेपालीको शानमा कम आच आउने थियो …. कहिले बस्नेहो सहि सिस्टम / परिपाटी ………
यहाँ कतारमा त ४५-५० डिग्रीको घाममा ३-४ घण्टा उभिएर पासपोर्ट लिदा झनै रमाइलो हुन्छ, त्यहाँ त बिल्डिंग भित्र चिसो मार्बलमा मज्जाले बस्न पाइने रहेछा नि गाँठे