Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पक्राउ परेका सिके राउतले माइसंसारबारे यसो भनेथे

Posted on September 15, 2014September 15, 2014 by Salokya

ck-raut-book-s दुई वर्ष जति अघि मेरो पोस्ट बक्स नम्बर ९०११ मा एउटा किताब भेट्टाएँ। अचम्म लाग्यो, कसले पठाएछ भनेर। ‘वैरागदेखि बचाउसम्म’ शीर्षकको यो किताब सिके राउतको आत्मकथा रहेछ। पढ्दै गएँ, माइसंसारको पनि प्रसंग रहेछ। त्यही भएर तिनले मलाई पठाएका होलान्। उनको नजरमा म शासक वर्गको मान्छे रहेछु। म जस्तो मान्छेले त्यस्ता कुरा लेखेर बिहान कसरी ऐना हेर्न सक्छन् भन्ने उनलाई खुल्दुली लागेको रहेछ। आज तिनै राउतलाई प्रहरीले पक्रेको र त्यसको विरोधमा आवाज उठिरहेको प्रस‍ंगमा फेरि त्यो किताब याद आयो।

म र माइसंसारप्रति उनलाई के कुरामा चित्त नबुझेको हो, त्यो त थाहा भएन। तर देशै टुक्राउन हिँड्ने एक जनाको आत्मकथामा माइसंसार उल्लेख हुनुलाई मैले सकारात्मक रुपमै लिएँ। यसो लेखेका थिए उनले-

त्यसै गरी ब्लगमा विपन्न वर्गको आवाज आउला भनेर आशा गर्नु पनि व्यर्थ छ। पाँच प्रतिशत साक्षरता दर र चालीस डलर प्रति व्यक्ति आय भएको समुदायको मान्छेले ब्लगमा आएर आन्दोलन गर्ला भनेर सोच्नु गलत छ। ब्लग कसले लेख्छन्? शासकवर्गको अत्याचार र आतङ्क भोगिरहेका, शासकवर्गका सैनिकबाट बलात्कारित जंगलका आदिवासीहरू, कि शहरका शिक्षित, संगठित, र सम्पन्न शासकवर्गका मान्छेहरू? र शासकवर्गका मान्छेहरूले ब्लगमा के-कस्ता कुरा लेख्छन् र के-कस्ता प्रोपागाण्डा फैलाउँछन् भन्ने कुरा माइसंसार डट् कम जस्ता नेपाली ब्लगहरूमै पनि देखिन्छ नै। म त कहिलेकाहीं सोच्छु, त्यस्ता कुराहरू लेखेर पनि तिनीहरू कसरी बिहान ऐना हेर्न सक्छन्।

राउत एक प्रतिभाशाली र क्षमता भएका व्यक्तित्व हुन्। सप्तरीको महदेवा गाउँको सामान्य परिवारमा जन्मिएका राउतले स्कलरसिपमा जापान र बेलायतको क्याम्ब्रिज युनिभर्सिटीमा अध्ययन पूरा गरे। त्यसपछि अमेरिकामा वैज्ञानिकको काम पाए।

आत्मकथामा उल्लेख भए अनुसार उनको जीवनका महत्त्वपूर्ण मोडमा मधेसीलाई असर पार्ने घटना भएका छन्। पहिलो पटक उनी इन्जिनियरिङ पढ्न काठमाडौँ आउँदा ऋतिक रोशन कान्ड भएको थियो। सबैलाई थाहै छ त्यतिबेला काठमाडौँ बहुलाएर हुँदै नभएको एउटा भनाईको पछि लागेर भारतीय र मधेसीलाई पिट्दै हिँडेको थियो।

दोस्रो पटक उनी जापानबाट फर्किएर फेरि उतै जान लाग्दा इराक कान्ड भएको थियो। इराकको आत‍कवादी स‍गठन अन्सार अल सुन्नाले १२ नेपालीको हत्या गरेपछि मुस्लिमविरुद्ध काठमाडौँमा दङ्गा भड्किएको थियो। त्यसलाई पनि उनले मधेसविरोधी गतिविधिकै रुपमा मनमा गढेर राखेका थिए।

काठमाडौँमा आफूहरु जस्ता मधेसीप्रति हुने भेदभाव, पढाइ सकाएर अध्यापनमा रहँदा आफूलाई हेपिएको, उत्कृष्ट अङ्क ल्याएर राजाबाट महेन्द्र विद्याभूषण पाउँदा दौरासुरुवाल नलगाई जान खोज्दा नपाएको जस्ता व्याख्या उनले गरेका छन्।

तेस्रो पटक उनी नेपाल आउँदा यहाँ २०६२/६३ को जनआन्दोलनपछि मधेस आन्दोलन मच्चिएको हुन्छ।
त्यतिबेला उनी अमेरिकामा वैज्ञानिकको काम गरिरहेका हुन्छन्। त्यहीँदेखि उनले स्वतन्त्र मधेस भन्दै नेपाललाई टुक्र्याउने अभियान थाल्छन्।

देश टुक्र्याउनु त्यति सजिलो काम होइन। नेपालको भूराजनीतिक अवस्थाले पनि देश टुक्रन संभव देखिन्न। देश टुक्र्याउने अभिव्यक्ति स्वतन्त्रता नेपालको मात्र होइन, कुनै पनि देशको कानुनले पनि दिएको हुँदैन। तर लोकतन्त्रमा आफूलाई मनै नपर्ने विचारको पनि अस्तित्वलाई सम्मान गर्नै पर्छ। मधेसी समुदायलाई उपेक्षा गरिएकै हो, उनीहरु हेपाइमा परेकै हुन्। त्यही भएर २०६२/६३ को आन्दोलनपछि मधेसमा विद्रोह भएको हो। पहाडी र मधेसी समुदायबीच फाटो बढेको थियो त्यतिबेला। बिस्तारै समयसँगै त्यो फाटो घट्दै गएको अवस्था छ। देशै टुक्राउनु पर्छ ठान्ने मधेसी नेपालीहरु कमै हुनुपर्छ। यस्तोमा देश टुक्राउनु पर्छ भन्ने अभिव्यक्ति राखेकै कारण थुनामा राख्नुको खास उपादेयता देखिन्न। यदि उनले भने जस्तै मधेसका सबै जनता विद्रोहमा उत्रिएर नेपालबाट अलग हुने माग राखेमा उनलाई मात्र थुनेर त्यो साम्य हुँदै हुँदैन। त्यस्तो स्थिति आएको पनि छैन।

अहिले गैरकानुनी गिरफ्तारी भन्दै कोकोहोलो मच्चाइए पनि अहिलेसम्म कानुनी आधारमा नै उनलाई हिरासतमा राखेको देखिन्छ। सार्वजनिक अपराध ऐन अन्तर्गत छानबिन गर्न सात दिनको म्याद लिएको छ प्रहरीले। छानबिन गरेर दोषी देखिए अदालतमा मुद्दा चल्छ, अदालतले नै दोषी हो होइन ठहर गर्छ।

विचार तथा अभिव्यक्ति स्वतन्त्रता निरपेक्ष हुँदैन। त्यसका केही सीमा हुन्छन्। नेपालमा पनि सार्वभौमिकता र राष्ट्रिय अखण्डताविरुद्ध हुने गरी विचार तथा अभिव्यक्तिको स्वतन्त्रता दिइएको छैन। बोलेकै भरमा थुन्न पाइन्न। तर राष्ट्रिय अखण्डताविरुद्ध स‍ंगठित रुपमा अभियानै चलाउन दिइराख्‍न मिल्दैन। अहिलेको पक्राउ त्यही आधारमा हुनुपर्ने हो। तर स‍ंघीयतालाई थाती राखेर स‍ंक्षिप्त स‍ंविधान जारी गर्ने चर्चा चलिरहेको बेला गरिएको राउतको गिरफ्तारीले संघीयतावादी कित्तालाई पृथकतावादी कित्तासँग जोड्ने र यसले ठूलो रुप लिने खतरा देखिन्छ। भारतमा अहिलेसम्म देश टुक्राउने अभियान नचल्नुको कारण यसको स‍ंघीय स‍‍रचनामा हुनसक्ने लचकता हो। राज्यहरुमा हुने स्वायत्तता हो। यहाँ भने स‍ंघीयताले देश टुक्राउने भ्रम छरिएको छ।

भरे सरकारले उनलाई रिहा गर्न बाध्य हुने अवस्थामा ज्ञानेन्द्रको शासनकालमा तत्कालीन स‍विधान र कानुनविपरीत राज्यद्रोहको अभियोगमा गगन थापालाई पक्रेर मुद्दा चलाउँदै हिरो बनाएको जस्तो अवस्था अहिले पनि हुनसक्छ। त्यसतर्फ सरकारले सोचेको छ कि छैन कुन्नि।

विचार तथा अभिव्यक्ति स्वतन्त्रता कै कुरामा। उनको पुस्तकबाट केही अंश

‘काठमाडौं ओर्लेपछि त्यहाँ एक रात मात्र बसेर म मधेशतिरै लागें। त्यसैपनि काठमाडौं बिरलै बस्न लायक थियो। काठमाडौं कुनै जमानामा मन्दिरहरूको शहर होला तर त्यो केवल वेश्याहरूको शहर बनिसकेको थियो। हुन पनि किन नहोस्, जब नेपाल टूरिज्म बोर्डले नै ट्रेकदेखि सेक्सका लागि विदेशीहरूलाई विज्ञापनद्वारा खुल्ला आमन्त्रण दिन्छ भने।’

तिनीहरूले हामीलाई सिकाउँछन् — नेपाल हाम्री आमा हुन्, उनको लागि हामीले प्राण दिनुपर्छ; नेपाल त चोखो कुमारी हुन् कहिले पनि कसैको वशमा नपरेकी। र अधिकांश मान्छेहरू त्यही रटेर हुर्कन्छन् र यति रट्‌छन् कि तिनीहरूको आफ्नो दिमाग शिथिल हुन पुग्छ, तिनीहरूको दिमागमा सदाका लागि तार जोडिए झैं तिनीहरू त्यसको तलमाथि केही हेर्नै सक्दैनन्। यदि मलाई नेपाललाई मानवीकरण गरेर हेर्न नै बाध्य बनाइयो भने, म भन्न चाहन्छु — नेपाल हाम्री आमा होइनन्, नेपाल त हाम्रो रगत चुस्ने बोक्सी हुन् जसले हाम्रो भूमि, अनाज र अधिकार खोसिरहिन् र बदलामा दासता, अन्याय र गरीबी दिइरहिन्। नेपाल चोखो कुमारी रे! नेपाल त निर्लज्ज रंडी हो जो राती हरेक विदेशीसँग सम्भोग गर्छे तर बिहान आफ्नो कुमारीत्वको अभिमान गर्दै हिँड्छे। इतिहासको कुन कालमा नेपाल स्वतन्त्र र स्वशासित थियो? नेपालमा त अझै गोर्खालीको शासन छ, नेपाल अझै गोर्खालीको पराधीन छ, त्यहाँ स्वशासन कहाँ छ?

देश टुक्राउने योजना र रणनीतिसहितको उनको बारेमा थप यो लिङ्कमा पढ्नुस्
को हुन् सिके राउत ?

26 thoughts on “पक्राउ परेका सिके राउतले माइसंसारबारे यसो भनेथे”

  1. Rajendra Hada says:
    September 20, 2014 at 1:39 am

    अमेरिका मा बैज्ञानिक को रुपमा काम गर्नु भए पनि वहाँ मा बौदीकता आएन . उनमा हिन्बोधता ले छाएको देखिन्छा. तसर्थ एस्तो बिध्वन्सता तिर लग्नु भयो. भगवान ले सद बुद्दि देउन .

    Reply
  2. sanu maya kc says:
    September 16, 2014 at 9:03 pm

    after ck raut’s writing, i remmenbered one episode. When i was studing abrod, there were many African students in our university also. In 1st semester, in a meeting, an African boy stand up and asked question to dean: Sir why city girls ( european whites) laugh at me in trolleybus and buses? The whole hall laughed at this question. The thing is the girls were talking among themselves, but the boy, with inferior complex in himself thought that they are laughing at him. Many stories of CK raut are similar.

    Reply
  3. pralhad says:
    September 16, 2014 at 2:04 am

    मधेसी र मधेस पछाडी परेको पकै हो तर अहिलेको अबस्थामा मधेस आन्दोलन र मावोबादी ले सबैलाई टाठो बाठो बनाइसकेको अबस्थामा अहिले को युवा बर्गले सोच्ने मधेस र मधेसी आकास पाताल को फरक छ जुन पहिलेको सहि सत्ता ले सोच्थ्यो | समान हक अधिकार दिऎयेकै छ तर पनि एस्तो सोचाई र ब्यबहार ले उनीहरु स्वोयेम झन् पछाडी धकेलिंछंन |

    Reply
  4. Ram Raj says:
    September 16, 2014 at 12:17 am

    मेरो देश गरिब छ , देश का शासक हरु नालायक भए | भ्रस्टाचार, नीतिहीनता बढेर हजारौ युवा रोजगारी को लागि बिदेशिनु परेको छ | तेही घाँ मा म स्वयं पनि छु | यद्दपी “देशभक्ति त मर्दैन, चुत्थै देश भएपनि” भने झैँ कसैले देश को बिरुद्ध बोल्छ भने सहन गारो पर्दछ | यसमाथि राज्य बाट नै विभिन्न अवसर लिएर देश लाइ अभद्र गालि मात्र नगरी देश नै टुक्र्याउन खोज्ने स्वदेशी दलाल हरु देखि घृणा जागेर आउछ |
    यस्ता बिषालु दलाल हरु लाइ चिनौ .. सतर्क हौ || यसले सम्प्रदाइएक इस्सु बनाएर धेरै मधेशी जनताको सहानुभूति लिन सक्छ | तेसैले मा सम्पूर्ण मधेसी नागरिक हरु लाइ अनुरोध गर्दछु कि कसैको गोटी नाबन्नुहोला ||

    Reply
  5. देवेन्द्र सुर्केली says:
    September 15, 2014 at 10:26 pm

    संघीयता भएपछि राज्यसँग असन्तुष्ट भए अलग हुन पाउँछ, बुझ्नलाई राजनीति शास्त्र पढ्नु । तर संघ राज्य भएका विश्वमा अलग्गिएको घटना छैनन्, झन् मजबुत भएका छन् त्यसको लागि संघ राज्य भएका देशका बारेमा बुझ्नु ।
    डा. सिके राउतको विचार पीडाबाट निचोरिएर निस्किएका शब्द हुन् । भेदभाव पनि गर्ने अनि देशद्रोह पनि भन्ने काम राज्यबाट कहिलै गर्नुहुन्न । संघीय राज्य भएपछि समानता पक्कै हुन्छ र यस्ता अराजक शब्दहरुको निर्मुल हुनेछ ।

    Reply
  6. umesh dhital says:
    September 15, 2014 at 7:43 pm

    यी कुराहरु ४०% जति मात्र साचो हुन् जस्तो लाग्छ मलाई | बाकी सब पाठकको साहनुभूतिको लागि लेखिएका शब्द | तपाईलाइ अरुले कस्तो भेव्हार गर्छ भन्ने पुरै तपाईमा भर पर्छ | एस्तो talent हुनहुदो रहेछ C .K जी, यो जमाना मान्छेको talent को कदर हुने जमाना हो | नेपालमै पनि अब मान्छेको रंग, जातिको आधारमा होइन, उसको प्रतिभाको आधारमा उसको मुल्यांकन हुन्छ | भेदभाव निकै कम भैसकेको बेलामा फेरि पुराना कुरा निकालेर मान्छे सोझा,साझा मान्छे उचालेर राजनीति गर्नु पक्कै राम्रो होइन | बरु अझ कसरि भेदभाव कम गर्न सकिन्छ, तेततिर लाग्नुहोस C .K जी, तपाईलाइ हामि (पहाडिया ) हरुको पुरै सहयोग हुने छ |

    Reply
  7. Devendra Basnet says:
    September 15, 2014 at 5:19 pm

    सी के रौत ले प्रयोग गरेका शब्द हरुनै क्षेमा योग्य छैनन्. यो एक बिखन्डनबादी हो एस्लाई उचित कारबाही गरिएन भने मधेसीको आडमा भारतीय हरुले उदण्ड मच्चौछां बेलैमा सचेत हुन जरुरि छ.

    Reply
  8. जय says:
    September 15, 2014 at 3:03 pm

    डा. सी. के. राउत पक्राउ पश्चात मैले उनको बारेमा इन्टरनेट मार्फत केही जानकारी बटुले – refer for example [ http://mi.eng.cam.ac.uk/~ckr21/ ] , [http://mi.eng.cam.ac.uk/~ckr21/bio.html ] र साथै उनको आत्मकथा ” वैरागदेखि बचावसम्म” [ available as text in: http://madhesh.com/files/dr-ck-raut-autobio-int.txt ] पनि पढें । एकदम गरिब पारिवारिक पृष्ठभूमि र संघर्षपूर्ण उतार चदावका बावजुद उनले हासिल गरेका बिद्वता र शैक्षिक उपलब्धि निकै सराहनीय र उल्लेखनीय छ तर केहि समुदायबाट उनले भोगेका दुर्ब्यबहार उति नै अशोभनीय पनि । छुटै अलग प्रदेश/राज्य भन्दा पनि समग्र देशको राजनीति र बिकाशमा उनी जस्ता पढे लेखेका मान्छे लाग्दा राम्रो हुन्थ्यो कि ? स्मरण रहोस् म उनले भने जस्तो separatism and radical line मा सहमत त छैन तर समान हक अधिकार तथा पहुच र विबेधरहित समाजको निर्माण हुनु चाहि जरुरी छ ।

    Reply
  9. balakji says:
    September 15, 2014 at 2:27 pm

    राष्ट्र पति डा . यादब ले एक पहाडिया मेरो गाउमा पुगेर स्कुल खोलेर मलाई पढाई दियाकाले मा डाक्टर र देशको राष्ट्रपति सम्म हुन सके भन्नु हुन्छ / यी राउत लाई पनि राष्ट्र पति हुने धुन चढेको छ जुन उस्तै परेमा खुबै भयमा प्रभाकरण प्रकरण मा टुंगिने छ /

    Reply
  10. suzee says:
    September 15, 2014 at 12:31 pm

    यो नाम कहिल्यै सुनेको थिइन , यो ब्लग हेरे पछि मेरो विचार मा यिनी एक frustrated person , हीन भावना ले ग्रस्त्र मानसिक रोगि जस्तो लग्यो , आफ्नो मानसिक स्थिति को COMPENSATION को लागि आत्मा कथा लेखेका होलान,

    येस्ता द्ररिद्र मानसिकता भएका मान्छेहरु ले नै देश लै खाल्डा मा हाल्ने !!!!!
    येस्ताको बारेमा BLOG मा प्रचाप्रसर नगर्नु नै ठिक हुन्छ

    Reply
  11. rohan vicram singh says:
    September 15, 2014 at 10:48 am

    फिजीमा उखु खेति गर्नका लागी ब्रिटिशहरुले भारतबाट लगिएका भारतीय मजदुरहरुका आप्रबासी साखा सन्तानहरुको बहुमतले अन्तत महेन्द्र चौधरी तेहाको स्थानीय अदिबसिका नेतालाई हराएर प्रधान मन्त्रि भए ( तर प्र. म हुने बित्तिकै तेहाको सेनाले कु गरेर महेन्द्र चौधरीलाई हटायो ) ! आज हाम्रो नेपाल पनि फिजिकरंको बाटोतिर लाग्दै छ! जना आन्दोलन भाग -२ पछि अन्दाधुन्द विदेशीलाई नागरिकता बाड्नुको परिणाम हो यो!

    नेपाल सरकारले नागरिकता वितरणमा तुरुन्तै कडी गर्नु पर्यो र वितरण गरिएका नागरिकताको पनि छानबिन गरि भारतीय र तिब्बतियनहरुको नागरिकता जफत गर्नु पर्यो!
    नेपाल एकीकरण अभियानमा क्षेत्री, बाहुन, जनजाती, आदिबासी, दलित सबै नेपाली एकजुट भएर लाग्दा यो सिके राउत भन्नेका पुर्खा कहाँ थिए? बिहारमा ???
    यसको बाउबाजेले बनाएको देश हो र नेपाल जति बेला यसले चाह्यो उतिबेला टुक्राउन सक्ने?
    नेपाल हामी सबैको साझा देश हो र नेपालका हामी असली नागरिकहरुले एकापसमा सहयोग र सदभाब कायम गरेर अगाडी बढ्नु पर्छ तर नेपाललाई टुक्राउन र बिखन्डन गर्न खोज्नेहरुलाई हामी हिमाल, पहाड र तराई जनताले ठेगान लगाउनु पर्छ!
    यो मुला सिके राउत र सिके जस्ता पागलहरुले नेपाललाई टुक्राएर रास्ट्रपति बन्ने सपना देख्नु भन्दा बरु यो जोगी बनेर बनारस तिरै बसे राम्रो हुन्छ! आखिर पहिले पनि देवता खोज्न जोगी बनेकै हो क्यारे!
    जय नेपाल !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Reply
    1. Angad says:
      September 16, 2014 at 4:12 pm

      तपाईको जस्ता अपराधी बिचारले आज मधेश DR CK राउतमय भएको छ. CK राउत को giraftarile उनलाई मदेश र मधेशी को nayak बनिदइएको chha र malai lag छ यसले hajarou yuwa CK Raaut को लागि मर्न तैयार छन् .

      जहासम्म फिजिकरंको कुरा हो तपाई सत्य तर उल्टो सत्य बोल्नु भएको छ.मधेश CK RAaUT जस्ता मधेशीको हो तपाई जस्ता बस्नेतको होइन किनकि राजा जनक ध्होती लागौंठे टोपी होइन .मधेशी होइन बिदेशी भागौरा तपाई र तपाई को पुर्खा हो.र सह राजाहरु ले खाशगरी राजा महेन्द्रले मधेसको बन जंगलमा तपैहरु जो ब्रिटिश र भारतीय हरु को बन्दुक बोक्ने बिदेशीहरुलाइ बसाएर मधेशलाई लुटन लगायो. सोझासाझा थारु समुदाय को सम्पूर्ण सम्पति तपाईहरु जस्ता बन्दुके समुदायले लुट्नु भएको छ.
      आतः अलि कति मानव भएर सोचानुस आफ्नै धर्ति मा गैर नागरिक भएर बच्नु परेको पीरा कस्तो हुन्च्च.

      Reply
  12. लौटन अवधि says:
    September 15, 2014 at 10:39 am

    हाम्रो देश मा सत्य तथ्य भन्दा पनि हल्ला को भर मा पछि लाग्ने चलन छ ! मदेशी को बारेमा धेरै भ्रमात्मक कुरा आइरहेका छन् ! के सम्पूर्ण तराइ मा बस्ने हरु मधेसी हुन् ?

    १. तराइ मा विभिन्न जात जाति बस्छन ! ति सबै मधेसी होइनन !!
    २. बारा देखि पूर्व र सुनसरी देखि पश्चिम को केहि भूभाग मा बस्ने केहि जाति जसले आफै ले आफै लाइ मधेसी भनेर चिनाउने गर्दछन जसको संख्या १४ -१५ लाख मात्रै हुन आउछ !
    ३. उनि हरु ले भन्ने गरेको मधेसी जिल्ला मा उनीहरु नै अल्पसख्यक छन् !
    ४. तराइ मा सबै भन्दा धेरै पहाडी समुदाय का मानिस हरु बस्छन, त्येस पछि थारु – अवधि – मुसलमान – यी चार जाति पछि मधेसी हरु आउछन !!
    ५. बारा देखि पश्चिम को तराई मा बस्ने तराइ मूल को व्यक्ति हरु मधेसी होइनन यी अवधि मूल का हुन् र यिन को बिहे बारी मधेसी हरु संग चल्दैन ! मधेसी भनिने हरु आइल्छ – गैल्छ भन्ने भाषा को प्रयोग गर्छन भने अवधि हरु को आफ्नै सम्रिद्द भाषा छ !

    त्यसै ले मैले मिडिया (माइ संसार लगायत )बारम्बार आग्रह गरेको छु सम्पूर्ण तराइ मा बस्ने हरु लाइ मधेसी भनेर अन्याय नगरोउ ! किन कि मधेसी को सानो संख्या ले सड्यन्त्र गरेर सबै मधेसी हुन् भन्ने भ्रम फैलाएको छ र तराइ मा बस्ने ९० % अन्य जाति माथि हाबी भै रहेको छ ! देश का मिडिया र राज्य संयन्त्र आफै पागल छन् जसले सबै लाइ मधेसीकारण गरिदिएका छन् !

    Reply
  13. S.ulayal says:
    September 15, 2014 at 9:29 am

    काठमांडौमा स्थानिय स्तरमा नेवार र धनुषामा मैथली सरकारी कामकाजको भाषा प्रयोगमा प्रयास गर्न सकिन्छ र सबै समुदायलाई राज्यको access मा समान क्षमतावान वनाउनै पर्छ । तर विखनडन को महत्वकाक्षा लाई नियन्त्रण गर्नै पर्छ । हामी खुसी होईन राज्यले कर्तव्य निभाएको मा सुरक्षित महशुस गरेको छौ ।

    Reply
  14. Krishna says:
    September 15, 2014 at 8:50 am

    म पनि एउटा मधेसी मूलको नेपाली हु | सिके राउतको विचार बाट म पनि पूर्ण सहमत छैन, तर यति भन्दैमा मधेसी समुदायको समस्या राज्यले सम्बोधन गर्नु भन्दा दबाउन खोज्यो भने धेरै नराम्रो परिणाम आउन सक्छ | म पनि एक जना शिक्षित व्यक्ति हु र म पनि हेपिएको छु, “धोति”, “भेले” जस्ता सम्बोधन मैले पनि धेरै सुन्नु परेको छ, त्येसैले पहाडी ठाउँमा धेरै नै असहज महसुस हुन्छ | यस्ता हेपाहा प्रवृति जब सम्म अन्त्य हुदैन तब सम्म मधेसी र पहाडी समुदाय को बीच मा विश्वास र भाइचारा को सम्भावना छैन | १२-१४ बर्ष अगाडी माओबादी ले बिद्रोह गर्दा उनीहरुलाई पनि देसद्रोही को नै संज्ञा दिएको थियो | अहिले पनि समय छ हामी हरु एक अर्का को समस्या बुझौ र अगाडी बढौ अनि मात्र नया नेपाल को सपना पुरा हुनेछ, नत्र नेपाल मा पनि रुवान्डा जस्तो “हुटु” र “टुट्सी” को लडाई जस्तै समय आउन बेर छैन |

    Reply
  15. ramesh says:
    September 15, 2014 at 7:56 am

    संघीयताको बारेमा टिप्पणी गर्दा प्रतिगामीको बिल्ला भिराउने देशमा देशै विखण्डनको कुरा गर्दा चाही मानव अधिकारवादीको साथ र समर्थन मिल्दो रहेछ । वा यही हो नयाँ नेपाल ।

    Reply
  16. bishnu says:
    September 15, 2014 at 7:09 am

    धेरै पढेर यो मान्छे पागल भै सकेछ ! आफ्नो बेक्तिगत भोगाइ र देखिको भरमा संसार नै येस्तै रहेछ भन्नु कहाँ सम्म ठिक हो ?

    Reply
  17. Naam Prasad says:
    September 15, 2014 at 6:57 am

    राउतजी ले तराई बासी को मुद्दा उठाउने खोल ओढेर आफ्नो व्यक्तिगत आक्रोश अभिव्यक्त गर्नु वे जस्तो लग्यो पुस्तक मा | उहाले जे देख्नु वा सहनु पर्यो (हृथिक रोशन काण्ड , इराक हत्या काण्ड आदि ) तो कुनै समुदाय बिशेष को लागि मात्र नभएर सम्पूर्ण राष्ट्रकै लागि दुर्भाग्यपूर्ण थियो | येति योग्य मान्छे ले तेस्तो स्तरहिन भाषा मार्फत नेपाल आमा र नेपालीलै प्रताडित गरेको देख्दा अवस्य नै दुख लाग्छ |

    Reply
  18. Vayun Sharma says:
    September 15, 2014 at 6:53 am

    मैले यस मान्छेको २/३ वटा लेख पढ्दा नै पागल भन्ने महसुस भयो | जे पायो त्यहि जे मन लग्यो त्यहि लेख्ने मान्छे हो यो | सब असत्य

    Reply
  19. Dinesh Chhetri says:
    September 15, 2014 at 6:04 am

    येस्ता देश्द्रोशी, रास्ट्र घाती देश दुक्र्युना खोज्ने बिदेशी पाल्तु दलाल हरुलाई फासी को सजाय हुनुपर्छा !! तर नेपाल आमाको बिडम्बना, कथित मनाबधिकार बादी र वाक स्वतन्त्रता बादी भनिने र अर्का खाले राजनीतिक दलाल हरु यो देसद्रोही को पक्छे मा घुक्न थालिसके !!

    Reply
  20. maehsh S says:
    September 15, 2014 at 5:51 am

    सि के राउत को आफ्नो बिशये को बौधिकता माथि कुनै सन्क| छैन। उस्ले बिभिन्न research को patient right लिएर नेपाल फर्केको हुनु पर्छ । तेसैले उस्लाई काम नगरि जिबिका चलाऊन केही गाह्रो छैन। तेही right बाट हुने कमाइ बाट उस्लाई खान लगाउन पुग्छ। तेसैले उस्ले मदेश बादी युबा हरु लाई पछी लगएर आफ्नो केही अभिस्त इछ्या पुरा गर्न लागेको हुनु पर्छ। यि युबा हरु को पछी को हालत प्रचन्ड र बाबु राम लगयत का मावोबदी को पछी लागेर जनयुध्ध मा लागेका नेपाली युबा को हालत जस्ताइ हुने छ। सर्सर्ती हेर्दा सि के राउत को यो बिखन्दन बादी सोच मुलत २ कारण ले हुन सक्छ। पहिलो डा बाबु राम ले जन युद्ध मा नेत्रित्वो गरेर अहिले एस्तो उचाही हासिल गरे, म डा ले मात्रा किन नगरने? अर्को धेरै ठुलो माग राख्यो भने सानो तिनो माग त पुरा भइ हाल्छ नि।

    जहाँ सम्म उहाले मदेश अपमानित हुने ठाउँ भनेर काठमाडौं लाई केन्द्रित गर्नु भो, एस्मा म के भन्न चाहन्छु भने काठमाडौं आएपछी काठमाडौं बासी लाई घमन्डी देक्छ, कुनै पुर्बी आथबा पस्स्चिम को मान्छे घमन्दी देख्दैन। अमेरिका आएर फ्रेन्च र जर्मन घमन्दी देख्दैन। यो भनेको राइथाने प्रब्रिती को घमन्द हो जो जुन सुकै ठाउँ मा हुन्छ । कोही काठमाडौं बासी बिरगंज को रिक्सा मा चाडदा बढी भाडा तिर्नु पर्छ। केही भन्यो भने त्यो तराइ बासी ले नि राइथाने घमन्द देखाइ हाल्छ। कसैले अहिले सम्म काठमाडौं बासी ले तराइ मा अपमानित भएको कुरा किताब निकालेर लेखेको छैन भन्दैमा तराइ मा चाँही एस्ता कुरा हुँदैन भनेर सोच्नु भएन।

    एस्ता समस्या हरु एक ठाउँ को ले अर्को ठाउँ को , एक जात ले अर्को जाती लाई सम्मान गर्न सकेको खन्द मा स्वत समाप्त हुन्छ। तेसैले सि के राउत जस्तो बिद्वान मान्छे ले एस्तो देश बिखन्द गर्ने आन्दोलोन छोडेर एकता र सम्मान हक को अन्दोलोन गरे मधेश लगायत सम्पूर्ण नेपाल को कल्यान हुन्छ ।

    Reply
  21. माधव शर्मा says:
    September 15, 2014 at 5:43 am

    तथाकथित मानबअधिकारकर्मी तथा डलर पोषित बुद्धिजीविहरूले सी के राउतको पक्षमा बक्तब्य निकालेर कस्को नूनको सोझो गर्न खोजेका हुन् ? सबैले बुझौं है !

    Reply
  22. योगेश आदी says:
    September 15, 2014 at 5:20 am

    प्रचण्ड जस्तै उच्चमहत्वाकांक्षा पालेको अर्को पठ्मूर्ख निस्कियो ! ‘प्रचण्ड’ नयाँ नेपालको भित्ते राष्ट्रपनिसम्म बनेर सपना तुहे जस्तै तराइमा राज गर्ने तेस्को कुबुद्धिमा पनि तुरुन्तै बिर्को लगाउनु जरूरी छ !

    Reply
  23. Suraj Shrestha Maskey says:
    September 15, 2014 at 4:42 am

    मलाई त यौटो सनकीको सिल्लीपन लाग्यो !!!
    जिन्दगीमा सधै सर्व प्रथम गर्ने मोहन कोइरालाले आत्म हत्या गर्यो भने बाबुरामको टोलीबाट कतिको हत्या भयो जग जाहेर छ

    सुरज श्रेष्ठ मास्के

    Reply
  24. kumar says:
    September 15, 2014 at 2:48 am

    जे सत्त्ये हो तेही त भनेको रहेछ

    Reply
  25. Subash says:
    September 15, 2014 at 2:35 am

    यो पहाड मा बहुलाएको भाङ काजी र तराइमा बहुलाएको सिके राउत भन्ने जन्तु नेपाली हैनन ! हामीलाई चेतना भया !! डाक्टर बाबुराम ले राजनीति गरेर माथि पुगेको देखेर डाक्टर भन्ने शब्द को उपहास गर्ने दरिद्र हरुलाई कडा भन्दा कडा सजाय दिनु पर्दछ !!!
    कान खोलेर सुन भाङ काजी र राउत तिमीहरु त कुपुत हौ कुपुत यो देशका !!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme