Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोइ ‘माइका लाल’ छ? छ कोइ?

Posted on September 15, 2014September 15, 2014 by mysansar

images मेरो लेखबाट बिना सित्तिमा अन्जु पन्त र अन्य धर्म धेरै तानिएकोमा खेद छ। माफ गर्नुहोला। समस्त हिन्दूहरुको तर्फबाट म माफी माग्न चाहन्छु। आबेगमा मान्छे विवेकसुन्य हुन्छ। मेरो लेखको अञ्जु पन्तबारे अघिको एक हरफ पनि हटाएको भए ठिक हुन्थ्यो जस्तो लागि रहेको छ। कसै प्रति र आफै प्रति पूर्वाग्रही नभई धर्मको बारे लेख्न गार्हो रहेछ तर असम्भव भने होइन फेरि, प्रयास गर्दै छु।

मेरो लेख स्पस्ट सत्यको खाँचो र टालटुले उत्तरको भरमा चलेको ‘धर्मको संस्कृति’ बारे ‘खरो’ भएर लेखेको हो। खरा-झर्रा कुरा टर्रा हुन्छ नै। हिन्दुहरु संधै हिन्दु नै किन भै रहेने ? प्रमुख मुद्धा अझै त्यहीं छ, ज्युँ का त्यूँ। साक्षात सुशील जी ले यो अज्ञानी रहेछ भनेर केही मिठा उत्तर दिनु भो, म आभारी छु। तर मिठा गफ मात्रै गरेर धर्मलाई संस्कृतिसंग छुट्टयाएर हेर्न धेरै कठिन छ। तपाईंको ‘जुन धर्ममा पनि यस्तो समस्या छ’ भन्ने तर्क बडो डरलाग्दो प्रवृति हो।

अज्ञानी मान्छेले गरेको, नबुझेर हो, वेदमा छैन भन्ने जस्ता बास्तबिकता पन्छाउने कुरा हुन् किन कि अधिकांश हिन्दु भित्र छुवा-छूत ‘धर्म झैँ’ मानिन्छ तथापी ‘धर्म’ नहोला, कि होइन? मलाई अनेक गाली गर्न सक्नेहरुले बिक-सार्की-दमाई-सतार-दनुवार-धोबी-माझी आदि नभनी बिहे गर्न सक्छु, छोरी माग्न सक्छु, बुहारी भित्राउन सक्छु भन्न सक्ने कोइ ‘माइका लाल’ छ? छ कोइ? ठिकै छ तिमी परिवर्तन नहोऊ तर अरु परिवर्तन भएकोमा प्रस्न राख्ने वा धार्मिक कोकोहोलो गर्ने औकात तिम्रो हुने छैन। याद रहोस् प्रसङ्ग अन्जुको भिडिओ होइन।

धर्मको बागडोर सम्हाल्ने र विकृतिको ‘धर्म सिकाउने’ बाहुन-क्षत्री ३० % छन् नेपालमा। संख्या यति बलियो भए पछि सुधारको क्रान्तिकारी सुरुवात गर्ने जिम्मा पनि यिनीहरुकै हो। यो वेद नबुझेर, मनुले कोको-ले केके-ले भनेर नभन्नुस्। जात भातले धर्मलाई त के मुलुकलाई उँधो गति लिइरहेको छ। कोइ हिन्दुले यो मेरो कारण भएको हैन भन्न पाउने छैन। पुर्खाले गल्ति नै गरे पनि सच्चाउने छुट सबैलाई छ।

मलाई ओठे जबाफ त धेरैले दिनु भो ‘हामी एस्तो, हामी उस्तो, तँ पैसामा बिकेको, याँ वां’ तर कहाँ गएर सिक्ने हो हिन्दु धर्मको बारे? कस्ले बुझाई दिने हो हाम्लाई? कुन गेरु बस्त्र लगाउने ‘ऋषि मुनि’ ‘भिक्षाम देहि’ भनेर आउलान् र अदितीय ज्ञान दर्सन पाम्ला भनेर पर्खेंर बस्ने हो? यसै पनि समय बडो तेजीसँग हिँडिरहेको छ आजको युगमा। हामी सबै ब्यस्त छौँ। आफैं ज्ञाता हुने भए किन चहिन्थो वेदव्यास? किन चाहिन्थ्यो कालिदास र भानुभक्त? किन हिड्नु पर्थ्यो बुद्ध र जिससले लाखौ माइल ? प्रभुको बारे सुन्ने वा महसुस गर्ने इक्षा पिडित र गरिब भन्दा अरु कोमा होला र?

‘पढे हुन्छ, youtube मा हेरे हुन्छ’ भन्ने धेरै प्रस्ताब आयो। ५०% हो नेपालको साक्षरता। म त हेरुम्ला तर स्वर्गद्वारीका गाउँहरुमा धर्म परिवर्तन गर्न चाहने हिन्दुलाई कस्ले पुराउने हो पहिलो ज्ञान? आकाशबाणी भएर ‘ज्ञान’ मगज भित्र आउने प्रक्रिया महाभारत ताका पछि सुनेको छैन मैले ! हामीमा यस्तो संस्कृति छैन भनेर भो अब। ज्ञान घर-घर पुराउन कस्तो संस्कृति चाहिन्छ र? कस्तो तर्क हो त्यो?

८० % हिन्दू छन् रे नेपालमा। नेपाली भयो भन्दैमा ‘हिन्दु’ नै हुनु पर्ने त रहेनछ ! फेरि ३० % मात्रै बाहुन क्षेत्रि छन् रे तर धर्मको बागडोर सम्हाल्ने चैं को हो? धर्म परिवर्तन प्रमुख बाटो होइन भन्ने लाग्छ भने कुकुर, गाइ, जनावर, ढुंगा, अनेक देवता किन पूजेको, गौमुत्र किन महोत्वपूर्ण, तथाकथित तल्लो जाति किन सबै मन्दिरका पुरेत हुन सक्छन् आदि हजारौ प्रस्नको जवाफ सिकाएर धार्मिक ससक्ति कारण गर्न सकिन्छ नकि डण्डा लिएका धार्मिक लठैतहरुको जोहो गरेर। इन्टरनेट – फेसबुकमा धर्म परिवर्तनको बिरोध गर्ने ‘लठैत’ भन्दा कम होइनन्न। त्यो लिङ्ग हो अनि त्यो योनि, या त्यो ज्योतिर्लिङ्ग हो र त्यो किन पूजेको जस्ता अनेकौ धार्मिक TABOO प्रसस्त छन् हिन्दु धर्ममा। मठ मन्दिरमा चढेका लाखौं करोडौं पैसा जोहो गरेर ‘सामाजिकको लागि धर्म’ सिकाउन गए हुन्थ्यो नि त असुरक्षित ठेकेदारहरु।

‘म हिन्दू हुँ, तर मलाई बाल छ’ ‘I don’t care about religion’ भन्ने युवाहरु धेरै छन्। तर फेरी त्यै बाल नदिने अर्ध नास्तिक हिन्दुहरु धर्म परिवर्तन भै रहेको थाहा पाए पछि हतास भएका छन्। बाल नदिने अनि हातस पनि हुने? धर्ममा एस्तो कु-प्रथा छ, भ्रम छ, अनुत्तरित टालटुले उत्तर दिने प्रवृति छ, धर्मको ज्ञान पट्टकै छैन, सत्य तिर उन्मुख गराउने कोही दैलो टेक्दैन तै पनि यही सास्वत सत्य हो भनेर किन हिन्दु नै भै रहनु पर्ने? भनेर प्रस्न गर्दा तैले पैसा खाइस रे ! कस्तो अधिनायकवाद हो यो ? कस्तो कम्जोर मनस्थिती हो?

सांचै हिन्दु धर्म ज्ञानको भण्डार हो भने भने आफ्नो भगवान छोडेर यदा कदा बाहेक कोहि पैसामा बहाकीदैन। धर्मको नसा सबैलाई राम्रै थाहा छ। त्यसले धर्मको ज्ञान कम रहेछ र धर्म मान्छेलाई अहिले पनि उत्तिकै महत्व पूर्ण रहेछ भन्ने देखाऊछ। जति नास्तिक वा अर्ध नास्तिक हुने प्रयास गरे पनि अहिले को यथार्थ यही हो। कुरा कोही एकले हनुमानको फोटो किन पकेटमा हाल्यो भन्नु भन्दा गहन छ।

कोही कसैले मेरो बारे के सोच्ला भनेर मैले प्रस्न गरेको होइन। कटु सत्य मिठो तरिकाले लेख्न मन लागेन किनकि कुम्भ कर्ण झैं निदाएको छ धेरैको चेतना। परिवर्तन त संसारिक प्रवृति हो, परिवर्तन अकाट्य छ, तर को परिवर्तन हुने र के परिवर्तन गर्ने त्यो हामीमा निर्भर गर्छ।

74 thoughts on “कोइ ‘माइका लाल’ छ? छ कोइ?”

  1. Madhu says:
    September 21, 2014 at 1:53 am

    छ को हि माइ का लाल भन्ने प्रस्नको मात्र जवाफ है…..बाहुनको छोरो हुन्….धर्मको ज्ञान पटक्कै छैन…बिहे भैसक्यो….जात नमिलाई बिहे गरे….त्यो पनि जन्ती नै लिएर गएँ…. बाजै बजाएर गरे…….अब यति खेर तपैन्ले प्रश्न गर्नु भो….होइन अब फेरि कमिनी दमिनी संग बिहे गरेर आफ्नी बुढी लाइ सौता हाल्न सक्ने ‘माइका लाल’ चैं परिन है म ……..अनि आजकल जातले होइन मित्र हैसियतले निर्धारण गर्न थालेको छ बिहे बारी……कहाँ पाउञ्छ सबै बाहुनले सबै बाहुन को छोरा-छोरी बिहे गर्न…..कहाँ को क्षेत्रीले दिन्छ-लिन्छ जहाँ पायो त्यहीं को क्षेत्रीको छोरा-छोरी…..धन सम्पति पढाई लेखाई धेरै कुराले बाधा पुरौन्छ….कसैलाई सरकारी जागिर चाहिन्छ….कसैलाई लाहुरे के टो……तपाईंलाइ थाहा नभाको हो कि बुच पचाकोहो….दमैले कामि कामि ले दमाइ…..राइ ले तामांग….तामांग ले गुरुङ…संगै बिहे गर्दैनन्……… तपाइले धर्मको प्रसङ्गलाइ ल्याएर बिहे संग जोड्न खोज्नु भो जुन सरासर गलत छ….धर्म बाहेक पनि धेरै कुरा हरु छन् बिहे रोक्ने…… म आस्थिक नभए पनि नास्तिक पनि होइन…..तर मेरो दिमाग मा यो धर्म ठुलो र त्यो धर्म सानो भन्ने कुरा कतै पनि आउदैन…..हरेक धर्म निराकार छ….के हि देखेर….सबै कुरो बुझेर धर्म गरिन्दैन….हामि बुझनै सक्दैनौ…..यो नितान्त सामाजिक र संस्कारिक कुरा हो……..बिसेसत मान्छे नबुझेरै धर्ममा विश्वास गर्छ….अरुले गरेको देखेर…वर पर सुनेर………संछेपमा कुरो के हो भने धर्मको बारेमा वकालत गरेर कसैले जित्ने वा अर्कोले हार्ने भन्ने नै हुन्दैन….कसैले हराउन नखोजे हुन्छ….तपैन्ले जित्न नखोजे हुन्छ………बाटो अनेक छन्….छोटो…..लामो….भत्केको….चिल्लो…..खस्रो……..सजिलो…..गार्हो…..जहाँ बाट जान मन लाग्छ जाउँ……………. आखिर पुग्ने ठाउं त एउतै त हो!!!

    Reply
  2. Ashwari says:
    September 18, 2014 at 7:28 am

    भन्न लाई मा नि Hindu हु तर जन्मिदा लिएर आएको उपहार जस्तै भछ…. न केई बुज्चु न केई रिअल लाग्छ . Sorry है मित्र हरु येसो कुरा बुजिदिनु र म हिन्दु धर्म को ज्ञान नभाको लाई बुजैदिनु.. तर कैले केहि lastai झुर हुन्छ जब खैरे हरु ले तिमि हरु को Bhagwan कति वोटा रे भन्दा.. मुख भरि को जवाफ दिन मन लाग्छ अलि अलि त जवाफ फर्कौना sakinthiyo तर फेरी little knowledge is dangerous भन्छन.. साथी हो गलत अर्थ नलागोस है म हिन्दु नै हो… बिहान बिहान पुजा नि गर्छु.. येसो गर्दा आनन्द महसुस हुन्छ कुरा तेती हो…

    Reply
  3. बशन्त राज says:
    September 17, 2014 at 5:58 pm

    है न यो गुनाथिश खनाल मात्र हिन्दु धर्ममा समस्या देक्धो रछ/ अरु धर्ममा पनि यसतै समस्या छ/ आज सम्म पनि अमेरिकन ख्रीतियाँन हरु कालो र सेतो छालाको बिबेधबाट बाहिर आउन सकेका छैनन भने ख्रीस्तियाँन धर्म कसरी जतिय छुवा छूत बिरोधी धर्म भो?
    यदि अन्जु पन्तकै जस्तो धर्मबारे सोच हुने हो भने haal सलाई भारतमा मेरी कोम भन्ने चलचित्र चाल्यो/ मेरी कोम भारत मणिपुरको ख्रीस्तियाँन महिला बक्क्सर हुन्/ उनको रोल चलचित्रमा प्रीयाँका चोपडाले गरेकी छिन् / यदि अन्जु पन्तकै कुरामा लाग्ने हो भने त्यो रोल प्रीयाकालाई दिन नहुने किनकी उनि हिन्दु हुन्/ अब के मेरी कोमले मा त्यो रोल हिन्दु प्रीयाकालाई दिन्न भन्नु पर्यो/ अथवा प्रीयाकाले म हिन्दु भयकोले त्यो रोल मेरो धर्मले गर्न दिदैन भन्ने होला हैन ?? आज उनले त भारतमा बलात्कारको घटनाले भारतको बदनाम भयो भन्दै महिलाहरुलाई बक्सिनलगायत मार्सल आर्ट सिक्कना सिकाउन स्कुल नै खोलेकी छिन् ? यदि अन्जु पन्त कै जस्तो सोच हुने हो भने त्यो स्कुलमा ख्रीस्तियाँन मात्रै भर्ना गर्नु पर्ने होला हैन ?? कतिले उनि साईबर बुलीग को सिकार भय भन्दै उनको बाचाउ गर्न खोजे/ उनले गल्ति बोलेकै हो गल्ति गरेकै हो? अन्जु पन्तले धर्म परिबर्तन गर्नु उनको खुसीको कुरा हो/ तर धर्म परिबर्तन गरेपछी पुरानो धर्म एस्तो उस्तो भन्दै त्यो धर्मको गीत गाऊदीन्न भन्नु गलत हो/ अर्को कुरा धर्म परिबर्तन गराउदै हुन्नु छ भने साउदी अरेबिया jasta कट्टर मुस्लिम रत्रमा गयर धर्म प्रचार गर्नु नि? साउदीमा धर्म परिबर्तन गर्ने गराउनेलाई फासी को कानुन छ/ तेस्री धर्मको नाममा मर्ने हरु नया जिसस क्राईस्ता कि कसो? जिसस पनि यहुदी राजाको धर्म बिरोध गर्दै कुर्स्मा मरेका थिय कि कसो? यो आलेखको मतलब कसैको मन दुखाउनु होईन तर गलत लाई गलत अनि सहि लाई सहि भन्न खोजेको मात्र हो/ अन्जु पन्त र गुनाथिस खनाल धन्न नेपाल जस्तो मुलुकमा छन्/ बोल्न पाउने अधिकार छ/ तर उनि पाकिस्तान या त बंगालदेश जस्तो कट्टर मुस्लिम राष्ट्रमा भाको भय उनि म्रीत्यु दण्ड पाई सकेका हुन्थे/

    Reply
  4. Bikram Lamsal says:
    September 17, 2014 at 11:08 am

    हाम्रो देशमा पार्टी परिबर्तन,धर्म परिबर्तन त भयो भयो सायद त्यो दिन टाढा छैन होला मानिसले आफ्नो लिङ्ग नै परिबर्तन गर्न .

    Reply
    1. रैथाने says:
      September 17, 2014 at 11:01 pm

      ल,
      साथीलाई पनि फ़र्काएरै देखाय पछि मात्र देख्ने हो कि क्या हो?
      उ क्या त् सन्तोष पन्तको छोरा लिङ्ग परिवर्तन गरि छोरी भयका!
      एउटा कुरा चाहि जान्न मन लाग्यो,
      यो लिङ्ग छिनालेर केटा त केटि हुन सक्छ तर केटि चाहि कसरि केटा हुला त हो?

      Reply
  5. Pukar Parajuli says:
    September 17, 2014 at 4:23 am

    मलाई अनेक गाली गर्न सक्नेहरुले बिक-सार्की-दमाई-सतार-दनुवार-धोबी-माझी आदि नभनी बिहे गर्न सक्छु, छोरी माग्न सक्छु, बुहारी भित्राउन सक्छु भन्न सक्ने कोइ ‘माइका लाल’ छ? छ कोइ?
    खै कसैले पनि comment मा यसको जवाफ दिनु भा छैन| प्राय सबैको comment मा खाली गुणाधीसजी लाई गलत साबित गर्ने प्रयास मात्र भाको छ|
    लेख एकदमै मन परो र मेरो पनि सबै लाई यहि सोधाई छ ” छ कोइ माइका लाल” ?

    Reply
    1. भाई says:
      September 17, 2014 at 3:28 pm

      परम्परागत मागी विवाहको सन्दर्भमा कुरा गर्ने हो भने कसैले कोहि छ माईका लाल वा माईका पीला भनेर निहु खोज्यो भन्दैमा ल मेरो छोरोको, छोरीको फलानो जातमा विवाह गर्छु भनेर या त्यसले त यसो भन्यो, म अब तेस्लाई देखाईदिन्छु भनेर कोहि पनि हिंड्दैन . यो त “तँ कुखुरा भन्दा पनि सानो होस्, हैन भने अण्डा पारेर देखा त” भनेको कुरो जस्तै भयो.
      प्रेम विवाहमा भने जात हेरेर प्रेम गर्ने काम कुनै पनि प्रेमी ले गर्दैन, त्यसैले प्रेम विवाह गर्ने हरुलाई हेरयौ भने ति जोडीमा जातभातको कुनै अर्थ नै नरहेको देख्छौ .मैले चिनेकै एकजना भट्टराई ब्राम्हण जातको केटाले बिसुंखे (कथित तल्लो जात) संग विवाह गरे, उनको सबै ठिकै छ त. श्रीमान श्रीमती दुवै काम गर्छन, बालबच्चा हुर्काएका नै छन्. अर्का भट्टराई, बाबुराम भट्टराई को पनि उनकै सहजाती भित्र त बिहे भएको होइन नि . यहाँ र लेखकले भट्टराई ले यमी संग गरेको बिहे कुन रुपले हेर्नुहुन्छ कुन्नि ? मनमोहन, ओली हरु पनि त कथित माथिल्लै जातक होइनन? राजनीतिक वृत्त भित्र हेर्ने हो भने अधिकांस अन्तरजातीय विवाह भएको नै पाउनुहुन्छ . अहिलेको समाजमा पनि अधिकांस यस्तै देखिन थालेको छ. तपाइले/लेखकले देख्नुहुन्न भने त्यो त हामि केहि गर्न भन्न सक्दैनौ . लेख्न पाउदैमा अध्ययन विना जे पनि लेखि हाल्नु नै चाही अल्ली नहुने थियो कि ? विश्वकै संवेदनशील विषय “जात र धर्म”को बारे मा लेख्न अगाडी गहन अध्ययन गरेर लेखे लेखकको पनि प्रसंसा हुन्थ्यो, प्रतिक्रियादाताले पनि विषयको गम्भीरता बुझेर लेखे राम्रो हुन्थ्यो.
      “गिभ रेस्पेक्ट टु टेक रेस्पेक्ट” भन्ने त सबैले सुनेकै हो, अब त्यसको फलो पनि गर्ने कि ? अरु जात, धर्म र समग्र मानव जातिकै सम्मान गरौ .
      सबैको जय होस् |

      Reply
    2. रैथाने says:
      September 17, 2014 at 9:23 pm

      अरुको मुख ताकि रहनु भन्दा साथीले ‘ल मछु, म गर्छु,’ भनेर कस्सिएको भय हुन्थ्यो नि त!
      अब एउटा फुस्कियाको कुरा गर्नेले भुक्यो भनेर हामि सबै च्यालेन्ज स्विकार्न जाने त?
      त्यो पनि बिहे गर्ने कुरा, जुन जिन्दगि, जीवन परिवार, समाज आदि संग प्रत्यक्ष र परोक्ष सरोकार राख्दछ!
      के कसैले माइ संसार वा चोकमा ठुलो स्वोराले भुक्यो भनेर तेस्को पछाडि लहै लहैमा भुक्न जाने हामि पनि?
      बिहे गर्न पर्ने र गर्न चाहनेले गरेकै छ नि!
      बाहुनको छोराले दमिनी ल्या पनि देख्याछौ कामीको छोराले क्षत्रीको छोरी उडाको पनि यहि आखा साक्षी छ!
      के यो कुरा च्यालेञ्ज र हुङ्कारमा गर्ने कुरा हो?
      माया बस्यो पिरती जोडियो भाग्य जुर्यो भने कर्म आफै जुट्दछ!
      थुप्रै छ नि अन्तर्जातीय बिहेको घटना र कथा हरु!
      च्यालेन्ज गरेर गर्ने कुरा हो यो?
      जसलाई गर्न मन छ जसलाई आबस्यक छ जसलाई चाहना छ गरिराको छन् गर्दा हुन्छ कसैको छेकबार छैन हामीलाई पनि तेस्तो केहि जुरेछ भने गरौला!
      त के यिनलाई देखाउन र यिनको मुख बुझो लाउन अब म बिहे गर्छु भनेर कम्मर कसेर अगाडि आउने भिड्ने हो?
      यस्ता फ़ुस्केट हरुसंग च्यालेन्ज गर्ने त् अब?
      क्या ताल ताल का मान्छे आउछन बा दुनियामा!

      Reply
  6. Sanjok says:
    September 17, 2014 at 2:13 am

    धर्मको कुराले सधै झगडा निम्त्याउने गर्छ; आस्था राख्नु तर कट्टर नहुनु
    धन्यबाद 🙂

    Reply
  7. ramesh Shrestha says:
    September 16, 2014 at 9:10 pm

    yo topic nai vadkau cha…koi cha re… la cha …aaija aba ….hahaha…
    – via MySansar App

    Reply
  8. prabesh says:
    September 16, 2014 at 7:17 pm

    ‘पढे हुन्छ, youtube मा हेरे हुन्छ’ भन्ने धेरै प्रस्ताब आयो। ५०% हो नेपालको साक्षरता। म त हेरुम्ला तर स्वर्गद्वारीका गाउँहरुमा धर्म परिवर्तन गर्न चाहने हिन्दुलाई कस्ले पुराउने हो पहिलो ज्ञान? आकाशबाणी भएर ‘ज्ञान’ मगज भित्र आउने प्रक्रिया महाभारत ताका पछि सुनेको छैन मैले
    Hats off !
    अति सन्धर्विक लेख !

    Reply
  9. G P Khatiwada says:
    September 16, 2014 at 6:28 pm

    आखिर क्रिस्चिएन धर्म झन् कढा रहेछ नि….गैर क्रिस्चियन को नाम नै उच्चारण गर्न नहुने…….बास्तबमा हिन्दु जतिको लचिलो धर्मदर्शन कुन पो छ र……

    Reply
  10. kanak says:
    September 16, 2014 at 3:37 pm

    प्रश्न- किन हिन्दु नै भै रहने?
    उत्तर- हिन्दु भएकै कारणले नै तिमी जस्ताले पनि सवाल, जवाफ, बिरोध, गालि गर्न पाएका छौ. यो लेख लेख्न सक्षम भयौ. माइ संसारले स्थान दियो. आफ्नै धर्मको एकोहोरो आलोचना गर्ने छुट पाएका छौ. के यो कम ठुलो कुरा हो? के अरु धर्ममा यस्तो सम्भव छ? के अरु धर्म यतिको प्रजातान्त्रिक छ?

    प्रश्न- हिन्दु धर्ममा त निकै कमजोरीहरु छन् नि ?
    उत्तर- कमजोरी सबैमा हुन्छ तर त्यो कमजोरी हटाउने कर्तव्य गुणाधिश खनाल (?) लगायत हामि सबैको हो. अरुको कमजोरीमा खेलेर दुनो सोझ्याउने र आफ्नो धर्म को प्रचार गर्नेहरु चण्डालहरु हुन्. संसारको इतिहास हेर्ने हो भने क्रिस्चियनहरुले जत्ति हिँसा फ़ैल्याएको अरु कसैले छैन. साम्राज्यवाद र उपनिवेशवाद लाद्न मा क्रिश्चियन धर्मको पनि सहयोगी भूमिका छ. बाइबल हातमा थमाएर जग्गा जमिन हडपिएको बारेको प्रसिद्ध कोटेसन सबैले थाहा पाएकै छन्. त्यो त्यसै भनिएको पक्कै हैन होला. तर पनि तुलनात्मक रुपमा बौद्ध र हिन्दु धर्म पछि प्रोटेस्टेन्ट(क्रिस्चियनको एक हाँगो) हरुलाइ उदार मान्न सकिन्छ.

    Reply
  11. डिल्ली says:
    September 16, 2014 at 3:16 pm

    धर्म, शास्त्र, कर्मकाण्ड, संस्कार भित्रको फरक नभए पछि कर्मकाण्ड, संस्कार र चालचलनलाई पनि धर्मसँगै जोडिदिएर धर्मको र धर्मशास्त्रको कम्जोरीमा बखान गाउँन रमाइलो हुने रहेछ । अहिँशाका पुजारी भगवान वुद्धका अनुयायी हुँ भन्नेहरू गाइको मासु खानुलाई धर्म ठान्छन् भने बुद्ध धर्मि हुन् सक्छ ? बाइबलमा छोरा वा छोरी जन्मिए सुतक लाग्ने (छोरी जन्मिए ६६ दिन र छोरा जन्मिए ३३ दिन पुरानो करार-लेभिटिकस)ले क्रिश्चियनले स्त्री र पुरुषलाई समान दृष्टिले हेर्छ भन्नु धर्मशास्त्रको बर्खिलाप हुँदैन ? त्यसै गरि पुरुष भगवानबाट सिर्जित र स्त्री पुरुषको करङबाट सिर्जित भन्ने शास्त्र बाइबल पूर्ण शास्त्र मानेर अरु धर्मका शास्त्रलाई होच्याउन मिल्छ ? त्यसै गरि ३५ वर्ष पुगेको छोरी बाबुले बिहे गर्न मिल्छ भन्ने बाइबलमा लेखिएको कुरा नयाँ संसोधित संस्कारणमा हटाउनु भनेको गलबन्दिले गाँड छोपे जस्तो होइन ? कुरान र बाइबलको पुरानो करार हुबहु उही हो । यी मूल शास्त्रमा कम्जोरी नै छैन भन्ने कसैको दाबी मान्नै पर्छ र भन्या ? यी चाहीँ कु-संस्कार कि कुधर्म? हिन्दू धर्मवालम्बिमा पनि कुसंस्कार हाबि छ । कुसंस्कार विस्तारै परिवर्तन हुन्छ । कुसंस्कार अज्ञानले जन्माउने हो वा पाखण्डिले लाद्ने हो । पाखण्डिहरू सबै धर्ममा ठेक्केदार सम्झेर मेरै राम्रो मेरै असल भन्ने हुन्छन् जस्लाई धर्मसँग जोड्नु सलाइ र लाइटर फ्याक्ट्रीले सलाइ वा लाइटर बनाइर घर जलाइदिए भने जस्तै पाखण्ड नै हो ।

    Reply
  12. amita says:
    September 16, 2014 at 3:10 pm

    यहाँ कमेन्ट गर्ने मध्ये धेरै त जन्म ले हिन्दु नै होलाओं जस्तो लाग्छ मलाई तेसैले पनि हिन्दु धर्म को बारेमा धेरै राम्रा नराम्रा कुरा त थाहा हुने नै भयो तर केहि कुरा नराम्रो भयो भनेर त्यागेर मात्र समस्या समाधान हुन्छ र जहाँ सम्म अन्जु पन्त को धर्म परिवर्तन को कुरा छ त्यो उनको निजि कुरा हो यो कुरा लै लिएर हामी किन झगडा गर्दै छौं बरु हामी सक्छौँ भने हिन्दु धर्म का नराम्रा बिकृति हटाउने तिर सोचौं न हुन्न र किन कसैलाई तेरो धर्म यो नराम्रो छ तेसैले मैले धर्म परिवर्तन गरे भन्न दिनु किनकि हाम्रो सन्तान खराब छ भनेर हामी त्याग्दैनौ बरु उसलाई सुधार्न खोज्छौं हिन्दु धर्म आफैमा खराब छैन पछि आएर लादिएका बिकृतिहरु छन् तिनलाई हटाउने कोशिश गरौँ न

    Reply
  13. Ramesh says:
    September 16, 2014 at 2:31 pm

    अब खनाल सर ले हामी नेपाली नै किन भैरहने ? भन्ने लेख लेख्नु हुञ्छ नेपालमा पनि धेरै कमि कमजोरी र सुधार गर्नुपर्ने कुराहरु छन् /

    Reply
  14. SHADU says:
    September 16, 2014 at 2:25 pm

    एक हिन्दु हु तर म यसको राम्रो कुराको मात्र आदर गर्छु
    यसैमा मलाई गर्व पनि छ/

    तर अहिले नेपालमा घर घरमा गएर, बाटो बाटोमा कतै हिडेका मान्छेको समयको खयाल नगरी क्रिस्तियन धर्मको, जो प्रचार भैरहेको छ त्यो त बस्ताबमा बस्तुको बिज्ञापन जस्तो मात्र हो, जस्तो कि हाजमोलाको बिज्ञापन/ यसलाई सुधार गरेर चर्चमा आउनेलाइ स्वीकार गर्ने कि, बजारमा धर्म को ग्राहक खोज्दै हिड्ने? चाहे हिन्दु चाहे अरु कोइ,.. धर्म अपनाउने ग्राहक खोज्दै नहिदौ, / जो आफै धर्म परिवर्तन गर्न चाहन्छन तिनलाई अवस्य माया गरौ//

    आफ्नु इच्छा छ भने ठिकै छ, होइन भने पैसा या अरु कुनै लालच मा धर्म परिवर्तन नगरुन//

    अन्तमा my sansar ले धर्म सम्बन्धि विवाद बढें कसैको फाल्तु व्यक्तिगत बिचारहरु पोस्ट नगरोस, बरु अरु कुनै असल सामाजिक त समाजको भलो हुने खुराकहरु मात्र पोस्ट गरोस.

    Reply
  15. cRIS says:
    September 16, 2014 at 1:18 pm

    हामी हिन्दुहरुले के बुझ्नु पर्ने भा’छ भने, “आफ्नो थैली कस्नु, छिमेकीलाई दोष नदिनु”!

    धर्मको म्याराथन दौडमा हाम्रो धर्मले राम्रो गरोस भन्ने हामी चाहन्छौ भने, हामीले हाम्रो धर्मलाई,
    -चुस्त दुरुस्त
    -छिटो छरितो
    -पारदरसी
    -र आकर्सक बनाउदै लानु जरुरी छ| अरु फटाफट अरु धर्ममा बदलिंदैछ, भन्दै रोदन काढ्नु भन्दा र पिरलो गर्दै बस्नु अझ भएन राज्य शक्तिको दुरुपयोग गर्दै रोक्न खोजेमा त्यसले अवस्य भिडन्त निम्त्याउद छ|

    अरु धर्मले के चिज तेस्तो गर्दैछन, जुन हाम्रो धर्मले गर्दैनन्? यहाँ खोतलेर बुझ्ने, त्यसलाई तुरुन्त सल्टाउने| हिन्दु धर्मले के के गर्दैछन समाजमा र यस धर्म प्रति मान्छेको बितृष्णा जाग्दैछ, यो पहिल्याउने, बुझ्ने र तुरुन्त “सहि” गर्ने| हो, यसरि हो यसलाई सम्बोधन गर्नु पर्ने!

    तर, राज्य शक्तिलाई दुरुपयोग गरेर, आफ्नो दुनो भर्ना रोईकराई गरेर त कसरी हुन्छ?? संसारले हेरिरहेको छ हामीलाई! मान्छेलाई पशुको जस्तो ब्यबहार नगरौ!! अरु धर्ममा “जे जस्तो कारण”ले गए पनि, तिनीहरुलाई “खबरदारी” गर्ने, पख्लास भन्ने, जबर्जस्ती रोक्ने, जान पाउदैनस भनेर कहा हुन्छ आजभोलिको जमानामा??!

    सबैले बिचार गरुन| अघिल्लो पीढीले यो नाबुझिदियेर यस्तो हुदैछ अहिले, हामीले पनि त्यहि गल्ति नगरौ!!! चेतना भया| दोष थोपर्नु बन्द गरौ|

    Reply
  16. Urban tamang says:
    September 16, 2014 at 12:59 pm

    सत्य कहेलै दक्दैना, जुन कुरा साचो हो त्यो जति बिरोद गरेपनि लान्छना लगाए पनि त्यो पुरा भएर चद्छा तेसैले साथी हो बेकम्म मा के फुर्ति लागीरहे को.

    Reply
  17. sushil paudel says:
    September 16, 2014 at 11:56 am

    खनाल जी को कुरा समसामयिक छन्, धर्म को नाम मा भएको बिकृति सुधार गरौ भन्ने उहा को भाब एकदम सकारात्मक छ, हामि बेद मा एस्तो छ उस्तो छ भनेर नाक केरा को को जत्रो बनाउने तर चाल चलन हरु उही पुराना रुनिबादी कुरा हरु अनुसरण गर्ना ले नै हिन्दु सम्प्रदाये को छेय भएको छ, एस्लाई सुधार गर्नु पर्छ खासगरी छुवाछूत त कुनै हालत मा पनि स्वीकार गर्नु हुदैन

    Reply
  18. Upaman says:
    September 16, 2014 at 11:24 am

    हे मेरा गुनाधिपति
    तिम्ले यो पुरै लेखमा हिन्दु हरुलाई गाली गर्ने काम सिबाय केहि गरेका छौ ? यो भन्दा अघिल्लो लेखमा पनि गाली नै गर्याथेउ, यो लेखमा पनि तेही गर्या छौ । हे मनुवा तिमि त युगौ युग देखि लाखौ करोडौ मान्छे हरुले मान्ने धर्मको खाली नकारात्मक पक्ष मात्र औलायेर यो लेख्दै छौ । लौ तिम्ले नै भनेका सप्पै कुरा माने मैले तर के यो धर्ममा सकारात्मक भन्ने केहि पनि कुरा छैनन् त । तिम्रो दिमागमा सकारात्मक भन्ने कुरा त केहि पनि छैन कि के हो ? कि त तिम्ले येति संबेदनशील बिषयमा कलम चलिसके पछि गुण दोष सबै कुरालाई केलौना सक्नु पर्थ्यो, होइन भने तिम्रो यो एकतर्फी कुरा सब bullshit बाहेक केहि होइन। हेर मा तिम्लाई honestly भन्दै छु, तिम्लाई लेख्ने रहर छ बने अरु बिसयहारुमा लेख, तर यस्ता वाहियात लेख लेखेर मान्छेहरुलाई agitate गर्ने काम नगर…नरिसाउनु , तर साच्चई भन्या हो ।

    Reply
  19. deepsarn Jung JPN says:
    September 16, 2014 at 11:07 am

    यहा त सु (सुसिल) र गु (गुणाधिस्) को दोहोरी नै पो चल्यो बा.. धर्म धर्म भन्दै उफ्रिने हरु सन्सर कै ठुला पापी हुन

    Reply
  20. Atika says:
    September 16, 2014 at 9:52 am

    प्रिय गुनाधिशजी,

    तपाईको लेखको शिर्षक हेर्दा धर्म सम्बन्धि नभई WWE कोपो हो कि जस्तो लग्यो। लेखले शिर्षकको नाक पनि राखेको छ। तपाईले अन्जु पन्तसंग समस्त हिन्दुहरुको तर्फ़ बाट माफी माग्नु भयो। तपाईले कसरी समस्त हिन्दुलाई पर्तिनिधित्वो गर्नु हुन्छ? यो अधिकार तपाइलाई कस्ले दियो? र जो अन्जु पन्तसंग माफी माग्दै हुनुहुन्छ नि, वहाको भजन गाउदिन भन्ने अडान धार्मिक बिबादसंग जोडिएको थेन। वहाका fan हरुले राखेको बिचार प्राय जसो एउटा कलाकारले जुनै पनि गीत गाउनु पर्छ भन्ने थियो। येश्लाई धर्मको रुप दिएर आफ्नो पर्चार तपाई गर्दै हुनुहुन्छ। जुन धर्ममापनि येस्तै हुन्छ भन्ने प्रबिर्ती बडो डरलाग्दो लाग्ने हैन तपाईलाइ? तर तपाई आफै भन्ने एउटा धर्मको criticize गरेर अर्को धर्मको बखान गर्दै हुन्छहुन्छ। त्यो चाही तपाईलाई डरलाग्दो लाग्दैन?
    Another point of arrogance and ignorance; मेरो लेख खरो छ भन्नु हुन्छ। खरो लेख लेख्ने बितिकै कोइ खगेन्द्र संग्रौला पनि हुदैनन् न नै साचो हुन्छ। तपाईको लेख साचो किन छैन भने तपाईको लेखमा आध्यान र researchको कमि सपस्ट देखिन्छ। So called atheist धर्म परिवर्तन भै रहेको थाहा पाए पछि हतास भएका छन् भनेर statement दिनु भएको छ? येशको reference के हो? तपाइको कल्पना या कुनै research छ तपाईको statement backup गर्ने? डरलाग्दो प्रबिदी त एस्तो काल्पनिक statement दिनु हो। अनि अर्को कुरा research proves that Hindu religion as an institution is the poorest one। हिन्दु धर्म मा missionary हरुलाइ जस्तो support गर्न सक्ने आर्थिक क्षेमता छैन। Missionaryहरुको pamphlet printing मा मात्रै million dollars बर्सिक खर्च छ। उनिहरु को चर्च धनि छ। Donation हरु ओवर billion dollars मा छ। हिन्दु धर्म को अवस्था एस्तो छ कि South Korea मा बिगत १० barsha देखि एउटा मन्दिर बनाउने जोड अहिले पनि सहयोग को कमिमा येथावत छ। तपाई को घरमा हिन्दु missionary नआएको धर्म को दोषले होइन यो आर्थिक अवस्थाले हो। Religion सम्बन्धि research journal पद्नु होला यी कुराहरु मैले तेही बाट लिएको हो। बाकी रहयो Taboo को कुरा। एस्तो धर्म को कुरा लेख्नेले Dan Brown त पद्नु नै भएको होला। Brown says there’s no society and so forth religion devoid of Taboos. Taboos are omnipresent.
    P.S. I was an orthodox Christian before going agnostic; in case if you are thinking I am just another hindu shouting over your write up

    Reply
  21. Ramesh Aagyani says:
    September 16, 2014 at 9:35 am

    नभनौ भन्दा भन्दै लेख्न बाध्य बनाउनु भो। यो लेखमा खास मा कुरो को चुरो के हो बुझ्न सकिएन तर तपाइको “जुन धर्ममा पनि यस्तो समस्या छ भन्ने तर्क बडो डरलाग्दो प्रवृति हो” भन्ने बाक्य पढेपछि लेख्ने कर नै लग्यो भनौ। हुनत नेपालमा धर्मको बारेका खासै जानकारी राखिएन तर अमेरिकामा आएपछि क्रिस्चियानिटीको बारेमा कलेजमा एउटा कक्ष्या लिएपछि र अमेरिकाको बसाइको क्रममा धेरै कुरा जान्ने मौका मिल्यो। तेसपछि जन्मिएको कौतुहलताले पुर्बिय सनातन धर्म सम्बधि पनि बेला मौकामा अध्यान गर्ने गर्दछु। यी अनुभबको आधारमा इसाई धर्ममा के समस्या छ र पुर्बिय सनातन धर्म र पश्चिमी अब्रहिमिक धर्मको (येहुदी, इसाई र इस्लाम) भिन्नता को बारेका छोटो बहस तल राख्दछु। मेरो मर्म कसलाई तल पार्नु हैन तर सबै धर्ममा समस्या छन् भनेर प्रस्ट पर्ने चेस्टा हो।

    १. पहिलो समस्या त आफु मात्रै गतिलो र दैविक अनि अरु सबै अगतिलो, दानबी भन्ने जगमा जन्मिनु नै इसाई धर्मको ठुलो समस्या हो। इसैको भगवान मानेन भने सदै भरिको लागि नर्कमा जानु पर्छ रे। अरु सबै भगवानहरु सैतान हुन् रे।यो समस्या इसाइको मात्र नभै सबै अब्रहमिक धर्मको समस्या हो। आफुमा मात्र सत्यता देख्ने अनि अरु सबैलै अगयानी भनेर हुन्कार्दै हिड्ने यो समस्याले इतिहास देखि बर्तमान सम्म धेरै ठाउमा ठुला ठुला द्वन्द र नरसंहार भएका छन्। पुर्बिय विश्वमा पुर्बिया धर्मको कारणले तेस्तो किसिम को कहिलै देखा परेन। पुर्बिय धर्म दर्शनमा आधारित छन् र मनिषलाई चिज हरफ का हरफ गर्नु पर्छ र सत्य मार्ग एउतै छन् भन्ने दाबी कतै गरिएन। बेदको सुरुवात नै चिन्तन बाट भएको छ। सबै भन्दा पुरानो बेद रिग्बेदको सुरुको हरफमा श्रिठि को बारेमा एस्तो भनिएको छ – “कसलाई के नै थाहा छ र, कसले के नै देखेको छ र, हुनसक्छ भगवानले हाम्रो श्रिठि गरेका हुन्, वा हुनसक्छ हाम्ले भगवानको श्रिठि गरेका हौँ।” तेस पछि अग्नि, बरुण (पनि) बायु आदिको बारेमा बर्णन गरिएको छ। तेइ चिन्तनको क्रम मा ऋषिहरु द्वारा उपनिषद्को पनि सिर्जना भयो। कति जनालाइ थाहा छन् कुन्नि, उपनिषद्हरुमा ६ ओटा दर्शनको कुरा गरिएको छ। तेस्मा एउटा दर्शन “नास्तिकता” पनि पर्दछ। यी चिंतन को क्रम मा निस्कर्ष भनेको मुक्ति तिन प्रकारले हुन सक्छ भन्ने निस्कर्स निक्लिएको छ। ति हुन् भक्ति, कर्म र ज्ञान। हमिले चिनेको धर्मको र्रूप भक्तिमा आधारित हो भने कर्म र ज्ञान तर्फको चर्चा कमै हुन्छ।भक्ति र कर्म काण्डमा प्राय मान्छे हराउन थालेकोले बुद्धले कर्म र ज्ञान मोक्छ्यको दर्शनलाइ जोड दिएका हुन्। भन्न खोजेको के हो भने पूर्वमा जैले पनि भिन्न भिन्न दर्शन लाइ स्थान दिने चलन भयो र कहिले पनि धर्मको बाटोबारे संघर्स भएन।

    २. अर्को इसाई धर्म भित्रै पनि टन्नै समस्या छन्। ऐले पनि क्याथोलिक चर्चमा हुने गरेको साना केटाहरुको यौन हिम्साको समाचार जो सुकैले पनि सुनेको होलन।धर्म कै आधारमा रंग भेद ले पनि आश्रय पाको छ। येही अमेरिकामा पनि गोरे र काले ले बिहे गरे पनि कुनै दुर्गम ठाउँ तिर चर्च निकाला गर्ने गर्छन। भगवान ले कालो बनाको कालो संग बस्न हो रे अनि गोरो गोरो संग। यो र नेपाल को जात बिवेध को के नै भिन्नता रह्यो र। एस्ताकुरा समाजमा सृजित भएका कुरा हुन् र जब मान्छे को ज्ञान र आर्थिक आवस्था सुद्रिदै जान्छ तब आफै बिलय हुदै जान्छ। नेपालको जात पात पनि सबको प्रगति हुदै जाने हो भने आफै बिलौदै जान्छ। बाइबल भित्रै को कुरा गर्ने हो भने पनि धेरै नमिल्ने कुरा छन्। तपैले गणेश र मुसा को कुरा उठाउनु भाकोथ्यो , तेस्ता कुरा तान्ने छ बाइबलमा पनि। भगवानलाइ श्रीस्थी गर्न ७ दिन लग्यो रे। तेस्तो खतरा सक्तिशाली भगवान लाइ किन ७ दिन लाग्दो हो। अनि तेस्त सक्तिशाली भगवान भैकन प्रिथिबी मै उनको मात्र धर्म बनाएर श्रीस्ती गरेको भए हुन्थ्यो नि। तर हिन्दु बुद्द धर्म पैले कसरि आएछ ? अनि पहिलो मान्छे अदम। अनि उसको बुडी इव चै अदमको करंगको हड्डी बाट बनेको रे। लोग्ने मान्छे को हड्डी बाट स्वास्नी मान्छे कसरि बनौन मिल्दो रैछ कुन्नि ? अनि उनीहरुको छोरा छोरि भो रे अनि तिनको छोरा छोरि चै कसरि भएछ ? त्यो अनुसार हामी मान्छे हाडनाताको सम्बन्दले बसेको हो भन्ने अर्थ लाग्ने भो। अनि यो संसार ६,००० वर्ष पुरानो भो रे। तेसो भए डाइनोसोरको हड्डी कसरि आयो ? प्रिथिबी यो ब्रह्ममण्डको केन्द्र मा छ रे। तेइ भनेर ग्यालिलियो लाइ झन्डै मारेनन्। युरोप मा बिज्ञान को बिकाश हुदा भगवान लाइ प्रश्न गर्ने भन्दै कति मान्छे मारियो कति कोपरनिकस जस्तालाई देश निकाला गरियो। येस्ता उदाहरण कत्ति छन् कत्ति। भन्न खोजेको के हो भने समस्या जुन धर्म मा पनि छ। तेसैले अर्करो आस्थालाई पैताला ले नाकुल्चिउँ , जसरि हिन्दुले बुद्दको र बौद्धले हिन्दुको आदर गरेका छन् तेस्तै गरौ भनेको हो।

    साएद तेइ भएर होला पश्चिममा मान्छेको पुर्बिय दर्शन प्रति चासो बढ्दो छ। योग त नेपाल भारत मा भन्दा यता जता तेतै गर्न पयिंछ। अमेरिकाको अणु बम बनाउने ओपेनहेइमरले संस्कृत सिकेरै गीता पढे। क्वनटम फिजिक्स को स्रोदिन्गेर पनि सनातन धर्ममा भिजेका थिए। आइन्स्टाइनको पनि हिन्दु उपनिषद्हरु र गीता प्रति ठुलो लगाब थ्यो। हेनरी थोरो भन्ने लेखक ले त दर्शन नै भारत बाट सुरु भएको हो पनि भने।बुद्धको उपदेश ले पनि हिट खाकै छ। भन्न खोजेको के हो भने जब मान्छेहरु को ग्यान बढ्दै जान्छ तब इसाई धर्म को अहंकार छाडेर पुर्बिय सनातन दर्शन प्रति चासो र लगाब बढ्दै छ। अनि तेस्ले तर्सिदै इसाई धर्म किन्नेले गरिब देशहरुमा गएर धर्म परिबर्तन गराउदै हिडेका छन्।

    Reply
  22. chitra says:
    September 16, 2014 at 8:35 am

    गुनाधिस जी म कहिल्यै भन्दिन कि मेरो शरीर मा मयल पर्दैन भनेर तर शरीर मा मयल बस्यो भने त्यस लाई सफा गर्ने कि नया नया लुगा लगाएर ढाकछोप गर्ने यदि तपाई त्यो मयल लाई कहिले पनि सफा गर्न सकिदैन भन्ने सोचाई मा हुनुहुन्छ भने तपाई निरासाबादी मान्छे हो

    Reply
  23. शशङ् लामा says:
    September 16, 2014 at 8:24 am

    मेचीपारिका बराल र बराइलिहरु एउटै टेबलको वरिपरी बसेर गोरुको मोमो ढुक्क संग खाइरहेका हुन्छन भने मेचिवारी चैं अझै पनि छोइछीटो गरिरहेका छन् | एउटै परिवेश, एउटै संस्कृति, एउटै मानिस …..उदेक होइन त ! सबैले गोरुको मासु खानु पर्छ भन्न खोजेको होइन है ! फेरी गोरुको कुरामा अत्तो नथापुं ल ! चिकेनको मोमो खाए पनि हुन्छ !

    Reply
    1. Shankar says:
      September 16, 2014 at 9:32 am

      अनि मेची पारिका ले गोरुको मासु खाएर चन्द्रमा तिर हानिएका छैनन् होला मेची वारिकाले न खाएर भोक भोकै पनि मरेको छैन होला ?
      खाएमा पनि न खाए पनि ,उनीहरु को परिचय मेची वारि र मेची पारीको नै हो |
      गाइ आमा मान्ने हरुले आमाको श्रीमान को मासु खाएको मा नातिकुटी गरे त् के अचम्म ?

      Reply
  24. हेमन्त कार्की says:
    September 16, 2014 at 8:14 am

    { हिन्दुहरु संधै हिन्दु नै किन भै रहेने ? प्रमुख मुद्धा अझै त्यहीं छ, ज्युँ का त्यूँ। }
    (“जात भातले धर्मलाई त के मुलुकलाई उँधो गति लिइरहेको छ। कोइ हिन्दुले यो मेरो कारण भएको हैन भन्न पाउने छैन। पुर्खाले गल्ति नै गरे पनि सच्चाउने छुट सबैलाई छ।”)
    गुणाधीस खनाल ज्युले बहसको बास्तबिक चुरो पक्रिनुभाएको छ। हामि कहा चुक्योउ हाम्रो गल्ति के भनेर केलाउने इच्छा, क्षेमता हामीमा छैन। धेरै जनाले मैले बुझिन भन्नु भयो भने कति जनाले उहाको कटु आलोचना र खेदो गर्नु भयो। किनकि उहाले हिन्दु धर्मको ज्यादा गुनगान गाउनु भएन ।
    “गोर्खालीहरु होचा कदका हुन्छन तर उनिहरुमा अदम्य साहस हुन्छ” तत्कालिन सत्रु ब्रिटिश आर्मी चिफले लगभग २५० वर्ष अघि गरेको तारिफ अहिलेसम्म हामीले भुलेका छैनोउ। र भुल्न पनि चाहदैनोउ किनकि अहिले त जित्न सक्ने होइन। तर हामीले यो सोचेर बुझेर यसो गरेनोउ। यदि हामीमा एस्तो प्रयोगात्मक परिक्षन गर्न सक्ने खुबी भैदिएको भए अहिले यो हालत हुने थिएँन।
    यो सब हुनुको प्रमुख कारण सिक्षाको अभाब हो “”प्रजा बलिया भए दर्बार बलियो रहन्छ “” भन्ने कुरा बुझेकाले “”प्रजा सिक्षित भए दर्बार कम्जोर हुन्छ “” भन्ने पनि बुझेका थिए। कम्तिमा वा सरडर Bachlor Degree सम्म सबै नेपालीको पहुच र प्रजातन्त्रको सहि उपयोग बेलैमा भैदिएको भए। र जातभात भन्ने नभएको भए आजको अवास्थामा आइपुग्ने थियेनोउ।

    हेमन्त कार्की
    Dubai

    Reply
  25. Regmi says:
    September 16, 2014 at 7:39 am

    दशैको सुभकामना नगाउने “अन्जु पन्त” को भनाइ लाइ लियर हिन्दु धर्म बारेमा तर्क, बितर्क नेपाल लगायत संसार भरिका नेपालीहरुले चलाय/ “अन्जु पन्त” को केहि समय पहिलेको र हालैको भिडिओ विरोधाभास देखियो/ भनिन्छ शिक्षक, चिकित्सक, कलाकार र सुरक्षाकर्मीहरु सिमानाबिहिन हुन्छन/ परिपक्को हुन अझै समय लाग्ने पो होकी ?

    हिन्दु धर्म ठिक वा बेठिक भन्नु भन्दा पहिले त्यो सम्बन्धि राम्ररि अध्यनगरेको हुनुपर्यो/ जहासम्म बिबाह र जातको कुराछ पहिले हामि सबैको चेतना र शिक्षाको स्तर बढ्नुपर्यो त्यसपछि क्रमश यिकुराहरु बदलिदै जान्छ / अरुलाई हानि नगरी आफ्नो निर्णय गरौ, समस्या कम हुञ्छकि ?

    Reply
  26. Jiban sharma says:
    September 16, 2014 at 7:04 am

    मेरो बाअामा गरीब भएपनि धनी भएपनि तिनिहरू नै प्यारा छन्, तिम्रो बाअामाको सम्पन्नता वा विपन्नता सग मलाई मतलव हुदैन। तिम्रो चित्कारको जवाफ यत्ति छ म संग ।।

    Reply
    1. Bipin Sharma says:
      September 16, 2014 at 11:05 am

      तेसो हो भने एउटा कथित दलित भन्दै उसलाई छुवाछुत गर्ने अनि उसले धर्म परिबर्तन गर्यो उसको आत्मा सम्मान को लागि भने फेरी किन dako छोडेर रोएको त ! जसले उसलाई खुसि परि हाम्रो समुदायेमा मिल भन्छ उ तेसै गर्छ किन रुनु !!!!!!!!

      Reply
  27. cRIS says:
    September 16, 2014 at 6:48 am

    धर्मको डोली चढेर आएका हुनाले, राजसंस्था भूइँमा पछारिएको हो! (यो सत्य हो) अब देशलाई पनि नपछारौ!!
    धर्म र देशलाई अलग्गै राख्न नै बिबेकशील हुनेछ| हिन्दु धर्मभीरुहरुले पनि जबर्जस्ति नगरुन र अरुहरुले पनि यसलाई “बीच”मा नल्याउन|

    Reply
  28. krishna gopal bhaila says:
    September 16, 2014 at 6:27 am

    गुणाधिस जी,
    समस्या कही र केहि मा छैन सोच मा मात्र हो दि जुद्द सलाई कार्खाना ले बनाएको सलाई ले तपाइ को घर जल्यो भने के सलाई कारखाना लाई दोष दिने ? वा एक बुद्दिजिवी को सोच ।
    कारीब छ सय पच्चिस बर्ष अगाडी नेपाल मा बिदेश बाट बिदेशी प्रशिक्षक ल्याएर केहि कुरा को प्रशिक्षण दिनु सम्भव थियो ? जयस्थिती मल्ल लाई दोष सजिलै दिना सकिन्छ जात पात को बर्गिकरण गरे भनेर तर हजूर जस्तो महा ब्रह्म ज्ञाणी ले बुझु पर्ने हो नेपाल का जत्ती पनि दलित छन ति सबै बिश्वो भरिका पहिलो स्वो उत्पादित टेक्निसिअन हुन । अरु लाई जस्तो प्रशिक्षण को जरूरी छैन तीनलाई ।
    रह्यो छुआ छुट को कुरो
    ०६२-३ साल सम्म दमाइ कामी भन्नु हुन्नाथयो अहिले आफ्नो थर को सङ्घ खोलेर सम्बिधान सभा को सदस्य मागेका छन । पद लिने दलित को नाम मा अनि पण्डित भन्दा ठुलो भन्ने ?
    छ कोही माइ का लाल आज भोली बि क नलेखी कामी लेख्ने ? नेपाली नलेखी दमाइ लेख्ने ?
    धर्म सबै उत्कृस्ट छन कसैको बिरोध उचित होईन

    Reply
    1. Bipin Sharma says:
      September 16, 2014 at 11:17 am

      खनालजीले हाम्रो सास्कृतिक ब्यबहार ले गर्दा यही समाजको अर्को समुदाय ले अपहेलिइत महसुस गर्यो र जहाँ सम्मान पाइञ्छ तेतै गयो हाम्रो सास्कृतिक ब्यबहारमा परिबर्तन गरेर सबैलाई समान ब्यबहार गरौ कसैले धर्म परिबर्तन गर्दै गर्दैन भन्ने भावनाका साथ् लेखिएको लेखमा एकदमै पुर्भाग्राही भएर टिप्पणी गर्नु उचित होइन कि ! खनालजी को उदेश्य हामीमा परिबर्तन जरुरि छ भन्ने हो ! या लेखिएका बिरोध हरु यथार्थ सहन मुस्किल भएपछिको बिस्बमन हुन् !

      Reply
  29. Ram Gopal Bista says:
    September 16, 2014 at 6:24 am

    यो माथापच्चिले अब हाम्रो मुलुकमा फेरी के खाले उदण्ड मच्चाउने हो कुनै ठेगान छैन है. किन भने संसारमा सबै भन्दा धार्मिक सहिस्नुता भएको मुलुक हाम्रो नेपाल र हामि नेपाली नै हौं. तेसैले लेखकजी लाई यो अनुरोध गर्दछुकी तपाईं आफुले ग्रहण गर्नु भएको धर्ममा लीन हुनुहोस नकि अरुको धर्मलाई नानाभातीका आक्षेप लगाएर धर्मको नाममा संग्राम मच्चाउन उद्देत हुनुहुन्छ. तसर्थ यो च्याप्टर क्लोज गरेर धार्मिक सहिस्नुता दर्साउनु होस् एसले हामि सबैको कल्याण हुन्छ है.

    Reply
  30. bishnu says:
    September 16, 2014 at 4:18 am

    यी सबैको एकल समाधान छ साथीहरु नेपाललाई हिन्दु-बौद्ध राष्ट्र घोसणा गरि, स्वर्गीय श्रुतीकी पुत्री ग्रिवानीलाइ रानी बनाउनु पर्छ !! होइन भने भोलि नेपाल अर्को सिक्किम बन्ने पक्का छ !

    Reply
  31. Shankar says:
    September 16, 2014 at 3:53 am

    मुसलमान ले बाहेक अरु ले धर्म लाइ तेती कट्टर रुप मा लिदैंन | हरेक धर्म मा २ थरि मान्छे छन् एक थरि तेही धर्म मान्ने कुल मा जन्मेका तर धर्म लाइ तेती महत्त्व न दिएर बसेका , आर्का थरि धर्म लाइ नै पेसा बनाएका बा राम्ररि धर्म मान्ने हरु |
    म हिन्दु धर्म मा जन्मे को , तर मैले कट्टर रुप मा धर्म मान्दिन को मतलब अरु हिन्दु हरु क्रिश्यन भए , बा जबर्जस्ति बनाइए म लाइ बाल मतलब छैन भन्ने कदापि हैन |
    हरेक बुद्दिस्ट , हिन्दु बा जो कोइ पनि ले चासो राख्ने पर्छ | सालिन ता को मतलब कमजोरी हैन | कोइ चुप बस्यो , एसको मतलब त्यो लाटो भन्ने अर्थ लगाउन हुन्न |
    किन तपाइँ उफ्री उफ्री , हेन्दु धर्म येसो हो ,उसो हो भनेर अर्थ लगाउन हुन्छ ? पुछार समाएर हिन्दु धर्म भनेको लट्ठी रहेछ , बा गेडा समाएर यो डल्लो रहेछ भनेजसो कुरा किन गर्नु हुन्छ ?
    तपाइँ , बा जो कोइ पनि जानेर , बुझेर बा हिन्दु धरम को जाति पाटि प्रथा पिडित भएर , स्वबिबेक ले क्रिस्याँन , मुसलमान बन्छ भने बन्नुस |
    तर केहि टर्मस एण्ड कन्डिसन छ |
    १) प्रलोभन , जाल झेल बाट, गलत प्रचार गरेर धर्म परिबर्तन गराउन पाइन्न
    २) तपाइँ हिन्दु धर्म लाइ घृणा गर्नुस , म नामानुला तर अरु करोडौ आस्था राख्ने भएकोले
    अरु धर्म सग तुलना गर्दै निन्दा गर्न पाइन्न |

    धर्म नाम्मन्ने नास्तिक ले पनि आफ्नो धर्म को बारेमा चासो राक्छ , किनकि धर्म भनेको धर्म मात्र हैन आफ्नो समुदाय को संख्या सग जोडिएको , बसोबास सग जोडिएको आदि कुरा हो |

    Reply
  32. suman (Australia) says:
    September 16, 2014 at 3:46 am

    ‘म हिन्दू हुँ, तर मलाई बाल छ’ ‘I don’t care about religion’ भन्ने युवाहरु धेरै छन्। तर फेरी त्यै बाल नदिने अर्ध नास्तिक हिन्दुहरु धर्म परिवर्तन भै रहेको थाहा पाए पछि हतास भएका छन्। बाल नदिने अनि हातस पनि हुने…

    तपाईको घरमा चोर आयो भने तपाई लाठी लिएर बाहिर जानुहुन्छ तर सधै चोर आउछ कि भनेर लाठी लिएर बाहिर बस्नु हुन्न तेस्तै हो जब आफ्नो धर्म मा केहि ठोस पुग्छ अनि सबैजना चनाखो हुन्छन त्यो पण्डित हो या अर्ध-नास्तिक (तपाई को भाषा मा ) यसो भन्नु को अर्थ म हिन्दु धर्ममा आस्था राख्छु तर पण्डित जस्तो सधै पूजा गर्दिन भनेको हो . जस्तो अरु धर्म मान्ने हरु पनि सबैजना चर्च र मस्जिद सधै जाने पूजा गर्ने गर्दैनन्. धर्म भनेको पूजापाठ मात्र होइन आस्था पनि हो . तपाई बढी सब्द मा जानु हुदो रहेछ.

    Reply
  33. Limbu HarataraH says:
    September 16, 2014 at 3:18 am

    धर्मले त नि चारैतिर लडाइ I त्यसैमा जातपात छ I तलमाथि, चिसो-तातो सिम्पल I अनि त्यही हो नि हाम्रा राम्रा-चाम्रा कुरा-कहानी, संसार चल्ने बानि I तपाईहरु सबैका विचार, निचार गर्दै जादा सबैलाई अलमल पार्दै हुनुहुन्छ ! कृपया, सामान्य शब्दमा, सरल रुपले सबैले भन्न खोजेको कुरा राखे बेश अबका दिन..I प्रस्तुतिमा भने विचार, पक्का धमाकेदार, परिस्कृत, भरिपूर्ण झैं छ, माने है ‘खनाल’ जीलाई !

    Reply
  34. CIsSharp says:
    September 16, 2014 at 3:17 am

    प्रतिसोधात्मक लेख.
    कस्तो छेउ न टुप्पोको कुरा हो यो? कसले भनेको छ र हिन्दु धर्म नै मान्नुपर्छ भनेर? जुन धर्म मानेपनि अरु धर्मको सम्मान गरौ पो भनेको होत। एती बुज्ने दिमाग पनि $ मै बेचिसक्यो कि के हो? स्वर्गदारिमा धर्म परिबर्तन गर्न खोज्ने हिन्दु भन्दा नि जबर्जस्ति $ दिएर दरमा परिबर्तन गराउने खोज्ने धेरै होलान। तर पनि अजै नेपालमा ८०% हिन्दु नै छन्। यो हो हाम्रो आस्था।
    पैसाकै कुरा गर्ने हो भने त धर्म परिबर्तन गराउनेहरुले पनि धर्म परिबर्तनमा $ खर्च गर्नु भन्दा सामाजिक कार्यमा लगाउदा राम्रो नि हैन र? ए साचै येसो गर्दा तापैहरुजस्ता ‘परिबर्तानकारी’ हरुले $ पौदैन क्यार, बिर्सेछु।

    ॐ सर्वे भवन्तु सुखिनः
    सर्वे सन्तु निरामयाः ।
    सर्वे भद्राणि पश्यन्तु
    मा कश्चिद्दुःखभाग्भवेत् ।
    ॐ शान्तिः शान्तिः शान्तिः ॥

    Reply
  35. keli says:
    September 15, 2014 at 11:38 pm

    आफुले मन लागेको धर्म मान्न पाउने छुट सबैलाई छ तर फरक धर्म मान्छु भन्दैमा अरुलाई होच्याएर बोल्नु चाही ठिक भएन कुनै पनि धर्मले अरुलाई होच्याउनु भनेको छैन होला | धर्म परिबर्तन गराउदै हिड्नेहरुले इराक अफगानिस्तान मा गएर मुसलमान लाई क्रिस्चियन बनाएर देखाउन त , हिन्दु बुद्ध धर्म मान्ने लाई चेन्ज गराएर पौरखी ठान्नेहरु !

    Reply
    1. bishnu says:
      September 16, 2014 at 4:09 am

      तेही त आखिर के हामी हरु र हाम्रो धर्म बौद्ध-हिन्दु धर्ममा के तेस्तो समस्या छ र के हाम्रो धर्म मानब सभ्यतालाई खतरापूर्ण छ कि वा हामीहरु नास्तिक छौ ? धर्मको नाममा राजनीति बन्द हुनु पर्छ !
      अत्यधिक अशिक्षित रहेको हाम्रो जस्तो देशमा सबै भन्दा डरलाग्दो पक्ष्य धर्म परिवर्तनले ल्याउन सक्ने सामाजिक र राजनैतिक दुर्घटना हो, जस्तो कि अफ्रीका र अन्य अरबिक देश मा देखियको छ ! तेसैले जब सम्म हाम्रा नेपाली जनताहरु पूर्ण रुपले शिक्षित हुँदैनन् तब सम्म संघठित रुपले गरिने धर्म परिवर्तन पूर्ण रुपले बन्द गरिनु पर्छ !

      Reply
  36. moon says:
    September 15, 2014 at 11:06 pm

    बाहुन-छेत्री नेपालमा २२-26% मात्र छन् र यसमा पनि ५-७% अरु धर्म मान्छन, बुद्ध धर्म मान्ने जस्तै मगर,राई,लिम्बु,गुरुङ,नेवार यी सबै जातिका अरु हरुले नि टिका लाउने,मन्दिरको दर्सन गर्ने (बुद्ध र हिन्दु धर्म मिल्दो-जुल्दो ) भएकोले नै हिन्दु ७०-८०% छ भनेको हो/
    तर धर्मको नाममा राजनीति गर्नु चाही बकबास हो/

    Reply
  37. krishna k shrestha"kals" says:
    September 15, 2014 at 10:46 pm

    गुणाजीको लेख पढेर खुसि त लाग्यो तर क्रिस्चिएन धर्मलाइ नै ठुलो, सत्य, सर्बेसर्वा भन्नु महा मुर्खता हो तपाइको , धर्म आफैमा सबै ठुलो हुन्छ आफ़्नोलगि

    अनि तपाइले हिन्दु धर्ममा ठुला जात ले सानो जात संग बिहे गर्दैन भन्नु भयो, त्यसो त क्रिस्चिएन मान्ने ले हिन्दु धर्म संग बिहे गर्छ त? यो पनि त एउटा सानो धर्म लाई हेपेको भएन र साथी? कि तपाइको धर्म मा पनि हिन्दु धर्ममा जस्तै अरुलाई भेदभाब गर्न पाउने भनेर लेखिएको छ यसको उत्तर दिनोस

    अनि, सबै लाई आफ्नो धर्मको बारेमा सबै कुरा थाहै hunchha भन्ने होइन, जति तपाइलाई थाहा होला तर पनि अझै तपाइलाई पनि जति बोल्नु भाको छ त्यति धर्मको बारेमा थाहा थिएन होला छैन पनि होला , जब तपाइले pahilo लेख मा धेरैको कमेन्ट पाउनु भो अनि किताबहरु पल्टाउन थाल्नु भयो होला मित्र

    यसैगरी , म अहिले जापान मा छु , यहाँ पनि धेरै धर्म मान्ने हरु छन्, तर सबैलाई धर्म को बारेमा थाहा छैन, अनि क्रिस्चिएन धर्म मान्नेले पनि नेपाल मा हिन्दु धर्म लाई होच्याए जसरि बुद्ध धर्म लाई होच्यौदैनन , न हिन्दु धर्म को तपाइले जस्तै खिल्ली उडाउछन

    सबै धर्मको आ आफ्नै पहिचान हुन्छ, छुट्टै बिशेषता हुन्छ
    तर, क्रिस्चिएन ले सबैलाई baibal जबर्जस्ति भिडाएर धर्मको बारेमा ज्ञान दिएको भन्नु सतप्रतिसत् गलत हो.

    Reply
  38. parashar says:
    September 15, 2014 at 10:29 pm

    सौताको रिसले पोइको काखमा मुतेजस्तो हो अहिलेको नेपालमा भैरहेको धर्म परिबर्तन !
    सुभासजी तपैले भनेको कुरो ठिकै हो “सामाजिक सद्भाव कायम राख्न जातपात, छुवाछुत, उचो-नीचो भन्ने कुरा त्यागेमा यो क्रम धेरै हदसम्म रोकिन्छ ”
    समयानुकुल जातपात, छुवाछुत, उचो-नीचो मा उल्लेख्य सुधार भैरहेछ एकै दिन या बर्षमा सम्भव पनि त हुदैन होइन र ?
    के दलित, जनजाती अनि समाजमा आफू सामाजीक र आर्थिक पक्षमा अवहेलित महसुस भएकाहरु ले हिन्दु धर्म छाडेर अरु कुनै धर्म अगाल्दैमा त्यो असमानता मा समानता आउला त ?

    Reply
  39. Kancha says:
    September 15, 2014 at 10:20 pm

    India had this kind of secularism long back (started around 1940-50’s)and everyone belief system had been being challenged. Now Nepal is passing through the same situation again with the Christian converting Hindu which is fairly easy to do. Obviously, Nepal cannot be and can never be only Hindu Country.(which it was used to be and had some pride before and get respected by near neighbour Bharat). However, Hindus are not like Muslims who can go against them and fight for religion.
    Finally “Change is inevitable” for good or for bad. only Time can tell..

    Reply
  40. G.K. says:
    September 15, 2014 at 10:06 pm

    धर्म परिवर्तन गर्न, गराउन नपाईने चाही किन रैछ ? जुनसुकै होस्, धर्म भनेको एक प्रकारको बकबास नै त हो !! जेपीटि || दुनिया मा सब कुरा परिवर्तन गर्न-गराउन मिल्ने, एउटा धर्म चाही नमिल्ने! एउटा अमुक धर्म मान्ने परिवार मा जन्म हुदै मा तेही धर्म मान्नु पर्ने रे कस्तो बकवास !!

    कसैले आफ्ना अनुयायी अर्को धर्म मा नजाउन भन्ने लाग्छ भने त रोक्ने तरिका नि धर्म मै हुनु पर्ने हो नि !! त्यहि भएर पाप को कुरा आएको होला | नत्र भने कानुनै बनाएर धर्म परिवर्तन लै कुनै तरिका ले बर्जित गर्नु मलाई उचित लाग्दैन ! आगे सबको आ-आफ्नै मर्जी !!!

    Reply
  41. MANIRAJ GAUTAM says:
    September 15, 2014 at 10:01 pm

    हामीले हिन्दु हुनुमा किन गर्व गर्ने त्?
    १. हामी त्यस्तो धर्ममा आस्था राख्छौं जसले हामीलाई सहिष्णुता र संसारीक मान्यताहरुलाई सर्वथा स्वीकार गर्न सिकाएको छ।

    २. हामी त्यस्तो धर्ममा आस्था राख्छौं जसको भाषा पवित्र भन्दा पनि माथिको पवित्र संस्कृत भाषा हो।

    ३. हामी त्यस्तो धर्ममा आस्था राख्छौं जुन धरातलनै डगमगाउने गरि भएका ठूला-ठूला आक्रमणहरुबाट आज सम्म आफुलाई बाचाऊँन सफल भइरहेको छ। के को आडमा त्? मात्र विश्वास र सहिष्णुताको।

    ४. हामी त्यस्तो धर्ममा आस्था राख्छौं जसलाई हामीले शुरु र अन्त्यनै नभएका पवित्र बेदहरुबाट प्राप्त गरेका हौँ।
    किताब भएपछि शरु र अन्त्य हुनैपर्छ भन्ने सोचिन्छ तर बेदहरु सोचको संकुचन होइनन् यी अध्यात्मिक चिन्तनहरुको ति महासागहरु हुन् जुन जति बुझ्यो उति गहिरिदै जान्छन्।

    ५. हामी त्यस्तो धर्ममा आस्था राख्छौं जसले हामीलाई समस्त नारी जतिकै सम्मान र इज्जत गर्न सिकाएको छ।

    ६. हामी त्यस्तो धर्ममा आस्था राख्छौं जसले हामीलाई अन्त्य बिनाको सृष्टिको शिक्षा दिएको छ। अन्त्य शरिको मात्र हुन्छ हाम्रोआत्मा चिरजीवि छ।
    अन्त्यको पुर्व अनुमान निराशावाद हो भने निराशावादी कथाचित अस्तिक हुन सक्दैन।

    सबै भन्दा महत्वपूर्ण हाम्रो धर्म मात्र त्यस्तो धर्म हो जसले मात्र अरु धर्महरुको अस्तिवलाई समेत स्वीकार गर्छ।
    सर्वबिदितै छ थुप्रै अरु धर्महरुले दोश्रो धर्महरुको अस्तित्व ठाडै अस्विकार गर्छन।

    धर्मको गन्तब्य के त्?
    धर्मको अन्तिम गन्तव्य मोक्ष हो मात्र मोक्ष।

    किन छन् त् यति धेरै धर्महरु छन् त्?
    मोक्ष प्राप्त गर्न रोजेको बाटाहरु फरक भएका हुन् । अब नदीहरु जता-जता बाट प्रबाह होउन न आखिरमा मिल्ने त् समुन्द्रमै हो।
    बुझ्नु पर्ने कुरा नदीहरु प्रबाह हुने फरक-फरक बाटाहरु धर्महरु हुन् भने समुन्द्र एक मात्र इश्वरको प्राप्तिको अन्तिम गन्तव्य वा मोक्ष।

    कसले गर्दा र किन फरक बाटोहरु रोजिए त् ?
    यसको अर्थ खोजिनु सर्वथा मुर्खता हुन्छ। हामी अरु धर्मको अस्तित्व स्वीकार गर्छौं भने मोक्ष प्राप्त गर्ने फरक बाटाहरुको अस्तित्वमा भ्रमित हुनु पर्ने प्रश्न नै उब्जिदैन।

    Reply
    1. cRIS says:
      September 16, 2014 at 6:42 am

      तपाईका बुंदाहरु आकासमा गुञ्जने आदर्श बाणीहरु जस्तै छन्! 🙂
      (फगत आदर्श)
      ~ तर हाम्रा वरिपरि धर्तीको यथार्थ एकदम बिपरित ध्रुबमा छ| सत्यलाई आत्मसाथ गरौ| मनन गरौ र सुधार तर्फ अबिलम्ब बढौ!

      Reply
    2. बिर्खे नेपाली says:
      September 17, 2014 at 3:55 am

      गौतम गुरु जी आफ्नो धर्ममा गर्व तेती गर्ने हरु किन आरु धर्म मान्ने ठाउँ मा जनाको लागि तछाड मछाड गरेको होला, धर्म सचिनै सहि भकोभय यो देश छोड्ने पर्ने थिऎन होला, हैनर राम्रो सग sochnuta , आफ्नो धर्म सुधारतिर कसले धेन दिनेहो, पक्कै पनि हाम्रो धर्ममा गल्ति त छ यसलाई बुझेर आघि badhe राम्रो हुन्छ जस्तो मलाई लाग्छ नत्र एकदिन यो धर्म लोप हुन्छ जस्तो लाग्छ हैनर

      Reply
    3. Shankar says:
      September 17, 2014 at 4:18 am

      मनिराज जी
      केहि प्रश्न हरु
      १) अनि पशुपतिनाथ मा उन्मत्त भैरब ले किन तेती सारो लिङ्ग ठाडो पारेको नि ?
      २) सिब लिङ्ग मा उठेको भाग सिबजिको , फ्यात्त परेको पार्बतिको भनिन्छ , अनि त्यो योनि भेदन मुर्ति लाइ किन पुजा गरेको ?
      ३) स्वस्थानी कथा अनुसार महादेव पार्वती एकान्त मा बसेको बेला अग्नि भिक्ष्या माग्दै आउछ अनि सिबजी ले सेतो पदार्थ दिन्छन अग्नि ले क्वाप्प खान्छन , अग्नि को पेट पोल्छ अनि गङ्गा मा ओकल्छन उनि गर्भवती हुन्छिन कुमार जन्मन्छन , यो कस्तो पवित्र कथा हो ?
      ४) द्रौपदी ले ५ पति राख्न हुने ?
      ६) देउता को राजा इन्द्र ले गौतम हृसी को श्रीमती राम्रो लागेर भेस बदलेर सम्भोग गर्न हुने ?
      ७) बिष्णु भगवान ले समेत भेस बदलेर वृन्दा को सति हरण गर्न हुने ?
      ८) भगवान सिब आफै पार्वती सग हिडिरा बेला पार्वती भन्दा राम्री मोहनी देखेर आफ्नो स्वास्नी छोडेर मोहनी को पछि लाग्न हुने ?
      तपाइले भने जस्तो मुल्लाह , पादरी, भिक्षु सब ले आफ्नो धर्म लाइ तेसै भन्छ |
      मलाई त् कुनै पनि धर्म अफिम नै हो जस्तो लाग्छ |

      Reply
  42. Bipin Sharma says:
    September 15, 2014 at 9:01 pm

    भोको पेट र गिराइएको आत्मसम्मानले धर्म चिन्दैन ! जता सम्मान पाइञ्छ उतै जान्छ! धर्म परिबर्तन गरे भनेर रुनु कराउनु कोकोहोलो गर्नु बेक्कार हो ! जनतालाई सिक्छित बनाउने, भेदभाब नगर्ने, जिबन निर्बाह गर्न बाताबरण बनाउने हो भने कुन तोरिलौरेले धर्म परिबर्तन गराउन सक्छ ? यो गारो बाटो नासमौने अनि सजिलो धर्म परिबर्तन गरे भनो रोयो आलु जस्तो …….हुने खाने कसले परिबर्तन गरेको छ ! सबैलाई हुनेखाने बनाउने अनि रुन बन्द गर्ने !

    Reply
  43. Aryan Sharma says:
    September 15, 2014 at 8:56 pm

    गुनाजी ले हिन्दु धर्मका केहि कमजोरी देखाएर ति कमजोरी सुधार्नुपर्ने तर्कलाइ उहा पास्टर भएको आरोप लगाएर उडाउन खोज्ने प्रवृति छ हाम्रो समाजमा. यो कस्तो खालको प्रवृति हो? के आफ्नो कमजोरी लुकाएर, अरुलाई उडाएर, अरुको दोष देखाएर आफु राम्रो भईन्छ त? आफु राम्रो भएर अरुले आफुलाई स्वीकार गरोस भन्ने भन्दा पनि अरुमा केहि खोट देखाएर आफु राम्रो बन्ने चाहना राख्ने हो त हामीले, हिन्दुले? अब हेरौ मलाई फेरी कति जना ले अर्को धर्म को मान्छेको आरोप लागौछां अनि कति dislike आउछ मेरो कमेन्टमा.

    Reply
  44. Rabindra tiwari says:
    September 15, 2014 at 8:29 pm

    ‘जात भातले धमर्लाई त के मुलुकलाई उँधो गित िलइरहेको छ। कोइ िहन्दुले यो मेरो कारण भएको हैन भन्न पाउने छैन। पुखार्ले गिल्त नै गरे पिन सच्चाउने छुट सबैलाई छ।’

    यो माथी का हरफहरु तपाइकै सब्द साभार गरेको हु . तपाइँ पनी बाहुन्पुत्र होला खनाल भनेपछी . एती ज्यादा बुझेको मानीस पुर्खाले गरेको जातपात र छुवा chhut जस्ता गल्ती सुधार्न छाडेर कीत्तानै छोडेर भागेपछि देशले तपाइहरुजस्तालाई कीन जन्म दीयो होला ? पछाडी फर्केर सोच्नुहोस त !!!

    Reply
  45. eklavya says:
    September 15, 2014 at 8:14 pm

    लेखकज्यु समस्त हिन्दुहरुको तर्फ़ बाट होइन केवल आफ्नो तर्फ़ बाट समस्त हिन्दुहरुलाइ माफी माग्दा राम्रो होला किनकि प्रश्न तपाइको थियो किन हिन्दु भइरहने भनेर परिवर्तनको नाममा जुन वर्गलाइ ब्यङ्ग गर्नु भाको छ त्यसमा कहिँ न कहिँ तपाई वा तपाइको वरिपरिको समाज पनि उत्तिकै उन्मुख हुनुहोला तपाई नभए पनि समाजका कुनै व्यक्तिलाई परिवर्तन गर्ने कोशिस गर्नुस न कि धर्मलाई ना ना थरिका दोषारोपण गरि गल्ति खोतल्दै हिड्ने हिड्ने …मानिसले बनाएको या मानेको कुनैपनि पूर्ण छैन मात्र प्रकृति पूर्ण छ दोष गल्ति आदि नकारात्मकता मानिसकै सरोवर घुम्ने गर्दछ तेसैले ति पछ्यलाइ मात्र नियालेर मानवीय जीवन सम्भव कदाचित सम्भव छैन राम्रा कुराहरु पनि उत्तिकै छन् ति कुराहरुलाई उजागर गर्नुस तिन्लाइपनि यसरि नै लेखको हिस्सा बनाउनुहोस बाँकी तपाइको मर्जी ….

    Reply
  46. deepak says:
    September 15, 2014 at 7:35 pm

    मैले न बुझेको कि …………हिन्दु धर्म र जातभात को आपसमा के सम्भंध छ ?

    Reply
  47. shreya nepali says:
    September 15, 2014 at 6:33 pm

    गुणाधिस महोदय, धर्मको पर्दा च्यातेर तपैका सबै प्रस्नको उत्तर दिनुपर्दा येस्ता कुरीति, अन्धबिस्वास, अहिलेको समयमा पटक्कै नसुहाउने संस्कृतिहरु सबै धर्ममा छन्. सामान्यता धर्म जति पुरानो छ, तेती नै येस्ता कुरा धेरै हुने हुदा हिन्दु धर्ममा येस्ता कुरीति धेरै भए. अलि सिछित समाजमा सामान्यतया संसकर्हरु छिटोछिटो बदलिंछां, जुन सुकै धर्मको भए पनि. तेही भएर क्रिस्टियन समाज नै भए पनि अफ्रिकामा अन्धबिस्वास, कुरीति युरोपको भन्दा अलि बढी नै छ. अब कुन धर्म अहिलेको जमानामा कति ठिक भनेर तौलने हो भने त डेढ सय वर्ष पहिलेको बहाई धर्म २००० वर्ष पहिलेको क्रिस्टियन धर्म भन्दा धेरै संधर्विक होला अहिलेको समयमा. भोलि २० वर्ष पछि कुनै Shreyaism (श्रेया ism ) भन्ने धर्म प्रर्दुर्भव भयो भने अहिलेको बहाई भन्दा पनि बढी समयासपेछ्या हुन्छ अवस्य नै 🙂

    Reply
  48. BK Shrestha says:
    September 15, 2014 at 6:18 pm

    धेरै सालको अन्तरालमा हाम्रो हिन्दु समाज कैले राजनैतिक, सुरक्छ्या, आर्थिक, अन्धबिस्वास, धार्मिक आदि कारण हरुले पूर्ण रुपमा कुनै न कुनै समूह, जात वा धर्माधिकारी हरुका शिकार भएका छन्. धेरै सामाजिक मजबुरी हरु लादिएका छन् जसले गर्दा हामी माथि उकास्ने को सत्ता ज्यूँ त्यूँ वा दबेर बाँच्न गरेका छन्. एसको मतलब पुरा हिन्दु धर्म गलत हैन तर तेस्मा भएका साखा, उपसाखा, अन्धबिस्वास, जसले मूल संरचनालाई टेवा दिनु को साटो हास्यास्पद उत्पन्न गरेको छ. ति बिकृति हरुलाई हटाई बिसुद्ध हिन्दु समाज र संस्कारको पुनरस्थापना हुनु जरुरि छ.

    के क्रिस्टियन र मुस्लिम मा बिकृति छैन ? अन्धबिस्वासले हिन्दु संस्कारमा भन्दा बदि भरेका छन्. क्रिस्टियन हरु – क्रिस्ट का आमा भर्जिन मेरी का नामले जनिन्छां जसले बिहे वा यौन सम्पर्क नगरि क्रिस्ट को जन्म कसरि भो ? प्रभु को जन्म हावामा भो ? येदि हावामा भो त आमा कसरि भयो ?

    मैले क्रिस्टको बदनाम गरेको हैन. क्रिस्ट एक महान महा पुरुष थिए, जसले प्यार, सद्भाव, करुणा, स्नेह को संदेश संसार लाइ दिए र तेसैको निम्ति आफ्नो ज्यान दिए, तर जतिपनि क्रिस्टियन जाति मा अन्धबिस्वास छन् त्यो क्रिस्ट ले दिएका हैनन्. उनि स्वयम् लाइ थाहा छैन कि भोलि क्रिस्ट पछि येति धेरै अन्धबिस्वासले भरिएको एक अलग क्रिस्तियेन समाज बन्ने छ अनि उनि भगवान भनेर पुकार्ने छन्.

    हो तेस्तै तेस्तै हाम्रो हजारौं साल पुरानो हिन्दु समाजका ठेकेदार हरु जस्तै पण्डित, पण्ड गुरु, सद्गुरु, संकराचार्य, संन्यास, महन्त, राजा, महाराजा, रानी, महारानी, आदि इत्यादी ले सपना, बिपना, कल्पना सम्म जति जोड्न सक्छन जोडेका छन् र आफु भन्दा मुनिका व्यक्तिलाई जति घटाउन सक्छन घटाएका छन. येही नै आजको ठुलो समस्या हो. हामी आज बास्तविकता बाट धेरै टाडा छौँ, उल्झियेका छौँ एस्लाई बिस्तारै हामी आफैले ठिक पर्दै समयानुकुल अगाडी बढ्नु जरुरि छ.

    Reply
  49. Tanka Kafle says:
    September 15, 2014 at 6:11 pm

    यी खनाल जी ले के प्रमाणित गर्न खोजेको हो मरिगए बुझिएन. किन यी हिन्दु धर्म मा मात्र समस्या देख्छन त्यो पनि खै सय मुख बाहेक सेस नाग बाहेक अरु ले बुझन नसक्लान. हिन्दु धर्म को मुख्य दुइटा समस्या छन्, बलि प्रथा र छुवाछुत , यि दुइ परिवर्तन गरे यी खनाल जी ले जुनसुकै को हरिया नोट खाएर भासन गरे पनि यो हिन्दु धर्म उत्क्रिस्ट छ. अरु सांस्कृतिक पक्षले सायद कसैलाई असर गरेको छैन. लिङ्ग पुज्दा समाजमा असर परेन होला? न त गहुत खाने कुराले नै .
    यी मुख्य कुरा परिवर्तन हुदैछन त? अमेरिकामा काला गोरा को भेदभाव त सकिएको छैन हाम्रो अर्ध सिक्षित समाजमा एकै चोटी परिवर्तन खोज्नु ठुलो मुर्खता हो.

    Reply
  50. Dnesh Ghimire says:
    September 15, 2014 at 5:38 pm

    अरु का नराम्रो कुरा गर्न त कति मज्जा हुन्छ क्रिस्टियनका राम्रा कुरा के के छन् सुनाम न त? गुणाधीस खनाल जी अरुका नराम्रा कुरा बखारेर आफु चोखिन नखोज्नुस आफ्नो आंग मा जुम्रा पनि नदेख्ने अरुको आंग मा भैशी देख्ने? आज हिन्दु सस्कारमा भएका नराम्रा प्रथा हट्दै गएका छन् जस्तै: सति जाने प्रथा, छाउपडी प्रथा, जातिपाति प्रथा. धर्मको बिषयमा बहस गरेर समयको बर्बादी नगरम है साथी हो!!!

    Reply
  51. indira says:
    September 15, 2014 at 4:53 pm

    गुनाधिश जी को तर्क चित्त बुझ्दो लागेन हिन्दु धर्म मा मात्रै होइन, अरु धर्म मा पनि अन्ध बिस्वासका कुरा धेरै छन् धर्म परिवर्तन गर्दैमा ती कुरा सुधारिने अवस्य होइन, बरु आफुले मान्दै आएको धर्ममा रहेका अन्धबिस्वासलाइ परिमार्जन गर्दै लैजानु एक किसिमले समाज सेवा नै हो.
    फेरि सबैले माया गर्दै आएको एउटा कलाकारले धर्मको अपब्याख्या गर्दै गीत गाउन नमान्नु एकदमै
    अज्ञानता र संकीर्णताको परिणाम हो भन्दा अत्युक्ति नहोला. धर्म परिवर्तन गर्नु व्यक्तिगत स्वत्रन्ताको कुरा हो तर कलाकार जस्तो आदरणीय र सार्बजनिक व्यक्तित्वले अरु धर्मप्रति सहिष्णु
    बन्न नसक्नु र सम्मान गर्न नसक्नु अति नै दुख लाग्दो कुरा हो.

    Reply
  52. keshab khanal says:
    September 15, 2014 at 4:41 pm

    लेखक महोदय ले सारै ठुला ठुला कुरा गरे पनि उहाँ को सोच को मुल्याङ्कन गर्न लेख पढिसके पछि जो कोहिलाई गार्हो पर्दैन होला । पहिलो कुरा माई संसार मा धर्मको कुरा लिएर आरोप प्रत्यारोप हुदैछ यो अन्जु कै कारणले हुदैछ लेखक ज्यु यस्लाई स्विकार्नुस । सदियौ देखी चली आएको अन्धबिस्वास रुढिबादी परम्परा लाई तपाई ले एकै छोटी परिवर्तन चाहनु पनि लेखक महोदय को मुर्खता नै भन्छु म ।परिवर्तन हुदैछ र हुन्छ पनि परिवर्तन अरु बाट चाहने होईन शुरुवात आफै ले गर्नु पर्छ तपाईं को घर मा दमाई कामी सार्की(कसैलाई होच्याउने उदेश्य होइन अन्यथा नलिनु होला) अथवा अन्य कोहि पनि भनौ न । तपाई को परिवार मा कसैले यि तल्लो मानिएका जात सँग बिबाह गरेको छ ? तपाईं बिबाहित हुनुहुन्छ कि अबिबाहित तपाई यस्तो परिवर्तन चाहने मान्छे तपाई ले बिहे गर्नु भएको छ भने पक्कै यि जात कै श्रीमती ल्याउनु भएको होला छैन भने ल्याउने सोच पक्कै छ होला पहिले आफु उदाहरण बन्नुस समाजमा अनि अरु लाई औला उठाउनुस । हाम्रो समाज परिवर्तन हुदै छ तर यति सजिलो कुनै माईक लाल ले स्विकार्दैन । उदाहरण तपाई आफै लाई हेर्नुस न तपाई कुन धर्म मान्नु हुन्छ मलाई थाहा छैन सम्भवत तपाईं हिन्दु कै छोरा हुनुहुन्छ र यति बिद्वान मान्छे शिक्षित हुनुहुन्न होला भनेर कसै ले भन्नै सक्दैन । प्रसँग अन्जु बाट नै आएको हो । एउटा बिद्वान मान्छे लाई मेरो प्रश्न , यस को उतर एउटा बुद्धीजिबिले दिन सक्छ आबेश मा आएर दिने ले तपाई को जस्तो उत्पट्याङ कुरा हरु मा बकवास गर्छ । अन्जु जस्तो गायिकाले अरुको धर्म को खिल्ली उडाउन उचित थियो त ? पक्कै थिएन । तपाई लाई जुन धर्म मन पर्छ मान्नुस हाम्लाई बाल छैन अरु खिल्ली उडाउने हक न अन्जु लाई छ न त तपाई लाई नै । जसरी आबेश मा आएर यि कुरा लेख्नु भो ।फिल्ड मा उत्रेर हेर्नुस छर्‍लङ हुन्छ हाम्रो समाज अझै कस्तो छ भनेर । किन बाहुन छेत्री मात्र दोशी छन र अन्त्र्जतिय बिबाह गरेर हेर्नुस त अनि देख्नु हुन्छ जातिय कुरा हरुमा बाहुन क्षेत्री मात्र अगाडी छन कि अरु जात् ले पनि आफनै जात लाई माया गर्छन तेहि भएर यो परिवर्तन लेख्न जति सजिलो छ ब्यबारिक रुप मा छैन ।

    Reply
  53. एलिना says:
    September 15, 2014 at 4:28 pm

    किन यति सार्‍हो आवेगमा आएको लेखकजी? बार्‍हसत्ताइस् कुरा गरेर बुरुकबुरुक उफ्रिनुभन्दा पहिले यथार्तको धरातालमा आएर सोच्नुस्। म पनि हिन्दू हुँ अनि तपाईंले क्याटेगोराइज्ड् गर्नु भाको जस्तो अर्धनास्तिक पनि हुँला रे। साँच्चीकै भन्नुहुन्छ कसैले धर्म परिवर्तन गरुन नगरुन् त्यो सँग मलाइ मतलब छैन, किन धर्म परिवर्तन गर्छन् भनेर चासोपनि छैन। लोभलालचमा आएर गर्नेले नि गरुन्, कसैको गफमा लागेर गर्नेले नि गरुन् अनि तपाईं या अन्जु पन्तजी जस्तो जान्नेबुझ्ने मान्छेेले समेत गरुन। हनुमानको फोटा पकेटमा हालुन या गलामा बडेमानको क्रस भिरुन् मान्छेको आफ्नो रोजाइ हो।

    तर जतिखेर आएर एकजनाले तेरो क्रसभन्दा मेरो हनुमान गतिलो भन्छ, अनि अर्कोले त झन् हनुमानको नाम समेत लिनपनि हुन्न भनेर दुनिया हँसाउँछ त्यति खेर समस्या बल्झिन्छ। धर्म र आस्थाभन्दा बाहिर निस्केर कुरा पहिचान को आउँछ, आफ्नो हक अधिकार को आउँछ। जब बहुमत ले आफ्नो हक माग्न थाल्छ नि, त्यति खेर तिमीहरु ८०% छैनो भनेर पन्छिन पाइन्न। जत्तिको आस्था अन्जु पन्तजीलाई छ त्यतिकै आस्था अरुलाई नि छ होला। जुन हिसाबमा एउटा पब्लिक फिगर भएर वहाँ अरुको आस्थामाथी हाँस्नु भएको थियो नि, हो त्यसले धेरैलाई ठेस् लागेको हो।

    आधुनिक नेपाली समाजले आफ्नि साहनशिलाको राम्रो उदाहरण दिइसकेको छ। हामी त्यसमा गर्व गर्न सिकौं। सबैलाई माया गर्न सिकौं। अन्जु पन्तजी ले गल्ती बोल्नु भएको हो, विवाद त्यसको मात्र हो। त्यसलाई निहूँ बनाएर कोही माइका लाल खोज्दै हिन्छन् भने के नै भन्न सकिन्छ र।

    Reply
    1. cRIS says:
      September 16, 2014 at 6:38 am

      एलिनाजी, यो ब्लग लेख तपाइको लागी लेखिएको होइन|

      सबै ब्लग सबैको लागी लेखिएको नहुन सक्छ| आफ्नो लागी बिषय बस्तु नपरे, यसलाई बाइपास गरेर हिडे हुन्छ| सबै कुराहरुले सबैलाई समेट्न सक्दैन, यो सत्य हो|

      लेखकका धेरै कुराहरु गहकिला छन् भलै ति आबेसमा लेखिएको होला| मेरो “गोरुको बार्है टक्का” भन्नेहरुलाई “होइन” भन्ने कुरा आएका छन्, जुन सोचनीय छन्|

      Reply
      1. एलिना says:
        September 16, 2014 at 11:03 pm

        हरे ! मैले पनि त्यो कमेन्ट तपाईको निम्ति लेखेको थिइँन तर जसरी तपाईंले मन थाम्न नसकेर लेख्नुभो, मपनि त्यसैगरि जान्ने भैटोपलेको हुनसक्छ।

        लेखकका कुरा कति सत्य र कतिका गहकिला छन् भनेर केलाउनुभन्दा पहिले लेखक यहाँ कत्तिको पोलिटिकल करेक्ट हुन खोजिरहेका छन् त्यो बुझ्नुपर्छ। धर्मको कुरा गर्न मलाइ मन लाग्दैन, तपाईंलाई नि मन लाग्दैन होला, अझ मेरो बुझाइमा लेखकलाई इसाइ धर्मसँग कुनै मतलब नै छैन। त्यही भएर कुरा यहाँ एउटा धर्मभन्दा अर्को धर्म गतिलो भन्नेबारे होइन। कुरा यहाँ अन्जु पन्तजीले थ्याच्च बसेर प्याच्च बोलेको बारेमा मात्र हो। आफ्नो पोलिटिकल करेक्टनेसको आधारमा वहाँको बचाउ गर्न कुनै जरुरी छ जस्तो मलाइ लाग्दैन।

        Reply
  54. Indra Pd Thapa,Butwal says:
    September 15, 2014 at 3:57 pm

    हिन्दु धर्म परिबर्तन गर्नुको मूल कारणहरु मध्ये हिन्दु धर्ममा छुवाछुत प्रथा कायम रहनु प्रमुख हो भने अन्य कारणहरुमा कथित उपल्लो जात भनाउदा केहि बाहुनहरुको कथित तल्लो जातिका मानिसहरु प्रति गरिने भेदभाव हो / तेस्ता ब्यहारहरु परिबर्तन नगर्दा सम्म यो क्रम जारि नै रहन सक्छन /

    Reply
  55. T R Giri says:
    September 15, 2014 at 3:46 pm

    अरुलाई कुम्भकर्ण झै सुतेको देख्ने गुणाधीस जी ,कतै तपाई आफै चै सुतिरहनु भएको छैन ?यदी उठ्नु भाको छ अरुलाई हेर्नु भन्दा पहिला आफुलाई हेर्नुहोस.सोच्नु होस् तपाई जुन नाम बाट परिचित हुन खोजिरहनु भाको छ या जुन नाम तपाई लेख्न रुचाइ रहनु भाको छ त्यो नाम कुन धर्म अनुसार छ ? आज जुन धर्म लाई देखाएर तपाई बिद्रोह गर्न खोजिरहनु भएको छनी त्यो धर्म तपाइको अहिले सम्मको पहिचान हो.बिद्रोह गर्नु छ तपाइलाई भने पहिला आफु बाट गर्नुहोस ,आफ्नो नाम बाट गर्नुहोस र आफ्नो घर बाट,अरु जाती या धर्मलाई देखाएर हैन.

    Reply
  56. कमल नेपाल says:
    September 15, 2014 at 3:37 pm

    पढ्यो पढ्यो पाठ हेर सोह्र दुना आठ…..सुरु देखि तल सम्म पढे , कस्लाई के भन्न खोजेको हो केहि बुझिएन । फेरि यसो भन्दा ‘ग‍ुणा’ पाष्टरले तिमीहरु हिन्दु धर्म मान्नेहरुले यस्ता कुरा बुझ्दैनौ…., प्रभुको शरणमा आउ न सबै कुरा छर्लङ्ग हुन्छ भनेर सु-समाचार सुनाउन बेर छैन…!!!!

    Reply
  57. DS Single says:
    September 15, 2014 at 3:29 pm

    क्रिस्टियन हरुले किन गल्लि गल्लि मा gayara जबर्जस्ति इसु को किताब किन भनेर भन्छन . कोहि आफ्नो इच्छा ले धर्म परिबर्तन गर्छ भने ठीकैछा तर जबर्जस्ति किन गर्ने.

    Reply
  58. Ram Raj says:
    September 15, 2014 at 2:41 pm

    रेस्लर ले एक लाइ ढालेपछि बुर्लुक्क उफ्रेर “कोहि छ ??” भनेर हुन्कारे बाट नै म अघिल्लो लेख मा भन्दा यसमा तपाइँ को स्तर उक्लन नसकेको अनुभब भयो | लेखक लाइ प्रतिसोध भन्दा नि धर्य संग सोचेर लेख्न आग्रह गर्दछु |

    कालान्तर मा भएका गलत संस्कार हटाउनु जरुरि छ तर त्यो भन्दै मा “छुवा छुत” प्रथा लाइ मात्र जोड दिनु पूर्व लेख मा आएका असहमत कमेन्ट प्रति को रोष मात्र हो | जन्मजात हुने ब्राम्हण र शास्त्रगत मानिने ब्राम्हण को बारेमा त याहा अबगत नै हुनुहोला ..
    जन्मना जायते सुद्रह
    संस्कृत द्विज उच्चते
    वेद पथ्नत भवेत विप्रह
    ब्रह्म जन्ती इति ब्राह्मण
    कति पय सोच हरु समय संगै बढ्ने र घट्ने हुन्छन | तेसै ले उग्र हुनु जरुरि छैन |
    यहा का कतिपय चुनौती सयौं हजारौ वर्ष पहिले नै अनेक ‘माइका लाल” (थप लाली” हरु ले पुरा गरिसकेका छन् |
    उदारण :
    १. म जाति पाती र छुवा छुत मान्दिन | कसै लाइ तल्लो जाति भन्दिन
    २. कयौं ब्राम्हण/क्षेत्री युबा/युवती हरु ले तपाईले उदारण दिनु भएको कथित तल्लो जाति हरु संग बिबाह सम्बन्ध गास्नु भएको छ | बेदब्यास स्वयं माझी केटि का पुत्र हुन् |
    …….

    Reply
  59. sam says:
    September 15, 2014 at 2:35 pm

    भगवानले हामी लै religion दिएको होइन reason दिएको हो. धर्मग्रन्थ लेख्ने मानिस हरुले reason गरेरनै समाज राम्रो होस् भनेर लेखेको हो. म नास्तिक होइन म भगवान मा विश्वास गर्छु तर किताब मा लेखेको भगवान चाही होइन . राम्रो नराम्रो छुटाउने सक्ति हामी लै भगवान ले दियेसकेको छ तेही चलाउने हो. मैले मान्ने भगवान को न त कसैलाई रुप नै थाहा छ नत भगवान ले हामी बाट केहि नै मागेको छ , नत कुनै ध्रामसत्र नै छ . बिबेक नै हामीलाई भगवान ले दिएको सबै भन्दा ठुलो उपहार हो जीवन पछि /

    Reply
  60. सुवास आचार्य says:
    September 15, 2014 at 2:28 pm

    मेरो बुझाइमा मानिसहरु हिन्दुधर्म परित्याग गरि नयाँ अन्य धर्मलाई अंगाल्नुको मुख्य कारण भनेको यो धर्म भित्ररहेको जातपात, छुवाछुत, उचो-नीचो नै प्रमुख कारण हो। मैले दखेको अधिकांश धर्म परिवर्तन गर्नेहरुमा दलित, जनजाती अनि समाजमा आफू सामाजीक र आर्थिक पक्षमा अवहेलित महसुस भएकाहरु छन्। समाजमा सबैलाई समान स्थान नहुदाको अवस्थामा स्वाभाविकरुपमा उ असहज महसुस गर्छ र आफूलाई आश्रय, सम्मान अनि भावना मिल्नेसँग नजिक हुन पुग्छ। अधिकांश इसाई धर्ममा लाग्नुको कारण पनि त्यहाँ भीत्र कुनै पनि जातपात, छुवाछुत, उचो-नीचो नहुनुनै देखिन्छ। (गरिब र शारीरिक आशक्तहरुलाई लोभमा पनि पारेको देखिन्छ।)
    हिन्दुधर्म भीत्र साच्चीनै यो कुरा (धर्म परिवर्तन) प्रति चिन्ता भए, त्यस भीत्ररहेको नराम्रा कुरीती, संस्कार अनि भेदभावपूर्ण वातावरण रहनु हुन्न। सामाजिक सद्भाव कायम राख्न जातपात, छुवाछुत, उचो-नीचो भन्ने कुरा त्यागेमा यो क्रम धेरै हदसम्म रोकिन्छ। हिन्दु धर्म भित्ररहेको मौंलिकता र सामाजिकसंस्कार संसार भर कुनै धर्ममा पाउन्न। जदौं

    हामी सबैले जातपात, छुवाछुत, उचो नीचो आजै बाट त्यागौ।

    Reply
    1. Karbir says:
      September 15, 2014 at 8:25 pm

      धर्म परिवर्तन गर्नेहरुमा दलित, जनजाती अनि समाजमा आफू सामाजीक र आर्थिक पक्षमा अवहेलित महसुस भएकाहरु छन्…….भन्दा पनि कतै धर्म परिवर्तन लह लहैमा लगेर पो हो कि ? अन्जु पन्त भन्ने न त गरिब हुन् न त जनजाति ! सोल्टीले अलि गहिरो गरि बुझ्नु पर्यो !

      Reply
  61. chitra says:
    September 15, 2014 at 2:21 pm

    मैले त हजुर को कुरा बुझिन हजुर . चोर्नु नराम्रो हो भनेर मलाई कसैले सिकाएनन अब म त चोर्न पो जान्छु नत्र किन मलाई न सिकाएको त भनेर घुर्की लगाए जस्तै लाग्यो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme