Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बधाई छ हामीलाई, देशमा उद्योगको विकास हुने भो- महेश बस्नेत जो उद्योग मन्त्री भएका छन् !

Posted on September 13, 2014September 13, 2014 by Salokya

सबै नेपालीले एकआपसमा बधाई आदान प्रदान गर्नुपर्ने दिन हो आज। युवा संघका अध्यक्ष महेश बस्नेत मन्त्री बन्नुभएको छ। उद्योग मन्त्री। अब देशमा उद्योगधन्दा खुब फस्टाउने भयो। प्रहरीले प्रयोग गर्ने कानुनी भाषाको जस्तो ‘ज्यान मार्ने उद्योग, …मास्ने बेच्ने उद्योग’ जस्ता उद्योगको विकास नहोस् भन्ने हाम्रो चाहना हो। डनवाद, धनवाद र गनवादले बिगार्‍यो भन्दै आफ्नै पार्टीका नेता माधवकुमार नेपालले आलोचना गर्ने गरे पनि ओलीको विश्वास जितेकै भरमा मन्त्री बन्न सफल भएका छन्। अब आफ्ना केटाहरुलाई उनले पक्कै गतिलो काममा लगाउने छन्। प्रहरीलाई जलेको मसाल झोस्ने काम कम्तिमा अब हुने छैन, यसैमा दङ्ग पर्नुस्
Mahesh-Basnet-1


उनको विरोध गर्ने साहस नगर्नुस् है, याद होला नि माथिको घटना। फेसबुक स्टायटसमा एमाले भ्रातृ संगठन युवा संघ, नेपालका अध्यक्षलाई सार्वजनिक रुपमा ‘राक्षस’ भने वापत् डिएसपी दीपशमसेर राणाले सरुवा खानु परेको।

उनले लेखेका यत्ति थिए-

यो महेश बस्नेत भनौदो राक्षसले मेरो केटालाई यस्तो गर्दा नि यिनै गुण्डाहरुलाई नेताको संरक्षण छ…थुक्क…

उनले स्टायटसमा कुनै नेताको नाम लेखेका थिएनन्। तर बस्नेतलाई कसको संरक्षण छ, दुनियाँलाई थाहा भएको कुरा हो। त्यो मसालले बरु पुलिसलाई पोल्यो, पोलेन त्यसको मतलब भएन, एमाले नेताहरुलाई यो स्टायटसले साह्रै पोलेछ। अनि एमालेका उच्च नेताहरुले प्रहरीका माथिल्ला अधिकारीलाई राणाको सरुवा गर्न दबाब दिएका थिए। एमालेका नेताहरु गृहमन्त्री भइसकेका हुनाले प्रहरी संगठनभित्र उनीहरुको पनि प्रभाव छ। फलस्वरुप मसाल हान्नेलाई केही कारबाही नभए पनि त्यसको फेसबुकमा आलोचना गर्ने डिएसपीलाई ‘कारबाही’ भयो- सरुवाको रुपमा।

मन्त्री नहुँदा त यत्रो पावर भएका मान्छे, मन्त्री भइसकेपछि अहो…!

महेश बस्नेत ल धन्न राजनीतिमा चलेकै नाम हो। नाम होस् बद्नाम होस् तर गुमनाम थिएनन्। एमालेले बनाएको अर्को मन्त्री त झन् गज्जबको छ- दीपकचन्द्र अमात्य। यिनको राजनीति भनेको झलनाथ खनाल निकट हुनु हो। २०४७ सालमा खनाल कृषि तथा वनमन्त्री रहँदा र त्यसको दस वर्षपछि प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव भएर काम गरेका अमात्य मन्त्री बनेका हुन्।

एमालेको मन्त्री बनाउने पारा पनि गज्जब कै रहेछ। खल्तीबाट स्वात्त नाम निकालेर जसलाई मन लाग्यो बनाउन पाइने। चुनाव हारे पनि मतलब छैन, विवाद भए पनि मतलब छैन।

महेश बस्नेतलाई संविधान सभा निर्वाचनमा जनताले र पार्टी महाधिवेशनमा पार्टी कार्यकर्ताहरुले तिरस्कृत गरेका हुन्। त्यस्ता व्यक्तिलाई मन्त्री बनाउन पार्टी बैठक पनि बस्न नपर्ने, औपचारिक निर्णय पनि गर्न नपर्ने।

सम्बन्धित समाचार
चुनाव हारेका महेश बस्नेत मन्त्री बने, एमालेभित्रै असन्तुष्टि

67 thoughts on “बधाई छ हामीलाई, देशमा उद्योगको विकास हुने भो- महेश बस्नेत जो उद्योग मन्त्री भएका छन् !”

  1. Ramesh Adhikari says:
    September 17, 2014 at 6:02 pm

    चुनाब जित्नु पनि नपर्ने चाकडीको भरमा मन्त्रि बन्न पाइने मेरो देश
    …..जय चाकडी बाद//

    Reply
  2. subodh nepal says:
    September 16, 2014 at 8:52 pm

    युथ फोर्सबाट जे गरे पनि वाइ सि एलको टक्करमा भने गएकै हुन् । प्रचण्ड उपर अख्तियारमा उजुरी दिएकै हुन् ।
    काम र बोलीमा अब हेरिनु पर्छ पदमा पुगेपछि मान्छे भ्रष्ट हुन बेर लाग्दैन । प्रचण्ड र माओवादी झैं हुने हुन् कि साच्चिकै युवा नेता । शक्ति र पदको मादकताले बिगार्ला कि भन्ने डर छ है हामीलाइ ।

    Reply
  3. prakash gurung says:
    September 15, 2014 at 10:26 pm

    यो फोटो हेरेर मलाई नै डर लाग्यो ! कस्तो साहास होला यो महेस बस्नेत को ….. जिउदो प्रहरी लाइ नै मुखमा आगोलागाउने !!! ये बा बा !!! अरु प्रहरी किन हातमा दहि जमाएर बसेको? बन्दुक थियन? अरु प्रहरी को ठाउमा म भैदियको भय निधारमा थोक दिन्थे! प्रहरीलाई पनि धिक्कार छ ! बिचरा त्यो प्रहरी कस्तो माया लग्यो ! अब त्यहि महेश बस्नेत मन्त्रि ???? अब मैले देश बिकास हुने आशा छोदि दिय……….

    Reply
  4. श्रीकर says:
    September 15, 2014 at 7:56 pm

    आशा गरौँ अब मन्त्रि को टाउको फोर्ने पनि रोकिन्छ कि !
    http://www.mysansar.com/2012/08/1001/

    Reply
  5. Tulke says:
    September 14, 2014 at 8:45 pm

    बिचरा चरी अल्पायु मै मर्यो नत्र गृह सहायकमन्त्रि सम्म त तुरुन्तै पड्काउने रेछ नि !!! बामदेवले छोडेको दिन सिधै गृहमन्त्रि अनि त कति मजा आउथ्यो नि !!! त्यो डनचरी (खुस्बु ओली) को सम्पति छानबिन पनि रोकिन्थ्यो, सब बर्बाद भो !!!
    लौ गरिखावो नेपालमा आफ्नो त अरबको भूमिमै बित्नेभो सारा जीवन !!!

    Reply
  6. kumar says:
    September 14, 2014 at 6:52 pm

    कम्युनिष्ट विचार छ ठिकै छ तर चुनाबमा यो एमाले हुदैन है ….. बरु माओबादी नै ठिक भन्दा सुनेनौ . अब के गर्छौ त .

    Reply
  7. laxman khanal says:
    September 14, 2014 at 2:50 pm

    यो के पी ओली र उसका भरौटे ले एमालेलाइ भिर बाट खसालेर नै छोड्ने भए. अहिले सम्म कुनै पनि राजनीतिक दलको कार्यकर्ता भएर नहिडेको भएता पनि एमाले प्रति रहेको साधारण समर्थन आजको दिनबाट समाप्त भयो मेरो चाही!

    Reply
  8. geli sherpsa says:
    September 14, 2014 at 10:59 am

    सबैको दिन आउछ भन्थे तर राम्रो नराम्रो दुवै कुमति भए पछि पतन हुन्छा भन्थे हो रे छ आजका जनता तेत्ति लाटो छैन सबैले रमिता हेरी रहेको छ अब यस्तै अर्को एउटा महान काम गर ए मा ले को हबिगत हामी जनताले कस्तो बनाउछु हेर्दै जाओ माओ बढीलाई बहुत फाइदा भो गुण्डाको नेले ल उपचार गरेर फर्के पछि नाफा को जिबन गुण्डाको जनताको लागि मतलब होला गुन्दहरुको लागि बितौछु भन्थे हो रे छ अब यस्तै यस्ता हुदै गयो भने मा एर पोत्मा नेपालले दियको नागरिता च्यातेर अर्कै देसमा बसी सर्छु थुक्क यस्तालाई मैले किन भोट हलेछु किन बिस्वास गरेछु यस्तैलाई मन्त्रि बनौन हजारौ जनताले बलि चदायाको रछ

    Reply
  9. Sheela says:
    September 14, 2014 at 10:33 am

    सम्माननीय उधोग मन्त्रिलाइ भन्दा पनि एमालेलाइ अभिबादन ! एमालेको असली रुप हामीले लेख्दा नपत्याउनेहरुलाई प्रमाण भयो नि अब त…./ बल्ल २०४८ साल आको जस्तो लग्यो! अब पारसलाइ पनि युबराज घोषणा गरे हुन्न र भन्या…!
    छ्या…. लाइ भन्दा देख्नीलाइ लाज…!

    Reply
  10. Suraj Shrestha Maskey says:
    September 14, 2014 at 9:12 am

    नेपालको जनतालाई आफ्नै खुट्टामा बन्चरो भन्ने कुरा महसुस हुन थालेको छ
    तर के गर्ने ?
    हगे पछि दैलो देखेर के हुन्छ ?

    मोज मस्ती, बिदेशमा उपचार गराउने, अकुत सम्पति जोड्ने ६०१+ को भागमा र लोकतन्त्र/गणतन्त्र खाने, त्यसैमा सुत्ने र त्यसैमा सांस लिने हामी आम नेपालीको भागमा !!!

    सुरज श्रेष्ठ मास्के

    Reply
  11. Ramesh says:
    September 14, 2014 at 8:46 am

    लाटो देशमा गाडो तन्नेरी भनेको येहि हो । राजनीतिमा लागेका को नै स्वच्छ छबी भएको छ र अनी यो गुन्डोले पालो नपाओस तनी ?

    Reply
  12. Samuel Thapa says:
    September 14, 2014 at 8:30 am

    End of UML

    Feel shame on uml

    Reply
  13. jaya ram says:
    September 14, 2014 at 4:37 am

    ल धन्न महेश छन र त पार्टी र बिशेस गरेर ओलीजीको राजनीति टिकेको छ / जनताले र पार्टी कार्यकर्ताहरुले तिरस्कृत गरेका व्यक्तिलाइ पुरस्कृत गरेर ओली र मण्डलीले आफ्नो लक्ष्य प्रस्ट बताएका छन / जय राम शर्मा

    Reply
  14. गगन says:
    September 14, 2014 at 2:28 am

    यो कालो करतुतको पछि ओली र झलेको व्यक्तिगत स्वार्थपूर्ण हात छ| ओली महेश बस्नेत लाइ अघि लाएर आफ्नो काम बनाउन चाहने, झले अमात्यलाई चम्चा बनाएर नेगोसियेट गर्ने| दुवैको स्वार्थ पूर्ति यसरि भयो| चुनावमा उठेर जित्नेको यसरि धज्जी उडाईयो|
    पार्टी र देश भांडमे जाए|

    Reply
  15. Lal says:
    September 13, 2014 at 11:25 pm

    Hats off to you mr. Salokya for being courageous and sharing a true facts and voice of Nepali citizen.
    Had seen people accused of crime being honored with political position in hindi and Nepali cinemas only …… until now its a reality.
    I bet not a single Nepali with sane mind would support him being a minister rather all of Nepali citizens would be angered with this decision.
    Very sad…

    Reply
  16. rohan vicram singh says:
    September 13, 2014 at 10:14 pm

    चुनावमा जनताले हराएका र चुनाव नै नलडेका ब्यक्तिहरु मन्त्रि र सभासद बन्ने हो भने यो लोकतन्त्र र गणतन्त्रको नाटक किन ए मुर्ख नेता हो?
    अब पार्टी मात्र चुनाब लड अनि जुन पार्टीले जति % भोट लेराउछ तेसैको आधारमा सभासद र मन्त्रि बनाओ डाँका हो!
    चुनाव हरुवालाई मन्त्रि र सभासद बनाएर जनता र चुनावको उपहास गर्छौ डाँका हो ?
    हरुवा महेश बस्नेत मन्त्रि भएपछी उसलाई चुनाव हार्नु र जित्नु को के मतलब भयो र ?
    अब चुनाब को नाटक किन?

    Reply
  17. श्याम कुमार श्रेष्ठ अबु धाबी says:
    September 13, 2014 at 9:42 pm

    हिजो राती एमाले गुण्डा हरुले ठुलो भोजको आयोजना गरेछन।

    यिनी हरुलाई sniper शूत गर्न सक्ने कोही छैन।

    होइन कसरी पो बनाउने हो देश, यस्ता पार्टी र नेता भए पछी

    हार्नेले पनि देश चलाऊन किन निर्वाचन गर्नु त ?

    मेरो देश हार्ने हरुको चङ्गोल मा

    Reply
  18. Binod says:
    September 13, 2014 at 9:41 pm

    एमाले को पखेटा पलाए जस्तो कसैलाई लागेन भन्या !

    Reply
  19. harka shrestha says:
    September 13, 2014 at 9:38 pm

    चरीको पनि मृतु नभएको भए त उनि पनि अर्थ मन्त्रि हुने रहेछन

    Reply
  20. Gaurab Sharma says:
    September 13, 2014 at 8:21 pm

    म पनि एमाले पार्टी पार्टी आश्ता भएको व्यक्ति हु . तर आज आहेर एमाले नै एस्तो घटिया अनि गुन्डा को नएक महेश बस्नेत जस्ता व्यक्ति लै देशको मन्त्रि जस्तो गरिमाय पदमा निउक्ति गर्नाले दिन्पर्ती दिन एमाले पत्री पर्ती आस्था राख्ने जनता हरु को नजर मा नकारत्मक असर पर्न गहेको छ. अब यसै गरि एमाले पार्टी पंतिमा येस्तै नालायक व्यक्ति हरु अदछ्य अनि देश को मन्त्रि हुने हो भने केहि समय भित्र नै एमाले पार्टी नै पतन भएर वा फुटेर नजाला भन्न सकिदैन.
    जे होस् बधाई छ गुन्डा मन्त्रि महेश बस्नेत जी. तपाइको कार्यकाल को लागि हार्दिक मंगलमय शुवाकमाना, हजुर को कार्यकाल मा अझ धेरै गुन्डा गर्दी को विकास होस् अनि देश र जनताको उठिबास लागोस ………..

    Reply
  21. Milan says:
    September 13, 2014 at 8:09 pm

    एमाले जस्तो धनबाद पार्टी लाइ जिताए बापत यो भन्दा राम्रो उपहार के आशा गर्न सकिन्छ र?

    Reply
  22. Bishnu Nepali says:
    September 13, 2014 at 7:38 pm

    डाँका गुण्डा हरुका नायिके मन्त्रि मुर्दाबाद
    यिनलाई मन्त्रि बनाउने महा नायिके हरु मुर्दाबाद

    सायद हिन्दु गर्न्थ हरुमा भनेको ‘राक्षस’ हरुको राज थियो र बुद्धिस्ट गर्न्थ हरुमा भनेको ‘मारा’ को राज थियो भनेको येस्तै राज्य हुँदो हो !

    समयको चक्र अचम्म को छ ! वैदिक र बुद्धिस्ट दिब्य ज्ञान को जन्म भएको देशमा आज राक्षस हरुको राज छ ! हुन त नेपालमा राक्षस हरुको राज अथवा बोलबाला भएको २०० वर्ष भन्दा बडी भयो तर अहिले यो चरम अबस्थामा छ !

    Reply
  23. कमल says:
    September 13, 2014 at 7:29 pm

    एमालेका सिद्धान्तलाई होइन तर हद स्वार्थी नेतालाई अन्धोधुन्ध फलो गर्ने र अरुले तुना उल्टो कसेको खोजी खोजी भुल औउल्याउने प्रदीप नेपालज्यु यसबेला कुन दुलोमा हुनुहुन्छ? महेश जस्ता व्यक्तिलाई मन्त्रि पद दिंदा आम नेपाली जनतामा कस्तो संदेश जान्छ र मुलुक र मन्त्रि परिषद्को बचेखुचेको गरिमाको बद्नाम भयो नै तर एमाले भन्ने एउटा तन्तुहीन जन्तु मात्र हो जस्तो पनि देखियो| जसले माओवादीलाई पर सारेर गत चुनावमा भोट दिए उनीहरुले अहिले दुख मानेका छन्| यस कारणले कि माओवादीलाई दिईन भनेर होइन तर एमालेलाई किन दिएँ भनेर|
    शीर्ष स्थानमा भएका र पुर्ब नेताहरु निजी स्वास्थ्यका लागि सरकारी कोषबाट खर्च गर्दै बिदेशमा उपचार गराउन आकुल छन, होड चलेको छ| प्रधान मन्त्रि र शीर्ष नेताहरु बिरामी छन् मुलुकलाई नै पंगु बनाएर| नेपाली जनता सिटामोल किन्ने पैसा पनि नभएर पीडित छन तर नेताहरु र पद्वालाहरुको सरकारी खर्चमा उपचारको रजाई छ|
    मार्क्सवाद, माओवाद, लेनिनवाद, समाजवाद, हिन्दुवाद, राजावाद, भारतवाद सबै देखाउने दांत हुन्, फोस्रो हुन्| मांगीखाने भाँडो| बाबुराममा भरोसा थियो केहि गर्ला भनेर तर उनी पनि पेपर टाइगर बने, जो थेओरिटिशियन थिए, वस त्यसैमा सीमित रहे| जुन नेता आफ्नो पत्नी पति र परिवारमा निर्लिप्त रहन्छ वा उनीहरुका काम कर्तुप प्रति मौन रहन्छ, त्यस्ता त्यागी नेता होइनन, त्यस्ता नेताहरुबाट मुलुकलाई देना होइन लेना मात्र हुन्छ| उदाहरण, गणेशमान, केपी भट्टराई, गिरिजा, सुर्य बहादुर, लोकेन्द्र बहादुर, ..यस्तै अरुको के कुरा गर्नु?
    आफुले नखाएको र नजानेको जस्तो गरेर नाता र नजिकका व्यक्तिलाई खान दिनु र अरुले हेर्दा चाँही नेता स्वयमले नखाएको जस्तो|

    Reply
  24. रैथाने says:
    September 13, 2014 at 6:45 pm

    मन्त्रि पद, अर्थ र शब्द को घोर अपमान गर्यो एमालेले!
    थुक्क हामि एमालेलाई भोट हाल्यौ!
    धिक्कार छ हामीलाई!

    Reply
  25. Hem karki says:
    September 13, 2014 at 6:44 pm

    धेरै धेरै धन्यवाद केपी ओली लाई अध्च्छ्य बनाउने एमाले कार्यकर्ता हरुलाई ,,, पहिले नै माधव नेपालले भनेको थिय कि डन बाद धन बाद ,, भन्दा भन्दै पनि गुन्डा नाइके ओली लाई जितायापछी गुन्डाहरु मन्त्रि नभय को हुन्छ त??? झाक्री , भट्टराई ,, राई,, त गुन्डागिरि गर्दैन ,, भाधई छ बस्नेत्जी केपी को चाकरी गर्दै गर्नुहोस ,,, २/४ महिना राष्टको ढुकुटी रित्यारा बचिरहेको डन नाइकेलाई ,,,,,

    धिक्कार छ १५ साल देखि लेबी तिरेर तन मन धन दियर सेवा गरेको पार्टीलाई
    र मा जस्ता सबै कायकर्तालाई,,,,,

    Reply
  26. ramesh says:
    September 13, 2014 at 5:20 pm

    अब जुट र कुट उद्योग चाही मौलाउने छ । जुटेर कुट्न हिड्ने हो भनेर कामरेडहरु रिसाइ हाल्नु होला फेरि मैले त्यसो भनेको पनि होइन विराटनगरको जुट मिल र केटाकेटीले परीक्षा दिदा साप्न लैजाने कुटको कुरा गरेको हो है फेरि ।

    Reply
  27. udeep says:
    September 13, 2014 at 4:25 pm

    अब त सकिगो नि | एस्तो त छ हालत हाम्रो देसको अनि कसरी हुन्छ बिकाश | भ्रस्टचारी हरु सभासद गुन्डा हरु मन्त्रि हुन पाउने अनि कहाँ पुगिएला हाम्रो देश |

    Reply
  28. rina says:
    September 13, 2014 at 4:21 pm

    चरीको पनि मृतु नभएको भए त उनि पनि अर्थ मन्त्रि हुने रहेछन !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  29. Siva says:
    September 13, 2014 at 4:14 pm

    ठिकै भयो!! १५००० मान्छे मार्ने प्रधानमन्त्री भयो कति ज्यानमारा हरु अझै मन्त्रि बरमर्कै स्थानमा छन्! मशाल बोक्ने महेश लाई मन्त्रि पाउनु कुनै ठुला कुरा हैन?

    Reply
  30. Nilima says:
    September 13, 2014 at 4:11 pm

    अब बल्ल बन्ने भयेछ एक दम नया नेपाल/ बधाई छ हामी सबै लाइ /

    “Evil only succeeds when good people do nothing ”
    Martin Luther King

    Reply
  31. santosh says:
    September 13, 2014 at 3:37 pm

    नया नेपाल हुने भो अब चुनाब हरे पनि मन्त्रि हुने यो सब माओबादी ले निकालेको रोग हो
    यो रोग ले नेपाल खान्छ जनता पनि उसतई तेसतई पाटी लै वोट हाल्ने सबै चोर नै चोर छन् जो मन्त्रि भय पनि साढे एउतै छैन विदेश बाट माग्य मात्र हो नेपाल मा सबै नेपाल चोर नै चोर छ न

    Reply
  32. Tenzing Gaba says:
    September 13, 2014 at 3:02 pm

    # बन्दुक हान्ने …………. प्रधानमन्त्री
    # मशाल हान्ने …………. मन्त्रि
    # थप्पड हान्ने…………… सभासद

    गज्जब भो,
    अब बन्ने संबिधानमा नै राम्ररी लेखपढ गर्ने, ज्ञानगुनको कुरा गर्ने, धन धर्म परोपकारी हरुलाई कडा सजायको व्यवस्था गर्नु पर्यो,
    जस्तै
    जसले
    # Ph D गर्छ………….. मृत्यु दण्ड
    # मास्टर्स गर्यो भने…….जन्म कैद
    # स्नातक गर्यो भने……..तु. १० बर्ष कैद
    # +२ गर्यो…………….. ८ बर्ष जेल
    # SLC सकिने बित्तिकै ..५ बर्ष जेल
    # साधारण लेख पढ गरे……३ बर्ष कैद
    # दान दिई परोपकार गरे….सर्बश्वहरण सहित चारपाटा मुडेर मुग्लान लखेट्ने
    ————————————————————–
    संबिधान / ऐन मा नै यति कुरो अटाउन सकियो भने शिक्ष्यामा लगानी भैरहेको र न्याय प्रशासनमा खर्च भैरहेको खरबौ खराब जोगाउन सकिन्छ /
    ————————————————————–
    ओहो यो तेञ्जिङ्ग गाबा मोरो त् यस्तो राम्रो idea भएको मान्छे लौ यसलाई पनि यौटा मन्त्रि बनाउ भन्लान भन्ने पीर परि सक्यो त्येसैले अहिलेलाई ………..जदौ

    Reply
  33. Narayan says:
    September 13, 2014 at 1:51 pm

    किन कुलंगार ले मात्र प्रश्रय पाउने नेपालमा ? मलाई यात्ति मात्र सोध्नु छ नेपाली Guide ळाइनेर्स स हरुलाई ….

    Reply
  34. RAJ says:
    September 13, 2014 at 1:46 pm

    हेर्दा हेर्दै परशुराम बस्नेत को पनि पालो औला जस्तो छ | अब एमाले पार्टी मेरो पार्टी भन्न पनि आफैलाई गाली गरेजस्तो भन हुन लग्यो| चोर डाका फटाहा हरुको जमात जस्तो थुक्क …!

    Reply
    1. keto says:
      September 13, 2014 at 6:36 pm

      राज,

      तिमि जस्तै लापरस्वण्ठ ले मेरो पार्टी .. तेरो पार्टी .. भनेर बिगारेका हौ …
      अलिक बाहिर बाट सोच त … कुन चै पार्टी नराम्रो छ ? सिद्धान्त सब का राम्रै होलान .. फेरी सोच त .. कुन चै पार्टी का नेता को आचरण राम्रो छ ?? कुनै को पनि छैन … ९९.९% नेता देश चुस्न लै पार्टी मा लागेका हुन् …
      फेरी तिमि जस्तो जपर्स्वण्ठ किन कुकुर जस्तो पार्टी को पछि लागि हिद्चौ?
      सक्छौ भने आफै समाज सेवा गर … अहिले का नेता हरु सब लाइ बहिस्कार गर .. नया नेतृत्व को प्रतिच्या गर .

      Reply
  35. yub raj kandel says:
    September 13, 2014 at 1:22 pm

    It seems that KP Oli is best leader of the Dacoits in Nepal. How he reffered to Mahesh Basnet for Minister for industry. The person know only how to kill the people and how to collect money from general public same person became a minister in Nepal. This is shameful and aweful. In my opinion if all the criminals will became a minister than who will stay in the jail. KP Oli should be punished as soon as possible because he is one of the worst leader who always support Dacoits in Nepal. He got lots commision from them even when Chari was killed he was crying cause the amount of money which he got from chari who will give him? Please save our country. Bring all the politicians like KP in one place and kill them.They don’t have any room for those leaders who don’t have sense of Patriotism. KP Oli should get shot and Mahesh Basnet too. These people were no 1 corrupted in Nepal. Also Bamdev, Bhim Rawal, Bijay Gachhadar, Sitaula, Prachanda, Rajendra Panday, Finance minister Mahat Hisila Yemi, Mohan Baidhya all need to put in one place and shot them at least those poor people can feel peace of mind. Save Nation and show your patriotism please.

    Reply
  36. Kabir says:
    September 13, 2014 at 1:21 pm

    कुन चाहिनिले पो के गरेको छ र महेस बस्नेत भएमा प्रलये हुने पनिता होइननि जो भए पनि विवाद र बिरोध हाम्रो बिसेस्ता तेती मात्र हो तपाही हरु नै भंनोसना कुन चाहिनी उद्धोग मन्त्रीको नाम सफल भएको छर नेपालमा ?

    Reply
  37. chandra says:
    September 13, 2014 at 12:54 pm

    महेश बस्नेत जस्तो गुण्डा नेपालको मन्त्रि हुँदा मलाई नेपाली भन्न भुतुक्कै लाज लागेर आयो! माथिको फोटो हेर्दा सार्बजनिक अपराध र पुलिस लाइ आक्रमण गरेको मुद्दा चलाई थुनामा राख्नु पर्ने गुण्डा लाइ अब उल्टै माननीय मन्त्रीज्यु भन्दै पुलिस ले स्यालुट गर्नु पर्ने भो! नैतिक मूल्य मान्यता हराएको गुण्डा राज नया नेपाल! मु*** नेता हरु लाइ कत्ति पनि लाज लाग्दैन थुईक्क ————-!

    Reply
  38. Indra Pd Thapa,Butwal says:
    September 13, 2014 at 12:12 pm

    यो त के हो र ? अझ हेर्दै जाउँ ..नेपालमा के के देख्न पर्ने हो …

    Reply
  39. kancha says:
    September 13, 2014 at 11:55 am

    मलाई त नेपाल को चालामाला देखेर अति रीस उठे छ छ हुनी हो भनेनी हात भरि गोलिगत्ता बोकेर सबै नेतालाई वुत्दिम जस्तो लाग्छ

    Reply
  40. बसन्त सुबेदी says:
    September 13, 2014 at 11:54 am

    स्वदेश मै रोजगार को सुवर्ण अवसर :
    **************************************
    सरकार ले स्वदेश मै अत्याधुनिक बन्दुक ,पेस्तोल तथा गोलि गठ्ठा को उद्पादन सुरु गर्ने भएको छ ! महान कर्मठ युवा ‘चरी’ को सम्झना मा उहा ले साहादत प्राप्त गर्नुभएको स्थान रामकोट मा स्थापना हुने यो उद्योग संचालन भएपछी संस्थागत गुण्डागर्दी को लागि विदेश बाट अत्याधुनिक हतियार मगाउनु पर्ने अवस्था को अन्त्य हुने उद्योग मन्त्रि महेश बस्नेत ले बताउनुभयो ! मन्त्रि नियुक्ति भएपछी आफ्नो कार्यभार सम्हाल्ने क्रम मा काठमाडौँ मा उपलब्ध हुनुभएका जुझारु युवा उद्यमी हरु चक्रे मिलन, दिपक मनांगे, रमेश बाहुन, कुमार घैटे लगाएत दर्जनौ युवा हरु संग को बिशेष भेटघाट मा मन्त्रि बस्नेत ले अब देश को जिम्मा युवा को काध मा आएकाले नडराई आफ्नो ब्यबसाय संचालन गर्न आग्रह गर्नु भयो !

    Reply
  41. ram says:
    September 13, 2014 at 11:13 am

    महेस बस्नेत मन्त्री र चरीले पार्टी झन्डा ओडनु दोस बिचारा लाई होईन एमाले बिचार लाई हो ।

    Reply
    1. रैथाने says:
      September 13, 2014 at 6:50 pm

      एमालेमा ओली वादको उदय हो चरीको लाशलाई पार्टिको झण्डा वोडाउनु र महेश बस्नेत मन्त्रि बन्नु!
      अब ओली प्रम बन्न बाकि छ यो देशमा
      डाङ्काडर ओली,

      Reply
  42. Shankar says:
    September 13, 2014 at 11:05 am

    प्रचण्ड प्रधान मन्त्रि भएको देश मा , कोइ कोइ हत्याको आरोपी बोकेर सम्म बिधायक भएको देश मा , टन्न देश को ढुकुटी बाट पैसा निकालेर अमेरिका , जापान उपचार गर्न जाने प्रधाम मन्त्रि र रास्ट्र पति भएको ठाउमा , बाढी पैरो को नाउमा हेलिकोप्टर मा तेल खर्च गरेर सैर सपाट गर्ने ग्रिह मन्त्रि भएको ठाउमा , ससस्त्र प्रहरी को स्कुल कार्यक्रम मा उद्घाटन गर्न भारतीय राजदुत बोलाइने देश मा , हिजो भारत सग सुरुङ्ग युद्द गर्ने भन्ने मान्छे भएको देश मा दिउसै चुरेको ढुंगा , गिट्टी भारत लगिदा चुन्क नबोले नेता हरु भएको देश मा महेश बस्ने उद्द्योग मन्त्रि हुँदा के अचम्मा ?

    भोलि चक्रे मिलन र दिपक मनागी ले ठुड़ी खेल मा गेरु लुगा लगाए र प्रबचन दिन आए पनि अचम्म न माने हुन्छ |

    Reply
  43. लौटन अवधि says:
    September 13, 2014 at 10:46 am

    त्येसैले त बारम्बार भन्ने गर्छु मुर्दा हरु को देश मा प्रेत र पिचास हरु मन्त्रि नबने को बन्छ त ? २ – ४ जना मात्रै जिउदा आत्मा भएको देश मा !!!

    पिचास मन्त्रीमंडल को केहि झलक
    १. कालो मुर्कुट्टा – पिचास मन्त्रीमंडल को अध्यक्ष
    २. राँके पिचास – पिचास मन्त्रीमंडल को ग्रिह मन्त्रि
    ३. कालो पिचास – पिचासे अर्थ तन्त्र
    ४. बोक्सी – भुत प्रेत पिचास को उर्जा
    ५. किचकन्या – साना भुत, बोक्सी, किचकन्या मन्त्रालय
    ६. अन्तरे भुत – भुत, प्रेत पिचास सूचना मन्त्रालय
    ७. काले भुत – भुत नियम कानुन मन्त्रालय
    ८. डाइनि – भुत बिध्या मन्त्रालय
    अन्य असंख्य – भुत प्रेत पिचास मन्त्रालय !!

    जिउदो मान्छे छ भने देश छाडी भाग्नु !

    Reply
  44. RB Baniya says:
    September 13, 2014 at 9:12 am

    कस्तो आधारभूत मान्यता र विधिवत थिति बिना चलेको पार्टी रहेछ – एमाले

    Reply
  45. arjun Khaniya says:
    September 13, 2014 at 9:08 am

    this is bad luck for nepalese people. who is already boycot from people & party bcom minister of nepal. hope comming days don will grow more n more under him.

    Reply
  46. manoj says:
    September 13, 2014 at 7:31 am

    राजनीतिले राज्य संचालन गर्ने नीति होइन राज्य सर्बनास गर्ने नीति बनाउन थालेपछि येस्तै किसिमका निर्णय हरु गरिन्छ | यो त केवल एउटा झलक मात्र हो यो मेरो प्यारो देश मा एस्त अनिगिन्ती घटनाहरु क्रम्बधरुपमा आउनेछन् भन्ने कुरा मा हामी दुइमत नहुदा हो | अब उद्योगको छेत्र मा नेपाल ले एउटा नया मोड लिने छ | सबै किसिमका सुनोयोजित अपराध ले प्राथिमिकता पाउनेछन् वने अर्को तर्फा गुन्डा उद्योग छेत्र को पनि स्थापमाना हुनेवाला छ | पशुपतिनाथ ले मेरो देश र जनता को रछ्या गरुन |

    Reply
  47. Yogesh Aadi says:
    September 13, 2014 at 7:26 am

    कस्तो आधारभूत मान्यता र विधिवत थिति बिना चलेको पार्टी रहेछ – एमाले ! मिलिजुली सरकारको खराब पक्ष भनेकै येही हो- शुशिल्दा जिल्ल परेको छ रे…

    Reply
  48. purna says:
    September 13, 2014 at 6:35 am

    अब देस बन्ने भयो के हो ? एमाले मा अरु राम्रा मान्छे भन्दा महेश मन्त्रेइ ?

    Reply
  49. सम्झना मल्ल says:
    September 13, 2014 at 5:33 am

    हारे पनि जिते पनि, गुण्डा भए पनि सद्दे भए पनि सांसद तथा मन्त्री बनाउने नै भएपछि चुनाबको नाटक किन गर्नु पर्यो? जनतालाई दुख किन दिनु पर्यो? चुनाबको नाममा राष्ट्रिय ढुकुटी किन रित्त्याउनु पर्यो ?
    ओलीले जनताको गुण त आजीवन कहिलै तिरेन तर महेश बस्नेतको ऋण भने ब्याज सहित तु तिर्यो | डराएर हो की !
    बिचरा चरी पनि यस पटक मन्त्री हुन्थ्यो होला अनि खुसुबू मन्त्रानी पुलिसले मारिदियो के गर्ने !

    Reply
  50. Deepak says:
    September 13, 2014 at 5:02 am

    अरु धेरै लेख्न र भन्न के नै बाँकी रहो र खालि भन्न मन लाग्यो : थुक्क !!!!

    Reply
  51. लक्ष्मण श्रेष्ठ says:
    September 13, 2014 at 4:45 am

    एउटा चरी मर्यो अब अर्को चरी तयार गर्न पर्योनी त नत्र त महिनैपिच्छे बिदेश गयर शरीरको पार्टपुर्जा बदल्ने पैसा पनि त जम्मा गर्नु पर्यो धम्काएरै भयपनी सरकारी बजेटबाट चाहेजती पैसा निकाल्नु पर्यो ६ महिनामा डेढ करोड खर्च गर्नुभयको छ।अब मन्त्री भयपछी त झन आफ्नै हालीमुहाली कस्ले के गर्न सक्छ। मेड इन नेपाल भन्न पनि नमिल्ला जस्तो शरीर इन्जिन सबै बिदेशी छ कसरी भन्नू हो नेपाली भनेर।

    Reply
  52. Ritika says:
    September 13, 2014 at 4:43 am

    ता How UML leaders/followers will answer questions raised by general public? KP should answer all the questions. Sometimes, I feel bad when I found myself a citizen of a country where gangsters are ministers.

    Reply
  53. Manjeel Shakya says:
    September 13, 2014 at 4:01 am

    सालोक्य जी, तपाइलाई डर लागेन यस्तो लेख्नको लागि? फेरी तपाई को टाउकोमाथि पनि यस्तै होला हेल्मेट लगायर बस्नु होला /

    Reply
  54. bijay says:
    September 13, 2014 at 3:49 am

    कुनै नेपालीको बुद्धि छ भने अर्को चुनाबमा भोट हाल्न जाने कस्ट नगर्नु होला / जति जलाई भोट हाले पनि परिणाम त्यै त हो नि /

    Reply
  55. bijay says:
    September 13, 2014 at 3:46 am

    लौ नेपाल गयो भाडमा अब/
    नेपाल नेताहरुको हातमा भिडबाट खसेको गोरु बनिसकेको छ, ल मेरो तर्फबाट राम राम /
    लौ नया मन्त्रिहरु यो भिडबाट खस्दै गरेको गोरुलाई कता पुर्याउने हो पुर्यौनुस, येस्को रगत कति चुस्ने चुस्नुस/

    Reply
  56. mani says:
    September 13, 2014 at 3:36 am

    धन्न चरी लै परमेस्वोर ले उडाएर लगे नत्र त उनि पनि मुन्त्री हुने रैचन क्यारे.
    धन्न ए मा ले धन्न …..
    हाम्रा बडा बा ले त भन्थे कि बाबु बरु राडा साशन आच्हा

    Reply
  57. गगने says:
    September 13, 2014 at 3:23 am

    कुन्नि कुन ग्रह प्रिथ्बिको नजिक आउदै छ भन्थ्यो सायद तेसैको छुद्र प्रभाब होला!
    ठोक्किन चाहि ठोक्किदैना रे नजिकै बात जान्छा रे अब त्यो पृथ्बी काटेर नजाउञ्जेल को लागि केके भोग्नु देख्नुपर्ने हो भोगौ भोग्न तयार हौ बस तेत्ति हो!
    गह्र सधै त नाराहलानी त गाठे!
    गाह्र पन्छायर थाति राख्नु भन्दा केहि समय भोगेर पार लगाउनु नै ठिक हुन्छ!
    तेसैले
    ओम शान्ति शान्ति शान्ति!

    Reply
  58. jeevan says:
    September 13, 2014 at 3:19 am

    धन्न महेश छन र त पार्टी र बिशेस गरेर ओलीजीको राजनीति टिकेको छ / जनताले र पार्टी कार्यकर्ताहरुले तिरस्कृत गरेका व्यक्तिलाइ पुरस्कृत गरेर ओली र मण्डलीले आफ्नो लक्ष्य प्रस्ट बताएका छन /

    जय डनबाद ! जय गुण्डाबाद ! जय महेशबाद ! जय ओली बाद !

    धिक्कार छ म त्यस्तो देशको नागरिक भएकोमा /

    Reply
  59. मणि says:
    September 13, 2014 at 3:00 am

    महेश बस्नेत, संजय साह (टकला), स्व. गोल्छे सार्की, बब्बन सिंह, पारस यी जति सब्बै मन्त्रि/प्रधानमन्त्री भएको भए……..
    दिवा-स्वप्न देख्न पाइन्छ क्यारे ?

    Reply
  60. 4Uttam Khadka says:
    September 13, 2014 at 2:55 am

    Please next time no vote for UML.

    Reply
  61. sanjeev Adhikari says:
    September 13, 2014 at 2:36 am

    ओलीलाई अरुको जसरि समय लगायर निर्णय गर्ने समयनै छैन .’सपथ खायाकै बखत भन्नु भाको नि उहा नमर्दै बस्नेतलाई मनोनित adhchhya बनाउनुपर्छ bhanne abhiyanako suruwaat
    jaya nepal

    Reply
  62. Bam bahadur says:
    September 13, 2014 at 2:33 am

    बधाई छ , डाका महेशलाई ! बधाई नदिएर के गर्नु ? चोरहरुले जनतालाई यत्ति निरिह सम्झेर
    हेप्न हामिले नै चुनेर पठाएका छौ ! अझ नजिकै भए सलाम नै टक्राउन हुन्थ्यो ! ……..आफनै ढंगले मंगले भएपछि के गर्ने ?

    Reply
  63. Aryan Sharma says:
    September 13, 2014 at 2:10 am

    यो के पी ओली र उसका भरौटे ले एमालेलाइ भिर बाट खसालेर नै छोड्ने भए. अहिले सम्म कुनै पनि राजनीतिक दलको कार्यकर्ता भएर नहिडेको भएता पनि एमाले प्रति रहेको साधारण समर्थन आजको दिनबाट समाप्त भयो मेरो चाही!

    Reply
  64. Lochan (Qatar) says:
    September 13, 2014 at 1:59 am

    हामीलाई हिजो राजतन्त्र थियो गणतन्त्र आयो १०
    साल युद्ध गरेर
    आयेका माओबादीका नेता प्रधानमन्त्री भये माधवकुमार
    नेपालले सत्ता हात पारे झलनाथ खनाल ले खाये बाबुराम ले
    पनि स्वाद लिये दोश्रो संबिधानसभाको चुनाब
    भयो माओबादी पाखा लग्यो राजाबादी कमल थापा माथि उठे सुशील कोइराला प्रम भये
    खरबौ रुपया केपी ओली ले उपचार खर्च पाय
    खिलराज रेग्मी पनि देश को प्रधानमन्त्री भये क्यारे
    जनता ले के पाये

    Reply
  65. Kalay says:
    September 13, 2014 at 1:47 am

    चोर नेतालाई गाली गर्ने हैन, मुर्ख जनता लै गाली गर्नु पर्चा.
    ति मुर्ख, अन्पद, बेकुफ ,जनतालाई गाली गर्न हो.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme