Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हिन्दू धर्मको जिज्ञासा र यथार्थ

Posted on September 12, 2014September 13, 2014 by mysansar

म खासै लेख्ने गर्दिन तर आज धर्मको बारेमा धेरै कुरा भए, हो म हिन्दु हुँ मलाई यस्मा गर्ब छ। तर यो पटक्कै होइन की मलाई अरु धर्म बारेमा पटक्कै आस्था छैन। म अरु धर्मलाई पनि सम्मान गर्दछु। काम बिशेष वा घुमघाम गर्ने सिलसिलामा विभिन्न देशहरु घुम्ने मौका पाएँ। तेस्मा म अरु धर्मको बारेमा पनि पटक्कै मनमा बिबाद नराखी क्रिस्चियनको चर्चमा पनि गए मैनबत्ती जलाए, मुस्लिमको मस्जिदमा पनि गएर टाउको म रुमाल बाँधी अल्लाहको नमाज पढे, खै मलाई त कहिले पनि आफ्नै धर्म मात्र सहि अरु गलत भन्ने कहिले लागेन त।

सर्ब प्रथम त म गुणाधीस खनालको पहिलो प्रश्न “के हामी सँधै हिन्दु हुनु पर्ने” भन्ने जिज्ञाशालाई हटाउन चाहन्छु। हो तपाइले हिन्दु भइरहन पर्दैन, तपाइले जुन धर्म अन्गालेपनी पुग्ने ठाउँ एउटै हो, सिर्फ बाटाहरु मात्र फरक हुन। सोच्नुस तपाई काठमाडौँ बाट पूर्वको लागी यात्रा गर्दै हुनुहुन्छ भने तपाई पृथिवी राजपथबाट पनि पुग्न सक्नु हुन्छ, तपाई त्रिभुबन राजपथबाट पनि जान सक्नु हुन्छ, र बनेपा बर्दिबास पथबाट पनि जान सक्नु हुन्छ, तर पुग्ने ठाउँ त एउटै हो हैन र तपाई लक्ष्यमा पुग्ने कोशिस गर्नुस बाटोहरु प्रशस्त हुन सक्छन्। हो यी सबै धर्मले एउटै कुरा सिकाएकाले, तपाई हामी को हो यो सहि र त्यो गलत भन्नलाई। अन्जु पन्त लाई कुन गाना गाउने कुन नगाउने भन्ने स्वतन्त्रता अवश्य छ। तर धर्मको नाममा साम्प्रदायिकता फैलाई धर्म वितिष्णा फैलाउने कुनै अधिकार छैन। नेपाल ९०% भन्दा बढी हिन्दु भईकन पनि धर्म निरपेक्ष देश हो। खै त अमेरिकाको रास्ट्रपतिले क्रिस्चियन भएर पनि दिपावली मनाउछन् त, उसलाई चाही प्रभुको डर भएन छ त् अन्जु पन्त लाई किन तेस्तो डर त प्रभुको, की पैसा र नाम कमाएर उन्मत्त हुनु भाको त हैन तेसो हो भने, आफ्नो सोचलाई परिवर्तन गर्नुस नत्र जसरि कमाउनु भएको शान र मान झर्न कत्ति पनि समय नलाग्ला। के भनेको त्यो “म हिन्दु धर्मको शब्द उच्चारण गर्न सक्दिन रे कुनी मेरे साई रे,दुर्गा माता रे, अल्लाह रे,अनि कुनी शिव रे.. “|

सारा संसारले “ॐ” शब्दको सम्मान गरेको छ। मेडिटेसनमा समेत “ॐ” शब्द उच्चारण हुन्छ, त्यो कहाँ बाट आयो बुझ्नु पर्छ। यो पुरै ब्रमाण्ड हावामा अडेकोमा केहि शक्ति अवश्य छ भन्नुपर्छ, त्यो शक्ति शिवशक्ति स्वरूपको ज्योतिर्लिंग बाट उत्पन्न भएको हो। कुरान, बाईबल र गीताका सबैजसो उपदेश उस्तै छन् तै पनि गीताका श्लोकमा सशक्तता भेट्न सकिन्छ तैपनि सबैले सहि कर्म गर्नु, असहायलाई सहायता गर्नु, नराम्रा विचार त्याग्नु नै भन्छन स्वर्ग, अल्लाहको दरबार, हेबन तीन अलग ठाउँ छैनन् होला त धर्ममा स्वतन्त्रता छ, सबैलाई आ-आफ्नो धर्मको बारेमा बोल्न सक्छ, भन्न सक्छ तर अरुको धर्मको बारेमा गलत बोलेमा त्यो अज्ञानता हो। धार्मिक साहिष्णुता बिगार्नु त भयन्कर दुस्कर्म हुनेछ। धर्म त त्यो हो जसले हरेक व्यक्तिलाई आफ्नो जिबन यात्रामा सशक्त बनाउन मद्दत गरोस्। भक्तिको मार्गमा गन्तब्य त एउटै हो खाली यात्रा मात्र फरक हो, धर्ममा सबैभन्दा पहिले आफुलाई पहिचान गर्नु हो, धर्ममा सबैलाई स्वतन्त्रता छ, की उसले जुन धर्म अंगाले पनि सहि बाटोमा हिड्नु नै हो| धर्म त समर्पण हो निष्पाप हो मित्रता हो निरन्तरता हो।

र रह्यो धर्म परिवर्तन को कुरा। हिन्दुहरुले कहिले पनि हाम्रो धर्ममा लाग, येसो हुन्छ, उसो हुन्छ भन्दैन, बरु क्रिचियन अनुयायी हरुले नै, गाउँ गाउँमा गएर गरिब निमुखा जनतालाई झुक्काएर पैसा वा अन्य चिजको प्रलोभन दिएर प्रभुको नाममा ब्यापार गर्न खोजेका छन्। प्रचार प्रसार गरेका छन्। घरघर गई नेताहरुले आ-आफ्नो चुनाब प्रचार गरे जसो। के त्यो तपाई हरुको तल्लो मानसिकता होइन

अब अर्को कुरा हिन्दु धर्ममा ब्रामणले लुट गर्छ, अनावस्यक दान दक्षिणा माग्छ, भन्ने कुराले अचम्म लाग्यो। दान दिनु भनेको अरुलाई सहयोग गर्नु हो। त्यसो भए के चर्चमा चन्दा दिदैनन् त दान दिनु, गरिबलाई भोजन दिनु, त अतुलनीय सन्तुष्टिको महसुस हुने मार्ग हो। पुजा गरेर पैसा चढाउनु गलत हो भने, जिसस ले चर्चमा क्यान्डल बाल्नु नि भन्नु भएको छैन होला, त्यो क्यान्डल त गरिब को घरमा बालेमा उसको घर केहि क्षणको लागी भए नि उज्यालो हुन्थ्यो होला नि हैन र आफुले गरेको हरेक कर्म सहि अन्यले गरेको गलत भन्ने ,मानसिकता बाहेक केहि होइन। गीता सारमा भगवान श्री कृष्णले भन्नु भएकै छ “जे भयो राम्रै भयो, जे हुदैछ राम्रै हुदैछ, जे हुनेवाला छ त्यो पनि राम्रै हुनेछ। तिमीले के लिएर आएका थियो र के लिएर जान्छौ, खाली हाथ आएको थियों, खाली हाथ नै जान्छौ, तेसैले दान धर्म पुण्यको कर्म गर सत्यलाई साथ देऊ।”

हिन्दु धर्म अनन्य छ, अशिम, निराकार, निरन्जन, निश्चल छ, स्वच्छ छ, तै पनि हामी कसैलाई बाध्य बनाऊँदैनौ, धर्म परिवर्तनको नाममा स्वस्फुर्त आउछन्। गर्ब छ हामीलाई, की यसका बाबजुत पनि हामी अरु धर्मको अबहेलना पनि गर्दैनौ। सम्मान गर्छौ। इन्डोनेसियाको सारा हिन्दु हरुलाई दमन गरियो चुक्क नबोली विभिन्न प्रान्तमा छरियर रहेका इन्डोनेसियाली हिन्दुहरु भागेर बालि भन्ने टापुमा बस्न लागे खै त्यहाका मुस्लिमलाई हिन्दु बन्नुपर्छ भनेनौ त। नासाका बैज्ञानिक ले “ॐ” को अर्थलाई प्रष्ट्याएको छ। गाईको गोबरमा घ्यू जलाउनाले १० लाख टन अक्सीजन बन्छ र बाताबरण कत्ति स्वच्छ हुन्छ, बाराकओबामा आफ्नो खल्तीमा हनुमानजी को फोटो किन राख्छन्? किन जर्मनीको ध्वोजा बाहक बिमानमा संस्कृत नाम Lufthansa छ? किन हिन्दुको नाममा अफगानिस्थानको पर्वतको नाम हि्न्दूकुश छ? कसरी भियतनाममा बिष्णु भगवानको 4000 साल पुरानो मूर्ति पाईयो? किन इंडोनेशिया पैसामा भगवान गणेशको फोटो छ? किन अमेरिकाको सेटन हल बिश्वबिद्यालयमा गीता पढाईभइरहेको छ? किन अमेरिकी वैज्ञानीक हवार्डको शोधपछि मानियो की गायत्री मंत्रमा 110000 freq को कंपनछ? कसरी अमेरिकी सैनिकलाई अफगानिस्तानको कान्दाहारको एउटा गुफामा 5000 साल पहिलाको महाभारतको समयको “विमान”मिल्यो? यो सबै कुरा सत्यतामा आधारित छन्। हिन्दु धर्म सर्बब्यापी छ, सर्बत्र छ। सबैको प्रतिबिम्बित हुन्, स्वरूप हुन्। हामी झुटो र लालची कुरा गर्न जान्दैनौ| मानिसमा दुई किसिमका उर्जा हुन्छन त्यसमा जहिले पनि सकारात्मक उर्जाले चिन्तन मनन गरे सत्य तथ्य बुझ्न सक्नु हुनेछ। ज्ञान प्राप्त हुनेछ भन्ने हामीलाई लाग्दछ| भगवान पशुपतिनाथले सबैको कल्याण गरुन्।

[माइसंसारका पाठकले पठाएको यो ब्लग बिना सम्पादन प्रस्तुत गरिएको हो। तपाईँ पनि आफ्नो सामग्री यहाँबाट पठाउन सक्नुहुन्छ]

36 thoughts on “हिन्दू धर्मको जिज्ञासा र यथार्थ”

  1. subash says:
    September 15, 2014 at 10:32 pm

    See what OM looks like:

    http://www.youtube.com/watch?feature=player_embedded&v=Yw13EAX3cZk

    Reply
  2. yuroj says:
    September 15, 2014 at 1:50 am

    समसामीक छ लेख , हिन्दु धर्म नै सबै धर्मको उद्गम थलो हो यसै बाट सबै धर्मको उत्पत्ति भएको हो येस्मा कुनै भेदभाव छैन सबै वर्ग समाज सबै चिन्तन भएकाहरुको मिलन बिन्दु हो एस्लाई प्रस्ट्याए दिनु भएकोमा धन्यबाद छ ! नब Christian बन्दैमा हिन्दु धर्मको उछितो काट्नु पर्ने त्यस्तो म केहि देख्दिन ,, बसुधैब कुतुम्बकम !!!!

    Reply
  3. neerose says:
    September 15, 2014 at 1:00 am

    भौतिक र अध्यात्मबादको उच्चतम सम्मिश्रण पाइन्छ हिन्दु धर्ममा र यस्तो अरु कुनै धर्ममा देखिदैन र रहेको मलाइ थाहा छैन!
    कुनैपनि कुहरुले समयक्रममा जति लामो यात्रागर्यो र जतिधेरै समूह समाज र व्यक्तिहरु संग प्रवाहित भयर बग्यो त्यो तेतिनै धमिलो बिबादास्पद हुनापुग्दछ गंगाको पानि जस्तै, गंगाको पानि खानको लागि हुदैन तर त्यो जत्तिको पबित्र र गहन अर्को कुनै पानि लिन सकिन्न!
    हिन्दु धर्मपनी तेस्तै हो!
    यो जत्तिको पुरानो धर्म अर्को छैन यो सत्य लाइ बत्तिबालेर देखाउनु पर्दैन कसैलाई!
    हामि धर्मको बारेमा मच्चिमच्चि कुरा गर्छौ तर धर्मको बहसमा समाजिकताको कुरा घुसाउदछौ!
    एउटा धर्म धर्म बन्नको लागि,
    फिलोशफी,
    फलोअर्स,
    सोसाइटी एण्ड सोसेलिज्म,
    कल्चर,
    ट्रेडिसन,
    महासागर हो हिन्दुधर्म यसमा अथाह बिज्ञान र ग्यान हरु छन् तेस्को खोजि जारि छ महासागरमा खजाना खोजे जस्तै यसको पिधमा पुगेर यसको गहनता प्राप्तगरी ज्ञानले दीक्षित हुन्छ उनी भगवान हुन्छन.
    हामि सामाजिकतामा आधारित रहेर धर्मको बहस गर्दछौ र भन्दछु उच निच जातपात भेदभाब, ढुंगा पुज्ने, गाइ नखाने, आदि आदि यो सबै सामाजिक र सामाजिकतामा निहित कुरा हुन्!
    अधिक मान्छेहरुले ट्रेडिसन लाइ कल्चर भनेको पाइन्छ सुनिन्छ तेस्तै रेलिजन लाइ सोसेलिज्म ठान्दछन वा यी दुइलाइ घोलेर खिचडी बनाउदछन अनि कुरा सुन्न पनि गाह्रो बहसमा भाग लिन झनै गाह्रो!
    जुनदिन कसैले हिन्दु धर्मलाई बुझेर स्वोज्ञान प्राप्त गर्छानी तेसैदीन उ भगवान बन्दछ.
    बुद्द जस्तो,
    क्राइस्ट जस्तो,
    महम्मद जस्तो,
    बन्ने क्रममा रहेको
    त्यो साइ र अरु थुप्रै जस्तो!
    आफ्नो मातृ धर्म र आफ्नो बोलि फुटेको जन्म धर्मलाई छिछि र दुर दुर गर्ने पेट भर्न र धनको लागि आफ्नो धर्म छाड्ने इसाई बन्न सक्दैन ति त कसाई बन्दछन!
    तेसैले यो गित गाउने केटि (के नाम रे?) इसाई होइनन त्यो त कसाई हुन् कसाई!

    Reply
  4. RD Pandey says:
    September 14, 2014 at 5:55 pm

    https://www.facebook.com/madhav.upadhyaya.5
    हाम्रा पुर्खा ऋषि- महर्षिहरुले हामीलाई अनेकौ धर्म सम्प्रदायहरू त देखाए,तर हामीलाई साँचो मोक्षदेखि वन्चित राखे। किनभने उनीहरु पनि हामी जस्तै मोक्षहीन नै थिए।

    अपां मध्ये तास्थिवासं
    तृष्णाविद्ज्जरिताम।
    मृला सुक्षत्र मृलय।।
    (ऋग्वेद ७:८९:४)
    अर्थ:
    जलाशयमा रहेर पनि म अत्यंत तिर्खाएको छु,
    दया गर्नुहोस हे प्रभु,
    म माथि दया गर्नुहोस।

    यही नै यो दासत्व हो,जसको बंधनमा परी महान वैदिक महर्षि यस्तो पिडायुक्त प्रार्थना गर्दछन।
    “असतो मा सद गमय
    तमसो मा ज्योतिर्गनय।(शतपथ ब्राम्ह्ममण ४:३:१:३०;)
    मृत्योर्मा अमृतं गमय।।(बृहदोरन्यक उपनिषद १:३:२८;)
    अर्थ;
    हे प्रभु,मलाई असत्यबाट बचाउनुहोस सत्यमा डोर्याउनुहोस। अन्धकारबाट निकाल्नुहोस,मलाई ज्योतितर्फ डोर्याउनुहोस।
    मृत्युबाट मलाई निकाल्नुहोस,अमर जीवनमा दोर्याउनुहोस।
    —-
    जब हाम्रो पुर्खा ऋषि-महर्षिहरु पनि आत्मिक तृष्णाले छटपटाउँदै देह त्याग गरिरहेका थिए भने हाम्रो गति कस्तो होला ?? आजसम्म हामीले हाम्रो आत्मिक खाँचो चिन्न र जान्न सकेनौं भने भविष्यका सन्तानहरुको जिम्मेवार को हुने ??
    हामीसंग
    वेदहरु छन,उपनिषदहरु छन,पुरानहरू छन,र अन्य स-साना ग्रन्थहरु पनि छन,
    जहाँ देउताहरुलाई रिझाउने मंत्र,स्तोत्र र अन्य धेरै उपायहरु छन।साहित्यको भंडार हामीसंगै छ।विद्वानहरुको भीड़ हाम्रै मुलुकमा छ,गुरुहरुको आशीर्वाद,मंदिरहरुको शहर हाम्रै हिंदूस्थानमा छ,पवित्र गंगाले हिन्दुथान सिंचिएको छ।’हिन्द-को नाउँले प्रसिद्ध हाम्रो मुलुक भरत राजाको राज्य देवताहरुको निवास छ। इतिहासको प्रथम खुडकिलो हिन्दूस्थानमा केको श्राप पर्यो??
    चार जात छत्तीस वर्णको यो पुष्पवाटिकामा जीवनहीन फुलहरू किन फुले?? किन हामी मोक्षहीन भएर पाखाको माछौझै छटपटिन्छौ ??

    Reply
  5. Sudip says:
    September 14, 2014 at 1:15 pm

    भगवान पशुपति नाथले सबै लै कृपा गरुन!! जस जस ले कनि कुथी हिन्दु धर्म लाइ अरु धर्म भन्दा तल राखेर बोल्ने प्रयास गरे ! जानी नजानी खोके! तिनलाई ३३ कोटी देवता ले सद बुद्दि दिउन!!

    Reply
  6. NIshar says:
    September 14, 2014 at 12:40 pm

    थपलिया जी को लेख पढ्दा लाग्यो धर्म निरपेछ्या मान्छे रहिछ. तर पढ्दै जादा प्रशस्त हिन्दु धर्म को वकालत पाईयो. हो यो सत्य हो कि हिन्दु धर्म ले धर्म परिबर्तन को चेस्टा गर्दैन. र इसाई र मुस्लिम ले गर्छन. बास्तव मा यो इसाई र मुस्लिम बीच को लडाई हो. यति हुदा हुदै पनि इसाई ले aauta गरिब नेपाली लाइ या तल्लो जात जो हिन्दु ले बनाको छ उसलाई त उपकार नै गरेको छ नि. जहाँ सम्म मैले मेरो गाउ टोल मा देखेको छु तिनी हरु खुसि छन् जति हिन्दु हुदा थिएनन्. इसाई हुदा रातारात धनि त भाका छैनन् तर somehow काम पाएर भनौ या क भएर हो पेट भर्ना पाका छन् र संतुस्ता छन्. औता जिउने आधार बनेको छ यहि नै होइन धर्म भनेको?

    Reply
  7. जसराज राई says:
    September 14, 2014 at 11:31 am

    नेपालमा हिन्दुको मात्र सुनुवाई हुन्छ भने अरु धर्म अंगाल्नेहरुले कसलाई गुहार्ने, अलकायदा र अल्सबाब त होला नि … के यो देश हिन्दुहरुको बाउको बिर्ता हो र ? यदि सबै धर्म अंगाल्ने नेपाली नागगरिकलाइ मान्य संबिधान भएन भने बुद्धिस्ट, मुस्लिम र क्रिस्चियनहरु पनि हात बाधेर किन बस्ने?

    Reply
  8. prayas says:
    September 13, 2014 at 8:15 pm

    अब त् देश हिन्दु राज्य हुने पर्छ, हाम्रो जस्तो गरिव मुलुकमा धार्मिक स्वतन्त्रता को छुट दिनु भनेको बिदेशीहरु लाई धर्म परिवर्तन गराउन का लागि पशल खोल्ने अनुमति दिए जस्तै भए को छ ! आंकाजी जस्ता दलाल अनि अन्जु जस्ता पात्तरनी थुप्रै होलान , २/४ पैसा हातमा परेसी जे पनि भन्न, गर्न लाज नमान्ने
    हिन्दु धर्म अलिक गहिरो छ , चिन्तनसिल छ ! सानो उदहारण दिउ > जस्तै जुतपट्टि र म्यारिज दुवै ताशका खेल हुन् तर पनि खेल्न का लागि अलग अलग किसिमको बौद्धिकता चाहिन्छ ! त्यसैले बुझ्न अलि कठिन प्रतित हुन्छ ! हिन्दु हरु ले कहिलै आऊ हामी तिमीलाई २/४ पैसा दिन्छौ हाम्रो धर्म मान भनेर किनकि उत्कृस्ट कुरा को लागि कसैले विज्ञापन गर्दैनन्, त्यसको आवस्यकता नै हुँदैन रैछ !

    Reply
  9. bishnu says:
    September 13, 2014 at 6:53 pm

    साएद तपाइले ति धर्महरुको इतिहास वा कहिले र कसरि सुरु भयो भन्ने तर्फपनि ध्यान दिन सक्नु हुन्थ्यो कि ?
    एउटा धर्म दशौ हजार पुरानो छ, अर्को २००० र अर्को मात्रै १३०० बर्ष , अब तपाइँ नै भन्नुस कसले कसको धर्म बाट कपि गरेको होला ? साथी हुन्दु धर्म वा सन्तान धर्म लाइ यी भर्खरै पलायाका धर्महरु जसले आध्यात्मिक भन्दापनि राजनीतिक उध्श्य लाइ बढी महत्तो दियको छन् , आँखा खोलौ महोदय हिन्दु र बुद्ध धर्मजस्तो मात्रै आध्यात्मिक उध्श्य भयका धर्महरुलाई यी राजनैतिक धर्महरु संग तुलना नगरौ !

    Reply
    1. dipendra says:
      September 13, 2014 at 9:14 pm

      बिष्णु जी , तपाइले सकारात्मक उर्जाले सोच्नुस, असल कर्म गर्नुस आफुलाई आत्मा सन्तुष्टि हुने कुनै पनि सकारात्मक कर्म ले भगवान भेट्नु हुञ्छ येत्र तत्र !

      Reply
  10. Basanta Thapa,Maryland,USA says:
    September 13, 2014 at 6:23 pm

    प्राणि,पृथिवी ,जल,वायु अन्न कन्दमुल(फलफुल) प्रकृतिका देन हुन भने भाषा,जात,धर्म ,विचार,राज्य,राजा,नागरिक,प्रणाली ,भगवान,पर्भु ,अल्लाह ,राक्षस,सैतान स्वर्ग ,नर्क आदि इत्यादि मानिस निर्मित कुरा हुन । धर्म मानवजातिलाइ अनुशासित वनाउन र नराम्रो काम गर्नबाट रोक्न वनाइएको नियम र आस अनि डर हो। धर्म मान्न र नमान्न दुवै छुट हुनु पर्छ तर धर्म विचारको नाममा एक अर्कों सानो ठुलो ,हुनै पर्ने नामेटै हुनु पर्ने जस्ता सोच व्यवहार मानवता विरोधि हुन यस्तो रहे भए सम्म संन्सारमा कहि कहिल्य शान्ति हुन्ेछैन । यो संन्सारमा केहि कुरा पनि पुर्ण र सफल छैन चाहे हामि मानिस धर्म विचार निर्माण किन नहोस । त्यसैले एक अर्काको अस्तित्व स्विकारौ आफुलाइ सुधारौ मानव मात्र ठुलो हो अरू सहयोगी हुन म ठुलो त सानो नठानौ माया सम्मान र सहयोग जिवनपथ वनाऔ यस मै मानवहित सुरक्षित हुन्छ ।

    Reply
  11. santosh thapa says:
    September 13, 2014 at 6:00 pm

    म हिन्दु भनेर अरु धर्म को बिरोध त गर्दिन मिल्दैन पनि तर हिन्दु धर्म मा येस्ता धरै कुरा छन् जसले बडी विश्वास गर्न मद्दत गर्छ

    Reply
  12. Shankar says:
    September 13, 2014 at 5:39 pm

    तपाइले हिन्दु धर्म को बारेमा गहन अध्ययन राख्नु भएको रहेछ | आफ्नो चिज बारे पूर्ण जानकारी राख्न खोज्नु जायज कुरा हो |
    अनि मन्दिर जादा भगवान भेट्नु भयो कि , चर्च जादा जिजस भेट्नु भो कि ? कि मस्झिद मा अल्लाहा भटेनु भयो ?

    यो सब देख्दा यो धर्म भन्ने अफिम रहेछ , मानिस लाइ गाजेको छ , एस्तो अनुभूति भएँन ?
    माफ गर्नु होला , म त नास्तिकै भा छु है |

    Reply
  13. प्रेम पुन मगर says:
    September 13, 2014 at 4:08 pm

    अस्ति काँग्रेसका खुमेले धर्मनिरेपेक्षताको बिरोधमा भाषण ठोक्यो।आज फेरि एमालेका मोदनाथ प्रश्रितले यै कुरालाई दोहोराए।कमल थापाहरु चिच्चाउदै देशलाई धार्मिक युद्धमा धकेल्न प्रयास गर्दैछन।मावोबादी नेताहरु सबका सब चुप!मिडियाहरु पुरै यिनीहरुकै गुणगान गाएर थाक्दैनन।नेपाललाई हिन्दुराष्ट्र बनाउन पर्दा पछाडी षडयन्त्र हुँदैछ।

    म धार्मिक आस्था नभएका ब्याक्ति।तर देशमा सबैले आ-आफ्नो धर्म मान्न स्वतन्त्र हुन पाउनु पर्छ।देश धर्मनेरपेक्षता हुनु नै पर्छ भन्ने मेरो मान्यता हो।यदि कथं कदाचित हिन्दुराष्ट्र घोषित भयो भने सम्झनुस त्यँहा बिद्रोह हुनेछ।रगतको खोला बग्नेछ।

    मेरो धर्म ठूलो राम्रो भनेर कसैले फलाक्नु पर्दैन।आफ्नो मन,चित्त,हृदय,भावना शुद्ध बनाऊ,अनि दुखी गरिबको सेवा गर त्यै नै सबै भन्दा ठूलो धर्म हो।मान्छेहरुको साँगुरो र नकरात्मक सोचहरुले भरिएको देख्दा मलाई याद आउदैछ,महाकबि लक्ष्मी प्रसाद देबकोताज्यूको कबिता..”कुन मन्दिरमा जान्छौ यात्री”।

    https://www.youtube.com/watch?v=Gq4Ti4WQICA

    Reply
  14. Bal Krishna says:
    September 13, 2014 at 12:54 pm

    Please do not speak for all the Hindus. Every religion has its negative and positive aspects. Every religion has superstitious practices. A wise human should take only the positive things. There are a lot of good things in Hinduism too and both Hindus and non-Hindus can benefit from such good ideas and practices.

    Reply
  15. rajkumar tamang says:
    September 13, 2014 at 12:33 pm

    बेकारका वकमफुसे कुरा लेखेर समय मात्र बरबाद ।… के अरुले चाहिँ कुनै धर्मशास्त्र पढेका छैनन् ? अनि कुनै कुराकाे अध्ययन गरेका छैनन्? यदि तिमिलाई त्यस्ताे लाग्छभने त्याे त तिम्रे भित्री अहमपना हाे। अनि केरे हिन्दू धर्म अनन्य छ ,अशिम,निराकार,निरन्जन,र स्वच्छ छ त्याे त ठिक् छ। अज हामिलाई गर्व छ हामिले अबहेलना गर्दैनाै पनि भन्न भ्याएछाै कतिठुलाे घमण्ड्…आज मैले पनि छातिमा हात राखेर भन्न सक्छु एउटा स्वच्छ मनले मन्दिरमा गएका श्रद्दालुलाई पनि तल्लाे जातिमा गनेर पुजा गर्न नपएका पनि

    Reply
  16. Indra Pd Thapa,Butwal says:
    September 13, 2014 at 12:23 pm

    हो , हिन्दु धर्म प्राचिन धर्म हो ,येसका राम्रा पक्ष हरु हुँदा हुँदै पनि यसका ब्याखाकारहरुले गलत व्याखा गर्ने र यसलाई कमाइ खाने भाँडो भने बनाएकै हुन् अनि देशमा पश्छिमा धर्म मौलाउन्दै जाँदा पनि यिनी हरु के हेरेर बसेका हुन् त ?

    Reply
  17. बशन्त राज says:
    September 13, 2014 at 12:06 pm

    गाईको गोबरबाट गोबर ग्यास बन्छ/ त्योग्यासले बाताबरण प्रदुसन गर्दैन/ तर त्यो युरोपीयनले पत्ता लगायको पेट्रोल अनि तेलले बाताबरण बिनास गरको छ/ तसर्थ आजकाल प्रदुसंन मुक्त्त ईन्धनको खोजी भैरहेछ/ तपाईका ख्रीतियाँनले पत्तालगाएको खनिज तेलले बाताबरण बिनास गर्यो/ हामीले ग्रीन ईनर्जी खोजि गर्न पर्यो भन्ने तिनै ख्रीतियाँन हुन् जबकि हिन्दु धर्म सधै प्रक्रीतीको पुजा गर्ने धर्म हो/ गाईको गौतमा सिस्नो, निम बनमाराझार आदि को पात मिसायर जैविक बिसादी बनाउन सकिन्छ/ तेस्तो बिसादी हालेको तरकारीलाई अर्ग्यानिक खेति भन्निछ/ तपाईको ख्रीस्तियाँनली पत्ता लगाएको आधुनिक बिसदिले बाताबरन त बिनास गर्छ नै कतिपय अबस्थामा मान्छे नै बिनास अर्थात् म्रीत्यु भाको छ/ तपाई अगाडी टेबलमा बन्दुक राखी कोहि “ल सान्ति पूर्ण तरीकाले धर्मको कुरा गरोउ भन्छ” भने त्यो सान्ति पूर्ण होईन धम्कि पूर्ण कुराकानी हुन्छ/ तेस्तै तपाईका अगाडी टेबलमा पैसाको बिटो राखेर धर्म परिबर्तनको कुरा गरोउ भन्छ भने त्यो धर्म परिबर्तन होईन धर्म को किनबेच हो/ अझ कतिले धर्म परिबर्तन गरे रोग निको हुन्छ भन्छ भने त्यो पनि ठग हो/ तपाईको हातमा चक्कु छ तरकारी काट्ने कि मान्छे कात्टने त्यो तपाईको बुद्धिको कुरा हो/ तपाईको हातमा फेसबुक छ/ साथी भाई आफन्त संङ्ग संदेश आदान प्रदान गर्ने साधन बनाउने कि ब्रेक अप भाको केटी साथीको नाग्ग्न फोटो हालेर उसको बदनाम गर्ने त्यो पनि तपाईको बुद्धिको कुरा हो/ सबै धर्मलाई सम्मान दीयारा मिठो बोल्ने कि अरु धर्मको नराम्रो कुरा खोजी खोजी नराम्रो भन्दै आफ्नो नया धर्म अरुलाई पनि परिबर्तन गर्न लागाउने त्यो पनि बुद्धि कै कुरा हो/ बजारमा अनेक दात माज्ज्ने मन्जन आको छ/ अब एक कम्पनिकोले मात्रै बनाको मन्जन राम्रो र सुद्ध हो अरुको सब गलत भन्छ भने त्यो मुर्खता हो/ जबकी सबै मन्जन बनाउने कच्चा पदार्थ एकै हो/ बजारमा अनेक नुहाउने साबुन आउछ तर एक कम्पनीले बनाको साबुन मात्रै राम्रो अरुको नराम्रो भन्छ भने त्यो मुर्खता हो/ जबकि सबै साबुन बनाउने कच्चा पदार्थ एकै हुन्/ येत्रो पुराण सुनाउदा पनि बुद्दि को बिर्को खुल्दैन भने त्यो सुस्त मनस्थिति भाको या त नया धर्मको रेबिज लागेको कुकुरले टोकेको हुनु पर्छ/

    Reply
  18. Singh Surendra says:
    September 13, 2014 at 11:35 am

    Facebook कहिले चरीमय र अहिले अन्जुमय भएको अवस्थामा मलाई पनि केहि लेख्न मन लाग्यो, हामी हिन्दुहरु अरुको धर्म माथि प्रहार कहिले पनि गर्दैनौ तर हामी माथि जहिले पनि प्रहार भैराखेको हुन्छ/ गायिका अन्जु पन्तको दोहोरो चरित्र को पर्दाफास भयो, माफी माग्दै “दशैंको शुभकामना” दिन सक्नेले अलाह र दुर्गाको नाममा भजन गाउँन सक्दिन भन्दै अरु धर्मको उपहास गरेको विडियो facebook मार्फत नै सार्बजनिक गरियो, आफ्नो धर्म पालना गर्दा अरुलाई आघात पुग्ने बचन नबोलेको भए अथवा त्यो सन्दर्भ नझिकेको भए अहिले को अवस्थाको सामना अन्जु पन्तले गर्नु पर्दैन थियो/ खोलो तरेर लौरो बिर्सेकै हो अन्जु, आफ्नो कर्तब्य पालनको सिलसिलामा अरु पर्ति अपाच्य कुरा गरिन् / अबका दिनहरुमा अन्जुले आफ्नो भबिस्य कसरि अगाडी बढाउछिन हेर्न बाकीनै छ/ यहाँ कुरा येतिकैमा सिद्धिदैन, समाजमा धेरै छन् अन्जु पन्तहरु , देशको अवस्था नाजुक भएको बेला हिन्दु घर्म माथि चौतर्फी आक्रमणहरु भै राखेको छ, हिन्दु धर्ममा भएका केहि विसंगतिहरु लाई हतियार बनाएर, बिभिन्न लोभ प्रलोभनमा पारेर देशका दुर-दराजका बस्तीहरु मा पसेर धर्म प्रचारका नाममा यहाँ धर्म परिवर्तन गराई राखेको कुरा सर्बबिधितै छ/ अब पनि हामी हरुले आफ्नो ठाउँ बाट जागरुक न हुनेहो भने हिन्दु धर्मको अस्तित्व धरापमा पर्नसक्ने संकेत मिलेको छ, यो एउटा सजक हुने अवसर हो भन्ने बुझ्नु जरुरि छ, नेपालको इतिहास हेर्दा यही भएर होला दुरगामी सोच राख्ने “राजा पृथिबी नारायण शाहको” पालामा युरोपियन लाई देशबाटै खेदिन्थ्यो, तेतिबेला नेपालमा एउटा पनि क्रिस्चियन थिएँन, देशले विकासक्रमको गति लिए संगै युरोपियनहरुको बिभिन्न बहानामा आफ्ना गातिबिधि तिब्र बनाउदै गएर अहिलेको अवस्थामा पुगेको हो, नेपालको जनगणना सुरु भएको बर्ष १९६८ र पछिल्लो जनगणना २०६८ को तथ्यांक हेर्दा पनि प्रस्ट हुन्छ पहिले कति थिए भनेर, पछिल्लो गणना अनुसार पनि Buddhism घटेर क्रिस्चियन भएको बुझिन्छ/ देश गणतन्त्रमा प्रवेश गरेसंगै धर्मनिरपेक्ष राष्ट्र भयो जुन सकारात्मक परिवर्तन हो, तर पछिल्लो समयमा हिन्दु धर्मालम्बीहरुको बहुल्ये भएको देशमा गाई काटेर खाने हरुको समुह पनि दिनदिनै वृद्धि भैराखेको छ, जुन कुरा हिन्दु धर्मालम्बीहरुको लाई असह्स्येकुरा हो/ यस्तो र अन्य बिबादित कुराको लागि निश्चित गर्ने पुरानो कानुनलाई सुधार गर्दै नयाँ कानुनको अभाव अझै छ यहाँ, एकछिन विदेशकै कुरा गरौ मुसलिम्देशमा सुँगुर पाल्न र काटेर खान पाइदैन तर U.A.E मा frozen सुँगुरको मासु निश्चित ठाउँमा गएर किन्न र खान प्रतिबन्धित छैन / किनकी यहाँ frozen मासु बाहिरीदेश बाट आयात गरिन्छ/ आपसी भाई-चारा कयेम गर्दै एक-आर्को धर्मालम्बीहरुले आपसी बिबादमा अलमलिनुभन्दा आपसमा धार्मिक सहिष्णुता कायमगर्दै समृद्ध देश बिकासमा सबैले सहयोग गर्नु अहिलेको टड्कारो आवस्यकता हो भन्नेकुरा सबैले बुझ्नु जरुरि छ / देशसबैको हो सबैले आफ्नो मानसिकताको ईस्थर माथि उठाउनु पर्छ/ देशलाई गृहयुद्ध मा धकेल्नु हाम्रो चाहना कदापी होइन, अझै पनि धार्मिक आस्थामाथि प्रहार गरिन्छ भने हामीले पनि एकजुट हुदै आफ्नो अस्तित्व रक्षाको लागि सदैब तयार रहनु पर्छ/

    Reply
  19. binaya says:
    September 13, 2014 at 11:27 am

    मलाई के लाग्छ भने जसले धर्मको नाम म़ा पैसा कमाउने र राजनीति गर्ने गर्छ त्यसले मात्र आफ्नो धर्म ठुलो र अरूको धर्म लाई सैतान भन्छन | जो व्यक्ति आध्यात्मिक मार्गमा छ उसले सबै को आदर गर्छ | धुर्व सत्य के हो अध्यात्म मार्गमा लाग्ने हरु को लागि हिन्दु धर्म म़ा अनेक मार्ग र मार्गदर्शक छन् | त्यसैला अध्य्त्माका भोका हरु धेरै जसो ले हिन्दु धर्म वा बुद्ध धर्म म़ा बताइएको साधना द्वारा आफ्नो लक्ष्य खोजि गर्छन | उदहारण को लागि Julia Roberts पनि अध्यात्मिक शान्ति को लागि हिन्दु धर्म को अनुसरण गर्छिन.
    Julia Roberts: I’m a Hindu
    Julia Roberts, the Hollywood actress, has disclosed that she is a practising Hindu who goes to temple to “chant and pray and celebrate”.

    http://www.telegraph.co.uk/culture/film/film-news/7928961/Julia-Roberts-Im-a-Hindu.html

    Reply
  20. san says:
    September 13, 2014 at 10:48 am

    could you provide more info for this ?
    कसरी अमेरिकी सैनिकलाई अफगानिस्तानको कान्दाहारको एउटा गुफामा 5000 साल पहिलाको महाभारतको समयको “विमान”मिल्यो?

    Reply
    1. dipendra says:
      September 13, 2014 at 11:25 pm

      A Vimana is an ancient flying machine described in ancient Indian sand script epics. It is said to be protected by a strange energy barrier that is preventing troops from extracting the Vimana.

      What caused the sudden rush of these most powerful leaders of the Western World to go to Afghanistan, this report continues, was to directly view the discovery by US Military scientists of what is described as a “Vimana” entrapped in a “Time Well” that has already caused the “disappearance” of at least 8 American Soldiers trying to remove it from the cave it has been hidden in for the past estimated 5,000 years.
      san see this link please,
      http://youtu.be/QLwYG3d5NKQ

      Reply
  21. aryan says:
    September 13, 2014 at 9:11 am

    सर , लेख राम्रो छ हिन्दु धर्म नै सबै धर्म को उद्गम थलो हो यसै बाट सबै धर्म को उत्पत्ति भएको हो येस्मा कुनै भेद भाव छैन सबै वर्ग समाज सबै चिन्तन भएका हरुको मिलन बिन्दु हो एस्लाई प्रस्ट्याए दिनु भएको मा सकल धन्यबाद छ !

    Reply
  22. Umang says:
    September 13, 2014 at 6:19 am

    थपलियाजी ,मेरा केहि जिज्ञासाहरु
    १.मुस्लिमको मस्जिदमा पनि गएर टाउको म रुमाल बाँधी अल्लाहको नमाज पढे-यो सम्भव छैन, नोन-मुस्लिम लाई प्राय जसो मस्जिदमा प्रार्थना गर्न वर्जित छ
    २.हिन्दुहरुले कहिले पनि हाम्रो धर्ममा लाग, येसो हुन्छ, उसो हुन्छ भन्दैन-यो सबै धर्मका मान्छे हरु ले भन्छन,फरक सिर्फ जायज वा नाजायज कारण देखाउने भन्नेमा हो .आजभन्दा ५००-८०० वर्ष पहिले खसहरुलाई जनै लागैदिदा सायद उत्तर भारतीय ब्राह्मण हरु ले तेही भन्या थे होला
    ३.इन्डोनेसियाको सारा हिन्दु हरुलाई दमन गरियो…-इन्डोनेसिया मा इस्लाम आउनु भन्दा पहिले हिन्दु र बौद्ध परम्परा थियो,तर अरब ब्यापारीहरुले इस्लाम लाएर त्यहाँ क मान्छे अर्को धर्म लिए, बालीमा बाहेक
    ४.गाईको गोबरमा घ्यू जलाउनाले १० लाख टन अक्सीजन बन्छ…, -this is bullshit ,कृपया प्रमाण दिनु होला
    ५.बाराकओबामा आफ्नो खल्तीमा हनुमानजीको फोटो किन राख्छन्-ओबामाले खल्तीमा के राक्चन कसैलाई थाहा छैन,हो election को बेलामा उनको election team को भारतीय मुलको सदश्यले हनुमानको मुर्ति दिया थे रे,सुभ साइतको रुपमा ,but this doesnt prove your point in any way
    ६.किन जर्मनीको ध्वोजा बाहक बिमानमा संस्कृत नाम Lufthansa -Luft -हावा ,वायु र hansa – उत्तर जर्मनीका व्यापररिक सहरहरुको एउटा समूह जहाँकाले यसमा लगानी गर्याथे
    ७. हिन्दुको नाममा अफगानिस्थानको पर्वतको नाम हि्न्दूकुश …सिन्ध नदिलाई इरानिहरु हिन्द भन्थे हजारौ वर्ष अगाडी त्यसैबाट सिन्धको वरिपरि बस्नेलाई हुन्दु भनियो,हुन्दुकुश को सब्दिक अर्थ हिन्दुको हत्यारा हुन आउछ! जब अफ्घान र तुर्कहरु भारतमा लुटेर दास बनाएका भारतीय हरुलाई लाग्थे ,हिन्दुकुशमा उनीहरु चिसोको कारण मर्थे रे
    ८.कसरी भियतनाममा बिष्णु भगवानको 4000 साल पुरानो मूर्ति पाईयो-कृपया कुनै प्रमाण दिनु होला ,तर कुनै धर्म पुरानो हुदैमा राम्रो भन्ने नि हुदैन
    ९.किन इंडोनेशिया पैसामा भगवान गणेशको फोटो छ-इन्डोनेसिया क मानिस आफ्नो हिन्दु र बौद्ध परम्परा मा गर्व गर्छन त्यसैले, तर त्यो भन्दै मा हिन्दु धर्म नै सर्वोत्तम भन्न मिल्दैन
    १०.किन अमेरिकाको सेटन हल बिश्वबिद्यालयमा गीता पढाईभइरहेको छ-अमेरिकामा इस्लाम र बोन धर्मका किताबहरु पनि पढ़ौचन
    ११.अमेरिकी सैनिकलाई अफगानिस्तानको कान्दाहारको एउटा गुफामा 5000 साल पहिलाको महाभारतको समयको “विमान”मिल्यो-one more bullshit ,तेसो भय नेपाल भारत किन आज भन्दा ५० वर्ष पुराना विमानहरू रुस र अरु देशबाट किनी रचन?हाम्रा जोगीहरुलाई नि भने भै हाल्यो नि बनौन तेही मोडेल हेरेर
    १२.अमेरिकी वैज्ञानीक हवार्डको शोधपछि मानियो की गायत्री मंत्रमा 110000 freq को कंपनछ-क भन्न खोजेएको बुझिएन ,त्यो बैय्ज्ञानिक जस्तो शब्द राखेर मान्छे लाई बुद्धु बनाउने काम भो
    १३.हामी झुटो र लालची कुरा गर्न जान्दैनौ-कृपया religious profiling नगर्नु होला विश्वका सबै धर्म,देश र संस्कृति मा राम्रा र नराम्रा मान्छे हुन्छन
    थपलियाजी ,तपाइको आशय मैले बुझे ! अन्जु पन्तले जुन टिप्पणी दीन त्यो लज्जास्पद छ र हास्यास्पद पनि! कति कम्जोर विश्वास हो त परमात्मा मा कुनै सब्द उछारण गर्न नि डर लाग्ने, तर त्यो भन्दैमा तपाईले जे पायो तेही कुरा राख्नु भो .अब मा मेरो व्यक्तिगत धरान राक्छु
    १. सत्य एक छ ,तेस्लाई पाउने मार्ग धेरै छन् .अब्रहमिक धर्महरु कुनै नैतिक millionares club जस्तै छन् ,या त मेरो पार्टी या अर्को पार्टी भन्ने .हिन्दु धर्म मा वसुधैव कुटुम्बकम को भवन छ
    २. अब्रहमिक धर्महरु पन्थ हुन्,यिनमा एउटा धार्मिक किताब ,त्यो पन्थ सुरु गर्ने मान्छ र तेस्को central doctrine हुन्छन (येसु परमात्माको एकमात्र छोरा,मुहम्मद अल्लाह को अन्तिम र पेर्फेच्त पैगम्बर and so on )यो हिन्दु धर्म मा छैन .central doctrine नहुनाले म जनै लगाऊदिन ,मुर्ति पूजाम विश्वास गर्दिन ,सबै प्रकारको मासु खान्छु , जातपात मान्दिन ,ब्राह्मणबादी मोनोपोली (सामाजिक भूमिकामा र मोक्षको लागि ) मान्दिन र पनि हिन्दु छु .
    ३.म नास्तिक हिन्दु हुन् र कुनै दिन राम्रा प्रमाणहरु मिलेमा निर्गुन इश्वरको अस्तित्व पनि मनौला
    ४.म कृष्ण र रामको कथाहरुलाई कथाकै रुपमा लिन्छु ,जसको कुनै बेला नैतिक ज्ञान दिने काम थियो होला
    ५. म गौमुत खदिन तर गईको तेत्तिकै इज्जत गर्छु, कुनै जमाना मा पुरै सव्यतालाईनै यो प्राणीले धानेको थियो
    ६.म कुनै मन्त्र म कुनै शक्ति छ भन्ने मा विस्वास गर्दिन ,ति कि त स्तुति छन् कि कुनै नैतिक ज्ञानका कुरा
    ७.मा पुनर्जन्म मा विश्वास गर्दिन तर कर्ममा गर्छु
    ८. सबै भन्दा मुख्य कुरा , म वेदान्तको विद्यार्थी हुन् र धेरै कुरा मलाई राम्रा लाग्चन हिन्दु दर्शनमा तर मलाई मेरो जिन्दगि कसरि बच्ने भन्ने authority यी कुनै पुस्तकमा खोज्दिन
    तेसै कारण म आफु लाई हिन्दु मान्छु

    Reply
    1. dipendra says:
      September 13, 2014 at 11:05 pm

      उमंग जी एक नजर यता लाउने कि ?
      http://beforeitsnews.com/mediadrop/uploads/2013/38/69d2e4d6ba676b01dae4949066e21c5db17acf16.jpg
      A 5000 year old Vimana, an aerial vehicle from ancient India was recently discovered in a cave in Afghanistan, stuck in a “Time Well” that has caused the disappearance of at least 8 American Soldiers trying the extract it from the cave. The discovery caused a flurry of high level visits to the area by some powerful leaders of the western world. see this link:
      http://beforeitsnews.com/mediadrop/uploads/2013/38/69d2e4d6ba676b01dae4949066e21c5db17acf16.jpg
      see this link:
      http://youtu.be/QLwYG3d5NKQ
      http://youtu.be/K71W1vGZ1ME

      Reply
      1. Umang says:
        September 16, 2014 at 8:23 pm

        दिपेन्द्र जी, तपाईले राख्नुभाको video मैले नि पहिल्यै हेरी सक्या हो ,तर तपैले यो विदेओ हेरी सके पछि तेस्मा उल्लेकिथ विमनिका शास्त्र र अरु मानिसहरु जस्तै david childress ,michael cremo,robert frisbee जस्ता को बारेमा कत्तिको खोज गर्नु भयो मलाई थाहा भएन .यो informative वा scientific दोचु होइन यो entertainment docu हो. अरु केहि गर्नु पर्दैन सिर्फ यो विमनिका शास्त्र को बारे मा wikipedia मा हेर्नुस .येस्तै दोचु को विश्वास गर्ने हो भने त ancient maya हरु spaceship मा छाडेर mars र सुर्यमा नि गया थे रे .तेसो भए माया हरु को प्राचिन धर्म नै शास्वत सत्य धर्म भै हाल्यो नि .तर्क गल्ति भो मित्र ,धर्म पुरानो हुदैमा मात्र महान हुदैन

        Reply
    2. bishnu says:
      September 14, 2014 at 9:03 am

      तपाइँले दियका तर्कपनि मलाइ त दुइपैसे र बकम्फुसे तर्क लागे उमंग महोदय, येत्ति धेरै नास्तिकता पनि ठिक हुदैन महोदय , लग्छ तपाइले जिन्दगीमा मात्रै उमङ्ग नै उमङ्ग भोग्नु भयको छ, भगवान गुहार्ने दिन भोगी सक्नु भयको छैन ! आशा गरौ एकदिन आस्तिक भयर भगवानको सरणमा जानुहुने छ र आफ्नो धर्म र भगवानको गुण -गान गाउनुहुनेछ !

      Reply
      1. Umang says:
        September 14, 2014 at 10:02 am

        मित्र ,कुन कुन कुरा के के कारणले बकम्फुसे लागे, कृपया प्रस्ट पारीदिनुहोला

        Reply
    3. Sujan says:
      September 14, 2014 at 4:07 pm

      Umang जी तपाइको कुरो सारै चित्त बुजेओ। धर्मको नाममा चैने नचैने कुरा गर्ने धेरै छन। प्रमाडको रुपमा तै गीता, बेद, पुराड… भनिन्छ। तपाईंले भनेजस्तै यि किताबहरुको कुनै बेलामा नैतिक ज्ञान दिने काम थियो होला तर यि किताबहरुमा लेखेका कुरा सबै ठीक र सत्य छन भनेर जसरी हिन्दूबादीहरुले तर्क गर्छन् त्यो चै सरासर गलत हो। मलाई त खासमा यि सबै किताबहरु (हिन्दू लगयता अरु धर्मका किताबहरु) मनिषको यो संसार कसरी चलेको छ, बनेको छ, कसरी जीवन उत्पती भो, कसरी जिव्नु पर्छ … भन्ने बारे लेखिएको पहिलो प्रयास जस्तो लाग्छ। यि सबै लेख्दा तेतिखेर मान्छेले यो संसारलाई कती बुजेका थिए तेसैको आदारमा लेखिएका छन र अैलेको २१औ सताब्दीमा धेरै चिजहरु अपुग अथवा गलत नै हुने अवस्ता छ।

      हुनत धर्म भनेकै विश्वाशमा आधारित कुरो हो, कुनै प्रमाडबिना मान्ने चिज, तरपनी धर्मबाधीहरुको यो अचम्बको डिस्कसन आफुले मान्ने धर्म राम्रो हो / छ भनेर चैने नचैने कुरा गर्दा चै अली नपच्ने ।

      Reply
    4. subash says:
      September 15, 2014 at 10:23 pm

      उमङ्गजी को तर्कहरुमा पनि कुनै तर्क छैन. उदाहरण को लागी:

      ६.किन जर्मनीको ध्वोजा बाहक बिमानमा संस्कृत नाम Lufthansa -Luft -हावा ,वायु र hansa – उत्तर जर्मनीका व्यापररिक सहरहरुको एउटा समूह जहाँकाले यसमा लगानी गर्याथे

      उमङ्गजी ले दिनुभएको उक्त “explanation” गलत छ. सहि अर्थ हो:

      Lufthansa = Luft + Hansa = उडेको हाँस

      तसर्थ Lufthansa को लोगो मा पनि उडेको हाँस नै देख्न पाइन्छ.

      हिन्दु धर्म र ग्रन्थ मा धेरै कुरा छन् जुन हामी हिन्दु भनाउंदाहरु गहिरी रुपमा अध्ययन गर्दैनौ | केहि नभए किन German हरु यसको पछि लाग्थे? यो दृष्टिकोण बाट हेर्ने हो भने German हरुले पहिलो आधुनिक रकेट बनाउनु मा कुनै आस्चर्य छैन. पौराणिक छेप्यास्त्र त हिन्दु ग्रन्थ मा छ्यापछ्यापती छन् |

      Reply
      1. Umang says:
        September 16, 2014 at 8:12 pm

        मित्र म लगभग ८ वर्ष जर्मनी बसेर पढ्या मान्छे र सुरुमा यहि सोच मेरो पनि थियो. पछि german हरुलाई सोधे पछि र net म research गरे पछि थाहा पाए. कृपया तपाई पनि नेटको सदुपयो गर्ने हो कि ?उड्नु -fliegen र हाँस -ente ,आब यसैबाट बनौनुस तपाई lufthansa .दम्भ तोड्नु पर्यो मित्र अनि नेटमा लेख्नुभन्दा पहिले अलिकति सोधखोज गर्नु पर्यो

        Reply
    5. san says:
      September 16, 2014 at 3:41 pm

      आजभन्दा ५००-८०० वर्ष पहिले खसहरुलाई जनै लागैदिदा सायद उत्तर भारतीय ब्राह्मण हरु ले तेही भन्या थे होला. Its a very old practice not just 500 – 800 years. Even Malla a kings of the valley used to wear Janaii and some of their decedents used to wear them a few decades ago also. The old people of Kathmandu and Patan know and still talk about it.

      Reply
      1. Umang says:
        September 17, 2014 at 3:02 am

        San ब्रो, खसहरु मस्ट र धामी झाँक्री पुञ्ज गर्थे पहिले यानी प्रकृति पुजक थिए,तेस्पची जब बुद्ध धर्म भारत मा उत्कर्षमा थियो तब धेरासी खस बुद्धिस्ट भए ,त्यो नेपाली भाषा को पहिलो आलेख(ताम्रपत्र हो क्यारे) ले प्रस्ट पार्छ! तेस्पची जब आदि शंकराचार्यको जुन अभियान चल्यो खस राजाहरु र भारदारहरुले सुरुमा जनै लगाए र पछि अरु प्रजाले पनि ! अनपढ र कामदार प्रजा जसले आफ्नो प्रकृति पूजालाई जारी राखे र धर्म परिवर्तन गर्न मानेनन् ,तिनी हरु लाई पछि अछुत र दलित भनेर बर्गित गरियो जबकि नेपाल क खस छेत्री र दलित एकै नस्लका हुन् !
        ‘जहाँ सम्म मल्ल हरु को कुरा छ ,तिनीहरु तिरहुतिया थिए र सुरुदेखि नै कट्टर हिन्दु थिए !अझ मल्लहरुभन्दा अगाडी का लिच्चिवी हरु पनि हिन्दु थिए र तिनीहरुले नै उपत्यकाका रैतीलाई हिन्दु बनाएका थिए !लिछावी र मल्ल हरु मैथिली बोल्थे र सायद त्यति बेलाको दरबारिया कामकाज को भाषानै मैथिली थियो जबकि प्रजाको भाषा नेपाल भाषा थियो !यी दरबार का मन्त्रि, पुरोहित र भण्डारी हरु तिरहुतिया थिए र सैनिकमा तामांग,खस,गुरुङ मगर आदिको मिश्रण थियो !’-बाबुराम आचार्य पृथ्वी नारायण शाहको जीवनी
        पछि शाह हरु ले काठमाडौँ जिते पछि त्यो रुलिङ्ग क्लास का मान्छे हरु उपताक्य बाट पलायन भए सिवाय तिरहुतिया झा हरु !

        Reply
  23. kedar says:
    September 13, 2014 at 4:30 am

    यो चैतेहरु र नयाँ जोगी भन्ने चीज नै अती हुनु पर्ने जात हुंदो रहेछ । चैते क्रिश्चियनहरु प्रायेस अन्जू पन्त कै जस्तो ब्याबहार देखाउछन, परंपरागत वा जन्मैले क्रिश्चियनहरुले तेस्तो ब्याबहार देखाउदैनन । तेस्तै हिंदू र बौद्ध बनेका नयाँ नयाँ चैतेहरू पनी भाको नभाको खरानी धसेर जन्मैले हिन्दू बौद्ध हामीलाई फेरी हिन्दू र बौद्ध बनाउन तम्सिन्छान, नखरा सानो हुँदैन तिनको । हामी चर्च गुम्बा गुरुद्वार जैन मंदीर जता जान्छौं भगवान् मात्रै देख्छौं तर यी चैते चास्माले त्यों देख्नै सक्दैन

    Reply
  24. Vishnu Prasad says:
    September 13, 2014 at 3:38 am

    And another thing that we never say she can not be amongst the many man. She is free and equal right as of he and to pray together in temples. God never separates the goddess same like all Hindus does. All human born as Hindu and like translation it gets transformed to other religion. Till Hindus are in this world everyone is safe. If not everything will be destroyed slowly. Who enjoy the color, we. Colorless life god never gives to anyone.

    Reply
  25. Dinesh Sharma says:
    September 13, 2014 at 3:31 am

    क्रिस्चियन हरु ले स्थापना गरेको राज्य का नागरिक हरु के सोछ्चन त हिन्दु धर्म को बारेमा ? एक छिन समय निकालेर यो लेख पढेमा प्रस्ट हुनेथियो कि ?

    http://www.newsweek.com/us-views-god-and-life-are-turning-hindu-79073

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme