Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हैन हाम्रा मन्त्रीहरु के भा’का ? सानो पसलको उद्‌घाटन गर्न समेत पुग्छन् बा !

Posted on September 9, 2014September 9, 2014 by Salokya

e8ysJfx अंगद ढकालले सञ्चार मन्त्री मिनेन्द्र रिजालले उद्‌घाटन गरेको कार्यक्रमको फोटो ल्याउँदा सोचेको थिएँ- भाटभटेनी टाइपको कुनै ठूलै स्टोर खुलेछ कि के हो! आज बिहान त्रिपुरेश्वर जाँदा पो थाहा भयो, त्यो त एउटा सामान्य पसल मात्र पो रहेछ। त्रिपुरेश्वरको युडब्ल्युटिसीको भूँइतल्लामा खुलेको पसल बस वा टेम्पो चढेर रत्नपार्कतिर जाँदा झ्यालबाट यसो हेर्दा पनि देखिन्छ।

यस्तो एउटा सामान्य पसलको उद्‌घाटन गर्न सञ्चार मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता नै जानु पर्ने! गज्जब छ बा। हैन एउटा मापदण्ड छैन भन्या हाम्रो, मन्त्रीहरु कस्ता कार्यक्रममा सहभागी हुने, कस्तोमा नहुने भन्ने?

सञ्चार मन्त्रीले मोबाइल बनाउने कम्पनीको उद्‌घाटन गरेको भए पो तैबिसेक ठीक भन्नु। खासमा त त्यो पनि उद्योग मन्त्रीले गरे हुन्छ।

यहाँ त मोबाइल बनाउने हैन, बेच्ने पसलको उद्‌घाटन गर्ने मोह देखियो मन्त्री ज्युमा। मोबाइल मात्र हैन, फ्रिज, आइरन, भ्याकुम क्लिनर पनि बेच्ने पसल रैछ। सामान चाहिँ विदेशी कम्पनीको बेचिने रे।
FueC0Id

wOdBN8T
देशमा ठूलो उद्योगधन्दा नखुलेको वर्षौँ भइसक्यो। दिनदिनै हजारौँ युवा जनशक्ति रोजगारीका लागि विदेशिन्छन्। अनि हाम्रा मन्त्रीहरु सामान बेच्ने सानो पसलको उद्‌घाटन गर्न पानसमा बत्ती र रिबन काट्दै हिँड्छन्। धत्, के भाका हामी !

बोलाउने कस्ता, जाने कस्ता! खोई त भाटभटेनी स्टोरले लगातार अनामनगर, बालाजु र कल‍ंकीमा ठूल्ठूला स्टोरहरु खोल्यो, मन्त्री लगाएर रिबन काट्न आवश्यक ठानेनन् त। भिड ओइरियो त्यत्तिकै बरु ती सुपरमार्केटहरुमा। २२ रोपनीमा बनेको सुपरस्टोर खोल्दा मन्त्री नचाहिने, जाबो एउटा सोरुम खोल्न मन्त्रीले रिबन काट्नु पर्ने!

के अंगदले पहिलोपोस्टमा लेखेको फोटो ब्लगमा जस्तै मन्त्रीको प्रशस्त फूर्सदै भएको हो? काम नपुगेकै हो?

के लाग्छ यहाँलाई ? मन्त्रीले पसल उद्‌घाटन गर्न रिबन काट्ने काम तपाईँलाई कस्तो लाग्यो? आफ्नो विचार तल कमेन्टमा लेख्न सक्नुहुन्छ।

e8ysJfx
थप फोटो हेर्नुस्।

33 thoughts on “हैन हाम्रा मन्त्रीहरु के भा’का ? सानो पसलको उद्‌घाटन गर्न समेत पुग्छन् बा !”

  1. biplov says:
    September 11, 2014 at 3:07 pm

    तर्कहरू

    १. भन्छन् मन्त्री भएपछी बिभिन्न श्रोतबाट अाय हुन्छ रे, त्यस्तो रकम लुकाउनु पर्ने हुन्छ रे, त्यस्तो रकम लुकाउन अाफन्तकै नाममा पसल खोल्नेहरू पनि हुन्छन् रे, मन्त्रिहरूकै नाजायज कमाइको पसलहरू त हैनन् ?
    २. मन्त्रिहरूले के के गर्नुपर्नेहो भन्ने नै थाहा छैन यहाँ कि त कर्मचारी सरूवा गरेर बस्छन्, कि त अाफ्ना कार्यकर्तालाइ कामै नगरी खान मिल्ने ठाँउमा भर्ती गरी बस्छन् । यिनिहरूको काम के हो भनेर स्कुल चलाउनु पर्ने भयाो ।
    ३. हाम्रोमा नैतिकताको खडेरी नै परेछ क्यारे अाजकल । सबैले देश अनुसारको भेष गरेको छाैं भन्छन्, यहाँ देश चलाउने पार्टिहरूले न नियम पालना गर्नु पर्छ, न त्यसका मान्यजनहरूले नै कानुन मान्नु पर्छ, जसले जहाँ जे गरेपनी अाफ्ना हुन भने नेताले काँध थापिहाल्छन्, नेताले काँध थापेपछी लुट्न, कुट्न सबै छुट, त्यै फाइदाको लागी पसले ले पो बोलाएका हुन् कि ? केही पसलेहरूको ब्यवहार त्यस्तै देखाउँछ ।
    ४. हामीमध्ये मन्त्रिमेनिया पनि धेरैमा छ, कार्यकर्ता त भनिहाल्न नमिल्ला किनभने पार्टी परिवर्तन गरिरहन्छन्, तर मन्त्री को दैलो चाहार्न पाएन भने खाएकै नपच्ने, पचोस् पनि कसरी, यस्तो अस्तब्यस्त प्रणाली बनाइदिएकाछन्, जे गरेर पनि बाँच्न सकिने, त इज्जत गयो भनेर पिर गर्नु पर्ने, न काम जानिएन भनेर दुख पाउनु पर्ने, ट्याप्प टिप्छन् पदबी, पुरस्कार दिइहाल्छन्, जसलाइ देख्यो, जसले भनेको सुन्यो उसैलाइ । अब यस्तो प्रणालीमा बबुरा मन्त्रिहरूलाइ कानमा बतास लाग्ने बात बोल्न पनि त बोलाएर उद्घाटन गराउनै पर्ने होला ।

    मन्त्रिज्यू, तपाँइले पढिहाल्नुभयो भने पनि जानी राख्नुहोस्, जो जो तपाँइको वरपर रमाउछन् उनिहरू अयोग्य ब्यक्तिहरू हुन्, योग्यता भएकाहरू त त्यहाँसम्म सुसार गर्न अाउनै भ्याउदैनन्, चाहाँदैनन्, केही सिक्नुहोस्, उनिहरूको इज्जत नगर्ने हो भने तपाँइको पनि अस्थाइ इज्जत मात्र देखिन्छ, पद गयो । दिन गयो । केही समजमा आयो की ?

    Reply
  2. सिर्जने says:
    September 11, 2014 at 12:43 pm

    मन्त्रीले आफ्नु हैसियत देखाएका हुन्, अचम्म मान्नु पर्ने केहि छैन, संचार मन्त्रीलाई मोबाइल फोनको पसल नै संचार मन्त्रालयको सबैभन्दा ठुलो उपलब्धि जस्तो लाग्यो होला, गए / यिनले बुझेको तेत्ति नै रहेछ भनेर देखियो

    Reply
  3. Arjun says:
    September 10, 2014 at 12:33 am

    ये ये मन्त्रि ज्यु ,सभासद हरु के गर्ने के नगर्ने भनेर अलमल छन् बिचार हरु सग उचित ज्ञान छैन अनि राजनीति मा लागे अनि देसको यो बेहाल भाको छ हजुर त अमेरिकन PHD कम्तिमा अरु नसकेपनि आफ्नो प्रोफ़ेस्सिओनल एथिक्स त MAINTAIN गर्नुस. कि कुहेको माछा वको बाल्टिम तपाई पर्नु वको त हैन ????????

    Reply
  4. pratik says:
    September 9, 2014 at 11:37 pm

    के मन्त्रि चै खाली धनि र उद्योगपति हरु को मात्र हुन् ? माद्यम वर्ग र गरिब क होइनन र? उनीहरु को खुशी मा सामेल भएर के खराबी गरे त ?

    Reply
    1. महेन्द्र says:
      September 9, 2014 at 11:46 pm

      हो मन्त्री धनीका मात्रै हुन्
      यो इन्डियाको कम्पनीको मोबाइल ल्याएर बेच्ने पसल धनी मारवाडी कै हो
      मध्यम वर्ग र गरिबको लागि मन्त्री हैन । गरिबले सडकमा राख्ने पसललाई त नगर प्रहरी लगाएर खेदिन्छ ।

      Reply
  5. Lalit Narayan says:
    September 9, 2014 at 11:29 pm

    पसल सानो भए पनि साहुजी चै ठुलै मान्छे पर्नु भयो होलानित l
    सामान्य किसानले हजारौ टन तरकारी फलफुल उब्जाउँदा बाल मतलब छैन, २ वटा फिल्ममा यसो केजाती हल्लाउने हेरोनिले २ गरा तरकारी रोपेर बेच्दा हंगामा मचाऊछन् l

    Reply
  6. raj says:
    September 9, 2014 at 10:16 pm

    पत्रकार महोदय तपाई पनि गलत हुनुहुन६ किन साना पसल भनेर उद्घाटन गर्न हुदैन र हाम्रो देश को येही कुरा ले गर्दा त विकास हुदैन नि ठुला त तेसै सम्पूर्ण ६न नि साना लै पो प्रोत्साहित गरेर आगाडी बदौनु पर्यो नि कि कसो हो त महासय जी

    Reply
    1. Birendra says:
      September 9, 2014 at 10:47 pm

      चम्चाको टाउको दुखेकोमा अचम्म ककसलाई लाग्यो हात उठाउनुस् 🙂
      मन्त्रीले मोबाइल बेच्ने पसल उद्‌घाटन गरेर चाहिँ खुबै देश विकास हुन्छ होला होइन ?
      सञ्चारमन्त्रीको काम मोबाइल पसल उद्घाटन गर्दै हिँड्नु हो ?

      Reply
  7. Ratna says:
    September 9, 2014 at 9:39 pm

    अचेल राजधानीभित्र र वर पर कटेज गेस्ट हाउस खूब खुलेका छन्, खुल्दै छन्, र बाइक का बाइक युवा युवतीहरु मस्ती गर्न गइ रहेछन | मन्त्रीज्यूहरु पनि तेस्तो कटेजको उद्घाटनतिर जाने हो कि ? हेर्दै जानुस, त्यस्तो समाचार एक दिन आउला …..

    Reply
  8. Krishna Rai says:
    September 9, 2014 at 8:58 pm

    “सतिले सरापेको देश!!!!” भूपी शेरचन शायेद गलत थिएनन्!
    देशको हालत, अनि यी तथाकथित बिदेशमा शिक्षित “विद्वान” नेता हरुको छाला देखेर, आँखामा आँशु आयो!

    होइन यी मान्छे हरु बिदेशमा पढ्थे कि गोरिको “चा*” हेरेर दिन काट्थे? मलाइ त शकै लाग्यो!

    Reply
  9. अनोज शाक्य says:
    September 9, 2014 at 7:45 pm

    त्यतिकै लड्डु खान पाइन्छ त ?

    Reply
  10. Ramesh Shrestha says:
    September 9, 2014 at 5:49 pm

    म नि औता पसल खोल्दै छु ….मन्त्रि ज्यु …..पाल्नु पर्यो उद्घाटन को लागि….

    Reply
  11. B. Adhikari says:
    September 9, 2014 at 5:44 pm

    निस्वार्थ भाव ठूलो

    साना व्यापार, उद्योग एवं व्यवसाय आदिको उद्घाटनमा मंत्रीहरु पुग्नु राम्रो कुरा हो। यस किसिमका साना साना व्यवसायहरु, जसले लाखौ रोजगारी सृजना गर्छन, लाई सरकारी स्तरबाट हौसलको खाँचो छ। ठूला व्यापारीहरु सँग त पहिले देखि नै प्रसस्त पैसा र पहुँच हुन्छ। तर साना पूँजी भएका व्यापारीहरु कहाँ पुग्दा मन्त्री वा सरकारी अधिकारीहरु निस्वार्थ भावले, उनीहरुको हौसल बढाई दिने किसिमले पुग्न आवस्यक छ। चुनावमा भोट बटुल्ने हिसाबले भने होइन।

    बी अधिकारी

    Reply
  12. Gyanendra says:
    September 9, 2014 at 4:51 pm

    हाम्रो मन्त्रि लड्डु खान मन लगेर जानु भा रे कस्तो नबुझ्या भन्या….

    Reply
  13. eklavya says:
    September 9, 2014 at 4:31 pm

    एउटा लड्डु खान त पक्कै पनि गएका होइनन हो न हो यसको त्यस पसलमा केहि हिस्सेदारी अवश्य होला नत्र आफ्नो साखै फालेर त्यो जाबो पसलमा टाई न तुइको फोटो खिचाएर पब्लिसिटी गराउनुको के अर्थ लगाउन सकिन्छ र …

    Reply
  14. Chandra GC says:
    September 9, 2014 at 4:16 pm

    सत्तामा बस्न पाइने आझ हो कि भोलि सम्म हो पर्सि बाट रोडपति हुनुपरो भने काम लाग्ने उनिहरु नै हो भन्ने दर्सनिक विचार भएर होलानी ,,,, कठै /

    Reply
  15. तुयू भाजु उदास says:
    September 9, 2014 at 4:13 pm

    अब त यस्तो समय आए जस्तो लाग्छ –
    टिवीमा अनुहार आउने हो भने, बोलाओस नया चर्पी उद्घाटनमा पनि /
    मन्त्रि सबै भीड लाग्न सक्छ रिबन काट्न वा ताला खोल्न नाईं नभनी //
    यसको शुरुआत मन्त्री पदको योग्य बाहिर बसेर पालो पर्खंदै छ एक गुरु /
    जंगलबाट भागेर शहर पस्ने ऋषि धमला चिताउन्दै – शुभकार्य गर्न शुरु //

    Reply
  16. sushi says:
    September 9, 2014 at 3:52 pm

    यिनीहरु मन्त्रि होइनन यी त मुन्तरी हुन् इनको कुनै हैसियत नै छैन किन भने इनमा इमान्दारिता र नैतिकता नभएका नपुंशक हरु ले पसल मात्र हो रकसैले चर्पी उद्घाटन गर्न बोलायो भने पनि जान्छन .

    Reply
  17. neerose says:
    September 9, 2014 at 3:34 pm

    मिठाई र भात खान पाइने लोभले जतानी उद्घाटन गर्न जान्छानी यी जन्तुहरु!
    ‘काम नपा बुढी पाढा नाइटो कन्याई’ भनेर उखान तेसै बाँया हो र भन्या!

    Reply
  18. manoj shrestha says:
    September 9, 2014 at 2:43 pm

    यी मन्त्रि को कम छैन भने प्रधानमन्त्री ज्यु हटाउनु पर्यो यो पसल पसल को उद्घाटन मन्त्रि बाट भयो भने नेपाल को छबि अन्तरास्ट्रिय जगत मा तपाई को सासन काल मा कस्तो इतिहास रचना गर्न चाहनु हुन्छ
    नेपाल को माया गर्ने नेपाली नागरिक

    Reply
  19. hari har sharma says:
    September 9, 2014 at 2:29 pm

    यस्तो नि दिन औला है
    “कुकुरको न्वारन मा मन्त्रि उपस्थित”

    Reply
  20. Bikash says:
    September 9, 2014 at 2:07 pm

    माथि उल्लेखित सबै को कमेन्ट को सम्मान गर्दै म के भन्न चाहन्छु भने, पहिलो कुरा चै न त मा यो पसले को नातेदार हो . म त एउटा साधारण नेपाली नागरिक हून यो बिदीश मा बस्छ र मास्टर्स गर्दै छ. माथि को साथी हरु को कमेन्ट पद्नु भन्दा पैले मेरो मन मा भिभिन्न सोच हरु आइ सक्के को थ्यो जब मैले यो ब्लग पढे… प्रोत्साहन, खुसि आदि दिन मा नेता गण हरु पछि पर्नु हुन्न र त्यो उनि हरु को कर्तब्य मध्ये पर्ने कुरा हो. तर यहाँ बिडम्बना त यो छ कि, हाम्रा असम्मानिया ( असम्मानिया- मेरो नजर मा) नेताहरु यत्रो काम गर्ने ग्रोउन्द फालाफाल हुदा हुदै, केई गर्न सके का छैनन्,, पैसा , सत्तामै सिमित भए.. राजनेता को रुप मा खासै कोई आउन सकेनन.. २-४ जना भएका हरु पनि भिभिन्न कारण ले बाधिएका छन्.. उन्नति र बिकाश को काम भएको भए त यस्ता पसल हरु मा गएर उद्घाटन गर्ने काम उदहारण र साम्मान को पत्र हुन्थ्यो.
    मन परे हरियो नपरे रातो !
    जय नेपाल

    Reply
  21. Shree Basanta says:
    September 9, 2014 at 1:57 pm

    तेसैले त यी मन्त्रीहरुको पत्रुको भाउ भएको | एस्तो भैसक्यो मान्छेले ठेला गाढा चलाउनेले भन्यो भने पत्याउछ्न मन्त्रीले भनेको भन्दा | पान पसलको उद्घाटन, समोसा पसलको उद्घाटन गर्न मन्त्रि पुग्ने भएपछी अरुले पनि कपडा पसलको उद्घाटनमा किन मन्त्रि नडाक्ने भन्ने भयो होला | धन्य हाम्रा नेताहरु !!!

    Reply
  22. kanncha says:
    September 9, 2014 at 1:18 pm

    ये हजुर मलाई त केहिपनि लागेन बुज्नेलाई सजिलो छ मात्रै २ – ३ कुराहरु छन्

    नम्बर १ – यो पसलमा मन्त्रि जी को लगानी होला अनि आफु सक्तिमा भएको मौका मा राम्रो बिज्ञापन गरेको

    नम्बर २ – कित यो ठुलो बिज्ञापन गरिदिएकोमा मिठो मसलन्द खर्च आएकोछ

    नम्बर ३ – यात यो आफ्नै नाता गोताको पसल हो जस्तै भान्जा भान्जी छोरि जुहाई जसलाई आफैले बेला बेलामा निरन्तर दक्षिन दिनुपर्छ उनीहरुको नै पसल हुनुपर्छ

    नत्र किन मन्त्रि जान्थे तेही पनि हाम्रो नै कर , पसिना र दात्री राष्ट्र ले हामी गरिब नेपाली जनताको नाममा दिएको भिक ले किनेको बिलक्षि गाडीमा सरर मुन्तेको होला
    बधाई छ हामी नेपाली अभागी जनतालाई ————————– अस्तु

    Reply
  23. pritam says:
    September 9, 2014 at 1:16 pm

    न पाउने ले के पायो बोक्रै सित खायो भन्या येही हो

    Reply
  24. Lochan (Qatar) says:
    September 9, 2014 at 1:08 pm

    देरै जस्तो नेपाल का मन्त्रि कलाकार को भ्यालु छैन……. त्यो भ्यालु उनीहरु आफैले घटाएका छन्. के गर्नु हुन्छ के गर्नु हुदैन कुटनीतिक मान मर्यदा केइ छैन… हच्वाको भर मा मन्त्रि बनेको छ कुनै योग्यता छैन अनि कसरि देस बन्छ …. त्याग भन्ने सब्द के हो भन्ने थाहा छैन कसरि हुन्छ कुर्सि ताक्ने अनि आफ्नो पोल्टो भर्ने येस्ता बोका हरुले कुर्सि पाईन्छा भने भैसी लाई पनि पुजा गरन पछि पर्दैनन्

    Reply
  25. Arjun Maharjan says:
    September 9, 2014 at 12:31 pm

    मन्त्री परिषद गठन गर्दानै अब एउटा उद्घाटन मन्त्रालय बनाएर, एक जना उद्घाटन मन्त्री बनाउनु पर्ला जस्तो छ। भागबण्डा मिलाउन नि सजिलो।

    Reply
  26. Sager bro says:
    September 9, 2014 at 10:34 am

    जे गर्न गयका हुन त्यो हैसिएत बिर्से पछी पछी कस्को के लाग्छ काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर

    Reply
  27. Milan says:
    September 9, 2014 at 10:30 am

    मन्त्रीजीले संबिधान बनौन खर्च गर्नु पर्ने समय येसरी खेर फालेको देख्दा अवस्य नै दुख लाग्छ | तर सालोक्यजी ले पसल लै ठुलो सानो वनेर बर्गिकरण गर्नु ले उहाको दरिद्र मानसिकता पनि झल्किन्छ | आखिर एउटा चिया पसले होस् या बिनोद चौधरी संबिधान सभा मा काँग्रेसलाइ प्रमुख दल बनौन दुबैको वोते उत्तिकै महत्वपुर्ण छ | पसलको आकारकै आधारमा मन्त्रि रिजाल ले उद्घाटन न गर्नु पनि तर्कसम्मत होला र |

    Reply
  28. Kiran says:
    September 9, 2014 at 6:38 am

    Too many ministers, too few jobs to be done. It’s better for them to engage themselves in whatever activities like these. It must have been owned by one of the party cadres that’s why the minister forgot all the state protocols. I have a list of things for the jobless ministers to do.
    Clean our streets and rivers
    Clean the city walls by removing the poster /pamphlets pasted by their cadres and by any other people
    Help traffic

    Reply
  29. D. Bhandari says:
    September 9, 2014 at 6:30 am

    जब सम्म संसद हरु मन्त्रि हुने छन् तब सम्म नेपाल मा यो जायज हुने छ/ गैर संसद लाइ मन्त्रि बनाउने संबिधान लेखियोस/ मन्त्रि हुन राजनीति नगरियोस/ कानुन र देश बनाउन मात्र राजनीति गर्ने परिपाटी बसोस/

    Reply
  30. prabesh says:
    September 9, 2014 at 3:55 am

    मेरो सल्ला मन्त्रीहरु लाई …..

    १. व्यक्तिगत लगानी गरि ५ जना लाई कामदिन सकेमा गा. बि .स. सचिपले उद्‌घाटन गर्ने
    २.व्यक्तिगत लगानी गरि १० जना लाई कामदिन सकेमा निर्बाचन बाट जितेकोले उद्‌घाटन गर्ने
    ३. व्यक्तिगत लगानी गरि २० देखि ३० जना लाई कामदिन सकेमा मन्त्रीहरु जाने
    ४.व्यक्तिगत लगानी गरि ३० भन्द बढी लाई कामदिन सकेमा प्रधान मन्त्री गएमा फरक पर्दैन

    Reply
  31. Abhishek™ says:
    September 9, 2014 at 3:19 am

    हजुर मन्त्रि महानुभावहरुले सानो तिनो उद्योग व्यवसायलाई पनि प्रोत्साहन गरेका होलान् नि! सोध्यो भने येस्तै भन्ने छन्! के सोध्नु गफाडीहरुलाई! हाम्रो नेपालले खप्परमा येस्तै लेखेर ल्याएको रैछ!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme