Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

महान गायिकाको महान विचार

Posted on September 10, 2014September 10, 2014 by mysansar

anju1हालै अन्जु पन्तको एउटा अभिव्यक्तिले बजार तताएको छ ! म धर्म को बिषयमा बहस गर्ने मध्ये परिन ! तर धेरै पत्रिकाहरुमा सबैको अलग अलग विचार देखेर म पनि आफ्नो विचार राख्न चाहन्छु र अन्जु पन्त लाइ यसै मार्फत केहि कुरा सोध्न चाहन्छु !

उनले भनेकी रहिछन म हिन्दु धर्म संग सम्बन्धित शब्द उच्चारण गर्न सक्दिन, दुर्गामाता को आशिर्वादले या येस्तै केहि(जुन कुरा मैले पत्र पत्रिका पढेर थाहा पाएको हु) !

सबभन्दा पहिला , उनको नाम र थर नै उनले उच्चारण गर्नु भएन कि कसो ? म क्रिस्चियन हुँ भन्छिन , पन्त थर किन लेख्छिन त , कुनै क्रिस्चियन को थर आज सम्म पन्त सुन्नुभा छ ? अर्को कुरा कलाकार हरु को सोचाई कति सम्म उच्च हुन्छ भन्ने कुरा यहाँ हेर्नुस !

भारत र पाकिस्तान अलग भएपछी हिन्दु र मुसलमानमा मारकाट मच्चियो तेस्लाई रोक्न र धर्म भनेको केहि हैन सबै मान्छे बराबर हुन भन्ने संदेश दिन कलाकार युसुफ खान ले आफ्नो नाम नै फेरेर दिलिप कुमार राखे, उनि आजसम्म तेही नामले चिनिने गर्छन ! महान गायक मुहम्मद रफी जो जन्मजात मुसलमान थिए (अन्जु पन्त जस्तो धर्म परिवर्तन गरेका हैनन्) ले कति राम को भजन गाए ? सुन्दछु राम को भजन गएको उनि पैसा सम्म लिने गर्थेनन !!!!

प्रख्यात हिन्दि फिल्म “बैजु बावरा” को दुइ गाना सुन्नु भा छ? “वो दुनिया के रखवाले” र “मन तडपत हरि दर्शन को आज” , का गायक मुहम्मद रफी , गीतकार शकील बदायुनी, र संगीतकार नौशाद तिनै जन्मजात मुसलमान हुन, हेर्नुस वहा हरुको सोच ,र हाम्री महान गायिका अन्जु पन्त तपाई को सोच !!!!

सहरुख खान , अमीर खान र सलमान खानले गणेश जी को पुजा अर्चना गरेको देख्नु भा छ कि छैन ?

मैले अन्जु पन्त को व्यक्तिगत बिरोध गर्न खोजेको हैन, एउटा कलाकार को सोचाई कति को उच्च हुनुपर्छ भनेर देखाउन मात्र खोजे को हो !
कतिले अन्जु पन्त को गाना बजाउन रोक लगाउने कुरा पनि गरेको पढे, कतिले उनको कार्यक्रम बहिष्कार गर्नुपर्छ भनेको पनि पढे , एक जना हाम्रा लण्डनवासी मित्र ले त अन्जु पन्त सहि हामी गलत भन्ने लेख नै लेख्न भ्याए !!!!

अन्जु पन्तले लिखित रुप मै माफी मागिन रे , एक पटक उनलाई माफी गरिदिदा नै ठिक होला कि , भन्ने मलाई लागेको छ !! तर “अन्जु पन्त” जी तपाईको नाम तेसै नै प्रख्यात छ , विवाद मा आएर नाम कनाउनु पर्ने के नै जरुरत छ र ?

आफ्नो सोच बदलिनुस र मेहेनत गरेर माथि जाने प्रयत्न गर्नुस , माथि जान तपाई लाई कति बर्ष लाग्यो ? तल झर्न त केहि घण्टा नै पर्याप्त हुने रै छ त कि कसो ?

[माइसंसारका पाठकले पठाएको यो ब्लग बिना सम्पादन प्रस्तुत गरिएको हो। तपाईँ पनि आफ्नो सामग्री यहाँबाट पठाउन सक्नुहुन्छ]

30 thoughts on “महान गायिकाको महान विचार”

  1. amita says:
    September 18, 2014 at 8:57 pm

    आफ्नो गल्ति मा हामी राम्रो वकिल हुन्छौं भने अरु को गल्ति मा ठुलो न्यायधिश

    Reply
  2. RD Pandey says:
    September 14, 2014 at 6:02 pm

    (सतिले सरापेको देश नेपाल)

    सतिले सरापेको देश मा दिलशोभा जस्ता नारी लाई अपमान गरिन्छ अनि अन्जु पन्त जस्ता महान कलाकार लाई तिरस्कृत गरिन्छ!!! धर्म र संस्कार ले कुनै पनि मान्छेको ब्यत्तिगत स्वतन्त्रता लाई छेकबार लगाउदैन तर धर्म लाई अतिबादी बनाउने हरु र धर्म लाई ठगी खाने भाँडो बनाएका समाजका सिमीत कुलंगार हरु ले सधै अरु को आँसु र दु:ख मा उत्सव र खुशियाली मनाउछन!!! नेपालका बेवकुफ संचारकर्मी हरु ले आफ्नो मान मर्यादा लाई भुलेर एउटा सम्मानित ब्यक्तित्व लाई खसाल्न र गिराउन कति सम्म निच बनेर आफ्नो अमुल्य समय खर्चिन्छन भन्ने कुरा दिलशोभा र अन्जु पन्त को आखाबाट बहेको रगतको आँसुले प्रष्ट पारीदिएको छ!!! क्रिश्चीयन मा आस्था राखेकै कारण दिलशोभा माथी पतित लान्छना लगाउने घृणित काम भयो भने अन्जु पन्त माथी सुनियोजित षडयन्त्र मार्फत बदनाम गराउने काम भयो!!! ज-जस्ले जुन धर्म माने पनि कसैको टाउको दुखाई हुनुहुदैन!!! अन्य धर्म लाई आत्मसात गरेकै कारण पानी बाराबार को कुरा गर्ने हो भने र अन्य धर्म लाई शत्रु समान ब्यवहार गर्ने हो भने हामी अतिबादी हरु आफु कुन धरातल मा उभिएको छौ भनेर हेर्नुपर्ने हुन्छ!!! अन्तत: आज हामी तिनै क्रिश्चियन र मुसलमान को घरमा नोकर र कमारो बसेर आफ्नो श्वास धानिरहेका छौ र तिनै दाता संग अनेक बिन्ती भाउ गरेर भिख मागेर सरकार चलाईरहेका छौ!!! ब्यबहारत: धार्मिक बिभेद संगै अन्य धर्म लाई बहिष्कार र तिरस्कार गर्न सक्ने हिम्मत कसैमा छ??? त्यसकारण आधुनिक युगमा अतिबादी सोच राखेर कोही कहि पनि पुगिदैन, ईराकमा अतिबादी इस्लामिक हरुले धर्म कै कारण आफ्नो बिनाश आफै निम्त्याईरहेका छन, त्यो पाठ हामी पनि सिकौ!!! ब्यक्तिगत रुपमा धर्म जुनसुकै माने पनि स्वतन्त्र हुनुपर्दछ, धर्म लाई सामाजिक न्याय संग जोडिनु भनेको ईश्वर प्रति को अन्याय हो!!! अन्जु पन्त ले हिन्दु भजनको गीत गाउन नमान्नु स्वभाविक नै हो गायिका को क्रिश्चियन प्रति को झुकाव कै कारण असहज भयो, तर अन्जु पन्त ले एउटा भजन नगाउदैमा बिषबमन गर्ने नौटंकी हामी किन गर्दैछौ???अन्जु पन्त ले नेपाली गीत नै गाउदिन भनेको त छैन नि!!! अन्जु पन्त क्रिश्चियन भन्दा पहिला नेपाली नागरीक हो जो देशको अमुल्य गहना हो, अन्जु पन्त जस्तो प्रतिभा जन्मिन युग कुर्नुपर्दछ, त्यसकारण उनको पक्षमा उभिनु नै सच्चा देश भक्त हो, धर्म भनेको सहायक हो!!! रास्ट्रियता नेपाली हो, हिन्दु होईन!!! यही बिषय लाई सामाजिक बहिष्कार संग जोडिनु भनेको धार्मिक अतिबादी हो!!! धार्मीक अतिबादी को बिरुद्द मा संघर्ष गर्नु नै सामाजिक ब्यक्तित्व को सच्चा कर्तब्य हो!!! आज हाम्रै देशमा बलात्कार, हत्या, जघन्य अपराध, लुट अनि भ्रष्टाचार जस्ता जघन्य अपराध हरु दिन प्रतिदिन घटिरहेका छन, ति कुकर्म, बिकृती र बिसंगति प्रति सारा सन्चारकर्मी अनि हामी पटमुर्ख नेपाली निदाएर कानमा तेल हालेर बसेका छौ तर एउटा सामाजिक ब्यक्ति को चरित्र हत्या गर्न र तल खसाउनको लागी अन्धाधुन्ध लान्छना र गाली बर्साउछौ!!! यस्तै प्रबृत्ति र समाज लाई परिस्कृत गरेकै कारण आज हामी आफै बिश्वमै प्रतिबन्धित हुदै तिरस्कृत र अपहेलित बनेर बाच्नुको पिडा भोगिरहेका छौं ।

    Reply
  3. Tanka Subedi says:
    September 14, 2014 at 3:27 pm

    मेरो नाम टंक सुबेदी हो र जन्मजात ख्रिष्टियन पनी हुँ। पन्त ख्रिष्टियन हुन केले छेक्छ?
    हिन्दु धर्माबलम्बीले अरु धर्माको सम्मान गर्छन भन्नेमा कुनै शंका छैन। अन्जुले उनिहरुको भजन गाउन्न भन्दा यति धेरै घ्रिणा किना?

    Reply
  4. Saroj says:
    September 13, 2014 at 10:12 am

    Anju Panta is a perfect example of intellectual poverty and intellectual disability. Celebrities should always learn to balance the things according to time, place and condition. Celebrities should think beyond a common man. Anju Panta ,being is celebrity, has just been like giving a gun to a mad man. Anju Panta , a celebrity. What a pity . What a shame……..

    Reply
  5. Binayak Shrestha says:
    September 12, 2014 at 4:47 pm

    Dear all,
    Please read ‘God Delusion’ by Richard Dawkins. Do some critical thinking.

    Reply
  6. नारायण शर्मा says:
    September 12, 2014 at 4:44 pm

    सबैलाई चेतना होस् …..

    आफ्नो सोच बदलिनुस र मेहेनत गरेर माथि जाने प्रयत्न गर्नुस , माथि जान तपाई लाई कति बर्ष लाग्यो ? तल झर्न त केहि घण्टा नै पर्याप्त हुने रै छ त कि कसो ?

    Reply
  7. Amrit says:
    September 12, 2014 at 12:11 pm

    अन्जु पन्त को भनाइ मा मेरो विचार. आज कल अन्जो पन्त को बारे मा जसले बोलेका छन् एउटा हिन्दु व्यक्ति को हैसियत ले बोलेका छन् . अन्जु जी ले जे भन्नु भयो त्यो उहँ को धर्मग्रन्थ बाइबल ले भने अनुसार गर्नु भो. उहाँ को अस्था बाइबल को परमेश्वर मा मात्र छ. र बाइबल ले भनेको छ अरु कुनै इश्वर को उपासना न गर्नु. हिन्दु धर्म मा जति ओटा पनि इश्वर को उपासना गर्नु पाइञ्छ तेसै कारण सबै ले येही सोच्दछन कि किर्स्तियन ले एस्तो किन गर्दैनन्. अन्जु ले अरु भगवान को नाम भएको गित गाउन चाहन्नन् किन भने त्यो उनको धर्म को विपरित छ. गीत मात्रै गएर उपासना हुन्न तर येदि उपासना नै न गर्ने हो भने गीत मात्र गाउनु भगवान को अगाडी झूठ बोले जत्तिकै हो.
    अब कुरा नाम को गरम. के क्रिष्टियन भयो भन्दै मा नेपाली नाऊ राख्न हुन्दैन. येदि अहिले अञ्जुले नाम फेरिन भने तपाई हरु ले ल नेपाली भएर बिदेशी नाम राखिन भन्नु हुन्छ. सबै ले येति कुरा बुझी दिनु पर्छ कि संसार को कुनै पनि कुना मा क्रिष्टियन हरु लाइ नराम्रो नै भनिएको छ. कोसै कोसै ले यसलाई ब्रेन वाश पनि भने रहेछन .
    येदि प्रश्न उठाउने नै हो भने धर्म निरेप्क्ष्य व्यक्ति को रुप मा उठाऊ हिन्दुवादी भएर हैन.
    धेरै ले सबै धर्म को आदर गरौँ भने क छन् तेसो भए अन्जु को यो निर्णयन लाइ नि उनको धर्म ले सिकाए अनुसार गरिन भनेर आदर गरौँ. उनले गीत गाउन्दिन मात्र भनेकी हुन्. उनले मा यो मन पराउन्दिन भनेकी हैनन्.
    अमेरिका र युरोप का ले जे गर्यो तेही गर्नु जरुरि हुन्दैन. येदि उनीहरु ले येशु ख्रिस्ट र अरु भगवान यूटाई भने भने उनीहरु लाइ सन्चो ख्रीष्टियन भन्न सकिन्न. उसै पनि आज कल पोस्ट mordenism ले गर्दा उनि हरु ले आँफु लाइ कुनै पनि धर्म संग न जोडिएको भन्छन. युरोप र अमेरिका का सबै ख्रीष्टियन हुन् भन्ने धारणा गलत हो. हरेक देश को बारे मा विकिपीडिया मा पढेर कुन देश का ले कुन कुन धर्म कति प्रतिशत मा मान्छन जानी राखे राम्रो हुन्छ. नेपाल मै पनि सबै हिन्दु नै छन् भन्नु सकिन्न. हिन्दु परिवार मा जन्मेर हिन्दु भइन्न. आज सम्म ९० भन्दा बादी प्रतिशत हिन्दु हरु ले आफ्नो हरेक धर्म ग्रन्थ पढेका छैनन्. पुर्खा ले जे भन्यो तेसै मा लागेका छन्. तेस्तै युरोप र अमेरिका मा पनि नाम मात्र भएका क्रिष्टियन छन्.

    Reply
  8. Raj says:
    September 11, 2014 at 9:56 pm

    हामीले अन्जु पन्तलाई अलि बढी नै चासोको साथ हेर्यौ जस्तो छ जसको उनि हकदार छैनन | गोबर मा लात्त हान्दा आफैलाई उछिटटेर लाग्छ |

    Reply
  9. raj says:
    September 11, 2014 at 4:47 pm

    मलाई हिन्दु भय को मा गर्ब छ मा अरु धर्म मा आस्था राख्ने को मा सम्मान गर्छु तर जसले कुनै धर्म परिवर्तन गर्छ त्यसलाई मा यो दुनिया को सबै भन्दा तुछछ र घृणा गर्छु / मैले यो बुझ्न सकिन कि मान्छे किन आफ्नो धर्म सस्कृति भुले र अर्का को धर्म सस्कृति मन पराउछन् त्यति मोदिन छन् ?त्यस्ता को के भोलि आफ्नै बुबा आमा लै नै धोका दिन छन् .जुन देश मा बस्यो जुन देश ले उष लै एउटा नाम पहिचान दियो त्यसै देश को धर्म सस्कृति बिरुद्ध बोल्ने पन्त जस्ती आइमाई को के कुरा गर्नु .यदि धर्म परिवर्तन गर्छन भने आफ्नो देश को नाम पहिचान सहित सबै तोडे र त्यहि देश मा जानु .त्यस्तै पन्त जस्ती आइमाई को देश लै केहि जरुरत छैन . र हिन्दु धर्म बिरुद्ध बोल्ने केहि आधिकार छैन ….सबै डलर को कमाल ho…पशुपति ले सबै को रक्षा गरुन …..

    Reply
    1. Nischal says:
      September 12, 2014 at 12:38 am

      हेरेक धर्मावलम्बी ले अर्को धर्मको सम्मान गर्न पर्छ, तर धर्म कुनै देश, जाति वा थर को पेवा हुदैन. तपाई आफ्नो धर्म प्रति गहिरो आस्था राख्नुहोस, वा गर्ब गर्नुहोस त्यो तपाइको नैतिक अधिकार हो, तर धर्म परिबर्तन गर्ने कसैलाई घृणा गर्नु पर्ने कारण देख्दिन, तै पनि त्यो पनि तपाइको को अधिकार हो.
      अर्को कुरा कसैलाई पनि देशले धारम दिदैन, धर्म त एउटा मानिसको आस्था हो. धर्म परिबर्तन गर्ने ले आफ्नो आमा बुबालाई धोका दिन्छा भन्ने तर्क केवल हास्यास्पद मात्र हो.

      Reply
  10. Manohari says:
    September 11, 2014 at 11:51 am

    सुनिल भाइ लण्डनको विचार संग मा पनि सहमत छु ..बास्तवमा एउटा कलाकारको सोच धर्म, सम्प्रदाय जाति र पार्टीगत तह भन्दा धेरै माथि हुन्छ र हुनु पर्छ..परिस्कृत प्रतिभा न भै कन कलाकार होइदैन तसर्थ अन्जु पन्त ले आफ्नो सोच फराकिलो बनौन जरुरि छ

    Reply
  11. Rishi says:
    September 11, 2014 at 11:33 am

    म आफुलाई खाँटी सनातन धर्मि मानेता पनि अलि अलि अरु धर्मको बारे इतिहास र जानकारी राख्दछु। मेरो बुझाइमा जिजस क्रिष्ट प्राचिन अरेमियाक भाषा र प्राचिन हिब्रु भाषा बोल्दथे। GOD लाई अरेमियाक मा “अलाहा” अथवा “अलोहो” र प्राचिन हिब्रुमा “इलोहीम” भनिथ्यो। अरेबिक भाषा अरेमिआक भाषा बाट आएको हो। “प्रभु” खाँटी संस्कृत शव्द हो। यो दक्षिण एशिया का धार्मिक धर्म मान्नेहरु को (जस्तै सनातन, बौद्ध, जैन आदि) शव्द हो। अब्राहम धर्म वादी हरु (जस्तै इसाई, इस्लाम र यहुदी) को होइन। भगवान भन्न मन नपराउने हरुले प्रभु भन्नु नै किन?

    Reply
  12. Suman says:
    September 11, 2014 at 10:09 am

    कस्तो सानो विचार ! क्रिस्चियनको नामको थर पन्त नहुनेपर्ने रे !

    Reply
  13. yakthungba kanchh says:
    September 11, 2014 at 8:00 am

    यसको मतलब यी माथिका सबै अतिबाद हिन्दुहरुको चाहना अन्जु पन्त फेरि हिन्दु धर्म मा फर्केर आउनु पर्छ भन्ने हो….???!!!
    के नेपाल लै नर्थ कोरिया वा चाइना नै बनाउन खोजेको हो??!!
    सिरिया र इराक मा जस्तो अतिबादी ISI जस्तो अरु धर्म लिनै नपाउने हो कि क्याहो हाम्रो नेपाल मा? अन्जु पन्त कलाकार भन्दा पहिले त उ एउटा साधारण नेपाली जनता हैन र? के उसको आफ्नो व्यक्तिगत सोचाइ, बिचार, इच्छा, उदेश्य..हुदैन र??!!
    हिन्दु धर्म मै बस्छेस कि मार्दिउ? भनेर थर्काउदा सुन्ने जमाना गएछ नेपालमा…
    बिचरा अति हिन्दु बादीहरू लाई यी अतिक्रमण बादी इशाई हरुको काम घाँडो
    भैसक्यो….जत्ति बिरोध गरेपनि नेपालिहरु इशाई धर्ममा जान छोडेको हैन…
    इशाई हरुको जस्तो हिन्दुले पनि फकाउने कला सिक्नु पर्योनि माछेलाई…
    जात-पातको कुरो गरेर धाराको पानी थाप्न नदिने, अत्ति अन्ध बिस्वाश लिने,कोठा भाडामा नदिने,
    हामि जस्तो इमान्दार, हनडसोम जनजाती केटो लाई छोरी-चेली नदिने, कहिले पानी आफ्नो धर्मको
    राम्रो प्रचार नगर्ने-आफु मै मात्र सिमित गर्ने, ( हिन्दु धर्मका धेरै राम्रा-राम्रा कुराहरु छन् प्रचारको लागि जस्तै योग, घरेलु आयुर्बेद, धार्मिक ज्ञान..)
    मै खाउ, मै लौ, शुख सयल मै मात्र पाऊ भन्ने सचाइले त कहाँ हुन्छ हौ सोल्टी
    अहिलेको जमानामा…….
    अब अरु धर्मको बिरोध मात्र गरेर हुदैन हामी हिन्दु धर्म को शुभ-चिन्तक हरु मिलेर
    कहाँ?के?कसरि? कमि कमजोरी भो हाम्रो धर्म भित्र भनेर आत्मा समिक्छ्या गर्ने बेला
    ढिलो हुन् आतिसकेको छ र समय सापेक्छ हाम्रो कमि कमजोरी लाई सुधार गरेर बिकाश
    गर्दै लैजानु आवस्यक छ/ नत्र अब को १०-२० सम्म मा नेपाल नया इशाई राष्ट्र बन्ने पक्का छ/
    श्री पशुपति नाथले हामी सबै नेपालीको कल्याण गरुन…

    Reply
  14. Deepak says:
    September 11, 2014 at 7:09 am

    अशिक्षित व्यक्ति समाजको सेलिब्रेटी हुनु, राजनीतिक पदहरुमा पुग्नु अनि समाज चलाउनुको उपज हो यो ! बुढापाकाले भनेकै हुन्, भन्न पायो भनेर प्याच्च नभन्नु भनेर ! मैले युरोप र अमेरिकामा धेरै क्रिस्चियन हरु देखेको छु, जो हाम्रो दशैं वा तिहार मनाउन हाम्रोमा आउछन, संसारमा जतिपनि नाम चलेका व्यक्तिहरु छन्, उनीहरुले कहिल्यै पनि धर्मको बारेमा नराम्रो कुरा भनेनन् !!!! तर नेपालमा जन्मेर, त्यो पनि हिन्दु परिवारमा जन्मेर, पछि क्रिस्चियन बनेको मान्छे, त्यसमा पनि यौटा रास्ट्रीय कलाकारले यौटा हिन्दु शब्द पर्यो भनेर गित गाउदिन भन्नु ज्यादै ठुलो भुल हो !!! नेपालमा जुन क्रिस्चियन धर्म चलेको छ, त्यो बास्तबमा क्रिस्चियन धर्म नभएर क्रुर-क्रिस्चियन धर्म हो, जसले मान्छेलाई अन्धो बनाउछ अनि अरु धर्मलाई घृणा गर्न प्रेरित गर्छ!!! त्यहि कारणले गर्दा आज अन्जुजिको हालत यो भएको हो !!!!

    कलाकार त् रास्ट्रका गहन हुन् भन्थे, के को रस्ट्रका गहन हुनु, धर्म प्रचारक पो भएछन !! सुन ले यो धनि मान्छे हो म एसको कान र नाकमा बस्छु, अनि यो गरिब हो वा तल्लो जात हो, यसको नाक र कानमा बस्दिन भनेर भन्ने भए आज सुनको कुनै मुल्य हुने थिएन !!! मान्छे त् समुन्द्र जस्तै हुन सक्नु पर्छ, जे परे पनि सहने अनि सबैलाई समान देख्ने !!! धर्मको नाममा लड्ने व्यक्तिहरु मानबको नाममा कलंक हुन् !!!!

    Reply
    1. raj (ma nepali,mero nepal) says:
      September 12, 2014 at 2:09 am

      Deepak जी को कति सानो सोच रैछ ? हिन्दु धर्म मा त्यो सानो त्यो ठुलो भन्ने केहि छैन खाली मानिस ले बनाया को प्रथ हो .तर धर्म परिवर्त गरौन पैसा को लालच देखायौने डराउने झुटा कुरा बोले र धर्म परिबर्तन गर भन्ने लै तपाई ले के भन्नु हुन६?मैले जाने को Nepal मा ईसाई धर्म प्रचार प्रसार गर्न प्रतिबन्ध गर्नु पर६
      नत्र नेल्सन मण्डेला ले भने को जस्तो हुन६
      नेपाल आउदा ईसाई हात मा बैबल बोकेर आय
      त्यति बेला नेपाली को हात मा जमिन थियो तर पछि
      ईसाई को हात मा जमिन नेपाली को हात मा बैबल होला .;ताकी
      हाम्रो धर्म सस्कृति हराउने hos…त्यसै ले ईसाई धर्म को प्रचार गर्न दिन हुन्न रोक लगाउनु par6….

      Reply
  15. Batauli Thito says:
    September 11, 2014 at 3:56 am

    Anju Panta is a singer because she can sing. She was a Hindu, now she is Christian. That was her choice.

    We listen to songs we like. That is our choice.

    Can we let Anju Panta make her choices in life/religion/songs, and we make our choices in life/religion/songs? कुरै खत्तम.

    यहाँ लेखिएका बिचारहरु पढ्दा त नेपाली ले अंग्रेजी वा हिन्दि वा अन्य कुनै अ-नेपाली गीत नै नसुने भयो नि.

    समय ले नै देखाउछ कसको विचार बलियो भनेर.. बेकार को के को समय बर्बाद…

    Reply
  16. krishna sharma says:
    September 11, 2014 at 1:55 am

    एस्तो बकवास र racist आइमाई … यस्ताले समाजलाइ बिघटन तिर लैजान्छन | यिनीहरु समाजको लागि virus हुन् | एउटा स्थापित गायकको एस्तो घटिया सोचाई, उल्टो गीत मार्फत एकताको संदेश दिनुपर्ने ठाउमा ! अब कुन नेपालीले उसको गीत सुन्न रुचाउछ होला ??

    Reply
  17. प्रेम पुन मगर says:
    September 11, 2014 at 1:07 am

    “स्याललाई कुखुरा देख्नु हुँदैन,नेपालीलाई कुरा पाउनु हुँदैन,तीललाई पहाड बनाई हाल्छन।आफ्नो हैसियसत बिर्सेर अरुलाई धारे हात देखाउछन।”

    फेरी यो बिषय माईसंसारमा पनि आईपुग्यो है?सतिले सरापेको देशका भुत जस्ता मान्छेहरु कहाँ शान्त रहन सक्छन र फतफत नगरे सम्म।एउटाले आर्कोलाई आरोप लगायो,खायो,हल्लियो हिड्यो।यो भन्दा अरु काम छैन रैछ नेपालीहरुको।यो धर्मसर्म,देउता,पर्मेश्वर भन्ने अस्तित्वनै छैन।यो केवल मनको भ्रम मात्रै हो।मन,चित्त शुद् बनाउ अनि सकेको अरुको भलो गर त्यै नै असली धर्म हो।मेरो धर्म र तेरो धर्म गर्ने अतिबादीहरु बिरामी हुँदा हस्पितल जानु पर्दैन।औषधी खानु पनि पर्दैन।यदि भगवानमा भरोषा भए घरमै बसे भैहालाल्यो नि।बिरामी भयो,डाक्टर कहाँ पुग्यो,डाक्टरले रोग पहिचान गरेर अप्रेशन गर्छ,औषधी मिलाएर दिन्छ अनि निको भएपछि बिरामीले डाक्टर या अहिलेको चमात्कारिक बिज्ञानलाई धन्यबाद टक्राउदैन,भगवानलाई’पो धन्यबाद रे,कस्तो हाँसो लाग्दो मान्छेहरु।

    हिजै मात्रै काँग्रेसका पूर्बमन्त्रि खुमबहादुर खड्काले “हिन्दु राज्य नभए संविधानको मस्यौदा च्यात्छु”भनेर भाषन ठोकेछन।कमल थापाहरुले दिनहुँ हिन्दु राज्य नभए देशमा धार्मिक लडाई हुनेछ भनेर भन्छन।खै उनिहरुको बिरोध भएको?नत मिडियाहरुले बिरोध गर्छन नत सामाजिक संजालहरुमा नै बिरोध गरेको देखिन्छ।यस्ता देशलाई गृहयुद्दमा फसाउन खोज्नेहरुलाई कुनै बिरोध नहुने तर अन्जु पन्तको सानो बिषयलाई धार्मिक रङ दिएर चाहिदो भन्दा बढी बिरोध गर्ने?यहाँ त मान्छेहरु लान्छना लाँउदैछन, मानौ- अन्जु पन्त सरकारी पिउन हुन र उनले हाकिमको ठाडो आदेश नमानी हुँदैन।अन्जु पन्त ब्यबसायिक गायिक हुन तपाई हाम्रो ट्याक्समा सरकारले पालेर राखेको कर्मचारी होईनन।अन्जु पन्तको आफ्नै मूल्य-मान्यता होला।गीत छनोट गर्ने या कुन शब्द गाउने नगाउने भन्ने त सरासर उनको छनोटको कुरो हो।आत्मनिर्णयको अधिकार त सबैले प्रयोग गर्न पाउनु पर्यो नि।

    नेपाल देश कसैको पेवा होईन यो कुरा सबैले याद राखुन।हरेक नेपाली,हरेक धर्म र हरेक जातिले उतिकैरुपमा नेपाललाई आफ्नो भन्न पाउनु पर्छ।सबैले स्वतन्त्र महशुस गर्न पाउनु पर्छ।धार्मििक,नासतिक सबै जाति र सयौ संस्कृतिको मिलनले मात्रै नेपाल देश रङगिन हुनेछ,सुन्दर शान्त रहनेछ।सहिष्णुतामा जोड दिऔ र साँगुरो सोच सधैको लागि त्यागौ।

    Reply
  18. Rajendra says:
    September 11, 2014 at 12:00 am

    Lack of professional ethics…. this is probably one of the very important reason why our movie and music industry is so lagged behind. Newer generation artists and singers come and go but can’t leave a long lasting image because either they come to fulfill their hobbies or they have no professional ethics. संगीत मन नपरेर नगाउनु अथवा गीतमा शब्द मिलाउनु बेग्लै कुरा तर यो भाषाको गीत गाउछु, त्यो भाषा गाउदिन भन्नु, भोलि हिन्दि or English गीत गाउने offer आय, nationality को कुरा गर्नु, that is so unprofessional. If anyone call himself or herself an artist, you should belong to every one and everywhere. youtube को भेडिओ हेर्दा सुन्दा त looks like she struggle a lot र संगीत साधनामा धेरै मेहेनत गरे जस्तो कुरा थियो. I don’t choose who and what to listen and I like here voice and songs. I lived in Europe and America for so long and have so many non-hindu friends. I went to their church on their invitation and also called them to have TIKA and celebrate Dashain and Tihar with my family and feed them Khasi ko Masu and Cheeura. They never said anything nor did I. Simple advice Be professional and keep it professional…..!!!!

    Reply
  19. suresh kumar says:
    September 10, 2014 at 11:28 pm

    She is lucky that she is in Nepal, if she was in Musilm countries & insulted islam like she insulted Hindu goddess then she would be prosecuted.

    Reply
  20. बशन्त राज says:
    September 10, 2014 at 10:11 pm

    धर्म परिबर्तन त जिसस क्राईस्टले गरेका थिय/ उनि जन्म जात यहुदी थिय/ यहुदी राज्यमा बसेर यहुदी राजा बिरोधि कुरा गरेकोले उनीलाई क्रुसमा किला ठोकेर मरीयाको थियो/ जर्मनमा यिनै कारणले यहुदीहरुलाई मनपराईदैनथ्यो थियो/ दोस्रो बिस्वोयुद्धमा १ करोड यहुदीहरुलाई ग्यास चेम्बर हालेर मर्ने यिनै ख्रीस्तियाँन हिटलर थिय/ आज आयर ख्रीस्तियाँन धर्म राम्रो छ भन्छन भने त्यो झुटको खेति हो/

    Reply
    1. RajMA says:
      September 11, 2014 at 10:10 am

      त्यति मात्र हो र ? सारा ल्याटिन अमेरिका, उत्तर अमेरिका, मध्ये पूर्व अनि अफ्रीका मा इसाई धर्म बिस्तारको क्रम मा करोडौ मानिस को हत्या भएको छ | हाम्रो पुर्बिय धर्म, हिन्दु अनि बौद्ध, (हुन त इशु पनि हामी जस्तै ब्राउन स्कीन भएकै मान्छे हुन् ) ले भगवान पाउनु भनेको चेत खुल्नु, आँखा खुल्नु हो भन्छ, तर अन्जु पन्त ले “प्रभु ” पाएर अन्धो बनिछन| अफसोच …

      Reply
      1. Saroj says:
        September 13, 2014 at 10:03 am

        किन क्रिस्चियन धर्मले घृणा गर्न सिकौछा हो? हिन्दु धर्म ले त अर्को धर्म मान्ने मान्छेलाई घृणा गर्नु भन्दैन त

        Reply
  21. subodh nepal says:
    September 10, 2014 at 8:41 pm

    बी अार र रवी चोपडाको त्यस्ताे लोकपृय महाभारत श्रृ‍खलाका पटकथा लेख्ने पनि मुसलमान नै थिए । उनी हुन् डा् राही मासूम रजा । तिनमा महाभारत वारे हिन्दू धर्मशास्त्र बारे कति गहिरो ज्ञान रहेछ त । के हिन्दूको महाभारतको पटकथा म लेख्दिन भनी कहिले भनेर । तर इसाइ अन्जु पन्तको वौद्दिक दरिद्रता देख्ता लाज लागेर अाउँछ ।

    Reply
  22. pratik subba says:
    September 10, 2014 at 7:52 pm

    आफ्नै छोरी चेलीलाई केही भनेकै भरमा चीरहरण गर्न, सुलीमा चढाउन ,देश िनकाला गर्न तत्पर अतीवादी क्षत्री बाहुन (सबैलाई होइन) देख्दा सििरया र ईराकमा ईस्लामीक स्टेटले अरू धर्म र फरक िवचार राख्नेलाई घांटी रेटी रेटी हत्या गर्न तत्पर वीच फरक छुट्टाउन गारो पर्दैछ !
    आफ्नो जाती र धर्मको नभएकै कारण १२ जना नेपालीको ईराकमा िनर्मम हत्या गर्दा , हामीले ती अतिवादीहरुको आफ्नै शहर जलाएर विरोध गर्यौं ! आज हामीमाझनै अतिवादी िहन्दुहरुको जन्म हुंदैछ र अन्जु पन्तलाई टेकेर प्रकाश दाहाल र धर्मलाई जोडेर भ्रष्टचारी खुमबहादुर खड्का धमिलो पानीमा माछा मार्न खोज्दैछन ! बाठा जाती तेसरी अघी बढ्छन , तर एक जना तामंग साथी जो गाई खाको भरमा भोली जेलमा जाकीन सक्छ, ऊ भने जोड तोडले तीनै बाठो जातीको पछी लागेर कमैंट गरेर धर्म िनरपेक्षको िवरोध गरेको देख्दा यो पंित्तकार छक्क, िजल्ल , पक्क, ताजूब , आशचार्य , अचम्म मात्रै हैन , ऊ जमानामा बाठो जातीले धर्मको नाममा जनजातीलाई बँाधेको अझै फुस्केको रहेनछ भन्ने निश्कर्षमा पुग्यो !

    Reply
  23. nir bikram limbu says:
    September 10, 2014 at 7:13 pm

    आङ्काजी शेर्पा, अशोक राई हुँदै पछिल्लो पुस्तामा अन्जु पन्त पनि थपिएकी छिन । गज्जब छ बा! एकै नाम राशी “अ” भएका यि महान हस्ती हरु । राशिमा बिश्वास त्यागी सकेको म बबुरोलाई फेरी राशी प्रती आशाको त्यान्द्रो बुइत्याइदिएको छ हो गाठे यिनले । ढिलो-छिटो कर्म चै एउटै छन है यिनका । हन धर्म चै, यिनका बाउ को पेवा हो कि क्या हो ? यो धर्म यस्को-उ धर्म उस्को, यो चाड यस्को-त्यो चाड त्यस्को,यो भागवान यो जात को-त्यो देउता त्यो जात को, यो धर्म ले यो गित गाउँन हुने-त्यस्ले त्यो गित गाउँन नहुने आदी भनि धर्मको अङ्ग्सबन्डा गर्न खोज्ने यि धर्म भिरुहरु देख्दा सतीले सरापेको मेरो देश, त्यस्कै उपज यिनै जातिबादी पो हुन कि? झै भान हुन्छ बा! “संसार पुगी सको जुनमा, यिनीहरु चै आ-आफ्नै धुनमा” भने झै, संसार ले तेत्रा तरक्की गरी सक्दा, मेरो नेपालको एउटै पहिचान भनेकै धर्मिक र जातिय सहिस्सुणता भाको देश भनेर चिनिएकोमा पनि तिम्रा आखा लागे है पापी हो ? अब यो पहिचान लाई पनि निमिट्यान्न पार त्यस पछी हाइ सुक्ख हुन्छ! “न रहेगा बास ना बजेगा बासुरि” कि कसो हो लुङ्गा हो ? बिचार चोगे हौ ?
    आफ्नो पहिचान बनाउ ताकी संसार ले तिमीलाई पुजोस्, न कि तिर्मो नाम सम्झेर थुकोस । हन तिमीहरु मर्नु पर्दैन कि के हो ? तिमी जस्ता यो जात-त्यो जात, यो धर्म-त्यो धर्मा भन्ने को दिन चाडै आवस यो मतवलीको शुभ-कामना, हिजोको ह्याङ्ग ओबर मै लेखे पनि, सायद गलत चै लेखिन होला हौ।
    जय देश, जय नेपाल आमा।
    इति ।
    पुनस्च्: “अ” नाम राशी भाको लुङ्ग्वा हरु “एउटा ले बिराउछ, साखा पिराउछ है”

    Reply
  24. Shree Basanta says:
    September 10, 2014 at 5:16 pm

    कुरो शत प्रतिशत ठिक हो | उच्च बिचार र भावना त्यसै आउदैन यस बाट उनको बौद्धिक स्तर थाहा हुन्छ र उनि कस्ता मान्छेको प्रभावमा छिन भन्ने पनि थाहा हुन्छ | आफ्नो नितान्त सिमित जमघटलाई खुसि पार्न अर्को समुदायलाई होच्याउनु उनको ठुलो गल्ति हो | अर्को कुरो के भने भित्ताको त कान हुन्छ भन्छन उनलाई र शक्तिखोरमा बोल्दा प्रचण्डलाई यो जमानाको हेक्का रहेनछ | आफुले हानेको बन्चरो आफ्नै खुट्टामा, हा हा हा कति हास्नु !! बिचरा अन्जु पन्त र उति बेलाको प्रचण्डको अनुहार उस्तै लाग्यो |

    Reply
  25. RP Khanal-Surkhet says:
    September 10, 2014 at 2:50 pm

    आफ्नो धर्म , मातृभूमि बिरुद्ध कसैले (अपहेलना र हेह को द्दृष्टिकोण) ले हेर्छ भने के चुप लागेर बस्नु पर्छ भन्ने तपाइको आशय हो कि श्लोक को ?(अन्जुको दुवै Video ध्यान दिएर हेर्नुहोला अन्जान मा गल्ति हुनु र जानीजानी गर्नु मा धेरै फरक हुन्छ) जसमा उनले हेह को दृष्टि कोणले उक्त शब्दहरु फलाकेकी छन् /

    Reply
  26. Ananta says:
    September 10, 2014 at 2:41 pm

    It is clear- she was brainwashed by Christian religious leader.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme