Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुनकोशीको यो ताल अब रहेन

Posted on September 7, 2014September 7, 2014 by Salokya

unnamed

गएको साउन १७ गते सिन्धुपाल्चोकको जुरे क्षेत्रमा पहिरो गएर पहाडै खसेपछि सुनकोशी नदी थुनिएर यो कृत्रिम ताल बनेको थियो। आज बिहान अकस्मात् यो तालको पानी प्राकृतिक रुपमा नै   बगेर गएको छ। नेपाली सेनाले निरन्तर नदी खोल्न विस्फोट गरेको गर्‍यै थियो। तर खोल्न सकिएको थिएन। यसैबीच काठमाडौँमा ताल फुट्दैन यत्तिकै राखेर टुरिस्ट भित्र्याउँ भनेर गोष्ठी गर्न समेत भ्याए केहीले। डा. रञ्जनकुमार दाहाल लगायतका विज्ञहरुले भने पानीको निकास खोल्नुपर्नेमा नै जोड दिँदै थिए। अन्ततः सेनाले सुरुमा पानीको निकास खोज्न खोलेको ठाउँ प्राइमरी च्यानलबाट भन्दा अर्कै ठाउँ सेकेन्डरी च्यानलबाट तालको पानी आज बिहान बग्न थाल्यो। अब यसले नदीको बहाव बढेर बाढीले बस्तीलाई असर नपारिदिए हुन्थ्यो।

यस्तो थियो ताल खोल्न नेपाली सेनाले गरेको प्रयास

unnamed (1)

unnamed (2)

unnamed (3)

unnamed (4)

कसरी खुल्यो तालको पानी ?

डा. रञ्जनकुमार दाहालका अनुसार हिजो त्यस क्षेत्रमा ठूलो वर्षा भएपछि तालमा पानीको सतह बढेको थियो। त्यसले सेकेण्डरी च्यानलको सापेक्षिक रुपमा कमलो भाग खुलेर बग्न थाल्यो। ताल फुट्यो भनेर आइरहेको समाचारप्रति उनी असन्तुष्ट छन्। उनी भन्छन्, ‘वारीपट्टी १५ वटा जति एस्कभेटरले बाटो खोल्ने काम र ड्याम पट्टी दुई वटाले मात्र च्यानल खोल्ने काम गरेका थिए। आज त्यही चाँडो खोल्नु पर्ने च्यानलबाट पानी सजिलै बगेर गएकोलाई ड्याम फुट्यो भन्नुभन्दा पानी छिटो बगेर गएको भन्नु ठिक होला। फुट्यो भन्दा सबैलाई डर हुन्छ तर पानी छिटो बग्यो भन्नुले वास्तविकता झल्किन्छ।’ दाहालको विचार जान्न यहाँ क्लिक गर्नुस्

5 thoughts on “सुनकोशीको यो ताल अब रहेन”

  1. pratik says:
    September 8, 2014 at 10:06 am

    देश जति सानो, चुनौती उति ठुलो,, तर कुन सक्तिको अगाडी कहिले हामी झुके थियेउ र !!
    जय देश! जय नरेश!! जय गोर्खा!!

    Reply
  2. Prakash_Edm_Canada says:
    September 7, 2014 at 9:39 pm

    त्यहि ताल बाट एउटा pipe हालेर चट्ट बिजुली निकालेको भेये १००, २०० मेगावाट बिजुली आउथ्यो | अझ बाद खोल्नु भन्दा त्यस्लाई ढलान गरेर बलियो परेर hydropower कम्पनी खोलेर ताल मा tourist ल्याएको भए कस्तो राम्रो हुन्थ्यो |

    Reply
    1. Pukar says:
      September 8, 2014 at 8:12 am

      आर यु जोकिंग माइट? अनि क्यानाडा बाट फर्केर त्यो ड्यामको तल तिमि घर बनाएर तिमि बस्छौ?

      Reply
    2. prakash says:
      September 8, 2014 at 1:16 pm

      प्रकाश जी ,
      क्यानाडामा तपाई कुन पेशामा आबद्ध हुनुहुन्छ ? तपाइको बौद्धिक विचार पढ्दा त कुनै पार्किंग तिर मोटर धुने काम गर्नु हुन्छ जस्तो लाग्यो |
      रिशाई चाही नहाल्नु न ! अब तपाइको कुरा नै तेस्तै छ | एउटा पाइप हालेर चट्ट बिजुली निक्लने भए नेपालको खोला खोल्सा जता ततै बिजुली निकालिन्थ्यो | बिजुली निकाल्न नेपालमा किन बबण्डर मचाउनु पर्थ्यो र ? सायद तपाईले जर्जियाको इन्गुरी जस्तै र अन्य देशका ड्याम जस्तै सल्लाह दिनु भाको होला | विचार गर्नु भाको छ ती तपैले कल्पना गरेका रास्ट्रका ड्याम साइड आवादी र तपाइको कल्पनाको आफ्नो राष्ट्रको ड्याम साइडको आवादीमा कत्ति फरक छ ? तेत्ति सरो निस्ठुरी चाही नबन्नु न प्रकाश जी !
      म त्यहाको सब्बै मनिसलाइ क्यानाडा लान्छु भनेर जवाफ नदिनु होला है |

      Reply
  3. xyz says:
    September 7, 2014 at 9:33 am

    May be god realized how Nepali Army is syphoning off the budget allocated for draining water from the lake.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme