Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुई लघुकथा : जिम्मेवारी र निरस बिहीबार

Posted on September 6, 2014September 6, 2014 by mysansar

saturday-fiction लघु कथा : जिम्मेवारी

-नीता थापा, लन्डन-
मोबाइलको घन्टी बज्यो हेरें रातिको १.४० बजेको रहेछ।
को होला यति राती नो नम्बरबाट फोन गर्ने ?
डर र आश्चर्य बीच फोन उठाएँ कतै नेपालबाट पो हो कि ?
हेल्लो भन्न पाएको छैन उनको लर्बराउदो स्वर सुनेँ। फोन किन गरेको हो, कुनै छेउ छन्द नै पाइनँ मैले, फोनलाई हेन्ड्स फ्री गरेँ र सोच्न थालेँ विगतका दिनहरु।

“झन्डै पाँच वर्ष अगाडि स-परिवार लण्डन जाने भनेर घर सल्लाह गर्दा दाजुले भन्नु भएको थियो, भगवान शरण लण्डनमा छन् उनलाई म चिन्छु, मेरो नाम लिएर भेट्नु आबस्यक सहयोग गर्न सक्छन, तर धेरै नजिकको सम्झेर मन पेट नखोल्नू।”

लण्डन आइयो चिनेका थुप्रै साथीहरुको सहयोग, श्रीमान श्रीमती दुबैको मेहनत, लगनशिलता, अनुशासन, कामप्रतिको लगाव र आँटले गर्दा सबै राम्रै चलेको थियो। तर संयोग तिनै भगवान शरणको छिमेकि हुन पुगिएछ।

पहिलो भेटमै “म होमकी बहिनी” बोल्न नपाउँदै उनले भने “तपाई कान्छी होला। तपाइँकी दिदीलाई त म चिन्छु तपाइको दाइ र दिदीसँग त मैले सँगै गैर सरकारी संस्थामा काम गरेको छु।”

आफुलाई ठुलै नेता सम्झने भगवान शरण कम थिएनन “उनको बिहे गर्ने उमेर भएकी छोरी, बाबुलाई ठुलो हुने कपडा चाहिने छोरो, प्रेम बिबाह गरेकी श्रीमती, बाहिर २,४ वटी गर्ल फ्रेण्ड, बिदेशमा पनि आम्दानी भन्दा खर्चिलो रवाफ के थिएन र उनिसंग जुन सामाजिक संस्थामा पनि आर्थिक, सामाजिक र राजनीतिक विवाद सधै उनकै पेवा कसैले बिरोध गरे गुण्डा लगाएर पिटाउने धम्कि …………..”

फोन तिनै भगवान शरणको रहेछ।

रातिको काममा जाँदा घरमै छुटेको मेरो श्रीमानको मोबाइलमा।

भन्दै थिए ‘कमरेड जिम्मेवार बन्नु पर्यो।’

समाप्त

लघुकथाः निरस बिहीबार

-आचार्य प्रभा-

उनी प्रायश:बिहिबार र मंगलबार पारेर सधैं हाम्रो रेष्टुरेन्टमा आउँछिन्। यहाँकी असली अमेरिकन उनी। उनलाई ‘हामी’ असाध्य मन पर्छ। उनलाई सबैभन्दा मनपर्ने कुरा यहाँको ‘गुलाबजामुनको रस र आइस चिया’ हो। उनी यी दुई कुरा खुशीले भरपुर खान्छिन्। टिप्स पनि गज्जबले छाड्छिन्। उनको बिर्सने बानी छ। एउटै कुरा धेरै पटक भन्छिन्, अनि आफ्नै परिचय घरिघरि दिन्छिन्।

उनी कहिले आफुभन्दा पा’की ९५ वर्षकी बुढी साथी लिएर आउँछिन्। उसो त उनी पनि ८० वर्ष नाघेकी हुन् रे। उनी प्रायश:मंगलबार आफ्नी छोरी नाता-नातिनीहरुसँग आउँछिन् भने बिहीवार चाँही आफ्नी बुढी साथीसँग आउँछिन्। उनी रेष्टुरेन्टमा पस्नासाथ मलाई अँगाल्न उद्वेलित बन्छिन्। कस्तो मोह हो कुन्नी उनको हामीप्रति? त्यसै प्रफुल्ल बन्छिन्।

अस्ति भर्खरमात्र उनी आफ्नी बुढीसाथीसँग आइन्। उनी आउनासाथ मलाई पनि एक प्रकारको खुशी र उत्साह जाग्छ। म पनि उनीजस्तै खुशीले उद्वेलित बन्छु तर त्यो दिन म निरश थिएँ किनकी उनलाई मैले भन्नु थियो, “अब म यो ठाउँं छाड्दैछु” भनेर।

उनी र उनकी साथी फेरि उसरी नै खुशी हुँदै “हाइ!!!मिसेज ‘के’भन्दै पसे । मैले पनि सँधै झैं स्वागत गरेँ। उनले फेरि आफ्नो नाम भनिन्। यो उनको सँधैको बानी हो। क्यान्सर भएर उनको स्‍मृतिशक्ति गुमेको रे।

उनीहरु खाना लिएर बसे। मैले सँधै झैं उस्तै सर्भिस दिएँ। उही ‘गुलाबजामुनको रस र आइस चिया’राखी दिएँ । त्यति गर्दा उनी मप्रति कृत्‌कृत्‌ बन्छिन्। सँधै झै हामीले भलाकुसारी गर्न थाल्यौं। एकअर्कालाई “के, कस्तो छौ” भन्ने औपचारिकता निभायौं तर मलाई भने भित्र कता-कता नमीठो आभास भइरहेथ्यो। “यी बुढीहरुलाई मैले कसरी अब म यहाँ धेरैदिनसम्म रहन्नं”भनेर भन्ने?चिन्ता लाग्न थाल्यो।

यी अमेरिकनहरु यस्ता कोक्ल्याँटेपनि हुँदार’छन् कि उनीहरुलाई मन पर्‍यो भने उनीहरु त्यो ठाउँं र ती मानिसहरुलाई हत्तपत्त माया मार्दैनन्।

उनले भनिन् ” मिसेज ‘के’,मलाई यहाँको आइेस चिया र यो रस असाध्य मन पर्छ नि। अब यति खान नै म बिहीवार फेरि आउँछु छोरीसँग। ” मैले हाँस्दै “हुन्छ” भनें ।

उन्ले फेरि भनिन् “म’त अब नमरिन्जेल यहाँ नै आउँछु । मेरी साथीलाई पनि यहाँ नै आउन मन लाग्छ रे,अनि हामी दुवैलाई मिसेज ‘के’ पनि मन पर्छ “अर्कीले पनि हाँस्दै साथीको कुरा स्वीकारिन्।

अब मलाई करै लाग्यो आफ्नो असलियत भन्न र भनें । “म्याम अब म यो हप्तासम्म मात्र यहाँ हुन्छु । सरी अब हाम्रो भेट आउने बिहीवारसम्म मात्र होला यदि तिमी आयौ भने ।”

[तपाईँ पनि आफ्नो कथा, लघुकथा माइसंसारमार्फत् बाँड्न चाहनु हुन्छ भने पठाउनुस् यहाँ क्लिक गरेर अथवा इमेल [email protected] मा]

3 thoughts on “दुई लघुकथा : जिम्मेवारी र निरस बिहीबार”

  1. nirajan luitel says:
    September 8, 2014 at 1:20 pm

    प्रभा दिदीको कथा त फेसबुकमै पढेको हो,फेसबुकमै बिचार मन्थन गरेको हो।

    पहिलो कथा पढेको पहिलो पटक हो,कथाले केहि अन्योल बनाएको पक्का पनि हो मध्य भागमा तर पनि अन्त्य हुदा सम्म केहि कुरा बुझियो।लधुकथा ठिकैछ,राम्रो पनि होइन नराम्रो पनि होइन।हुन त लेख्न जति सजिलो हुन्छ(सुझाब) कथानै लेख्न कठिन हुन्छ।

    Reply
  2. Sunil, London says:
    September 7, 2014 at 9:42 pm

    दिल्ली जी ले माथि को “भगवान शरण” वाला लघुकथा अलि बुझिन लेख्नु भयेछ , तर मैले त अलि मात्र हैन केहि पनि बुझिन !!!! लघुकथा त क्रमश: पनि हुदैन होला !! छाप्दा खेरि केहि छुट्न गएको त हैन !!!
    म पनि लण्डन मा नै बस्छु एकपटक निता थापा जी लाई भेटेर नै कथा बुझाइदिन अनुरोध गर्नु पर्छ कि क्या हो ? माइसंसार ले पनि नबुझिने कुरो झन् “स्तरिय” हुन्छ भन्ने ठानेर प्रकाशन गरेको त हैन होला नि !!!!!

    Reply
  3. Dilli says:
    September 7, 2014 at 1:00 pm

    निराश बिहिबार वाला चाही मलाई राम्रो लग्यो | पहिलो चाही अलि बुझिएन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme