आधारभूत रुपमा रगतको रंग रातै हुन्छ तर देखिने रातोपन भने छालाको रंग, रगतमा हुने अक्सिजनको मात्रा, र प्राणी अनुसार केही मात्रामा फरक हुन्छ। मूलतः रगतमा ४ वोटा तत्वहरु-प्लाज्मा (Plasma), राता रक्त कणिका (Red Blood Cells), सेता रक्त कणिका (White Blood Cells), र प्लेटलेट्स (Platelets) आदि हुन्छन्। रगतमा करिब ६०% प्लाज्माको मात्रा हुन्छ भने ४०% रक्त कणिकाको मात्रा हुन्छ।
प्लाज्मा भनेको पानी, चिनी, बोसो, प्रोटिन, लवण आदि मिलेर बनेको तरल मिश्रण हो। यसले रक्त कणिका, शरीरलाई चाहिने पौष्टिक तत्व, संक्रमण र रोगबाट बचाउने तत्व (Antibodies), रगत जमाउने प्रोटिन, हर्मोन जस्ता रासायनिक सूचना प्रबाह संयन्त्र, शरीरमा बिभिन्न तरल पदार्थको अनुपात मिलाउने काम गर्ने प्रोटिन लगायतका बस्तुहरु शरीरका सम्बन्धित अंगमा पुर्याउनुको साथै शरीरमा उत्पन्न बिभिन्न प्रकारका बिकारहरु बिबिध माध्यमबाट निस्काशन गर्ने कार्य गर्दछ।
राता रक्त कणिकालाई छोटकरीमा RBC पनि भनिन्छ। रगतमा यिनीहरुको संख्या एकदमै धेरै, झन्डै ४०-५०% हुन्छ। सूक्ष्मदर्शक यन्त्रले हेर्दा यिनीहरु प्वालबिनाको डोनट रोटी जस्तै देखिन्छन्। एक थोपा रगतमा झन्डै ५० लाख राता रक्त कणिका हुन्छन्। यिनीहरु बन्ने प्रारम्भिक श्रोत हड्डीभित्रको मासी (bone marrow) मा हुने स्टेम कोष (Stem Cell) हो।
हरेक दिन हाम्रो मासीबाट दसौंलाख अपरिपक्व यस्ता कोषहरू रगतमा प्रवेश गर्दछन्। तर यिनीहरुको नियन्त्रण र बिकास (Regulation and Development) भने मृगौलाले उत्पादन गर्ने एरिथ्रोपोएन्टिन (Erythropoietin) नामक हर्मोनले गर्दछ। अरु कोषको जस्तो राता रक्त कणिकाको न्युक्लियस (Nucleus) हुँदैन, त्यसले यिनीहरुले कुनै पनि आकार लिन सक्छन, अनि एकदम साना नसामार्फत पनि बहन सक्दछन्। यिनीहरुको आयु मात्र १२० दिनको हुन्छ। पुराना मर्ने र नयाँ जन्मिने प्रक्रिया निरन्तर चलिरहन्छ।
राता रक्त कणिकामा हेमोग्लोबिन (Hemoglobin) नामक एक बिशेष प्रकारको प्रोटिन हुन्छ जसले एकातर्फ फोक्सोबाट शरीरका बिभिन्न भागमा अक्सिजन (Oxygen) पुर्याउने काम गर्दछ भने अर्कोतर्फ शरीरका बिभिन्न भागमा बन्ने कार्बन डाइअक्साइड (Carbon Dioxide) लाई फोक्सोमा पुर्याई बाहिर फाल्न मद्दत गर्दछ।
सेता रक्त कणिकाहरु राता रक्त कणिकाको तुलनामा एकदम कम हुन्छन् अर्थात् रगतको करिब १% जति मात्र हुन्छन्। सेता रक्त कणिकाहरु पनि धेरै प्रकाका हुन्छन, ती मध्ये ५५-७०% न्युट्रोफिल (Neutrophil) भनिने कणिकाले ओगटेका हुन्छन्।
यिनीहरुले शरीरलाई कुनै पनि रोगको संक्रमण हुनुबाट जोगाउछन्। यिनीहरुको आयु करिब एक दिन मात्र हुन्छ। सेता रक्त कणिका मध्येका लिम्फोसाइटिस् (Lymphocyte) नामक अर्का थरी कणिकाहरुले कुनैले भाइरस लागेका कोषहरुलाई नस्ट गर्छन भने कुनैले ब्याक्टेरिया तथा भाइरसलाई आक्रमणगरी मार्ने काम गर्दछन्।
प्लेटलेट्स पूर्ण कोष नभई कोषका केही तत्व हुन्। जब शरीरको कुनै भागबाट धेरै रगत बग्न थाल्छ, यिनीहरु त्यो ठाउँमा तुरुन्त जम्मा हुन्छन र रगतलाई जमाइदिन्छन्। घाउचोटको बेलामा यिनीहरु एकदम सहयोगी भए पनि यिनीहरु अत्यधिक भए भने बिना घाउचोट पनि रगत जम्नगई अचानक हृदयघात पनि हुन सक्छ।
सारांशमा रगतको मुख्य काम शरीरका मांसपेशी (Tissues) मा पौष्टिक तत्व र अक्सिजन पुर्याउनु, रोग र संक्रमण (Infection) संग जुझ्न आवश्यक कोष र Antibodies शरीरका आवश्यक ठाउँमा लैजानु, धेरै रगत बग्न लागेको अवस्थामा त्यसो हुन नदिन रगतलाई तुरुन्तै जामाउन सक्ने तत्व ब्लड कोल्ट (Blood Colts) बनाउनु, अशुद्ध तथा विकारयुक्त रगतलाई शुद्ध बनाउनको लागी कलेजो र मृगौलामा पठाउनु, र शरीरको तापक्रमलाई उचित मात्रामा कायम (Regulate) गर्नु आदि हुन्।
एक औसत पुरुषको शरीमा करिब ६ लिटर रगत हुन्छ भने महिलाको शरीरमा ५ लिटर हुन्छ। मान्छेको तौलको झन्डै 8-9% जति रगतले ओगटेको हुन्छ। रगतको अध्ययन गर्ने बिषयलाई हेमाटोलोजी (Hematology) भनिन्छ। आवश्यक पर्दा व्यक्तिलाई रगत दिने प्रक्रियालाई Blood Transfusion भनिन्छ।
औषधी बिज्ञान र यससंग सम्बन्धित प्रबिधिको बिकास यो चरणसम्म आइपुग्दा हामी रगतको समूह छुट्याउन, रगतलाई संचय गर्न, र एउटा सद्दे व्यक्तिको रगत अर्को व्यक्तिलाई दिएर उसको ज्यान बचाउन सक्ने भएका छौं, तर गलत समूहको रगत परेमा बिमारीको ज्यान झन् जोखिममा पर्न पनि सक्छ।
के हो त रगत समूह भनेको ?
रगतको समूह (Blood Group) छुट्याउने श्रेय अस्ट्रियाका बैज्ञानिक Karl Landsteiner लाई जान्छ। उनले सर्बप्रथम १९०१ मा A, B, र O रगत समूह, र त्यसको केही पछि AB समूह पत्ता लागाएका हुन्। रगत समूह पत्ता लागाएको कारणले नै उनले नोबेल पुरस्कार पाएका थिए।
राता रक्त कोषको सतहमा हुने एक प्रकारको तत्व (Inherited Molecule अथवा antigens) को आधारमा रगतको समूह छुट्याइन्छ। कुनै पनि व्यक्तिको रगतमा गर्भैदेखि या A प्रकारका Antigens हुन्छन, या त B प्रकारका Antigens हुन्छन, वा AB दुवै प्रकारका Antigens हुन्छन, या त दुवै प्रकारका Antigens हुँदैनन्।
यदि कुनै व्यक्तिको रक्त कोषमा A प्रकारका Antigens मात्र छन् भने उसको रगत समूह A भन्ने बुझ्नु पर्दछ, B प्रकारका Antigens मात्र छन् भने B समूह, AB दुवै Antigens छन् भने AB समूह, र A तथा B कुनै पनि छैन भने उसको रगत समूह O भन्ने बुझ्नु पर्दछ।
राता रक्त कणिकामा A तथा B को अलावा अरु पनि महत्वपूर्ण Antigens हुन्छन्। रगत समूह छुट्याउनको लागी ती मध्ये Rh-Antigens को अवस्था पनि जान्न आवश्यक पर्दछ। व्यक्ति या त Rh-negative हुन्छ या त Rh-Positive हुन्छ। त्यसैको आधारमा रगत समूह Positive र negative हुन्छ। यदि कसैको रगत समूह O+ve छ भने उसको रगतमा A तथा B कुनै पनि प्रकारका Antigens छैनन, तर Rh-factor भने Positive छ भन्ने अर्थ लाग्छ।
अर्को एउटा जान्नै पर्ने कुरा के छ भने कुनै पनि व्यक्तिको रगतमा हुने राता रक्त कणिकाले आफू जस्तै बाहेकका कुनै पनि प्रकारका Antigens स्वीकार्दैनन, अथवा त्यस्ता Antigens को बिरुद्धमा Antibodies उत्पादन गरी मारिदिन्छन्। भन्नुको मतलब A रगत समूह हुने व्यक्तिलाई B समूहको रगत दिइयो भने उसको Antibodies ले B Antigens लाई आक्रमण गरेर मरिदिन्छन्। जसको रियाक्शन एकदम खतरनाक हुन गई व्यक्तिको ज्यानै पनि जान सक्दछ। केही अवस्थामा गर्भवती आमा र गर्भको बच्चाको Antigens फरक पर्न गई आमाको Antigens ले बच्चाको Antigens लाई आक्रमण गर्दा बच्चा नै मर्न सक्छ। बच्चा नरहने कतिपय अवस्था यही कुरासँग पनि सम्बन्धित छ।
कसैलाई रगत दिंदा उही समूहको मात्र दिन पर्नुको कारण पनि यही हो। रगत मिल्नु भनेको नै एउटै समुहको रगत हुनु भनेको हो। O समूहको रगतमा भने A तथा B कुनै पनि Antigens नहुने भएकोले सबै समूहलाई मिल्छ। संसारका लगभग ८०% मानिसमा रगत समूह O छ। AB-ve (AB Negative) भने एकदम दुर्लभ रगत समूह हो। संसारमा १% भन्दा पनि कम जनसंख्यामा AB-ve समूहको रगत छ।
धन्यबाद गौतमजी, उत्तम जानकारीको लागि|
कृष्ण जी,
O Negative हुन्छ तर Positive को तुलनामा एकदम बिरलै हुन्छ | धन्यबाद
अनि ओ negetive चै हुञ्छ कि हुदैन त
O Negative हुन्छ तर Positive को तुलनामा एकदम बिरलै हुन्छ | धन्यबाद
धेरै राम्रो जानकारी | बिज्ञान ब्लग मलाई एकदम interesting लग्छ| गौतमजीको सरल प्रस्तुति, स्पष्ट बर्णनको कारणले बिज्ञान ब्लग मेरो favourite भाको छ |