Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गुणाधीस खनाललाई जवाफ : लिङ्ग यसकारण पुजेको, गाई पूजा गर्नुको कारण यो हो, गाईको पिसाब यस कारण खाएको

Posted on September 11, 2014September 12, 2014 by mysansar

-साक्षात सुशील-

गुणाधिस खनाल जी, अन्जु पन्तको निम्ति ब्यङ्ग्यात्मक मनोवाद लेख्दै गर्दा तपाईँको लेख पढ्न पुगेँ। म हिन्दू धर्मको ज्ञाता त होइन तर तपाईँले उठाउनु भएको केही प्रश्नको उत्तर दिने प्रयास गरेको छु।

इसाई धर्मावलम्बीको माझ उभिएर उनले गरेको भाषण तपाईँले एकपटक फेरि हेर्नु भए राम्रो हुन्थ्यो। “भजन त म गाउँदिन तर प्रभु कै हो भने पछि दौडीदौडी रेकर्डिङको लागि गएँ” – यो वाक्यले अरु धर्मको अपहेलना गरेको छ कि छैन? एउटा कलाकारलाई शोभा दिने विषय हो?

“मेरे साई मेरे कुन्नि के रे, अल्लाह रे मेरे शिवजी…. त्यस्तै थियो” – अरु धर्मका देवताको नाम उच्चारण गर्दा उनले प्रयोग गरेको शब्द, बोल्ने तरिका कुन स्तरको छ?

“सबै धर्म एउटै होइन” – ९५% ॐकार परिवार भएको देश जहाँ हिन्दू मन्दिर जाँदा बुद्धलाई ढोग्दै हिँड्छन। त्यस्तो देश धर्म निरपेक्षतामा गइसक्दा पनि सबै धर्म एउटै होईन, मैले मानेको- बुझेको धर्म मात्र सही हो भन्ने किसिमको अभिब्यक्तिले स्वतस्फूर्त विरोध निम्त्याउँछ कि निम्त्याउँदैन?

तपाईले अन्जु पन्त ‘साइबर बुल्लिङ’ को सिकार भएकोमा दुखेसो पोख्नुभएको रहेछ। उनी नाबालिग होइनन्। धर्म निरपेक्ष देशमा ‘सबै धर्म एक होइनन्, मैले बुझेको र मानेको धर्म मात्र सही हो’ भन्ने किसिमको अभिब्यक्ति कै कारण धार्मिक अथवा साम्प्रदायिक सदभावमा खलल पुग्न गएमा उनलाई कानुनको दायरामा ल्याउन सकिन्छ।

ब्यक्तिगत स्वतन्त्रताको उपयोग भनौ या दुरुपयोग गर्दै ‘आफ्नो धर्म सही अर्को धर्म गलत। आफुले मान्ने प्रभु परमेश्वर, अरुले मान्ने प्रभु कुन्नि के’ भन्न पाइन्छ भने स्वत: अन्य धर्म र ईश्वरप्रति आस्था राख्नेले त्यस भनाईको विरोध र खण्डन गर्न पाउने ब्यक्तिगत स्वतन्त्रता राख्छन्। विरोध गर्नेको संख्या बढ्दै जाँदा तपाईलाई ‘साइबर बुल्लिङ’ लाग्यो। कथमकदाचित उनको त्यही भनाईलाई समर्थन गर्नेको संख्या बढी भएको भए ‘ शाश्वत सत्य’ लाग्थ्यो होला, होइन?

हिन्दू धर्मले कुनै पनि जातिलाई तपाईले भने जस्तो अपहेलित जाति भनेको छैन। वेदमा उल्लेखित ब्राह्मण, क्षेत्रीय, वैश्य, सुद्रको वास्तविक अर्थ नबुझी श्रम विभाजन हुँदै अन्तमा स्थायी विभाजन बनाउन खोजिएको हो। ल भन्नुस् नेपालमा तल्लो जातलाई मन्दिर प्रवेश गर्न रोक्ने, अन्तरजातीय विवाह गर्दा गाउँ निकाला गर्नेको संख्या बढी छ कि त्यस्तो गर्नु हुन्न भन्नेको संख्या बढी छ?

एकाध पटक पत्रपत्रिकामा आएको घटनाले पुरै हिन्दू धर्मावलम्बीको मानसिकता देखाउँछ? हिन्दुत्व मै आधारित रहेर समानता र एकताको निम्ति खटिएका विवेकानन्ददेखि कयौँको प्रयासलाई चटक्क बिर्सेर ‘हिन्दू धर्ममा हेपियौँ अब अब नहेपिने धर्म तिर लाग’ भनेर लालिपप देखाउने तपाईँको वाक्य डरलाग्दो धार्मिक प्रचार मान्ने कि नमान्ने?

यदि तपाईँको आशय हिन्दू धर्म बाहेक अन्य धर्मावलम्बीले उँचनिच र भेदभाव गर्दैनन् भन्ने लाग्छ र हेपिएको भनिएको जातिलाई त्यतै लागे समानता पाइन्छ भन्ने हो भने एकपटक सत्यमेव जयतेको यो कार्यक्रम हेर्नुहोस्

इसाई र इस्लाम धर्ममा हुने भेदभाव प्रष्ट हुनेछ। इराक, इरान, सिरिया र अफगानिस्तानका सिया र सुन्नी बीचको भिडन्त। पश्चिम देशमा कालाले गोरालाई ‘बाइबल’को आधारमा ‘व्हाइट डेभिल’ र गोराले कालालाई ‘दास’ भनेर् गरिने भेदभाव। यी सब मानिस आफैले गरेका हुन्। कुनै पनि धर्मले मानिस मानिस बीच भेदभाव गरेको छैन। यदि तपाईँले ब्राह्मण,क्षेत्रीय, सुद्र, वैश्यको वास्तविक अर्थ बुझ्नुभएको छैन भने यो हरफ पढ्नुहोला :

• ब्राह्मण सधैं सर्वोपरी छ ! ठुलो छ ! माथि छ ! विवेकसम्मत‌् छ ! जसले एउटा शरीरका क्षेत्रीय, वैश्य र शुद्र भागहरुको विवेकपूर्ण निगरानी गर्दछ ! र मोक्षको द्द्वार खोल्न सघाउंदछ!
• शुद्रहरु यौन र यौनिक क्रियाकलापमा हराऊंछन, निर्लिप्त भएर सकिन्छन ! स्खलन भन्दा माथि उठ्नका लागि ब्राह्मणको बिबेक अनिबार्य छ ! जसले यौनको भोकबारे बिबेकपुर्ण निर्णय गर्न सकोस !
• शुद्रबाट अलि माथि उठेकाहरु बैश्यहरु हुन् जो भुंडि र पेट चिन्तामा आफुलाई सक्छन ! नस्ट गर्छन ! स्वाद र वासना उनीहरुका प्रिय बिषय हुन् ! यहांबाट माथि उठ्न पनि ब्राह्मणको बिबेक अनिबार्य छ !
• वैश्यबाट अलि माथि उठेकाहरु क्षेत्रीयहरु हुन् ! जसले सधैं- सधैं श्रम मात्र भन्दछन ! श्रम, श्रम, श्रम अनि श्रम ! सदा श्रमरत रहने क्षेत्रियपनि श्रमकै चंगुलमा त्यसै सकिञ्छ ! यहांबाट माथि उठ्न पनि ब्राह्मणकै बिबेक अनिबार्य छ !
• क्षेत्रियबाट माथि उठेकाहरु सब्बै ब्राह्मण हुन् ! चाहे त्यो दलित समुदायमा जन्मिएको होस ! चाहे त्यो गैरदलित होस ! चाहे बाहुननै किन नहोस ! यदि बाहुन पनि यौनमा निर्लिप्त छ भने त्यो शुद्र हो ! भुंडि चिन्तामा लिर्लिप्त छ भने त्यो वैश्य हो ! अनि श्रममै निर्लिप्त छ भने त्यो क्षेत्रीय हो ! ब्राह्मण हैन त्यो बाहुन ! -अच्युत अर्याल

भोक, सौख, यौन, मोक्ष जस्ता बिषयको आधारमा बिभाजन छ हिन्दू धर्ममा। जन्मको आधारमा बिभाजन बुझ्नु मुर्खता हो। जनजाती काले राई हिन्दूदर्शन मै आधारित रहेर स्वामी प्रपन्नाचार्य बनेको नजिर हामी सामु छ। डा योगी बिकासानन्दको बिगतको थर के हो थाहा छैन तर आज उनी भौतारिएकालाई मार्ग देखाउने गुरु बनेका छन्। जन्मले दलित पनि अध्यात्मिक चेतनाले ब्राह्मण बन्न सक्दछन भने जन्मैले ब्राह्मण यौन र नशाको लिप्तता दलितभन्दा तल पुग्न सक्छ। अब भन्नुस, समाजले हेप्ने गरेको जातले आफ्नो धर्मले सिकाएको उच्चतम अवस्थामा पुगेर सम्पुर्ण समाजलाई बाटो देखाउने की कपडा फेरे झै धर्म फेर्दै जाने ?

हिन्दू धर्मको अर्थ चप्पल सुल्टो पार्नु, बिरालोलाई बाटो नकटाउनु, धूप बाल्नु, नरिवल चढाउनु मात्र बुझेकाहरूप्रतीको ब्यङ्यमा मेरो समर्थन छ। तर ‘अलोक निरन्जन’ भन्दै भिक्षा माग्न आउनेले केही सिकाएनन भनेर गुनासो गर्नु भएको रहेछ्। स्कुल कलेज पढेको, राम्रै जागिर, राम्री श्रीमती हुँदा हुँदै पनि मनमा कहीले शान्ति नभएपछि ‘सन्यासी’ बनेर लोभ, लालच, मोह, रिस, डाह भन्दा एक कदम माथि उठ्न सब छोडछाड गरेका असल जोगी हिन्दू धर्मका धरोहर हून। जोगीको भेषमा ति मध्ये केही ठग-माग्ने हुनसक्छन, केही कामचोर अल्छी हुनसक्छन। तर अब उप्रान्त राम्रोसँग नियाल्नुस् कतै ती बिरक्तिएर जगत बुझ्न हिडेका भोलिका नरेन्द्र मोदी त होइनन ? तपाई हिन्दू नै हुनुहुन्छ र भित्रैबाट ज्ञानको भोक पलाएको छ भने तपाईले छातीमा हात राखेर सोधिएको प्रश्नको उत्तर दिदैछु।

लिङ्ग किन पुजा गरेको ?
हिन्दू धर्ममा प्राय: पुजिने शिवलिङ्गको को कुरा गर्नु भएको होला। मित्र, राम्रोसँग हेर्नुहोस् , त्यहाँ शिवको लिङ्ग मात्र होईन पार्वतीको योनी पनि छ। सम्भोगको प्रतिकात्मक उपस्थिती हो शिवलिङ्ग। सम्भोग सिर्जनाको पहिलो खुट्किलो हो। सम्भोग प्राप्तिको नीम्ति प्रेम जन्मिन्छ। सम्भोग कै क्रममा आनन्द मिल्छ। जुन मानिस सम्भोगको उद्देश्य पूरा गरेर एक कदम माथि उठ्छ, त्यसले मोक्ष प्राप्त गर्छ। एक हिन्दूको जीवनमा चार खण्ड हुने गर्छन् धर्म, अर्थ, काम, मोक्ष। धर्म अर्थात् कर्म। बिद्यार्थीले पढ्नु उसको धर्म हो। त्यसको फलस्वरुप उसले सामाजिक इज्जत, प्रतिष्ठा र सम्पन्नता कमाउँछ जुन ’अर्थ’ हो। जसको उपयोग गर्दै उसले गृहस्थी जीवनमा ’काम’ अर्थात् सम्भोगको भरपुर आनन्द लिन्छ। त्यो ‘काम’ को अवस्था हो। यी तीन चरणबाट माथि उठाउन शिवलिङ्ग मात्र होईन अनेकौ यौन आकृति यत्रतत्र छन् हिन्दू धर्ममा। भौतारिएकाहरूलाई घच्घक्याउन।

कति करोड देउता छन् रे- नाम भन त ?
जे जति गर्दा पनि मनमा शान्ति नभएकाहरूलाई इश्वरिय तत्वबोध गराउन अनेकौ धर्म छन्। सबै धर्म आ आफ्नै तरीकाले ईश्वरीय तत्वबोध गराउन लागिपरेका छन। जिसस क्राइस्ट आफैमा देवता होईन तर परमात्माको छोरा हो भनिन्छ। पैगम्बर मोहम्मद आफै देवता होईन अल्लाहको अन्तिम दुत हो भनिन्छ। गौतम बुद्धले निर्वाण प्राप्त गरेको कारण इश्वरिय तत्व आफ्नै भित्र अनुभुत भएको भनिन्छ। हिन्दू धर्म यी सबै धर्म भन्दा पुरानो इतिहास बोकेको छ। इश्वरिय तत्व बोध गराउन बिभिन्न समयमा बिभिन्न घटना र अवस्थाका पात्रलाई अगाडी राखिएको कारण कालन्तरमा तपाईले भने जस्तो करोडौ देवता भन्नुपर्ने स्थिति आएको हो। त्रेतायुगमा सत्यको पक्षधर राम। द्वापर युगमा सत्यको पक्षधर कृष्ण। यी सबै रूपमा फरक भएपनि रुप एकै हून। तपाई ज्ञानको प्यासी हुनुहुन्छ भने मोक्षप्राप्त गर्न सरस्वती तपाईको सामुन्ने छिन्। तपाई द्रब्यको पछि लाग्नु भएको छ भने लक्ष्मीसँगको शाक्षातकार तपाईको अन्तिम लक्ष्य हो। संगीत, कला, राजनिती, कुट्निती, कला, यौन, द्रब्य, सुरबीर, सबै क्षेत्रलाई समेट्ने गरि मोक्षको द्वार खोल्न रूपमा करोडौ मात्र होईन अरबौ पुग्ने इश्वर हुनसक्छन। तर सार त एउटै हो। त्यहि ब्रह्म तत्व हो। त्यहि क्वान्टम मेकानिक्सको ‘गड पार्टिकल’ हो।

गाई किन पूजेको?
पाउडर दूध, ट्रेक्टर र युरिया मलको बिकासपछी सुरु भएको धर्म भएको भए सामाजिक रूपमा गाईको पूजा गरिंदैन थियो होला। तर के गर्नु हिन्दू धर्म कहिलेदेखि सुरु भयो येकिन इतिहास भेट्नै गाह्रो छ। युग युग कटेको छ। प्राचिनकालमा आमा बिरामी हुँदा नाबालकलाई पौष्टिक दूध खुवाउने पनि गाई। खेतको उब्जनी बढाउन मल दिने पनि गाई। गाई कै सन्तानले खेत जोतेर अन्न उब्झाउने, अनि नपुजेर के गर्नु ? यी त सामाजिक चलन भए। हिन्दूदर्शन मै आधारित भएर भन्ने हो भने असल हिन्दू, बौद्ध, किराँती, जैन जस्ता ॐकार परिवारका सदस्यले कसैलाई मारेर खाँदैन। स्वादको निम्ति हिँसा गर्नु ठीक होईन। अहिले एनिमल राइटसको नाममा पशुपन्छीलाई यातना दिई तिनको भुत्लाबाट बनेको पोसाक, पर्फ्युम नलगाउने, मासु खरिद नगर्ने क्याम्पेन देख्नुभएको होला। असल हिन्दूलाई यो क्यामपेनमा सहभागी हुन आवश्यक छैन। किनभने ती सुरु मै बाघलाई पनि देवता मान्छन। गाईलाई पनि देवता। कुकुर् पनि देवता। सिधै भन्दा कण कणमा ईश्वर देखिन्छ , आँखा खोलेर त हेर।

ए गाईको पिसाब पनि खान्छौ ?
गाईको मात्र होईन मित्र आवश्यक पर्नेले स्वमुत्रपान पनि गर्छन्। तर हिन्दू हुँदैनमा गाईको मुत्रपान गर्नैपर्छ भन्ने छैन। आयुर्बेदमा मुत्रपान के कतीको महत्व छ, यस बिषयमा डा योगी बिकासानन्दले तपाईको तृष्णा मेटिदिनसक्छन। मुत्रपानको बारेमा थप जानकारी यो लिंकमा पढ्नुहोला।

गणेश कसरी मुसोमा चद्छ?
तपाईँलाई इश्वरीय तत्वमा विश्वाश छ; ब्रह्माण्डबाट आउने अथाहा शक्ति योग साधनाद्वारा अनुभव गर्न सकिन्छ; कण कणमा ईश्वरको बास हुन्छ भन्ने बिश्वास छ भने गणेश पनि कहीँ मुसामा चढ्न सक्छ भन्ने प्रश्नै उठ्दैन थियो। गणेशलाई ईश्वरको प्रतिक मानिसकेपछि मुसामा चढ्न सकिन्छ की सकिदैंन यो तपाईले निर्देश गर्ने कुरा होईन। शक्तिशाली भगवान मानिसकेपछि मुसामाथि भन्दा डाइनोसोरसमाथी चढ्नुपर्ने मान्यता राख्नुहुन्छ भने मेरो केही भन्नु छैन। तर हिन्दू धर्मले दिएको मार्ग निर्देशनलाई चटक्क बिर्सेर मुसा, लड्डु, पेडामा बिबेक मन्चन नगरेकै बेस हुन्थ्यो।

अन्जु पन्तलाई शब्द चयनमा कुनै रोक लगानु उनको ब्यक्तिगत स्वतन्त्रता बिरुद्ध हुन जान्छ तर चाउचाउको भन्दा सस्तो धर्म परिवर्तनको मार्केटिङ चलिरहेको बेला यस किसिमको अभिब्यक्ति दिनु उनको गल्ति हो। यस लेखक हिन्दू हो तर चर्च गएको बेला इसाई रित अनुसार चोख्याइएको छ। भोलि मस्जिदमा कुनै कार्यक्रम भए प्रार्थन गर्न कुनै हिचकिचाउने छैन। ईश्वर एक हून पुग्ने बाटो फरक फरक छन्। तर गरिबीमा परेका, तिरस्कारमा परेका, पिछडिएकालाई ललाई फकाई धर्मपरिवर्तन गर्न उचाल्न परिचालित समूहको गतिबिधि सहनु पनि गलत हो।

76 thoughts on “गुणाधीस खनाललाई जवाफ : लिङ्ग यसकारण पुजेको, गाई पूजा गर्नुको कारण यो हो, गाईको पिसाब यस कारण खाएको”

  1. joy says:
    September 19, 2014 at 11:33 am

    तपाईंको लेख पढीसकेपछी फेरि तपाईंकै वाक्यान्श लाई सम्झिदै प्रश्न गरे है।

    ब्राह्मण सधैं सर्वोपरी छ ! ठुलो छ ! माथि छ ! विवेकसम्मत‌् छ ! जसले एउटा शरीरका क्षेत्रीय, वैश्य र शुद्र भागहरुको विवेकपूर्ण निगरानी गर्दछ ! र मोक्षको द्द्वार खोल्न सघाउंदछ!
    • शुद्रहरु यौन र यौनिक क्रियाकलापमा हराऊंछन, निर्लिप्त भएर सकिन्छन ! स्खलन भन्दा माथि उठ्नका लागि ब्राह्मणको बिबेक अनिबार्य छ ! जसले यौनको भोकबारे बिबेकपुर्ण निर्णय गर्न सकोस !
    • शुद्रबाट अलि माथि उठेकाहरु बैश्यहरु हुन् जो भुंडि र पेट चिन्तामा आफुलाई सक्छन ! नस्ट गर्छन ! स्वाद र वासना उनीहरुका प्रिय बिषय हुन् ! यहांबाट माथि उठ्न पनि ब्राह्मणको बिबेक अनिबार्य छ !
    • वैश्यबाट अलि माथि उठेकाहरु क्षेत्रीयहरु हुन् ! जसले सधैं- सधैं श्रम मात्र भन्दछन ! श्रम, श्रम, श्रम अनि श्रम ! सदा श्रमरत रहने क्षेत्रियपनि श्रमकै चंगुलमा त्यसै सकिञ्छ ! यहांबाट माथि उठ्न पनि ब्राह्मणकै बिबेक अनिबार्य छ !
    • क्षेत्रियबाट माथि उठेकाहरु सब्बै ब्राह्मण हुन् ! चाहे त्यो दलित समुदायमा जन्मिएको होस ! चाहे त्यो गैरदलित होस ! चाहे बाहुननै किन नहोस ! यदि बाहुन पनि यौनमा निर्लिप्त छ भने त्यो शुद्र हो ! भुंडि चिन्तामा लिर्लिप्त छ भने त्यो वैश्य हो ! अनि श्रममै निर्लिप्त छ भने त्यो क्षेत्रीय हो ! ब्राह्मण हैन त्यो बाहुन ! -अच्युत अर्याल

    अब हामीले पशुपतिनाथ मन्दिरमा पुजाआजा गर्ने / गराउने मुख्य पुजारी लाई के भन्ने?
    उनी पनि त यौन मा निर्लिप्त भएकोले परिवारको साथमा छन अनि भुँडी चिन्तामा पनि।
    सन्सारीक मोह, भोग विलाश त छ्दै छ ।
    अब भन्नुस पशुपतिनाथ को मन्दिर मा बस्ने पुजारी ब्रह्मन हो कि होइन?

    Reply
  2. joy says:
    September 19, 2014 at 11:21 am

    तपाईंको लेख पढीसकेपछी फेरि तपाईंकै वाक्यान्श लाई सम्झिदै प्रश्न गरे है।

    ब्राह्मण सधैं सर्वोपरी छ ! ठुलो छ ! माथि छ ! विवेकसम्मत‌् छ ! जसले एउटा शरीरका क्षेत्रीय, वैश्य र शुद्र भागहरुको विवेकपूर्ण निगरानी गर्दछ ! र मोक्षको द्द्वार खोल्न सघाउंदछ!
    • शुद्रहरु यौन र यौनिक क्रियाकलापमा हराऊंछन, निर्लिप्त भएर सकिन्छन ! स्खलन भन्दा माथि उठ्नका लागि ब्राह्मणको बिबेक अनिबार्य छ ! जसले यौनको भोकबारे बिबेकपुर्ण निर्णय गर्न सकोस !
    • शुद्रबाट अलि माथि उठेकाहरु बैश्यहरु हुन् जो भुंडि र पेट चिन्तामा आफुलाई सक्छन ! नस्ट गर्छन ! स्वाद र वासना उनीहरुका प्रिय बिषय हुन् ! यहांबाट माथि उठ्न पनि ब्राह्मणको बिबेक अनिबार्य छ !
    • वैश्यबाट अलि माथि उठेकाहरु क्षेत्रीयहरु हुन् ! जसले सधैं- सधैं श्रम मात्र भन्दछन ! श्रम, श्रम, श्रम अनि श्रम ! सदा श्रमरत रहने क्षेत्रियपनि श्रमकै चंगुलमा त्यसै सकिञ्छ ! यहांबाट माथि उठ्न पनि ब्राह्मणकै बिबेक अनिबार्य छ !
    • क्षेत्रियबाट माथि उठेकाहरु सब्बै ब्राह्मण हुन् ! चाहे त्यो दलित समुदायमा जन्मिएको होस ! चाहे त्यो गैरदलित होस ! चाहे बाहुननै किन नहोस ! यदि बाहुन पनि यौनमा निर्लिप्त छ भने त्यो शुद्र हो ! भुंडि चिन्तामा लिर्लिप्त छ भने त्यो वैश्य हो ! अनि श्रममै निर्लिप्त छ भने त्यो क्षेत्रीय हो ! ब्राह्मण हैन त्यो बाहुन ! -अच्युत अर्याल

    अब हामीले पशुपतिनाथ मन्दिरमा पुजाआजा गर्ने / गराउने मुख्य पुजारी लाई के भन्ने?
    उनी पनि त यौन मा निर्लिप्त भएकोले परिवारको साथमा छन अनि भुँडी चिन्तामा पनि।
    सन्सारीक मोह, भोग विलाश त छ्दै छ ।
    तसर्थ हरेक महिना प्रती पुजारी १० लाख(साथमा महङो गाडि अनि पारिवारिक सुख/सुविधा) को दरले ५ जना पुजारी को लागि देशको ढुकुटी बाट खर्चिनु परेको छ अब भन्नुस पशुपतिनाथ को मन्दिर मा बस्ने पुजारी ब्रह्मन हो कि होइन?

    Reply
  3. Manoj says:
    September 15, 2014 at 1:20 am

    तपाइको यो लेखलाई कोटीकोटी नमस्कार छ, सबै धर्म को सम्मान गर्नुपर्छ कि आफ्नो धर्म राम्रो तेरो धर्म नराम्रो भन्ने मान्छेको उसको व्यक्तिगत धर्म नै नराम्रो , त्यो भन्ने मान्छे नराम्रो हो धर्म ले यो गित गाइस भने नर्क मा जाने पक्कै भनेको हुदैन होला . येस्मा मा अन्जु पन्त को व्यक्तिगत धर्म नराम्रो हो , उनलाई यसको पश्चाताप गराउनै पर्छ , ता कि पछिल्लो पुस्ता ले कुनै धर्म को बिरोध नगरुन,
    जय पशुपतिनाथ

    Reply
  4. sanu maya kc says:
    September 14, 2014 at 6:46 pm

    Many things we can discuss endless, just want to add something about “Gai ko Muut”.
    There is nothing special in gaumut, but there is a danger of getting catched by many infection (of urinary tract of cow) causing bacteria and TB causing bacteria, chance of which is very high in country like Nepal and India.
    Would like to ask 2 questions.
    1. Now almost everything can be analysed up to chemical element, so what special thing there in cow’s urine?
    2. Is there anything special different between cow’s urine, goat urine or buffalo urine?
    People who advocate such absurd of 5th century (and are proud of this) should first scientifically answer this.

    Reply
    1. Suresh says:
      September 15, 2014 at 2:49 am

      Alright high speed, here is a link that you can click and read about the use of cow urine for anti-cancer purpose and other stuff which is under US patent number US 6896907 B2… http://www.google.com/patents/US6896907

      Reply
      1. sanu maya kc says:
        September 15, 2014 at 11:31 am

        Suresh Jee,
        Regarding use of cow urine:
        The ironical thing is that to justify the use of cow’s urine by Hindu, you wanted to highlight that it in US (christians) patent and it is in Google (also christians).
        That way we are most likely to believe than that was a nepali or indian research. This is one pity side of your faith (or opposite to ….) what you believe.
        Regarding patent: We need to understand that there is huge difference between patent and clinical trials. To prove a substance as a drug (or similar) in us there is process which consist of 3 phases of very long, expensive and hard work of clinical trials. Only after successful 3 phases one can claim that the substance is effective.
        As per patent, the author themselves do nor claim cow urine as an antibacterial or anticancer, they are saying it may enhance (increase effect of the drugs – antibiotics or anticancer).[“The invention relates to an absolutely novel use of cow urine distillate as activity enhancer and availability facilitator for bioactive molecules including anti-infective and anti-cancer agents”]. The author also do not claim, but accept that it has no antibacterial activity [“To test whether this is inhibitory to growth of different microorganism, Eschenichia coli and Mycobacterium smegmatis were grown at different temperatures ranging from 20 to 40° C. in presence and in absence of the cow urine distillate, no significant difference in the colony count is noticed”]
        The authors conclude (rather they assume only):
        [“As cow urine (Go-mutra) distillate and the fraction Gm-IV, both shows enhanced membrane permeability by enhancing the antibiotics across the semi-permeable membrane and mammalian gut membrane, it can be assumed the above substances can be used for enhancing intestinal transport and transport of molecules across membranes of various biological functions including urinary/renal systems.”]
        They further conclude:
        [“The invention can further be explained as follows:

        1. The sample shows enhancement of bioavailability of rifampicin (antibiotic) and Vitamin B-12 across the mammalian gut membrane (Goat intestine was used) within 2 hours and it keeps increasing upto 4 hours.
        ◦2. It shows clear inhibition of ascorbic acid action to prevent oxidation of cut apple indicating that it probably enhances the isoniazid (INH) by oxidative mechanism that synergises the drug action of INH.
        ◦3. The distillate showed enhancement action for INH even at 10-50 thousand-fold dilution in the final volume of culture.
        ◦4. Still more interesting observation is that at 1 μl/ml the distillate showed enhancement in the activity of taxol by at least 5 folds. Further experiments in this direction have been taken up on priority.”]
        Thus it is clear that the authors has assumption (only assumption !) based on their investigation that cow urine has some value of nutrient to enhance effect of some antibiotics. And we know that the first antibiotic (penicillin) was developed 80 years back only, use of cow’s urine all the time before that (thousands of years) by Hindu was just useless thing and nothing more than trying by the “Thekedar of Hindu Religion” to prove that cow is holy as holy is Brahman. And at the conclusion like to say that anything which is not poisonous can have some nutrient value – be it cow urine or dung, buffalo urine or dung, human urine or dung….. anything and may prove to be a drug inhancer or a drug itself someday with support of some research and clinical trails. And this dont give “Hindu dharmaka thekedar” the rights to claim that whatever they are doing in the basis of supestition, is true and correct. This is 21 st century. Enough fooling us.

        Reply
    2. arjun says:
      September 22, 2014 at 7:11 pm

      dear सानु माया कच ( sorry I was writing KC),
      no culture is absurd but your english is, I saw couple of times. Gaumutra culture is not 5th century. it is much much older. drinking gaumutra is probably not because it is tonic and has vitamins but it is probably a sign of submission to mother ( who gives you milk). you can worship buffalo or a goat if you like.
      Thank you

      Reply
  5. Bikash Shrestha says:
    September 14, 2014 at 8:10 am

    धर्म र धार्मिकताको कुरा गर्दा व्यक्तिको सम्बन्धमा व्यक्तिगत स्वतन्त्रता र आस्था नै प्रमुख हुने भए पनि अन्ध आस्था राख्दा नराम्रा पक्षहरु निष्पक्ष रुपमा दृष्टिगोचर हुन्नन् भने अन्ध विरोध गर्दा राम्रा पक्षहरुबाट पनि लाभान्वित हुनेमा व्यवधान पैदा हुन्छ, यसर्थ जुनसुकै अवस्थामा पनि भगवान बुद्धले भन्नु भए झैं सम्यक व्यहार गर्न सकियो भने यो नै बढी बैज्ञानिक होला ।

    Reply
  6. Indra Pd Thapa,Butwal says:
    September 13, 2014 at 12:37 pm

    आफ्नो धर्म संस्कृतिको संरक्षण गरौँ ,अरुको लाइ आदर गरौँ / सबै धर्मका राम्रा कुराहरु सिकौं / समयानुसार नराम्रा कुराहरु परिबर्तन गरौँ / नया जोगीले धेरै खरानी घस्छ भने झैं धर्म परिबर्तन गर्नेहरुले पनि नगरौं …

    Reply
  7. Ram says:
    September 13, 2014 at 11:12 am

    “” मेरो हिन्दु धर्म ले इसाई धर्म मान्ने मान्छे ले गायको गीत सुन्न मिल्दैन “”

    लौ त अब इनी हरु ले बिरोध गरुन
    कोइ छ काजी ….

    Reply
  8. Kp says:
    September 13, 2014 at 2:23 am

    शुशील जी मैले यहाँ तपैन्को लेखमानबुझेको कुरा के हो भने एक तिर मनीषको जात हुन्दैन भन्नु हुन्छा अर्को तिर जात्तैले ब्राह्मण र जात्तैले सुदद्राको चेतना को कुरा गर्नु भयो मैले भुझ्न सकिन .तपाईं कोविचार एक दम भ्रमित पार्ने खालको लग्यो कृपया प्रस्ट्याउनु होला

    Reply
  9. Kp says:
    September 13, 2014 at 12:14 am

    सुशील जी म पनि अन्जु जस्तो राष्ट्र कै धरोहरले यस्ता अबिबेक्शील कुरा गर्दा उनको उन्चाई त पक्कै घटेको छ . तर यहाँ तपाईं ले अन्जुपन्तजी लाई उचित मार्ग दर्शन गराउनु भन्दा पनि हिन्दु धर्मको अनावोश्यक प्रचार गरेको अनुभव भयो .शास्त्र भनेको संसारलाई बुझ्ने दस्तवेज हो र भेदभाव रहित समाजको निर्माण गर्ने कानून हो. मा आफै पनि हिन्दु हु ,तर अर्काको कमजोरीको बखान गर्दा हजारौं वर्ष देखि आफ्नै धर्मको आडमा हुंदै आएको मान्छेले गर्न सक्ने अत्यनता निच पशुजन्य व्यवहार लाई हामीले बिर्सनु हुन्दैन .प्रजातान्त्रिक सव्य संसारमा बस्ने मान्छेले कसैको दबाबमा नआईकन आफ्नो आदर्श अनुकुलको धर्म परवर्तन गर्नमिल्छ , हामिले पहिला आफ्नोधर्म भित्रको फोहोर सफा गरौ त्यसपछि हाम्रो धर्ममा त यस्तो राम्रो चिजपो छ त बाबै भनौ.अन्न्यथा अन्जुजी को विचार र तपैन्को शास्त्र मोचनमा केहि फरक पाएन.मलाई धर्म शास्त्रमा के लेखिएको छ त्योता थाहा छैन तर मानीश भएको नाताले धर्मले लादेको उत्पिदंलाई महसुस गर्न सक्छु.जे होस् यहाँ मैले तपाईंसंग झगडा गर्न खोजेको होइन .मलाईभन्दा तपैन्लाई धेरै जानकारी छ.मेरो भन्नु यतिमात्रै हो यदि हाम्रो शास्त्रमा लेखिएको सबै कुरा समय अनुकुल छर, यदिछ भने शास्त्रका नराम्रा कुराहरु लाई किन परिमार्जन नगर्ने

    Reply
  10. Batauli Thito says:
    September 12, 2014 at 11:40 pm

    यो सबै गन्थनमा एउटा कुरा के छुट्दै छ भने धर्म को मर्म.

    विभिन्न धर्म छन्, विभिन्न धार्मिक चिन्तन छन्, विभिन्न रहस्य पनि उत्तिकै होलान. कुनै एउटा धर्म अर्को धर्मभन्दा ठुलो वा सानो छैन. सबैका आफ्नै मार्ग छन्, नियम छन्, तरिका छन्, बुझाई छन्. तर उद्देश्य र लक्ष त एउटै हो नि – “म” र “आफु” भन्दा पनि शक्तिशाली कुनै “सत्य”, कुनै “रुप”, वा कुनै “अस्तित्व” लाई स्वीकार गर्दै त्यहि सत्य, रुप वा अस्तित्व को साधनामा लाग्नु नै सबै धर्म को जड हो.

    मानव सभ्यताको विकासक्रममा विभिन्न समयमा विभिन्न रुप भगवान बने र बन्दै जान्छन पनि. पानी चाहिन्छ अनि इन्द्र भगवान भए, आगो चाहिन्छ अनि अग्नि भए, ज्योति चाहिन्छ अनि सुर्य भगवान भए. हिन्दु परम्परा का केहि उदाहरण हुन् यिनीहरु. प्राचिन रोमन र ग्रीक सभ्यता हेर्दा पनि यसरी नै मानिसको आवस्यकता पुरा गर्ने शक्ति वा श्रोत लाई भगवान मानियो. क्रिस्टियन भन्दा पुरानो पश्चिमा धर्म “पगन” (Pagan) ले पनि सूर्यलाई भगवानको रूपमा स्थापित गरे. त्यो भन्दा पर मध्य अमेरिका का आदिवासीहरुले पनि सुर्य र प्रकृतिलाई भगवान माने. त्यसैले हामी यो मान्छौ त्यो मान्दैनौ भन्नु अबुझ कुरो हो. कसैको भगवान ठुलो सानो वा बढी कम महत्वको हुदैन, त्यो नितान्त व्यक्तिगत आस्था र बुझाइको कुरो हो.

    मुर्ति एउटा प्रतिक हो, त्यस्तै क्रस पनि. जसरि झन्डा राष्ट्रको प्रतिक हुन्छ. गणेश को मुर्ति अगाडी हात जोड्ने वा क्रस अगाडी शिर निहुराउने, यी तालिम र आस्था का कुरा हुन्. गीता, बाइबल आफै म़ा न त देउता हुन् न त धर्म, यी त ति ग्रन्थ ले प्रतिनिधित्व गर्ने धर्म को छलफल हुन्.

    कुनै धर्ममा लाग्नु भनेको कुनै मार्ग समात्नु हो. घर देखि पधेरो सम्म जादा पहिले हामी हामीलाई देखायिएको बाटो हिड्छौं . अलि बुझ्ने र एक्लै दुक्लै सक्षम भएपछि कुनै नया बाटो समात्न पनि सक्छौं . उस्तै सहासिक र जिज्ञासु भयौं भने बिल्कुलै नया बाटो पनि खन्न सक्छौं. जुनै तरिकाले भए पनि पुगिने त घर देखि पधेरो हो.

    पधेरो किन चाहियो त , यो बुझ्नु नै गहिरो हो… धर्म किन चाहियो त? बिना धर्म के जीवन अपुरो हुन्छ ?

    साथीहरु, समय चिन्तन म़ा खर्च गरौँ, “हम किसी से कम नहीं” म़ा होइन.

    Reply
  11. Deepak Koirala says:
    September 12, 2014 at 11:35 pm

    Few months ago I read a Huffington post article about declining number of Christians in America. According to it, about 40% Americans claim that they go to Church every week but it turns out only 20% actually go. 4-7 thousands Churches are closing every year and since this number is growing 8-10 thousand Churches were likely to close in 2014.
    I am not saying its just in Christianity but look at other religions. My parents go to temple at least once a month. None of my siblings go there unless we have to drive our parents there. Bible is supposedly written about 3000 years ago, Hinduism is probably even older. Just think about 10 years ago from now. We did a lot of things differently. I feel silly about a lot of things I did 5 years ago. The world is changing. Why not religion? If it can’t update itself its obviously going to lose its relevance. Doesn’t matter what religion it is. New generation needs a reason to believe something not the fear of going to hell if they don’t believe something. We worry about terrorism, rape, war, global warming etc, not about some imaginary friend in sky who will come with a boat to rescue us when the entire world is drowning.
    Anju Panta is a moron to not sing a song just because it has some Hindu words in it, considering majority of her fans are Hindu, and the people who are abusing her in public are even worse morons. This is the reason why religion never made sense to me and will never make sense to me.

    Reply
    1. विश्वास says:
      September 13, 2014 at 6:32 am

      Mr Deepak, with a due respect to your personal opinion I must say that you do not have any rights to say in public that what other people believe in does not make any sense. Religion must have started to create problems after it was used as a kind of political tool to scare, terrorise, control and rule. Hindus did that to some extent but no way close to the extent of muslims and christians. However, I must tell you that it started off because of people’s curiosity of existence. You should also know that science cannot answer most of the questions around it. Just try to imagine how something can exist for ever (energy). Try to think if you were able to travel through the universe you would find nothing (no space, no matter) when you cross its boundary because the space is created when the universe expands but not that universe expands in space! Dude, it does not mean that you should now be a regular visitor of a temple but I was just trying to explain you a few things from science, which are beyond the perception of a human brain.

      Reply
  12. प्रेम पुन मगर says:
    September 12, 2014 at 11:20 pm

    “कति गन्थन गरेका यि हरामी,अटेरी,पाखण्डी धर्मका अतिबादीहरु!तिमीहरु जस्ता निच सोच भएकाहरुले गर्दानै देश कहिल्यै ऊभो लाग्न सक्दैन।संसारको दोस्रो गरीब देश दरिनुमा तिमीहरु जस्ता कहिल्यै परिवर्तन हुन नचाहाने घमण्डी र पाखण्डीहरुले गर्दा भएको हो।धर्म बुझेको मान्छेले अरु धर्मको बारेमा नराम्रो बोल्दैन,नराम्रो सोच्दैन।सबैको भलो चाहान्छ।मन,चित्त शुद्ध पारेर अरुको दुखमा सदा सहयोग गर्न तम्तयार रहन्छ।

    अहिलेको अबस्थामा आफूलाई मन लागे जुन धर्ममा गए पनि हुन्छ।जहाँ आफूलाई सन्टुष्टी मिल्छ त्यो गर्नु नै मान्छेको स्वतन्त्रता हो र यो उसको आत्मनिर्णयको अधिकारको कुरो हो।अरु धर्मालम्बीहरु आफ्नो धर्ममा आउदा चाही खुशी तर आफनाबाट अरुमा जाँदा किन दुखी हुनु पर्यो?युरोपबाट धर्म बिस्तारै लोप हुँदैछ।अहिलेको नयाँ जेनेरेशन धर्मप्रति चासो राख्दैन।सयौ शताब्दी पहिला ठडिएका चर्चहरु प्राय बन्द अवस्थामा छन।यहाँ नया बनेको कतै देखिदैन।संसारकै धनि भनिएका डेनमार्क,स्वीजरल्यान्ड,नर्बे अनि जर्मनीहरुमा धार्मिक भन्दा नास्तिक बढी छन।हामी कैयौ नेपालीहरु क्रिश्चियनका देशहरुमा,मुसलमानका देशहरुमा गुलामी गर्दैछौ।यिनीहरु धर्मलाई भन्दा काम र देश बिकासलाई प्राथमिकता सम्झिन्छन।अहिले बिदेशमा बसेर गाईको मासु,घोडाको मासु,सुगुरको मासु,जानअन्जानमा लुछेर नभाको मेरो धर्म ठूलो राम्रो तेरो धर्म सानो नराम्रो भन्ने रिस राख नपोखे हुन्छ।यदी यिनीहरु पनि हामी जस्तै संकुचित मानसिकताका हुँदा हुन त नेपालीहरु रातदिन देशतिरै लखेतिएका हुन्थे।

    धर्म केवल भ्रम हो।मावोले भनेजस्तै यो अफिम हो।जस्ले यसको खरानी लाउछ त्यसले अरु धर्मका बारेमा सोच्दैन।मै ठूलो मै राम्रो मै बैज्ञानिक भन्ठान्छ।मान्छेमा मानवता र भावकता हुनु पर्छ त्यै नै ठूलो कुरो हो।आफू-आफूमा घमण्ड गरेर फुर्किनु पर्दैन।म ठोकुवा दिन्छु,अबको तिस-चालिस बर्षभित्रमा तिमीहरु जस्ता धर्मका साँगुरो सोच भएका, अतिबादीहरु मर्नेछौ र त्यसपस्चात यहाँ न हिन्दु रहने छ न क्रिश्चियन न बुद्धिस्ट र मुसलमान रहनेछन।नेपालमा केवल सकारात्मक सोच भएका स्वच्छ नेपालीहरु मात्रै रहनेछन।किनकी अहिलेका नयाँ जेनेरेशनहरुमन बाहुन,न क्षेत्री न जनजाति,न दलित र मधेसी यिनलाई कुनैधर्म प्रति रुचि छैन।

    Reply
  13. bku pampam says:
    September 12, 2014 at 10:15 pm

    मलाई त न हिन्दु न क्रिश्चियन न मुस्लिम न बुद्दिस्ट भर नाना थरि बकवास कुरा गर्नुछ
    बाचुन्जेल सके सम्म कसैलाई दुख नदिने आफ्नो परिवार लाई धेरै माया गर्नु छ
    भगवान मेरो लागि कागज मा लेखिएको सब्द मात्र हो ….कृपया कर्मिक धर्म मा बडी ध्यान दिउ होला म तेस्कै भक्त हुन् कोसिस गर्दै छु …..हेरुम कति सकिन्छ

    Reply
  14. ईश्वर says:
    September 12, 2014 at 8:52 pm

    ियनै स-साना कुरा हरु बाट सुरु गरेर नेपालमा धार्मीक समुदाय बिच लडाउने एउटा सुरुवात भएको छ । अन्जु पन्त लाई अघि सारेर तपाई हाम्रो ईमोसन लाई प्रयोग गरि उनिहरू अाफ्नो उद्देश्य हासीलको बाटोमा जांदैछन् । त्यसैले यस्ता कुरा हरूमा कमेण्ट गर्दा अलि संयमित भएर गरौ । धमिलो पानीमा माछा मार्न जसले यो अवस्थाको श्रृजना गर्दैछन उनिहरुले दुबै पक्षमा सकेसम्म कन्फ्युजन श्रृजना गराउने काम गर्छन ।

    Reply
  15. श्याम कुमार श्रेष्ठ अबुधाबी says:
    September 12, 2014 at 5:30 pm

    मलाई गर्व छ हिन्दु हुनुमा, किनकि मेरो आफ्नै हजारौ वर्ष पुरानो मन्दिर छ, कसैको भुइँ तल्ला भाडामा लिएर प्राथना गर्नु परेको छैन। घरबेटीको भन्दा बहालमा बस्नेको फुर्ती बेसी। तिमीहरुले भाडामा लिएर चर्च बनाएर प्रथाना गर्ने घर पनि कुनै हिन्दूको नै होला

    नलेखु भनेको त लेख्नै पर्ने भयो। कुरा धर्म परिवर्तन गर्नु हुँदैन भन्ने होइन, अझ अन्जु पन्तले हिन्दू गीत गाउनु नै पर्थ्यो भन्ने त हुँदै होइन। अन्जु पन्तले हिन्दू गीत नगाउदैमा मेरो धर्म मरेर जान्छ भन्ने पनि होइन।

    आज नेपाली संचार र सोसियल मिडिया बिच खुब चर्चा छ अन्जु पन्तको। सायद कतिले भिडियो हेरे होलान कतिले हेरेनन। कतिलाई ठीक लाग्यो त कतिलाई गलत। अझ कतिलाई त थाहा नै छैन होला, अन्जु पन्त कुन धर्म मान्थिन जुन बखत उनी नाम र दाम कमाउन बडो कस्टकर संघर्ष गर्दै थिईन, यसको अर्थ यो पनि होइन कि नाम र दाम भए पछी धर्म परिवर्तन गर्नु हुँदैन भन्ने।

    म हिन्दू। मलाई गर्ब छ हिन्दु हुनुमा। मेरो आफ्नै हजारौं बर्ष पुराना मठ मन्दिर छन। मेरो हजारौं बर्ष पुरानो ईतिहाँस छ। मैले धर्म परिवर्तन गर्न कसैलाई पैसा दिनु परेको छैन न त गीता र रामायण छापेर बाटोमा बसेर बाड्नु परेको छ। यसको अर्थ बाइबल बाटोमा बसेर बाड्नु हुँदैन भन्ने त हुँदै होइन। कोही छ काजी जसले मेरो मठ मन्दिर भन्दा पुरोना चर्च देखावोस,

    हो म मान्छु सबैको आफ्नो आफ्नो आस्था छ, आफ्नो आफ्नो धर्म छ। म सबैको धर्मको सम्मान गर्छु म त्यसैले त रत्न पार्कको जामे मस्जिद पार गर्दा मेरो शिर झुक्छ त्यहा। आज म खाडीको एक मुलुकमा काम गरी रहदाँ मेरा क्रिस्चियन साथी संगै चर्चमा प्रथानाको लागि पुग्छु म। त्यसैले मलाई अचम्म लाग्दैन,कुनै मुस्लिम राष्ट्रको कुनै शहरमा हिन्दूको मन्दिर र मुसलमानको मज्जिद जोडीएको देख्दा अनी क्रिस्चियनको चर्च र मुसलमानको मस्जिद एक साथ उभिएको देख्दा।

    मलाई हाम्रो उखान टुक्काको पो याद आयो अन्जु पन्तको भिडियो हेर्दा। डाँडा काट्यो लौरी बिर्स्यो, यो यस्तै गरिन अन्जु पन्तले पनि। मैले हेरेँ धेरै पल्ट अन्जुको भिडियो, पटक पटक हेँरे कतै म पो गलत पो छु कि भनेर। मलाई रिस छैन अन्जु सँग न त रिस छ उसको क्रिश्चियन धर्म सँग। मलाई रिस उठेको यस कारण जसरी उनले हिन्दू धर्मलाई लक्षित गर्दै भिडियोमा होच्याइन,खिल्ली उडाइन। यो सांचो हो सबै हिन्दू नेपालीको मायाले उनी आज सफलता को शिखरमा पुगिन। यदी उनलाई हिन्दू गीत गाउन उनको धर्मले दिदैन भने हामीलाई पनि उनको गीत सुन्नु नै पर्छ भन्ने कुनै जरुरत छैन। हामी उनका गीत ल्यापटप, कम्प्युटर, मोबाईलबाट डिलिट गर्न सक्छौँ, उनका नयाँ गीतहरु नबेच्न र नकिन्न आम हिन्दूहरुलाई अनुरोध गर्न सक्छौ। सक्छौ हामी पनि गर्न।

    अन्जुको हिन्दू प्रतीको होच्याइले गर्दा आम हामीले भन्नै पर्छ-
    Anju Now you are finished.
    श्याम कुमार श्रेष्ठ
    अबुधाबी

    Reply
  16. Bir Bahadur Soni says:
    September 12, 2014 at 2:52 pm

    नमस्ते साथीहरु
    सबैधर्महरुलाई सम्मान गर्दै !

    मैले अंजुपन्त को दुई वटा भिडियो चार 4 चोटी हेरे तर तेस्मा जुनकिसीमको उहाले बोल्नु भएको छ !
    त्यो सायद बुद्दि भएको भए बोल्नुहुन्थ्योन होला ?

    अर्को कुरा संसार मा सबैको आ-आफ्नै धर्म छन ! सबैले आफ्नो धर्मलाई मान्नु र अरुको धर्मलाई सम्मान गर्नु हो !
    त्यो भन्दा पनि सभन्दा पहिले मानव धर्म हो !

    होस्पिटल मा छ रगत चाहियो ? तेती बेला तेस्ले प्रश्न गर्छ यो रगत कुनधर्म को हो !
    तपाई ले दैनिक प्रयोग गरिने बस्तु , जस्तो अगरबत्ति, धुप ,खानेकुरा , लगाउने ,कपडा ,पानी तेल दबाई , यो कुन धर्मले बनाएको हो भनेर किन सोध्नुहुन्न ?

    अनि टाउकोमा लाउने टोपी मात्र किन अलग ? त्यो पनि बनाउने को हो थाहा छैन !

    एउटा कुरा के सत्य हो भने नेपाल मा अहिले जुन किसिमको बिकृति आई रहेको छ !

    इतिहास साछी छ – क्रिस्चन हरुले जुन काम पहिले गरे पुरा बिश्वमा लडाई लडेर एक छत्रछाया राज गर्ने ? छत्रछाया राज पनी गरे ! तर पनि नेपालमा राज गर्न सकेन !

    अहीले पनी विश्व को एकमात्र आजद देश नेपाल (हिन्दुको देस )नेपाल भनेर चिनिनछ !

    अब अहिले को अवस्था मा हिन्दुराष्ट हरुसँग लडाई गरेर साध्य छैन ! तेस्को बिकल्पमा के निस्कियो भने !

    चिनीरोग लागेको मान्छेलाई दुध दिनुश ! तेस्मा पनि चिनिमिसाएर अनि चिनी रोग लागेको मान्छे बाँच्छ कती ?

    हो नेपालम़ा अहिले तेही काम भएको छ ! यिनीहरुलाई लडेर जित्न सकिदैन लोभ लालच देखाएर जित्न सकिन्छ !
    उदहारण , जगह जगह स्कुल , मद्रेसा , होस्पिटल , होस्टेल खोलेर जुन दुध मा चिनी मिसायर चिनीरोग लागेको मान्छेलाई दिने काम नेपाल मा
    भै राखे को छ ! जात भात छुवा छुत को काम पनी उहा हरुबाटै भै राखे को छ !
    अब कुन धर्म ले के गर्छ ! अन्जु पन्त ले दिएको बोलेको दृश्य हेर्दा धेरै नराम्रो छ !
    मैले बुझेको एती नै हो जानी न जानी लेखे को छु ! गल्ती भए माफ !

    Reply
  17. Dr. Achyut Aryal says:
    September 12, 2014 at 2:39 pm

    भाईले मलाई कोट गरेर यति गहन बिषयमा यति गहन लेख लेख्नु भएछ ! नमन भाइ ….

    Reply
  18. प्रदीप कुँवर says:
    September 12, 2014 at 1:48 pm

    सलमान खानले म इस्लाम भएकोले हिन्दुको चरित्र गर्दिन भनेको भए वान्टेड, दबंग, रेडी, बडीगार्ड, दबंग २, एक था टाइगर, जय हो, किक कुनै मा पनि सलमान खानलाई देख्न नपाइने रहेछ |

    कलाकारको जात जति, धर्म सबै भनेका दर्शक र श्रोता नै हुन् |

    अन्जु पन्तको बक्तब्य अज्ञानताको पराकाष्ठा |

    एउटा इमान्दार फ्यान को बुझाई |

    Reply
  19. मुन्धुम says:
    September 12, 2014 at 12:27 pm

    मेरो बिचारमा धर्म भनेको प्रचिनकालमा समाज बिकासित हुँदै जादा त्यो समयमा ब्याबस्थित कानुन नहुनाले मान्छेलाई अनुशासित राख्नको लागि मान्छेले नै बनाएको धर्म नै एक किसिमको कानुन हो। धर्म ग्रन्थहरू भगवानले लेखेको नभैइ मान्छेले नै लेखेका हुन। धर्म ग्रन्थमा उल्लेख भएका भगवानका पात्रहरू त्यस समयका महापुरुषहरू हुन। त्यसैले धर्म मान्छेले बनाएका हुन र भगवान पनि मान्छे कै काल्पनिक पात्र हुन। चाहे हिन्दू होस चाहे इसाई या मुसालमान वा बुद्द। बर्तमानको कुरा गर्ने हो भने धर्म एउटा राजनीति मात्र हो, त्यो भन्दा फरक देखिन।

    Reply
  20. Shiva says:
    September 12, 2014 at 12:18 pm

    मित्र हरु हो
    “प्रभु” “परमेश्वोर” कुनै पश्चिमी धर्म को शब्द होइनन .
    यी सबै हिन्दु वा सनातन धर्म का सब्द हुन् .
    मुस्लिमहरु अल्लाह नै भन्न रुचौञ्छन तर अरुचोरहरु चोरेर अरुको पनि आफ्नो भन्न रुचौञ्छन .

    के सक्कली बाइबलमा प्रभु र परमेश्वोर भन्ने शब्द हरु छन् ????

    Reply
  21. Manohari Bhattarai says:
    September 12, 2014 at 12:10 pm

    गुनाधिश र सुनिल भाईहरुको तर्कपूर्ण अभिव्यक्ति आफ्नो आफ्नो ठाउमा जायज नै छ..जहाँ सम्म मलाई लागेको कुरा चाही हिन्दु, धर्म मात्र नभएर सम्पूर्ण कुरा समेटिएको एउटा बैदिक दर्शन हो र जुन सनातन काल देखि नै मानव संस्कारको रुपमा स्थापित छ ..अरु चाही पछि धारण गरिएका धर्म मात्र हुन् .तेसैले हिन्दु संस्कृतिको अरु संग तुलना नै गर्न मिल्दैन .. अन्जु पन्त एउटा प्रतिभाशाली कलाकार हुन् ..कलाकारिता र प्रतिभा भनेको धर्म भन्दा माथि हुन्छ उनले नबुझेर अहंकार गरेको भए एक पल्टलाई माफी दिदा हुन्छ …

    Reply
  22. Kendra says:
    September 12, 2014 at 10:58 am

    Just a few examples of massacres committed by different religions and atheists in the 20th-21st century:

    Hindus- Gujarat pogrom, Bombay Riots in the nineties, Massacres of Muslims during Indian partition
    Muslims- ISIS massacres in Syria and Iraq, Saddam Hussein’s massacre of Kurds, Assad family’s massacres in Syria throughout 20th century, Massacres of Hindus during Indian partition
    Atheists- Stalin’s purges in Russia, Mao’s Great Leap Forward, Pol Pot’s Cambodian genocide
    Christians- Central African Republic massacres, Anti Muslim violence in Nigeria, The argument can be made that the holocaust was a culmination of the historic repression of Jews by Western Christian societies which committed Innumerable massacres of Jews throughout history in Europe
    Buddhists- Many massacres committed by Imperial Japan (a Buddhist/Shinto empire) during WWII, Massacres by Myanmar Buddhists against Muslims in Burma
    Judaism- Israel’s repression of Palestinians and countless deaths caused as a result
    Sikhs- Massacred muslims during Indian partition.
    Don’t know about any modern massacres committed by Farsis, Tibetan Buddhists, and Ambedkarite Buddhists in India.

    Killing is the ultimate moral atrocity. People from all religions have killed and atheists have killed at an unfathomable scale throughout history. And those who have killed have used religious belief or lack of it to justify killing. So, what and who do we believe? Maybe the right way to live is to question all belief because there are contradictions everywhere in life and history.

    Reply
  23. Tekendra Pradhan says:
    September 12, 2014 at 10:45 am

    कुण्ड कुण्ड पानि मुन्द मुण्ड मुण्ड बुद्धि भन्ने यथार्थ लाई पनि सबैले आत्मसाथ गर्दै त्यसको सम्मान पनि गर्न सके सबै को भलो हुन्छ होला अहिले को लागि लाई

    Reply
  24. राज says:
    September 12, 2014 at 9:50 am

    दिउसाे यजमानी गरेर राती ठर्रा खाइ श्रृमतीलाइ गाली गर्ने हिन्दु धर्मका ठेकेदार कथित पंडितहरूलाइ मेराे अनुराेध:
    १.हाम्रा भगवान र हिन्दुत्वकाे वैदिक ब्याख्यालाइ मात्र हिन्दु धर्मकाे एकमात्र परिचय बनाइयाेस र त्यसकै अाधारमा धर्मकाे पालना हाेस।
    २. अन्टसन्ट काल्पनिक कथा र दन्त्यकथाहरू, तिनका अाधारमा हुने पूजापाठ, मूर्तिपूजा, प्रतिक पूजा, छूवाछूत, भेदभाव र कूरीतिहरू सबै राेकिउन।
    ३. सबैले बुझ्ने, विराेधाभाष नभएकाे, एकरूप र विश्वसनिय ग्रन्थमा हिन्दुधर्मकाे व्याख्यान हाेस।
    यति गरेपछि हाम्राे धर्ममा रहेकाे अन्धविश्वास विश्वासमा बदलिन्छ । हाम्राे धर्मलाइ अरूले खिल्ली उडाउंदैनन् र नबुझेर धर्म परिवर्रतन गर्ने परिस्थिति बन्दैन। कसैले बुझेर धर्म परिवर्तन गर्छ भने त्याे उसकाे स्वतन्त्रता हाे, टाउकाे दुखाउने कुरै भएन। हिन्दु धर्मका ठेकेदारहरूले बुझ्न जरूरी छ कि धर्म संस्कारबाट पालना हुन्छ, विधीविधानबाट हाेइन।हाम्राे समाजमा हिन्दुधर्मकाे विखंडनमा सबभन्दा जिम्मेवार धर्मकाे अाफूखुसी व्याख्या गर्ने अवसरवादी पंडितहरू नै हुन। पहिला तिनले हिन्दुत्व बुझुन, अनि बल्ल अरूलाइ सिकाएकाे राम्राे।

    Reply
  25. सुबोधराज प्याकुरेल says:
    September 12, 2014 at 8:23 am

    साक्षात सुशीलजी,
    नमस्कार।

    कृपया ज्ञान गुणकालागि सरल ढंगले निर्वाध अभिब्यक्ति जारिराख्नु होला। आफ्नो ईतिहासको सरोकार नराख्ने, फिरंगीले जे लेख्यो त्यहि सत्य ठान्नेहरु ठाउँ कुठाउँ बरालिएका तथाकथित फिरंगी बिद्वानलाई “कोट ” गरेर परामर्शदाताको प्रतिवेदन लेख्छन र त्यसैलाई शास्वत ठान्छन। आफै निर्णय गर्न नसक्ने त्यस्ता तथाकथित बुद्धिजीवी मार्फत आधुनिक – औपनवेशिक बिश्वस्तरिय शासन चलेको छ।
    ख्रस्तियनले गरेको भनेर अमेरिकी मनपरिलाई भन्नु हुन्न। कालालाई गरिने भेदभाव जीससले.गराएपनि भन्नु /ठान्नु हुन्न। त्यस्तै सनातन, हिन्दुलाई सेक्ट, पन्थ, रिलिजन हो कि हो भन्दै कर्मकाण्डी हरुले ब्यापारिक एकाधिकार फैल्याउन गरेको जालझेललाई त्यहिहो हिन्दु धर्म भनेर अपप्रचार गर्ने दलाल बुद्दिजीवीबाट राष्ट्रहरुले आफूलाई मुक्त गर्नै पर्छ।
    तपाईलाई प्रणाम।

    Reply
  26. Pramesh Aryal says:
    September 12, 2014 at 7:44 am

    नेवार क्षेत्री बाहुन आदि इत्यादी को ग्रन्थ मा लेखिएको अर्थ विवेचना गर्नु भयो तर बास्तविकता त्यो होइन भन्ने सबै लै थाहा हुनु पर्ने हो. नेपाल इंडिया पाकिस्तान बंगलादेश जस्ता राष्ट्र मा अलि बेसी, स्वीडेन र नर्वे मा अलि कम, तर आ आफ्नु धर्म लाई deductive आथावा skeptical प्रस्न सोध्न न सक्नु आइले को हाम्रो collective consciousness हो. The Renaissance पछि Christianity पनि middle ages भन्दा अलि sublime भयो रे. Indus Valley Civilization को बेला को धार्मिक rituals पक्कै पनि आइले obsolete भै सक्यो होला. हिन्दु धर्म मात्रै होइन आइले को कुनै पनि धर्म अब को सय वर्ष पछि को lifestyle लाई compatible छैन. आफ्नु धर्म मा गर्ब गरेर कुनै पनि claim गर्नु निरर्थक छ. ग्रीक र रोमन सभ्यता का ऑल शक्तिसाली भगवान हरु आइले कसले refer गर्छ, history books मा बाहेक? मानब सभ्यता संगै धर्म को consciousness र interpretation पनि change हुन्छ. हिन्दु धर्म मा सति को interpretation आइले त्यै ५०० वर्ष आगाडी को fervor ले गरिदैन. आब को दुइ सय वर्ष पछि को climate change ग्लोबल पोपुलेशन बूम, mutated & evolving viruses , longer living humans को challenges ले ग्रसित समाज मा अर्कै organized consciousness prevailing हुने छ भन्ने कुरा लाई कुनै पनि history बुक पढे भने ट्रेन्ड analysis गर्न सकिन्छ. त्यो Consciousness लाई इस्लाम, Christianity, Art ओफ Living, ISCON, सुफी, Metallica, Atheism, Humanism अथवा के भनिन्छ त्यति बेला कै पोपुलर social नोर्म ले निर्धारण गर्ने छ. आइले लाई मेरो धर्म तगडा हो अर्को को धर्म बकवास हो भन्नु metaphorically भन्नु पर्दा Blackberry राम्रो Nokia नराम्रो भने जस्तै होला. आइले Apple ६ को line मा बस्ने हरु का छोरा छोरी हरु भोलि Oculus Rift को नया product को virtual queue मा हुन्छन भन्ने कुरा नकार्न सकिन्न.

    Reply
    1. Pratik says:
      September 12, 2014 at 12:03 pm

      कि अंग्रेजी कि नेपाली एउटा भाषा प्रयोग गर्न किन गार्हो ? एउटा थोपो बुझ्या भए मर्दिनु | एउटै भाषामा पुरै हरफ भए पो पढ्नेलाई पनि बुझ्न सजिलो हुन्थ्यो होला |

      Reply
      1. RajMA says:
        September 13, 2014 at 9:37 am

        J. Robert Oppenheimer reciting verses (shlokas) from Bhagavat Geeta, Chapter 11, after the successful test of first atomic bomb.

        https://www.youtube.com/watch?v=zJoTeVryCR0

        Reply
  27. shiva says:
    September 12, 2014 at 7:19 am

    This article is really based on facts. Those who do not know about the division of people on the basis of their work this article gives them good knowledge. These days people selling themselves for the material practices lead by missionaries. They do not know about the spirituality, salvation and the supremacy of soul and bramha. Those people they changing religion may think that they are supreme but in real most of them are slacker.

    Reply
  28. टेक प्रसाद तिमल्सिना says:
    September 12, 2014 at 7:11 am

    नमस्ते सुशील जी

    राम्रो लाग्यो लेख | अनि तपाईं को ब्राह्मण, क्षेत्रि, वैश्य र शुद्रको ब्याख्या सार्है राम्रो लाग्यो, पहिले कहिले पनि सुनेको थिएन | हिन्दु धर्ममा शाएद असली परिभासा यो नै दिएको थियो होला | पछि केहि बाठा मान्छे हरु ले एस्लाई तोडमडोड गरेर आफुलाइ फाइदा हुने किसिम ले यसको व्याख्या जाति वा काम को हिसाब मा गर्यो होला |

    तर तपाईं को लेख मा मलाई चित्त नबुझे को कुरा नि :
    “जन्मले दलित पनि अध्यात्मिक चेतनाले ब्राह्मण बन्न सक्दछन भने जन्मैले ब्राह्मण यौन र नशाको लिप्तता दलितभन्दा तल पुग्न सक्छ।”

    यी हरफहरु चैं तपाईं को लेख बिपरित गयो जस्तो लाग्यो | तपाईं ले जन्म को आधार मा को ब्राह्मण, को क्षेत्रि, वा को वैश्य र को शुद्र भन्न नहुने लेख्नु लगत्तै यी हरफ हरु लेख्नु भयो | कोहि जन्म ले दलित कसरि भयो त ?? बाउ दलित हुँदै मा छोरा छोरिलाइ दलित त भन्न भएन नि हैन र?? यदि कर्म को आधार मा हो भने जन्म को आधार मा कसैलाई ब्राह्मण, क्षेत्रि, वैश्य वा शुद्र भन्नु भएन |

    Reply
    1. Tenzing Gaba says:
      September 12, 2014 at 7:17 pm

      टेकजीको कुरो सहि हो,

      ” जुनसुकै कुलमा जन्मे पनि जन्मदा सबै मानब शुद्र हुन्छन,”
      प्रत्येक व्यक्तिले आर्जन गरेको ज्ञान, यश, ख्याति आदि अनुसार उनि के हुन् भन्ने कुरो निर्धारित हुन्छ
      तर
      यी तर्कसंगत (बैज्ञानिक) वैदिक मान्यतालाई आज भोलि कसैले पनि रुचाएको देखिन्न,
      के
      कुनै पनि एकै परिवारमा ब्राह्मण, क्षेत्रीय,वैश्य,शुद्र देख्नु भएको छ? (जुन सदैब सम्भब छ)
      के कुनै पनि ब्राह्मणको घरमा शुद्र जन्मेको देख्नु भएको छ ?

      बैदिक बैज्ञानिक परम्पराहरुको अपचलन र अपव्याख्या ले नै जात प्रथा जस्तो बिकृति जन्मेको हो जुन जुनै कुनै समाजको लागि घातक छ/हुन्छ , पश्चिमा हरु घुमन्ते-जंगली अबस्था मा हुदा नै सभ्यताको राम्रै बिकास गरिसकेको भारतीय उपमहदिप(नेपाल लगायत) हाल संसारमा सबै भन्दा पछाडी पर्नु त्येसैको गतिलो उदाहरण हो/

      …..जदौ ,,,,,,

      Reply
      1. Ram Raj says:
        September 13, 2014 at 7:45 pm

        सहि विश्लेषण
        …………..
        जन्मना जायते सुद्रह
        संस्कृत द्विज उच्चते
        वेद पथ्नत भवेत विप्रह
        ब्रह्म जन्ती इति ब्राह्मण
        …………….

        Reply
    2. टेक प्रसाद तिमल्सिना says:
      September 13, 2014 at 10:44 am

      सुशील जी ले हाम्रो प्रश्न को उत्तर दिनु हुन्छ भन्ने प्रतिक्छ्या मा छु |

      Reply
  29. Kiran Khanal says:
    September 12, 2014 at 7:10 am

    सुशिलजी, यौन बिषयमा तपाईंका बिचार हरु बाझिए जस्तो लाग्यो! “शुद्रहरु यौन र यौनिक क्रियाकलापमा हराऊंछन, निर्लिप्त भएर सकिन्छन ! स्खलन भन्दा माथि उठ्नका लागि ब्राह्मणको बिबेक अनिबार्य छ !” अनि तल शिव लिङ्को को कुरामा भने “सम्भोग प्राप्तिको नीम्ति प्रेम जन्मिन्छ। सम्भोग कै क्रममा आनन्द मिल्छ। जुन मानिस सम्भोगको उद्देश्य पूरा गरेर एक कदम माथि उठ्छ, त्यसले मोक्ष प्राप्त गर्छ।” सम्भोगको उद्देश्य आनन्द भन्दा अरु केहि छ भने उल्लेख गरिदिनु भए धेरै लाई मोक्ष प्राप्त गर्ने शुत्र मिल्ने थियो कि! अनि शिवजी ले श्वासथानी मा ७ बर्षे नानीलाई झुक्काएर बिहे गरेको सम्भोगको उद्देश्य पूरा गरिसकेर हो कि पुरा गर्नलाई होला जानकारी दिनु भए हाम्रो पनि ज्ञान को आखां खुल्ने थियो कि! सबै यौन हिसंक हरु आनन्द कै लागि तेस्तो दुश्कर्म गर्छन नि होईन र ?

    Reply
    1. Denice Poudiyar says:
      September 17, 2023 at 5:42 am

      मेरो प्रस्न पनि यहि हो ।

      Reply
  30. नवराज says:
    September 12, 2014 at 5:54 am

    मेरो केही शब्दहरू धर्ममा विश्वास गर्नेहरूलाई
    धर्म के हो हामी हिन्दुहरूको पहिचान बोकेको संस्कारको हो की की यसमा यथार्थ पनि छ यदी संस्कारको रूपमा मात्र लिने हो भने मन्दिर जानु पुजाआजा गर्नु के का लागी ? कसलाई खुशी पार्नका लागी? यथार्थ खोज्ने हो भने छातीमा हात राखेर भन्नुस तपाँई साँच्चै विश्वास गर्नुहुन्छ सर्प बेरेका शिव र सर्पमाथी सुतेका विष्णु अहिले माथी स्वर्गमी विराजमान छन् तपाँइ मान्नुहुन्छ मरेपछी हामी हिन्दु धर्मले देखाएका भगवानकासामु हुनेछौं ?

    कतिको तर्क छ सबै धर्मलाई इज्जत गरौं धर्मलाई आफ्नो संस्कार मात्र मान्ने हो भने कुरा ठिकै होला तर धर्ममा यथार्थ खोज्ने हो भने सबै धर्म कसरी सही हुन्छ? कि कुनै एक सही छ कि कुनै पनि छैनन् | त्यही धर्ममा जन्मेकै आधारमा मेरै धर्म सही भन्ने घमण्डी हो र सबै धर्म सही भन्ने चैं पट्मुर्ख हो |

    भगवानले मान्छे बनाका हो होइन कुनै ठोस प्रमाण छैन तर सबै धर्म मान्छेले नै बनाका हुन् धर्मका राम्रा पक्षहरू होलान तर त्यसो भन्दैमा धर्ममा बताएका कुरा सही भन्न मिल्दैन सत्य खोज्ने हो भने कुनै धर्म सही छैनन न हिन्दु ले भने झैं शिव छन न त क्रिष्यनले भनेझैं जिजस यि सबै मान्छे आँफैले बनाका क्यारेक्टर हुन

    माथी मैंले धेरै हिन्दु धर्मका कुरा गरे नि मेरो कुरा सबै धर्मालम्बीलाई हो म हिन्दुमा जन्मे र यसलाई संस्कारको रूपमा अंगालेके छु तर यो धर्म या अरू कुनै धर्मले बताका भगवानमा मेरो कुनै विश्वास छैन यकिनको साथ भन्न सक्छु संसारमा जति पनि धर्म छन् मान्छे आँफैले बनाका हुन

    Reply
  31. Bhusan says:
    September 12, 2014 at 4:19 am

    अन्जु पन्तको जति ज्ञान थियो त्यहि अनुसारले कुरा गरि… गाइनेहरु सामाजिक रुपमा बोल्न पनि गाउन जत्तिकै शिपालु हुन्छन भन्ने छैन. धर्मको नाम फरक हुन्छन तर सार एउटै हुन्छ भन्ने कुरा पहिले अन्जु पन्त अनि अरु थाहा नहुने हरुले पनि बुझ्नु पर्यो. कसरि बुझ्ने भन्ने कुरा थाहा नपाउने ले सायद यो कुरा को ग्यान हासिल गर्ने क्षमता नै राख्दैन होला.
    हामी सयथरी फूलका एउटै माला होउ. धर्म भनेको हामी सबैलाइ त्यो मालामा अनुशाशित रुपले कसरि जोडी राख्ने भन्ने एउट माद्यम हो. अहिले को परिप्रेक्ष्य अनुसार…

    Reply
  32. बिर्खे नेपाली says:
    September 12, 2014 at 4:10 am

    पुरानो हो भनेर मात्र भयन गुरु , समय आनुसार फेरिदै गर्नु पर्छ नत्र दैनोसोर जस्तो लोप हुन्छ , नेपाल मा किन धेरै नेता हरु मात्र भए भन्ने अर्थ बल्ल थाहा भो , काम गर्ने हरु सधै निच सुद्र्र , काम नगर्ने गफ मात्र धेरै दिने ब्राह्मण ऊच कोटी को, यहि भएर आज नेपाल मा धेरै नेता हरु bhayaako , काम गर्ने परिश्रम गर्नेहरु लाइ सम्मान नभएर होला , म सानो मान्छे सानो सोच यतिनै बूजे गुरु , आहिले सबैलाई ऊच कोटी को ब्राह्मण हुन मन लागेरा होला धेरै जना ले दल खोलेर नेता बनेको

    Reply
  33. palass(kp) says:
    September 12, 2014 at 4:05 am

    …तपाई हरु आखिर यो वाकयुद्द के का लागि गर्दैहुनुहुछ हो मित्र हरु ?(यो स्टाटस सन्दर्भ ) ,धर्म भन्या के ? कसला लागि ? किन बिचारमा बिमति ? को हो भगवान ? कस्को काखी च्यापेको ? अन्जु भन्ने लन्जु फन्जु पन्त सन्त महन्त र उदासी पिडित र धनि गरिब को कुरा होईन, कुरा चै अब अस्तित्व को हुन्छ , धर्म मा धावा बोल्ने कोहो यो ? कुनै धर्मले कसैलाई घोचपेच गर्दैन, उसको आफ्नै “डाइनामिक अटोजिनियस ट्रयाक छ” | त्यो ब्यक्ति नभएर आस्था कर्म र साधना हो, तपस्या हो र बिगत देखिको सामाजिक उपासना हो | तर यहाँ धेरै अन्जु पन्त निस्के , धेरै इसाई निस्के, धेरै अरु अरु निस्के , यहि बिचमा अर्को वियोगी लेखक निस्क्यो गुणाधिस |हरेराम | म हिन्दु हु , तर म कसैको बिरुद्दमा एक शब्द बोल्दिन, मलाइ सब थाहा छ , यहाँ सबै घुम्ने मेचमा जाड़ राखेर गिलास भुइमा लुकाएका छन् र आफु इमान्दार बन्दैछन |होसियार ..! जय हिन्दु ! “यति भनेसी सक्की गो नि ” ! 😀

    Reply
  34. Abhinav says:
    September 12, 2014 at 4:01 am

    अर्को कुरा
    शिव लिङ्गको अर्थ यो पनि हो
    लिङ्ग – चिन्ह
    शिव को चिन्ह
    शिव को सहकार रुप शंकर ,महादेव आदि आदि हो भने निराकार रुप “शिव”
    निराकार लाइ मुर्त रुपमा देखाउन खोजिएको हो

    रहयो “हिन्दु धर्म “यो नाम नै गलत हो
    हामी कथित हिन्दु धर्मलावंबी “सनातन” हुन्
    हिन्दु शब्द सिन्धु नदि को क्षेत्र मा बसोबास गर्ने मानिस हरु भनेर जनाउन बिदेशी हरुले दिएको नाम हो
    तसर्थ यो क्षेत्र मा बस्ने सबै जुनसुकै धर्म मनी पनि तिनी हरु हिन्दु हुन् ( हिन्दु नाम दिने हरु को नजर मा)

    Reply
  35. जनक मान डंगोल says:
    September 12, 2014 at 2:48 am

    अहिलेको युगमा ईश्वर, देउता, अल्लाह प्रभु आदि कसैले पनि देखेका छैनन आस्था हो धर्म ! अन्जु पन्तले जे जसरि हिन्दु/बौद्ध धर्मको अपमान गरिन जुन अक्षम्य छ ! सच्चा मसिहले त्यस्तो कदापि गर्दैन ! नयाँ जोगिनी परिन खरानी बढ्तै घसी तर हिन्दुकै कृपाले अन्जु पन्त भनेर चिनिएकी ति नव ईसाईनिले हिजोको पृष्ठ भुमि के कसरि बिर्सी ? लौ प्रभु पर्मेस्वर हजुरको मसिहको आँखा खोल्दिनुस !

    Reply
  36. maehsh says:
    September 12, 2014 at 2:29 am

    हिन्दु ले गाई किन खाएनन?
    आमा को जस्तै दुध खाएको ले, उसको मुत्र र गोबर पनि हिन्दु ले श्रद्धा पुर्बक प्रयोग गर्छन.

    मुश्लिम ले किन सुंगूर खाएनन?
    मुस्लिम ले सुंगूर को दुध खान्छ? सुंगूर को मुत्र र गोबर कहिँ प्रयोग गर्छ? खासै उत्तर छ जस्तो मलाई लाग्दैन.

    मुस्लिम ले किन गाई खाए?
    हिन्दु ले नखाने भएको ले.

    नेपाल का क्रिष्टियन ले किन टिका लगाउन र हिन्दु भगवान को नाम लिन चाहदैन?

    बस्ताव मा यी दुवै समूह हिन्दु बाट परिबर्तित तत्वो हुन्. यिनीहरु लाई परिबर्तन गराउने हरु लाई यो डर छ कि कतै यिनी हरु मूल बाटो मै फर्किन त हैनन्. तेसैले यी क्रिया कलाप हरु सिर्फ हामी हिन्दु भन्दा फरक छौ भन्न लाई मात्र हो.

    जन्मजात र सदियौ देखि क्रिष्टियन भएका हरु मा यो समस्या खासै देखिदैन. अमेरिका का क्रिष्टियनहरु हिन्दु को प्रोगाम मा नि आउछन , टिका नि लागौचन , भगवान् को नाम नि लिन्छन.

    Reply
  37. दिप श्रेष्ठ says:
    September 12, 2014 at 2:22 am

    यस संसारमा भएका सबै धर्म एकै हुन्। प्राचिनकाल मा यसको उद्देश्य परोपकारी रहेको पनि होला, आजभोली भने राजनीति गर्ने अनि पैसा ठग्ने मेलोमा सिमित हुँदैछ जहासुकै।

    नेपालको सन्दर्भमा पनि यहि नीति लागु हुँदैछ। पहिला-पहिला आदिवासी जाती र पितृपुजा गर्ने समुदायहरु लाई पनि केहि न केहि लोभ देखाएरनै सनातन हिन्दु धर्ममा समावेश गरिएका हुन्। अहिले आएर भौतिक र अध्यात्मिक अवसर पाउने ठानेर धर्म परिवर्तन गर्ने हरुलाई गाली गर्ने ठाउँ रहन्न। निश्चयनै सबैजनालाई आफुले चाहेको बिश्वास वा धर्म अंगाल्ने स्वतन्त्रता हुनु जरुरी छ।

    मनुस्मृति भन्ने पुस्तकलाई लेखकज्युले पड्नुभएन जस्तो लग्यो अनि घुमाएर मेरो गोरुको बार्है टक्का भनेकोझैं भान भयो, जय शम्भु।

    Reply
  38. Dipak, sydney says:
    September 12, 2014 at 2:13 am

    Guys christian and churches have the most pedophiles than anywhere else. Even vatican accepted it and apologied to all Christians…so please stop this nonsense here…being radical in any religion kills the society and nation. Now, in Nepal, in the name of NGO and INGO big donors are investing big money in religion which will have very adverse reaction in the future. Government should do something now.

    Reply
  39. kishor says:
    September 12, 2014 at 1:35 am

    राम्रो लाग्यो हजुरको लेख, धन्यवाद | सारामसा मा भन्नु पर्दा मैले बुझेको पूर्वीय र पश्चिम धर्म मा औता ठुलो भिन्नता छ – पुर्बिय धर्म (हिन्दु बुद्ध ) ले ध्यान मार्फत इस्वोर आफु भित्र खोज भनछ भने पश्चिमी धर्मले इस्वोर को राज्ज्य स्थापना गर भन्छ | तेस कारण च्रिस्तियनहरुको मिस्सिओनरि छन् (सेवा र पैसा ले धर्म परिवर्तन गरौन आउछन) इस्लामको लडाकुहरु छन् (बन्दुक र तरबार ले धर्म परिबर्तन गरौछन् | किन कि Dubai च्रिस्तियन र इस्लाम धर्म येहुदी धर्म बाट सुरु भएका हुन् | र हिन्दु धर्म भन्दा पनि सभ्यता हो, Indus valley बाट आएका लै हिन्दु भनिएको हो | तेस कारण त हिन्दु धर्म मा निकै बिबिधता छ | हिन्दु संस्कार को खराबी छुवाछुत बोक्सी प्रठा, मन्दिरमा मार काट हरु हटाएर राम्रो कुरा अनुसरण गरे हिन्दु ग्रन्थले तपाई हामी लै मात्र होइन बिस्वो लै प्रकाश दिने छ |

    Reply
  40. prabesh says:
    September 12, 2014 at 1:24 am

    कर्म को आधार मा जात हुने भय त हिन्दु धर्म ले संसार पहिले नै ढाकि सक्थ्यो | हिन्दु धर्म का धेरै जसो कुरा हरु अति राम्रा छन्| तर जात भात को तिरिस्क्रित पदति देख्दा त दलित ले येदि चाहना हुन्छा भने धर्म परिबर्तन गरेको राम्रो | जसले गर्दा उनीहरु ले समानता को महसुस गर्न पाउन ! जय शम्भो ! ( तर मा जन्म ले ब्रहमिन नै हो , पुनास्चा : यो मेरो निजि विचार हो )

    Reply
  41. Navin says:
    September 12, 2014 at 12:50 am

    Bravo ! Sushil !
    well thought and well articulated..!
    SOUL >Humanity >Civilization > Religion > God > and then Practice of religion
    this is the hierarchical structure of Life and Humanity i understand and Hinduism is pioneer in telling these things. I am not saying Hinduism is superior but definitely Pioneer.
    Rakchhya Gara Pravu ! God Bless !! Inshallah !!
    same language… just different accent.

    Reply
  42. Vinod Paudel says:
    September 12, 2014 at 12:44 am

    केहि कुरा हरु अलि नमिल्दा देखिन्छन, तर भन्न खोजिएको कुरा प्रष्ट छ, एक छाक भात को लोभ देखेर धर्म परिबर्तन गराउने र गर्ने को लागि यो गतिलो झापड हो भन्न सकिन्छ. हिन्दु धर्म लै नबुझेर नै यहाँ धर्म परिबर्तन गर्ने हरु धेरै देखिन्छन, मैले उनि हरुलाई भन्छु कि पहिले हिन्दु ग्रन्थ अध्धयन गर, केहि नपुग छ भने मात्र अन्य कुरा हरु सोच, बुझ्दै नबुझी नराम्रो त नभन, हिन्दु धर्म ले उल्लेख गरेका कुरा हरु सिद्दान्त हरु सबै प्रमाणित गर्न सकिने छन्, विश्वकै सबै भन्दा प्रजातान्त्रिक धर्म भनेर चिनिने हिन्दु धर्म मा केहि कमि छैन, आज “ग्लोबलाइजेसन” क कुरा निस्किएका छन्, हिन्दु धर्म मूल मर्म नै यहि छ, “बशुधैब कुटुम्बकम”
    हिन्दु धर्म पूर्ण बैज्ञानिक धर्म हो, यसलाई पहिले बुझौ अनि अरुलाई पनि बुझाउने कोशिश गरौ, १०० बर्ष पछाडी लाग्ने चन्द्र/सुर्य ग्रहण हिन्दु ज्योतिष शास्त्र मा अहिले नै थाहा हुन्छ, त्यसैले यस्तो हरेक कुरामा सम्पूर्णता भएको धर्म को बिरोध नगरौ, राम्रो भन्न सकिन्न भने कमसेकम नराम्रो नभनौ, मैले यसो भन्दा अरु धर्म कामै नलाग्ने छन् भन्न खोजेको होइन, मेरा लागि सबै धर्म महान छन्, त्यसैले त मा मन्दिर, मस्जिद, गुम्बा अनि चर्च सबै ठाउमा उत्तिकै श्रद्धा का साथ पुगेको हुन्छु,

    Reply
  43. subash says:
    September 12, 2014 at 12:37 am

    33 koti devata does not mean 33 core devatas, it simply means 33 types of devatas: 8 Vasu, 11 Rudra, 12 Aaditya, 1 Indra, 1 Prajapati

    8 Vasu: Earth, Water, Fire, Air, Ether, Sun, Moon and Stars

    11 Rudra: Praana, Apaana, Vyaana, Samaana, Udaana, Naag, Kurma, Krikal, Devadutta, Dhananjaya and Human Soul

    12 Aaditya: Twelve months of the year

    1 Indra

    1 Prajapati

    In Sanskrit Koti means both “karod” and “type”.

    Reply
    1. suzee says:
      September 12, 2014 at 6:45 pm

      यो कुरो ले चाही केहि ठुलै जानकारी दियो , ३३ कोटी को अर्थ बल्ल बुझे, नभए उही करोड भनेर सोच्थे म सधै ,
      कुरो प्रकाश भो बल्ल !
      धन्यवाद

      Reply
  44. Rajani Kant Jha says:
    September 12, 2014 at 12:32 am

    हिन्दु धर्म मा तेत्तिस कोटी देवता भनेको तेत्तिस करोड भनेको हैन बरु तेत्तिस प्रकार (कोटी=प्रकार) का गुण भएका देवता हरु भनिएको हो भन्ने एक विद्वानले हालै मात्र मलाई बताए. यो कुरा मलाइ पनि तार्किक लाग्यो.

    Reply
    1. Abhinav says:
      September 12, 2014 at 3:49 am

      हो रजनी कान्त जी
      ३३ कोटीको अर्थ ३३ किसिम हो , साथै कोटी को अर्थ करोड पनि हुन गएकाले अर्थ को अनर्थ भाको हो
      जस्तो कि त्यो समान निम्न कोटीको छ भन्नाले के बुझिन्छ , अथवा निम्नकोटी को शिक्षा भनी जस्तै आदि आदि
      ३३ कोटी देवता भनेका यसरि हुन्
      बसु – ८
      रुद्र – ११
      आदित्य – १२
      इन्द्र – १
      प्रजापति – १
      गरि जम्मा ३३

      Reply
  45. shyam says:
    September 12, 2014 at 12:25 am

    मैले एउटा कुरा नबुझेको कसैको धर्म मा ठेस पुग्ने कुरा बोल्न नपाइने. धेरै मान्छे ले यो भनाइ राखेको पाइयो. मेरो विचार मा प्रजातन्त्र मा अरु लाई मन नपर्ने कुरा पनि बोल्न पाउनु पर्छ. हैन भने त प्रजातन्त्र कसरि भयो हैन. हामि बाक स्वतन्त्रता चाहने कि नचाहने. पश्चिमा देस हरु मा सबै धर्म लाई खिल्ली उदाउने खालका विचार हरु हरेक दिन औन्छां. अमेरिका मा जहाँ धेरै क्रिस्चियन हरु छन् सबै भन्दा बढी कमिडियन को तारो चर्च र धर्म को बारेमा हुन्छा. हुँदा हुँदा क्रिस्चियन को सिम्बोल क्रस लाई पिसाब मा दुबयर आर्ट बनाउने अन्द्रिअनो सेरानो लाई ठुलो आर्टिस्ट मानेकै छन्. bahttp://www.huffingtonpost.com/2012/09/25/piss-christ-andres-serran_n_1909911.

    आफ्नो धर्म को बारेमा नराम्रो टिप्पणी गरेकोमा बिरोध त गर्न पैयेला तर तेसो गर्ने अधिकार छैन भन्नु चाही असहिष्णुत को परिचय हो. बहुमत लाई ठेस पुर्यौंचा भनेर हरेक कुरा मा सेन्सर गर्ने हो भने हाम्रो प्रजातन्त्र नाम मात्रको रहला.

    Reply
    1. Atika says:
      September 12, 2014 at 4:12 am

      Mr. श्यामजी! प्रजातन्त्रमा बोल्न पाइनछ! तेसैले त Mr. गुणराजले न कुनै studies न कुनै research बिना नै हिन्दुहरुलाई गिजायेर लेख्न पाउनु भयो त! त्यो त article पनि नभई हेर तिमिहरुको धर्म यस्तो कार्टून छ तेसैले christain बन भनेको जस्तो केटाकेटी लेख थियो! अनि Mr. सुशीलले पनि तेही आफ्नो प्रजातान्त्रिक हकको use गर्दै Mr. गुणराजलाई address गरेर लेख लेख्नु भयो! अनि अर्को कुरो अरु देश त थाहा छैन अमेरिकामा चै खुलेआम especially public figureले अरु को धर्मलाई गाली गर्दैनन! किन भने प्रजातन्त्र भनेको छाडातन्त्र होइन भन्ने हेक्का भएका मान्छे छन् त्यहाँ! Mel Gibsonको Hollywood career चौपट भएको तेही उसको anti seminism संग related private video leak भएर हो! Mitt Romneyले presidential election हार्नुको एउटा कारण वहाको affiliation Mormon संग रहेर हो भनिन्छ! Anti religious slurs हरु मा परेर playersहरु suspend भएको सुन्नु नै भएको छ होला! भर्खरै Ferguson को काण्डमा एउटा policeको जागिर गएको पनि “You illegal muslims” भनेर prostestorहरुलाई गाली गरेको video leak भएर हो! विदेशमा त हुन्छ तेसैले नेपालमा चाही किन नहुने भन्ने तर्क हाम्रो दासोता र imperialist मनोदसाको उपाज हो! BTW म atheist हो तेसैले मलाई personal attack नगर्नु होला!

      Reply
  46. श्रीकर says:
    September 12, 2014 at 12:00 am

    धन्यवाद सबै हिन्दुले पढ्नु पर्ने कुरा लेखि दिनु भाकोमा! हिन्दु बाहेक ले के भन्छन मलाई मतलब को बिसय भएन l तर हिन्दु के हो, हिन्दु धर्म मान्नेहरु को संस्कार, रिति रिवाज के हो, चलन चल्तीमा आको कुरा के हो यी सबै कुरा जब सम्म हामि बुझ्दैनौ, हामी येस्तै यो ठुलो र यो सानो मा अल्झिन्छौँ l कुनै धर्म आफै मा नराम्रो हुन्न, तेस्ले ल्याएको बिचलन, बिकृति आदिले त्यो धर्मलाइ राम्रो र नराम्रोमा दाजिएको देख्छु l हिन्दुलाइ हिन्दु के हो भन्ने कुरा को ज्ञान धेरै जरुरि छ, हिन्दु बाहेकलाइ भन्दा ! तेसैले एस्तो लेख फेरि फेरि पनि आओस सुशीलजी को तर्फ़बाट! हिन्दुको साँचो रुप के हो अझ प्रस्ट हुन सकोस l

    Reply
  47. रबिन says:
    September 11, 2014 at 11:51 pm

    हजुर ले लेखेको सबै मैले भुझे अब भन्नू होस गाई लाई माता मानिन्दा गोरु लाई पिता मान्न सकिन्छ कि सकिँदैन अर्को कुरा भैंसी ले पनि गाई ले जे जे गर्छ त्येही गर्छ भैंसी लाई किन माता नमानेको ??? अर्को कुरा यौन को कुरा गर्नु भयेको रहेछ हिन्दुस्तान भनेर चिनिने भारत मा त पन्दित पुजारी बाबा हरु त धमाधम सेक्स क्रिडा मा पक्राउ खादैछ के उनिहरु ले नबुझेरै हजारौ महिला सोसन गरेका हुन त??????? अर्को कुरा हिन्दु धर्म सबै भन्द पुरानो धर्म भन्नू भयो तर रामायण महाभारत त केही शताब्दी पहिले मात्रै लेखियेको हो त्यो पनि सबै काल्पनिक कुरा हरु मात्रै पाइन्छ येस्मा कुनै पृथ्वीको उत्पती को ब्रह्माण्ड को कुर हरु छैन साच्चै भन्नू पर्दा महाभारत मा अर्जुन ले कृष्ण सङ्ग मलाइ सम्पुर्न ज्ञान् र सीप ले भरिपुर्ण पार्नु होस गुरु भन्द कृष्ण ले के भन्छ भन्द अर्जुन म त तिम्रो गुरु मात्र हु सबै अस्त्र सस्त्र सिकाउछु तर तिमी लाई ज्ञान् दिने त प्रभु नै हुनु हुन्छ भनेर सम्झाउछन अनि कृष्ण ले पनि हरेक पतक को कुरा मा विधि बिधात भन्ने गरेको पाइन्छ त्यो बिधिको बिधात भनेकै सबै सृष्टि गर्ने सृष्टि कर्ता पर्मेस्वार भन्ने बुझिन्छ । अर्को कुरा काम नलाग्ने चिज को कुनै भेल्लु हुदैन र त्येस्लाइ फालेर अर्को काम लाग्ने चिज को उपयोग गर्नु पर्छ अन्जु पन्त ले त्येही गरेकी हुन ।

    Reply
    1. Rajani Kant Jha says:
      September 12, 2014 at 12:38 am

      पण्डित हरुको यौन शोषणको कुरा गर्नु भो तर क्याथोलिक चर्चका पदारिहरुले व्यापक रुपमा यौन शोषण गरेको कुराहरु थाहा पाउनु भएनछ. बाल यौन शोषण लगायतका अपराधका बारेमा विकिपेडियामा नै हेर्न सक्नु हुन्छ, अरु अनगिन्ति पत्र पत्रिका को त कुरै छाडौं.
      http://en.wikipedia.org/wiki/Catholic_Church_sexual_abuse_cases

      Reply
    2. subash says:
      September 12, 2014 at 12:52 am

      गाईलाइ माता मानेको तर भैंसी लाई किन नमानेको?

      आमाको दूध पछि सबै भन्दा पोषिलो दूध गाईको हुन्छ. गाईको मुत्रमा जति मिनिरल्स पाइञ्छ तेती भैंसी को मा हुन्दैन. गाईलाई हेर्दा जति आनन्द आउँछ त्यतिनै दिक्दार भैंसी को अनुहार छ.
      रामायण र महाभारत मात्रै हिन्दु धर्म होइन्नन. हिन्दु धर्म त्यो भन्दा नि पुरानो छ. हिन्दु धर्म मात्र एस्तो धर्म हो जसले पृथ्वी र ब्रम्हाण्डको उत्पति को समय आजको बैज्ञानिक ले अनुमान गरेको समय संग मिल्न आउँछ. च्रिस्तियन धर्म ले त बिस्व ६ हजार वर्ष अगाडी मात्र उत्पन्न भएको रे, पत्याउने कुरा हो?

      हिन्दु धर्म कसरि काम नलाग्ने चिज भए? पैसा पाउन्दैमा क्रिस्टियन धर्म काम लाग्ने? तेसो भए तपाइको बुबाले काम गर्न सक्नु भएन भने काम नलाग्दै भनि फालेर अर्को बुबा ल्याउने? कस्तो महान विचार!

      हिन्दु धर्म भित्रि रुपमा बुझ्नु पर्छ, यो भन्दा राम्रो अरु कुनै धर्म छैन. धर्म र कर्मकाण्ड लाइ छुत्यौउन सक्नु पर्छ पहिले. जस्तै श्राद्ध गर्नु धर्म होइन, कर्मकाण्ड हो.

      Reply
    3. Navin says:
      September 12, 2014 at 1:14 am

      रबिन जी…..
      गोरु लाई अबस्य तपाईं पिता भन्न सक्नुहुन्छा . कुरा पिता र माता को होइन , कुरा सेवा र सदवाब को हो…गाई परा पूर्व काल देखि नै मानब र मानवियताको नजिक हुँदै आएको जनावर हो भने भैंसी पछि मात्र जंगली बाट घरपालुवा बनाइएको जनावर हो… म नै
      बाबा र म नै धर्म को मतियार हुँ भन्ने हरु पाखण्डी हुँ ..चाहे त्यो जुनसुकै धर्म होस्.. बिकृति सबै धर्म मा छ…सहि धर्म त्यहि नै हो जसले मानबता र सभ्यता को पैरवी गर्छ.. मेरो धर्म सहि र अर्को गलत भन्ने मान्यता मुर्ख्याई सिबाय केहि होइन…र आयो धर्म इतीहास को …त्यो त तपैंलाई नै पक्कै थाहा हुनुपर्छ …छैन भने गूगल गर्नुस….केहि सताब्दी को कुरा गर्नुहुन्छा…मानबियता र सव्यता को बिकास भएको पनि केहि सताब्दी मात्र भयॊ…त्यो भन्दा अगाडी त हामी पनि जंगली नै हौँ….

      Reply
    4. Navin says:
      September 12, 2014 at 1:16 am

      रबिन जी…..
      गोरु लाई अबस्य तपाईं पिता भन्न सक्नुहुन्छा . कुरा पिता र माता को होइन , कुरा सेवा र सदवाब को हो…गाई परा पूर्व काल देखि नै मानब र मानवियताको नजिक हुँदै आएको जनावर हो भने भैंसी पछि मात्र जंगली बाट घरपालुवा बनाइएको जनावर हो… म नै
      बाबा र म नै धर्म को मतियार हुँ भन्ने हरु पाखण्डी हुँ ..चाहे त्यो जुनसुकै धर्म होस्.. बिकृति सबै धर्म मा छ…सहि धर्म त्यहि नै हो जसले मानबता र सभ्यता को पैरवी गर्छ.. मेरो धर्म सहि र अर्को गलत भन्ने मान्यता मुर्ख्याई सिबाय केहि होइन…र आयो धर्म इतीहास को …त्यो त तपैंलाई नै पक्कै थाहा हुनुपर्छ …छैन भने गूगल गर्नुस….केहि सताब्दी को कुरा गर्नुहुन्छा…मानबियता र सव्यता को बिकास भएको पनि केहि सताब्दी मात्र भयॊ…त्यो भन्दा अगाडी त हामी पनि जंगली नै हौँ…. र कुरा आयो काल्पनिकता को …काल्पनिकता नै सिर्जन्सिलता को सुरुवात हो…

      Reply
    5. gokul sharma says:
      September 12, 2014 at 1:43 am

      रबिन साथि लाई क्रिश्चियन धर्मका धर्मगुरु हरु धमाधम सेक्स काण्ड मा परेको बच्चा बच्चा हरुलाई नछोडेकोले समस्यामा परेको चाहि थाहा नभएको जस्तो लाग्यो. यति कुरा जानी राखौ की:
      (क) क्रिश्चियन हरुमा पनि उच निच हुन्छ. क्रिश्चियन धर्म माने पनि काले हरु छुट्टै चर्च मा पुजा गर्न बाध्य मात्र पारिएनन, बरु तिनलाई , तिनको सन्तान लाई बेचियो. जनावर जस्तै.
      (ख) सत्तरी वर्ष अघि ६० लाख यहुदीलाई जिसस लाइ मार्ने का सन्तान भन्दै निरपराध भए पनि पोलियो.
      (ग) वैज्ञानिक हरु लाइ सताइयो. जियोर्दानो ब्रुनो लाई जिउदै पोलियो, ग्यालिलियोलाई झ्यालखाना राखियो.
      (घ) पृथ्वी नारायण शाह ले निकालेका फादर ह्यामिल्टन्ले ब्रिटिश इतिहासकार रोज लाई भनेका थिए, ‘मोराहरुले निकाले पनि एक कुरामा सन्तोष छ, तिनीहरुका ३-४ हजार पुराना किताब चाहि जलाइयो’. यसैले नेपालको इतिहास का विस १०००-१५०० सम्मका कतिपय किताब छैनन् अहिलेसम्म पनि.
      (ङ्ग) क्रिश्चियन धर्म अघि लगाएर स्पेनिश हरुले अमेरिकाका सबै पुराना सभ्यता स्वाहा पारे. अमेरिकाका इण्डियन हरु ९५% र अस्ट्रेलियाका अबोरिजिन हरु सबैलाई मारे. यस्तो हिस्रक प्रवित्ति पनि हामीलाई ग्राह्य हुन्छा?
      (छ) जिसस भर्जिन आमा बाट जन्मेको भनिन्छा, के यो बायोलोजिकल्ली समभव छ? यस्तो चाहि अन्धविश्वास हैन?

      Reply
    6. ठ।कुर अधिकारी says:
      September 12, 2014 at 2:20 am

      वानरलाइ नरियलको गुण र गुदी खाने तरिकाको ज्ञान नभएर उसले काम नलाग्ने भनी त्यागे पनि हामी नरले नत्यागौं।गोरुले पनि वाउले झैं हाम्रा लागि जीवनभर जोतिइरहन्छ, वाउ मान्दा फरक नपर्ला । गाइले भैंसीले झैं हिलो आहाल नवस्ने हुँदा पहिलो रोजाइमा पर्छ। वुझे आँफैलाइ, नबुझे वानरलाइ नरियल।

      Reply
    7. bharat says:
      September 12, 2014 at 4:32 am

      मित्र तिमीले Christian गीता पढ़ेछौ dollor को गन्ध आयो …. अब एक पल्ट हिन्दू गीता राम्रो संग पडेर हेर आफ्नो जबाफ आफै पाउछौ ……….जय श्री कृष्ण !!!

      Reply
    8. pravin says:
      September 12, 2014 at 4:33 am

      Issaih, chapter 66 verse 3:
      “He that killeth an ox is as if he slew a man. He that sacrifices a lamb is as if he slit a dogs neck, he that offereth it as an oblation is as if he offered swines blood, he that burneth it as incense as if he blessed an idol. Yea they have chosen their way and their soul delighteth in their abominations.”
      Luke 12:6 states,”Are not five sparrows sold for two pennies? And not one of them is forgotten before God.” Matthew 12:7 states about animal sacrifice: “If you had known what that text means, `I require mercy, not sacrifice,’ you would not have condemned the innocent.”

      Among the four legged animals, cow is the supreme; treat it with respect – Hajarat Mohammed.
      Cow’s milk and butter are great medicines. Its meat is a cause for diseases. – Hajarat Ayesha and Ullas Tivari Jahir.
      Cow’s milk is medicinal – Innamasur Sahavi Rasul.
      Abdul Mulk Ivanmaddana Subedar in Iran and Hijaj Bin Yusuf in his province had prohibited cow slaughter.
      110th Ahal Sunnat in Afgahnistan had banned cow slaughter by Fatwa.
      An Incident is narrated in Sur-e-Hind wherein it is said that once two heavenly messengers visited earth to meet the so-called God’s messenger, Abraham, of the Israeli community. Before them, he (Abraham or Ibrahim) served cow’s meat; they didn’t even dare to touch it (Sur-e-Hind, 69.70).

      यथा माता सिता भ्राता अज्ञे वापि च ज्ञातका । गावो मे परमा मित्ता यातु जजायंति औषधा ॥ अन्नदा बलदा चेता वण्णदा सुखदा तथा । एतवत्थवसं ज्ञत्वा नास्सुगावो हनिं सुते ॥
      Like parents, siblings, members of family and community, cow is dear to us. It is very helpful. We prepare medicine from its milk. Cow gives food, strength, beauty, and pleasure. Similarly ox supports family men. We should treat the ox and cow like our parents.
      ~~(Goutama Budha)
      गोहाणि सख्य गिहीनं पोसका भोगरायका । तस्मा हि माता पिता व मानये सक्करेय्य च् ॥ १४ ॥ ये च् खादंति गोमांसं मातुमासं व खादये ॥ १५ ॥
      Cows and oxen provide necessary and appropriate products to all households. Therefore we should treat them with care and respect like we treat our parents. Eating cow’s meat is like eating one’s own mother’s flesh. (Lokaneeti 7)
      “Let all creatures, let all things that live, all beings of whatever kind, see nothing that will bode them ill! May naught of evil come to them!” ~~ Buddha (quoted in the Culla-Vagga)

      Reply
    9. jeevan says:
      September 12, 2014 at 5:59 am

      त्यसको मतलब, यहाँ पनि प्रभु मा लिन भै सक्नु भएको छ | धेरै जना साथी हरु ले भनेझैँ, तपाई के मान्नु हुन्छा भन्दा मलाई पिडा हुन्दैन, तर जना हिन्दु धर्म को निन्दा गरिन्छ, त्यो मा सहन सक्दिन| यो म धार्मिक भएको नाताले होइन, तर हिन्दु धर्म नै यस्तो धर्म हो जसलाई सनातन धर्ना ले चिनिन्छा ? जसका सुत्र हरु लाई बैज्ञानिक दृष्टिले हेर्ने हो भने quantum mechanics वा क्वान्टम physics ले पनि ब्याख्या गर्न सको छैन | जहाँ सम्म जात पात र छुवा छुट को कुरा छ, यो त संस्कार हो | धर्म ले कहिँ पनि जात पात वास छुवा छुट को कुरा ल्याएको छैन |

      Reply
    10. Shankar says:
      September 13, 2014 at 5:16 pm

      रबिन जी
      तपाइँ हाला लुया हेरेर क्रिस्च्यांन बन्नु भएको होला , अब हिजो को जस्तो अबस्था छैन धेरै ले बाइबल , कुरान पनि पढी सकेका छन् | यो राम्रो ,त्यो न राम्रो भन्ने छैन | सरिता को बारे कुरा गरेको भए हुने , गीता को बारेमा किन ?

      कृष्ण ले ”अहम ब्रम्हास्मी ” भनेको के रहेछ ?
      तापनि यी त् लेखिएका कुरा भए , आफ्नो धर्म लाइ राम्रो भन्ने अबलाई अधिकार छ | तपाइँ पनि आफ्नो क्रिश्याँन धर्मको बारेमा अति राम्रो भनेर लेख लेख्नुस कसैले आपत्ति गर्दैन |
      तर आफ्नो राम्रो देखाउन अरुले लागाएको लुगा नराम्रो भन्नुस , धर्म न राम्रो भन्नुस त्यहा बिबाद उठ्छ |

      Reply
  48. Aryan Sharma says:
    September 11, 2014 at 11:49 pm

    म अरु धर्मले मानेका भगवानको भजन गाउदिन भनेर भन्नुमा अन्जु पन्तको एक व्यक्तिको रुपमा कुनै गल्ति छैन. यो उनको व्यक्तिगत अधिकारको कुरा हो. उनले तेसो भन्दैमा उनले हिन्दु धर्मको बिरोध गरेको बुझ्नु गलत हो. तर एउटा राष्ट्रिय स्तरको कलाकार भएको व्यक्ति, जसका लाखौ हिन्दुहरु पनि फ्यान छन्, ले एस्तो भन्दा उनको फ्यान को संख्यामा भने कमि आउन सक्छ. एउटा professional गायिका भएकाले उनले त्यो कुराको चाही ख्याल गर्न सक्नु पर्थ्यो.

    Reply
  49. तुयू भाजु उदास says:
    September 11, 2014 at 11:39 pm

    मुख्य कुरो, दुवै पक्षले आ-आफ्नो विकृति बुझेर सुधार गरेमा नै धर्म समन्वय को पूर्वाधार जन्म हुन सक्छ /…किनकी , अहिलेको समयमा सह-अस्तित्व को अभ्यास व्यवहारिक कारणले पनि बिर्सिन मिल्दैन. हिन्दु पण्डित र इसाई पादरी यस को निम्ति तयार होला त ?
    तयार छन भने , दुइटा कुरो दुबैले हृदयंगम गरोस –
    हिन्दु पक्षले ‘ओमकार’ को झुठो राग अलाप्न र पानी माथि ओभानो बन्ने कोसिस त्यागोस.
    इसाई पक्षले ‘प्रभु’ र परमेश्वर को आडमा नेपालीको पुर्ख्यौली संस्कार त्याग्न वाध्य नगरोस.

    Reply
  50. Samita shrestha says:
    September 11, 2014 at 11:17 pm

    बास्तबमा धर्मको अर्थ धारणा हो. हामी बिबेकशील manabka rachaita एक इश्वोर हुनुहुन्छ. भगवान, प्रभु, अल्लाह, सबै नाम मात्र फरक हो. GOD को अर्थ G genetatet , O – Operater , D -Destrucer हो. जो ब्रह्म द्वारा स्थापना ,बिष्णु द्वारा पालना र शंकर द्वारा बिनासको कार्य एक पिता ले गर्नु हुन्छ . जसलाई सबै धर्मले अनेक नामले pukar गर्छन . सबैको पिता एक हुनुहुन्छा. हामी manabko धर्म manabata हो.

    Reply
  51. गुणाधीस खनाल says:
    September 11, 2014 at 11:05 pm

    तपाईंले कस्ट गर्नु भएकोमा धेरै आभारी छु, तथापी मेरो प्रस्न प्रतीकात्मक थियो. धेरै साथीले क्रिस्चियन होस् भन्नु भो तर म बेदको पुजारी हो. बेद कै स्वतन्त्रताको बलमा हिन्दु धर्मको बारे कुनै पनि प्रश्न उठाउनु मेरो लागि छेक बार बन्दैन. बिज्ञान वा अन्य उच्च सिक्षा पढे पछि धर्मको बारे खुला बहस गर्न धेरै साथी हच्केको माने. पढे लेखेको वा बुझेको मान्छेले बहस नगर्दा नबुझ्ने साथीहरु ‘भेडे’ पारामा आफ्नो धर्मको रक्षा गर्न लागेको देखें. तेसैले संबेदनसिल कुरामा आँट गरेर लेखेको लेख थियो त्यो. खुला बहसको सुरवात गर्न अर्काको नराम्रो तिर इंगित गर्ने भन्दा पहिला आफ्नै धर्मको नराम्रो तिर प्रस्न र प्रति प्रस्न गर्न बाध्य भएको हुन्. मलाई अरु धर्मको बारे नराम्रो बोल्न छुट पनि छैन किन कि पहिलो म हिन्दु हुँ र दोस्रो मलाई उनीहरुको धर्म बारे धेरै थाहा छैन. मेरा प्रस्न तिखा थिए, धेरै आहत पक्कै भएका होलान तर ‘तितो सत्य’ को सामना नगरी पनि हुन्न. आसा छ तपाईंको उत्तर धेरै भन्दा धेरैले पढ्ने छन र थोरै भने पनि ज्ञान बटुल्ने छन. तर तपाईंको उत्तर संगठनिकरुपमा वा सामाजिक रुपमा घर दैलोमा पुगोस, youtube /इन्टरनेट बाट होइन मेरो चाहना. किन कि इन्टरनेटको पहुच हुने बेला सम्म धेरै अबेर हुन सक्छ.
    अन्त्यमा कति करोर देउताको उत्तरमा:
    बेदले इश्वरको रुप रंग लिङ्ग छैन भन्छ. इश्वर निराकार छ भनेको छ. हामि सबै येउतै इश्वर मान्छौ. तर एक इश्वरका अनेक रुप मान्छौँ. तपाइले भने जस्तै. तर god particle नै ब्रह्म तत्व नभनौ. बेदको ज्ञानको सिमाना अहिले नै नातोकौं.
    मिठो गरि धेरै कुरा लेखि दिनु भएकोमा धन्यबाद. अहिलेलाइ मलाई उत्तर दिनु भो अब बेला बेला आफै प्रस्न बनाएर उत्तर दिनु होला है. सबै आभारी हुने थिए.

    Reply
    1. गगने says:
      September 12, 2014 at 4:23 pm

      खनाल जी,
      यो त अलि झेल्ली पारा भएन र? पहिले हुदो नहुदो प्रश्न गर्ने अनि अरुले टन्न जवाफ दिएसि ‘ला मैले त एसो पो भन्न खोजेको त, मेरो कुरा यो पो हो त’ भनेर आफुलाई निर्दोस देखाउने वा आफु झनै बढी जानेको र अरुसबैलाई जाचेको बुजुर्गिता दर्साउने!
      यो त झेल्ली भएन र?
      सार्बजनिक स्थानमा प्रश्न तेसारे पछि अनेक जवाफ त औछ नै, कसैले जानेर देला जवाफ कसैले हचुवामा देला कसैले सुनेको कुरामा देला कसैलाई रिस उठेर देला! त तपाइँले जवाफी को लागि प्रश्न राखेर ब्लग लेख्नु भयको होइन र? अनि जवाफ आफ्नो सोचाइ र आफुले चाहेको जस्तोमात्र आओस वा आउछ भन्ने लागेको थियो कि क्या हो? तेसो हो भने तपाइले ब्लाग्गिंग गर्ने वा प्रश्न राख्ने प्रश्तुति र शैली नै गलत छ तेसैले तपाइले तपाइको कुरामा जवाफ र उत्तर दिने प्रतिक्रियादिने हरुलाई गलत बनाउने र मुर्ख बनाउने कोशिस गर्नु भनेको तपाइँ आफै महा मुर्ख हुनु हो, होइन र?
      तपाइले लेखेको ब्लग अझै यहि तल छ तेस्तै छ अब तपाइँ आफै घोत्लिएर चार पटक पढ्नुस र तपाइको शैले प्रस्तुति र आफ्नो पारा कहा ठिक बेठिक रह्यो भनेर सोच्नुस बरु!
      तक्पाइको ब्लगमा तपाइको कुरा पढेसि पाउदुरे लागेकोले मलाइ केहि प्रतिक्रिया लेख्न र भन्न मन नलागेर चुप बसेको थिए तर तपाइले यहा आफुलाई सिधा १८०डिग्रिमा घुमाउदै प्रतिक्रिया दिने सबैलाई मुर्ख बनाउदै आफ्नो ब्लगमा आयको जवाफमा प्रतिक्रिया लेखेको देख्दा मुर्खताको पनि सिमा हुन्छानी भन्ने लागेर मात्र यत्ति लेखेको हो!
      आशा छ यसमा बम्किनु भन्दानी आफुलाई सच्याउनुहुने छ!

      Reply
  52. Kamal says:
    September 11, 2014 at 10:16 pm

    “त्यहि क्वान्टम मेकानिक्सको ‘गड पार्टिकल’ हो।” Higgs boson has nothing to do with God. यो चाही नलेखेको भए राम्रो हुन्थ्यो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme