Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालको स्वास्थ्य सेवाको स्थिती

Posted on September 5, 2014September 5, 2014 by सुदर्शन

– किशोर दाहाल

सेवा भन्दा ठुलो पुण्य केहि हुन्न । सेवाबाट प्राप्त मेवा जति मिठो केहि हुन्न भन्ने नेपाली भनाईलाई आत्मसात गर्दै अगाडि बढने कसम खाएर अगाडी बढनेहरु जब वास्तवीक सेवा गर्ने ठांउमा पुग्छन तव उनिहरु आफ्नो सबै कुरा भुलेर आफुभन्दा ठूलो कोही छैन भन्ने महशुस गर्न थाल्छन । नेपालमा यस्ता केहि सफल मानिसहरु छन जो जीन्दगीभर मानसपटलमा ताजै रहि रहन सक्छन उनीहरुको व्यवहार तथा वोलिचालीले । संसारमा मानीसहरुलाई सबै भन्दा बढि आवश्यकिय सेवा हो अस्पताल । हाम्रो देशमा जव मानिसहरु अस्पताल जाने कुरा गर्छन फेरि त्यो ठाउमा फर्केर जान नपरोस भन्ने गर्दछन । जुनसुकै सरकारी अस्पताल होस या अर्ध सरकारी गार्ड देखि शुरु भएको गालि र अपशब्दहरु डक्टर सम्म गएर अन्त्य हुन्छ । नर्सहरुको त कुरा नै नगरौ । प्राइभेट अस्पतालको मुस्कान र मिठो वोली सरकारीमा गएपछि ठुस्स र गालीमा परिणत हुन्छ ।

नेपालको अधिकांश प्राइभेट अस्पताल तथा नर्सिंग होमहरुमा काम गर्ने कर्मचारीहरु सरकारी नै हुन्छन् । कुनै पनि अज्ञान मानिसले कुनै कुरा सोध्यो भने नझरकिएर बोल्ने सायद १० प्रतिशत कर्मचारी मात्र होलान पुरै देशभरिका सरकारी तथा अर्ध सरकारी अस्पतालहरुमा । विरामीको सेवामा गर्छु भनेर नर्सिग पढनेहरु देखि नै विरामीहरु पिडित हुनुपर्छ । आफ्नो पेशालाई सम्मान गर्यो भने मात्र त्यस बाट सार्थक सफल्ता हात पर्छ भन्ने कुराहरु उनीहरुको कोर्सबुक मा पक्कै पढेको हुन्छन होला नत्र छैन भने त्यो कुरालाई समावेश गर्नुपर्छ ।मानिसले सबैभन्दा वढि सम्मान भगवानलाई गर्छन तर जव विरामी हुन्छन त्यो समयमा भगवान गौड भई डक्टर भगवान हुन्छन । अस्पताललाई मन्दिर ठान्छन । तर तेहि मन्दिर चलाउने पुजारिहरु बाट जव प्रताडित हुन्छन हरेक व्यक्ति सराप दिएर फर्कन्छन र अर्को पटक अर्को अस्पताल कोशिश गर्छन तर त्याहा पनि उहि रुप पाउछन् । धनि वर्गको लागि यो केहि भोग्नु पर्दैन किनकी उनिहरु महंगा महंगा अस्पतालमा जान्छन जांहा हरेक कुरा पैसाले पाउने गर्दछन । मैले सानो हुंदा जहिल्यै पनि सुनेको थिए हरेक व्यक्ति ठुलो भई डक्टर वनि गरिव दुखिको सेवा गर्छु भन्थे तर डक्टर भएर गरिव दुखि होइन पैसाको सेवा गर्ने रहेछन् ।

हाम्रो देशकै डक्टर हुन डा.चित्र पैसाद वाग्ले जो विरामीलाई भगवान ठान्थे गरिवको सेवा गर्थे आफ्नो खर्चमा सुविधा सम्पन्न अस्पतालमा विरामीलाई पठाउथे उनको बुबा आमाले मात्र भन्ने गर्थे होलान मेरो छोराले गरिव दुखिको सेवा गरेको छ । अर्का डक्टर हुन गोविन्द के.सि. जो गरिवको सेवा गर्दा आफुलाई डक्टर भएको महशुन गर्छन । धेरै गाइनोलोजिष्ट डक्टरहरु भन्दा हुन किन धेरै महिला डा.भोला रिजालको मात्र जांदा हुन त्यो सब डा. रिजालको विरामी प्रत ीगर्ने व्यवहारले हो, उंहाको बोली तथा विरामीलाई कन्भिस गर्ने क्षमताले हो । अर्का डा.चक्रराज पाण्डे जो विरामीको रोगलाई २५ प्रतिशत त वोलिले नै ठिक पारिदिन्छन् त्यसैले उहांकोमा जहिल्यै पनि विरामीको भिड लाग्ने गर्दछ । सेवा प्रदान गर्नेले जहिल्यै पनि सेवाग्राहीलाई आदर गर्नु पर्छ किनकी सेवगा्रही त जहिल्यै पनि सेवा प्रदायकलाई आदर नै गरि रहेको हुन्छ ।

परोपकार भन्दा अर्को कुनै ठुलो उपकार नै छैन भन्ने कुरा सुनेको थिए । डक्टर, नर्स त भगवान भन्दा ठुला हुन भन्ने सुनेको थिए । तर जव जव आफुले भोग्दै गइन्छ त िसब कुराहरु उल्टो लाग्न थाल्छन् । औषधिको नाउ पढन नजान्ने विरामीले नाम सोध्यो भने उस्को सात पुस्तालाई पुग्ने गरि गाली नर्सले गर्छिन । कहिल्यै विरामीलाई घर लाने बाबु भनेर डक्टरलाई सोध्यो भने जिन्दगीभर नसोध्नृे गरि गाली गर्छन । वीरामीलाई खाना लिएर कोहि गयो भने गार्डले खाना नै फ्यालदेला जस्तो गर्छन । यो सब कुराको अन्त्य हुन जरुर छ । नत्र भने गरिव दुखि जहिल्यै पनि अस्पतालको सेवा बाट प्रताडित नै भएर बाच्नु पर्नेछ । गरिव विरामी हुंदा नपाउने अस्पतालको बेड सुकिला मुकिलाको लागि रिजर्भ राखिन्छ । गरिवको नांउमा आएको औषधि प्राइभेट नर्सिंग होमलाई बेचिन्छन् । निति निर्माण बनाउने हाकिमहरु दिनमा १० पटक खाजा खाएर अख्तियार धाउछन तर उसैको लागि आएको औषधि नर्सिगहोम लाई वेचि उहि गरिव औषधि किन्न नसकेर ज्यान फाल्न सक्छन् । यो देशको ठुलो विडम्बना हो । जनताको अधिकार हो स्वास्थ्य भनेको । विकासशिल देशमा राजनिती परिवर्तन हुंदा पहिलो प्राथमिकता स्वास्थ्य तथा शिक्षामा हुने गर्छ । सरकारी डाक्टरहरु कार्यालय समयमा नै क्लिनिकमा गएर जाच्ने गर्छन । सरकारी अस्पतालका मेसिनहरुहरु विगारेर अनेक थरि परिक्षणको लागि आफ्नो ल्किनिकमा पठाउछन । यो कुराको सुपरिवेक्षण गरिनु पर्छ ।
नेपालका अन्य क्षेत्रहरुमा प्रजातन्त्र आए पनि स्वास्थ्य क्षेत्रमा अहिले सम्म प्रजातन्त्र नआएको भान हुन्छ । त्यसैले जनताको सेवामा समर्पित भैसकेपछि राम्रो संग सेवा गरेर स्यावासी लिनु नै दुवै पक्षको लागि हितकर हुन जान्छ ।

[यो ब्लग माइसंसारका पाठकले पठाएर बिना सम्पादन प्रस्तुत गरिएको हो। तपाईँ पनि आफ्नो सामग्री यहाँबाट पठाउन सक्नुहुन्छ]

4 thoughts on “नेपालको स्वास्थ्य सेवाको स्थिती”

  1. bibek dhakal says:
    September 5, 2014 at 5:58 pm

    ल ठिक छ परोपकार भनेको त भित्र देखि आउने भावना हो, ऐच्छिक हो, धेरै मध्ये कममा मात्र यो हुनु स्वाभाविक होला. तर बिरामी वा अस्पतालमा आउने जुनसुकै सेवाग्राही संग राम्रो संग बोल्नु भनेको त उनीहरुको कर्तव्य हो नि! तर बिडम्बना, नेपालका अधिकांस स्वस्थ संस्थाका कर्मचारीहरुलाई ( चाहे प्राइभेट होस् या सरकारी) कसरि सेवाग्राही संग प्रस्तुत हुनुपर्छ भन्ने एउटा सामान्यज्ञान समेत नभएको देख्दा टिठ लाग्छ. रिसेप्शन देखि नै यो श्रीन्खला सुरु हुन्छ. सरकारी को त कुरै छोडम प्राइभेट अस्पतालको रिसेप्सनमा बस्ने हरु को मुहार हेर्यो भने आज भन्दा ५० वर्ष अघिको समाजमा सासुको बुहार्तनबाट प्रताडित हुनुपरेको बुहारीको जस्तो लाग्छ ( कल्पना गर्दा!). र रिसेप्शन्बाट सुरुभएको रुखो बोलि र झर्को स्वाभावको श्रीन्खला त्यहाको कर्मचारी, नर्स देखि लिएर डाक्टर सम्म ( अपवाद डाक्टर बाहेक) पुग्दा निरन्तर बृद्दि हुँदै जान्छ.
    मान्छे हरु भन्ने गर्थे बिदेशमा रेसिजम हुन्छ, हाम्रो जस्तो थर्ड वर्ल्डका, एसियाली मुलका र कालाहरुलाई गरिने व्यहवारमा फरक हुन्छ. तर मैले त्यसो पाइन. याँहा ( युरोपमा) जुनसुकै सेवा लिन जाँदा होस् वा सूचना लिन जाँदा होस् भाषा को समस्या भएपनि झर्को फर्को मानेर बोल्दैनन. जाहाँ जादा नि आदरार्थी भाषा मा बोल्छन र नबुझेको कुरा बुझाउछन. उनीहरुलाई पनि कामको तनाव हुँदो हो, भनेको कुरा नबुझेर दोहोर्याउनु पर्दा रिस उठ्दो हो, थर्ड वर्ल्डका ( हामि जस्ता) मान्छे झेल्दा वाक्क लाग्दो हो तर खै किन हो व्यहवारमा त्यस्तो (अपवाद बाहेक) कहिले लाग्दैन.
    सायद हाम्रो जिन मै असभ्यता छ. जति सुकै पढेलेखेर डाक्टर, नर्स अझ सिनियर डाक्टर वा मेट्रन नै किन नबनून, बोलि सुन्न बित्तिकै उनीहरुको सभ्यता को लेभल थाहा भै हाल्छ. कहिले पलाउने होला २ पैसाको बुद्दि नेपालीहरु को दिमागमा?

    Reply
  2. तुयू भाजु उदास says:
    September 5, 2014 at 2:36 pm

    खै कति लेख्नु –
    वहुदलीय नेताहरु र प्रशासक को लाछीपनले गर्दा नेपाल विकृतिको सागर नै भए जस्तो छ.
    अहिलेको स्थितिमा, स्वास्थ्य सेवा र शिक्षा मन्दिर सबै भन्दा छिटो धनी हुने व्यापार भएको छ.
    डा.= डाका समान छन भने गुरुवर्ग गोरुबृन्द तुल्य भएका छन.यस्तो अवस्थामा , कुन माइ को लालले यो दांवादोल लाइ check & balance गर्ने हुति देखाउला ?
    मुख्य गरी , नेता वर्ग आफै ‘आत्म-अनुशासित’ हुने हो भने सबै विकृतिहरु क्रमस: लोप होला.

    Reply
  3. devendra says:
    September 5, 2014 at 11:29 am

    गरिबका छोरा छोरीलाई मेडिसिन पढ्न बाट त बन्चित गर्नेहरुले कसरि गरिबका सेवा गर्छन? कल्पना पनि नगरे भो!

    Reply
  4. लौटन अवधि says:
    September 5, 2014 at 9:00 am

    किसोर जी,

    कुरो राम्रो उठाउनु भो, विभिन्न पार्टी भनाउदा मुर्कुट्टा भुत हरु को प्रेतात्मा ले अस्पताल लाइ नि छोड्या छैन ! चित्र प्रसाद, गोबिन्द, भोला जस्ता केहिथान डाक्टर हरु मात्रै प्रेतात्मा हुन मानेनन् र उनीहरु सेवाभाब मा छन् ! चाहे डाक्टर हुन् या नर्स हुन् या (पहिले का) जनता (अहिले त मुर्कुट्टा हरु का प्रेत मात्रै ) हुन् ९९ % जनता मा प्रेत आत्मा(पार्टी गत सदस्यता) को बास ले मुर्दा सरिर मात्रै छ ! अब मुर्दा सरिर बाट के आस राख्न सकिन्छ र ? बिरामी भएर अस्पताल आउदा यो फलानो मुर्कुट्टा को मुर्दा घर ( अस्पताल) यो फलाना को गरेर बाडफाड गरिएको छ ! सरकारी त अझै चलाउनै नसकिने, फलाना मुर्कुट्टा पार्टी को प्रेत संघ, प्रेत युनियन, प्रेत संगठन को नाम मा फलाना चिलाना प्रेत हरु सेतो कपडा मा मुर्दा घर मा यत्र तत्र छरिएका छन् ! ति प्रेत हरु बाट राम्रो उपचार, राम्रो ब्यबहार सोच्नु बचे खुचे का १ % जति केहिथान जनता को ठुलो भुल हो ! मुर्दा घर मा पस्न कि त मुर्दा हुनुपर्यो कि पैसा को बिटो ले प्रेतात्मा लाइ खुसि बनाउनु पर्यो !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme