Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्टकम्यान भाग -२

Posted on September 2, 2014September 2, 2014 by स्याटेलाइट

-शाक्षात सुशिल

आन्निका, जाँड रक्सी र चुरोट नतान्ने अती कम फिन्निश युवतीहरू मध्ये एक । ‘स्टकम्यान’ डिपार्ट्मेन्टल स्टोरमा भेटिएको हँसिली र नेपाली पारा की ‘सोझी’ युवती ।म भन्दा झन्डै एक फिट अग्ली । बिहे भएको छैन् तर दुई सन्तान पाइसकेकी छिन् ।

प्रेमीबाट जन्मिएको रे, सन्तान जन्मिएको केही समयपछी ब्रेक अप भएर अहिले अर्कैप्रेमी रहेछ । दुई तीन दिन भैसकेको थियो उनको अनुहारमा साबिकको मुस्कान नदेखेको । सरसफाइ गर्ने क्रममा नजिक गएर फिन्निश भाषामा सोधे उनको उदासीकोकारण । बिचरी ! स्टकम्यानले कामदार घटाउदै थियो । त्यहि हप्ता उनलाई निकालिन्छ की राखिन्छ निर्णय दिने रहेछ ।

कामबाट निकालियो भने बिना बाउकोसन्तान बिचरीले कसरी हुर्काउली भनेर सोच्नु फिनल्याण्डको केसमा गलत हुन्छ किनभने बेरोजगारी भत्ता दिएर सरकारले नै हेरिदिन्छ । उनलाई त कामबाटनिकालिएको कुरा बच्चाहरूले थाहा पाए नराम्रो लाग्नेछ भन्ने चिन्ताले सताएको रहेछ् । उनी जति चिन्तित त होईन तर मेरो अवस्था पनि उनको जस्तै थियो । स्टकम्यानको लागि सरसफाई गर्ने कम्पनीबाट पनि कामदार निकाल्दै थियो जसमा म काम गर्थे । फिन्निश भाषा जान्ने र बेला बेलामा सुपरभाइजरको समेत काम गर्ने भएर म सेफ साइडमा छू की झै लाग्थ्यो

– तैपनि भगवान जाने के हुन्छ ?

अनायसैमा दुई बर्ष अगाडीका आफ्ना स्टकम्यानका इन्टर्नशिपका दिनहरू सम्झिन पुग्छु ।

त्यहि स्टकम्यानमा पैसा आउने सरसफाई गर्ने काम छोडेर र सित्तैमाइन्टर्नशिप गरेको थिए । ब्याचेलर्सको पढाई सक्न यो आवश्यक थियो । इन्टेर्नशिपको मध्यतिरै चाल पाइसकेको थिए की मैले त्यहाँ जागिर पाउने सम्भावना अत्यन्तकम छ भनेर । बेकरी  सेक्सनमा काम गर्ने सिनीसँग राम्रै गफ हुन्थ्यो तर उनी दुई दिन काममा आउने तीन दिन नआउने गर्थिन । किन त्यसो गरेको भनेर सोध्दा ‘मलाईअचेल धेरै आवर (काम गर्ने घन्टा) दिएको छैन् । मागेको दिदैनन खै ।’ यो जवाफ पाउँथे ।  लहरो तान्दा पहरो निस्कियो – चाँडै नै चाल पाएँ उनको श्रीमान र बहिनीपनि त्यहि काम गर्दा रहेछ्न । उनैले लगाइदिएको रे । श्रीमान फिल्म डाइरेक्सन पढेको तर अन्त काम नपाएर त्यहि स्टकम्यानमा क्यासियरको रुपमा काम गर्दै रहेछन्।   नेपालमा भनिने नाताबाद कृपाबाद झै ‘रिकमेन्डेसन’ गरेर परिवार नै काममा लगाइएको रहेछ । स्टकम्यानमा इन्टर्नशिप गरेको थाहा पाउने बितिक्कै एक फिन्निश र एउटी नेपाली केटी साथिले उनीहरूलाई पनि त्यहि काममा लगाइदिन अनुरोध गरिसकेका थिए । मनमनै लाग्थ्यो, आफै त महादेव कसले देला बर ? सामान्य लेखपढगर्न जान्नेले गर्न सक्ने क्यासियरको काममा पाउन त यत्रो हानथाप छ भने माथिल्लो तहको काममा कत्रो राजनिती होला ?

इन्टर्नशिप सकिने बेलामा मैले बोल्ने फिन्निश भाषा ‘इम्प्रेसिभ’ नभएको भन्दै मलाई काम चै दिईएन । मलाई नेपाली मै त ‘इम्प्रेसिभ’ बोल्न आउदैन कहाँबाट फिन्निशमा बोल्नु ?  इतिहास देखि नै चलिआएको कुरा हो अर्थतन्त्र कमजोरी हुँदा नश्लबाद/जातिबाद चर्कने गर्छ । बिदेशी नागरिक इन्टर्नशिप गरेको देखेर रिस गरेको अनुभव बेला बेलामा हुने गरेको थियो । जति नै योग्य भए पनि जागिरको नीम्ति आवेदन दिँदा बिदेशी नागरिकलाई अन्तरवार्तामा नबोलाउने तर फिन्निशहरूलाई मात्र बोलाउने कुरा ’युले’ पत्रिकाले गरेको अध्ययनले देखाइसकेको थियो । यहिको युनिभर्सिटीमा अध्ययन गरेका नेपाली बिद्यार्थीले अध्ययन अनुसारको काम पाएको आँकडा औँलामा गन्न सकिन्छ । त्यसमाथि खस्किदो फिनल्याण्डको अर्थतन्त्रले पाएको काम पनि जोगाउन हम्मे हम्मे परेको छ ।

फिनल्याण्डको मात्र होईन पुरै युरोपको अर्थतन्त्रमा कालो बादल मडारिएको छ । युरोपको अर्थतन्त्रमा ठुलो हिस्सा ओगटेको रसियालाई आर्थिक नाकाबन्दी लगाएर आफ्नै खुट्टामा बन्चरोले हानिरहेको छ युरोपियन युनियनले । स्टकम्यानका ठुला ग्राहक रसियन हुने गर्थे । अँग्रेजी नबोलिकनै पनि मनग्य सामान किन्ने ती रसियनहरू, अचेल स्टकम्यानमा देउटा भेटिएला तर रसियन भेट्न मुस्किल छ । रसियन पर्यटकहरू आउन छोडेका छन् ।

आफूलाई लगाएको नाकाबन्दीको प्रतिउत्तरमा रसियाले युरोपियन युनियन, अमेरिका, नर्वे र अष्ट्रेलियाबाट खाध्यन्न सामाग्री आयत गर्न प्रतिबन्ध लगाए लगतै युरोपको अर्थतन्त्रमा ठुलो झट्का दिईसकेको छ । बार्षिक दुई अर्ब युरोको खाध्यन्न युरोप मै रोकिनेछ । फिनल्याण्डको मात्र चार करोड युरोको निर्यात रोकिएको छ । अर्थतन्त्रमा आएको गिरावटले अन्निका काम गर्ने स्टकम्यान, म काम गर्ने आइएसएस लगायत इतेल्ला, भीटीटी, फेजर, सानोमा, डीएनए, न्युक्लियर सेफ्टी अथोरिटी, नोकिया जस्ता प्रतिष्ठित कम्पनीबाट कामदार कटौती भईरहेको छ । ती कम्पनीबाट निस्किएका कामदारको नीम्ति बेरोजगारीको चर्को समस्याले सताउने निश्चित छ ।

स्मरण रहोस जसरी हामी नेपाली अङ्रेजसँग लडेको गाथा सुनाउछौ । फिन्निशहरू रसियनसँग लडेको घटनालाई गौरबपुर्ण इतिहास ठान्छन, भलै युद्धमा पराजित भएका हुन । रसिया र नेटोको खिचातानीले बेला बखत डर लाग्दो समाचार पढ्न पाइन्छ । फिनल्याण्डले युद्धक बिमानहरू हेल्सिन्की एअरपोर्टमा तयारी अवस्थामा राखेको छ । त्यस्तै रसियाको सिमाना नजिक सैनिक अभ्यास गराएको छ । यी घटनाहरू तत्काललाई रसियालाई तर्साउन मात्र गरिएका हून । धेरै रसियनहरूले फिनल्याण्डको नागरिकता लिएको भन्दै फिनल्याण्डको दोहोरो नागरिकता प्रणालीप्रति पुनर्बिचार गर्नुपर्ने धारणा फिनल्याण्डका राष्ट्रपतीले राखिसकेका छन । खाध्यान्न आयातमा रोक लगाउनु त रसिया ले दिएको सामान्य जवाफ मात्र हो । फिनल्याण्डको ७० प्रतिशत बिजुली र तेल रसियाबाट भित्रिन्छ । त्यो रोकिदिने हो भने फिनल्याण्डको माइनस ३० डिग्रीको जाडोमा कसरी बाँचिएला ? नेपालमा भन्दा चर्को लोडसेडिङ त यतै हुने भो । रसियाले आफ्नो आकाश मार्ग भएर युरोपियन प्लेन उड्न दिएनन भने अवस्था के होला ? भने नेपाली साथिहरूको भेट्घाटमा नेपालको राजनितीले भन्दा यस्तो परिस्थितीको बारेमा चर्चा हुने गरेको छ ।

केही दिनपछीको भेटमा आन्निकाको अनुहारमा खुशि छाएको थियो । उनलाई तत्कालको लागि कामबाट निकालिएनछ, उनको सट्टा अर्की युवतीको जागिर चट भएछ । म काम गर्ने कम्पनीबाट एक जना म्यानेजर रुवाबासी गर्दै कामबाट बिदा भैसकेकी थिईन । मेरो क्लिनिङ गर्ने काम पनि तत्काललाई जोगियो । युरोपको उच्च शिक्षा पनि हाँसिल गरौ र अलिअलि पैसा पनि कमाउ भनेर् फिनल्याण्ड छिरेको थिए । न मलाई यहाँ घरजम गरेर बस्नु छ न यहिको नागरिकता लिएर आफ्नो देशको आधिकारिक पहिचान फाल्नुछ । तैपनि बेला बखत उत्पन्न हुने यस्ता परिस्थितीले आफ्नो लक्ष्य प्राप्त गर्नु अगावै भाग्नुपर्ने हो की भनेर् चिन्ताले सताउदो रहेछ् । भने जसले नेपालको घर गोठ बेचेर यतै स्थायित्व खोजेका छन्; उनीहरूको अवस्था कस्तो होला ? फालिएको नेपाली पासपोर्ट ब्युँताउन त्यसै कसरत भएको हो र ?

4 thoughts on “स्टकम्यान भाग -२”

  1. लौटन अवधि says:
    September 3, 2014 at 12:28 pm

    १ युरोप युद्द को कालो बादल को चपेटा भित्र परिसकेको छ ! दोहोरो चरित्र का युरोपियन देश हरु ले एकातिर युक्रेन लाइ उक्साई रहेका छन् ! अर्को तिर थोत्रा जहाज हरु जोर जाम गरेर ” रेपिड रियाक्सन फोर्स” को नाम मा रसिया लाइ धम्कि दियिरहेका छन् भने रसिया कै तेल र ग्यास हाट बजारे चरित्र देखाउदै उक्रेन मुद्दा उछालेर बार्गेनिंग गर्दै छन् ! इकोनोमी खत्तम भएर कुच्चिएको सिल्बर को कचौरा लिएर चीन तिर नियाल्दै छन् ! उस्तो रसिया कम्जोरै भाको भए पुटिन लाइ अर्को गद्दाफी बनाउने थिए तर के गर्नु ! त्येसैले त हाम्रा प्रिय – महान नेपाल का निर्माता ले -श्री ५ बडा महाराजधिराज प्रिथिबी नारायण शाह ले “फिरंगी हरु लाइ नेपाल पस्न नदिनु” उति बेलै चिनेर यो उक्ति भनिबक्सेको थियो ! त्यो बेला जनता थिए देश जनता को थियो तर देश मा अहिले जनता छैन सबै फिरंगी का एजेन्ट हरु ले पार्टी खोलेर बसेका छन् ! जनता जति मुर्दा सरिर भएका छन् ! मुर्दा सरिर पनि ९५ % त पार्टीका दलाल भएका छन् ! फिरंगी कै दलाल हरु महामानव र जननेता भएर पुजिएका छन् !!! अस्तु :

    Reply
  2. Krishna Lamsal says:
    September 3, 2014 at 3:04 am

    यो लेख को अन्य कुरो भन्दा नि अहिले को तातो सन्दर्भ युरोप्/अमेरिका भर्सेज रसिया को खिचा तानी र युरोप मा त्यसको प्रभाब सम्बन्धि जानकारी भने दोहोर्याएर पढियो. यता (अम्रिका) तिर त सरकारी प्रोपोगान्डा च्यानेल (ABC , NBC, CBS, CNN, FOX) ले अम्रिका लाइ माथि पारेर समाचार लेख्ने बाहेक केहि गर्दैनन्. जेहोस, यो लेख ले एक हिसाब ले other side of the story लेखिदियो. यो….जी खैरे हरु को एउटा सत्य कुरो के हो भने (युरोप, अम्रिका जता तिर पनि) कमाउञ्जेल सुको नबचाउने, अनि केहि कारण ले जागिर गयो भने हरितन्नम.

    Reply
  3. kamal says:
    September 2, 2014 at 11:32 pm

    ए आमै हो कति राम्रो लेख!

    Reply
  4. तुयू भाजु उदास says:
    September 2, 2014 at 10:01 pm

    ” न मलाई यहाँ घरजम गरेर बस्नु छ न यहिको नागरिकता लिएर आफ्नो देशको आधिकारिक पहिचान फाल्नुछ ।…”
    वाध्यता वा रहरले विदेश पुग्ने नेपालीहरुको मथिंगल मा संधै यो कुरोले वास गरोस.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme