राजनीति देशको मूल नीति हो । त्यसैले अन्य क्षेत्र भन्दा यो बढी शक्तिशाली हुन्छ । सबैभन्दा शक्तिशाली भएकैले सबैभन्दा बढी जबाफदेही हुनुपर्ने हो तर विडम्बना हाम्रो देशमा चाहि यस्तो भएको पाइएन । त्यसैले त देशको यो हविगत हुन पुग्यो नी !
अधिकांश उहि अनुहारहरु नै शक्ति केन्द्रमा रहिरहने हाम्रो देशमा केवल राजनैतिक व्यवस्था परिवर्तन भए, नेतृत्वको सोच र व्यवहार बीसको उन्नाईस उस्तै रहे । बि सं २००७ सालदेखि २०६२।६३ सालसम्मका राजनैतिक परिवर्तनहरुले समाजका हरेक तप्कामा राजनैतिक चेतना यसरी बढायो कि हरेक व्यक्तिले “फोहरी” राजनीतिमा हुर्केका नेताहरुलाई आफ्नो “आदर्श” व्यक्ति मानेर काम गर्न थाले । “नेता, मन्त्रीहरुले करोडौं, अरबौं भ्रष्टाचार गर्न हुने मैंले २०—५० रुपैंया बढी लिन नहुने ? नेताहरुलाई चाहिँ नियम कानुन नलाग्ने हामीले चैं मिटर मैं हिड्नु पर्ने ?” अधिकांश ट्याक्सी चालकले यस्तै सोच्दा हुन् । “नेताहरुले देशै त डुबाई सके मैंले जाबो यो एक थैलो फोहर यहाँ फ्याँक्दा के पो अपराध गरेको हुन्छ र ?” जथाभाबी फोहर फ्याँक्नेको दिमागमा सायद यस्तै आउँदो होला । “देश हाक्नेहरुले जताततै भद्रगोल पारेका छन्, म एक जनाले इमान्दार भएर काम गरेर के हुन्छ र ? इमान्दार भएर केहि पाईने भए पो मरिहत्ते गरेर काम गर्नु ।” कर्मचारीका काम गर्ने जाँगर यस्तै सोचेर मर्दो हो ! यी उदाहरण त समाजका प्रतिनिधि पात्र र तीसँग जोडिएका सम्भाव्य सोच मात्र हुन् ।
हजार जिब्रो भएका शेषनागले पनि वर्णन गर्न नसक्ने गरि हाम्रा नेताहरुले भ्रष्टाचार र अनियमितताका पहाड बनाएका छन् र त्यसको श्रृङ्खला जारी नै राखेका छन् । लाउडा काण्ड, सुडान घोटाला, क्यान्टनमेन्टको आर्थिक हिनामिना आदि जस्ता पटके भ्रष्टाचारदेखि आवधिक रुपमा चलिरहने घुसखोरी (पछिल्लो उदाहरण एआईजी सरुवा प्रकरण, कतिसम्म भने न्यायधिस नियुक्तिमा समेत) हरुले हरेक तप्काका जनतालाई गलत कार्य गर्न नकारात्मक उर्जा प्रदान गरिरहदो होला । सवै बर्ग र क्षेत्रका मानिसले सवै स्तरका भ्रष्टाचार र अनियमितता थाहा नपाउलान् तर जसले जति थाहा पाउँछन् मन बुझाएर समाजको भलो हुने काम गर्न सकारात्मक उर्जा निकाल्न तिनलाई हम्मे हम्मे पर्दो हो । अर्को बिडम्बना कस्तो छ भने, नराम्रो काम गर्नेबाट अनुचित लाभ लिएर तिनलाई कारबाही त गर्दैनन् गर्दैनन् राम्रो काम गर्नेलाई प्रोत्साहन पनि गर्दैनन् । बरु त्यस्ता असल गर्नेहरुका कामले नराम्रो गर्नेहरु (जसले अनुचित लाभांश बुझाउँछ) लाई गाहे अप्ठ्यारो परेको छ भने उल्टै राम्रो गर्नेहरु कारबाहीमा पर्छन् ।
यसरी समाजको हरेक क्षेत्रमा भ्रष्ट र दुष्ट सोचको विकास हुदै गयो भने हामीले साह्ै भयावह समाजको निर्माण गर्ने छौं । हाम्रा भावी सन्ततीका लागि हामीले खतरनाक समाज हस्तान्तरण गर्ने छौं । त्यसैले त्यस्ता खाले नकारात्मक उर्जालाई जरैदेखि निमूल पार्न हामीले हाम्रो राजनैतिक नेतृत्वलाई जवाफदेही बनाउनै पर्छ । जबसम्म हामी आफू जिम्मेबार हुदैनौं तबसम्म हामी नेतृत्वलाइ जवाफदेही बनाउन सक्दैनौं । हामी जुनसुकै “बाद” मा आस्था राख्ने भए पनि आफ्नो आस्थाको बादको नेतृत्वमा बसेका कसैले नकारात्मक उर्जा पैदा गर्ने काम गर्छ भने अब खबरदारी गर्न ढीला नगरौं । जनस्तरका असन्तुष्टीलाई स्थानिय स्तरका नेताले बुलन्द आवाजमा क्षेत्र, जिल्ला हुदै केन्द्रिय तहसम्म पु¥याउनु प¥र्यो । “मलाई हाम्रो फलानो नेताले गरेको काम चित्त बुझेन है”, “फलानो नेतालाई लागेको भ्रष्टाचारको आरोप छानबिन गरी दोषी देखिए हाम्रै दल भित्रै पनि कारबाही गर्नु प¥यो” भन्न हामी जहिलेसम्म सक्दैनौं तबसम्म राजनीति सङ्लिने संभाबना कमै छ । राजनीति नसङ्लिई देश उभो लाग्दैन किन कि राजनीति देशको मूल नीति हो । भ्रष्ट नेताको अन्धभक्त बनेर हनुमान पारामा बचाउ नगरौं । भ्रष्टचारीलाई असुरक्षित महसुस गराऔं । भ्रष्टचारीले आफूलाई असुरक्षित महसुस नगरुन्जेल भ्रष्टचार रोकिदैन । तपाईंको दल सङ्ल्याउने औकात तपाईं सँग मात्रै छ, अन्य दल वा त्यसका कार्यकर्ताले त्यो हैसियत राख्दैनन् ।
त्यसैले राज्यलाई आम जनताका लागि पनि केहि गर्न सक्ने गरी सक्षम बनाउन राज्य चलाउने नेताहरुलाई इमान्दार बन्न सहयोग गर्नै पर्छ हामीले । जिम्मेबार भएर सोचौं ।
संजीब कुमार ढुंगाना
हाल दक्षिण कोरियामा अध्ययनरत
इमेल [email protected]
[यो ब्लग माइसंसारका पाठकले पठाएर बिना सम्पादन प्रस्तुत गरिएको हो। तपाईँ पनि आफ्नो सामग्री यहाँबाट पठाउन सक्नुहुन्छ]
त्येही भएर म त भन्छु यी भ्रष्टाचारी नेताहरुको त दोष छ छ ,झन् यस्ता भ्रस्टाचार , नातावाद, अनि यस्ता कुनितिहरुलाई बढावा दिने अवसरवादी नेपालीहरुको पनि झन् ठुलो हात छ नेपाल बिग्रनु र झन् बिग्रदै जानुमा l
शोझा, निमुखा जनताहरुलाई बिबस बनाई चुस्ने प्रवृतिको अन्त नभय सम्म देश र जनताको हालत येस्तै रहने छ/ प्रजातन्त्र आयको यतिका वर्ष हुदा पनि नोकर शाही पद्धतिको उन्मुलन हुन सकेको छैन/ जबसम्म नोकरले मालिकमाथि राज गरिरहंछन तब सम्म यो देशका मालिकले (जनताले) सुख सुबिधा पाउने सम्भावना नै छैन/ जनताले पनि आफु मालिक हौ भन्य बुझनु पर्यो र सेबकहरुसंग सेवा लिन सक्नु पर्यो/ नोकरहरुको चाकडी गर्न बनध गर्नु पर्यो/
“Evil only succeeds when good people do nothing ”
Martin Luther King
नेपालमा केही गरे पनि सुख छैन । राम्रो काम गर्दा पनि राम्रो भन्ने धेरै छैनन् । राम्रो काम गर्दा पनि अपजस सहनेहरुले काम गर्दासम्म यो देश रहन्छ यस्ताको संख्या बढेमा यो देश बन्छ अर्थात उन्नति हुन्छ मैले बुझेको यत्ति हो ।