Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो बन्ने भयो स‌ंघीय नेपाल, तीन जिल्ला टुक्रा, बाँकी अखण्ड

Posted on August 8, 2014August 9, 2015 by Salokya

final_nepal_map
अन्ततः दलहरुले स‌ंघीय नेपालका ६ प्रदेशको सीमाङ्कन टुङ्गो लगाएका छन्। यस्तो बन्ने भयो अब संघीय नेपालको नक्सा। यसअघिको नक्सामा दुई जिल्लामात्रै टुक्राउने भनिए पनि अन्ततः तीन जिल्ला टुक्रने गरी संघीय संरचनामा सहमति जुटेको हो। रुकुम, बाग्लुङ र नवलपरासी जिल्ला यो अनुसार टुक्रने भएका छन्।

यसअघि यस्तो नक्साको चर्चा भएको थियो। यसमा दुई जिल्ला मात्रै टुक्रने देखाइएको थियो
nepalmap1

यो अनुसूची अनुसारको जिल्ला पनि यसअघि सार्वजनिक भएको थियो। यसमा विशेष गरी दुई वटा परिमार्जन भएका छन्-
pradesh1

यसमा नवलपरासी (दाउन्ने पूर्व) को ठाउँमा नवलपरासी (वर्दघाट सुस्ता पूर्व) र नवलपरासी (दाउन्ने पश्चिम) को ठाउँमा वलपरासी (वर्दघाट सुस्ता पश्चिम) राखिएको छ। त्यसैगरी सल्यानलाई प्रदेश ५ मा राखिएकोमा फाइनल गरिएको प्रतिवेदनमा प्रदेश ६ मा राखिएको छ। त्यस्तै रुकुमको पूर्वी भाग प्रदेश ५ मा र पश्चिमी भाग ६ मा राखिएको छ।

संयोग के परेको छ भने संघीयताको विरोध गर्ने चित्रबहादुर केसीकै जिल्ला दुई टुक्रा हुन पुगेको छ।

त्यस्तै दुई वटा प्रदेशले मात्र चीनको सीमा नछुने देखिएको छ। बाँकी सबै प्रदेशले चीन र भारतको सीमा छुने अवस्था छ।

2 thoughts on “यस्तो बन्ने भयो स‌ंघीय नेपाल, तीन जिल्ला टुक्रा, बाँकी अखण्ड”

  1. Shankar says:
    August 8, 2015 at 10:30 pm

    अब जनता यो जान्न चाहन्छ कि बनाउने इन्जिनियर चै को हो ?
    यसरि बनाउनु पर्ने कारण ?
    फाइदा ?

    यी सब बाहिर आउनु पर्यो |

    Reply
  2. dev says:
    August 8, 2015 at 9:44 pm

    आखिर प्रदेश नम्बर २ चाई छिट्टै भारतको हुने भो उफ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme