प्रचन्डलाई आलोचना गरिने कोणहरु
पहिलो कोण:-
त्यो शक्ति, जसले समग्र जनयुद्दको धुवाँदार बिरोध गर्दथ्यो, यद्दपी आज पनि गरिरहेको छ। जनयुद्दको प्रमुख नेता भएको कारणले त्यो शक्ति यानिकी पुरातनबादीदेखि लिएर संसदबादीसम्मले उनलाई आँखाको कसिंगर ठान्ने गर्दछ।
दोश्रो कोण :-
त्यो शक्ति जसले संगसंगै जनयुद्द लड्यो। हातमा हात , काँधमा काँध मिलाउदै हरेक दुख सुखमा साथ निभायो। र अन्तमा आफुहरुलाई धोका दिएको महशुस गरिरहेको छ। क्रान्ति सम्पन्न नहुँदै क्रान्तिका लागि चाहिने आवश्यक औजारहरु बुझाएको भन्दै रुष्ट बनेको छ। नेकपा-माओबादी लगायत क्रान्तिप्रति समर्पण भाव राख्ने जनसमुदाय यो कोणमा पर्दछन।
अब हामीले प्रचण्डको बिरोध त गर्ने, तर पहिलो कोणसंग मिलेर गर्ने कि दोस्रो कोणसंग ? यसले नै हाम्रो कित्ता निर्धारण गर्छ। हामी अग्रगामी हौँ कि पश्चगामी ? तर मैले देखिरहेको धुर्बसत्य कुरो चै के भने , बिरोध जुन कोणबाट भए पनि हामीले ताली चै मजैसंग ठटाउने गरेका छौ, सिर्फ एउटा शर्तमा , त्याँहा प्रचण्डको आलोचना चै भएकै हुनु पर्छ। उनलाई १७००० मान्छेको हत्यारा भनेर पुरातनबादीले आरोप लगाउँदा पनि हामी सजिलैसँग त्यसमा रमाउने बहाना प्राप्त भएको जस्तो गर्छौं । के यो सही हो त ? त्यो आरोपको हामीले संयुक्त रुपमा प्रतिकार गर्नु पर्छ कि पर्दैन ? मान्छे त राज्यपक्षबाट धेरै मारिएका थिए। तर पनि तत्कालिन मूल नेतृत्वलाई १७००० मान्छेको हत्यारा भन्दाखेरि रमाउनु भनेको आफैले गरेको १० बर्षे जनयुद्दको अपमान भयो कि भएन ?
माओबादी बिग्रनुको कारण
बास्तवमा माओबादी बिग्रिएको धोबिघाट भेलाबाट नै हो, जसले डा.भट्टराईलाई प्रधानमन्त्री बनाउने आधार निर्माण गरायो। उनी प्रधानमन्त्री नबनेको भए सायद माओबादी आजको हदसम्म बद्नाम नहुन पनि सक्थ्यो। बिप्पा-यरपोर्ट सम्झौता -सुकुम्बासी लखेटिएको -जनसेना विघठन गराएको आदि जस्ता बिबादस्पद कुराहरु हुने थिएनन होला। त्यो नभएको भए माओबादी फुट्दैनथ्यो होला। माओबादी नफुटेको भए आज यो बेग्लै खालको शक्तिमा रहन्थ्यो होला,,,,,,,,बास्तवमा प्रचण्ड-बैद्य त पहिला देखि नैं निजीक नै थिए। सैदान्तिक टक्कर त बैद्द्य-भट्टराई बिचमै थियो। तर पनि बिपरित धुर्बको अप्राकृतिक मिलन कसरी सम्भव भयो ? सबै बिगारेको धोबिघाटले नैं हो। मलाई पद-प्रतिष्ठाको लोभ छैन भन्दै पदकै लागि तानाबाना बुन्दै हिँड्ने डा.भट्टराईले सोझा बैद्य खेमालाई फसाएकै हुन्। आफु प्रधानमन्त्री बन्ने आधार तैयार गरेकै हुन। संबिधानसभा-२०७० को संबैधानिक समितिको सभापति को थिए भनेर भोलि हाजिर जवाफमा सोधियो भने सबैको मुखबाट ‘डा.बाबुराम भट्टराई’ भन्ने उत्तर आउने पक्का भए पछि उनि आजभोली माघ-८ मा संबिधान बन्छ भन्दै हिंड्न थालेका छन्। संबिधान त बन्छ तर ०४७ कै जस्तै, जनयुद्दले स्थापित गर्न चाहेको जस्तो जनमुखी खालको कुनै पनि हालतमा बन्दैन भन्ने यथार्थलाई बुझेर पनि त्यस्तो संबैधानिक समितिको सभापति बन्न र्याल काढ्नु भनेको पदलोलुपता नभएर के हो त ?
। गल्ति सबैले महशुस गर्नै पर्छ। यद्दपी आज सो पार्टी हेटौडा पुगेर सम्पूर्ण रुपमा संसदबादमा चुर्लुम्म भैसकेको छ। प्रचण्ड भनेको सिद्दान्त नभएको मान्छे भनेको सुनेको छु, यदि सत्य हो भने हेटौडाबाद पनि डा.भट्टाराई कै सिद्दान्त हुनु पर्छ।
केहि समय अगाडी मात्र उनले खाई-पाई आएको पार्टी उपाध्क्ष पद त्याग गरेका थिए। आलोचकहरुले उनको यो कदमलाई रास्ट्रपति खाने आधार तयारको रुपमा अर्थ्याएका थिए। तर चुनाबी (कथित संबिधानसभा २०७० को)परिणामले उनको यो सपनामाथि बज्रपात भयो। त्यसैले हुन् सक्छ उनि अहिले अध्यक्ष पद प्रति लालायित हुन पुगेका छन्। र अध्यक्ष हुन नपाएमा पार्टी फोरेर भए पनि नयाँ शक्तिको अध्यक्ष बन्ने अभियानमा छन्।
सन्दर्भ संबिधानसभा चुनाव-२०७० बाट नै उठान गरौँ। निश्चय नै आफ्नो हारमा जसलाई पनि दुख लाग्छ। एमाओबादी अनि उसका समर्थकहरुलाई पनि चुनाबी परिणामले दुखी बनायो नैं। तर बाबुराम पक्ष भने यो हारलाई आफ्नो गुटको पक्षमा बहार ल्याउने एउटा राम्रो अवसरको रुपमा परिभाषित गर्ने-गराउने चेष्टामा लाग्न थाल्यो। जतिखेर चुनाबमा धाँदलीका संकेतहरु देखिदै थियो, बाह्य धाँदलीका कारणले पार्टी हारेको निष्कर्ष निकालिदै थियो, एउटा अन्तराष्ट्रिय गुरुयोजना मैं पार्टीलाई हराइएको भनेर दाबि बिरोध गरिदै थियो, स्वतन्त्र छानबिन आयोगको कुरा गरिदै थियो, … ……./ यसका बिपरित बाबुराम भने पार्टी हित बिपरित आन्तरिक कारणले नै हारेको , हाम्रो संगठन राम्रो नभएर हारेको……आदि भनेर शत्रु हसाउन मैं व्यस्त थिए। जबकी, एमाओबादीको कट्टर आलोचक पार्टी नेकपा-माओबादीको केन्द्रिय कमिटि बैठकले समेत एमाओबादी यो लेभलले हार्ने पार्टी हैन भनेर भनि सकेको छ। तर बाबुरामको नियत के हो, उनका सामाजिक संजाललाई नियाल्ने हो भने पनि त्यसलाई बुझ्न सकिन्छ। राजनितीको कखरा पढ्ने जसले पनि अब सहजै अनुमान लगाउन सक्छ, बाबुरामको यो जन्म कुर्सीकै लागि हो भन्ने कुरा प्रमाणित गराउन चाहन्छन । अध्यक्ष पदकै लागि हो भन्ने देखाउन चाहन्छन । संकटकै बेलामा नेतृत्वमाथि प्रहार गर्ने हो। यो भन्दा राम्रो अवसर फेरी जुर्ला-नजुर्ला….न्वारानदेखिको बल लगाउनुको अभिप्राय पनि यहि नै हो।
जसको निति उसको नेतृत्व नभएर पार्टी पराजित भएको सो गुटको आरोप छ। जनविद्रोहमा जाने पालुंगटारको म्यान्डेट बिपरित भट्टराईको मुर्दाशान्तिमा परिणत निति कार्यक्रम लागु गर्नुको परिणामलाई अध्यारो कुनामा लुकाएर भएभरको दोषको भागीदार अध्यक्षमाथि थुपारेका छन्। अध्यक्षले बहुमतमा रहेको मोहन बैद्यको कार्यनीतिलाई उपेक्षा गरेर आफ्नो कार्यनीतिलाई लागु गरेकोमा धन्यबाद दिनु त कता हो कता उल्टै दिल दिमागले सहयोग गर्ने अध्यक्ष माथिको यो बिष वमन साँचै नै हिर्दय कुडाउने खालको छ।
जहाँ सम्म पार्टी हार्नुको कारण छ, बस्तुबादी भएर विश्लेषण गर्ने हो भने बाबुरामकै प्रधानमन्त्रीकालमा पार्टी घनघोर रुपले अलोकप्रीय हुन् पुग्यो। बिप्पाको कुरा, एयरपोर्ट भारतलाई दिने कुरा, सुकुम्बासी बस्तीमा डोजर् कुदाएको कुरा, सामन्तको जमीन फिर्ता गरेका कुरा, जनसेना बिगठनका कुरा,…… यी तमाम घटनाहरु एमाओबादिलाई अलोकप्रीय गराउन पर्याप्त थिए। र, यी सबै कुकाम बाबुरामकै प्रधानमन्त्री कार्यकालमा हुन् गए। यिनै बिषयबस्तु माथि असहमति जाहेर गर्दै जनयुद्द लड्ने प्रमुख शक्तिलाई लिएर नेकपा-माओबादीले छुट्टै पार्टी गठन गर्यो। यी कारणले एमाओबादी कमजोर भयो। मधेशबादी जस्तो अवसरबादी गुटलाई साथ लिएर प्रधानमन्त्री हुनै पर्ने त्यस्तो के बितेको थियो। तिनीहरुको जस्तोसुकै शर्तलाई पनि मानेर बाबुरामले कुन त्यस्तो अमृतरस पान गर्नु पर्ने थियो, कुन अमृतसागरमा डुबुल्की मार्नु पर्ने थियो, …. अर्थमन्त्री हुदाको तेत्ति राम्रो इज्जत-प्रतिष्ठालाई ध्वस्त गरेर त्यो प्रधानमन्त्रिको भाष्मसुरे कुर्सिको चाकडी किन त्यत्ति सारो गर्नु पर्थ्यो …पार्टीलाई तहसनहस बनाउने आफु अनि दोषको भागीदार चै बिचरा छबिलाल माथि तेर्स्याउने , यो कहाको न्याय हो। यो त छबिलालको छबिमथिकै नाङ्गो हमला हो।
बास्तवमा एमाओबादीले चुनाव हार्नुमा बाह्य करणको साथसाथै प्रशस्त रुपमा आन्तरिक कारणहरु पनि छन्। सबैभन्दा ठुलो आन्तरिक कारण भनेको बाबुरामको संसदमोही कार्यनीति हो। एक पछी अर्को गर्दै उनको कार्यनीति खसीको टाउको झुन्ड्याएको मासु पसलमा गएर कुकुरको मासु खरिदमा व्यस्त देखिन थाल्यो । जसलाई तमाम क्रान्तिकारी तप्काले अस्विकार गरिसकेका छन्। कुकुरकै मासु किन्ने हो भने त पुरातनबादी-संसदबादीहरुकै पसलतिर गए पनि भै हाल्यो नि , किन नयाँ पसलमा धाउनु भन्ने खालको धारणा पनि जबर्जस्त ढंगले निर्माण भएको छ। तर बाबुरामले आफुलाई सुधार्नुको सट्टा अध्यक्षलाई निरन्तर प्रहार गर्नु एक खालको पापाचरण नै मान्नु पर्ने हुन्छ। गोपाल किरातीको भनाइ सापट लिएर भन्नु पर्दा, बाबुराम भट्टराई भनेको प्रचण्डको मृत्युमा आफ्नो जीवन खोज्ने पापी मन भएका मान्छे हुन्।
पार्टी सुध्रिने सम्भावना
पार्टीलाई यो हदको दलदलमा फसाएर आजभोली यिनी नयाँ शक्ति निर्माण गर्ने अभियानमा जुटेका छन्, त्यो पनि बर्गीय दुश्मन चरित्रका दुष्टहरुसँग मिलेर। सारसङ्ग्रहबादी जस्तो बनेर राम्रै राम्रो अङ्ग जोडेर एउटा उँट त जन्मेला तर त्यसलाई त्यत्ति आकर्षक मानिंदैन। जनताले आज पनि मेघ जस्तो अश्वलाई नै रुचाउँछन्।
तर जे होस् मुख फोरेर भन्न नसके पनि पार्टीभित्रका अधिकाँश कार्यकर्ता-शुभचिन्तक बाबुरामले नयाँशक्ति खोलेर आफ्नो कित्ता छिटो भन्दा छिटो निर्धारण गरुन नै भन्न चाहन्छन। सधैको लिखिर लिखिर अनि सधैको किचलो- भांडभैलो उछाल्नु भन्दा उत्तम यो नै समस्याको एउटा सही निकास हुन सक्छ। मोदीको बिदाइसंगै सो पार्टीभित्र समानान्तर कमिटीले पुन निरन्तरता पाएको छ। ७५ जिल्लामै सो अभियान पुरा भए पछि नयाँ शक्तिको शंख फुकियोस, शुभकामना छ।
र, यिनै घटना-प्रतिघटनाहरुको सेरोफेरो बिचमा नेकपा-माओबादीसंग पटक पटक पार्टी एकिकरणको कुरा बाहिर सार्बजनिक भएको छ। तर त्यसको लागि उसले हेटौडाबाद त्याग्नु पर्छ र पालुंगटारलाई अपनाउनु पर्छ भन्ने शर्तहरु राखिएको कुराहरु आएका छन्।अनि मात्र दुई पार्टी एक बन्न सक्ने भनिएको छ। हुन पनि हो, सबै पोयाहरु नमिलीकन डोरी बाटिदैन। बलियो बनाउने हो भने त डोरी गतिलैसंग बाट्नुपरयो। एक्ला-एक्लै बाँडिएर कोहि पनि बलियो बन्न सक्दैन। नियत साफ गर्दै हेटौडाबाद छाड्छन् भने एकीकरणमा खराबी के छ र ? तर पनि आशा राखौं, बाबुरामको नयाँ शक्तिले एमाओबादीभित्र जकडिएको संसदबाद एबम हेटौंडाबाद आफुसंगै लिएर जानेछ। र, सोही दिन मात्रै एनेकपा माओबादी र नेकपा-माओबादीको मिलनको आधार तैयार हुनेछ। तर मलाई अझै पनि शंका छ, एनेकपा माओबादीका दुश्मनहरुले रुँदै कराउँदै भए पनि डा. भट्टराईलाई नयाँ पार्टी खोल्न दिने छैनन।
रडाको सबैतिर छन्
तर यो एकिकरणको बिषयमा, पोयालाई बलियो बनाउन डोरी बाट्ने कुरामा पनि बिरोध भएको छ। यो बिरोधमा पनि दुइटा कोणहरु छन्:-
पहिलो कोण:-
जो नेकपा-माओबादी र एमाओबादी दुवै पार्टीभित्र घुसपैठ भएका बाहिरिया अवान्छित तत्वहरु, जसले दुई माओबादीलाई आपसमा भिडाएर आफ्नो स्वार्थलाई रक्षा गर्न चाहन्छ। बर्तमानमा नेकपा-माओबादी र तिनका नेताहरुलाई चिल्लो घस्दै देवत्वकरण गर्ने अनि हीरा काट्ने हीरैमा राखेर भन्या झैं नेकपा-माओबादीलाई प्रयोग गरेर प्रचण्डहरुलाई पहिलो निशाना बनाउने र सफल भए पछि नेकपा-माओबादीलाई नैं क्रमिक रुपले सिध्याउने रणनीतिका साथ देखा परेका छन्। तिनीहरुले दुई पार्टी बिचमा खेलेर सम्बन्धमा दरार उत्पन्न गराईरहेका छन्। तिनले खाली पुराना कुराहरु कोट्याई-कोट्याई माओबादी कार्यकर्ताहरुलाई भड़काऊंन चाहिरहेका छन्।
दोश्रो कोण:-
क्रान्तिप्रति अत्यन्तै इमान्दार तह र तप्का, जसले आफुहरुलाई फेरी धोका होला कि भन्ने चिन्ताले यो एकताको बिरोध गरिरहेका छन्। जस्तो कि तपाई सारा मित्रहरु, जो हज्जारौं सहीदको बलिदान खेर गएकोमा आक्रोषित हुनुहुन्छ, चिन्तित हुनुहुन्छ । त्यत्रो संकटबाट उतारेर स्थापित गरेको पार्टी नेकपा-माओबादी कतै रसातालमा नफसोस भन्ने चिन्ताले यो एकताको बिरोध गरिरहनु भएको छ।
त्यसैले, त्यो बिरोध भित्रको नियत खुट्याउन सक्ने क्षमता भयो भने मात्रै हामी सहि गन्तब्यसम्म पुग्न सक्छौं। कसैले भड्काएको भरमा हामी उत्तेजित नबनौं। यथार्थ के हो, आफैले नियालौं। एक्ला एक्लै भौतारिनु भन्दा नजिकका मित्रशक्तिहरुलाई साथमा लिएर हिड्नुमा नै हामी सबैको कल्याण सम्भव छ।
The author of this post seems thoroughly brainwashed into thinking that Maoism still is a good idea in the present context. The fact is, it is an absolutely obsolete idea, which basically opposes the peaceful settlement of conflict and power sharing. Don’t you think if anyone truly palpates his/her heart and listens to its beating, s/he would certainly agree (at least you can’t cheat yourself….who enjoyed the killings of 17000 fellow citizens..be it by govt or rebels..) that the so-called 10-year long war achieved nothing but fulfillment of furtive interests of couple of leaders to attain power. It is rather impossible today in a country like Nepal to be a true communist and also be in politics, because money still plays the cardinal role in the election outcomes. Therefore, please stop blowing your own trumpet and get a life for yourself…As for the new party, it is wise for the greater good that BB forms and leads a new political party ditching the archaic, conservative, old-fashioned, and virtually impractical notions of Maoism embracing a historic challenge and set his sight on truly progressive and revolutionary (..no war please) ideas, which appeals to the masses, especially youths. High time for Prachanda to realize this and adapt according to the expectations of the people who are far better informed than they were 10-15 years ago, or continue to be arrogantly stupid and finally get extinct!
हिजो पंचायत मा नारायणहिटी दरवार ले मण्डले पालेर आफ्नो स्वस्ति गान गराउने प्रथा लै आज लाजिम्पाट दरवार ले हनुमानहरु पालेर आफ्नो बिरोधि प्रति बिष बमन गराउने गरेको देख्दा नेपाल मा दरवार मात्र फेरिने रहेछ प्रबृत्ति उही रहने रहेछ भन्ने हाम्लाई लाइराछ |
लेखक को रोदन हेर्दा मेरो मन नै भक्कानियो…प्रकाश पिता प्रति पनि सहानुभूति भयो….
बाबुराम को अडान मा माओबादी नझुकेको भय आज ३ करोड नेपाली को कुन बिजोक हुनी थियो तपाई जस्तो महापुरुष लाए के था….आज देस मा जति पनि प्रगति को सिग्नल हरु धेखा परेको छ ई उही बाबुराम जी कै पहल मा हो भन्नि कुरा था पाउनु नि….सेना समायोजन जस्तो महतो पूर्ण काम कसले गरेयो? आज सम्म पनि देस मा युध चाहनी हरु लाई हो बाबुराम को कदम मन नपरेको….
यहाँ माओवादी को मात्रा कुरा होइन अन्य कम्युनिष्टहरुको पनि हालत उस्तै हो । ब्यक्तिगत स्वार्थकै लागि उनिहरु फुट्ने र जुट्ने कुरा आज देखिको होइन । नाम मात्रको कम्युनिष्ट; काम भने अर्कै के के ? सर्बहारा बर्गको मुक्तिका लागि लड्नु पर्ने पार्टिहरु आज आफ्नै मुक्तिको बाटो खोजिरहेका छन, जनताको आर्थिक सम्ब्र्द्दिका लागि बोल्ने आवाजहरु आफ्नै लागि पैसा जम्मा गर्ने थलोको रुपमा पार्टी लाई बनाएका छन । नेपालका कम्युनिष्ट हरु कहिले सहि बाटोमा आउने हुन खै ?
गोकुल्जी हाम्रा महान धनबादी ,दौलत शाली,टावर प्रेमी, रिसोर्ट प्रेमी प्रचण्ड प्रभुको अर्को एउटा
भजन भक्तिमाला पनि पढ्न पाय हुन्थ्यो
Ma
रचण्ड प्रभुको भजन भक्तिमाला
माओबादी बिग्रनुमा लाजिम्पाट को दरबार र त्यो दरबार भित्र बस्ने प्रचण्ड मुख्य दोषी हुन् / मुल हरु सर्बहारा को राजनीति गर्ने अनि सर्बहारा को पहुच हुन नसक्ने दरबार भित्र बसेर सर्बहारा बन्न खोजेर हुन्छ / माओत्सेतुङ्ग को बद्नाम गरेको हुनाले चीन ले नपत्याएको पार्टी हो एमाओबादी र प्रचण्ड /
चरी मोर्दा भंगेरी (खुस्बु ओली ) रोए जस्तै , यी मनुष्य लाइ प्रचण्ड को अध्यक्ष्य पद जाला भन्ने चिन्ता रहेछ | प्रचण्ड हाल सम्म माउबादी अध्यक्श्या भएर देश कुन चै स्वित्ज़र्ल्यांड बन्यो र भोलि बाबुराम लाइ दिदा कुन चै महा प्रलय हुने हो ? बुद्दिले जाने बाबुराम लाइ बनाउनु , माउबादी फेरी चम्किन सक्छ | नत्र
अब माउबादी नै बिस्तारै आफनै पुरानो साइज मा आइसक्यो | यहि नै उसको असली रुप हो |
फेरी पुराना दिन सम्झेर किन मुख मिठाउनु?
नक्कली धेरै टिक्दैन भन्ने था छैन ? नेपाल मा जन्मेको भारतीय ले हुर्काइ , मल जल हालेर
यति माथि उचालेको र नाउ चै माउबादी राख्दैमा कसरि माउबादी भो ? चीन ले माउत्से टुंग को बदनामी भो भनेर एक चोटी बिरोध पनि गरेको हैन ?
चारलाख को पलंग मा सुत्दैमा , बातै पिछे झुटो बोल्दैमा , भैसी पुजा गर्दैमा माउबादी हुने भए सबै माड्बादी हरु पनि आफुलाई माउबादी भन्थे ? खै चियरम्यान मावो को सिद्दान्त ?
मैले नबुझेको चै के भने परिवार आसक्त नेताहरुले नेपाली जनतालाई कहिले परिवार सम्झेर काम गर्न सक्दैनन्|
क्रान्ति गरेर फोहोर कुचिला फाली जनताले चाहेको परिवर्तन ल्याउने नेता त्यागी हुन् अनिवार्य छ| अरुलाई चुरोट जाँडरक्सी छोड भनेर आफु चै लुकीलुकी खाने पनि नेता हुन्छ?
पुत्री प्रेमले गिरिजालाई डुबायो| पुत्री प्रेमले माकुनेले पदको फायदा दिलायो|
बाबुराम र प्रचण्डको पत्नी, पुत्र र पुत्री प्रेमको कर्तुत जग जाहेर छ| देश डुबानमा पारने राप्रप्रा कहिले सुध्रिने होंइन, नानीदेखि लागेको बानी| एउटा अध्यक्षले छोरोलाई मन्त्रि बनाउन वाध्य गराए, अर्काले अति नै गर्यो, भ्रष्टचारमा कुख्यात र नेपाल फुटबललाई खाल्डामा हालेको आफ्नै भाईलाई एउटा मात्र रहेको सभासदमा मनोनित गरे| राजाको प्रत्यक्ष शासन ताका १६ करोड पत्रकार र सुलसुलेलाई दिए भनेर आफ्नै खल्ती भरने कमल थापाले यस्तो खेलाँची गर्दा पनि राप्रापाका समर्थकहरु हेर्या हेर्यै छन्| किन कोहो बोल्दैनन? एमालेका नेताहरु अमेरिकालाई गाली गर्न बाँकी राख्दैनन् तर छोराछोरीलाई पुँजीवादी देशमै पठाउछन्|
प्रधान मन्त्रि बिरामी, देशकै प्रतिपक्षका नेता पनि बिरामी|
देशमा उपचार व्यवस्था गर्नु छैन विदेश नै ताक्ने जनताको पैसामा| देशमा सिटामोल किन्ने पैसा नभएर जनताको ज्यान जान्छ, राष्ट्रपति देखि सबै नेता सरकारी खर्चमा औषधि उपचार बिदेशमा| वाह वाह वाह…
नेताहरु आपसमै वाहियाते विवाद गर्यो|
अबको चार महिनामा पनि भने जस्तो संबिधान बनेन भने जनताले के गर्लान भन्ने सोच यी नेताहरुले राखेका छन् कि छैनन्? कि समय समाप्त हुने मध्यरात सम्म वाहियात गफ गरेर बिताउने हो?
आखिर एक धिक्का नभई कसैलाइ सुख हुने छैन !
घुम्दै फिर्दै , फुट्दै जुट्दै पुग्नेछ त्यो बिन्दुमा /
नेता,जनता ,प्रजा र राजाहरु नेपाली सिन्धुमा //
स्वार्थ त्याग ,परमार्थ खोज आ-आफ्नो दिल भित्र /
मरेर लानु के छ र यहाँ , रहन्छ सुकीर्ति मात्र //
कुरो को सार के हो भने गोकुल जी – यो देश मा बेक्ती, नाता गोता, तेस पछि गुट, तेस पछि पार्टी , तेस पछि मित्र राष्ट्र अन्तेमा देश लाइ प्राथमिकता राख्ना ले भाड भैलो भएको हो … माओबादी ले जनता लै सब्द जाल मा फसाउनु भन्दा केहि कुरा प्रस्ट राख्नु पर्छ –
(१) माओबादी पार्टीगत बेबस्था मा बिश्वास राक्छ कि रखादैन ?
(२) माओबादी बिक्तिगत आर्थिक सोतान्त्रा मा बिश्वास गर्छ कि गर्दैन ? पुजिबाद मा बिश्वास गर्छ कि गर्दैन ?
(३) माओबादी वाक सोत्रनता मा बिश्वास गर्छ कि गर्दैन ?
(४) माओबादी अन्तिम लक्छ्ये के हो ? ढाड मा चढे र टाउको मा हान्ने कुरा अझै माओबादी बिधान मा छ कि छैन ?
(५) जनता संग एउटा कुरा र पार्टी भित्र अर्कै कुरा गर्नु पर्ने कुरा छ कि छैन ?
नया सताब्दी मा पुरानो सताब्दी जस्तो खेल गरेर सम्भब छैन !
डोर पर्सात ज्येउ,
तपाई ले सोधेका सब कुरा माओबादी क धुर्त ब्वासा हरु लै सोध्नु भयो भने एकदम तपाई ले सोचेको जस्तै राम्रो जवाफ पाउनु हुने छ
आब काम चै के गर्छन … थाहै होला …
कुरा धेरै अगाडी देखिको हो मेरो बुवा राजाबादी हुनुन्थ्यो आमाले सधै बुवा को निर्देशन मा बुवा ले जसलाई भन्नुहुन्छ उसलाई नै भोट हाल्नुहुन्थ्यो . समय संगै विचार बदलीयो ,राजनीति बदलियो बर्षौ पछि को विदेश बसाई पछि संबिधान सभा को पहिलो निर्वाचन मा संयोगबस मलाई पनि चुनाब मा भोट हाल्ने अवसर मिल्यो. बुवा आमा संगै मा पनि गाउको बिद्यालय मा रहेको चुनाबी बुथ मा भोट हाल्न पुगे. उमेर ले सत्तरी नाघिसकेकी मेरी बुढी आमा लै मैले कहिलै के मा भोट हल्नुहुन्छा आमा भनेर सोधिन तर खै किन हो कुन्नि यसपटक मेरी बुढी आमालाई सोध्न मन लग्यो अनि सोधे आमा यसपटक कसलाई भोट हल्नुहुन्छा आमा भनेर सोध्दा आमा ले भन्नुभयो बाबु यसपटक मेरो प्रतक्ष्य भोट मा कांग्रेस को अर्जुन प्रस्साद जोशी लै हाल्छु किन कि पहिलो चुनाब मा उसले भोट माग्दा यो गाउमा बिजुली र बाटो पुरौछु भन्थ्यो पुरायो र अर्को भोट चाहना ले त हैन मर्न र मार्न रोकिन्छ कि भन्नि आशले समानुपातिक मा मयोबदी लै हाल्छु भन्नु भयो . अब बुवा को पालो आयो ,भलै मैले बुवा लै सोधिन बुवा ले पनि खै किन हो कुन्नि बुवा ले पनि हत्या हिंशा बन्द हुन्छ भने मयोबदी लै नै भोट दीने मनसाय बेक्त्य गर्नुभको थीयो तर त्यो गाउमा मेरो बुवा ले मयोबदी लै भोट हल्नुहुंचा भनेर कसैलाई बिश्वाश गर्ठेनन . पाको उमेर र सोचाई को उपज बुवा ले गाउकै एकजना जल्दा बल्दा मयोबदी कमान्डर लै बोलाउनु भो र भन्नु भो मैले जसमा भोट हालेपनि तेमेहरु ले राजाबादी नही हो भन्छौ ले मेरो भोट तीमी नै हाल भनेर अख्तिअर दिनु भो अब आयो मेरो पालो बस्ताब मा मा जहिले देखि भोट हाल्ने उमेर पुग्यो त्यो दिन देखि जति भोट हाले कांग्रेस लै नै हाल्थे अफसोच यो पटक जब बुथ मा पुगे मेरो बुढी आमा को बाक्य सम्झे . २२ बर्ष को उमेर मै जबर्जस्ति आफ्नै बाबु द्वार्य मयोबदी युद्द मा होमिएको दै युद्द को क्रम मा २२ बर्ष को उमेर मा शहिद हुँदा को पिडा मा सधै अबरुद्द हुने मेरी कान्छी आमा को आंशु सम्झे अनि मन ले नमानी नमानी पनि ballet box मा मयोबदी को पक्ष्य मा भोट खसाए.
खैर मयोबदी हरु अझै किन बुझ्दैनन् . यो त एउटा उदहारण मात्र हो पहिलो संबिधान सभा मा मयोबदी ले कसरि बहुमत लेयो भनेर . जब मयोबदी को सन्त्रास घट्दै गयो मानिस हरु आफ्नै समर्थक लै भोट दिन थाले . अझै मयोबदी हरु किन realize गर्न खोज्दैनन् त्यो समय ashta बिश्वाश र विचार ले होइन डर त्रास र धम्कि ले जितेका हुन् भनेर . जब उम्लेको दुध सेलायो आफ्नै ठाउँ मा लेबेल लगाएर बस्यो . ए पुष्प जी अनि बाबुराम जी एकछिन ठण्डा दिमाग ले सोच्नुहोस त . रुकुम र रोल्पा का गरिब र uneducated दाजु वाई हरु लै मिठा आश्वाशन को भर मा बन्दुक बोकाउनु भो अनाहक मा मार्न र maarna लगाउनु भो बिकट र सिक्ष्य को चेतना नभएको ठाउँ मा प्रभाब जनाउनु भो . अब त सोच्नुस आफ्नो घमण्ड त्याग्नुस हैसयेत भन्दा माथि को कुरा किन गर्नुहुन्छ अब तापैन्हारू को अझै पतन को दिन सुरु हुन्छ अझै येस्तै दम्भ लिनुहुन्छ भने त बेलैमा bicher गर्नुस.भासन गरेर मात्र पुग्दैन अफसोच लाग्छ बहुबिबाह को आरोप मा कैयौ को लिङ्ग काट्न लगाउनु भो अनि आफ्नै छोरा ले अर्काकी शास्नी ल्याउदा मुकदर्शक बनेर बस्नु भो सर्बहारा वर्ग को नेता आज मात्र पढ्दै छु mobile पनि iphone latest verson त्यो पनि ४,४ ओटा पो त प्रयोग गर्नुहुन्छ रे अझै तपाई ले प्रयोग गर्ने कपाल को जेल,नाडी को घडी ,perfume अनि बंगला को त के कुरा गर्नु र धिक्कार लाग्छ सर्बहारा वर्ग को मुक्ति को नारा दीएर सुरु गरेर २० जनता को नरसंहार गरेको मा .
गोकुल जी, तपाई प्रचण्ड को बफादार मान्छे हो भन्ने मा दुइमत छैन । तपाई बाबुराम लाई मात्रै दोष थोपर्दै लेख लेख्नु भयकोछ मानौ प्रचण्ड दुध ले नुहाएका मान्छे हुन् । लाखौ को बेड र करोड भाडा तिर्ने घर पनि सायद बाबुराम ले नै जुराईदियका हुन् कि ? प्रचण्ड पुत्र को आचरण ले पार्टी लाई प्रचण्ड बहुमत लिन राम्रो काम गर्ला है ? क्रान्तिकारी युवा हरु जसलाई हिजो हजारौ सपना बाडेर युद्ध मा सामेल गराइयो, सत्ता मा पुगेपछि कसरि बेवास्ता गरियो यो लिंक मा हेर्नुस. अनि लेख्नुस माओबादी किन हार्यो भनेर ……. http://setopati.com/sahityapati/16325/. अनि लेख्नुस दिल निसानी मगर जस्ता खाडी मा काम गर्ने हजारौ लडाकु योद्धा हरु को उत्तर । दिल निसानी मगरहरु को उत्तर दिने हिम्मत छ माओबादी संग ?
प्रचन्डका बाउ छोराको मनोमानी र जनता भन्दा आफुलाई निकै ठुलो ठान्ने, अकूत भ्रस्टाचार गर्ने, छिन छिनमा कुरा बदल्ने , ३ वटा श्रीमती बिहे गर्दा पनि उल्टै पदोन्नती हुने , आफ्नो ब्यक्तिगत फाईदाको लागि जातिय संघइयता को कम्युनिस्ट राज्य राज्य रुस र युगोस्लाविया जस्तै नेपाल पनि नटुक्रियोस र असफल नहोस् भन्ने जनताको चेतना ले माओवादी पत्तासाफ भएको हो ,
अब त मावोबादी मा केहि सुधार आउला कि भनेको एस्तो दरिद्र र दैध चरित्र का कार्यकर्ता रहेछन . साएद येस्तै होलान प्रचण्ड र बाबुराम का सल्लाहकार पनि . हे हे मावोबादी बाट जनता ले आस गर्नु बेर्थ छ . येस्ता ब्येक्ति हरु येदि संबिधान सभा मा छन् भने यिनले न त संबिधान बनौछन न त बन्न नै दिन्छन .
सये भन्दा बढी जनजाती बसोबास गर्ने नेपालमा हरेकलाइ राज्य दिने लोभ देखाएर गरिएको आन्दोलनले आर्जित शक्तीको आडमा कहिले एमाले फुटाउन तम्सिने त कहिले कांग्रेस | हुँदा हुँदा राजा संगै अघोषित गठबन्धन पनी गरेर देखायेउ | कहिले जनजाति उचालेर त कहिले मधेसी च्यापेर अरुलाई अरुलाई प्राकृतिक र अप्राकृतिक सम्बन्धको प्रबचन दियेउ | अनी आफैंले खनेको खाडलमा आफ्नै पार्टी घोप्टिए पछि थप्पडी बजाउनेहरुलाई कि……. परिजाओस भन्नुको तुक छैन |
लेख मा जे लेखे पनि भटराई को जति खेदो खने पनि Nepal मा अहिले भाका आउरे पुरे धुपौरे नेता भन्दा भट्टराई हजार गुना लायक छन् . सोझा बैद्य हैन, बादरे बैद्य भनौ साथी. हिजो भखर बिना जाति चितवन बन्द गरेको बादरे प्रबिती हैन ? देश लाई भट्टराई जस्तो नेता चाहिए को छ नकि प्रचण्ड जस्तो नाटक गर्न अनि झुट बोल्ने जान्ने नेता.
मित्र लै अझै पनि कथित जनयुद्द को भ्रम ले छाडेको रहेनछ| समाजबाद र साम्यबाद भनेको जनता भुलाउने प्रपंचः हो भन्ने कुरा बुझ्न रसिया, चिन लै हेरे पुग्छ| लेनिन को रसिया र माओ को चिन ले किन उनीहरुको नीति छाड्यो, संसार बाट किन कम्युनिष्ट पतन भए, खोज्ने हो भने नेपालका कम्युनिष्टपार्टी हरुले झुटको खेति छाड्ने थिए| दुर्भाग्य, काँग्रेस पार्टीको नीति राम्रो , बेक्ती भ्रस्ट| अब प्रचण्डलै हेरौ, हिजो कति नेपाली को गर्दन काटे माओबादीले दुइ बिबाह, भ्रस्टाचार को नाममा आहिले उनको छोरा नया पारस भएका छन्, अनि प्रचण्ड नया राजा| उनको लवाई खवाई र बसाइ लै के भन्नु हुन्छ माओबादी साथी हरु| अरे बाबा कुरा त जसले पनि गर्छ नि| बुर्जुवा सिक्षा को बिरोध गरेर पढ्न Nadine बाबुराम अहिले छोरीको बुर्जुवा सिक्षामा दङ्ग छन्| जनता लाइ केहि दिन झुक्यौन सकिन्छ, सधै होइन | लेखक मित्रले पनि विस्व राजनीतिको किताबहरु पढ्ने कि लेख्नु भन्दा आगाडी?
ये राता मकै अझै पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेर, ठुलो पार्टी भएरनि ४ बर्समा संबिधान दिन नसकेर, भ्रष्टाचारमा चुर्लुम्मै डुबेको भएर, डन बाद धनबाद, हत्या हिंशा नत्यागेको भएर चुनाब हारेको भन्ने चेतना खुलेको छैन?
गोकुल जी, बाबुराम र प्रचण्ड मात्रै होइन माओबादि भनेको / तपाइको लेख धेरै हद सम्म प्रचण्ड द्वारा प्रायोजित देखिन्छ / नेपाललाइ गणतन्त्र घोसित हुदाताका देखिने माथि देखि तल सम्मका माओबादि नेता र कार्यकर्ताहरु (एक दुइ लाइ छाडेर) हत्या, अपहरण, पदलोलुपता, र भ्रस्टाचारमा चुर्लुम्म डुबेको जनताले देखेका छन् र मनन गरेका छन् / पहिलो चुनाबमा “आशलाग्दो केटो जेठाज्यु पर्यो” भएपछी दोश्रो चुनाउमा माओबादिको मुल्यांकन भएको छ / अरु पार्टी र बिदेशी शक्ति मिलेर सक्दो सड्यन्त्र गरेको गन्ध पनि सुघ्न पाइएको छ, त्यो पनि अलि अलि जायज होला / तर माओबादि पार्टीले जनयुद्ध पछि कुन चै गतिलो उदाहरणयोग्य काम गरेको छ र? माओबादिहरु को कर्तुत कांग्रेसी, एमाले, बिमाले, पन्चे, मण्डले, कुण्डले हरु को भन्दा घटिया भएपछी रसातल नपुगेर धरातल मै रहिरख्छा त? के कुरा गर्नु हुन्छा यार ……….