Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गणेश थापा जवाफ देऊ

Posted on August 27, 2014August 28, 2014 by Salokya

pahilopost पशुपतिनाथको देशमा नामले गणेश भएकै भरमा छुट दिने भए अर्कै कुरा, नत्र यस्ता गम्भीर प्रश्न उठेका छन्, जवाफ दिनु पर्दैन ? त्यसो त दुई महिनाअगाडि पनि यसकारण क्यानलाई कारबाही हुन्छ, एन्फाका गणेश थापालाई हुँदैन शीर्षकमा केही कूतर्कहरुका साथ ब्लग लेखेको थिएँ। त्यसमा मिडिया दाहिने भएको कुरा पनि लेखेको थिएँ। किन नहोस्, विदेशी मिडियाले एन्फा अध्यक्षलाई डलर आएको समाचार लेखिरहेको बेला एउटा राष्ट्रिय दैनिकको बाइलाइनसहितको समाचारमा त बचाउमा यसो पनि लेखिएको थियो- ‘धनाढ्यहरुसँगको सम्पर्कले गर्दा थापाले नेपाली बैँकबाट ऋण लिन आवश्यक नठानेको हुनुपर्छ।’ कुरा थापाले खातामा आएको पैसा त ऋण पो लिएको तिरिसकेँ भनेपछि त्यसको पुष्टिका लागि आएको थियो। तर गणेश थापा अब चाहिँ फन्दामा पर्लान् कि जस्तो देखिएको छ। अब एन्फामा भएको भ्रष्टाचारको विषयलाई विशेष महत्व दिएर सार्वजनिक लेखा समितिको पूर्ण समितिले नै अध्ययन गर्ने भएको छ। फन्दामा पर्दैमा कारबाही हुन्छ भनेर भ्रम नपाल्नुस् है फेरि। यिनमा सब कुरा मिलाएर गर्ने ठूलो गुण छ। त्यसैले कारबाही धेरै परको कुरा हो। आज संसदको सार्वजनिक लेखा समितिमा बयान दिन जाँदा मिडिया देखेर आत्तिएछन् थापाकाजी। सँधै गणेश दाइ गणेश दाइ भनेर आफ्ना वरिपरि घुमिरहने खेल पत्रकारहरुको सिन्डिकेटलाई मज्जैले भने अनुसार चलाइरहेका उनी बेग्लै बिटका अपरिचित पत्रकार देखेपछि आत्तिनु स्वभाविक हो। हेर्नुस् लेखा समितिमा कस्तो कस्तो गम्भीर आरोपसहितको उजुरी परेको छ गणेश थापाविरुद्ध

anfa1
anfa2
anfa3
anfa4
anfa5
anfa6
anfa7

गणेश थापाले पूरै दम्भका साथ आज लेखासमितिमा जवाफ दिएका थिए। अडियो पहिलोपोस्टमा सुन्न यहाँ क्लिक गर्नुस्।

10 thoughts on “गणेश थापा जवाफ देऊ”

  1. devendra says:
    September 2, 2014 at 12:55 pm

    पैसा भने पछि महादेव को पनि तिन नेत्र खुल्छ भन्थे, गणेश को त सयौ नेत्र खुलेछन्

    Reply
  2. arun says:
    August 30, 2014 at 8:19 am

    राजा नभएर देश नचल्ने अनि गणेश थापा नभएर एन्फा नचल्ने त होइन…… होला नेपाल को फूटबलमा गणेश थापा को ठुलो योगदान छ, तर यो भन्दै मा नियम भन्दा माथि रहेर एन्फा मा हालीमुहाली गर्ने छुट उनलाई छैन…. अखिल नेपाल फूटबल संघ गणेश थापा को पेवा होइन…. तेसैले एन्फा भित्र भएको अनियमितता को सिघ्र छानबिन होस्….. भ्रस्टचारी लाई कारवाही गरियोस…..

    Reply
  3. sushil says:
    August 29, 2014 at 3:08 am

    कस्तो छुट्टै बिजनेश थापा जी र हमामको बीचमा रैछ त्यस्तो एकहोरो रकम ट्रान्स्फ़र हुने ? यसको छानबिन कसले गर्ने ? एन्फाको अध्यक्षले एन्फा संगै सम्बन्धित अर्को छुट्टै बिजनेश गर्न मिल्छ र ? क्या हुस्सु उत्तर भ्रष्टाचारी थापाको |

    Reply
  4. sushil says:
    August 29, 2014 at 2:42 am

    जो चोर उसैको ठुलो स्वर भनेको सहि रैछ |

    Reply
  5. ukesh says:
    August 28, 2014 at 11:49 am

    येस्ता भ्रस्टचारी लाई त सबै सम्पति जफत गरि , जन्मकैद को सजाय दिएर , कालो मोसो दली जुताको माला लगाएर देश भर घुमाउनु पर्ने हो | अनि मात्र येस्ता र अरु बाकी रहेका भ्रस्टचारीहरुको घैंटोमा घाम लाग्ने छ र देश को बिकाश हुनेछ, अन्यथा हाम्रो देश १०० त के १००० वर्ष पनि येस्तै रहनेछ |

    Reply
  6. gobinda says:
    August 28, 2014 at 2:05 am

    नेपालमा सरकार नभएको जस्तै छ नि त के हो ? अनि गणेश थापालाई Life president बनाइ दिएको हो कि के हो ? ANFA यिनको श्रीमतीको दाइजोमा आए जस्तै
    पो छ त , यिनको मोज- मस्ती मा मात्र प्रगति भएको तर ANFA भने जस्ताको तेस्तै, नेपालमा एउटा रंगशाला समेत गतिलो छैन ?कहिले हुन्छ र कसरि हुन्छ प्रगति ?

    Reply
  7. सिर्जने says:
    August 28, 2014 at 1:42 am

    येत्तिका वर्षसम्म यो थापाको कर्तुत बापत किन कसैले उजुरी गरेन? किन कुनै निकायको अनि एन्फाका पदाधिकारिको ध्यान गएन? किन उनीहरु माइन्युटमा सहि गर्दै चुपो लगेर बसे? जम्मा जम्मी अन्दाजी करोड डलर (रुपया होइन डलर) को हिसाब किताब गायब छ भने अब गणेश थापालाइ कारवाही (कथम कदाचित भयो भने) गर्दैमा त्यो पैसो कताबाट असुल होला? देशको खेलकुदको लागि आएको पैसो यसरि गायब हुनु नराम्रो हो, क्रिकेट संघको पनि अलि अलि येस्तै कुराहरु सुन्नमा आएको थियो, त्यता पनि पत्रकार महोदयहरुले खोजबिन गर्ने कि?
    गणेश थापालाइ कारवाही हुने पर्छ, सबै दुरुपयोग गरेको पैसो असुल उपर हुनुपर्छ /

    Reply
  8. Dhital says:
    August 28, 2014 at 12:47 am

    थापा खलकले त देश लाइ सिधा खाएर तेर्सो हगीसके !! सुर्यबहादुर थापा ले ३० वर्ष खायो अझै खान बसेको छ अरु थापा छन् जो पहिला नि खाए र आज पनि खादै छन् !!! खान पनि कति पो सकेको हो ? मर्दा यिनलाई पैसलेनै पोल्नु पर्ला !! दाम कमाएर क गर्नु नाम कमयेपो हुन्छ !!! अस्ति श्रीकृष्ण श्रेष्ठको सबयात्रामा देखियो नि पैसा होइन मलामी कमाउनु पर्ने रहेछ भनेर !!! पापको घडा पक्कै फुट्छ हामीलाई धैर्य गर्न गार्हो भो !!!
    जय मेरो देश !!!

    महिलाहरुको महान चाड तीजको सबैलाई शुभकामना, आफ्नो ज्यान मारेर भोको नबसौ, स्वास्थ्य को ख्याल गरौ !!!

    Reply
  9. Kumar T says:
    August 28, 2014 at 12:21 am

    दुइटो काम हुनपरो|
    १. गणेश थापालाई एन्फाको नेतृत्ववाट निलम्बन गरेर देशको नाउँ र पद बिकाएर नीजी लाभका लागि
    करोडौ रुपिया लिएको बारे अनुसन्धान गर्नपर्यो|
    त्यसरी बीन हमामबाट पाएको रकममा कर नखुलाएको कारणमा मात्र पनि तुरन्त थुनामा राखेर जिकिर गरिनु पर्छ|
    भीमसेन थापाको हवाला दिने गणेशेले यसबेला भीमसेन थापाको नाउँ लिनपर्ने के कारण हो? के नेपाली जनता
    फुटबल हुन्?
    २. संबिधान सभाले देशको कुनै पदमा बसेर बिदेशी वा स्वदेशीहरुबाट कुनै उपहार, बकस लिंदा खुलाउन
    पर्ने र देशलाई बुझाउन पर्ने| परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले दिउँसो राति देश र बिदेशमा भरिएको शीशी देखि सबै
    प्रकारका उपहार कुम्ल्याउने गरेको छ|

    Reply
  10. Devendra Basnet says:
    August 27, 2014 at 9:43 pm

    गणेश थापा त नेपाली फूटबल को भाइरस नै बनेर रहेको रहेछ हो. येत्र सरकार आए कसैलाई मतलब छैन. देशको फूटबल किन माथि जान्थ्यो अनि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme