Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किताब छाप्न मन लागेको छ तर प्रकाशक भेटिएन? धन्दा नमान्नुस्, यो एपबाट बेच्नुस् किताब

Posted on August 27, 2014 by Salokya

unnamed2 आजभोलि किताब पढ्नेहरु बढेका हुन् कि लेख्नेहरु कुन्नि। जेहोस्, एक किसिमको हलचल छ बजारमा। कहिले जर्सापको किताबले हल्ला पिट्छ, कहिले सुकुलमा बसेर ब्लु फिल्म हेरेको अनुभव रहेको किताबको अंशले। यो सब हेर्दा एउटा किताब त म पनि छाप्छु भन्ने रहर धेरैलाई लाग्दो हो। कसैसित त गज्जबको आइडिया पनि होला किताबबारे। तर छाप्ने कसरी? प्रकाशक पनि भेटिनु पर्‍यो। भेटिएर मात्र भएन, पाठकलाई भन्दा पहिला त्यही प्रकाशकलाई मन पर्नु पनि पर्‍यो। कति गज्जबका प्रतिभा प्रकाशक नभेटिएरै लुकेर रहेका पनि हुनसक्छन्।

तर अब धन्दा नमान्नुस्। एउटा गज्जबको नेपाली एप आएको छ। यो एपबाट तपाईँले आफ्नो किताब मोबाइलमा विद्युतीय स्वरुपमा प्रकाशन गर्न र बेच्न सक्नुहुन्छ। कथालय पब्लिकेसनले बनाएको WeRead नामको यो मोबाइल एपको एन्ड्रोइड स‍ंस्करण आज बुधबार अपराह्न सार्वजनिक गरिँदैछ। आइओएस एप भने एक सातापछि सार्वजनिक हुँदैछ।
unnamed
कसरी गर्ने ?
यसका लागि तपाईँले विरिड नामको यो एपमा दर्ता हुनुपर्छ। दर्ताका लागि फेसबुक, ट्विटर वा गुगल अकाउन्ट पनि प्रयोग गर्न सकिन्छ। लगइन गरिसकेपछि त्यसबाट अरु किताब किनेर डाउनलोड गरी पढ्न सकिन्छ। त्यसैगरी आफ्नो किताब अपलोड पनि गर्न सकिन्छ।

कथालयका सिइओ राजीवधर जोशीका अनुसार त्यसरी अपलोड भएका किताबहरुको विषयवस्तुलाई सामान्य जाँचिसकेपछि बेच्न राखिन्छ। मूल्य कति राख्ने तपाईँको इच्छा। सित्तैमा राख्छु भने पनि पाउनु हुन्छ।

जाँच्ने चाहिँ किन त ? जोशी भन्छन्, ‘जे पायो त्यही किताब राख्न नहुने भएकोले बेसिक कन्टेन्ट र भाषामात्रै हेर्छौँ, हार्डकपि किताब छाप्नुभन्दा अगाडिको जस्तो नभई लुज चेकिङ नै हुन्छ।’

राम्रो खालको विषयवस्तु छ भने हार्डकपीमा नछापिकनै सोसल मिडियामा प्रचार भएर अनलाइनमै इबुक बेचेर टन्न रोयल्टी पाउन सैद्धान्तिक र प्राविधिक रुपमा अब स‍ंभव भएको छ। राम्रो खालको रेस्पन्स भए त्यस्ता किताब हार्डकपिमा छाप्न पनि सम्झौता गर्न सकिने जोशी बताउँछन्।

पढ्न र किन्न पनि सजिलो
विरिडलाई मोबाइल इबुक स्टोरका रुपमा विकास गर्ने लक्ष्य कथालयको छ। यसमा कथालयका प्रकाशनमात्र हैन, अरु प्रकाशनका किताबहरु पनि बिक्रीका लागि राखिनेछ। त्यसो त कागजमै छापिएको किताब पढ्नुको मज्जा नै बेग्लै हुन्छ। तर पनि मूल्य कम र सजिलै पाइने हो भने इबुक पनि एउटा विकल्प हुन सक्छ। अझ विदेशमा बस्नेहरुलाई त कागजमा छापिएको किताब पाउन धेरै गाह्रो र महँगो पनि पर्न आउँछ।

पान्डुलिपि बुक्सले पनि धेरै भयो इबुक बेच्न थालेको। तर झण्डै हार्डकपिकै जस्तो मूल्यका कारण यो त्यति लोकप्रिय हुन सकेको देखिन्न। मोबाइल, ट्याब जस्ता हातमा बोक्न मिल्ने उपकरणका लागि लक्षित गरी ल्याइएको यो एपको भविष्य चाहिँ के हुने हो, हेर्न बाँकी छ। एप मोबाइलमा पढ्न सजिलो हुने गरी भने बनाइएको छ।

मूल्यका विषयमा जोशी भन्छन्, हाम्रा प्रकाशनहरु तपाईँ हार्डकपिभन्दा सस्तोमा पाउनु हुन्छ। अरु प्रकाशनका किताबहरु पनि सस्तोमा दिन हामी सिफारिश गरिरहेका छौँ। तर यो उहाँहरुको अधिकारको कुरा हो। हामी त यसमा किताब बेच्ने बिक्रेताको भूमिकामा मात्र हुन्छौँ।

बुधबारसम्म ५० देखि ६० वटा किताबहरु विरिडको स्टोरमा राखिसकिनेछन्। हरेक दिन स्टोरमा १० वटासम्म किताब थपिने क्रम जारी रहने उनले बताए। २ महिनाभित्र ५ सयदेखि ७ सय किताब त्यसमा राख्ने लक्ष्य रहेछ।

यो पढ्ने, किन्ने कुरा त छँदैछ, मलाई सबैभन्दा चासो भने आफैले किताब अपलोड गरी बेच्न पाउने सुविधामा रहेको छ। के कुनै नेपाली किताब हार्डकपिमा नछापिकनै इबुकमा बेस्ट सेलर बन्ला? तपाईँलाई के लाग्छ ?

सम्बन्धित लिङ्क
विरिडको एन्ड्रोइड एप

10 thoughts on “किताब छाप्न मन लागेको छ तर प्रकाशक भेटिएन? धन्दा नमान्नुस्, यो एपबाट बेच्नुस् किताब”

  1. Tika Thapa says:
    August 29, 2014 at 3:35 am

    I need to publish a book in Nepali. It is almost ready. Can you suggest a good publsher and or give me a good advice to publsh on my own? I do intend to use your facility as well.

    Will look forward to hearing from you soon.

    Reply
    1. WeRead Apps says:
      August 29, 2014 at 2:48 pm

      Tika JI

      Thank you for your interest, you have two option, 1 you can upload your novel with designed cover page, edited script on epub format in application. Or 2. you can send manuscript at [email protected]. Kathalaya will review your manuscript and if its good then will publish.

      Reply
  2. WeRead Apps says:
    August 28, 2014 at 3:53 pm

    राज जी – सुझाब को लागि धन्येबाद. कर्रेक्सोन गर्दै छौ .
    धन्येबाद रमेश जी .
    टेक राज जी – कोशिस गर्दै छौ
    Dilli जी – हाल लै अघि बढौ पढ्नु होला, तेश्को अंग्रेजी take the lead पनि निसुल्क उपलब्ध छ .

    Reply
  3. Rajeev Dhar Joshi says:
    August 28, 2014 at 3:44 pm

    रत्न जी, एस अप्प्लिकेशनमा download गरिएको पुस्तक लाई अन्य अप्प्लिकेशन मा र अन्य मा ट्रांस्फेर वा कापी गर्न सकिन्न

    Reply
  4. Ratna says:
    August 27, 2014 at 4:00 pm

    त्यसो त अंग्रेजीमा त्यस्ता एप जति पाइन्छन, तर नेपाली एप भएकोले स्वागत गर्दछु | खट्केको कुरो के भने मैले अपलोड गरेको डिजिटल किताब (प्रकाशन) अर्कोले डाउनलोड गरेर हार्डकपीमा बेच्यो भने नि ? त्यस्तो मान्छे खोज्नु, मुद्दा लगाउनु, कपीराइट लड्नु , आदि झमेला सकिंदा त्यो प्रकाशक पनि बेपत्ता भै सक्ला प्रकाशित पुस्तक बेचेको पैसा कुम्ल्याएर | एमेजनको किन्डल, नूक जस्ता इ-पुस्तक पाइने डिजिटल पसल नेपालमा पनि भित्र्याउन पर्यो |

    Reply
  5. raj says:
    August 27, 2014 at 2:08 pm

    free भनेर छुटैएको ठाउँमा किन्न पर्ने किताब पनि राखिएको रहेछ..

    Reply
  6. Ramesh Thapa says:
    August 27, 2014 at 8:01 am

    पुस्तक लेख्न चाहने र पुस्तक लेखेर पनि प्रकाशन गर्न नसकिरहेकाहरुलाई यस्तो सुनौलो अबसर जुटाइ दिएको मा कथालयका सिइओ राजीवधर जोशीलाई धन्यवाद । सफलताको शुभकामना ।

    Reply
  7. टेक राज तिमल्सिना says:
    August 27, 2014 at 5:25 am

    सार्है राम्रो कुरा | यो apps विदेश मा बसेका नेपाली हरु ले नि नेपाली कीताब हरु सजिलै पढ्न सक्ने छन् | मलाई नि जर्साब को कीताब एकचोटी सार्है पढ्न मन्लेको छ |

    Reply
    1. Ramesh Thapa says:
      August 27, 2014 at 10:10 pm

      सही कुरा गर्नु भयो टेकराज जी ! बिदेशियका नेपाली साहित्य प्रेमिहरुका लागि यो साह्रै नै शुभ समाचार हो। बिदेशमा बसेर नेपाली किताबहरु सहजै पढन पाइने भइयो । नेपालबाट कुरियर गरेर किताबहरु बिदेशमा पठाउदा हुने झन्झट र धेरै खर्च लाग्ने लागत बाट बच्न् सकिन्छ कि ?

      Reply
  8. Dilli says:
    August 27, 2014 at 5:16 am

    रमाइलो App रैछ | App Store मा आएपछि एउटा चाही किनेर पढ्नु पर्ला. कुन चाही पढ्ने होला, सल्लाह दिनुस न साथीहरु |
    धन्यवाद |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme