Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसको स्वार्थमा छ- ‘नेपाली नागरिकताको निरन्तरता?’

Posted on August 30, 2014August 30, 2014 by mysansar

आदिकवि भानुभक्त आचार्यको दुई सयौं जन्म वार्षिकीको अवसरमा गरिएको कवितामय कार्यक्रममा उपस्थित थिएँ । साहित्यमा सानै देखिको रुचि त छँदै थियो , अष्ट्रेलियामा हुने गरेका नेपाली समुदायका कार्यक्रममा सहभागिता जनाईरहने क्रम भित्र पनि थियो यो परिस्थिति । पुरानै कविता के वक्नु ,नयाँ लेख्नुको अभ्यासको कमीले सहज पनि थिएन । जिन्दगी र प्रेम सवैभन्दा सहज विषय । मैले जिन्दगीकै बारेमा लेखें । जव कार्यक्रम शुरु भयो र कविता वर्षन थाले ,एक पछि अर्को श्रृजनाले हलै गुञ्जायमान भयो ।
“उप्किदैं जाँदा मुकुटबाट
छिन्दै जाँदा आँचलबाट
तिमिले भन्यौ
के मूल्य जाबो सिताराको”

महेन्द्र पौडेलजीले जसै सितारा शीर्षकमा यी हरफ पढ्नुभयो , मेरा आँखा रसाए । सन् १९९६मार्च ३ मा जब अष्ट्रेलियाको अनन्त यात्रामा हानिएँ , मेरो सुटकेशमा एउटा बाक्लो र अर्को पातलो गरी दुई डायरी पनि साथै थिए । कस्तो मीठो कल्पना जहाजको यात्रा दौरान जाग्थ्यो भने यी डायारीका कविता अँग्रेजीमा अनुवाद गरेर अष्ट्रेलियामा चिनिन्छु । जबरजस्त विज्ञानसँग गाँसिएको लगनगाँठो तोड्नु पनि थियो । नत्र काठमाडौँ विश्व विद्यालयको पहिलो ब्याचको आईएस्सीपछि इन्जिनियर वा डाक्टर बन्नुपर्ने कर थियो । थोरै नेपाली थियौं त्यतिखेर। बाँच्नकालागि पैसाकालागि अनी पढाई शुल्कका खातिर जस्तोसुकै काम गर्न सकिँदो रहेछ । कहिले जुठा भाँडामा झोलिलो मोपमा अनि चौकिदारीमा आफूलाई हराईयो । तर कसैगरि नेपाल भन्न र नेपालीसँग जोडिन छाडिएन । अलिक अघि कृर्ति नकर्मी बहिनीकी अष्ट्रेलियन मित्रले फेसबुकमा स्टाटस राखेकी थिईन् “आज साथी भाईसँग ब्रेकफास्ट भयो ,फर्केर आउँदा युवराज विलियम्स (जो अष्ट्रेलियाको भ्रमणमा थिए ) सँग जम्काभेट भयो । मेरी साथी कृतिले जसै हात मिलाउन पाइन् उनको मुखबाट “हाई मेरो नाम कृति हो म नेपालबाट आएकि भन्ने बाक्य निस्क्यो ।” वर्षौ आफूसँग काम गरेकी र अष्ट्रेलियामा स्थायी बसोबास गरेकी कृतिले आफूलाई नेपलीको रुपमा प्रस्तुत गरेको उनीलाई रमाइलो लागेछ । युवराज विलियम्सले पनि कृतिलाई प्रशंसा गर्दै यहाँ आएर नेपाली पनि भेट्न पाउँदा खुसी लाग्यो भनेछन् ।

प्रवासमा नेपाली
अष्ट्रेलिया आएका शुरुका वर्षहरुमा यहाँका मान्छेहरुमा नेपाल र नेपालीको वारेमा खासै ज्ञान नभएको पाईयो । थोरै नेपाली थियौं , आ आफ्नै काम र पढाईमा व्यस्त । थरी थरीका काम फरक ठाउँमा गर्थ्यौं । तर कलेजमा कुनै विषयमा छलफल गर्नुपर्यो भने साथीहरुको प्रस्तुति नेपाल नै हुन्थ्यो । गौतम बुद्ध अनि सगरमाथा सहज शीर्षक थिए । रात्री क्लबको लाईनमा रहँदा “नेपाल ईज ब्लडी पुअर कन्ट्री” भनेर एउटा जँड्याहाले भन्दा उसँग बाझ्थ्यौं अनि नरमाईलो मानेर घर फर्कन्थ्यौं । बहुसँख्यक बौद्ध धर्मालम्वीकै देश थाईल्याण्डको साथीले हात उठाएर बुद्ध त भारतमा जन्मेका हुन् भन्दा उसलाई संझाई बुझाई गर्थ्यौं । नेपालबारे थाहा पाएका ,गएका वा नेपाल र नेपालीप्रति सदासयता दर्शाउने जो कोही भेटे मख्ख पर्थ्यौं ।

नेपालीहरु प्रवासीने क्रम बढ्दै गयो । खाडी मुलुक, कोरिया र मलेशिया अनि पढेलेखेका अमेरिका ,यूरोप र अष्ट्रेलिया लागे । ईन्टरनेट र संचारको विकाशसँगै नेपाल र विदेशमा बस्ने नेपालीबीचको दूरी कम हुदै घनिष्टता बढ्न थाल्यो । नेपालमा कहिल्यै नचाखेको गुन्द्रुको झोल , मम , नेपाल हुँदा समेत नपहिरिएको ढाकाटोपी र दौरासुरुवाल नेपाली गित सँगित अनि कलाकार झन् प्यारा भए । कैयन कलाकार, साहित्यकार, पत्रकार, विद्धान र विज्ञ भटाभट विदेशतिरै बसाईँ सर्न थाले । त्यस्तै नेपालमै कर्मथलो बनाएका गीत सँगीत अनि सिनेमाका कलाकारका विदेश भ्रमण बढ्दो छ । हुँदा हुँदा राजनीतिकर्मीका पनि विदेश भ्रमण बाक्लिन थालेका छन् । काँग्रेस ,एमाले,माओवादी लगायत पार्टीका नेताहरु सुभेच्छुक र भातृ संगठनका निमन्त्रणामा आउने गर्दछन् । हामी देशप्रति चासो र शुभेच्छा राख्छौं उनीहरुसँग । उनीहरुपनि शिरोपर गर्दै नेपाल फर्कन्छन् ।

नेपाली नागरिकताको निरन्तरता
मैले राख्न चाहेको कुरा नेपाली नागरिकताको निरन्तरता रहोस् भन्ने हो । जसको ग्यारेण्टी विना यो एकोहोरो जस्तो प्रेम दिगो हुन नसक्ला । झण्डै सत्तरी देशमा गैर आवासीय नेपाली सँघ –एनआरएनए गठन भैसक्दा नागरिकताको प्रश्न पेचिलो बनेको छ ।

“किन चाहियो नागरिकताको निरन्तरता अवसर खोज्दै देश छाड्नेलाई ? दुईचार दान कर्म बाहेक यिनले के गरेका छन् ? भन्ने गरिन्छ । एनआरएनले देशमा लगानी गरेन भन्ने गुनासा आउँछ ,उदाहरण पेश गरे फाइदा देखेर गरे भनिन्छ । परोपकारी काम गर्दा देखावटी भनिन्छ । लगानी गर्दा व्यापारिक सँस्था भनिन्छ । अनलाइन ब्लगमा काठमाण्डौका व्यापारिक भवन विक्री नभएर थन्किएको खबरमा ,एनआरएन कता हराए भन्ने प्रतिक्रिया आउँछ । जवानी उर्जा विदेशतिर, बुढेशकालको बेला नेपाल चाहिने रे खुब भन्ने जस्ता प्रतिक्रिया सामान्य जस्तै भईसके । जनसँख्या थेग्न नसक्ने , नेपालप्रतिको राष्ट्रियताको सवालमा ईमान्दार नरहने ,देशको सुरक्षा सम्बन्धी सूचना छरपस्ट पार्ने आदि ईत्यादि जिज्ञासा उठाइन्छ ।

नेपालका राजनेताहरुका यस्ता विचार विभिन्न मञ्चबाट सुनिरहँदा सन् १९४७ देखि अटुट भारतीय गोर्खा रेजिमेण्टमा र त्यसअघि देखि नै आजसम्म वेलायती सेनामा कार्यरत र निवृत्तहरुबाट देशको सुरक्षमा के कति चुनौती भए भन्ने कौतुहलता जाग्थ्यो । धरापमा परेको राष्ट्रिय सुरक्षा सम्बन्धी सूचना यिनबाट कि लैनचौरमा रिपोर्टिङ गर्ने बानी परेका राजनेताहरुबाट ?

विदेशी नागरिकता लिनेहरु खासगरी यूरोप अमेरिका र अष्ट्रेलियामा छन् । जसकालागि नेपाली नगरिकताको निरन्तरता बढी सान्दर्भिक छ । यी मध्ये केही नेपालमै सीप ,शिक्षा अनि विद्द्वता लिएर विदेशिएका छन् । यसबाहेक कोही विदेशमै शिक्षा र दक्षाता हासिल गर्ने पनि छन् । उनीहरुले सीप ,सम्पति र ज्ञान नेपालमा पुर्याउँदा नेपाल घाटामा त पक्कै जाँदैन । न त नेपालका कर्मचारी ,विद्धान या व्यापारीलाई यो सहयोगको प्रवाहले क्ष्यति पुर्याउँछ । न त ज्ञान बाँड्दा घट्छ न त सम्पती फ्रिज गर्दा बढ्छ । यतिखेर अविनभ खनाल,छिरिङ डोल्मा ,दावा शेर्पा अनि बिदुरराज गौतम लगायत युवाहरु केही समयकै लागि भएपनि विदेशमा आर्जन गरेका ज्ञान र सीप नेपालका विभिन्न क्षेत्रमा प्रयोग गर्दैछन् । दिलशोभा ,रविन्द्र,दिक्षा अनि अनुराधाका पुण्यकाममा हजारौं गैर आवासीय नेपाली होस्टेमा र्हैसे गर्दैछन् । आर्थिक रुग्णताको उपचार गर्न असमर्थ कलाकार,साहित्यकार , राजनीतिज्ञ या सर्वसाधारणको वारेमा सामाजिक सञ्जालकै सञ्चारका भरमा सहयोगी हातहरु अघि सर्छन् ।

गैर आवासीय नेपालीहरु सदा नेपाल सम्झन्छन् नेपालकै चिन्ता गर्छन् । आफूले आर्जन गरेका ज्ञान , सीप अनि धनले नेपाल पनि लाभान्वित होस् भन्ने ठान्छन् । आफै विदेशिएको सन् १९९६बाट २०१४ सम्म आईपुग्दा गैर आवासीय नेपालीको विदेशमा परिचय बदलिएको पाएको छु । अष्ट्रेलियामा उतिखेर होटलका कोठा सफा गर्दे अध्ययन शुरु गरेका शेष घले अष्ट्रेलियाकै एक सय पचासौ धनाड्य व्यावसायी भएका छन् । वैज्ञानिक प्रोफेसर भेषराज भण्डारी अष्ट्रेलियाकै विज्ञानका पूँजी मानिन्छन् अनि सामान्य सामुदायिक सँस्थाबाट सामाजिक सक्रियतामा पाईला बढाएकी ईन्द्रा वन यहाँको सरकारबाट विशिष्ट श्रेणीको सामाजिक अभियान्ताको रुपमा सम्मानित छिन् । बाँच्नलाई र कर्म गर्न हामीलाई अष्ट्रेलिया साँघुरो छैन ,अवसर प्रशस्त छन् । नेपाली नागरिकता निरन्तरताले हामीलाई हुने भनेको मुख्य गर्व र भावनात्मक जीत हो । तर खोसिदा नेपालले गुमाउने धेरै हुन सक्छ ।

“नियालेर हेर
छुटेका तिनै सिताराको टलकमा
देख्ने छौ
शान्तिका दूत गौतम बुध्द”
(महेन्द्र पौडेलको श्रृजित कविताकै अन्य पंक्तिहरु)

केहि साता अघि अष्ट्रेलियामा भएको भानु स्मृति कार्यक्रममा एकपछि अर्को होनाहार कविता गुञ्जदै गए । नेपाली साहित्यका आदिकविको सम्झनामा विशेष र पुण्य दिन थियो । लाग्थ्यो उनका कृति र देन अनि नेपाली भाषा प्रतिको निष्ठा दूर अनन्तसम्म प्रज्वलित हुनेछ । तनहुँ चुँदिरम्घा भन्दा हजारौ माईल परसम्म पनि आदिकविले थालनी गरेको नेपाली साहित्यको काव्ययात्रा चम्काईरहने कलम छन् । मैले खल्तीमा बोकेको जिन्दगी शीर्षकको कविता उप्काउनु परेन । मलाई यो क्षण माया आफू र आफ्नो कविताको भएन । नेपाल र नेपाली साहित्य प्रतिको थियो । जुन अटेस मटेस नै त्यो हलमा मडारिएको थियो । कम्तीमा नेपाली नागरिकताको निरन्तरताको बाटो फुके दोश्रो पुस्ताका हाम्रा सन्ततिका भावना पनि यो नेपाली परम्परा अनि भाषा भेषको निरन्तरतामा गाँसिने थियो कि ?

(पोखरेल गैर आवासीय नेपाली स‍ंघ अष्ट्रेलियाका सचिव हुन्।)

[नोटः समय अभावले यो ब्लगमा सम्पादन गरिएको छैन]

35 thoughts on “कसको स्वार्थमा छ- ‘नेपाली नागरिकताको निरन्तरता?’”

  1. Dinesh says:
    September 3, 2014 at 1:27 am

    ल म पनि विदेश मा बस्छु संसार को धनि देशमा पर्छ . मैले ३४ वर्षा सम्म कमाएको नेपाल मै छ केहिलियेर आएको chhaina. खाली आफ्नो सिप र अनुभव तर यो n R N हरु ले मागेको एक पल्ट को नेपाली सधै को नेपाली स्वीकार छ(त्यो त मन ले र गरेर देखाउने हो माग्ने होइन ) तर नागरिकता अलि मिलेन साथी. विसा लगाएर नै जानु पर्छ विदेशको Passport लिए pachhi. विदेश मा नेपाल को बारेमा naramro कुरा हुदा म कहाँको नेपाल को म त होइन USA, EU वा aUS भन्ने अनि राम्रो कुराहुदा नेपालको. साथी हो सबै ले भन्नु मिल्दैन नेपाली nagarikta.

    Reply
  2. Sushant sharma says:
    September 2, 2014 at 3:51 pm

    तपाई (हरु) बिदेसी पासपोर्ट र नागरिकता लियर नेपाल घुम्न आउनुस . हामी बिरोध गर्दैनौ . स्वागत नै गरौला . इमोशनाल बनेर हुन्न साथीहरु. अब तपाईहरु अतिथि हो हाम्रो. अतिथि देबो भव: …. बास माग्नुस कृपया घर नमाग्नुस \

    Reply
    1. akash says:
      September 2, 2014 at 11:27 pm

      साथी अतिथि को स्वागत गर्ने रे ! घर मा आउनुहोस भन्नु पर्ने मा अतिथि पो पहिले तपाई को घर गाउ र सहर सफा राख्नु होला मा तपाइको घर मा आउछु ! गफ बढ्ता नगर्नु !

      Reply
    2. shushant sharma says:
      September 3, 2014 at 12:31 pm

      साथी आकाश तिमि बिदेसमा बस्ने घर भन्दा मेरो घर कम सफा छैन. तिमि आउ भनेकै छु . नेपाल को घर लई कम से कम घर नभन, मेरो बाऊको घर भन न . अनि फेरी यस्तो फोहोर सहर भाको देस को नागरिकता चाहियको चाही किन के तिम्लाई?

      Reply
  3. Keshab says:
    September 1, 2014 at 12:07 pm

    “नेपाली नागरिकता निरन्तरताले हामीलाई हुने भनेको मुख्य गर्व र भावनात्मक जीत हो । तर खोसिदा नेपालले गुमाउने धेरै हुन सक्छ” ….
    – भारत जी, नेपाली नागरिकताले गर्ब हुने भए त किन त्याग गर्नुहुन्थ्यो र? यो सब नाटक छाड्नुस, अस्ट्रेलिया बस्नुस, सुख साथ् जिउनुस, तपाइन्हरुको सुखलाई कुनै पनि नेपालीले इर्ष्या गर्दैनन्… हामि नेपालीले कहिले गैर-नेपालीको त कहिले भू-पु नेपालीको उपदेश मात्रै सुन्नुपर्ने.. यदि नेपाल लाइ सहयोग गर्न चाहनुहुन्छा भने तपाइंको सरकार (Australian) लाइ दिनुस, उसले नेपाललाई सहयोग गरिरहेको छ /

    Reply
  4. Jung Bahadur says:
    September 1, 2014 at 11:49 am

    हो आज म विदेश आएर बिदेसी नागरिकता लिएको छु, तर मेरो मन ले सधै नेपाल जप्छ.. हो आज मा आफ्नै देशमा बिदेसीले झैँ visa लगाएर आउन पर्छ तर पनि मेरो मस्तीक सधै नेपालआमाको सेवामा तल्लिन छ……!!! बिदेसिनु र बिदेसी नागरिकता लिनु दुइ भिन्न भिन्नै कुरा हुन्…. बिदेशमा नागरिकता लिनु भनेय्को बिदेसी पस्स्पोर्ट मात्रै लिनु होइन महोदयहरु,
    > सरकारी जागिर खान,
    > आफ्नो कर्मथलो मा भय्गरेय्का सम्पूर्ण सेवा सुबिधा को सदुपग्योग गर्न,
    > बिदेसी भूमिमा जनिमियेका हाम्रा छोरा छोरि हरु स्कूल जादा येहिका बासिन्दा झैँ treatment पाऊँन भन्नलै हो …

    नागरिकताको निरन्तरतामा नेपाल लै के अफ्तेरो छ… हामी नया नागिकता देउ भनेय्कै छैनौ, बल्कि नागरिकता भैसकेका हरु को cancel मात्र नगर भनेय्का छौ…… हो म विदेश म बस्छु, dollar म कमौचु, म जस्ता लाखौ नेपालीले श्रम बेचेर कमाएको धन ले आज नेपाल चलेय्को छ….!! हो म विदेश म बस्छु, तर रमेश खरेल जस्ता सच्चा नेपाली सपुत लै सरुवा गर्दा चुप लगेर बस्दिन, हो म विदेश म बस्छु तर गुन्डागर्दी र लागु औसाद ऒसर पसार गर्ने गुण्ड naekey हरुलाई समर्थन जनौनी नेता भानुदहरुको पछि लाग्दिन….तिनीहरु जेल चलन हुदा, सडक म गएर tyre बाल्दीन … निमुखा नेपाली जनताले कमाएर भरेको राजस्व बाट पार्टीका केंद्रिये taukey नेताहरुको विदेशमा उपचारलाई पैसा chuttuanna .. भ्रस्टाचारको आरोप लगेय्काहरुलाई सभासद तुल्ल्यौन्न…. साथीहरु, देशमा अराजकता छ, दण्डहीनता छ,,…. हाम्लाई नेपाल ले अब क दिन्छ भन्दापनि हामी अब नेपाल लै के दिन सक्छौ भनेर हामी सोच्छौ…. बिरोध नै गर्न छ भनी यस्ता कुराहरुको बिरोध गर्नुस हाम्रो देश नेपालले प्रगतिको उज्यालो देख्न धेरै कुर्न पर्दैन……!!!

    Reply
  5. Karna says:
    September 1, 2014 at 5:01 am

    सुनिल जी तपाई को कुरा ठिक लाग्यो I

    Reply
  6. krishna says:
    August 31, 2014 at 10:00 pm

    लौ दोहोरो नागरिकता दिने भो रे ! आखिर देसलाई चाइ के घाटा पर्ने रहेछ ? लौन भंदिनुस अनि पाउनेलाई के फयादा हुने रहेछ? सोझो हुनु पनि ब्यर्थै रहेछ …..

    Reply
  7. gokul karki says:
    August 31, 2014 at 8:41 pm

    नेपालमा भएका दोहोरो नागरिकताधारीहरुलाई देशबाटै खेद्ने भन्ने कुरो आएको बेलामा अब झन् गैर आवासीय मित्रहरुको कुरो त खै,,,,,,

    Reply
  8. akash says:
    August 31, 2014 at 7:53 pm

    दोहोरो नागरिकता का बिरोधिहरुले विदेश मा बस्ने दाजुभाईहरु लै नेपाली मान्दैनन एसको कारण केहि होइन इर्श्या र जलन मात्र हो ! ति नै बिरोध गर्ने हरु लै विदेशिने मौका मिलोस त तिनीहरु ले कित्ता change गर्ने छन् ! विदेश को pr वा tr वा ग्रीनकार्ड लिदा मात्र पनि त भै हाल्छ नि नागरिकता नलिनु नि त भनेर तर्क राख्ने हरु पनि भेतिन्चन तर PR मात्र लिएको बियक्ति नेपाल गएर धेरै मा ६ महिना वा एक वर्ष नेपाल मा बसेमा PR गुमना सक्ने प्राबधान पनि छ जुन कुरा नागरिकता लिएपछि समस्या हुदैन. EU को नागरिकता अरु देश मा जादा सहजै रुपमा WORKPERMIT PAUN सकिन्छ आखिर मा नेपाल मा बसेका परिवार लै नै त आर्थिक सहयोग हुन्छ नि उनीहरु ले काम गर्दा ! मलाई लाग्छ कि विदेश मा बस्ने नेपाली नेपाली नागरिक ले विदेशको नागरिकता लिदा नेपाली नागरिकता लै निरन्तरता दिदैमा केहि नराम्रो हुने वाला छैन ! कति लै लाग्ला कि तेसो हो भने त भारतीय हरु ले सहज रुपमा नेपाल को नागरिकता लिने छन् र नेपाली नै अन्त्य मा अल्पमत मा पर्ने छन् ! तर तेस्को लागि पनि तेही अनुसार को कानुन बनाए भै हालचा जस्तो कि बंगलादेश ले क्यानाडा USA , अस्ट्रेलिया , युरोप र UK मा रहेका बंगलादेशी लाई मात्र दोहोरो नागरिकता दिने प्राबधान गरेको छ ! यो लिंक हेर्दा हुन्छ एसले बंगलादेश मा त धेरै लगानी भित्रिएको छ !http://www.dualcitizenship.com/countries/bangladesh.html#

    नेपालीहरु को संदर्व मा पनि येसो गर्दा केहि नराम्रो हुने जस्तो मलाई लाग्दैन! तर बिदेश्येका दिन नै भेडा बाख्रा जस्तो बेभवार गरेका थिए विमानस्थल मा कर्मचारी ले येसो MYSANSAR मा कमेन्ट गर्ने कतिपय नेपाली दाजुभाई हरु को लेखी हेर्दा वहा हरु र ति त्रिभुवन विमानस्थल क कर्मचारी EYAUTAI DIANG क मुला जस्तो लागे ! युरोप अमेरिका र अस्ट्रेलिया पुग्ने बित्तिकै के के न नेपाल लाई सहयोग गर्नु पर्ने भंचन कति पाए ले . त्यो कुरा आफ्नो इच्छा को हो मा युरोप आएको ३,४ वर्ष त आफु खुट्टा टेकना मै समय बिटो COLLEGE , काम भनो सबै कुरा महँगो छ एक छाक खाएर पनि दुख गरियो निन्द्रा को ठेगान THEANA तै पनि नेपाल मा लागेको ऋण तिर्नु , दिदि बहिनि को बिहा गर्नु आमा बुबा को औसधि उपचार गर्नु कति जिम्मेवारी हुन्छ तै पनि नेपाल मा कहिले बढी कहिले पहिरो अनि कहिले किड्नी र लिवर फाइल भएर फचेबूक मा देखिने मानिसहरु लाई सानो तिनो सहयोग पनि गरेकै हो ! अरु कमाएको सबै पैसा नेपाल नै पथ्येको नै छ सबै नेपाली ले पठाएको पैसा रेमिटेन्स ले नै नेपाल को अर्थतन्त्र धानेको भनेर सबै भंचन ! बल्ल बल्ल ५-६ वर्ष यहाँ बसेर नागरिकता लिदा कागजी झन्झट र अलिकति स्थायित्य को GARENTTI हुन्छ भने नेपाल मा बसेका नेपाली लाई किन एती टाउको दुखेको !

    Reply
  9. suraj says:
    August 31, 2014 at 10:53 am

    तपाईं आफ्नाे ठाउँमा ठिक हुनुहेाला तर म असहमत छु । बास्तबमा TR , PR लिदैमा नेपाली नागरिकता त्याग्नु पर्दैन जब हामी तेही देसकाे PASSPORT लिन्छौं तब मात्र नेपाली नागरिकता त्याग्नुपर्दछ । passport नलिदा र लिदामा त्यो देशमा भाेट दिन पाउने अधिकार बाहेक अन्य कुरामा समान अधिकार हुन्छ । नेपालकाे तेती धेरै माया भए किन हरियो passport लाई घृणा गर्ने । अाफ्नाे सानो स्वार्थकाे लागि नेपाल अामाकाे सुरक्षामा किन दखल दिने ।\

    Reply
    1. Jung bahadur says:
      September 3, 2014 at 4:06 am

      सुरक्षाको कुरो गर्नुभो सुरज्जी देसको प्रधानमन्त्रिले Tanakarpur भारतमा पर्चा भनेर भन्दा, तपाइको सुरख्चा कहाँ गको थियो,….GU खान…..? अनि भारतको प्रधन्म्नात्री निम्तो मान्न आउदा, देशको surkhsha नीति नै फेल भएजस्तो, भारतीय हतियारधारीको समूह त्रिभुवन बिमंस्थाल्को बाटो राजधानी भित्रिदा, तपाइलाई तपाइको आत्मा ले धिक्करेना……खोइ त नेपाल को सुरक्षा, हतियार धारी को समूह नेपाल पसेर rifle नाचौदा हामीले हाम्रो सुरक्षा को कुरा गर्न पर्दैनथ्यो…..!!! के नेपाल प्रहरी तेती लाचार थियो कि एउटा सानो टोलि लै सुरक्षा दिन नसक्ने……?? तपैहरु गर्न पनि नसक्ने अनि गर्छु भन्ने हरुलाई खुट्टा तान्ने……!!! ए बाबा, नया नागरिकता बढ्ने पर्दैन के …. तेही पुरानो भएका हरु को cancel मात्र नगर भनेय्को हो…!! मदेश आन्दोलन को समयमा dassau हज्जार भारतीय दलाल हरुले मन पर्नी नागरिकता लिए र बढी….!!!खोइ त……सुरक्षा ……भएन नि….!! एस्सो, soch bichar garnuhuncha कि……..??

      Reply
  10. सन्जय थापा says:
    August 31, 2014 at 10:28 am

    यी बिचाराहरु एउटा कन्सल्टेन्सी खोलेर नेपालीलाई नै ठगेर केही कमाए भन्दैमा उपदेश दिन मिल्छ? अष्ट्रेलियाको कुन एउटा नेपालीले त्यस्तो काम गरेको छ जसमा हामीले गर्ब गरौं? शेष घलेले पैसा त कमाएको होला र मन्त्री लगायतलाई भोज भतेर गरेको होला तर कुन दीनदूखीलाइ सहयोग गरेको छ? अरुत ठग्नलाई बाटो ढुक्ने मात्रै हो। नपत्याए सिडनीको एउटैबिल्डीँगमा नेपालीको ५वटा सम्म दलाली गर्ने अफिस भनौं कि कोठा छ। अहिले नेपालबाट बिधार्थी आउन कम भएकोले यिनेरको निद्रा हराएको छ। माछा बजारमा छटपटी छ।

    Reply
  11. basanta malla says:
    August 31, 2014 at 7:24 am

    पहिला नेपाली नागरिकता त्यागेर कार्ड पाउदा रमाउने अहिले फेरी नागरिकता चाहियो भन्ने के को राष्ट्र भक्ति हो यो

    Reply
  12. santosh says:
    August 31, 2014 at 5:52 am

    emotional कुरामा double नागरिकता को demand रैछ यो लेख…
    नेपालको माया लाग्ने भए नागरिकता नत्यागे भैगो नि… अनि फेरी माया नै लाग्ने भए त्यो नागरिकता को कागज किन चाहियो ? साथ र सहयोग त कति विदेशी ले विना नागरिकता गर्छन् भने यहाँ संग त नेपालको पुरानो नाता छ…
    समाज भनेको र देश भनेको फेरी अलि फरक कुरा पो हो कि ? भुटानका नेपालीहरु संग नेपालको नागरिकता नभए नि नेपालीपन त अझै बाकि नै होला नि… नेपाली समाज नेपालीहरु जहाँ गए त्यहाँ कुनै रुपमा हुने नै गर्छ… देश एउटा राजनीतिक भूगोल हो … फरक फरक राजनीतिक विचार, अवस्था, व्यवस्था भएका दुइ अलग देशको नागरिक बन्दा आउने अलग अलग जिम्मेबारी, दायित्व अनि कानुनी कुरा हरु…. अनेक कुरा होला नि हो…. त्यति सजिलो त कहाँ हुन्छ र यस्तो गम्भीर विषय…. संबिधान नबनेको देशमा double नागरिकता ??

    Reply
  13. sushil says:
    August 31, 2014 at 4:00 am

    २० बर्ष कुनै संस्थामा सेवा गर्दा पेन्सन हुन्छ तर ५० -६० बर्षसम्म जन्मी हुर्की सेवा गरेको देश बिरानो बनाउने विद्वान नेपालीहरुको बौद्धिक स्तरलाई के भन्ने ? छोरा छोरी बिदेशी नागरिक छन् , बृद्ध बा -आमा नेपाली | शारीरिक रूपले अशक्त र कमजोर हुने बुढेसकालमा बिदेशी नागरिकता लिए देश छुट्ने न लिए सन्तानको साथ् | त्यती मात्र नभएर बुढेशकालको रोग ब्याधीलाई ब्यस्बस्थापन गर्न बिदेशी नागरीकता नलिए धोती न टोपी हुने | लौ न हामीलाई पनि यसो बुँदागत रुपमा बताई दिए हुन्थ्यो कि दोहोरो नागरिकता लिए यी बेफाइदाहरु हुन्छन |

    Reply
  14. Ramesh Thapa says:
    August 30, 2014 at 9:13 pm

    भरत पोखरेलजी को लेख पढ्दा मलाई साह्रैनै घत लाग्यो । हो पक्कै पनि नेपालीहरु संसारका बिभिन्न देशहरुमा छरिएका छन तर उनिहरुको मन नेपाल भित्रै छ। वास्तवमा नेपाली जुनसुकै कारण ले बिदेशिय पनि उनिहरुको मन नेपाली नै छ र रहेने कुरा मा कुन सन्देह छैन तर नागरिकताको सवाल मा भने केही प्रश्न हरु अबश्य पनि खडा हुन्छन। हो नेपाली भएकै कारण नेपाली नागरिकता पाउनका लागि माग राख्नु नाजायत होइन तर यो गम्भिर माग पनि हो । नेपालमा सबिधान सभाबाट नयाँ संबिधान लेख्दै गरेको बेला संबिधान सभाले पनि यस् प्रश्न को सहि जबाफ दिनै पर्छ। अहिले पनि लाखौं बिदेशी हरुले सहजै नागरिकता लीईरहेका बेला, एउटा देशभक्त नेपालीले नागरिकता किन नपाउने ? गैरआवाशिय नेपाली ले पनि आफ्नो जन्म भुमिको माया लाई नभुलेर भय पनि केही योग्दान अबश्य दिनै पर्छ। उदाहरण का लागि गैरआवाशिय भारतीय ले भारत मा पुर्‍यायको योग्दान लाई पनि केही शिक्षा को रुपमा लिन सकिन्छ। सम्पन्न भारत बन्न का लागि जसरी गैरआवाशिय भारतीय ले योगदान पुर्‍यायका छन त्यसै गरी नेपालको बिकास मा पनि गैरआवाशिय नेपालीको साथ को जरुरी छ ।

    Reply
  15. raj says:
    August 30, 2014 at 9:06 pm

    कहिले कहीं मा यो blog पदने गर्छु आजको लेख् पढे पछि केहि comment गर्न मन लग्यो. पहिलो कुरा NRN भनेको के हो student, working visa ma काम गर्ने नेपाली कसरि NRN हुन सक्छन?
    दोस्रो कुरो यदि मा संग पहिला देखिने नेपाली नागरिकता छ र मा अर्को देसको नागरिकता लियां बहने मेरो नागरिकता निरन्तरता दिंदा नेपालको लागि क कति कारणले खतरा हुन्छा? अर्को देसको नागरिकता छोड्यो भने नेपाली नागरिकता निरन्तरता हुने राख्यो वने नहुने यो कस्तो नियम हो?
    ग्लोबल भिलेज बनि सकेको अवस्थामा पनि नेपालीहरु जुदेको देख्दा हाँसो उठ्छा. मलाई दोहोरो नागरिकता दिए पनि नदिया पनि खी फरक पर्दैन
    जति यहाँ दोहोरो नागरिकता को बिरोद गर्ने हरु छन्, मा नेपाल जाँदै कसरि अमेरिका जना सकिन्छा भनेर आउनेहरु छन्

    Reply
  16. ज्वलन्त पाण्डे says:
    August 30, 2014 at 8:39 pm

    हिमालका चिसा झुपडि देखि तराईका डढेका छालाहरु,दिनमा ४ मुट्ठि चामल चपाउन नपाएका दुखि गरिब,सबै किसिमका अबसरबाट बन्चित नेपालिहरु नेपालको बिकाश र उन्नतिका हिस्सा बनिरहेका छन राज्यलाई कर तिरिरहेका छन् र पनि नागरिकताबाट बन्चित छन् तर सुरक्षा र ब्यक्तिगत हितको लागि आफ्नै देशको बिपन्नतालाई कसरि समुन्नत बनाउन सकिन्छ बन्नेतिर नलागि “खोट” देखाएर पलायन हुने र आफु अघाएर मोटाएर दुब्ला नेपालिलाई हेप्न “नागरिकता”मा आखा गाड्नेहरु खबरदार!!!!!!!!!!!!

    Reply
  17. Ram says:
    August 30, 2014 at 8:31 pm

    NRN अस्ट्रेलिया, पैसा धेरै कमाएकाले नाम कमाउने, कोहि आफ्नो बेवसायको बिज्ञापन गर्ने र केहि कुहिएको आलु जस्ता धुपौरे नेताहरुको फुर्ति लाउने थलो भएको हाम्लाई लागि राछ I

    Reply
  18. dipjung says:
    August 30, 2014 at 6:11 pm

    all the developed countries like uk usa aus,canada have dual citizenship system,for them to provide citizenship to the people from any contries is not any sort of fear…but for country like nepal ,….oh my god…its like project reaching to the moon….
    without any doubt ,i can declare that when all most all developed coutnries have this system, then NEPAL AND NEPLESE PEOPLE THEMSELVES WOULD DEMAND..the dual citizenship….

    Reply
    1. ज्वलन्त पाण्डे says:
      August 30, 2014 at 8:52 pm

      दिपजंग जि !नेपाल “बिकसित” त के बिकाशोन्मुख पनि छैन! याद गर्नुस जुन दिन नेपाल बिकशित हुन्छ ,कानुन कुनै अमुक चिज होईन ड्युल नागरिकताको कुरा तेतिबेला हामि सोचाैला बा हाम्रा अाउदा पिढि सोच्नेछन। दुईछाक खान नसक्नेले पैसाको बिस्तारा कल्पना गर्नु हुदैन। के एन आर एन ले ड्युल नागरिकता पाउन साथ नेपाल एकैपटक “बिकसित” हुन्छ भन्ने सोच राख्नु भको छ?? आउनुस बिदेशि नागरिकता त्याग्नुस र सक्नु हुन्छ भने नेपाल निर्माणको हिस्सा बन्नुस।

      Reply
    2. Shshank says:
      August 31, 2014 at 10:33 am

      Let’s Nepal gets develop, every Nepalese gets dual citizenship. Until then wait. Don’t compare Nepal with develop countries.

      Reply
  19. Arjun says:
    August 30, 2014 at 2:00 pm

    भरतजी ……. नेपाल मा लगानी गर्न, सहयोग गर्न तपाइलाई नेपाली नागरिकता नै किन चहियो… तपाइलाई देस (नेपाल ) कॊ माया लाग्थ्यो भने अस्ट्रेलिया कॊ PR मात्र लेर नेपाल को नागरिक ता किन लिनु भयन .

    र अर्को कुरा नेपाल सरकार, अस्ट्रेलिया सरकार भन्दा आर्थिक रुपमा गरिब नै होला तैपनि तपाई , म लगायत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनि हरु लाइ मागेर भय पनि सानोमा धेरै प्रकार का खोप हरु फ्री मा लगायको बिर्सनु भय जस्तो छ.
    i
    अर्को कुरा अस्ट्रेलिया सरकार ले तपाइलाई PR / नागरिकता दिदा तपाई को फुल बडी, सैछिक योगेयता आदि कुरा चेक गरेर मात्र दियको हो …

    हामीले पनि देखेका छौ अस्ट्रेलिया मा NRN ले के के गरेको छ …..के के गर्दै छ . NRN चुनाब मा के कस्ता गतिबिधि हरु भय र तपाईहरु ले कसरि चुनाब जित्नु भयो भन्ने कुरा.

    तपाई हरु अस्ट्रेलिया मा त कांग्रेस, माओबादी , येमलॆ भन्नु हुन्छ , भन्न रुचाउनु हुन्छ . अरु के कुरा गर्ने…..

    Reply
  20. Thokar says:
    August 30, 2014 at 1:51 pm

    भोलि घुसपैठ भै दोहोरो नागरिकताको आडमा नेपाली नै अल्पमतमा पर्दा के हुन्छ नि? त्यसको लागि भारतले केहि गर्नु पर्दैन मात्रै अहिले उसको दुताबासलाई नेपालमा खर्च गर्न दिइराखेको फन्डमा थोरै थपे पुग्छ।ेतना भया !!!

    Reply
  21. Ram Thapa says:
    August 30, 2014 at 12:34 pm

    पर्सनाल्ली सामाजिक काम गरेका भनेको उपेन्द्र महतो ले मात्र होलान नत्र एन आर एन ले सरकार संग पैसा मागेर ५ तारे मा सेमिनार बाहेक के नै गरेका छन् र . हेरिराख्नुस सेश घले को होटेल को लगानी पनि एन्सेल को लगानी भन्दा फरक हुन सक्दैन . यहाँ कमाएर लाने . अनि रह्यो नागरिकता को कुरा आज सम्म मैले त सुनेको छैन एउटा नागरिक २ देश को भनेर. लगानी को कुरा त अरु ले जसरि लगानी गरेका छन् तेसरी नै लगानी गर्न कोसीले छेकेको छैन

    Reply
  22. बेखालाल नेपाल says:
    August 30, 2014 at 11:07 am

    नेपालको माया त्यागेर विदेशमा बसिसके पछि (बाध्यतालाई दोष नदेउ) नेपाली नागरिकता (कागज त हो नि) को चाही किन माया लागेको क्या| आखिर दोहरो नागरिकता दिए नि उहाहरु लाखौ मध्धे दुइ चार जनाले मात्रै आबेदन दिने छन्| मलाई यस्तो लाग्छ| केहि फरक हुने वाला छैन|

    Reply
  23. Ram Thapa says:
    August 30, 2014 at 10:36 am

    भरतजीको लेख राम्रो छ | त्यहि NRN र विदेशिनेहरुलाई पासपोर्ट डबल ट्रेबल मूल्यमा बेचेर सरकारले करोडौं कमाउदै छ प्रतिदिन; तर नागरिकताको कुरा गर्दा तर्सिन्छ | कुनै पनि राजनीतिक दलका नेताहरुलाइ विदेशमा बोल्न वा कार्यक्रममा भाग लिन निम्त्याउन्दा पहिलो शर्त दोहोरो नागरिकतामा लिखित वचन दिन लाउनु पर्छ, नत्र आएर भाषण ठोक्छन, भोज भतेर खान्छन अनि नेपाल फर्के पछि त्यहि विषयमा विरोध गर्छन | यस्ता चरित्र भएका नेताहरुलाई किन बोलाउनु ? वर्षौं सम्म एउटा संविधान त बनाउन नसक्नेहरुले संसारभरी छरिएर रहेका नेपालीको भावना बुझेर नेपाली नागरिकताको निरन्तरता गराउन के सक्थे ? NRN ले संबिधान सभामा एउटा बिल वा प्रस्ताव पेश किन नगरेको ? एमाले, मावोवादी, कांग्रेस, सबै दलका नेताहरु विदेश धाउञ्छन फ्रीमा जानु पाएकोले, इनिहरु ले विदेशमा दोहोरो नागरिकताबारे पूर्ण वचनबद्धता दर्शाउञ्छन, इनिहरुसितई मिलेर शेष घले जस्ताहरुले किन त्यो बिल पास गराउने प्रयाश गर्दैनन् ?

    Reply
  24. yam says:
    August 30, 2014 at 8:52 am

    मा तपाई को विचार संग सहमत छु / तर म यो दोहोरो नागेरिता बाट देश लै के घाटा हुन्छ भने कुरा बुझको छैइन/ तैसले पहिला एशो कुरो बुझन पाए राम्रो हुन्थ्यो/ म पनि बिगत १६ वर्ष देखि U K म बस्दै अइयोको छु/ यदि हामीलाई दोहोरो नागिरिता दिधा देश लाई घाटा हुन्छ भने यो सुबिधा नलेइको बेश हुन्छ/

    Reply
  25. Nabeen says:
    August 30, 2014 at 5:29 am

    भारत Ji NRN ले kati ko काम गर्छ त्यो त आस्तिको मिन्तो temple मा तीज को बेलामा lighting र बस्ने ठाउँ त बब्यस्था गर्न सक्दैन अरु k भन्नु .. मरे पछि लास त embassy ले पनि नेपाल pathaucha … किन चाहियो NRN ??? हामी लै पनि थाहा छ कति को काम गर्छ NRN ले Australia मा भनेर..

    Reply
  26. Nirmal says:
    August 30, 2014 at 5:13 am

    नेपालीहरु प्रवासीने क्रम बढ्दै गयो । खाडी मुलुक, कोरिया र मलेशिया अनि पढेलेखेका अमेरिका ,यूरोप र अष्ट्रेलिया लागे
    – लेखकले अमेरिका,युरोप, अस्ट्रेलिया जानेहरुलाई मात्र पढेलेखेको भन्न खोजेको हो जस्तो छ / बास्तवमा कोरिया जाने नेपालीहरुको education status बुझ्नुस , तपाई बसेको ठाउँ अस्ट्रेलिया आउनेहरु भन्दा educated पाउनसक्नुहुन्छ / केहि लेख्नु भन्दा अगाडी राम्रो संग रेसेअर्च गर्नुहोला ,अरुलाई होचाएर नबोल्नु होला /

    Reply
    1. abishek lama says:
      August 30, 2014 at 3:39 pm

      निर्मल जी तपाइको कमेन्ट सारै चित्त बुज्दो छ । खाडीको दुबाई को सांग्रिला होटेलमा नेपाली जेनेरल मनाजर छ । खाडीको ५ तारे होटेलमा छयास छ्यास्ती नेपाली मनाजर पाउनु हुनेछ भने पछि ति मनाजरहरु तेत्तिकै अन्पट लाइ त मनाजर बनौदैन होला पक्कै पनि ??? उरोप सुकेर , उरोपेली सिक्क्षिथहरु खाडी पसेका छन् अब भन्नुस कुन ठाउमा कत्तिको सिक्क्षिथहरु बस्छन ???????!

      Reply
  27. Yadav Aryal says:
    August 30, 2014 at 3:41 am

    हो सच्है पनि बिदेशी भुमि मा बसेर नेपाल को माया लाग्नु अशोव्वाबिक होइन तर नेपाल मा बसेर हेर्ने हो वने आफ्नो जीवन को उर्जसिल जीवन बिदेशी भुमि मा बिताएर आफ्नो जन्मेको देश लै कति न्याया गरे वन्ने कुरा ले महतोव राक्ष्य जस्तो लग्दछा येदापी येसो वन्दै मा देश ले परे सम्जनु पर्छा वन्ने होइन तर आफ्नो रास्त्रियता बिर्सेर हामी अर्को बनेका छःःओऊ वने लेखक महोदय ले प्रस्तुत गरेको जुठो VAANDAA मा झोलिलो MOP TYTI BASTUPARAK LAGDAINA. RA ARKO IMPORTANCE KURA नेपाली वन्ने कुरा उसको SANSKAR उसको कर्म र उसको रहनसहन , वेश वुस्सा बोलि बच्हन धर्म र संस्कृतिले पहिचान गर्ने हो नकी उसको कागज मा लेखिएको सब्दाले.
    अस्ट्रेलिया मा हेर्ने हो वने हामी एकयेद बाहेक ऑस्ट्र्लैन नागरिकता लिए संकेपछी फेरी नेपाली नागरिकता को लंगी बादी चिन्ति ग्रस्त वयेको देखेका छःःओऊ. सो हुन लै त पहिले नै राष्ट्र सिर मा राखेको हुनु आबस्यक थिह्यो .
    आफ्नो कर्म बिदेशी , ब्यबहार बिदेशी आफु वन्द पछाडी का लंगी हेर्ने आँखा बिदेशी अनि नेपाली लै परेको बेलामा हेल्प होइन BUSINESS BANDI गर्ने हामी अनि , एउटा नेपाली ले कार्य सिलसिला मा धोका अगाडी राखेर पहिलो वेट फ्री अर्को ३० मिनेते को फी तोक्ने हामी नेपाली हुन सकेका छःओओऊ कि बिदेसी . यो गम्भीर प्रस्न बनेको छ. हामी आफ्नो स्किल को कुरा गरेका छःओओऊ, त्यो अस्ट्रेलिया मा त संजेदार र सहयोगी हुन सकेका छैन वने नेपाल मा एसको प्रयोग को कुरा गरेर आफ्नो स्वार्थ पूर्ति गर्नु सिबये केहो पनि होइन. हामी समुदाय मा बसेर नेपाली कम गरेका छःःओऊ कि COMMUNITY ANI nrn को नामे मा BUSINESS.
    तर्सथ हरेक अस्ट्रेलिया मा बसेका दोस्रो पुस्त्ता ले सोच्नु पर्ने बल आएको छ आब.नरन को नामे मा वयेको आर्थिक सहयोदग त एउटा आफ्नो क्षेत्र बिसेस हुन्छा र आबस्यकतआ को पहिचान हुदैन वने आफ्नो नामे देखौअन को लागि शिवाय त्यस्तो नेपलितोव खंसै देंख्न्दैना नरन मा बसेका साथि हरुको.
    हेरोउ नेपाली गोवेर्न्मेंट ले केहि त निर्णय गर्ला आवको सम्बिन्दन मा विदेश मा बसेका नेपाली हौर्को लंगी तर यो अनिबार्य छै वन्न मिल्दैन , र बिदेस मा बस्ने नेपाली ले पनि नेपाली लै ठग्ने होइन कि उनीहरुलाई गुइदेलिने गरेर अबिभावाकिया वन्न सङ्के वने मात्र नेपाली नागरिकता को दावा गर्न उपयोगी हुनेछ नकि फेरि पनि एक चोटी उल्लेख बिजनेस गरेर . धन्यबाद

    सिड्नी

    Reply
  28. Shankar says:
    August 30, 2014 at 3:18 am

    देश जता गएपनि देश बासि हरु भानु भक्त पढून , नातिकाजी , नारायण गोपाल , तारादेवी ,गोपाल योञ्जन सुनुन , बुद्दको पुजा गरुन , गुन्द्रुक र सिन्की खाउँन ,दसैँ तिहार , तिज मनाउन ,बिसेस अबसर मा दौरा सुरुवाल लगाउन त्यहि नेपाल बन्छ |

    Reply
  29. Sunil. London says:
    August 30, 2014 at 2:52 am

    भरत जी ले कुरो त ठिकै लेख्नु भा हो , तर भोलि बिहान सम्म यो लेखको बिरोधमा धेरै कमेन्ट आइसकेका हुनेछन ! NRN ले नागरिकता को कुरा उठाउना साथ् बिरोध गर्ने हरु जुर्मुराएर उठ्छन , के गरेका छन् र नेपाल को लागि ? नेपाली नागरिकता नै छाडेर बिदेशी नागरिकता लिने देशद्रोही लाई किन नेपाली नागरिकता राख्न दिने, इत्यादी ! एस्तो बिरोध गर्नेहरु धेरै जसो ति नै हुन् जो धेरै पटक DV भर्दा असफल भैसके, र विदेश जाने सपना कुनै हालतमा पुरा हुन सकेन !
    धेरै जसो नेपाली ले अमेरिका,अस्ट्रेलिया र बेलायत को नागरिकता लिएका छन् , जुन देश मा सामाजिक सुरक्छ्या (?) प्रशस्त छ ! नेपाल गएर NRN हरुले हात फैलाउनु पर्ने अवस्था छदै छैन , खाली जन्मे को देश को लागि केहि राम्रो गरौ र आफ्नो देश को चटक्क माया नमारौ भन्ने धारणा हो ! लाखौ भारतीय लाई नेपाली नागरिकता दिदा केहि नबोल्ने तर जन्मजात नेपालीले नागरिकता को निरन्तरता को माग गर्दा बिरोध गर्ने !!! कुनै पनि नेपालीले नेपाल भन्दा गरिब रास्ट्रको नागरिकता लिएका छैनन् होला त, भोलि नेपाल आएर हात फैलाउन , कुरो नबुझ्ने लाई बुझाउन सकिन्छ तर बुझेर पनि बुझ पचाउने लाई केहि गर्न सकिन्न , तर भरत जी लाई बधाई र धन्यवाद छ समसामयिक बिषयमा कलम चलाउनु भएको मा !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme