– नारायण कँडेल –
चल्तिका लोक गायक पशुपति शर्माको विबादास्पद तिजको गित “हामी नेपाली” बजारमा आयो अनि अचानक हरायो। अभिव्यक्ति स्वतन्त्रताको नाममा चर्को वहश गरिरहने देशको बौद्धिक जमात यो गितको अवशानमा भने मौन रहयो। हुनत यो गितका गायक आफैले गित बन्द गराएकाले पनि यस्तो मौनता स्वभाविक मानिएको होला। तर गायकले गित बन्द गर्नु आगाडि यसलाई लिएर चलेको कृया प्रतिकृया भने बेवास्ता गर्न मिल्ने खालका थिएनन्। गायक पशुपतिको गितले एउटा संगिन आरोप खेपेको छ जसले थप बहशलाई आव्हान गर्दछ। अभिव्यक्ति स्वतन्त्रता सदैव संविधान तथा कानुन द्वारा निर्धारित केहि विशिष्ट सिमाहरुको पुर्ण सम्मान गरेर मात्र अभ्यास गर्न सकिने अधिकार हो। जातिय तथा सांप्रदायीक घृणा जन्य अभिव्याक्ती त्यस्तै सिमा द्वारा प्रतिबन्ध लगाउन सकिने विषय हो। नेपाल लगायत विश्वका प्रमुख कानुनी प्रणालीहरुमा घृणा जन्य अभिब्याक्ति विरुद्ध कानुनी प्रतिबन्धको ब्यावस्था रहेको पाईन्छ। तर नेपालको सन्दर्भ भने अलिक फरक छ। यहा जातिय तथा सांप्रदायीक घृणालाई मात्र प्रतिबन्ध लगाईएको छैन। जातिय तथा सांप्रदायीक घृणालाई सधैका लागि समाप्त गर्ने गरि समाजमा परिवर्तन ल्याउनेबहस गर्न पनि संविधान तथा कानुनले अप्रत्यक्ष रुपमा प्रतिबन्ध लगाएको छ। संभवतः हाम्रो समाज यसैमा अभ्यस्त हुदैछ, पशुपति शर्माको गितका सन्दर्भमा भएको बादविबादले यहि तथ्य तर्फ संकेत गर्दछ।
यस घटना संगै नेपालमा अभिव्यक्ति स्वतन्त्रताको विषय, बुझाई र यसका अभियन्ताहरुको आग्रहमा एकै पटक खोट देखिएको छ। जातिय रुपमा विभेदपरक र घृणाजन्य अभिब्यक्ती कुनै हालतमा स्वीकार्य हुदैनन्। तर प्रस्तुत गितका सम्बन्धमा समाजमा जात जातिका नाममा हुने घृणा वा विभेद लाई प्रोत्साहन गरिएको हो वा हतोत्साहन गर्न खोजिएको हो भन्ने कुराको यकिन गर्ने धैयको समेत अभाव देखियो। अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता लागि अभियान गर्ने अभियन्ताहरु बाट पनि यो सुन्दर गितले गुहार पाउन सकेन।
गितको स्तरियता समालोचकहरुको अध्ययनको विषय हो। अन्तर्जातिय विवाह वा यस्तै बहानामा कसैलाई गाउं निकाला गर्न कचहरी बसेको जस्तो देखिने दृश्यका वीच …जातका कुरा गर्नेहरु देशका लागि घाती’ भन्दै समानताको आवहान गरेको यो गित प्रसिद्ध लेखक आहुतिका शव्दमा नेपालमा रहेको जातिय विभेद विरुद्ध सबै भन्दा सशक्त प्रहार थियो। तर गायक पशुपति स्वयंले यो गित वन्द गराई सकेकाले यसपालीको तिजमा दिदि बहिनीहरु “हामी नेपाली” भनेर होईन बरु “ जुम्रा परे बरिलै” भनेर मात्र नाच्ने छन्।
गितको विकल्प लोक गित बजारमा थुप्रै आएका छन्। तर विचारणीय के छ भने यो गितमा अभिब्यक्त भावनाको कुनै बौद्धिक मुल्य छ कि छैन? यो गितको अवशानले अभिव्यक्ति स्वतन्त्रताको आयाममा कुनै फरक परेको छ कि छैन? पशुपति शर्माको यो गितलाई अभिव्यक्ति स्वतन्त्रताको संरक्षण प्राप्त छ कि छैन? यदि गितमा जातिय घृणाजन्य भाव साच्चिकै छ भने गायक वा रचयीता गित बन्दमात्र गरेर उम्किन सक्छन कि सक्दैनन्?
यो गितको अन्तर्वस्तु संग अभिव्यक्ति स्वतन्त्रताको काट्छाँट गर्ने हाम्रो संवैधानिक तथा कानुनी ब्यबस्था संग माथि भनिए जस्तै अनौठो नाता सम्बन्ध छ। हुन त यो गित गायक शर्माले आफै बन्द गराएका हुन। कुनै आधिकारिक निकायले कुनै कानुन वा ब्यवस्था विरुद्ध भयो भनि बन्द गर्न आदेश दिएर बन्द भएको होईन। तर गायक शर्माले पनि लहड वा सनकका भरमा बन्द गरेका होईनन्। यो हाम्रो समाजमा हुर्किरहेको एउटा शंकालु मनस्थितीको उपज हो। यस्तै शंकालु चेतले उब्जाएका टिका टिप्पणीका विच गायकले भविश्यमा पर्न सक्ने असजिलो लाई अनुमान गरि गायकले आफै बन्द गरे। अर्थात गितमा सेल्फ सेन्सरशिप भयो।
नेपालको अन्तरिम संविधानको धारा १२ (३) क को प्रतिबन्धनात्मक वाक्यंशमा जात, जाति, धर्म वा सम्प्रदायहरूका बीचको सुसम्बन्धमा खलल पर्ने विषयका अभिब्यक्तीमा मनासिव प्रतिबन्ध लगाउन सकिने भन्ने उल्लेख छ। संविधानको यो वाक्यांश जात, जातिका सम्वन्धमा पुर्ववर्ति संविधानकै निरन्तरता हो। यो प्रावधानको अधिनमा रहेर हेर्यो भने पशुपति शर्माको गितले अभिब्यक्ती स्वतन्त्रताको अधिकारको सिमा पार गरे जस्तो देखिन्छ। किनकी यो गितले जातिहरुको विचमा …खलल’ त पार्यो नी। कोहीले ठीक भने कोहीले बेठिक अर्थात विवाद, बाझाबाझ त भयो नै। खललको मात्रा कती हुनु पर्ने भन्ने कुरा संविधानले तोकेरै सिफारिस नगरेको स्थितीमा यो गितले सानो तिनो नै किन नहोस खलल त पार्यो।
यहां प्रकाश पार्न खोजिएको हाम्रो संवैधानिक समस्याको हो। हाम्रो संविधानको यो प्रावधान जात जाति विचको सुसम्बन्धमा खलबल पार्न रोक लगाउने नाममा जातिय विभेद अन्त्य गर्ने वा जात जाति विचको सुसम्बन्ध ल्याउने गतिविधिमा वा बहसमा समेत रोक लगाउछ। यदि संविधान जातिय रुपमा विभेद र घृणा रहित समाज चाहान्छ भने केवल घृणा र विभेदजन्य अभिब्यक्तिमा मात्र प्रतिबन्ध लगाउनु पर्ने हो। हाम्रो संविधान तथा कानुनमा विचार तथा अभिब्यक्ति स्वतन्त्रताको सिमा निर्धारण गर्दा संरक्षित विषयको बिकासका लागि आवस्यक सकारात्मक बहसलाई समेत संकुचित पार्ने गरि ब्यवस्था भएको छ।
संविधानको यो प्रवधान जस्तै हाम्रो समाज पनि निकै हद सम्म अस्पष्ट भैसकेको देखियो। त्यसैले त कान छाम्नु छैन कागको पछि दौड्ने भन्ने उखानलाई चरितार्थ गर्दै सकरात्मक र नकरात्मक नछुट्टाई पशुपतिको गितको विरोध मात्र भयो।
यो गितमा जातिय विभेदलाई लल्कार्दै विभिन्न जाति एउटै घरमा भएको एक आदर्श परिवारको कुरा गरिएको छ। अर्थात यसमा नाम लिएका सबै जातिलाई उच्च, स्वीकार्य र आफनै परिवारका सदस्य भनिएको छ। समाज सुधारका लागि यो भन्दा आदर्श आव्हान अरु के हुन सक्छ। करिव एक दशक पहिले गायक खेम गुरुङ्गको एउटा गित वारी जमुना पारी जमुना मा प्रयोग भएको एउटा वाक्य ज्यादै विवादमा आएको थियो। पोडे होला चमार होला तिम्रै माया लाग्छ है भनेर गायकले बाजी थापेको यसमा बुझ्न सकिन्थ्यो। अर्थात गायकले उनकी पे्रमीकालाई तिम्रो माया लाग्छ भनेर झुट वोलेको भए त्यसको पाप वा सजाय स्वरुप म पोडे चमार हुँ भनेको जस्तो बुझिन्थ्यो। यो गितमा पछाडी सुधार गरियोे। यसमा प्रयोग भएको पोडे चमार भन्ने शब्द र पशुपतिको गितमा प्रयोग भएको कमिनी दमीनी भन्ने शव्दको प्रयोग फरक प्रयोजनका लागि भएको छ। एउटामा श्रापको रुपमा त अर्कोमा आशिष वा प्रसाद। तर विडम्बना दुबैको एउटै प्रकारले विरोध भयो।
अन्तर्राष्ट्रिय प्रचलनलाई आधार मान्ने हो भने एउटाले घृणा जन्य अभिब्यक्तिको रुपमा सजाय र अर्कोले अभिब्यक्ति स्वतन्त्रताको संरक्षण प्राप्त हुनु पर्ने। हामी कहा दुवैको विरोध भयो। दुबै लोेक गितमा अमुक जात जातिको नाम लिइएको छ एउटामा सकारात्मक प्रतिक बनाएर र एउटामा नकारात्मक। यदि दुबैलाई समान दृष्टीकोणले हेरियो र विरोध भयो भने हाम्रो समाजले त सकारात्मक कृयालाई पनि निरुत्साहित गर्र्यो। के हामी जातिय मामलामा वा घृणा र भेदभावका सम्बन्धमा जहां छांै त्यही रहन खोजेको हो? होइन भने समाज परिर्वनका लागि चल्ने बहस र आव्हानलाई किन पचाउन नसकेको? खेम गुरुङ्ग र पशुपतिका गितका शब्दको भाव भिन्नता लाई किन बुझ्न नखोजेको?
उदेक लाग्दो अर्को पक्ष के छ भने विचार तथा अभिब्यक्ति स्वतन्त्रताको बकालत गर्ने नागरिक समाजलाई पशुपति सर्माको गितको अवसानले रतिभर छोएन। अर्थात सकारात्मक अभिब्याक्तिलाई पनि घृणा जन्य अभिब्याक्तीलाई जस्तै गरि आएका प्रतिकृयालाइ एक हद सम्म पुल्पुल्याउने काम भयो। कला संगै आएको अभिब्याक्तिले पुर्ण रुपमा अभिब्यक्त हुन पाएन।
एउटा अखवारको समाचारमा पशुपति शर्माले गितमा प्रयोग गरेको शब्द प्रयोग भएको आधारमा केही हल्ला भएको वा प्रकाशित भएको पत्रिका बजारमा जान नपाएको भए नागरिक समाजको प्रतिकृया कस्तो आउंथ्यो होला? पक्कै भयऒ्ढंर हुने थियो। यसको अर्थ विचार तथा अभिब्यक्ति स्वतन्त्रता, सुचनाको हक जस्ता आधारभुत अधिकारहरु के वर्गिय हुन? केही पेशा बर्गका मानिसहरुका लागि मात्र स्थापित। नत्र पशुपतिको गितको रक्षार्थ किन नवोलेका मानव अधिकारवादी तथा नागरिक समाजका नायकहरु?
अर्को कोणले हेरौ। मानिलिउं यो गित एक शर्मा थरको गायकले नभै विश्वकर्मा थरको गायकले गाएको भए? स्थिती के हुन्थ्यो होला? अनुमान गर्न गाहारो छैन यदी गायकको थर फरक भएको भए यो गित आज पक्कै बजारमै हुने थियो। कस्तो अचम्म श्रृजना को गुणस्तरमा होईन श्रृजनाकारको नस्ल पछाडी भागदौड?
गितका शब्दहरु आलोचना समालोचनाका विषय हुन। यस भन्दा अगाडि पनि पशुपतिले गाएका गितमा सस्ता शब्दको प्रयोग भएका छन्। जस्तो कि एउटा गितमा उनले एक स्त्रीलाई औल्याउदै कहिल्यै शरिर छेकिन, कट्टु लाएको देखिन भनेका छन्! बजन विहीन यी शब्दले पशुपतिका आखाँले के देखे प्रष्ट भन्दैन र? बोली चालीमा समेत भन्न नमिल्ले कुरो पशुपतिले गितमा भनेर हामी सबैलाई नचाए। हामी नाच्यौ। उनको गितले राम्रो ब्यापार गर्यो। स्वास्नीको पोई भाको छु! मुलुकी ऐनमा पोइल जाने भन्ने लोक शब्दलाई अपाच्य ठानी संशोधन गरिएको हो त्यही पोइल गएर बनाएको नै पोइ हो। स्वयंवर गरेर त वर प्राप्त हुने हो। मुलुकी ऐनमा अस्वीकार भएको पोई शब्दमा पनि हामी नाच्यौ। यी माथिका शब्दका चाहेको भए विकल्प थिए। पोइका स्थानमा भन्ने थुप्रै शव्द उपलब्ध छन्।
कट्टुको स्थानमा अन्य बस्त्रका कुरा गर्न सकिन्थ्यो। तैपनि उनी कुनै विकल्पतिर लागेनन्। जुम्रा, लिखा, कट्टु, सिगान के भनेनन् पशुपतिले गितमा। हामी सबै पचाउंदै र नाच्दै आयौ।
अहिलेको हामी नेपाली भन्ने गितमा बरु उनले भनेको कमिनी भन्ने शब्दको सहज विकल्प थिएन। त्यो चरित्रलाई उनले आफनो छोरो संग जोडेका छन, अतः अपमान गर्न खोजेको भन्ने कुरामा सत्यता छैन। सामान्यतया विश्वकर्मा भन्दा पुरुष बाचक जस्तो सुनिन्छ। ब्याकरण को नियम अनुसार समेत छन्द अलंकार मिलाउदा हिज्जेका साना तिना नियमलाई आँखा चिम्लन सकिन्छ। विश्वकर्माकी छोरी भनी घुमाउदा गायकले चाहेको छन्दलंकार नभेटिएको अबस्थामा पशुपतिको घर बुहारी भएर आएकी फरक जातकी छोरीलाई अरु के भनेर पुकारने विकल्प बाकि थियो र?
हामी कहां अन्तरजातिय विवाहलाई सरकारले प्रोत्साहन गरेको छ। त्यस्ता जोडीले सरकारवाट सहयोग पाउने ब्यबस्था समेत गरिएको छ। तर अन्तर्जातिय विवाह गरे वापत सरकारी सहुलीयत वा प्रोत्साहन पाउनु त कहा हो कहा उल्टै जात नमिल्ने संग विहे गरेको आधारमा थात थलो बाट निकालिएका हरुको पिडा यसमा थियो। त्यस्तो विबाहको अनुमोदन गर्दै जातको कुरा गरेर पिडा दिनेहरुलाई देशघाति भनेर होच्याईएको थियो यस गितमा। अतः जातिय सदभावको लागि अन्तर्जातिय विवाहको सामाजिक भ्रुणलाई जोगाउने प्रयास थियो यो गित। बच्चा जोगाउन लड्दा रक्ताम्य भएको न्याउरीलाई बच्चालाई हानी पुर्याएको आशंकामा मारिएको कथा जस्तै दलित आन्दोलन वा जातिय भेदभाव विरोधि आन्दोलनलाई पनि यो गितको हत्याले केबल न्याउरी मारि पछुतो मात्र हुनेछ।
हामी समाजमा स्वतः हुने एउटा अभियानलाई जबरजस्ती रोक्यौ। मेरो छोराले कमिनी ल्यायो भन्दै कुनै ब्राम्हणिनी तिजमा नाच्दा उनको बच्चाले त्यस्तै विबाह गरेर आदर्श बन्ने प्रण गर्दथ्यो होला, अनि विसबर्ष पछिको नेपाली समाजमा कसले कसलाई कसरी भेदभाव र छोइछिटो गर्ने। जव हेप्ने र हेपिने सबै माइती मावलीको नातामा बाँधिए पछि कहां बाकि रहन्थ्यो भेदभाव? पशुपतिको गित रोक्नु भविश्यको आर्दश समाजको सम्भावनाको कत्ले आम हो। हामी आजै सकारात्मक बहसलाई सहने सहिष्णु कानुन र समाजको विकास गरौ।
साथीहरु बेकार मा कु तर्क गरेर फाइदा छैन, पशुपति सोयमले मैले यो संदेश दिनको लागि गाएको अनि एस कारण यो गीत रोकेको हो भनेर खुलस्त नभनुञ्जेल ! अहिले कुनै दलित या जनजाती कसैले यो जात एस्तो र उस्तो भनेर कहीं गीत गाएको छैन तर पशिपतिले सिधै यो जात र उ जातसंग बिहे बारी अनि के को जनजाती ? जनजाती को कुरा गर्ने सबै देश घाती…????? भन्न पाइन्छ ??? के राष्ट्रघात गरे कुन जनातिले ???? पशुपतिले जवाफ दिन सक्छ ?? पशुपति स्वोयम तेती धेरै उद्दारबादी हो भने उसले कुन जात मा बिहे गर्यो या कुन जात मा बिहे गर्दैछ ? पशिपति शर्मालाइ मा के भन्छु भने उ राम्रो गाएक हो, पपुलर छ, अझै राम्रो गीत गाउ तर बिबादमा आउने सस्तो लोकप्रियता कमाउने काम नगरेको बेस
कृपया सभ्य भाषा पर्योग गरौ . लेख नपढी थुतुनो नचलाऊ . खेम गुरुङ को पोडे होला चम्मार होला भन्ने गित को सब्द को यो गित संग तुलना गरेको हेरम न . राम्रो नराम्रो समेत नाछुत्ताई बिरोध मात्र . जनजाती लाई रास्ट्र घाती भनेको छैन गितमा जात का कुरा गरि भाड्ने घाती नै हुन् , अधिकार र कानुन को बिस्लेसन ठिक छ ,. लेखक कंडेल लाई धन्यबाद ….
यस्ता जातको बिरोधि अनि सबै संग बिहे गरि राम्रो घरजम गरौ भन्ने गित बन्द गरेर अनि छुवाछुत विरोधीलाई लखेटेर कसरि भेदभाव अन्त्य हुन्छा , यो दलितहरुको उल्टो बाटो हो ,,,,,,,यसले दलितलाई खाल्डो मा हाल्ने कार्य
It was beautiful song with great message. i solute pashupati sharma who is a very nice singer and he dared to encourage intercast marriage in society with this song.But shame on them who just cared for words not for the message.
In 10 years, we goona look back and think. What the hell we were thinking ??……
लेखले मन छोयो ।
अहिलेका बहसहरु शायद हाम्रो वर्तमान समयको दर्पण हो । हामी सकारात्मक विचार बोक्न भन्दा नकारात्मक कुराहरु अँगाल्न अभ्यस्त भैसकेका छाै ।
यस्ता गीत तथा यस प्रकारका लेखहरुले सकारात्मक सोच बनाउने प्रेरणा हामी सबैलाई मिलोस् !
हाम्रा दलित साथीहरुले कामी, दमाई र सार्की जस्ता शब्दहरुलाई सब्द्कोश र बोलीचालीको चलन बाटै निमिट्यान् पारेर दलितको उत्थान गर्न खोज्नु भयको हो कि ? छाती पिटेर गर्बका साथ् म कामी वा दमाई वा सार्की हुँ भन्न सक्ने अझ गरिमामय जात बनाउन खोज्नु भएको हो ? आफ्नो मौलिक जातलाई अझ सम्मानित बनाउनु उचित कि त्यसलाई छोडेर भागेर कृतिम उपयोग गर्नु उचित ? दिमाग आफ्नै आफ्नै |
The whole concept of having this caste system is a BS. Now you’re asking people to be proud of their caste where people treat you as a third class citizens. Recently in KTM a lady was denied a room just because her last name was Rasaily. Nepali society needs to evolve. I’m a Newar from KTM. I grew up people telling me how funny I speak Nepali. Thats because It is not my mother tongue. I recently met a friend who used to comment on my Nepali in the USA. Trust me his accent was as bad as or worse than mine when he speaks English. Until and unless we embrace our differences with no prejudice, our society will keep dividing.
तँपाइ आफ्नो हात त्यहाँसम्म फैलाउन स्वतन्त्र हुनुहुन्छ जहाँसम्म अरुको नाक आइपुग्दैन । अभिव्यक्ति स्वतन्त्रताका भनेको अभिव्यक्ति स्वच्छन्दता किमार्थ होइन । हाम्रो संविधानमा अभिव्यक्ति स्वतन्त्रता मात्रै होइन right to privacy को प्रावधान छ भन्ने नभुलौं ।
अर्को कुरा राज्यपुनर्संरचनाको यत्रो बशस चलिरहेका बेला कलाकारहरुले कुनै भाषा, जाती, क्षेत्र, धर्म वा अन्य समुदायको भावनामा ठेस नपुगोस् भन्नेमा सचेत हुनै पर्छ । हावादारी तर्क गरेर समय वर्वाद नगरौं मित्र…
तपाइको भनाइ अनुसर गायकले अर्काको नाक नै ठोक्किने गरि हात फिंजायेछन | अब कामी दमाइ र सार्की जस्ता जातिय शब्दहरु कहीं प्रयोग नै गर्न नहुने हो भने पहिले गएर गोल्छे सार्की, भैरे कामी, दल सिंह कामीहरुलाई सफाया गर्नु पर्यो, यिनीहरुले दलितहरुको नाक नै काटी सके \
केदार जी,
there’s no question in what message the singer tried to convey. In fact it was a beautiful song with as beautiful social message. Having said that, its wrong to use these words in any context. Just like Caucasian people in States don’t use “N-word”, neither in songs nor in conversation.
I’m glad we Nepalese are finally discussing on this very important topic.
Dev जी
गरिबी उन्मुलन गर्ने भन्दै अप्राकृतिक उपाए लगाएर गरिबको संख्या नै घटाउने होइन, आय आर्जनको बाटो तिर लाग्दै समुन्नत हुन तिर लाग्नु पर्छ | कसैले मेरो जात दमाई कामी सार्कीलाइ हेला गारो भन्दैमा जातको स्वरुप बदल्ने होइन कमला रसाइली जस्तै गौरबका साथ म दलित जाती रसाइली हुँ भन्न सक्नु परो र कथित ठुला जात हुँ भन्ने घरबेटी कृष्ण थापालाई जस्तै कठघरामा उभ्याउन सक्नु परो |