Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विज्ञान ब्लग : कसरी पर्छ त पानी?

Posted on August 24, 2014 by mysansar

बुझ्ने कोसिस गरियो भने थुप्रै कुराहरु सजिलैसंग बुझिन्छ | आफ्नो ज्ञान पनि बढ्छ र सन्तुष्टि पनि मिल्छ | आजको युगमा साधारण हिसाबले जीबनयापन गर्न पनि धेरै कुरा जान्नु पर्ने भैसकेको छ | एउटा साधारण पाठ्यक्रममा सबै कुरा अट्न पनि सक्दैनन र स्कूलकोमात्र भरपर्ने हो भने ज्ञानक्षेत्र फराकिलो बन्न पनि सक्दैन | सिकेको कुरा अपूर्ण अर्थात् सिमित हुनु भनेको खासै जीवन उपयोगी नहुनु हो | कोरा ज्ञान अथवा बुर्जुवा शिक्षा भनेको पनि त्यही हो |
अलिकति तर्क गर्यो भने वा जान्न चाह्यो भने जता हेर्यो त्यतै, जहाँ गयो त्यहीं विश्वविद्यालयहरु ठोकिन आउँछन् | जस्तै:- पानी पर्ने प्रक्रियाका अन्तर्गतका बस्तु जमिन, हावा, समुद्र, ताल, खोलानाला, आकाश, बादल आदि सबै हाम्रै आँखाअगाडि नै त छन् !

हामीले प्रयोग गर्ने तथा नगर्ने सबैखाले पानी सदैब एउटा चक्रमा घुमिरहेको हुन्छ | यो पानीको चक्र (Water Cycle) लाई सारांशमा भन्नु पर्दा: सूर्यको तापले गर्दा जमिन, नदी, ताल, समुद्र आदिको पानी बाफमा परिणत हुन्छ, र हावामा माथि उठ्छ | पृथ्वीबाट आकाशतर्फ जतिजति माथि गयो बातावरण पनि त्यतित्यति चिसो हुँदै जान्छ | जब बास्पिकरण भएको पानी हावासंगै कुनै निश्चित उचाइमा पुग्छ, पुन चिसिन थाल्छ | चिसो हुँदै जाँदा बाफको रुपमा हावामा रहेको पानी पुन पानीको कण वा एक प्रकारका ससाना थोपामा बदलिन्छ | यो प्रक्रिया नै बादल बन्ने प्रक्रिया हो |

वाष्पीकरण भएको पानी बोकेर हिंडेको हावा अग्ला पहाडमा ठोकिएर पनि बादलको रुप धारण गर्दछ किनकी पहाडमा ठोकिनेबित्तिकै हावा एकदम छिटो र जोडले आकासिन्छ र छिटै चिसो वातावरणमा पुग्छ र चिसिन थाल्दछ | यही चिसिनेक्रममा हावामा मिसिएको बाफरुपी पानी चिसो भई पानीका जम्न लागेका कण वा बरफका कणमा परिणत हुन्छ र बादलको रुप धारण गर्छ | जम्न लागेको वा जमेको पानी गरुङ्गो हुन्छ र तल खस्छ | खस्दै गर्दा अलि बढी पग्लिन्छ, र पृथ्वीमा आइपुग्दा पानी बन्दछ | यो प्रक्रिया सदैब चलिरहन्छ |

पानी पर्नुसंग सम्बन्धित अन्य केही त्यथ्यहरु यस्ता छन् |

१) बिस्तारै पर्ने पानी घन्टौंसम्म पनि पर्न सक्छ तर दर्किने पानी १० मिनेट भन्दा बढी लागातर पर्न सक्दैन |
२) थोपाको आकार अनुसार पानी पर्ने बेग प्रति घन्टा ३० किलोमिटरसम्म हुन सक्छ |
३) जाडोमा भन्दा गर्मीमा हावामा पानीको मात्रा बढी हुने भएकोले उखुम महसुस हुन्छ |
४) पृथ्वीको सतहबाट प्रति सेकेन्ड १ करोड ६० लाख टन पानी बस्फिकरण हुन्छ |
५) मौसमको भविष्यवाणी गर्दा प्राय डप्लर रेइडार (Doppler Radar) को प्रयोग गरिन्छ, जसले हावामा हुने पानीको मात्रा (Moisture) तथा गति बताउँछ | त्यसैको आधारमा १ हप्ता सम्मको मौसमको भविष्यवाणी (Weather forecast) गर्न सकिन्छ |
६) January 8, 1966 मा La Reunion मा २४ घन्टाभित्रमा परेको १८२.५ सेन्टिमिटर पानी नै अहिलेसम्मको अधिकतम वर्षा हो भने आसामको चेरापुन्जीमा एक बर्षमा भएको २६.५ मिटर बर्षा नै अहिलेसम्मको अत्यधिक हो |
७) साहारा मरुभूमीमा १९७३-१९७६ सम्म पानी नै परेन भने पनि हुन्छ |

3 thoughts on “विज्ञान ब्लग : कसरी पर्छ त पानी?”

  1. Raj says:
    September 8, 2014 at 10:11 pm

    चेरापुञ्जी आसाम मा होइन, भारतको मेघालय राज्यमा पर्दछ ।

    Reply
  2. devendra says:
    August 25, 2014 at 4:49 pm

    उहिले हामीलाई बिज्ञान पढाउने सरले भन्नु हुन्थ्यो कि गाउँ घरमा जसरि रक्सि पारिन्छ, त्यसरी नै पानी पर्छ….?!

    Reply
  3. bikash says:
    August 25, 2014 at 12:57 pm

    सुनियो चिनियाहरुले कृतिम वर्षा गराउन सक्छन रे. गौतम सरले यो कसरि सम्भव छ बताई दिन सक्नु हुन्छ कि.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme