Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कस्ता हुस्सु जासुसहरु हाम्रा, आफैमाथि जासुसी भएकोसमेत थाहा पाएनछन्

Posted on August 20, 2014August 21, 2014 by mysansar

DSC_0682
जासुसी कथा, उपन्यास पढ्नुभएको भए तपाईँहरुल जासुस भन्ने बित्तिकै खतराको पात्र कल्पना गर्नुहुन्छ होला। तर वास्तविकता त्यस्तो नहुने रहेछ। अझ नेपालको जासुस भनेपछि कस्तो हालत हुने रहेछ भन्ने आजै देखियो।

हाम्रो देशको जासुसी अर्थात् गुप्त सूचना संकलन गर्ने निकाय त तपाईँहरुलाई थाहा होला नि- राअवि। अर्थात् राष्ट्रिय अनुसन्धान विभाग। यही विभागका दुई अधिकृत अख्तियारले समातेको छ। समात्‍न पनि चानचुने गरी हो र, ७५ हजार (लाख हैन हजार हो, सुरुमा हाड भएको हात चिप्लिएर लाख लेखिएको रहेछ। सच्याइएको छ) रुपियाँ घुस खाँदै गर्दा।

कुरो के रहेछ भने हाम्रो यो जासुसी विभागले विभिन्न ठाउँबाट सूचना संकलन गर्नलाई विभिन्न ठाउँमा विभिन्न मान्छेलाई खटाउने रहेछ।

यसै क्रममा काठमाडौँ विमानस्थलको सूचना संकलन गर्न प्रहरी निरीक्षक राजन थापा र सहायक निरीक्षक विश्वेश्वर आचार्यलाई खटाइएको थियो।

यी मुलाहरुले सूचना संकलन त गर्थे तर गाँठ कमाउने मामिलामा। सेटिङ मिलाउँथे विदेश जाने मान्छेहरुलाई उडाउन सजिलो बनाउन। अनि त्यसवापत् घुस खान्थे।

उनीहरुको यस्तो चर्तिकलाबारे अख्तियारमा उजुरीसमेत पर्‍यो। उजुरीपछि अख्तियारले निगरानी गरेर जासुसमाथि नै जासुसी गरिदिएछन्।

अनि म‍ंगलबार राति एयरपोर्टको सेकुवा पसलमा पैसा लिँदै गर्दा झ्याप्प समातिहाल्यो अख्तियारले।

आफूमाथि जासुसी भइरहेको समेत थाहा नपाएका थापा र आचार्यले जासुसीको नाममा कल‍ंकै थापे।

असई आचार्यको घर गृहमन्त्री वामदेव गौतमको गृहजिल्लामा पर्छ। गृहमन्त्री गौतम हुँदा नैै उनलाई एयरपोर्ट सरुवा गरिएको थियो। शाायद् त्यस्ता पोस्टिङ पाउन भन्दै उनले पनि घुस पो खुवाएका थिए कि ! अनि अहिले असुलउपर पो गरिरहेका हुन् कि।

अख्तियारले पनि अनुसन्धानै गर्ने हो। तर यो साता दुई दुई वटा अनुसन्धान विभागका कर्मचारीहरु फन्दामा परे। यसअघि सम्पति शुद्धिकरण अनुसन्धान विभागका हाकिम घुससहित पक्राउ परेका हुन्।

स‍योग पनि कस्तो हेर्नुस् न- कालो धनको बारेमा छानबिन गर्ने मान्छेहरु नै कालो धनलाई सेतो बनाइदिन्छु भन्दै घूस खाँदा रहेछन्। अनि जासुसहरुको जासुसी अन्यत्रैबाट भइरहेको रहेछ।

यस्तै रहेछ जय घुस नेपाल !

23 thoughts on “कस्ता हुस्सु जासुसहरु हाम्रा, आफैमाथि जासुसी भएकोसमेत थाहा पाएनछन्”

  1. subodh nepal says:
    August 21, 2014 at 9:13 pm

    लाेकमान सकृय भएर यो घूस बरामद भएको होइन । अन्य कसैले सुराकी दिए पछि लोकमानले बरामद गर्न लगाएका हुन् ।
    सम्पत्ति शुद्धीकरणको पनि त्यस्तै हो । पहिले सुराकी दिए पनि अख्तियारका कर्मचारीले नै मिलेर खाइदिन्थे । अहिलेभने लोकमानको डरले पक्राउ र बरामद हुन सकेको हो । लोकमानको व्यक्तित्वले काम गरेकै मान्नु पर्दछ । लाेकमानले ठूलामाछा समात्छु भनेका छन् त्यो भने हेर्न कति पर्खनु पर्ने हो कुन्नी ।

    Reply
  2. Prabin says:
    August 21, 2014 at 2:29 pm

    रा. अ. बि. राजनीतिक भर्ति केन्द्र को रुप मा परिचित छ तेस्मा सुराकी गर्न सक्ने तिछ्ना बुद्दि भएका भन्दा चापलुस र काम चोर हरु को बहुल्येता रहेको कुरा सुनेको थिएँ आज थाहा पाइयो अनि देखियो पनि| अब खराब काम गर्ने जनता , कानुन मिच्ने व्यक्ति , भ्रस्ट कर्मचारी तथा नेताहरु लाई लाई कारवाही गर्ने कार्यालय रा . अ. बि., प्रहरी, सम्पति सुद्दिकरण को कर्मचारी , न्याय सेवा , अख्तियार को कर्मचारी समेत एस्तो भएपछी त देश कहिले सुद्द्रिने कहिले बन्ने ?

    Reply
  3. T Lama says:
    August 21, 2014 at 10:42 am

    मा त ढुक्क छु कि यिनी हरु फेरी छुटी हाल्छन . येस्तै छ यहाँ को चलन

    Reply
  4. Tej Rai says:
    August 21, 2014 at 9:52 am

    लोकमान सिंह कार्कीलाई साधुवाद । तर रमेश खरेललाई जस्तो यिनलाई पनि साइट लगाईदिन बेर छैन चोरहरुले ।

    Reply
  5. Rajesh rai says:
    August 21, 2014 at 8:56 am

    चोर माथि चकार भनेको येही हो /

    Reply
  6. rosu says:
    August 21, 2014 at 2:05 am

    हेर हेर बेजत कसरि आफ्ना छोरा छोरि नाता गोता अनि श्रीमती को अगाडी मुख देखाउने होलान इनिहेरुले/ थुइअ कस्तो पैसा भनेर मरी मेटेको होला नि

    Reply
  7. Kishor says:
    August 20, 2014 at 11:36 pm

    बब्बाल नै गर्देछ नि हौ यो लोकमान ले त . बामदेव अब काँन समातेर उठबस गर त . जिल्लाबासीलई जागिर कि खोर अब . लोकको जय होस् लोकमानको पनि जय होस् . भ्रस्टचारी को बिजोग होस् र नेपालबाट उठिबास लागोस .

    Reply
  8. Mk says:
    August 20, 2014 at 11:17 pm

    धन्य , जासुस महात्म्य !!

    Reply
  9. bishnu says:
    August 20, 2014 at 9:26 pm

    २ । ४ जना कर्मचारीहरू घुसखोर भएर न अरू कर्मचारीहरूलाइ राम्रोसंग काम गर्न दिए, न त जनताको नजरमा इज्जतसाथ बाच्न नै दिए । अरू कर्मचारीहरूको मनोवल घटाएको, काम गर्न नदिएको, इज्जतमाथी खेलवाड गरेको, गाली बैजती गराएको भनेर पनि मुद्दा थप है अख्तियार । बरू क्षतिपुर्ति पनी पाउनुपर्छ भन्न पर्छ भने हामी आउँछाैं ।

    Reply
  10. subodh nepal says:
    August 20, 2014 at 9:16 pm

    चुरोटको बट्टामा तोक लागेर भर्ना भएका यी पनि कतै जासूस हुन र । योग्यता र क्षमता भएत लोक सेवा आयोगबाट पास भैहाल्थे नि । राजनीतिक पक्षपातबाट नियुक्ती भएका हुन् । यी त जासूस नै होइनन् घुस खाने मेसिन हुन् । पहिले गुप्तचरमा भर्ना गरेर पछि घुस खान जनपद प‍्रहरीमा खुमे दाइले सरुवा गरेको सम्झना होला नै ।
    जासून नभइ घुस खाने मेसिनलाइ आफूमाथि जासूसी भएको के थाहा ।
    यो राअवि का कुनै कर्मचारी प्रतिस्पर्धाको आधारमा छानिएका छैनन् ।

    Reply
  11. tara bhusal says:
    August 20, 2014 at 7:31 pm

    यो देख्दा मलाई एउटा हिन्दी गीतको सम्झना हुन्छ जसमा भनिएकोछ – अरुले डुबाएको डुङ्गा उतार्ने माझीले आफैं डुङ्गा डुबाए कस्ले बचाउने ? माझी जो नैया डुबोए ………….

    Reply
  12. निरज says:
    August 20, 2014 at 7:00 pm

    पुलिसमा त् गफै छ| हाकिमले करोड कोप्र्याउदा हाम्ले दशैं मान्न पाउदैन?
    सेनालाई अझ पनि राजाको पालामा जस्तै छाडा छाडीदिएको छ|
    फलाना र तेलाना देशको राजदुतावासमा सैनिक सह्चारी नियुक्त गरेर
    सिटामोल किन्न नसकेर दुख पाएका गरिब जनताको पैसामा सपरिवार विश्व भ्रमण
    गरिराख्या छ| यो घुस नभए पनि फजुल हो| उपलब्धि विहीन छ, फजुल र वाहियात हो|
    कटवालको आत्मारति पुस्तकमा यसको कुनै वयान छैन उल्टो दुई देशमा सैनिक सहचारी हटाउदा जुझे भनेर लेखेको रहेछ| सोझै घुस खाने देशका धमिरा हुन्|
    तर पदमा बसेकाहरु जो लोकतान्त्रिकरण र पारदर्शिता अनि समान अवसर आदिमा समयको मांग संगै परिवर्तन गर्न चाहदैनन्, उनीहरु पनि ठुला धमिरा हुन्|

    Reply
  13. Mahendra says:
    August 20, 2014 at 5:43 pm

    अख्तियारलाई अनुरोध, तरुणी केटीहरुलाई पनि जासुसी काममा भर्ना गर्नु होस्, उनीहरुले दिनको ५ जना हाकिम पक्कै समात्ने छन | फेरी ती केटीहरुलाई निगरानी गर्न सिपालु केटाहरुपनि राख्नु होला, नत्र फेरी हकिमसित लसपस नहोला भन्न सकिन्न | जे महिला जासूस धेरै प्रभावकारी पनि हुन्छन् खासगरी बैदेशिक रोजगारी सम्बन्धमा र बलात्कारी समात्नमा | जे होस्, नेपालमा जेम्स बोन्डहरु पैदा गर्ने पर्छ नत्र देश खत्तम पर्नेछन त्यस्ता अधिकृतहरुले |

    Reply
  14. सुनिता जोशी says:
    August 20, 2014 at 3:38 pm

    यो कलियुग हो हजुर ! यहाँ अहिले गरेको पापको घडा तुरुन्तै यहि जन्ममा फुटेर छताछुल्ल हुन्छ , अर्को जन्म कुर्नै पर्दैन ! पुलिस होस् कि चरी , चोर होस् कि फुलिस , सबैको हिसाब किताब येही जन्ममा क्लियर हुन्छ ! बुझ्नु भो त झापाली माडसाब , किन तिम्रो छोरा लथ्थौरो जन्म्यो र किन तिम्रा बा लाई पुरा दाँया साईड को जिउ प्यारालाईसिस भो ? यो सब तिम्रै कुकर्मको फल हो जुन तिम्रो ३ पुस्ता ले नै पायो. कसैले देख्दैन भन्दै , पार्टीको र पार्टी को कार्यकुत्ताहरुको आडमा जे पनि गर्योउ. … तर प्रकृति रूपी भगवान ले त हेर्दै छन् नि ! …………ढिलो होला तर सबको पालो आउँछ ! भन्दिनु मेडिया को भेडिया लाई !

    Reply
  15. बले says:
    August 20, 2014 at 10:54 am

    “जासुत” हुनु पर्ने, जासुस भयेछ / अनि कहाँ बाट कुरा मिल्छ ?

    बले

    Reply
  16. संजय says:
    August 20, 2014 at 10:31 am

    हिजो देखि मडियामा प्रहरी निरिक्षक भनेर भनेको भन्यै छ । अनुसन्धान विभाग को दर्जा पनि नजानेर लेख्छन त मिडिया ले । प्रहरी निरीक्षक को समान दर्जाका अधिकृत हुन भने अनुसन्धान अधिकृत भन्छन है । सच्याम है माइसंसार सच्चयाउन परे ।

    Reply
  17. Kamal says:
    August 20, 2014 at 9:28 am

    घुसको खेती गर्नेले हाम्रो सुन्दर मुलुकलाई डुबायो| जग्गा अद्यावधि गर्न जाँदा हाँकाहाँकी घुस माग्छ|
    रिपोर्ट गर्न गयो पहिले सबै सेटिङ्ग मिलाएको हुँदोरैछ|
    स्वास्थ्यमा घुस, गृहमा घुस, भन्सार, एयरपोर्ट अध्यागमन त् खानी नै भयो|
    कसरी यो महामारी र डुबानबाट बचाउने होला?

    Reply
  18. डिल्ली says:
    August 20, 2014 at 8:31 am

    अख्तियार अभियानमा जासुस उपर जासुसी गरेर घुसखोरी प्रमाणीत गर्नु शुभ सङ्केत हो । अख्तियारले हालसम्मका ठूला काण्ड नछोएर झिना मसिनामा मात्र हात हालेको देख्दा अर्थ दोहोरो लगाउन मिल्ने लाग्यो । प्रहरीका उच्च निकायकाले बढुवामा सुट्केसका कुरा बताइरहेको र यसमा मन्त्रीहरूको प्रत्यक्ष सङ्लग्नता झल्काइरहेको अवस्थामा त्यता तिरका अर्ब छुने भ्रष्टाचारलाई उन्मुक्ति दिएर १००-१००० खानेलाईमात्र छुँदा अलिक कता कता धेरै सानालाई तर्साएर ठूला भ्रष्टाचारमा भाग लिन पो हो कि भन्ने लाग्छ । हुन त सानाबाट नियन्त्रण गर्दा विस्तारै ठूलासम्म पुग्न सकिन्छ भन्ने हुन पनि सक्ला तर तत्कालको अवस्थामा अख्तियारले प्रसिद्धि उन्मुख काम मात्र त गरिरहेको छैन भन्ने झल्को पनि दिन्छ । तर जे होस् अख्तियारको कदम सकारात्मक छ ।

    Reply
  19. eklavya says:
    August 20, 2014 at 5:48 am

    अब कुनैदिन देशै बेचेर खानेछन यी नेता र कर्मचारीहरु मिलेर …केहि दिन जेलमा हाल्लान र अलि अलि भाग छुत्याएपछी फेरी तेही त हो सिन्दुर यात्रा सहितको निष्कासन ..दन्दहिन्नताको पराकाष्ठ नाघेको यो देशमा अरु हामी के पो आश गर्न सक्छौ र ???

    Reply
  20. Dhakal Ramesh says:
    August 20, 2014 at 5:08 am

    यो समाचार हो कि कथा हो ? समाचार को त आफ्नै नियम छ !
    गफ गरे जस्तो , कथा भने जस्तो एस्तो नि समाचार हुन६?

    Reply
    1. Nirajan says:
      August 20, 2014 at 10:19 am

      ए बाबा ठाकुरे, त्यहाँ माथि टाउकोमा के लेख्या छ पढ्न भ्याएनौ ? यो ब्लग हो ब्लग समाचार साइट हैन । यतिन्जेल पनि थाहा नपाएको कस्ता हुस्सु । ब्लग साइटमा आएर समाचारको नियमको कुरा गर्ने वाहियात ! समाचारको भाषा पढ्न मन भए न्युज साइटमा जानु नि किन ब्लग साइट छिर्नु परेको

      Reply
  21. premji says:
    August 20, 2014 at 3:35 am

    अब त जासुसहरु माथि निगरानी राख्न बरिष्ठ जासुस, बरिष्ठ माथि उच्च जासुस, उच्च जासुसहरु माथि महा-जासुस, महा-जासुस माथि बडा-महाजासुस, बडा-महाजासुस माथि सुप्रिम-महाजासुस राख्दै जानु पर्ने भयो |

    Reply
  22. Alikhit says:
    August 20, 2014 at 2:47 am

    लोकमान चोर भन्दै उफ़्रिन्थ्यौ हामि, उसैले गरेर देखायो नया नेपालमा |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme