Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनआरएनए एउटा संस्था कि क्लब ?

Posted on August 21, 2014August 21, 2014 by mysansar

– भरत सापकोटा –

BvFf_0sCEAEvs8B गैरआवासीय नेपाली संघलाई यहाँसम्म ल्याउन संस्थापक अध्यक्ष उपेन्द्र महतोको योगदान अविस्मरणीय थियो। महतोको दूरदृष्टि र लगनशिलताको गल्तिले आज सिमित व्यक्तिहरुले यस संस्थालाई क्लबमा रुपान्तरण गर्न कसरत गरेर सबल हुने बाटो खोजिरहेका छन। संस्थाको तीन कार्यकाल नेतृत्व सम्हालेका महतोको कार्यकालपश्चात् एन.आर.एन.ए. को अस्तित्व सकिन लागेकै हो त भन्ने विदेशवासी नेपाली समक्ष चर्चाको बिषय बन्न पुगेको छ।

हरेक खेलहरु खेलिने तौर तरिकाहरु आ-आफ्नै छन्। एक दशक अगाडि नेपाल बाहिर बस्ने नेपालीहरुलाई लक्षित गरी उदय भएको संस्था एन.आर.एन.ए. अहिले धनीमानी कोच बसी नेपाली खेलाडीमार्फत् खेलिने खेलका लागि “एन.आर.एन.ए” क्लब बनाउन पुगेको आम विदेशबासी नेपालीहरुलाई थाहा नभएको पनि होइन।

सन् २००३ अर्थात् आज भन्दा एक दशक अगाडी यूरोप प्रान्तमा सिमित व्यक्तिहरुबाट खेल्न लागिएको यो खेल अहिले आएर बिश्वका हरेक प्रान्तमा गरि करिब ६ दर्जन देशहरुको हाराहारीमा खेल्न थालिसकेको छ। नेपालको आर्थिक, सामाजिक र शैक्षिक रूपान्तरण गर्ने प्रतिबद्दता जारी गर्दै १० बर्ष देखि अरबौंको लगानी भित्र्याएर देश बिकाश गर्छौं भन्ने गफ लगाए। सरकारी रकममा भोज खाई दशैँ मनाउनका लागि सम्मेलन गरे जस्तो नाटक देखाउँदै कुर्सिको लागि खेल खेल्छन्।

त्यतिमात्र नभएर राजनीतिक पार्टीको प्यानल बनाई चुनाव लड्दै अबिर जात्रा गर्छन्। यदि यहाँ पनि चरम राजनीति नै हुने हो भने एन.आर.एन.ए. को पछाडि एउटा राजनीतिक बिल्ला भिराउनु नितान्त जरुरी किन ठानिएन त? के छ त एन.आर.एन.ए. को अस्तित्व ? के हो त एन.आर.एन.ए. को दायित्व ? अनि के गर्दै छ एन.आर.एन.ए. ले ? यदि एन.आर.एन.ए. आम देश-विदेश बासी नेपालीहरुका समस्या र भैपरी आउने आपत बिपत समाधान गर्न स्थापित सामुहिक चौतारी संस्था हो भने किन दोहोरो नागरितामा नै सीमित छ त एन.आर.एन.ए ?

विदेशमा रहेका नेपालीहरुको सबैभन्दा ठुलो संस्था ठान्ने यस एन.आर.एन.ए. ले यो पनि जान्न जरुरी छ कि आखिर किन जन्मिदै छन् त विदेशमा दशैंका जमरा सरी अनेकौ समाज र गठबन्धनहरु? को हुन त यसको जिम्मेवारी लिनेहरु? छैनन् जिम्मेवारी लिनेहरु भने आम विदेशवासी नेपाली जनशक्तिले किन चुन्यो त लाखौ-लाख नेपालीको नेतृत्व सम्हाल्ने व्यक्ति र कार्यसमिति ? आम नेपालीहरुले यस्तो गरिमामय पदको लागि व्यक्ति चुनेर संस्था सम्हाल्ने अधिकार प्रदान गरेको व्यक्तिगत ब्यापारिक प्रबर्दन गर्नका लागि पक्कै होइन होला र नगरियोस पनि। यो सामाजिक संस्था हो न कि कसैको ब्यक्तिगत मागी खाने भाँडो।

आज देशमा विपत्ति छ। दैवी प्रकोपले तहसनहस छ। कयौँ गाउँबस्ति जलमग्न भएर डुबानमा फँसेका छन् त कतै ओत लाग्ने छानोसँगै बगेका छन् ज्युँदै मानिसहरु। अनि पुरिएका छन् सिंगै बस्तीहरु परिवारसँगै। नागरिता बनाउन सदरमुकाम गएकाहरु घर फर्किन्छ तर देख्दैन आफ्नो घरबस्ति। अनि छैनन् ती बृद्ध बाबु-आमा, न त छन् श्रीमती लालाबाला। हामीहरु यहाँ बसेर सरकारले यसो गरेन उसो गरेन बाढीपीडितलाई केही गरेन भनेर तर्क कुतर्क गर्छौँ। हो, सरकारवालाहरुले गरेका छैनन्। देशमा जनता बिचल्लीमा पर्दा हेर्नुपर्ने दायित्व सरकारको नै हो। तैपनि हामी पनि नेपाली नै भएका नाताले पनि यस किसिमका तर्क कुतर्क गर्नुको कुनै तुक र हैसियत हामीमा छ जस्तो मलाई लाग्दैन।

हामी एन.आर.एन.ए. हरुलाई त एउतै चिन्ता छ मात्र दोहोरो नागरिकताको। यस किसिमका हरेक दुःखद दैवी प्रकोपबाट धेरैले ज्यान गुमाए। यस दुःखद अकल्पनीय दैवी प्रकोपबाट भएको जनधनको क्षति तथा घाइतेहरुको उपचार, उद्दार तथा राहत तथा नेपालीमा आइपर्ने साना तथा ठूला दैवी विपत्तिको अवस्थामा विभिन्न किसिमले सहयोग गर्ने प्रतिबद्दता जनाएको एन.आर.एन.ए. खै त आज कहाँ लुकेर हेरिरहेको छ ?
surkhet2

39 thoughts on “एनआरएनए एउटा संस्था कि क्लब ?”

  1. Nabeen says:
    August 24, 2014 at 6:08 am

    A bunch of idiots who gather together and show that they are the most patriots people of nepal … They are NRN …

    Reply
  2. Tanka Kafle says:
    August 23, 2014 at 7:11 am

    एन.आर. एन. अभियान चिया पसल मा गरिने गफ हो , जुन चिया सेलाए संगै सेलाउछ , अनि फेरी अर्को दिन चिया संगै गफ सुरु हुन्छ , यो निरन्तर जारी छ. मरे पछि देश लै मुर्दा घर बनाउनु पर्यो होला त्यहि भएर बाटो मात्र बने रहेका छन्.

    Reply
  3. Shree Basanta says:
    August 23, 2014 at 6:58 am

    निहित स्वार्थका लागि हिड्ने र राजनीतक स्वार्थ पछाडी दौडने व्यक्तिहरुको संस्था हो | सरकारी पैसामा भोज गर्न दसैमा नेपाल जान्छन | मन्त्रि र बिशेष व्यक्ति संग हिम चिम बढाउँनमात्र अघि बढ्छन | नेपाल र नेपालीको हित हेर्ने संस्था होइन | येस्तै व्यक्तिहरुको मात्र जमघट हो |

    Reply
  4. dinesh B. sharestha says:
    August 23, 2014 at 2:43 am

    एन आर एन ए नै बेकार हो भन्न मिल्दैन. हो यस सस्थामा राम्रा भन्दा नराम्रा मनसायका व्यक्तिहरु हाबी भएका छन्. तर यस सस्थाको उद्देस्य राम्रो छ. सस्थाले मात्र केहि गर्न सक्दैन. सबैले बुझ्नु पर्ने बेला भएको छ कि एन आर एन ए भनेको हामि हो, हामि मतलब विदेश बस्ने आप्रबासी नेपालीहरु. सबैलाई पदको मोह हुन्छ, सायद यी लेखक महासयलाइ पनि तर पद मात्र नहेर्नुस. सकिन्छ भने आफुलाइ यस सस्थामा आबद्द गराउनुस पदले नभई मनले. विदेश बस्ने सबै नेपाली अटोमेटीकल्लि एन आर एन हुन्. त्यसैले यस सस्था लाइ गालि गर्नुस आफैलाई गालि गरेको सम्झनुस. सकिन्छ भने केहि गर्नुस सकिदैन भने गर्ने मानिसहरुलाइ हौसला दिनुस अनि राम्रो कामको प्रससा गर्नुस बिरोध नगर्नुस. सस्थाले र सस्था संग आबद्द सबै महानुभाबहरुले आफुले सक्दो गरिरहेका छन् भनेर बुझ्नु होला.

    Reply
  5. बल says:
    August 22, 2014 at 6:20 pm

    कतिजना साथीहरुको कमेन्ट हेर्दा के लाग्यो भने —
    एनआरएन सरकारी निकाय होइन भन्ने जोड दिएर बुझाउन खोजेका रहेछन| अरे बाबा कसले भनेको छ यो सरकारी निकाय हो भनेर| सरकारी निकाय भएको भए किन पालै सित महतो, हीराचन र घले जस्ता अध्यक्ष हुन्थे? अरु नै जोद्धाहरु छन्, देशमा सचिव, न्यायधीश, पार्टी अध्यक्ष र आफैमा बेशर्म भागबन्डा लगाएर भएका मन्त्रि हुनेहरु जस्ता| आफुलाई राजदुत नियुक्त गराउन लब्बींग गर्नेहरुले फुलटाईम सेवा चाकडीमा लागिरहेका छन्|
    प्रकोपमा परेका नेपालीलाई उद्दार गर्न एनआरएनले दान दिनै पर्छ भन्ने छैन| शशांकजीले उल्लेख गर्नु भए जस्तै यो स्वेच्छामा निर्भर गर्छ| तर देशको निम्ति गर्छु भनेर देश बिदेशमा चित्कार र गर्जनले मेडियामा छाउने संस्थाले आफ्नै दाजुभाई दिदिबैनी बिचल्ली परेको बेलाँ सरकारी तवर भन्दा अलि भिन्नै तरिकाले सहयोग गर्ला भन्ने अपेक्षा मात्र गरिको हुनसक्छ|

    Reply
  6. Shiva Tandukar says:
    August 22, 2014 at 3:23 pm

    लेखक भरत सापकोटा जीले एन.आर.एन.ए.ले दैवी प्रकोपले दुख पाएका नेपाली जनतालाई केहि पनि गरेन भनेर गर्जिनु हुन्छ, म सोध्न चाहन्छु तपाई आफुले चाहि के गर्नु भयो ? इन्डियन आइडलमा प्रसान्तलाई जिताउन सडक सडक पैसा संकलन गर्न सक्ने तपाई हरु जस्तो को जाँगर कता हरायो / एउटा नेपाली लाई पर्दा अर्को नेपालीले सहयोग गर्न कुनै संस्था , पार्टी या राज्यलाई कुर्नु पर्छ जस्तो लाग्दैन / अनि तपाइको जानकारीको लागि बिदेशमा बसेका धेरै नेपालीले सहयोग संचालन गरिसकेको छ / कस्ट गरेर तलक लिंक हेर्ने पो हो कि ? यो एउटा उदाहरण मात्र हो , धेरै देश मा सहयोग संकलन सुरु भैसकेको छ /
    http://samudrapari.com/20140811108098.ह्त्म्ल
    http://samudrapari.com/20140805107723.html

    Reply
    1. Basant says:
      August 23, 2014 at 5:50 am

      यो एउटा ठग हरुको जमात हो १० जना जम्मा भयो अनि ठगी खाने मेसो तेस्को उदाहरण यूके को एन आर एन हेरे पुग्छ अलि अघि पैसा घपला भएर पोला पोल गर्दै थियो तेसैले सहयोग गर्नेहो भने सोझै पीड़ित लाई दिए सही ठाउँमा उपयोग हुन्थ्यो संसार माँ नभएको संघ संस्था हरु नेपाल मै छ धेरै ठूलो ठूलो टाउको अनि बुद्धि भएको देश
      (Hari Prasad Lamichhane-साउदी):-
      आफु पनि एक बर्ष साउदीमा यन आर यन मा काम गर्ने अवसर पाए, आफ्नो पेशा, आफ्नो रुचिसंग मेल नखाने जमात देखेर फेरी अर्को कार्यकाल पनि बसी राख्न ठिक न देखेर छोडे
      कुनै न कुनै संगठनको खोले ओढेर आफ्ना काल धन्दा हरुलाई सेतो च्यादर ले छोप्न खोज्नेहरुको ठुलो जमात , संग संस्थाहरुमा लागेको हुदा रैछन )

      Reply
    2. Bharat Sapkota says:
      August 23, 2014 at 7:20 am

      मित्र shiva tandukar जी तपाईले के गर्नु भयो भन्ने प्रश्नको उत्तर दिन चाहन्छु, यदि व्यक्तिगत सहयोग ले सम्भव थियो र हुन्छ भने सस्था खडा गर्नुको अर्थ के छ त तपाई आफै भन्नु ? अनि तपाईले सेयर गरेको लिंक पनि संस्था कै छ त किन आवश्यक पर्यो त तपाई आफै एक्लै नगरेर एन अर एन जापानको सहायता सहयोग संकलन गर्न को लागि ? मेरो भन्नु बाढी पिडित लाई सहयोग मात्र नभएर संस्था को दाहित्व अनि अस्थित्व र संस्था ले के गर्दै छ भन्ने आम विदेश बासी नेपालीहरुलाई प्रस्ट हुनु पनि जरुरि छ

      Reply
  7. krishna says:
    August 22, 2014 at 2:06 pm

    बिदेशमा बस्ने मुखिया हरुको संगठन हो , ठुलो मन सानो धन हुनेले केहि खुल्क्याउन सक्दैन यहा …पैसा कमाउ अनि पस एन अर एन नत्र झारपात ठान्छन !कतै पैसा नहुने मन धनि हुने हरुको जमात को पनि नीड हो कि ?

    Reply
  8. सुसिल केसी says:
    August 22, 2014 at 1:26 pm

    लौन त हेरम ! एनआरएनले त सहयोग गरेनछ तपाईले कति सहयोग गर्नु हुदोरैछ ?
    नेपाल पत्रकार महासंघ युके शाखा र हेल्प नेपाल नेटवर्क युकेले नेपालका बाढी पीडितका लागि अनलाईन कोष संकलन अभियान शुरू गरेका छन्।

    तपाईं बेलायत या ब्यांक कार्डहरू प्रयोग गर्न सक्ने अन्य देशमा हुनुहुन्छ भने कृपया यो लिन्क https://www.justgiving.com/landslideFarwestNepal मा गएर सकेको सहयोग गर्न हुन हार्दिक अनुरोध गर्दछौं।

    यस्तो अवस्थामा हाम्रो सानो सहयोगले पनि ठूलो अर्थ राख्दछ।

    हेल्प नेपाल नेटवर्कले सुनकोशी पहिरोले बगाएको स्कूलको पुन निर्माणका लागि रू ११ लाख सहयोग गर्ने निर्णय गरिसकेको छ। त्यसभन्दा पहिलेदेखि नै हेल्प नेपालले बाढी/अग्नी/शीतलहर पीढितहरूका लागि सयौंको संख्यामा राहत प्याकेटहरू पठाउंदै आएको छ, जसका केही विवरणहरू हाम्रो फेसबुक पेज (https://www.facebook.com/helpnepal.net) मा उपलब्ध छ।

    अभियानमा नेप्लीज ब्लड डोनर्स युके लगायतका संघसंस्थाहरुले पनि ऐक्यबद्धता जनाएका छन्।

    Reply
  9. Raajesh says:
    August 22, 2014 at 9:40 am

    हामि नेपाली हरु को पहिले देखि नै चलि आएको बानि हो, बलेको आगो ताप्ने, अरु लै तल तानेर आफु माथि जान खोज्ने। NRN पनि आइले खाली पैसा हुने हरु ले पैसा देखाउने माध्यम बनि रहेको छ. आइले नेपाल मा NRN को भवन बनाउन चन्दा उठाउने प्रक्रिया चलेको छ, जसमा शेष घले ले मात्रै झन्डै १ करोड रुपैया अनुदान गरे। अरु पनि धेरै ले आफुले सक्दो अनुदान दिएर करोडौ रुपया संकलन भै सकेको छ। आज देश मा एस्तो संकट कालिन अबस्ता मा भने त्यो रकम को तुलना मा एउटा सानु रकम मात्रै जम्मा गरियो। के होला त एस्को कारण? यहाँ NRN भवन बने देखि आफ्नु स्वार्थ पुरा हुने दाउ छोपेर चन्दा दिने धेरै देखिए।

    हाल Australia मा मात्रै अनगिन्ति नेपाली समुदाय हरु छन्। देश बाहिर आएर पनि हामि सबै नेपाली एक् भएर बस्न सकेका छैनौ। नेवार, गुरुङ, राइ, हरु को आफ्नै समुदाय छ। बाग्लुंग, धरान अनि अरु धेरै येस्ता समुदाय बनाएर नेपाली हरु एक आपस मा फुटेर बसेका छन. नेपाल मा जस्तै पार्टी टुक्रिने प्रबिद्धि यहाँ पनि चल्दै आएको छ। एस्तो कुरा मा NRN किन चुप बस्छ?

    नेपाल बाट विभिन्न पार्टी का नेता भनौदा हरु अस्ट्रेलिया लगाएत अन्य देश हरु मा गएर पार्टी सम्मेलन किन गर्छन? न नेपाल मा Online Voting को सुभिदा छ, न NRN हरु ले Vote गर्न नै पौछन। आफ्नु देश छोडेर विदेश मा आएर केई गरेर खाऊ भनेर बसेका हरु लाइ पनि त यो पार्टी, म यो पार्टी भनेर किन विभाजित गरिन्छ? के हामि सब्बै बिदेसिएका नेपाली हरु केवल नेपालि भनेर चिनिएर बस्न सक्दैनौ? येस्मा NRN ले किनक केई काम गर्दैन ? किन जोड्न भन्दा फुटाउन अगि सर्दै छन् सब्बै? नेपाल बाट माओबादी के दुख दिएको भनेर कागज बनाएर अस्ट्रेलिया मा सरणार्थी भएर बसेका हरु किन तेइ माओबादी नेता आउदा टासिएर फोटो खिच्न मारी मेटछन् ?

    सबै बिदेसी नेपाली धनि हुदैनन्। NRN चाही धनि र स्वार्थी नेपाली हरु को संगठन हो भन्नु मा केइ गलत देख्दिन मा। अनि पराए जसो यी धनि भनौदा हरु नेपाली लाइ नै आफ्नु ब्यबसाए बनाएर, नेपाली हरु लाइ नै लुटेरा धनि भाका छन। विदेश मा कमाएर नेपाली समुदाय लाइ सहयोग गर्नु को सट्टा नेपाली हरु लाइ नै लुटेरा आफ्नु ढुकुटी भर्ना ब्यस्त छन् NRN का ठुला बडा हरु।

    जति लेखे पनि नसकिने कहानी हरु छन् बिदेसी नेपाली हरु को। अरु कुनै दिन फुर्सद मा फेरी येस्तै बिषय मा टिप्पणी गरौला।

    Reply
  10. Ram pant says:
    August 22, 2014 at 9:16 am

    हुण्डी वाला हरु र human त्रफिकर हरु Ko जमात हो यो संस्था bhaneko ….Nepal बाट Neta हरु र कलाकर आउदा हत्तपत्त फोटो खिचेर Facebook राखने को हुल हो.

    Reply
  11. sushil says:
    August 22, 2014 at 3:11 am

    संस्था नहुँदाको अवस्था भन्दा हुँदाको अवस्था पक्कै पनि राम्रो हो | यसमा भएका कमि कमजोरी औल्याउदै सुधार्न सुझाव दिने कार्य हुनु राम्रो हो | NRN भनेको बिदेशमा बस्ने सबै हुन् न कि मात्र कार्य समिती | कार्य समितीलाई गाली गर्नु भयो राम्रै हो तर हामी आफ्नो तर्फ बाट गर्नु पर्ने कति गरेका छौ त ? त्यो पनि बिर्सनु भएन |

    Reply
    1. Bhawanee Tiwari Thebe (Austria) says:
      August 22, 2014 at 4:14 pm

      डन ज्यू,
      एन आर एन ए बाट किन यति धेरै अपेक्षा गरिन्छ बुझ्न सकिरहेको छुइन /
      हामी सबैले बुझ्नु पर्ने भनेको यो एक संस्था हो /
      यसको सिमित आधिकार एउटा संस्थाको जस्तो हुन्छ /
      यो नेपाल सरकारको कुनै आधिकारिक निकाय होइन /
      यो संस्थाको कार्य समितिमा बस्ने पधाधिकारी हरुले कुनै सरकारी तलब, भत्ता वा अन्य सुविधा प्राप्त गरेका हुदैनन् / तसर्थ उनीहरुलाई यो गरिनस वा त्यो गरिनस भनेर भन्नु कुनै अर्थ रहदैन /
      यो संस्थाले नेपालको आपद विपदमा सहयोग गरिरहेको छ / यो भन्दा पूर्वका घटनाहरुमा / त्यो पनि नेपाल सरकारको माध्यम बाट मात्र गर्न सक्छ (जस्तै प्रधानमन्त्री राहत कोष ) मार्फत /
      विश्वभरका राष्ट्रिय समन्वय परिषदहरुबाट सहयोग संकलन गर्न जरुर निश्चित समय लाग्छ / यो संस्थामा पहिले देखिनै बजेटको ढुकुटी हुदैन / सहयोग गर्ने भनेको तपाईं हामी जस्ता बिदेशमा बस्नेहरुले नै हो, एन आर एन ए ले संकलन गरेर एक मुस्ट रकम बनाउन समय लाग्छ /
      यो संस्थाको आइ सी सी मा आसिन कुनै पनि पधाधिकारिले सहयोग रकम घोषणा गरेन भन्नु पनि गलत हो / किनकि व्यक्तिगत रुपमा कसैले पनि गर्नु नै पर्छ भन्ने बाध्यता छैन / जसको हैसियत पुग्छ उसले गर्न सक्छ / हुदै नहुनेले कहांबाट ल्याएर गर्नु /
      अन्तमा, यो संस्थाले गर्ने भनेको स्वेच्छाले हो/
      नेपालीहरुले तिरेको कर बाट तलव भत्ता खाने सभाषद, ठुला ठुला हाकिम, जी एम , सी डि ओ, जस्ताले सहयोग गरेन भनेर किन सोधिदैन ?

      Reply
      1. सिर्जने says:
        August 22, 2014 at 9:16 pm

        भवानी जी,
        नेपाली सरकारको बजेटमा भोज भतेर गरेर देशै हाक्छौ भन्या जस्ता गफ दिएपछि जनताले अलि अलि अपेक्ष्या राख्नु त स्वाभाविकै हो नि / कि त गफ दिन छाड्नु पर्यो, कि त गफ अनुसारको काम गर्नुपर्यो /

        Reply
        1. Bhawanee Tiwari Thebe (Austria) says:
          August 23, 2014 at 5:08 pm

          सिर्जने ज्यू,
          एन आर एन ए ले गर्न सक्ने भनेको एउटा संस्थाको हैसियतमा हो / यो संस्थाले हाम्रो देशको आर्थिक उन्नतिमा थोरै भए पनि भूमिका खेल्न सक्छौं भन्ने उद्देश्यको साथ बिश्वभरका नेपालीहरुलाई समेटेर बनेको छ/ देशको काया पलट गर्ने भाषण यदि कसैले गरेको छ भने त्यो आधिकारिक हुन सक्दैन किनकि संस्थाको आधिकारिक घोषणा पत्रमा हेर्न सकिन्छ /
          यो संस्थाले बिशेष गरेर बैदेशिक लगानीको लागि सहज बातावरण यानिकी लगानी मैत्री बातावरण को माग गरेको छ / यसको पछाडी ठुला ठुला बिदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्नु हो / भन्नुको मतलब धनि हरुलाई नेपालमा बोलाउनु /
          तर नेपाली सोचाइ अनि मानसिकता धनि बिदेशीहरु आएर व्यवसाय गरे भने सबै पैसा कमाएर लिएर जान्छन भन्ने / यसमा नेपाली नेताहरुको दुरदृष्टि को पनि कमि छ उनीहरुलाई त आफ्नो भविष्यको कुर्शीको लागि खतरा मात्र नजर आउँछ एन आर एन हरु त्यसैले त सिमित आधिकार भित्र सिमित राख्न खोजिएको छ यो संस्थालाई र यसमा अवद्ध हर कोहीलाई /
          बिदेशमा हर कोहीको व्यक्तिगत समस्यामा एन आर एन ए ले पहुँच पुर्याउन जरुरत र सम्भव पनि हुँदैन / तर सामुहिक र सर्बत्र चासोको बिषयमा उधाहरणीय काम पनि गरेको छ / डोल्मा शेर्पा लाइ मृत्यु दण्ड बाट बचाउने एन आर एन ए को पहलबाट सम्भव भएको हो / यसमा पनि सहयोग गर्ने भनेको व्यक्तिगत रुपमा एन आर एन हरु हुन, एन आर एन ए त मध्यम हो /
          कोशी बाढी को बेला वा यो भन्दा अघिका घटनाहरुमा धेरै सहयोग गरेको छ यसपाली पनि गर्छ होला तर केहि समय लाग्छ नि होइन र ? सानो उधाहरण तलको लिंक
          http://www.sansarnews.com/index.php/2012-10-18-02-54-26/25385

          Reply
  12. Hari Prasad Lamichhane-साउदी says:
    August 22, 2014 at 1:18 am

    आफु पनि एक बर्ष साउदीमा यन आर यन मा काम गर्ने अवसर पाए, आफ्नो पेशा, आफ्नो रुचिसंग मेल नखाने जमात देखेर फेरी अर्को कार्यकाल पनि बसी राख्न ठिक न देखेर छोडे |

    यो लेख पढ्ने साथीहरुले के पनि बुझ्नु जरुरि छ भने , यन आर यन भनेको नेपाल सरकार भन्दा ठुलो संस्था हैन र यसबाट सरकारसंग भन्दा धेरै आशा राख्नु त्यति उचित न होला |

    कुनै न कुनै संगठनको खोले ओढेर आफ्ना काल धन्दा हरुलाई सेतो च्यादर ले छोप्न खोज्नेहरुको ठुलो जमात , संग संस्थाहरुमा लागेको हुदा रैछन |

    Reply
  13. PRALHAD TIMALSINA says:
    August 21, 2014 at 10:15 pm

    अहिले सम्म नत कहिँ कतै यो सस्था ले गरिब , असाहय ,बिदेसमा बिचल्ली परेको , बाढीपहिरो गएको ठाउमा , वा अन्य कुनै विपति मा सहयोग गरेको छ न त तेस्तो ठाउँ मा यो सस्था को नाम नै आउनेगरेको छ , मात्र पैसा र राजनीतिको लागि अनि ठुला भनौदा ले आफ्नु टाउको स्वोदेस र बिदेसमा सुरछित पार्नको लागि मात्र खोलिएको सस्था एन आर एन हो |

    Reply
  14. dipak says:
    August 21, 2014 at 10:05 pm

    येस्सो चालामाला हेर्दा यो संस्था निदायको जस्तो लागेको छ ।

    Reply
  15. Roshan says:
    August 21, 2014 at 10:02 pm

    भरत जी दोहोरो नागरिकता त तेसै पाएका छन् Nepal मा Kun चै येन्त्र छ जाच गर्ने ? सरकार ले कम से कम कर्मचारी ,सेना ,प्रहरी , नेता , बिधार्थी Lai अहिले देखि social security number Lagu गरे दिर्घ काल मा सबै Kura Ko समाधान हुन्छ !

    Reply
  16. kiran says:
    August 21, 2014 at 9:33 pm

    खाली नराम्रो कुरा गर्यो बस्यो. राम्रो पनि त छ नि. बिदेशमा बस्ने नेपाली को हक र चाहना को निम्ति एन अर एन एकदम जरुरि छ.

    Reply
  17. शशङ् लामा says:
    August 21, 2014 at 9:30 pm

    -एन आर एन अर्थात प्रवासी नेपाली संगठन नेपाल सरकारको कुनै अंग होइन |
    -यसले नेपाल सरकारलाई भरथेग गर्नुपर्छ भन्ने केहि छैन |
    – दैवी प्रकोप पिडितहरुलाई मदत गर्नु यस संगठनको स्वेच्छाको कुरो हो |
    -पैसा र मन भएकालाई यस संगठनमा प्राथामिकता दिनुपर्छ |
    – सांगठानिक स्वरुप अनुसार यसका नेताहरु जहाजमा उडीरहनु पर्छ |
    -पैसा नभएका मन भएकाले संगठनको पैसा हवाइजहाजमै सिध्याए भने मन मात्रले केहि नाप्दैन |
    -प्रवासी नेपाली संगठनको मूल उद्देश्य भनेकै प्रवासी नेपालीको हकहितमा केन्द्रित हुने हो|
    -जलश्रोतमा लगानी यसको प्राथामिक काम होइन र नेपाल सरकारको दायित्व यसले लिने होइन | सहजकर्ताको सम्म भुमीका यसले खेल्ने हो |

    Reply
  18. jasmine says:
    August 21, 2014 at 9:25 pm

    हुन त मा यो एन. र. एन. संग सम्बन्धित व्यक्ति परिन तर मान्छे हरु को अपेछ्या हरु देख्दा पनि दिक्धार लगेर आउछ…एन. र. एन. ले देश को ठेक्कै लिएको हो र भनेको सबै समस्या मा ध्यान दिन….देश को राजस्व उठाउने सरकार ले पो गर्ने हो यस्ता समस्या हरु को समाधान..अरु ले पनि गरे राम्रो तर गरेनन भनेर गाली नै गर्न कहाँ मिल्छ र…कराउने त सरकार लाइ नै हो नि हो…एन. र. एन. भनेको त व्यक्ति हरु को समूह न हो..आफ्नो व्यक्तिगत सम्पत्ति बाट व्यक्ति हरु ले फाइदा हुने ब्यबसाय मा लगानी गर्नु स्वभाभिक हो तर समाजसेवा गर्ने भनेको त व्यक्तिगत चाहना को कुरा न हो..बाध्य गर्न त कहाँ मिल्छ र…

    Reply
  19. kiran says:
    August 21, 2014 at 8:57 pm

    वाहियात संस्था को थुप्रो मा गनिने अर्को संस्था हो एन आर एन / यसका भएजति का पदाधिकारी हरु व्यापार गर्न र राजनीति मा पहुच पुर्यौनामा तल्लिन छन् /कसैले यिनी हरु लाई सोधौन के नेपाल ले देशवासी लाई विदेश जा, नागरिकता छोड ,भन्या थियो /के नेपालको हिमाल पहाड तराई नदीनाला वन जंगल र नेपाली हरु ले त तुरुन्त देश छोडेर गइहाल भन्या थियो / अनि आफैले छोडेको आफ्नै खुशीको लागि छोडे को नागरिकता फेरि चाहियो भनेर के को कोलाहल गर्नु /विदेशको नागरिकता छोड नेपाल जाऊ, नेपाल ले न आइज भन्या छ र /

    Reply
  20. Kalyan Thapa says:
    August 21, 2014 at 8:46 pm

    भरतजी, एकपल्ट यो लिंक “सुनकोशीमा गएको पहिरोको स्थलगत निरिक्षण”http://nrna.org.np/newspage-32-सुनकोशीमा%20गएको%20पहिरोको%20स्थलगत%20निरिक्षण हेर्न अनुरोध गर्दछु!

    Reply
  21. Durga Adhikari says:
    August 21, 2014 at 8:05 pm

    N. R. N. A. यो सस्था देश वा बिदेशमा बस्दै आउनु भयका N. R. N. तथा नेपाली जनताहरुको हक हितको लागि काम गर्ने उधेस्य लियर जन्मियको सस्था हो/ दोहोरो नागरिकताको माग गर्नु पनि उचित छ/ तर तेतिमै मात्र सिमित भयर रहनु यो सम्रिध सस्थाको निरिहता हो/ मलाई याद छ, यो सस्थाको जन्म पुर्ब १९९४मा मिचिगंको Detroit, मा भयको यौटा सम्मेलनमा साथीहरुले सस्थालाई राजनीतिबाट टाढा राख्ने बचन पनि दिनु भयको थियो/ सायद साथीहरुले यी कुराहरु बिर्सनु भयो कि कसो? राजनैतिक कारणले यो सस्था गतिहीन हुनु भनेको हामी सबै नेपालीहरुको दुर्भाग्यको कुरा हो/

    Reply
  22. सिर्जने says:
    August 21, 2014 at 8:04 pm

    भारत सापकोटा ज्यु ले माथि उठान गर्नुभएको कुरो सान्दर्भिक छ । मलाइ अझ थप्न मन लागेको छ – मध्यपुर्बमा काम गर्न जाने नेपाली हरुको सम्बन्धमा : मैले सुने अनुसार एन आर एन को परिभाषामा खाडीमा काम गर्न जाने नेपाली पनि पर्छन, अनि त्यहाँ पनि एन आर एन ए छ, त्यसो भए एन आर एन ले मध्यपुर्बका मुलुकहरु मा काम गर्न जाने नेपालीहरुको पिरमर्का कम गर्न के कस्तो कार्यक्रम ल्याएको छ? कि एन आर एन ए का पदाधिकारीहरु म्यानपावर एजेन्ट मात्रै छन् अनि उनीहरु आफै धामी आफै बोक्सी भएको अभिनय गर्छन? सापकोटा ज्यु का माथिका कुराहरु साथै मध्यपुर्बका नेपालीहरुका बारेको जिज्ञाशा सापकोटा ज्यु ले एन आर एन ए को फेसबुक वा वेबपेजमा राख्न मिल्ने ठाउ छ भने राख्नुभए राम्रो हुन्थ्यो । वाशिंगटन डि सी मा शेस घलेलाइ भोलि शुक्रबार भेट्न जानुहुने महानुभाबहरुले पनि यो कुरा उठान गरिदिनु हुनेछ भन्ने आशा राख्छु । धन्यबाद ।

    Reply
  23. निरज says:
    August 21, 2014 at 6:49 pm

    ए हजुर, ठिकै लेख्नु भो| सहमति प्रकट गर्दछु|
    सविनय निवेदनका तीन वटा तप्कामा तल आफ्नो विचार पनि राखेको छु:
    १. एनआरएन संस्थालाई: को हुन् एन आर एन फेरि प्रष्ट खुलाउन पर्यो| युएनमा जागिर खाँदै बिदेशमा रहेका, सरकारी जागिरे र छात्रवृत्ति, प्लान र नेपालमा सरकारी जागिर छँदै अध्ययन बिदा झन लम्ब्याएर बिदेशमा बसेकाहरुलाई कसरि एन आर एन को सदस्यता दिने? दोहोरो नागरिकताको मांग किन जब एक पटक नेपाली नागरिकता लिएपछि त्यो घोषित रुपमा नफाले सम्म नेपाली नागरिक नै रहन्छ? सत्ताधारी कांग्रेसी नेताहरुले बिदेशमा आतिथ्य ग्रहण गर्दै “एक पटकको नेपाली संधैलाई नेपाली” भनिसकेका छन्|
    २. अहिले देशमा दैवी प्रकोप परिरहेको बेला क्याँठवाला एनआरएन संस्था वा क्लब जे भनौ, दिल खोलेर ठिक ठाउँमा पर्ने गरेर सहयोग गर्न पर्यो|
    ३. जर्साप कटवालको आत्माकथामा राजधानीको मेडिया मग्न डुबेको छ|
    आफुले मेहनतले कमाएका नाउँ, यश र पेन्सन नै जर्सापको लागि मनग्गे होला भन्ठान्छु| त्यसैले बिशाल हृदय लिएर जरसापले सो पुस्तकबाट उब्जेको कमाईको सम्पूर्ण रकम दैवी प्रकोपमा दान गर्नुभए उँहालाई साँचै इन्द्रको आसन नताकने मानवरुपी इन्द्र नै मान्न पनि कोहि पछि नपर्ला| अवसर यही हो|

    Reply
  24. Sunil Shrestha(Belgium) says:
    August 21, 2014 at 6:43 pm

    सबै NRN स्वार्थी हुन्, बिदेशमा पनि एक अपास मा झगडा गर्ने हरुले के को देश को सेवा गर्छ , बरु उनीहरुलाई नै कसले सेवा गर्छ भनेर बसी रहन्छ/

    Reply
  25. yash says:
    August 21, 2014 at 6:12 pm

    लेखकले आफ्नो नाम कोस्टभित्र donbharat – (डन भरत ) लेखेको देख्ने बित्तिकै पुरै लेख पढ्नै मनलागेन | स्वयम् दाहुद इब्राहिमले धरी आफैले आफैलाई ‘डनदाहुद इब्राहिम’ भनेर लेख्दैन होला | हाम्रा तोरी लाहुरेहरुको भने यो के खालको ‘डन’ मोह हो कुन्नि ? |

    Reply
  26. kedar says:
    August 21, 2014 at 6:10 pm

    नेपालमा छँदा राजनिती गर्न नपाएर भोकाएकाहरु विदेशिए पछी त्यहि राजनितीको भोक मेटाउने मेलो बाहेक केही होइन NRNA लागायेतका “समाज” र “गठबन्धन” हरु | यिनले धेरै गर्ने भनेको दशैंमा भतेर आयोजना गर्ने हुन् |

    Reply
  27. yam says:
    August 21, 2014 at 5:48 pm

    म पनि बिगत १६ वर्ष बाट विदेश म बस्छु / तर म के यो NRN भने सस्था खारेज भयोको हेर्न चाहन्छु/ यौ सबै भन्दा बेकारको सस्था हो/

    Reply
  28. max says:
    August 21, 2014 at 3:42 pm

    “त्यतिमात्र नभएर राजनीतिक पार्टीको प्यानल बनाई चुनाव लड्दै अबिर जात्रा गर्छन्। ”
    यो त १०० % ठिक हो .

    “विदेशमा रहेका नेपालीहरुको सबैभन्दा ठुलो संस्था ठान्ने यस एन.आर.एन.ए. ले यो पनि जान्न जरुरी छ कि आखिर किन जन्मिदै छन् त विदेशमा दशैंका जमरा सरी अनेकौ समाज र गठबन्धनहरु? को हुन त यसको जिम्मेवारी लिनेहरु? ”

    किनकि एस ले न नेपाली हरुको बारेमा बोल्छ न उनीहरु लै सहयोग नै गर्छ; यक दुइ बाहेक यौ यौटा मागी खाने भाँडो हो.
    पहिलो कुरा त जहाँ बसे पनि नेपालको कुन ठाउँको मान्छे हो भनेर विदेश मा भेदभाव गर्न छोड दैन न .
    “हामी एन.आर.एन.ए. हरुलाई त एउतै चिन्ता छ मात्र दोहोरो नागरिकताको। ”

    यौ चैही केहि बेक्ती हरुलाई हुन् सक्छ तर सबै लै लागु नहुन सक्छ? किनकि राजनीति गर्ने एन.आर.एन.ए. र पार्टी को झन्डा बोक्ने हुले हो त्योता त / नत्र अरु हरु कतिलाई त एन.आर.एन.ए. ले के गर्छ भनेर थाहा पनि नहुन सक्छ?

    Reply
  29. Akash rawal says:
    August 21, 2014 at 2:59 pm

    एनआरएनले बाढी पिडितलाई के कति सहयोग गर्यो भन्ने प्रमाण यो समाचारले दिन्छ । http://www.nepalbritain.com/?p=१७४२८

    पहिरो पीडित क्षेत्रमा एनआरएन पदाधिकारी रमिते

    लन्डन । सुनकोशी पहिरो पीडितका लागि सहयोग गर्ने उद्देश्यले घटनास्थल पुगेका गैरआवासीय नेपाली संघका उपाध्यक्ष टिबी कार्की अहिले विवादमा तानिएका छन् । बाढी पीडितको अवस्था दयनीय रहेका बेला आन्तरिक पर्यटक बनेर खाली हात सो क्षेत्रमा पुगेपछि कार्की विवादमा तानिएका हुन् । वस्तुस्थिति बुझ्न मात्र पहिरो प्रभावित क्षेत्रमा पुगेको कार्कीले बताए । उनले भने, ‘कति राहत चाहिने हो, त्यसको वस्तुस्थिति मूल्यांकन गर्न कर्मचारी लिएर पहिरो प्रभावित क्षेत्रमा गएको हु“ ।’
    उनी व्यक्तिगत रुपमा त्यहा“ पुगेका होलान्, पहिरो पीडित क्षेत्रमा एनआरएन पदाधिकारी जाने संस्थागत निर्णय भएको छैन, एनआरएन स्रोतले भन्यो । यसअघि गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद्ले महासचिव कुमार पन्तको संयोजकत्वमा बाढीपीडितका लागि सहयोग गर्न समिति बनाएको छ । सो समितिको उपसंयोजक कुल आचार्य हुन, स्रोतले भन्यो अहिले एनआरएनका सबै राष्ट्रिय समितिबाट सहयोग आउने क्रम जारी छ एकमुष्ठ सहयोग लिएर पदाधिकारी गाएको भए एनआरएनको पनि नाम रहने थियो, त्यसरी रमिते नभइदिएको भए हुन्थ्यो ।
    कार्कीले केही स्थानीय पत्रकार र गैरआवासीय नेपाली संघका कर्मचारी लिएर घट्ना स्थल पुगेर फोटो खिचाएका थिए । स्रोतले प्रचारवाजीले मात्र पीडित राहत नपाउने टिप्पणी एक एनआरएन पदाधिकारीले गरे ।
    गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका अधिकांश पदाधिकारीले बाढीपीडितका लागि राहत कोषमा सहयोग नगरेको बुझिएको छ । हालसम्म सहयोग घोषणा नगर्नेमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उपाध्यक्षद्वय भवन भट्ट र टिबी कार्की हुन् । यसअघि गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले २ लाख ५० हजार रुपैया“, पूर्वअध्यक्ष जीवा लामिछानेले १ लाख रुपैंया“, महासचिव कुमार पन्त १ लाख रुपैंया“ र एनआरएन आइसीसी सदस्य कुल आचार्यले १ लाख रुपैंया“ बाढीपीडितलाई सहयोग दिने घोषणा गरिसकेका छन भने अन्तर्राष्ट्रिय परिषदका अधिकांश सदस्य रमिते बनेका छन् । हालसम्म गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिबाट करिब २५ लाख रुपैंया जम्मा भएको एनआरएनले जनाएको छ । थप रकम जम्मा भएपछि प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षमा गठन भएको दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने राहत संकलन समितिका उपसंयोजक आचार्यले बताए ।

    Reply
  30. Lochan (Qatar) says:
    August 21, 2014 at 2:16 pm

    NRN = नौटंकी मा रमाउने नेपाली को सस्था हो NRN
    एउटा समूह बनाउछन् अनी तेस्मा राजनीति खेलछन् को पुग्ने कुर्सी मा भन्ने दाउ हुन्छ. बिदेस मा कमाउन / पढ्न आउने हुन्छन कमाउने ले आफ्नो काम मा लाग्नु पढ्ने राम्रो सग पढ्नु अनी नेपाल तिर कुद्नु नी जता जाती को समूह, राजनीति पाटी समूह, गाऊ गाऊ को समूह, वडा न. को समूह, जुल्ला को समूह, वाक्क दिक्क लागेर आउछ.

    Reply
  31. eklavya says:
    August 21, 2014 at 1:42 pm

    कहिँ लुकेको छुपेको छैनन् यी एनारयानेहरु नेपालका चरिमय नेताहरु झैँ गरिमामय जीवनशैलीले ब्यस्त भएका हुन् कोहि कलेजका मालिक कोहि उद्द्योगपति कोहि डाक्टर कोहि इञ्जिनिअर छन् ..कोहि अफिस कोहि कम्पनि जाने आदि मुश्किलले दिनमा दुइ तिन घण्टा पाउछ त्यो पनि फेसबुक ट्वित्तर इन्स्ताग्राम आदिले नेट मै बित्छ त्यो त कसैले मोबाइलमै ध्वार्र पारेर मेसेज गर्छन र पो संस्थाको काम छ भन्ने थाहा हुन्छ र समय मिलाइन्छ अब देशमा सहयोग गर्नको लागि सुरुमा जानकारी पनि त हुनुपर्यो तेस्पछि समय अनि मिटिंग अनि फेरी मिटिंग ….आदि …तेही भएर हिजोआज एनानारयेनेहरुले एउटा उत्तम उपाय खोजेको छ …”RIP , हे भगवान के भएको , सरकार के हेरी बसेको , हे पशुपतिनाथ दया गर्नुस, कस्तो बिडम्बना, धैर्य राख्नुस सबै ठिक हुन्छ ” आदि अनेक जस्ता कमेन्ट गरी लाइक दियो अनि सुत्यो भएन त भावपूर्ण सहयोग अरु आश नराख्नुस किनकी जति आश गर्यो उति निराशा पनि पाइन्छ …अस्तु

    Reply
  32. gokul sharma says:
    August 21, 2014 at 1:20 pm

    मित्र पनि पैसा कमाउन नसकेर दुख पाएको व्यक्ति त होला नि. कामै धनिमानिको रिस गर्ने..

    Reply
  33. sachet says:
    August 21, 2014 at 1:08 pm

    यो N R N भनेको डाका हरु को सस्था हो. सन् २००३ अर्थात् आज भन्दा एक दशक अगाडी यूरोप प्रान्तमा सिमित व्यक्तिहरुबाट खेल्न लागिएको यो खेल अहिले आएर बिश्वका हरेक प्रान्तमा गरि करिब ६ दर्जन देशहरुको हाराहारीमा खेल्न थालिसकेको छ। नेपालको आर्थिक, सामाजिक र शैक्षिक रूपान्तरण गर्ने प्रतिबद्दता जारी गर्दै १० बर्ष देखि अरबौंको लगानी भित्र्याएर देश बिकाश गर्छौं भन्ने गफ लगाए। सरकारी रकममा भोज खाई दशैँ मनाउनका लागि सम्मेलन गरे जस्तो नाटक देखाउँदै कुर्सिको लागि खेल खेल्छन्।

    त्यतिमात्र नभएर राजनीतिक पार्टीको प्यानल बनाई चुनाव लड्दै अबिर जात्रा गर्छन्। यदि यहाँ पनि चरम राजनीति नै हुने हो भने एन.आर.एन.ए. को पछाडि एउटा राजनीतिक बिल्ला भिराउनु नितान्त जरुरी किन ठानिएन त? के छ त एन.आर.एन.ए. को अस्तित्व ? के हो त एन.आर.एन.ए. को दायित्व ? अनि के गर्दै छ एन.आर.एन.ए. ले ? यदि एन.आर.एन.ए. आम देश-विदेश बासी नेपालीहरुका समस्या र भैपरी आउने आपत बिपत समाधान गर्न स्थापित सामुहिक चौतारी संस्था हो भने किन दोहोरो नागरितामा नै सीमित छ त एन.आर.एन.ए ?

    Reply
  34. prakash says:
    August 21, 2014 at 12:48 pm

    एन.आर.एन.ए. भनेको सुकुम्बाशिको जमात हुन् | यिनीहरु मात्र स्वार्थ हेर्छन र यो जमातको कुनै आश गर्नु बेकार छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme