Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माइसंसार अब एपमा पनि

Posted on August 19, 2014 by Salokya

mysansar_app
नौ वर्षदेखि तपाईँको सेवामा रहेको माइसंसार ब्लग आजदेखि एपमा पनि उपलब्ध छ। सन् २००५ मा ब्लगसमको फ्रि होस्टिङबाट सुरु भएको ‘मेरो स‍ंसार’ त्यसको एक वर्षपछि माइसंसार डट कममा उपलब्ध हुन थालेको हो। यो बीचमा प्रविधिमा धेरै परिवर्तन आइसकेको छ। त्यतिबेला नेपालमा डायल अप इन्टरनेटमात्र चल्थ्यो। युट्युब, फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जाल आएकै थिएन। प्रविधिको परिवर्तनलाई आत्मसात् गर्दै माइसंसारले मोबाइल एपमा उपस्थिति जनाउनेतर्फ पहिलो कदम चालेको हो। यसलाई साथ दिएको छ सिरान टेक्नोलोजिज प्रा.लि.ले।

mysansar_app1 अहिलेलाई यो एन्ड्रोइडमा मात्र निःशुल्क उपलब्ध हुनेछ। अर्थात् आइफोन चलाउने र विन्डोज फोन चलाउनेले यो एप डाउनलोड गर्न पाउने छैनन्। एन्ड्रोइड २.३.३ र त्योभन्दा माथिका संस्करणमा यो इन्स्टल हुनेछ।

माइसंसार एपको पहिलो संस्करणमा माइसंसारको मुख्य ब्लग र मेरो ट्विटर फिडमार्फत् पछिल्ला अपडेटहरु तपाईँ प्राप्त गर्न सक्नुहुनेछ। दोस्रो संस्करणमा हामी अङ्ग्रेजी ब्लग, मनोरञ्जनलाई प्राथमिकता दिने इ!माइसंसार र फोटो ब्लगलाई पनि समेट्नेछौँ।

एपबाट नै तपाईँले मोबाइलले खिचेका फोटोहरु र ब्लग, टिप्स लेखेर माइसंसारलाई पठाउन सक्नुहुन्छ। प्रकाशनयोग्य भएमा त्यसलाई माइसंसारमा राखिनेछ।

माइसंसार तपाईँको पनि आफ्नै संसार हो। सुरुदेखि नै तपाईँहरुले पठाउनुभएका, मूलधारे मिडियाको प्राथमिकतामा नपरेका विषयहरुलाई यसले प्राथमिकता दिँदै आएको छ। एपको माध्यमबाट तपाईँलाई त्यस्ता सामाग्री, फोटो, भिडियो पठाउन अझ सहज हुने आशा हामीले लिएका छौँ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्।

साथमा, माइसंसारको वेब संस्करणमा केही दिनअघि सर्भर परिवर्तनका क्रममा केही समस्या देखिए पनि अहिले त्यसको समाधान भइसकेको छ। यद्यपि कमेन्टहरुमा रातो र हरियो क्लिकमा अझै केही समस्या देखिएको छ। हामी त्यसको समाधान गर्ने प्रयासमा छौँ।

एपबारे तपाईँको प्रतिक्रिया र सुझाव दिनुहोला।

14 thoughts on “माइसंसार अब एपमा पनि”

  1. nir says:
    August 19, 2014 at 7:54 pm

    why dont mysansar create a “mobile web app” version aswell which works for android/ios/windows. If coded properly mobile web app version fits exactly on multi devices screen.

    Reply
  2. kedar says:
    August 19, 2014 at 3:34 pm

    कयौं दिन देखि सोची मात्र राखेको तर ओकल्न नसकेको कुरा बिपना भएको सुन्न, देख्न र महसुस गर्न पाउँदा सार्है खुशी लागेको छ | मेरो संसार र सालोक्य जीको उत्तरोत्तर प्रगतिको कामना र हाम्रो “मेरो संसार” लाई नयाँ उचाई दिनु भएकोमा अनन्त धन्यबाद |

    Reply
  3. श्याम says:
    August 19, 2014 at 1:49 pm

    समय अनुसार परिवर्तन गर्नु भहेछ सालोक्य जि एक्दम राम्रो एप छ अझ सजिलो व्हयो माई सन्सार्म मा प्रबेश गर्न

    Reply
  4. shivaraj khadka says:
    August 19, 2014 at 12:52 pm

    बधाई छ, उत्तरोत्तर प्रगतिको सुभकामना ||

    Reply
  5. Milan Limboo says:
    August 19, 2014 at 12:41 pm

    सोचे जस्तो राम्रो पाइन । लोगो ब्लगमा प्रयोग भएकै प्रयोग गरे राम्रो । हामी हरियो पृष्टभूमीमा सेतो अक्षरले मेरो संसरा लेखेको हेर्न बानी परिसकेका छौ । एप्समा ट्वीट नराखे राम्रो ।

    Reply
  6. Max Thapa, Sydney says:
    August 19, 2014 at 11:16 am

    बधाई छ, उत्तरोत्तर प्रगतिको सुभकामना |||

    Reply
  7. pravas pokhrel says:
    August 19, 2014 at 9:56 am

    Windows compatible पनि आउछ होला नि ?

    Reply
  8. Kabin says:
    August 19, 2014 at 4:53 am

    iPhone मा कहिले होला

    Reply
  9. anjaan says:
    August 19, 2014 at 3:58 am

    It seems, MySansar doesn’t care about IOS/Window Users. Do Mysansar has any statistical information about the users with Android vs IOS vs Windows Users? Be careful…

    Reply
    1. Vijay says:
      August 19, 2014 at 2:00 pm

      गूगल प्लेस्टोरमा एप राख्दा वन टाइम फी २५ डलर मात्र छ तर एप्पलमा बर्सेनि ९९ डलर तिर्नुपर्ने हुन्छ । सायद त्यसैले आइफोन मा आउन केही समय पर्खिनै पर्ला जस्तो छ ।

      Reply
    2. प्रकास says:
      August 19, 2014 at 2:58 pm

      अन्जान जी, तपाई पनि बेकारमा आवेशमा आउनुहुन्छ । ढिलोचाढो आईहाल्ला नि..

      Reply
  10. nisthuri says:
    August 19, 2014 at 3:20 am

    ios मा पनि ल्याउनु पर्यो

    Reply
  11. Jeeban Gurung says:
    August 19, 2014 at 1:19 am

    Iphone मा कसरि गर्ने त ?

    Reply
  12. abilash says:
    August 19, 2014 at 12:34 am

    ramro cha
    – via MySansar App

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme