रात्रिर्गमिष्यति भविष्यति सुप्रभातम्
भास्वानुदेष्यति हसिष्यति पंकजश्रीः।
इति विचारयति कोषगते द्विरेफे
हा हंत हंत नलिनीं गज उज्जहार॥
[हात्तीले थुतेर फालेको कमलको फूलभित्र रहेको मौरीले ठान्छ –रात पछि बिहानी आउछ, उज्यालो भएर घाम लागेपछि फूल फ़क्रिञ्छ। ब्रिहदरान्यकोपनिषद ]
स्वेताका बारेमा लेखिएको डा व्यन्जना शर्माको “श्वेता, सूर्य अवश्य उदाउँछ” ब्लग पढ्दा माथिको श्लोकको सम्झना भयो र केहि कुरा थप्न अनुमति मागें।
एकै एकै समयमा दुइवटा युवाहरु नेपालले गुमायो । एउटा युवा श्रीकृष्ण श्रेष्ठ सर्जक भएकाले प्रख्यात भए र अर्काले भने बिध्वस मार्ग रोजेर कुख्याती कमाए । ती घटना संगसंगै दुइवटी उम्दा युवतीहरु पनि चर्चामा आए।
श्वेता श्रीकृष्ण संग सिर्जना कर्ममा जुटेकी रहिछन् र संसारिक अर्थमा निर्लिप्त मायामा रहिछन् । ती रंगकर्ममा डुबेकी युवतीले चाहदी हुन् त ठुलै नाटक र बबण्डर खडा गरेर मेडिया लाई मसला दिन्थिन होला तर बिचारी स्वेताले वास्तविक जीवनमा नाटक उति जानेकी रहिनछन् ।
उता चरिमाया भने वास्तविक जीवनमा ठुलो नाटककार रहिछन् । यी त मानब मुजुरनी पो रहिछन् । यता चरी प्रेमीको सैया उठ्न पाको छैन उता उनी कस्ती असल, समाजसेवी, सच्चा प्रेमी हुन् भनेर प्रमाणित गरिमाग्न गुहार गरि हिड्न पो थालिछन् । उनका नक्कली तर्कमा मक्ख परेर अझ केहि सिकारु नारीवादी त चरिमायालाई एक धन्य नारीका रुपमा प्रस्तुत गर्न पनि पछि परेनन् ; उद्देस्य –सस्तो लोकप्रियता र अर्थोपार्जन — ऎकै भएपछि कुरा मिल्ने रहेछ क्यारे । हुनत चरीमायाले चरीलाई मान्छे बनाउन प्रयास गरेको सुगा रट पनि सुनियो तर अब उनले अरु कतिलाई मान्छे बनाउने हुन् भन्ने पो डर छ त !
यता श्वेता प्रेमी गुमाउनु को मुर्छाबाट बौरिन सकेकी छैनन् उता चरिमाया देश देशान्तर थर्काएर उनका फड्के प्रेम कथा र त्यस संग जोडिएर आयेका लालची प्रसङ्ग बाट आफुलाई मुक्त गर्न असफल प्रयाश गर्दैछन ।
यी मानब जीवन जगतका दैनिक प्रसङ्ग हुन् कति यस्ता कुरा निस्कंछन् र कति बिलाउछन् । एक जोगी महाराज भन्नु हुन्थ्यो -न त संसारका चना चपाएर सकिन्छ, न त कुरा गरेर सकिन्छ । कुरा गरयो कुरैको दुख ।
गुरु राधास्वामी भन्नु हुन्थ्यो — हामी आफ्नै आफ्नै भुमरीमा बटारिएर, लतारिएर निरन्तर स्या स्या र फ्या फ्या गर्दै दौडिरहेका छौ । कता र किन दौडेको होला भनेर रोकिने र सोच्ने सम्म फुर्सद छैन । बल्छीको माछो झैँ बिबिध लालसामा उनिएका छौ। भुमरीलाई टाढा बाट हेर्दा मात्र यसले कसरि बिध्वन्स गर्छ भन्ने देखिन्छ । बल्छीको माछोले जति बल गर्छ उति जाकिन्छा।
सारमा दुवै युवाको मृत्यु भयो तर एकले सत्कर्मको छाप छाडेर गए भने अर्कोले दुस्कर्मको। छनोट आफ्नै आफ्नै हुन्छन, आफुले भिरेका मादल आ-आफ्नै तालमा बजाउने छुट सबैलाई छ । तर समाजमा चरिमाया जस्ता र तिनका पृष्ठपोसक हरुले भने दुस्प्रवाब नै पार्छन। फेरी पनि छनोट आफ्नै हो –चरिमाया कि श्वेता ?
काममय एवायं पुरुष इति।
स यथाकामो भवति तत्क्रतुर्भवति।
यत्क्रतुर्भवति तत्कर्म कुरुते।
यत्कर्म कुरुते तदभिसंपद्यते॥
[आफुले भित्र पालेका विचारले नै इच्छा लाई निर्देशित गर्छ, ती इच्छाले कर्मलाई निर्देशित गर्छ र कर्मले भाग्य निर्धारण गर्दछ ।ब्रिहदरान्यकोपनिषद ]
(यी विचार लेखकका आफ्नै हुन् । यी कुरामा सहमत नभए लेखक संगै सम्पर्क गर्नुहोला। [email protected])
very nice
येसो गहिरिएर सोच्दा मलाई त एस्तो लाग्न थाल्यो कि ओली नाम भएका सबै मानिश येस्तै गरेर पोपुलारिटी हासिल गर्दा रहिचन कि कसो हो साथी हो……हजुर हरु को विचार
व्यङ्ग्यात्मक र उपदेशात्मक संयोजन राम्रो लाग्यो । “विचारले इच्छा, इच्छाले कर्म र कर्मले भाग्य निर्धारण गर्छ” भन्ने मनन योग्य लाग्यो । विज्ञापनको ढोल पिटेर मधुर सारङ्गी स्वर देखाउन खोज्नु चरीमायावादका लक्षित सिद्धान्त नै हुन् । यौटाको कम्जोरीमा कुल्चेर आर्थिक भाग्योदय परिलक्षित चरीमाया गाथा अपरमपार छ । यो शरीर जसरी चलायो उसरी नै चल्छ । मन जसरी दौडायो उसरी नै वेग हान्छ ।
राक्षसी चरीको नाटककार करोडपति मायालाई चरिमाया भनिदिंदा हाम्री समाजकी उदाहरणीय चरिमाया तामाङ्ग प्रति ब्यङ्ग गरेको हो कि भनेजैं पो भान भयो एकछिन! फेरि नारीवादी र मानावतावादी पनि हुन् उनी त/ यी अबोध बालकहरुको कपाल मुण्डन गराएर हिंस्रक चरीलाई निर्लज्ज सम्मान (?) दिन पछि नपर्ने मायालाई ओलीमाया भनिदिंदा कसो होला! गोलीलाई माया गरेर छातीमै टाँसेर परमधाम भएको चरीको माया-ओलीमाया!!!
धनचरी माया भने कस्तो होला ? किन कि ओली माया भन्दा अर्का ओली रिसुलान र फेरी अर्को कुरा चरी को नाम निसान नै हरौनुता भएन नि | चरी मर्दा त यत्रो बबण्डर अर्को ओली रिसौदा त नेपाल ma त प्रलय नै हुन्छ
अति उत्तम कहती
बिलक्क्ष्यरम एक ति सति
अर्की दुस्प्रभातीम अति
जग जग पुरणम क्ष्यति
लेखक कलमम नैतिकम अति
देखनम दुर दृस्टी अति
नीति वाचनम कति कति
नैबेद्यम समर्पनम अति
आफुले भित्र पालेका विचारले नै इच्छा लाई निर्देशित गर्छ, ती इच्छाले कर्मलाई निर्देशित गर्छ र कर्मले भाग्य निर्धारण गर्दछ ।ब्रिहदरान्यकोपनिषद