Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हामी कति सभ्य छौँ ?

Posted on August 17, 2014 by Salokya

– निपेश ढाका –

nipeshकीर्तिपुरको त्रिभुवन विश्वविद्यालय १३१ रोपनी क्षेत्रफलमा फैलिएको छ। यो देशभरका कलेज तथा क्याम्पसहरुको केन्द्रीय शिक्षा कार्यालय हो। यहाँका ३२ वटा विभागहरुको परिसर हेर्दा लाग्छ हामी शिक्षा क्षेत्र नभएर कुनै फोहर थुपार्ने क्षेत्र तथा खाद्यान्नहरुको गोदाममा छौँ। प्रत्येक विभागमा कम्तिमा ३ जना सरसफाई गर्ने पियनहरु छन्। तर कक्षाकोठाहरु फोहर, मेच टेबल बस्न नै नमिल्ने। अनि कोठामा वर्षाको पानी जमेको।

विश्व वातावरण दिवस अर्थात् जुन ५ को दिन संसार विश्वकप फुटबलको माहोलमा डुबेको बेला म जर्सी किन्नको बदला चार, पाँच वटा बोरा र पन्जा किनेर त्रिविवि तिर गएँ। त्यस दिनदेखि अनवरत प्रत्येक साँझ ५ बजेदेखि ७ बजे सम्म र नभ्याएको दिन बिहान पनि म फोहरहरु उठाउन लागिपरेको छु।

nipesh1

शुरुवात क्यापस प्रमुखको कार्यालय देखि नै गर्न मन लाग्यो। अहो, फोहर अचम्मका भेट्टाएँ मैले। रक्सीका बोतल, प्लाष्टिकका ग्लास धेरै नै पाइयो। साथमा कण्डम, सेनेटरी प्याडहरु पनि देखियो। झ्यालका शिशा अनि मार्वलका टुक्रा, फुटेका ग्लासहरु भवनको वरिपरि प्रशस्त पाइयो। अझ भवनको वरिपरि नालामा त सानो प्रयासले सफा नहुने देखेँ।

भवन वरिपरि दिसापिसाब गरिएका, सिस्नु, लामखुटे, किराफटाङ्ग्रा आदिले अवरोध पारे पनि म सकेसम्म प्लाष्टिक र शिशाहरु र नकुहिने वस्तुहरु उठाउनमा केन्द्रित हुन्थेँ। त्रिविविको यो अवस्था देखेर मलाई प्रिन्सिपल अर्थात् क्याम्पस प्रमुख डा. गोविन्द सुबेदीसित अनेकौ जिज्ञासा र खुल्दुली लाग्यो।

केही दिनपछि विज्ञान संकायका विभाग परिसर वरिपरि तिर लागेँ। त्यहाँ ढलान गरिएको ठाउँ वरिपरि ५, ६ वटा मोटरसाइकल र स्कुटर घुमाइराखेका थिए। त्यहाँ हेर्दा लाग्थ्यो कुनै सवारी साधनको लाइसेन्स तथा अनुमति पत्रको लागि सिकाउने त्यस्तो विभाग पनि छ।

तर माथि पोलमा लेखिएको बोर्डमा मेरो नजर पुग्यो- यहाँ सवारी साधन सिक्न अनि गाईवस्तुहरु चराउन निषेध गरिएको छ। बोर्डको तल प्रिन्सिपल लेखिएको रहेछ।

हरेक दिन एउटा बोरा भर्न पनि मुस्किल हुन्थ्यो भने कहिलेकाहीँ दुई वटा पनि भरिन्थ्यो। चकलेटका साना-साना टुक्राहरु जुन माटोमा मिलिसकेका छन्। कति बोराहरु झाडीमा राख्दथे तर छ सात वटा बोराहरु कवाडि टिप्नेहरुले लगेछन्। किनकि ती बोराहरु प्रत्येक गोटाको दश रुपियाँ पर्छ। अनि त्यसभित्रका प्लाष्टिक पनि पैसा पर्ने रहेछ।

अनि ती बोरा राख्नको लागि गणित विभाग प्रमुखलाई भेट्न लगातार दुई दिनसम्म गएँ तर प्राध्यापक डा. केदारनाथ उप्रेतिलाई भेट्न सकिनँ। पछि उनीहरुले मलाई पानी जमेको कोठामा केही दिनको लागि बोरा राख्न दिए। पानी जमेको एकदम फोहर गनाउने सानो कोठामा पिउन दाइले राख्न दिनुभयो। त्यसैमा मेरा बोराहरु व्यवस्थापन गरेँ।

केहि दिनपछि गणित विभागका कर्मचारी केशबराज भट्टाराईले मलाईे कुरेर बस्नु भएको रहेछ। उहाँ निकै आक्रोसमा देखिनु भयो किन नसोधी राख्नुभएको भनेर। मैले सोध्न उचित ठानिनँ, यहाँ फोहर फाल्न सोधेर फालेका हुन् र त्यही फोहर टिप्न किन सोध्नु पर्ने। उनीहरुले गर्ने काम मैले गरेको छु यो मेरो विद्याको मन्दिर हो, यहाँ पूजा गर्न, मन्दिर सफा गर्न कसैलाई सोध्नु पर्छ र मनमनै कुरा उब्जlयो तर जवाफ फर्काइनँ।

उहाँले केही दिनमा खाली गर्ने नत्र जलाइदिने चेतावनी दिएपछि मात्र मैले यो जलाउन हुँदैन, जलाइयो भने झन् कयौँ गुणा हानिकारक हुन्छ भनेँ। केहि दिनमा व्यवस्थापन गर्ने वाचा गरेँ। उहाँको र मेरो केही मिनेट संवाद पछि उहाँले कमसेकम क्याम्पस प्रमुखको स्वीकृति लिएको भए हुने भन्ने कुरा गर्नुभयो र लिन आग्रह गर्नुभयो। तर उहाँलाई भेटन मैले पहिला निकै समय बर्बाद गरिसकेको थिएँ।

मेरो मनमा धेरै कुरा खेल्यो र यस अभियान लाई कुनै कार्यक्रम मार्फत क्याम्पस प्रमुख डा. गोविन्द सुबेदी लाई हस्तान्तरण गर्ने सोच बनाए । मेरो लक्ष्य केहि विभागिय प्रमुखको साथमा क्याम्पस प्रमुखलाई हस्तान्तरण र यस परिसर वरिपरि संवेदनशिल हुन अनुरोध गर्नु थियो । अन्तत मैले २२ गते प्रिन्सिपललाई केहि पत्रकार र विद्र्थीको माझमा हस्तान्तर गर्ने उदेश्य सहित प्रमुख अथितिको निम्तोको निवेदन लिएर प्रिन्सिपलको कार्यलय पुगे । उहाँ र उहाँको कार्यलय मैले अनुमान लगाएको भन्दा धेरै फरक पाय । उहाँले यो कार्यक्र्रम तोकिएको समय अर्थात साउन २२ गते विहान ११ वजे विज्ञान संस्थान अगाडि आउछु भन्ने आश्वासन दिनुभयो उहाँको सो जवाफ पछि मेरो सोच सकारात्मक भयो र भोली कार्यक्रममा भेट हुने गरि उहाँको सफा सुन्दर कार्यलय वाट विदा भए । भोली पल्ट अर्थात, कार्यक्रम शुरु हुने समय तोकेको एक घण्टा पश्चात उहाँले फोनमा असमर्थता जनाउनु भयो र आफु निकै व्यस्त हुनुभएको कुरा जनाउनु भयो । अन्तत हामी वातावरण विज्ञानका प्रार्चायदोए डा. रेजिना मास्के वेन्जु र डा. मदन कोइराला को प्रमुख अथितिमा कार्यक्रम सञ्चालन गरि उलाई जम्मा गरिएका ४० फोहरका बोरा र २३ वटा मेरो सुझावहरुको पत्र केहि पत्रकार हरुको साथमा जिम्मा लगाईदियौ ।
nipesh
भोली कहाँ पुगिएला थाहा छैन तर अहिले आफलाई उच्च शिक्षा दिएको यस विश्वविद्यालयको अहिलेको हालत देख्ता उदार लाग्छ । कोहि उच्च ओहदामा बसेका व्यत्ति तथा कसैलाई कारणवस ठेस पुयाउन गरियको यो मेरो काम होइन। मात्र मेरो उच्च शिक्षा दिएको यो मन्दिर मलाई फोहर र असभ्य देखेर भित्री इच्छा जागेको हो। यहाको शिक्षाको गुणस्तर साथै भित्रका कुरा हरु वाहिरीको वातावरणले प्रस्ट बोलेको छ । मेरो सानो प्रयासले त्रि. वि. वि. पुर्ण सफा हुने र यस अभियानमा निरन्तर लाग्ने प्रतिबद्धता गरेको छु । यसलाई सम्बन्धित निकाय हरुले अन्यथा नलिन पनि अनुरोध गर्दछु । किनकी यो शिक्षा क्षेत्र जस्तो ठाउ समाज र समुदाय वनाउने र ज्ञानको ज्योति फैलाउने ठाउ हो । यसका सकारात्मक कुरा र नकारात्मक कुराको वहस गर्न हामी सवैको अधिकार हो भन्ने कुरा बुझेको छु । हामी देखासिकी भन्दा पनि व्यावाहारिक रुपमा सभ्य बन्नु आवश्यक छ मेरो मान्यता यहि हो । यो त्रि.वि.वि. को त एउटा उदारण मात्रै हो, अहिले हामीले दिईरहेको र लिईरहेको शिक्षा आफ्नो ठाउमा छदै छ । विभागीय प्रमुख हरु ले फूलैफूलले सजिएरको बन्द कोठामा गरिएको क्याम्पस बैठक भन्दा एकचोटी आफ्ना भवन परिक्रमा गर्ने हो कि ? इन्टरनेटमा क्याम्पस को वेबसाइट हेर्ने हो र त्रि.वि.वि परिसर प्रत्यक्ष नियाल्ने हो भने १८० डिग्री कोडको भिन्नता पाउन सकिन्छ । मैले देखेको, सभ्यता र असभ्यताको संज्ञा दिने ति जिम्बेवार व्यत्तिहरु आखिर किन समाजलाई सभ्यता तिर पुयाउन चाहदैनन् त ? र चाहनेहरुको यो समाजमा किन भूमिका हुँदैन ?

हामी हुवहु घोकाएर र परिक्षामा राम्रो अंक ल्याउदैमा मात्र शिक्षित हुदैनौ । शिक्षाले त जीवीको पार्जन भन्दा पनि समाज लाई सभ्यता, शिष्टता मा परिणत गराउने खालको हुनु पर्दछ । आजको त्रि.वि.वि परिसर भित्रको यस अव्यवस्थित मामीला हरुको वेलैमा जागरुक गर्नु पर्छ । प्रत्येक विभागमा किन फोहर फाल्ने कन्टेनर राखीदैन ? म एक्लै ले कति दिन हुन्छ र । मैले त यउटा रुपान्तरण अभियान देखाउन खोजेको मात्र हु । विश्व विद्यालय मा किन सवारी साधन सिक्न निषेधित गरिदैन । कुनै व्यवस्थित ठाउमा पाकीङ स्थल वनाएर वाहिरी मानीस हरु र सवारी साधनको आगमनमा निषेध गरिनु पर्छ । कार्यलय समय भन्दा वाहिर विद्यार्थी, प्राध्यापक र कर्मचारी हरुलाई विना परिचय पत्र प्रवेश निषेध गरिनु पर्छ । विश्व विद्यालयको परिसर भित्र चौघेरा पर्खाल लगाउनु पर्छ । यो त शान्त ज्ञान लिने र ज्ञान दिने ठाउ साथै सभ्यता सिक्ने ठाउ पो हो। राजनिति, र जीर्ण बनाउने माध्यम होईन । अझ मेरो सुझाव मान्ने हो भने विभागीहरुमा अरु तार जडान टेलिफोन बढाई, विद्यार्थीको लागी पनि ठाउ ठाउमा सहज को लागी टेलिफोन बुथ बनाएर मोबाइलको फ्रीक्वन्सी लाई क्याम्पसहरुको क्षेत्र भित्र वन्द गरिनु पर्छ ।

22 thoughts on “हामी कति सभ्य छौँ ?”

  1. Madhu says:
    August 20, 2014 at 5:21 pm

    धेरै खुसि लाग्यो तपाईंको काम देखेर | केहि साथिहरुले सुझाए झैं ज्यालादारीमा सरसफाई गर्ने मान्छे खटाउन सके समस्या अलि सुध्रिन पनि सक्छ | मेरो पनि एउटा तितो अनुभव छ सरसफाई सम्बन्धि….TU मा मास्टर पढ्दा ताका मलाई पनि कक्षा कोठा सारै फोहोर लाग्थ्यो | साथीहरु संग सल्लाह गरेर कसैले पनि कक्षा कोठामा फोहोर नगर्ने र निस्केका फोहोर तोकिएको ठाउँमा बिसर्जन गर्न सहमत गराएँ | बिभागमा कक्षा कोठा सफा गर्ने व्यक्तिको स्थायी दरबन्दी थियो तर काम त त्यस्तै हो….बिभाग प्रमुखकै कोठाको हाल त के थियो कुन्नि? त्यसैले ति परिचर दाइ लाइ हप्ताको २ पटक हामीले जम्मागरेको फोहोर उठाएर उचित ठाउँमा फाल्नको लागि आग्रह गरें | सुरुमा १-२ हप्ता त काम भयो त्यसपछि DUSTBIN मा जम्मा गरेको फोहोरनै फालिन छाड्यो | अनि तिनै दाइलाई भेटेर भनें | अलि पछि ति दाइले भनेको पनि मान्न छाडे | अति भए पछि एक दिन बिभाग प्रमुखकै अगाडी बोलाएर वहाँ मार्फतनै काम लगाउन उचित होला कि भनेर बोलाएँ….ति दाइले बिभाग प्रमुखका अगाडिनै मलाई त त म म गर्दै…..मैले गालि गलोज गरेको र कुट्ने पिट्ने धम्कि दिएको भनेर झुटा आरोप लगाई दिए….म छाँगाबाट खसे झैं भए….मैले सोचेकै थियिन कि कक्षा कोठा सफा गर्ने सानो प्रयासले मलाई त्यो मोडमा ल्याउला भनेर……….यस्तो छ हाम्रो परिबेस!!!!!!!!!!!

    Reply
  2. सिर्जने says:
    August 18, 2014 at 10:37 pm

    निपेशजी लाइ धन्यबाद, राम्रो काम गर्नुभएकोमा / निपेशजी बाट अरु हज्जारौ युवाले सिक्ने हो र बहुसंख्यकले फोहोर सहि ठाउमा बिसर्जन गर्ने हो भने यो समस्या धेरै कम हुनेछ /

    Reply
  3. keshav Raj Aryal says:
    August 18, 2014 at 11:40 am

    धेरै राम्रो प्रयाश गर्नु भयेछ सर, खुसि लाग्यो,,,,,

    Reply
  4. Bhola Sharma says:
    August 18, 2014 at 9:16 am

    यो त एउटा उदाहरण हो । यसले मात्र टि यु को फोहोरका समस्या समाधन हुदैन । टि यु भित्र रहेको शैक्षिक फोहोर सफागर्न अर्को निपेश ढकालले हिक्मत गर्नु परो । जबसम्म जसको जुन जिम्मेवारी हो त्यो इमानदारी पूर्वक सम्मन गर्ने प्रण गरी गरी उच्च पदाधिकारी,प्राध्यापक,कर्मचारी र विद्दाार्थि वर्गवाट हुदैन एक होईन २ \४ निपेश ढकालले फोहोर सफा गरे पनि विहान गरो साझ उस्तै हुन्छ । मेरो विनम्र अनुरोध छ उच्च पदाधिकारी, प्राध्यापक, कर्मचारी र बिद्दाार्थि वर्गमा जसको जे जिम्मेवारी हो त्यो इमानदारी पूर्वक कर्तव्यनिष्ट भै गर्ने प्रेरणा मिलोस यो बाट । बधाई छ निेपेशजिलाई सबैको ध्यान आर्कर्षण गरी दिनु भयो । पुन धन्यबाद

    Reply
  5. bishnu says:
    August 18, 2014 at 5:24 am

    धन्यवाद हजुरको यो कार्यकोलागी ….हमिसबैमिले अनि सबैले आफ्नो वरिपरि सफाई गरे, देश छिट्टै सुन्दर बनाउन सक्नेथियौ कि !

    Reply
  6. Tanka Kafle says:
    August 17, 2014 at 11:55 pm

    हामी धेरै गफ गरेर नै बिग्रेका हौँ , निपेश जी लाई धन्यवाद गरेर देखाउनु भो. के तर हामी सबै यो गर्न सक्छौ या गर्न चाहन्छौं त? सायद गर्न सक्दैनौं . देश बिग्रियो भनेर नेता लाई मात्र गाली गरेर बसेर हुन्छ ? आफ्नो जिम्बेवारी खै त महसुस गरेको? देश बिगार्न मा हाम्रो कति योगदान छ मुल्यांकन गरौँ अनि हुन्छ देश विकसित. रास्ट्रीयता को भावना चाहियो अनि हुन्छ परिवर्तन.
    निपेश जी को कार्य ले समाज परिवर्तन मा अलिकति भूमिका खेले जस्तै हामी सबैले सक्ने जति योगदान दिए कति राम्रो होला सायद. नेता या कर्मचारी मात्र समस्या हैनन् देश का ,हामी पनि छौ जिम्वेवार थोरै मात्र मा भए पनि देश को यो हालत को लागि.

    Reply
  7. Narayan says:
    August 17, 2014 at 11:50 pm

    सभ्यता हैन यो यो हाम्रो अल्छीपना र आडम्बरको लुकेको रुप हो ? बोल्न मात्र जान्ने नेपाली हरुको ज्वलन्त उदाहरण हो यो ! आउनुहोस हामी पनि positive सोच बनौ र सहकार्य गरौ !!

    Reply
  8. Neeraj says:
    August 17, 2014 at 11:42 pm

    Great Job ……..appreciate it …..

    Reply
  9. dhruva says:
    August 17, 2014 at 11:17 pm

    निक्कै राम्रो विचार र कामको सुरुवात हो यो, यसको निम्ति संस्कारकै बिकाश हुनु जरुरि छ , जस्तै यहाँ अमेरिकामा हामीले फोर को त् के कुरा एउटा चक्लेटको खोल गाडी बाट बाहिर फलेको भेटिए $१००० सम्म जरिमाना तिर्नु पर्छ त्यसैले सबै फोर गाडीमै सानो ब्याग राखेर घरमा आए पछि व्यवस्थित ठाउमा फ्याक्ने गरिन्छ , न स्कुल कलेज वा सार्बजनिक स्थानमा कसैले केहि फ्याक्न सोच्न सक्छन किनकि यहाको संस्कार नै त्यस्तो छ , त्यसैले संस्कार सिक्ने प्रमुख स्थान घरबाट सुरु हुनु पर्छ र त्यसपछि स्कुल कलेज हुदै बिश्वबिद्यालय सम्म पुग्दा सबै सफा र सुन्दर संस्कारको बिकाश हुन् सक्छ .

    एक बर्ष अघिको कुराहो हामि सपरिवार नेपाल आउदा मेरो छोराले (१२ बर्ष को) काठमाडौँ को डोमेस्टिक एरपोर्ट मा सुन्तला खाएर बोक्रा फाल्न डस्टबिन खोज्दा खाही भेटेन र मलाइ खः फल्ने भनेर सोध्दा मैले उ परको अफिसमा गएर सोधन भनेर पठाको त् उसले किन के भयोर बाहिर झ्याल बाट फ्याके हुन्छ भनेछ , मेरो छोरो ले खै के भन्यो त्यो कर्मचारीलाई थाहा भएन तर बिचार मेरो छोरो सुन्तलाको बोक्रा त्यहाँ फ्याक्न नसकेर आफ्नै झोलामा राखेर घरमा आएको थियो, के गर्ने सफाई गर्छु भन्नेले पनि गर्न न पाउने संकार देखेर मेरो छोरो छक्क पर्यो . तर एक हप्ता पछि फेरि त्यहि एरपोर्ट जादा डस्ट बिन देखेर मेरो छोरो खुसि भएको थियो , त्यसैले यसको नियन्त्रण भन्दा पनि सरकारी तथा गैर सरकारी र स्थानीय निकायबाट काम गर्न जरुरि छ र सबैको संकार्को बिकाश हुन् झनै जरुरि छ .

    Reply
  10. Bal Tamang says:
    August 17, 2014 at 10:22 pm

    अत्यन्तै उदाहरणीय काम| मुखले होइन यसरि कामले देखाउनु भएछ| हजारमा एकजना मात्र निपेशजी जस्ता भए पनि मुलुक सुध्रिएला|
    सबै काम पहिले मस्तिष्कको सोचालयमा ल्याएर गर्ने हो| उच्च शिक्षण संस्थाले उदाहरण बन्नपर्ने हो तर शिक्षालयको फोहोर देखि सो सोचालयलाई सौचालय बराबर बनाए पछि एयरपोर्ट र टुडीखेलको सौचालय सम्मको सफाईमा कसैले वास्ता नगेरेको कारण पनि यही हो|

    Reply
  11. कुसुम ज्ञवाली says:
    August 17, 2014 at 8:51 pm

    सरसफाइका लागी स्थायी प्रकृतिका कर्मचारी राख्नुको सट्टा विद्यार्थी वा अरू प्रति घण्टा र सरसफाइको उपलब्धीको अाधारमा ज्याला दिइने गरी अस्थाइ/पार्टटाइम कर्मचारी खटाउने ब्यवस्था गर्न सके काम हुन सक्छ ।

    Reply
  12. Damodar Dhungel says:
    August 17, 2014 at 7:00 pm

    निपेश जी को प्रयाश लाई मेरो सलाम . राम्रो गर्न चाहे मा हाम्रो देशमा गर्न नसकिने केहि छैन भन्ने उदारण हो यो .

    Reply
  13. kishor says:
    August 17, 2014 at 6:54 pm

    Great Job Nipesh Jee – a refreshing read and work, thank you! It is a part of awareness and culture and hope your work would create awareness in us not to throw garbage in public places. If we manage our own garbage at an individual level, there would be much less garbage to deal with.

    Reply
  14. laxmi says:
    August 17, 2014 at 5:50 pm

    “हामी देखासिकी भन्दा पनि व्यावाहारिक रुपमा सभ्य बन्नु आवश्यक छ । “निकै मन पर्यो यो भनाइ , !

    Reply
  15. Prabin says:
    August 17, 2014 at 4:22 pm

    सलाम छ यहाँ को काम को लागि|

    Reply
  16. bibek dhakal says:
    August 17, 2014 at 12:51 pm

    विद्यालय, क्याम्पस र विश्वविद्यालय सफाईको लागि सर्वप्रथम ती ठाउमा व्याप्त “राजनीति” नामक फोहोरको सफाई बाट सुरु गरम — अनि अरु सफाई सहज हुन्छ|
    तर निपेश जी को प्रयास सराहनीय नै छ|

    Reply
  17. Shiva says:
    August 17, 2014 at 12:46 pm

    यो राम्रो कामको खुलेर प्रसंसा गरौ. येस्ता कामहरुलाई हामी सबैले सहयोग गरौ. जय देश.

    Reply
  18. suzee says:
    August 17, 2014 at 12:03 pm

    धेरै राम्रो काम, JUST KEEP IT UP
    कुनै दिन त दीन फिर्ला TU को !!!!!!

    Reply
  19. Mohan Paudel says:
    August 17, 2014 at 11:31 am

    उच्च बिचार!मन छॊयॊ भाइ !!यॊ लॆखलॆ सकरात्मक पहल गर्नॆछ! निदायका ब्युजन्छनकि अब….,,,

    Reply
    1. Mohan Paudel says:
      August 17, 2014 at 11:34 am

      उच्च बिचार!मन छॊयॊ भाइ !!यॊ लॆखलॆ सकरात्मक पहल गर्नॆछ! निदायका ब्युजन्छनकि अब….,,,

      Reply
  20. डिल्ली says:
    August 17, 2014 at 11:28 am

    उच्चकोटीको सोचका लागि हृदयदेखि नै सलाम ! वास्तवमा त्रिवि भित्रका युनियनहरू (विद्यार्थी, कर्मचारी, प्राद्यापक) लगायतले आ-आफ्ना स्थानबाट काम गर्ने हो भने र विभागीय प्रमुखले थोरै पनि सकृयता देखाउन सक्ने हो भने फोहोर व्यवस्थापन वा विश्वविद्यालयको वर्तमान अवस्थामा धेरै सुधार हुन सक्ने थियो । अनधिकृत मानिसहरूको विश्वविद्यालय हातामा सहज पहुँच हुनाले एकान्त स्थानहरू असुरक्षति र अमर्यादित पनि बनिरहेका छन् । जब उपल्लो स्थान नै अमर्यादित हुन्छ त्यस्तोमा सफलता पाउन निकै गाह्रो हुन्छ । १-२ जनाको प्रयासले पनि सुधार गर्न सकिन्छ भन्ने उदाहरणीय काम भएको पढ्न पाउँदा खुशी लाग्यो ।

    Reply
  21. Chakra Gurung says:
    August 17, 2014 at 10:53 am

    यो त राम्रो कुरा हो हामी पनि यस अभियान मा आजै बाट जुटौ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme