Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकार भएपछि जे पनि गर्न मिल्ने रहेछ, ७ वटा पदमा ९ जनालाई प्रमोसन !

Posted on August 15, 2014 by Salokya

AIG नेपाल प्रहरीभित्रको एआइजी प्रमोसन प्रकरणलाई सरकारले टुङ्ग्याएको छ। नेपालमा एउटा चलन छ- मिलाएर गर्ने। यही मिलाएर गर्ने क्रममा सात वटा मात्र पद रहे पनि त्यो ठाउँमा नौ नौ जनालाई प्रमोसन गरेर कुरा मिलाइएको छ।

खासमा प्रहरीमा नियमावली अनुसार सात वटा एआइजी पद खाली थियो। डिआइजी छन् १३ जना। नियमावली अनुसारको सिफारिस समितिले सात जनालाई सिफारिस गर्‍यो। त्यो सिफारिस चित्त बुझेन भन्दै नियमावली अनुसार मुख्य सचिव, लोक सेवा आयोग अध्यक्ष रहेको पुनरावलोकन समितिमा गए। पुनरावलोकन समितिले सिफारिश समितिको सूचीबाट दुई जनालाई फालेर अर्का दुई जनालाई राखिदिए।

अब कुरा मिलाउनु पर्‍यो। त्यसैले पुनरावलोकन समितिका दुई जनाको पनि नाम र सिफारिश समितिको नाम पनि राखेर नौ जनालाई प्रमोसन दिइयो।

बाँकी रहेका चार जनाले पनि यसो रमेश खरेलले भने जस्तै ब्रिफकेस बोकेर ठाउँ ठाउँ चहारेका भए न १३ जनालाई नै प्रमोसन दिने स्थिति आउँथ्यो कि, कुन्नि है कुन्नि के भन्न सकिन्छ र नेपालमा।

अब हेर्नुस् न सिफारिश समितिको यो सिफारिश-

यसमा स्पष्ट रुपमा रिक्त रहेको पद संख्या सात भनिएको छ।

अब मन्त्रिपरिषद्ले नौ जनालाई प्रमोसन गरेपछि दुई जनालाई के बिना विभागीय मन्त्री जस्तो बिना विभागीय एआइजी बनाउने ?

अनि कुरा मिलाउने क्रममा यो नियमावली पनि संशोधन गर्नु पर्‍यो नि। मिति पुरानै राखेर संशोधन गर्ने त होला नि, एक जमानामा संविधान सभाको म्याद थप्ने निर्णय ब्याकडेट राखेर गरे जस्तै।

को-को भए एआइजी ?
राजेन्द्रसिंह भन्डारी,
सुरेन्द्र शाह,
विज्ञान शर्मा,
वीरेन्द्रबाबु श्रेष्ठ,
प्रतापसिंह थापा,
(यी पाँच जनाको नाम सिफारिश समिति र पुनरावलोकन समिति दुवैमा थियो।

रमेश शेखर बज्राचार्य,
केदार साउद,
(यी दुईको नाम चाहिँ सिफारिश समितिमा थियो, पुनरावलोकन समितिले फाल्दिएका थिए)

गणेश राई
नारायण बस्ताकोटी
(यी दुईको नाम चाहिँ सिफारिश समितिले फ्यालेका तर पुनरावलोकन समितिले थपेका थिए)

किन यिनीहरु आए, कस्तो क्याम्पेन गरेका थिए उनीहरुले, पृष्ठभूमिका लागि यहाँ क्लिक गरी पढ्नुस्।

बिचरा यादव अधिकारी, परशुराम खत्री, सुशीलवरसिंह थापा र विश्वराजसिंह शाही। यिनीहरु चाहिँ दुवै समितितिर अटाएनन्। कतै अटाउन सक्या भए नौको ठाउँमा १० जना वा १३ जना कै प्रमोसन पो हुन्थ्यो कि।

आखिर मिलाएर गरे हुने रैछ त।

17 thoughts on “सरकार भएपछि जे पनि गर्न मिल्ने रहेछ, ७ वटा पदमा ९ जनालाई प्रमोसन !”

  1. sameer says:
    August 18, 2014 at 12:30 am

    धन्न नमान्नु अब तिन दलिए सहमति बाट दुइ जना प्रधान मन्त्रि आउने छ अनि या त दुइ जना प्रधान मन्त्रि बिना बिभागिए हुने छन् या त तिनै जना प्रधान मन्त्रि को कार्य तलिके एस प्रकार को हुने छ.

    आइतबार, सोम बार र मंगलबार —- प्रधान मन्त्रि , नेपाली कांग्रेस

    बुध बार, बिहिबार र सुक्रबार —–प्रधान मन्त्रि , ए माले

    शनिबार —–बिदा को दिन

    काँही नभएको जात्र हाँडी गाऊमा / नेता हरु को दाउ भ्रस्टाचार मा./

    Reply
  2. मदन says:
    August 16, 2014 at 1:50 pm

    नेपाल प्रहरीमा भएको बढुवालाई लिएर जनमत तातेको छ । स्वाभाबिक रुपमा नतात्नु पर्ने हो । अलि ढिलो भएको हो, स्थान फेरिएको हो अनि पात्रहरु फेरिएका हुन् । गाईजात्रा कै दिन हुनु पर्नेमा अलि ढिलो भयो, प्रज्ञा-प्रतिष्ठानमा देखाईनु पर्नेमा प्रधान कार्यलयमा भयो अनि महान् हास्य कलाकार बामदेब गौतमको करकमलबाट शुसोभन हुनु पर्नेमा अन्य कोहिले गरिदिए । फुलि थाप्दा ब्रिफकेस सहित जानु पर्ने, फुलि लाउने ब्रिफकेस बुझाउने । कसैले थाहा पाउदैन, कालो चस्मा मुख्य कलाकारले लाइपछि के को डर ।
    हास्य कलकार बामदेम बिराजमान् होईबक्सेको मुलक र मन्त्रालयमा यस्तो हुनो समान्य हो, सबैलई चेतना भयाँ ।

    Reply
  3. DHAN says:
    August 16, 2014 at 10:17 am

    देश निंयम कानुनले होइन मिलाएर चल्ने भो , मिलाएर भागबन्डा लगायर खाने भय

    Reply
  4. Tanka Kafle says:
    August 15, 2014 at 11:58 pm

    अब मिलाएर ८/१० जना रास्ट्रपति अनि ८/१० जना प्रधानमन्त्री को दरबन्दी सिर्जना गरे भैगो नि, भाग पनि मिल्छ अनि लुटेर खान पनि मिल्छ.
    हिजो एउटा राजा धेर भयो हामीलाई किनकि हामीलाई ६०१ राजा जन्माउनु थ्यो .
    यस्तै हो भने अब पशुपतिनाथ ले पनि यो देस बचाउन सक्दैनन् .

    Reply
  5. Lalit Narayan says:
    August 15, 2014 at 10:30 pm

    साहित्यमा अर्को गाउँ खाने कथा थपियो l
    प्रश्न: ७ जनाले परीक्षा दिएर ९ जना पास हुने कुन चाहिं परीक्षा हो ?
    उत्तर: एआइजीपी को लागि नेपाल मा लिइने परीक्षा l

    प्रश्न: लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र, जनतन्त्र बाहेक अर्को कुन तन्त्र हो र यो कुन देशमा छ ?
    उत्तर: मनपरीतन्त्र l यो नेपालमा छ र यो नेता तथा कर्मचारीहरुले प्रतिपादन गरेको आफ्नै मौलिक तन्त्र हो l

    Reply
  6. Bal says:
    August 15, 2014 at 7:00 pm

    संबिधान बनाउने कुरा छैन नियुक्ति र बढुवाको गाँठोमा अल्झेर बस्ने हो? बढाउने काम भनेको लोड शेडीङ्ग र महंगी | संबिधान चै जनताले बेसकन चाप दिएपछि मात्र राता रात गरेर हतपत् लतपट संग निर्माण गर्ने होला|
    अहिलेको सरकारको काम हेर्दा यो दैनिक क्रमिक र निरन्तर विनाशले निम्ताएको सुनकोशीको पैह्रोले जमाएको ताल सरह लाग्छ|

    Reply
  7. Tenzing Gaba says:
    August 15, 2014 at 2:15 pm

    देशको शान्ति सुरक्ष्या बिग्रनमा प्रहरी कै हाकिम साप र नेता भनाउदाहरुको साह्रै ठुलो कु-योगदान छ / त्येसको यो एउटा नमुना नै हो,
    यो भन्दा अघिको झन् घिन लाग्दा कर्तुतहरु पनि एक पटक सम्झौ है त्

    # आज भन्दा २०-२५ बर्ष सम्म अगाडी नेपाल प्रहरीमा AIG र S.S.P. भन्ने पद नै थिएन, तर केहि नेताहरुले आफ्नो मान्छेलाई बढुवा गर्न पद नै सिर्जना गरे

    # केहि बर्ष अघि सम्म नेपाल प्रहरीमा AIGP मात्र २ जना हुन्थे अनि आफ्नो मान्छे लाइ पद दिनु पर्यो कि पदै सिर्जना गर्ने चलनले हाल ९ पुगिसकेछ

    # केहि बर्ष अगाडी नेपाला एकै समयमा नेपाल प्रहरीको IGP पनि २ जना बनाएको थियो , १ जना धुर्ब बहादुर प्रधान (nepal police IGP) र अर्को अच्युतकृष्ण खरेल ( IGP in special duty रे)
    —————————————————-
    यत्रा बिधि “चरी” हरु त्यसै जन्मेको हो र ?
    यी चरी कोरल्ने भाले-पोथीहरुलाई भुटुवा बनाएर खोया-बिर्के संग जनताले चपाउने दिन कहिले आउला ? ………… जदौ !!!

    Reply
  8. Basant says:
    August 15, 2014 at 1:08 pm

    ७ को ठाउँ मा ९ को बढुवा गर्न मिल्छ भने बाइकमा २ को ठाउँमा ३ बस्न किन नहुने अगुवाहरुले नियम मिच्न हुन्छ भने सर्बसाधारण ले किन नहुने आखिर हामी पनि त देशका सचेत नागरिक नै हौ क्यारे !!!

    Reply
  9. kamal devkota says:
    August 15, 2014 at 11:57 am

    सानो देस मा ६०० भन्दा बढी ब्वासा हरु …
    अनि थुप्रै मन्त्रि राज्यमन्त्री सहायकमन्त्री .. ब्वासा का नाइके हरु …

    जनता ले तिरेको कर … ग्वाम्म उठायो … मोज गर्यो ..
    एउटा नेता बिरामी हुदा सिंगापुर अमेरिका थाइलेडं …. पुरा दल बल सहित को जम्बो टोलि
    जनता बिरामी हुदा …….
    सब का सब नेता हरु को मीतिंग , भोज भट्टर फाइभ स्टार होटेल मा … वहा जनता को बिहान बेलका खान को समस्या छ अनि बढी रा को छ
    के के न ख्यास्छा माओबादी र प्रचंडे ले भन्ने सोचे र पछि लाग्ने हरु एइस्स ! खाओ
    अहिले यो दानब लै रिसोर्ट मा गएर आराम लिदै मा फुर्सद छैन

    क्यार्नी …समाज र तेसका मान्छे हरु पशु जस्ता भए पछि … तेइ बीच बाट थुप्रै ब्वासा त निस्की हल्छां नि …

    Reply
  10. Dhan says:
    August 15, 2014 at 11:27 am

    दुइ जना चाहि सुटकेश वाला होला नि पावर सेन्टर धाउने …. ह हाहा हा

    Reply
  11. Sandesh says:
    August 15, 2014 at 10:15 am

    त्यहि त जे गरे पनि हुदो रहेछ.

    Reply
  12. ramesh says:
    August 15, 2014 at 9:56 am

    देशको “नीति नियम” र “निस्पक्ष्यता” सरकार र नेताहरुले पालना गरेर समाजलाई उदाहरण देखाउनु पर्नेमा उल्टो भत्काउने र पक्ष्यापात गर्न मा तल्लिन छ! यो नैतिक भ्रस्टाचार हो ! अख्तियारले यता पनि ध्यान दिनु पर्यो! एस्तो सरकार र नेताहरु बाट सुशाशन र कानुनी राज्यको के आशा गर्ने????

    नेपाललाई माया गर्ने र नेपालको सम्रीदी चाहने सबैले सरकार र नेताहरुको येस्ता खाले नैतिक भ्रस्टाचार को बिरोध गरौ! नत्र, रमेश खरेलहरु र गणेश राई बिस्तारै मर्दै जानेछन या “बलिको बोको” बनाइदै जानेछन!!!!!!!

    Reply
  13. rakesh says:
    August 15, 2014 at 9:16 am

    अब रास्ट्रपति पनि दुइ जना बनाउने होला मिलाएर
    एक जना एमालेको एक जना कांग्रेस को

    Reply
  14. chandra says:
    August 15, 2014 at 9:00 am

    देशको “नीति नियम” र “निस्पक्ष्यता” सरकार र नेताहरुले पालना गरेर समाजलाई उदाहरण देखाउनु पर्नेमा उल्टो भत्काउने र पक्ष्यापात गर्न मा तल्लिन छ! यो नैतिक भ्रस्टाचार हो ! अख्तियारले यता पनि ध्यान दिनु पर्यो! एस्तो सरकार र नेताहरु बाट सुशाशन र कानुनी राज्यको के आशा गर्ने????

    नेपाललाई माया गर्ने र नेपालको सम्रीदी चाहने सबैले सरकार र नेताहरुको येस्ता खाले नैतिक भ्रस्टाचार को बिरोध गरौ! नत्र, रमेश खरेलहरु र गणेश राई बिस्तारै मर्दै जानेछन या “बलिको बोको” बनाइदै जानेछन!!!!!!!

    Reply
  15. Tanka Kafle says:
    August 15, 2014 at 7:49 am

    सहि कुरा सालोक्य जी, अन्तिम मा सहि लेखे जस्तो लाग्यो,
    आखिर मा मिलाउदा मिल्ने रहेछ त, बाकी ४ जनाको किन पो चित्त दुखको होला?बरु सबै को गर्दिएको भए हुन्थ्यो.
    हुन त २०६३ मा कतै नभाको प्रतिनिधिसभा को त पुनर्स्थापना भाको थियो, यो जाबो प्रहरी बढुवा भन्न सोचे होलान नि त सच्चा ganतन्त्र का ठेकेदार हरुले.

    Reply
  16. शिशिर बस्ताकोटी says:
    August 15, 2014 at 3:11 am

    चोर नेता हरु मिलाएर जान पर्ने ठाउमा चाँही मिलाएर जादैनन्, जन्हा आवश्यकता नही छैन यिनलाई जान्ने हुनु पर्ने|

    Reply
  17. Shekhar says:
    August 15, 2014 at 2:18 am

    अब आइ. जी. पी. पनि ९ ओटै हुने होला नि

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme