Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल सरकार भन्छ- चार अफ्रिकी देशमा नजानू है !

Posted on August 14, 2014 by Salokya

कति विदेशी सरकारले मात्र नेपाल भ्रमण नगर्नु, सतर्कता जनाउनु भनेर जारी गरेको ट्राभल एडभाइजरी सुन्नु ! यस पटक हाम्रै सरकारले ट्राभल एडभाइजरी जारी गरेको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको एडभाइजरीमा भनिएको छ- ‘पश्चिम अफ्रिकाका चार मुलुकहरु (गिनी, नाइजेरिया, लाइबेरिया र सियरा लियोन) को भ्रमण संभव भएसम्म नगर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्दछौँ।’

कारण? उही इबोला भाइरस।

त्यतिमात्र हैन, यी चार देशका नागरिक र यी देशमा भ्रमण गरेर आएका अरु देशका नागरिकलाई नेपालको भिसा लिन पनि गाह्रो बनाइएको छ। नेपालको भिसा जारी गर्दा “Ebola-free Certificate” लिएर मात्र भिसा जारी गर्न तथा आफूअन्तर्गतका अवैतनिक महाबाणिज्यदूतावास/बाणिज्यदूतावासहरुलाई पनि भिसा जारी गर्दा सोहीबमोजिम गर्न लगाउन विदेशस्थित सबै नेपाली नियोगहरुलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरेको छ।

लाइबेरिया र सियरा लियोनमा नेपाली सुरक्षाकर्मीहरु शान्तिसेनाका रुपमा कार्यरत छन्।

नाइजेरियामा त नेपालीहरु रोजगारीका लागि पनि गएका छन्।

त्यहाँबाट फर्केका नेपालीलाई २१ दिनसम्म निगरानीमा रहन भनिएको छ।

इबोलाको औषधि अहिलेसम्म पत्ता लागेको छैन। माथिका ४ देशमा यो रोगबाट दुई हजारको मृत्यु भइसकेको छ। नेपालमा यो छिर्‍यो भने महामारीका रुपमा फैलन सक्छ।

परराष्ट्र मन्त्रालयको एडभाइजरी

ईबोला भाइरस रोग प्रभावित मुलुकहरुमा भ्रमण नगर्न नेपाली नागरिकहरुलाई सल्लाह

हाल पश्चिम अफ्रिकाका चार मुलुकहरु, गिनी, नाइजेरिया, लाइबेरिया र सियरा लियोन ईबोला भाइरस रोगबाट प्रभावित भएकाछन् । हालसम्म ती मलुकहरुमा झण्डै दुइ हजार व्यक्तिहरु ईबोला भाइरसबाट संक्रमित भएका र एक हजारभन्दा बढी व्यक्तिहरुको मृत्यु भैसकेको जानकारी प्राप्त भएको छ ।

विश्व स्वास्थ्य संगठनले जनाएअनुसार ईबोला भाइरस रोग अत्यन्त छिटो सर्ने, खतरनाक र घातक रोग हो । यो रोग संक्रमित व्यक्ति वा जनावरको रगत, शरीरबाट निस्कने तरल बस्तु वा कोषिकासंग प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिमा सर्न सक्दछ । यस रोगको औषधि हालसम्म पत्ता लाग्न नसकेको हुँदा रोग लागेपछि उपचारमा थप समस्या उत्पन्न हुने गरेको छ । तसर्थ, यो रोगको संक्रमण हुनसक्ने सम्भावनाबाट टाढा रहनु नै पहिलो आवश्यकता हो ।

यस परिदृश्यमा ईबोला भाइरस रोगबाट प्रभावित पश्चिम अफ्रिकाका चार मुलुकहरु (गिनी, नाइजेरिया, लाइबेरिया र सियरा लियोन) को भ्रमण संभव भएसम्म नगर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्दछौँ । अत्यावश्यक अवस्था परी भ्रमण गर्नै पर्ने भएमा उच्च सतर्कता र सावधानी अपनाउन तथा फर्की आएपछि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय वा नजीकको अस्पताल/स्वास्थ्य सँस्थासंग सम्पर्क गरी कम्तीमा २१ दिनसम्म रेखदेखमा रहन पनि अनुरोध गर्दछौँ । यस विषयमा उल्लेख्य विवरण प्राप्त भएमा शीघ्र जानकारी गराइनेछ ।

यस्ता घातक रोगहरुबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ !

नेपाल सरकार
परराष्ट्र मन्त्रालय
२८ श्रावण २०७१

परराष्ट्र मन्त्रालयको विज्ञप्ति

प्रेस विज्ञप्ति

हाल पश्चिम अफ्रिकाका चार मुलुकहरु, गिनी, नाइजेरिया, लाइबेरिया र सियरा लियोन ईबोला भाइरस रोगबाट प्रभावित भएकाछन् । ईबोला भाइरस रोग अत्यन्त छिटो सर्ने, खतरनाक र घातक रोग भएकोले त्यसको प्रभावबाट बच्न नेपाल सरकारले विभिन्न उपायहरु अबलम्बन गरेको छ । यसै सन्दर्भमा परराष्ट्र मन्त्रालयले ती चार मुलुकको भ्रमण संभव भएसम्म नगर्न र भ्रमण गर्नै पर्ने भएमा उच्च सतर्कता र सावधानी अपनाउन तथा फर्की आएपछि स्वास्थ्य मन्त्रालय वा नजीकको अस्पताल/स्वास्थ्य सँस्थासंग सम्पर्क गरी कम्तीमा २१ दिनसम्म रेखदेखमा रहन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्दै Travel Advisory जारी गरेको छ । उक्त Travel Advisory परराष्ट्र मन्त्रालयको वेबसाइट www.mofa.gov.np मा पनि उपलब्ध छ ।

त्यसै गरी उपर्युक्त चार मुलुकका नागरिकहरु र हालै ती मुलुकहरुको भ्रमण गरेका अन्य देशका राहदानीबाहकहरुलाई नेपालको भिसा जारी गर्दा “Ebola-free Certificate” लिएर मात्र भिसा जारी गर्न तथा आफूअन्तर्गतका अवैतनिक महाबाणिज्यदूतावास/बाणिज्यदूतावासहरुलाई पनि भिसा जारी गर्दा सोहीबमोजिम गर्न लगाउन विदेशस्थित सबै नेपाली नियोगहरुलाई परराष्ट्र मन्त्रालयबाट पत्राचार भैसकेको छ ।

मा. स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री खगराज अधिकारीज्यूको अध्यक्षतामा हिजो बसेको बैठकले परराष्ट्र मन्त्रालयबाट माथि उल्लेख भएअनुसारको Travel Advisory जारी गर्ने र ईबोला भाइरस रोगबाट प्रभावित भएका मुलुकका नागरिकहरु तथा ती मुलुकहरुको भ्रमण गरेका अन्य देशका राहदानीबाहकहरुलाई नेपालको भिसा जारी गर्दा “Ebola-free Certificate” लिएर मात्र भिसा जारी गर्ने व्यवस्थाको लागि विदेशस्थित सबै नेपाली नियोगहरुलाई आग्रह गर्ने भन्ने निर्णय गरेको थियो ।

परराष्ट्र मन्त्रालय
काठमाण्डौ
१४ अगष्ट २०१४

2 thoughts on “नेपाल सरकार भन्छ- चार अफ्रिकी देशमा नजानू है !”

  1. Suman Bjra. says:
    August 17, 2014 at 7:00 am

    on arrival वीसा सबै ठाउँ मा रोक्नु आवस्यक छ / किन नेपालमा मात्र सबै देशको नागरिक लाई on arrival वीसा दिनु पर्ने नेपालीलाई जसरि दिन्छ तेसरी नै अरुदेश्को नगरिक लाई पनि तेही व्यवहार गर्नु पर्छ,/ येसरी गरेको खण्डमा केहि रोग हरु को रोक थाम हुन्छ / यो देश मा के सरकार भनेको पार्टी चलाउनको मात्रको हो ?

    Reply
  2. pralhad timalsina says:
    August 15, 2014 at 1:03 am

    सरकारको राम्रो काम को सुरुवात |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme