Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन उर्लियो यत्रो भिड?

Posted on August 12, 2014August 12, 2014 by Salokya

rip_sks1
धेरैपछि काठमाडौँमा एक पटक मानव सागर उर्लियो। हातहातमा पुष्पगुच्छा थिए उनीहरुका। शोकमा थिए उनीहरु। खासमा उनीहरु आफ्ना प्रिय कलाकार श्रीकृष्ण श्रेष्ठलाई अन्तिम विदाइ गर्न आएका थिए। प्रज्ञा प्रतिष्ठानका कर्मचारीहरुका अनुसार नारायण गोपालपछि पहिलो पटक शवयात्रामा मानव सागर यसरी उर्लिएको हो। किन उर्लियो त यत्रो मानव सागर ?

photo (14)
उनको मृत्यु धेरैका लागि अप्रत्याशित थियो। एक महिना पनि भएको थिएन, उनको बिहेको खबर मिडियामा छाएको। बिहेपछि हनिमूनका लागि विदेशिएको भन्ने खबरपछि उनको बारेमा कुनै खबरै आएको थिएन। एक्कासी बिरामी रे भन्ने खबर आयो अनि त्यसको केही दिनमा नै मृत्यु।

photo (11)
दोस्रो कारण, समकालीन नायकहरुमा उनी तुलनात्मक रुपमा क्लिन थिए। कुनै स्क्यान्डलमा फँसेका थिएनन्। कलाकार त अरु पनि थिए तर उनी असल मान्छे पनि थिए। आफ्नो स्टारडमको उनले कुनै गलत फाइदा उठाएका थिएनन्। परिचितहरुमाझ त उनी भलादमी थिए नै नचिन्नेहरुले पनि उनलाई असलै देख्थे, सुन्थे। सयभन्दा बढी फिल्म खेले र अरुभन्दा फरक छवि- डान्सिङ किङ बनाए। राम जाने, काठमाडौँको नौ तले धरहरा, र्‍याफ्टिङ बिसाउने, हे संगीता, राजमति कुमति- आदि दर्जनौँ चलेका गीतमा उनको नृत्य दर्शकको मनमनमा बसेको छ।

rip_sks
तेस्रो कारण, उनको मृत्यु क्यारियरमा सक्रिय अवस्थामै भयो। ड्रिम प्रोजेक्ट कोहिनूर रिलिज भएको भोलिपल्ट उनको निधन भयो। काठमाडौँ लगायत देशभर उनका फिल्मका पोस्टर टाँसिएको बेला उनको निधन भयो। फिल्मी झैँ भयो उनको निधन। दर्शकले विश्वासै गर्न गाह्रो।


अन्त्यमा यो एउटा फोटो पनि। आफन्तको मृत्युपछि परम्परा अनुसार गाईजात्रामा सहर परिक्रमा गर्ने क्रममा श्रीकृष्ण श्रेष्ठको यो फोटो सन् २००९ मा गाईजात्राको दिन खिचेको थिएँ। पाँच वर्षपछि सन् २०१४ मा गाईजात्राकै दिन उनको शवयात्रामा सहभागी हुनुपर्‍यो। मानव चोला, के थाहा हुँदो रहेछ र भोलि के होला !

प्रज्ञा भवन ल्याउँदै गर्दा श्रीकृष्ण श्रेष्ठ अमर रहोस्‌को नारा कसरी गुन्जिएको थियो, भिडियो हेर्नुस‌्-

हार्दिक श्रद्धाञ्जलि। शोकसंतप्त परिवार र आफन्तलाई धैर्य धारण गर्ने शक्ति मिलोस्।

15 thoughts on “किन उर्लियो यत्रो भिड?”

  1. Suman Gurung(UK) says:
    August 14, 2014 at 5:49 am

    कोहि मरेर लाखौ जनाले आसु चुहाए कोहि मरेर लाखौ लाइ हसाए, लाखौ ले कठै बरा भने कसैलाई बल्ल खायेछा भने येही हो असल र खराब मानिस को मृत्यु पछि को समेत जीवन. भावपूर्ण श्रदान्जली श्री कृष्ण तिमीलाई. भगवान्ले शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन.

    Reply
  2. dipak says:
    August 12, 2014 at 10:40 pm

    एक उत्क्रिस्त कलाकार श्रीकृष्ण श्रेष्ठ लाई यो मुलुकले गुमाउनु पर्दा कुन नेपाल आमाको
    सन्तान को हृदय नाबिज्यौला ?सोर्गीय श्रेष्ठको आत्माको चीर शान्तिको कामना गर्दै यो
    बज्रपात लाई सहनसक्ने छमता हामी नेपाली सोदेश तथा बिदेशमा रहेकालाई श्री परमेशोरले
    प्रदान गरोस भन्दै सोकसनतप्त परिवार प्रति हार्दिक समबेदना |

    Reply
  3. Rohini says:
    August 12, 2014 at 9:08 pm

    सबैलाई रुवाएर गए नायक श्री कृष्ण | हार्दिक श्रदान्जली |

    Reply
  4. Sanam Sharma says:
    August 12, 2014 at 8:42 pm

    श्री कृष्ण को देहानत ले असहनीह मरमाहत बनाय को छ साथाई बीबाह भएको ३५ दिन मा नै यस्तो चोट कुनै पनि नारी को लागि कति असहनिय हुन्छ यो सोच्दा पनि का ह ली लाग्दो हुन्छ जुन आज sweta लाई पर को छ ,, उनलाइ भगवान ले सहन सकन सक्ति देउन!!

    Reply
  5. umesh dhital says:
    August 12, 2014 at 8:09 pm

    येही नेर फरक छ, एउटा असल मान्छे र खराब मान्छेको | ‘चरी’ मरेकोमा जनताहरु कसैको एक थोपा आसु झरेन होला, तर श्रीकृष्ण मर्दा साराको मन रोयो ? आखिर मृत्यु त दुवैको एउतै हो नि ………

    Reply
  6. eklavya says:
    August 12, 2014 at 8:04 pm

    गुण्डा नाइके, चोर नेताहरु जबर्जस्ति शहिद घोषणा गर्न लाउछन के यिनलाई अब शहिद घोषणा गर्नुपर्छ ?? जब मान्नुपर्नेले मानि सकेपछि ….सादा जीवन उच्च विचारका शालीन स्वभावका यी अभिनेता आफ्ना समकालीन कलाकारहरु भन्दा फरक र विवादरहित रहे ..यिनी अरु चलचित्र कर्मीकालागी एउटा उदाहरण र प्रेरणाको पात्र बनेर गए ….RIP !!!

    Reply
  7. Rajesh rai says:
    August 12, 2014 at 7:10 pm

    सहि काम गर्यो भने नाम कमाउन अनि इज्जत कमाउन केहि गारो छहिन/

    Reply
  8. Karbir says:
    August 12, 2014 at 6:36 pm

    यिनले पनि आखिर सबैलाइ रुवायारै छाडे…हार्दिक श्रद्धाञ्जलि। शोकसंतप्त परिवार र आफन्तलाई धैर्य धारण गर्ने शक्ति मिलोस्।

    Reply
  9. सुगतश्री शरण says:
    August 12, 2014 at 6:04 pm

    दिवंगत आत्माको सुगति कामना !
    शोकग्रस्त परिवार प्रति हार्दिक समवेदना !!

    Reply
  10. sandy says:
    August 12, 2014 at 5:18 pm

    हार्दिक सर्दान्जाली श्री कृष्ण र सम्पूर्ण परिवारजन अनि बिसेस गरेर स्वेता जी लाई,,,I always miss u ,,RIP

    Reply
  11. prakasha gaire says:
    August 12, 2014 at 3:04 pm

    स्तो दया माया न भएको रहेछ यो पापी इश्वर , खुसी मा एक पल हास्न नदिएर जुनि भर रुवाइस थुक्क पापी दैब नायक श्रीकृष्ण श्रेष्ठ प्रती हार्दिक श्रद्धाञ्जली –

    Reply
  12. Dhital says:
    August 12, 2014 at 2:49 pm

    यो जनसागर कमाउनु नै मरेर पनि बाच्नु हो ! श्रीकृष्ण दाइ को मृत्आत्माले शान्ति पावोस अनि पशुपतिनाथले यो बज्रपात् को घडीमा परिवारजनमा धैर्य धारण गर्ने बल प्रदान गरुन !
    एउटा मर्दा सबको आखामा आशु अर्को मर्दा सबको मनमा खुसि यो कस्तो संसार, जसले जति कमायो (धन दौलत होइन, मन) त्यहि लिएर जाने हो !
    जय पशुपतिनाथ !

    Reply
  13. Sisir says:
    August 12, 2014 at 12:12 pm

    This human flood is the difference between a true hero ShreeKrishna and a social villain Chari . RIP.

    Reply
  14. बाबु says:
    August 12, 2014 at 10:31 am

    मर्नु त जन्मनुको अर्को नाम हो तर एउटा अर्थपूर्ण जिन्दगी बाचेर यत्तिका शुभ चिन्तक कमाउनु चानचुन कुरा होइन।।। भावपूर्ण श्रद्दान्जली।।।

    Reply
  15. AShrestha says:
    August 12, 2014 at 10:07 am

    RIP great actor & equally great person!

    This love shown by general Nepali community should motivate Nepali actors to remain true to Nepal and Nepali audiences rather than fleeing to foreign lands using the fame given to them by the same audiences. You can earn $$$ by flipping burgers but can you earn this respect?

    May god bestow strengths to the bereaved family!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme