Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मनोजेन्द्र मोदीको चर्तिकला

Posted on August 19, 2014August 20, 2014 by Salokya

1-IMG_4179 दायाँ छेउमा फोटो कसको देख्नुभयो ?

नरेन्द्र मोदी ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ??

हैन, उनी त मनोजेन्द्र मोदी हुन्। क्यारिकेचर गर्न खप्पिस मनोज गजुरेल यसपालिको गाइजात्रामा दुई अवतारमा भेटिए- वामदेव गौतम र नरेन्द्र मोदी। मोदीको क्यारिकेचरले सबैको ध्यान तानेको थियो।

मोदीले संसदमा गरेको भाषणको नक्कल गर्दै उनले दर्शकलाई धेरै हँसाउँछन्।

1-IMG_4149
२०६२/६३ को जनआन्दोलन ताका राजा ज्ञानेन्द्र अनि त्यसपछि प्रचण्डको दुरुस्तै नक्कल गरेका गजुरेलले यसपालि पनि दर्शक दीर्घाबाट हिँड्दै मञ्चमा जाने शैलि अपनाएका छन्। सुरुमा उनले मोदीले जस्तै नेपाली भाषामा सम्बोधन गर्छन्। त्यसपछि हिन्दीमा। छोटो अडियो क्लिप्स सुन्नुस्-

मोदीको भाषणको चर्चित लाइन थियो- पानी और जवानी पहाडके काम नहीँ आती। यसमा उनले नानीसमेत थपेर पानी, नानी र जवानी बनाएका छन्। छोटो अडियो क्लिप्स सुन्नुस्-

सम्बोधनका केही प्रमुख बुँदा
१) नेपाल और हिन्दुस्तानकी मित्रता सोनियाजीकी सारी और शुशिलजीकी दारी से भि पुराना है ।

२) हिन्दुस्तान नेपालके साथ कन्धे पे कन्धा मिलाकर चलना चाहता है, लेकिन यहांके नेता हमारे पैरपे कन्धा मिलाना खोजते है ।

३) पानीको दिल्लीकी तरफ, नानीको बम्बईकी तरफ और जवानीको खाडी तरफ लखेटनाले नेपालकी दुर्भाग्य शुरु हुइ है ।

४) दुनियांकी नजर नेपाली जनताकी तरफ है, लेकिन नेपालके नेताकी नजर दश हजार करोड पर है ।

५) जिस दिन नेपाल एयर लाइन्सका कार्गो बिमान नेपाली कामदारकी बजाय नेपालके आलु, प्याज, दुध, हिमालयके मिनेरल वाटर लेकर खाडी मुलुकमें ल्याण्ड करेगी, उसी दिन यह बुद्धभुमी, स्वर्ग बनजायगा ।

1-IMG_4173

1-IMG_4167

1-IMG_4161

1-IMG_4160

1-IMG_4157

1-IMG_4176
प्रहसनमा नेपाली नेता बनेकाहरु- झुसिल कोइराला, ओली, बाबुराम, कमल थापा र मधेसी नेता।

हिन्दुस्तान र नेपालको समानताबारे उनी यसरी बताउँछन्- हिन्दुस्तानमा चिया बेच्ने प्रधानमन्त्री भयो, नेपालमा भैँसी चराउने। छोटो अडियो क्लिप्स सुन्नुस्-

गाइजात्रे कार्यक्रम शनिबारसम्म प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुँदैछ।

11 thoughts on “मनोजेन्द्र मोदीको चर्तिकला”

  1. Pingback: प्रज्ञा भवनमा मनोजेन्द्र मोदी (भिडियो) « Mysansar
  2. Yadav Bhandari says:
    August 21, 2014 at 10:46 am

    Realistic, Fantastic, diplomatic ……… !!!!!!!!!!!!!!

    Reply
  3. रैथाने says:
    August 19, 2014 at 8:12 pm

    वा क्या बात भैया!
    बहुत खुब!
    हाम्तो हासेर मर्ने लाग्गयो क्या!

    Reply
  4. saroj says:
    August 19, 2014 at 5:57 pm

    मनोजेंद्र को लवज मोदी कम माकुने धेरै सुनिएको छ

    Reply
  5. हृदय says:
    August 19, 2014 at 5:15 pm

    बुढो ले हसाउँछ

    Reply
  6. तुयू भाजु उदास says:
    August 19, 2014 at 3:06 pm

    क्लिप को निम्ति धन्यवाद !
    तर, अडियो संग विडियो मेल नखाएको किन होला , खै ?
    नत्र, मनोजेंद्र लाई पनि साधुवाद भन्न मिल्ने थियो होला !

    Reply
  7. nisha says:
    August 19, 2014 at 2:43 pm

    नेपाली रजतपट का एक सफल कलाकार . सलाम छ तीमी र तीम्रो प्रस्तुतीकरण लाई .

    Reply
  8. basanta lekali says:
    August 19, 2014 at 1:35 pm

    मनोज गजुरेलको प्रशङ्सा जति गरेपनी कम नै हुनेगर्छ।वहाले गर्नुभएको क्यारिकेचर हसाउने माध्यम मात्र नभएर समाजलाइ परिबर्तन गर्ने सन्देश् पनि हो।।गजुरियल जी लाई अन्तरात्मा देखि धन्यबाद मेरो,,,,,,,,,,,।

    Reply
  9. asoc says:
    August 19, 2014 at 1:02 pm

    audio clips not available in the app
    – via MySansar App

    Reply
  10. abilash says:
    August 19, 2014 at 11:46 am

    हा हा राम्रो छ

    Reply
  11. सुबास सापकोटा says:
    August 19, 2014 at 11:37 am

    रमाइलो रैछ नि मोदी जी को नेपाल भ्रमण र भासण .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme