Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चरीले त छाडेर गइगयो गइगयो

Posted on August 8, 2014 by Salokya

अहिले पूरै नेपाल चरीमय भएको छ। यो चानचुने चरी थिएन। राजनीतिक संरक्षण प्राप्त दिनेश अधिकारी चरीलाई पुलिसले सिकार गरेपछि संसददेखि सडकसम्म आवाज उठिरहेको छ।

अब अझै केही दिन एमालेले चरीलाई उठाइरहनेछ। चरीलाई सहिद घोषणा गर्नुपर्नेसम्म नारा लागिसकेका छन् सडकमा।

चरीकी प्रेमिका खुस्बु ओलीका भनाईहरु, संसदमा चरीको बिहे ओलीसँग हुन लागेको भनी उठेका कुरा, अर्पण कोइराला र अर्का प्रहरीसँगको त्रिकोणात्मक प्रेम आदि मिक्स गरेर सुटआउट एट भीमढुङ्गा, चरी- अ लभ स्टोरी शीर्षकमा फिल्म बनाउनु पर्ने कुरा पनि हुन थालेका छन्।

यही चरीमय वातावरणलाई ध्यानमा राख्दै चरीको विषयमा बनेका केही गीतहरु यहाँ।

रामकृष्ण ढकालको चरी गीत

चरीले त छाडेर गइगयो गइगयो
सम्झना चैँ डालीमै रहिरह्यो

नेपथ्यको चरी गीत

चरी मर्‍यो शिशैको गोलीले

स्याडरोजको गीत

चरी उड्यो बादल छुनलाई….

मनोज श्रेष्ठको चरी गीत

चरी भरर, डाँडैमा बसेर रुम् कि धरर…

सहिदगेट फिल्मको गीत

मनकी चरी उडी उडी आकाश छोउँ भन्छ

हिक्मतबहादुर मालीको गीत

कुन देशकी चरी हौ तिमी

योगेश्वर अमात्यको चरी गीत

लैजा चरी, मेरो खबर…
यो गीत लेख्ने चाहिँ स‍ंयोगले दिनेश अधिकारी परेछन्।

47 thoughts on “चरीले त छाडेर गइगयो गइगयो”

  1. Shankar says:
    August 10, 2014 at 4:07 am

    मोफसल को हल्ला :-
    खरेल सक्रिय हुदा भागेको चरी फर्केर आएपछि सायद आक्रोशले होला ओली बामदेब को प्यानल छोडेर , माकुने प्यानल ज्वाइन गरेछ अनि मुठभेट मा परेछ रे |

    Reply
  2. madan bajracharya says:
    August 9, 2014 at 9:45 pm

    भण्डारी पछिको यमाले “गोलमाले” बनेको कुरा चरी जस्ताको निमित सदन अबरुद्ध गरेर प्रमाणित गरेको छ यमालेका गोलमाले नेताहरुले/ यसो हेर्दा चरीले गर्ल फ्रेन्ड मात्रै होइन धेरै ब्वाई फ्रेन्डहरु पनि बनायको देखियो/ नभय सदन भित्र चरीको गर्ल फ्रेंद्को बोलि बोलेर संबिधान बनाउने समय नस्ट गर्दैनथ्यो/

    असामाजिक चरी सिट पसिनाको कमाई छैन भन्ने कुरा थाह नभयको त् हुने सक्दैन त् यो गोलामाले दलका गोलामाले नेताहरुलाइ/ त् चरी सिट के लियर चरीलाई पार्टीमा हुलेको होला?

    नेपालको राजनीतिमा गोलमाले नीति हाबी हुनुमा चरी जस्तै भयकाको पछि लाग्ने यो गोलमाले दलनै बढी जिम्मेवार छन्/

    Reply
  3. lingChangThaku says:
    August 9, 2014 at 11:37 am

    भन्न पनि निमल्ने चरी विचरी कठैवरी
    उसलाई थुन्ने जेल नभएकोले गर्दा शीशैको गोली
    जति जेल थुने पनि निस्कि नै हाल्दो रहेछ चरी झैं
    केपि ओलि खुश्वु ओलि घैयावारी कि मकैवारी?
    यीनिहरूलाई चरी मर, मार य वाँच के को लयशैली
    पैसा राजनीति शक्तिवरी खईवरी
    मतलब छैन वामदेव, ओलि र माकुनिलाई
    धादिङको चरी नभए नि कति कति चरी घुस र कमिसन खुवाईवरी
    लईवरी लै लईवरी लै
    लैजाउन है अरू चरीहरूलाई
    (सम्पादन सहयोगको हार्दिक अपिल गर्दछ)
    __________________________________
    अन्तमा: भीम ढुंगा र दास ढुंगा, केपि अोलि र खुश्वु ओलीकोवीचमा एमालेको सम्बन्ध केही छ, त्यो पनि अनुसन्धन गर्न लायकको छ है।

    Reply
  4. Lok Thapa says:
    August 9, 2014 at 11:19 am

    हुनत ठिकै हो चरी मरेको तर कुरा सोच्नु पर्ने हुन्छ / येदि पुलिसले आज दोन को इनकौन्टर गर्न झुटो विवरण दिन सक्छ भने भोलि सर्ब साधारणलाई पनि तेसरी नै गोलि हानेर बच्न सक्छ / यो क्रियाकलाप मा सबै ले डोन मरेको हो भन्दै आखा चिम्ले भने भोलि आफ्नै साथी भाई हरु मर्दा दुख मा पर्न सक्नु हुन्छ / बरु समातेर जिबन भरि को लागि जेलमा खोचारेर भित्रै खान नदिएर मारे हुन्थियो / अब अरुलाई धम्काएर मारेर पैसा असुलेको डोन मर्दा खुसि लाग्नु स्वाभाविक हो / तर पनि झुटो तरिकाले मार्ने पुलिस को रणनीति एकदम सर्वसाधारणको लागि झनै खतरा छ / सर्व साधारण को त झन् सुप्पोर्ट लिने नेता पनि हुन्नन् पुलिसले त जसलाई पनि भागेको थियो संका लागेर गोलि खुट्टामा हानेको chakkauna खोज्दा टाउको मा लाग्यो भने पुगी हाल्छ / मेरो त भनाइ मा डोन मर्यो ठिकै भयो तर पुलिस लै पनि घोर भन्दा घोर सजाए दिने पर्छ/

    Reply
  5. सबिना राई says:
    August 9, 2014 at 10:51 am

    चरी बारेका दुई वोटा गीत छुटेका छन् है हजुर
    १) जेबी टुहुरेको – चरी उड्यो भुरुरु दाजै गरीब उठे जुरुरु …
    २) मेरो- चरी त मरेर गइ गयो, गइ गयो
    डाँकाको पैसामा मोज गर्नेको बिजोगै भै गयो |

    Reply
  6. Nigam, NH, USA says:
    August 9, 2014 at 9:37 am

    चरी मर्यो शिशैको गॊलीले तर फुल छोडेको होला फेरि अर्को चरी जन्मिन्छ! फेरी ओली को बोली सुनिन्छ, जनताको कान टटाई सक्यो!

    आगामी चुनावमा एमालेको जमानत जफत हुने पक्का छ, जनता बिबस, माओ-बादी फुट्ने, कांग्रेसको सोच छैन, एमाले चरी संग सति जाने, राप्रपा पनि टुक्रा टुक्रा!

    लौ आउ अब रमेश खरेल, बर्दी फुकालेर चुनाव लड!

    Reply
  7. ravi shirish says:
    August 8, 2014 at 11:13 pm

    एमाले पार्टी लाइ भोट? यी खाइस ! आउलास अर्को पालि भोट माग्न | सलाम नेपाल प्रहरी लाइ !! नेपाल प्रहरी को यो कारवाही प्रति अधिकांस नेपाली जनताको समर्थन छ |

    Reply
  8. dev says:
    August 8, 2014 at 10:25 pm

    सुन्योजित सड्यन्त्र हो पुलिस ले येसरी ८ गोलि उतार न पाउदैन डन भए पनि साधारण मान्छे भए पनि पहिला घाइते बनाउने हो यो सब मिलि भगत हो माथि को मान्छे को हात छ मेरो विचार मा निश्पक्चा जाच हुन जरुरि छ. पुलिस गलत छन् उनीहरु लाइ कडा भन्दा कडा कारबाही हुन जरुरि छ.

    Reply
  9. anil says:
    August 8, 2014 at 10:16 pm

    मेरो देश नेपालमा राजाको पुरै परिवार मारिये
    कस्ले मार्यो किन मार्यो थाहा भयेन। मदन
    भन्डारी मारिये कस्ले किन मारे पतै भयेन । आज
    ऐउटा गुन्डा देशको कलङ्क लाई पुलिस ले
    ईन्काउन्टर गर्दा येत्रो हङ्गामा। जनताहरु
    सुन्दै
    छौ होलानि नेताको धारणा यस्ता धेरैको ईन्काउन्टर
    गर्नुछ अझै नेपालमा । देशको सिमा मिचियेकोछ
    त्यस्मा छान्बिन हुदैन।
    बिदेशमा नेपाली मारियेका छन तेस्मा छान्बिन
    हुदैन। आज ऐउटा अपराधि जनतालाई धम्कयाउने
    जनतालाई दुख दिने सोजा सिदा जनतालाई
    अपहरण चन्दा असुल हत्या गर्ने
    अपराधि मारिदा हाम्रो नेताको चित दुखेको छ
    । छान्बिनको माग गरेको छन पुलिसलाई
    पुरस्क्रित गर्नुको सटा। ( तिमी हामीले भोट
    दिऐका नेता हरुको नियत बिस्तारै बाहिर
    आउदैछ ) देशमा प्रक्रितीक प्रोकोप आको छ
    सयौ मनिस मरे हजारौ बिस्तापित भये यस
    घटनाले साम्सद मा हङ्गामा भयेन आज
    अपरधि मारिदा साम्सद भबन
    मा हङ्गामा भयोरे हाम्रो नेपाल मा।धिकार छ
    राष्ट घाति नेता हरु तिमीहरु लाई ।

    Reply
  10. बिनोद तिमिल्सिना says:
    August 8, 2014 at 10:00 pm

    लैजा चरी मेरो खबर डनहरुलाई……दिनेश अधिकारी!!!!

    Reply
  11. Priti Rana says:
    August 8, 2014 at 9:27 pm

    चरी मर्यो शिशैको गोलीले
    चरी मर्यो शिशैको गोलीले
    बिना चरी के गर्लान ओलीले
    …..माया बैगुनी ….चरी चै नभई नहुनी …

    Reply
  12. ज्वलन्त पाण्डे says:
    August 8, 2014 at 7:20 pm

    अपराधिलाई पक्रनु वा एक दुई गोलि हानि घाईते बनाउनु अनुचित नहोला न कि छातिमा ताकेर ८,९ गोलि बर्साउनुलाई मानब अधिकारको बर्खिलाप मान्न सकिन्छ, बाच्न पाउने अधिकार सबैलाई छ। छानबिन गर्ने हो भने गै्हन्यायिक नतिजा अबस्य निस्कने छ।

    Reply
  13. sunil says:
    August 8, 2014 at 6:16 pm

    कुनै पनि प्रकारको हिँसालाई जायज मान्न सकिन्न तर जुन प्रकारले चरीको बचाउमा एमालेका नेताहरु लागेको छ , त्यो उदेग लाग्दो छ । अपराधलाई संस्थागत र यसको बचाउको लागि राजनितीक रंग दिन्दै छ । हामी कस्तो समाजको निर्माण गर्दै छौं। मोदीले नेताहरुमा ऋषी मन हुनु पर्छ भन्दा ताली बजाएर नथाक्ने एमालेगणले अपराधलाई संस्थागत गर्दै गरेको सुन्दा मन खल्लो हुन्छ ।

    Reply
  14. rabin says:
    August 8, 2014 at 4:21 pm

    राजेन्द्र पाण्डेको के बिजोक हो यो चरी नभए पछि

    Reply
  15. बेखालाल नेपाल says:
    August 8, 2014 at 4:20 pm

    नेपालका कहलिएका पराक्रमी गुन्डा नायक श्री श्री श्री चरीलाई नेपाल प्रहरीका होनहार जवानले कपटगरि इन्कौन्तरमा मरेकोले एमालेका साथी सभासदज्युहरु संबिधान लेखन थाती राखेर भएपनि न्यायिक जाचबुझ गर्न संबिधान सभा अबरुद्ध, एमालेका क्रान्तिकारी मित्रहरु देश-बन्द गरेर भए नि शहिद चरी धोषणा दवाब मुलक कार्यक्रम आदि गर्दै….

    Reply
  16. ashees says:
    August 8, 2014 at 12:23 pm

    नेपाली हरु लै चेतना भया: चरी को मृत्यु को बिरुद्ध को यो आन्दोलन को दुइ अर्थ हुन सक्छ. एक त चरी मरेको मा दुख लागेर होला. अर्को चरी सम्म पुगेको हात अरु लम्बिएर आफ्नो घांटी सम्म नपुगोस भनेर नेपाली पुलिश लाइ लाचार बनाउन पनि होला.

    Reply
  17. bhatte says:
    August 8, 2014 at 12:15 pm

    होइन त्यत्रो मान्छे मरेको गुन्डालाई जसरि मारे पनि यो त निकै ठुलो acheivement हो नि police को/ यो गन्हाएका नेता हरु को घैटो मा किन घाम नलागेको होला/ नेता हरु को लाज त सबै पचिसकेच

    Reply
    1. D. Bhandari says:
      August 9, 2014 at 5:31 am

      त्यो नेताहरु पनि टोले दादा, गुण्डा, लुटेरा हुदै so called राजनीतिक नेता को नाम ले चिनिन थालेका न हुन् / नेपालमा नेता भएको भए यस्तो दुर्दशा देख्नु पर्ने पक्कै थिएन/ नेता को अर्थ संबिधान सभाको ६०१ तमासे हरु कसैलाई थाहा होला त?

      Reply
  18. Krishna says:
    August 8, 2014 at 12:08 pm

    एमालेले एस्तो क्रियाकलाप धेखायेकै हो बुटवलमा प्रचण्ड थेब मारिदा पनि दुइटा सरकारमा रहेका पार्टीका कार्यकर्ता आपसमा लडाई गर्दा जनताले दुख पाएकै हुन् जनताको सबै भन्दा बढी दुहाई दिने कम्युनिष्ट पार्टीको सरकार हुदा जनताले सबै भन्दा भादी धुखा पाएको एथार्थ छ

    Reply
  19. यात्री, ताइपेइ,ताइवान says:
    August 8, 2014 at 11:40 am

    छानविन हुदैन, हाम्रेा देश नेपालमा शान्तिप्रिय राजा विरेन्द्रको पुरै परिवार केा विनास भयेा। दरवारमा धेरै मारिए कस्ले मार्यो किन मार्यो थाहा भएन। जननेता मदन भण्डारी दासढुङ्गामा मारिए कस्ले मारे किन मारे कुनै छानविन भएन देशको सिमा मिचिएकोछ । देश टुक्रा टुक्रा भएर बाँडिएकेाछ। त्यसकेा मतलव छैन। बिदेशमा कति नेपाली जेलकेा सजाय भेाग्दैछन्। कति मृत्युदण्डकेा फाँसी चढ्दैछन् अनि कति अकालमा मारिएका छन्। तेसकेा मतलव छैन। छानविन हुदैन भारतमा लाखैा नेपाली चेली बेश्यालयमा नारकिय जीवन विताइ रहेकाछन्। उनीहरूलाइ बेच्ने तस्करकेा खेाजी हुदैन। समस्या समाधान गर्ने छानविन हुदैन दिनानुदिन नारी बलत्कृत भइ रहेकाछन्। बलत्कारीलाइ फाँसी दिनु पर्छभन्ने अावाज उठ्दा पनि कुनै छानविन हुदैन। प्राकृतिक प्रकेापले हरेक बर्ष देशका कयैा ठाँउकेा विनास गरेकेाछ। कतिकेा ज्यान गयेा। कति बिस्थापित भए कति परिवार विहिन भए त्यसकेा कुनै छानविन हुदैन। संविधान, संविधान भन्दै जनता रेाइ रहेका छन्। संविधान बनाउने कुराकेा छानविन हुदैन। तर………….. अाज सोझा सिधा जनतालाई धम्क्याउने, दुःख दिने, वालबालिका लाइ अपहरण गरेर चन्दा असुल गर्ने, निर्देाश मानिसकेा हत्या गर्ने अपराधि मारिदा हाम्रो नेताको चित्त दुखेको छ। संसदमा हंगामा मचिएकेाछ। चरिलाइ मारेकेा गैरन्ययीक भनिएकेा छ। कस्लाइ मार्दा चाँही गैरन्यायीक नभएर न्यायीक हुन्छ त एमाले नेता ज्यूहरू????? एउटा गुण्डा देशको कलङ्क जसलाइ बर्षैा देखि पुलिसले खेाजि रहेकेा थियेा। पुलिस ले ईन्काउन्टर गर्दा उ मर्येा। यस्मा संसदमा नै किन यत्रै हङ्गामा? देशकेा ढुकुटी बाट मानेा चामल खाएर जनताकेा कमाइले पालिएका नेताहरू अाज यस्ता अपराधीकेा पक्षमा बहस गर्छन् अनि उल्टै पुलिसलाइ पुरष्कृत गर्नु पर्नेमा छानबिनको माग गरेको छन। के अव पनि हामी नेता कै पछाडी लाग्ने हेा त? गुण्डालाइ समर्थन गर्ने अनि अपराधी पालेर जनतालाइ दुःख दिने नेतालाइ भेाट दिएर जिताउने हामी सेाझा जनताहरू अव चुप लागेर बस्ने हैन। यस्ता गुण्डालाइ जेलमा नसडाए अनि नेताहरूलाइ देश निकाला नगरे नेपाल बन्ने छैन। नेपाली जनता एकजुट हैा। देश विकाश गर्ने नेताले हैन। हामी जनताले हेा।

    Reply
  20. डिल्ली says:
    August 8, 2014 at 11:39 am

    झट्ट हेर्दा गुण्डा मारिए पनि वास्तबमा दिनेश अधिकारी वर्तमान नेताहरूले उत्पादन गरेका उपज हुन् । चरी भन्दा ठूला अपराधि उनी जस्ता अपराधि बनाउने र उपयोग गर्ने नेता हुन् । उहिले नीति शिक्षा पढ्दाको कुरा याद आयो “अमन्त्रम्अक्षरम्नास्तिनास्तिमूलम्औषधम् । अयोग्य पुरुषोनाश्ति योजकस्तत्रदुर्लभ:” अर्थात मन्त्र नभएको अक्षर, औषधि नभएको जरा कुनै छैन, अयोग्य कोहि हुँदैन तर सबैकुरालाई योग्य बनाउनेमात्र दुर्लभ हुन्छ । गुण्डा परिचालकहरू कोही पार्टी अद्यक्ष भएर बसेका छन् त कोही प्रतिष्ठित नेता गनिएकाछन् । अपराध कर्म गरेर खाने यिनीहरू कहिले एक अर्काको गाँड कोराकोर गरेर तित्रा जस्तो मर्छन् त कहिले काम सकिए पछि उनै नेता द्वारा मारिन्छन् । अहिलेको एमाले महाअधिवेशन भोट नपाउनेले “सफाया” गराएको हो कि जस्तो लाग्छ र भोटपाउनेले चाहीँ सर्थनमा काँध थापेर हिडे जस्तो लाग्छ । तर कर्मको फल चरी भरर …………. भटटट……….. राम्रै भो समाजकालागि चाहीँ अरुको पनि पालो छिट्टै आए हुने थियो ।

    Reply
  21. xyz says:
    August 8, 2014 at 11:20 am

    So far I have been reading public comments in the net about this incident I figure out that
    98% public is in favour of police action irrespective of the fact whether it is fake encounter or not;
    2% saying this is wrong; irrespective of the fact that the deceased one is a highly wanted fugitive.

    Keep an eye of this lady called Khusboo Oli – I am expecting her to be in a “na ta ghat na ghar ka: situation.

    Reply
  22. harkaman shahi says:
    August 8, 2014 at 11:16 am

    Why are we behind making highlight a name of Rowdy ! are we benefiting on it? better quarrel for own rights instead of wasting time with unnecessary moles.

    Reply
  23. Devendra Basnet says:
    August 8, 2014 at 11:09 am

    यौ घटना चरीले गरेको अपराध को सजाए भन्दा पनि बेक्तिगत रिसिवी ले गर्दा प्रहरीले गरेको हत्या भन्दा केहि होइन. केहि केहि प्रहरी हरुलाई आजकल चुलबुल पाण्डे बन्ने रहर जागेको छ. २२० cc को पल्सर बाइक मा हिडेको चरीलाई प्रहरीको गाडीले भेत्तौना सक्ने कुनै सम्भावना नै छैन. हत्या को प्रकृति, हत्या भएको स्थान आदि हेर्दा मुठभेड मा मारिएको भन्ने कुरा पत्त्युना सकिदैन. एउटा भने पनि गलत कम गर्ने बेक्ती घट्यो भनेर धेरै जना खुसि hunu swobhabik हो तर प्रहरीको काम भनेको अपराधी पक्रेर उसले गरेका गलत कामहरुको छानबिन गरि उचित सजाए दिने, दण्ड जरिवाना गराउने हो , दिन दहैदै batama समातेर मार्ने अधिकार केहि गरि पनि छैन. उसलाई पक्रेर , येदि उसको पनि माथि कोहि छ भने पक्राउ गरि , बैध अबैध कमाएको धन सम्पति rastriyekaran गरि जेल हल्नुपो सजाए हो , यो घटनामा नेपाल प्रहरी कतै न कतै चुकेको छ.

    Reply
  24. rajendra bhattarai says:
    August 8, 2014 at 9:36 am

    साहसिक काम नेपाल प्रहरी! हिर्दय देखि सलाम/ अरु १० जना जति लाई येस्तै गर्नु पर्छ अनि थुइक्क ए. मा. ले. नुवाकोट का नेता राजेन्द्र पाण्डे र अरु नुवाकोटे एमाले सभासद लाई/ अनि के. पी. ओली लाई भगवान ले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन धन्यवाद/

    Reply
  25. बेखालाल नेपाल says:
    August 8, 2014 at 8:46 am

    नेपाल कम्युनिस्ट पार्टी (एककृत-मार्सवादी लेलिनवादी) का अध्धक्ष केपी शर्मा ओलीज्युले नेपालका कहलिएका पराक्रमी गुन्डा नायक श्री श्री श्री चरी लै नेपाल प्रहरीको हातबाट कपटपूर्ण तरिकाले छल गरि गोलि हानी मरेकोमा दुख ब्यक्त|

    Reply
  26. लौटन अवधि says:
    August 8, 2014 at 8:31 am

    हे ……… चरी

    कोहि कोहि
    ————
    तिम्रो धड्कन मेरो धड्कन
    तिम्रो हासो मेरो हासो
    कति रात जागेका थ्योउ
    लुकामारी मा पार्टी गर्थ्योउ !

    कुन असत्ति को आखा लाग्यो
    पत्रुकार ले भागाभाग पार्यो
    दिनरात चियो चर्चो, खोजीनिती ले कायल पार्यो
    युके तिर बरालिदा, सिंगापुर मा लुक्नु पर्यों

    हे चरी, यो दैब ले बित्यास पर्यों
    फुल देखि खुस्बु चोर्यो
    संसार यो अध्यारो भो
    चरी बिना जवानी यो त्यसै खेर गो —
    राजै अब त्यसै खेर गो !!

    नेता जी …….
    लडाकु त अचम्मकै
    काट मार को पी एच डी नै
    हप्ता पैसा
    सुलु सुलु घरमा नै
    बुथ जति क्याप्चर मा
    भोट जति हाम्रो मा नै
    गयो चरी उडेर
    बिरामी नेता लाइ
    एक्लो छाडेर !
    सुंड मुण्ड, भुसुंड
    जाओ अब बाटो मा
    राजनीति त अब लास मा !!!

    जनता !!!!
    चरी मर्यो पुलिस को गोलि ले
    अमन चयन पुलिस को बोलि ले
    इतिहास कै पहिलो चोटी
    पुलिस ले चाल्यो राम्रो गोटी
    बानेस्वर तिर
    छन् त अझै बग्रेल्ती डन
    ए पुलिस दाइ
    यिन को पालो कहिले आउने ?
    जनता लाइ भन !!!

    Reply
  27. Pradeep K Pariyar says:
    August 8, 2014 at 8:17 am

    एक जना गुन्डाको लागि सडक र सदन तताउनि हाम्रा नेता लाई आझ एमालेया नेता
    राजेन्द्र पान्ड लाई हमिसबैबाता सादुबाद सुनकोसी नदि थुनिदा भयको बिनास र ति पहिरो मा परि ज्यान गुमौनिका आफन्त को लागि उदार र सहयोग जतिसक्दो चाडो हुनुपर्ने कुरो को लागि सदन र सडक मा तेती चर्को सोर कसै नेता को रहेन छ.धन्नायाबाद

    Reply
  28. Ramesh babu says:
    August 8, 2014 at 7:05 am

    एमाले ले तेत्रो पार्टी भैकन पनि आफ्नै तौल घटाउने काम किन गर्दै छ , के नेपालका जत्रोसुकै ठुलो राजनीतिक पार्टी हरुको अस्लियेत येहीनै हो त ?

    Reply
  29. Rajan Upriti says:
    August 8, 2014 at 5:22 am

    यो एमाले भित्रैको झैँ झगडा भागवण्डा ले मारेको होला चरीलाइ नत्र त्यो ओली अध्यक्ष र तेस्को चाकर बामे गृहमन्त्री हुने बित्तिकै त्यो ओलीको चम्चा मर्नु पर्ने कारण त म देख्दिन |

    Reply
  30. Ken Thapa says:
    August 8, 2014 at 4:58 am

    साथी हो :

    यो त् अचम्मै भयो यौटा नाथे अपराधी लाई पुलिस संग मुकाबिला गर्दा मारिओ भने तेश्को बारेमा येत्रो होहल्ला गरेर संसद सम्म बन्द गर्ने धम्कि दिनु भनेको त् साह्रैनै देशको बेइजत्तिको कुरा हो येसरी पुलिस लाई शुटिंग गर्दा अरु देशमा पनि अपराधी मारिनु भनेको ठुलो कुरा भएन त्यो मान्छे ले जति सुकै ठुला नेता संग संगत गरे पनि उ त् औता अपराधी थियो र एसको बारेमा हुल्दुन्गा गराऊ भने यो देशको ठुलो बेइजत्ति हुनेछ कति देशमा त् पुलिस लाई केहि हात हाल्यो भने ठुलो अपराध मानिन्छ र एस्ता अपराधीले धेरै समय जेल बस्नु पर्छ

    Reply
  31. Rohan says:
    August 8, 2014 at 4:46 am

    चरी मर्यो पुलिस को गोलि ले
    अर्को चरी जन्मौछा kp ओली ले

    Reply
  32. dhan says:
    August 8, 2014 at 4:35 am

    धेरै धेरै राम्रो काम को सुरुवात हो यो किन भने अपराधि हो भन्ने थाहा छ . अपराधि लाइ पनि पुलिस ले समात्छ तर राजनीतिक समहू को बल मा पक्रिए पनि दुइ दिन मा छुटी हाल्छ त्यसै ले न त अदालत को झन्झट न त जेल को नै झन्झट द्यांग द्यांग ठोकी दियो खलास अझै अरु अरु अपराधि लाइ पनि येही गर्नु पर्छ जस्तै बलात्कार गर्ने हत्त्या गर्ने अनि बाकि अरु डन लाइ पनि येस्तै गर्नु पर्छ

    Reply
  33. Shankar says:
    August 8, 2014 at 4:24 am

    चरी कै गीत
    ————-

    चरी मर्यो , ओली लाइ पिर पर्यो ,
    मुठ भेट भन्छ , इन्काउन्टर पो गर्यो |

    Reply
  34. bnk thapa says:
    August 8, 2014 at 3:28 am

    जे गरेवो नेपाली पुलिस ले राम्रो गरियो तर केपी वोली पनि त गुण्ड का नेता हुन् माधब नेपाल ले भनि रहनु भयको छ सबै लाई थाहा छ के को छान बिन गर्ने रे मदन भण्डारी तेती राम्रो नेता मर्दा त छान बिन गर्न न सकेको केपी वोली आब के गर्न सक्छन तेस्त खास्ता केपी वोली लाई बगाउनु पर्ने हो सेतीमा गाडी सहित हुनत झापाका जनतानै मुर्ख हुन् जो एक केपी जस्तो गुण्ड लाई नै विजय बनाए आज हेर्नुश झापामा एक गरिब ले उपचार न पायर मर्नु परेको छ तर केपी जस्ता नेपताले एक्लै १ करोड हामीहरुको पैसाले उपचार गर्छन सबै भन्दा त हामी जनता नै मुर्ख हो यदि चरी जस्तो गुण्ड लाई मर्दा नेता चम्किन्छां भने हामी जनता किन बिरोध न गर्ने हामी ले पनि गरम न आन्दोलन गरम न त खैत हामीलाई त फुर्सत छैन नि है।

    Reply
  35. शशांक लामा, न्युयोर्क says:
    August 8, 2014 at 2:27 am

    लौन नि ! यो चरीले एमालेलाई चिरा चिरा पार्ने भयो !!!!

    Reply
  36. शशांक लामा, न्युयोर्क says:
    August 8, 2014 at 2:25 am

    ए तेरिमा लाने ! के साह्रो पातिएको गाँठे ! गुण्डालाई पनि शहिद् घोषणा गर्नु रे !

    Reply
  37. chandra says:
    August 8, 2014 at 2:09 am

    एउटा खुंखार सिकारी चिल (चरी) लाइ पुलिसले पक्रेर थुनेर राख्न कहाँ सक्थ्यो??? बिगत मा पुलिस ले धेरै पटक पक्रिदा – चरी उडेर भागेकै हो ! त्यो चिललाइ कि त अपराध गर्न छुट दिनु पर्थ्यो, कि त गोलि खुवाउनु नै पर्थ्यो! ढिलो चाडो – सिकारी, अपराधी, खुराफाती, डाका को येस्तै नियति हुन्छा!

    नेता हरुले येस्ता “अपराधी र धर्तीका बोझ” को बारेमा समय र बजेट खर्च गर्नु भन्दा हाल सालै पहिरोमा परेर जन-धन गुमाएका सिन्धुपाल्चोक र संखुवासभाका गरिब तर असल नागरिक हरुलाई सहयोग गर्नु राम्रो हुने छ !!!

    Reply
  38. kedar says:
    August 8, 2014 at 2:00 am

    वाइस्यालले उसलाई डुबाएर यहाँसम्म ल्याको थियो अब चरीले उडाएर डमालेलाई कहाँ पुर्याउने हो | येसरिनै चरी घोकिराख न सुँ….र का पाठा हो |

    Reply
  39. Sara says:
    August 8, 2014 at 1:43 am

    सदन अबरुद्ध पार्छु भन्ने र सहिद घोसना माग गर्ने गराउनेलाई सबै जनता उठेर कुट्नु पर्छ ,राम्रो काम गर्न लाग्यो कि चक्काजाम ,सदन अबरुद्ध ,नारा जुलुश ,चाहे त्रिकोणात्मक प्रेम मा परेरे मरोस कि ,पुलिशले इन्कौन्टर गरेर मारोस डान भनेको डान नै हो ,अर्को नकाच्चारी लाज सरम डर छैन डान ले खुब राम्रो काम गरेझै दुनियाको अगाडी गिर्ल्फ्रैंड हुम भनेर तेस्को पक्छ बोल्दै हिन्छे कुच्छेको थोपदा देखाएर !

    Reply
  40. prakash says:
    August 8, 2014 at 1:34 am

    आदरणीय एमाले नेतागणहरु ….
    हजुरहरुलाई अलिकति पनि लाज र सरम भन्ने चिजको ज्ञान छ भने चरी लै बोक्न छोडिदिनुहोस् |
    एउटा डाँकाले कति जनतालाई रूहाएको थियो जनताको सेवा गर्ने हजुरहरुले बुज्नु पर्छ | हजुरहरु सर्बहाराको नेता डनको पछि किन ? के नेपाल प्रहरीले हजुरहरुको टिकेट लिएको छ कि छैन सोधेर गोलि चलाउनु पर्ने थियो ? हो मृत्यु प्रिय हुदैन उसले आरुलाई मरेको पनि त मृत्यु नै थियो नि होइन र ? कि चरी कानुन भन्दा माथि थियो ? के हजुरहरुको कार्यकर्ता कानुन भन्दा माथि हुन्छ ? होइन भने गुण्डाको मृत्यु को पछाडी लाग्नु भन्दा सुनकोशीका ति पिडित हरुको लागि आवाज उठाउनुस ,जनता हजुरहरुको साथ हुनेछन | एउटा गुन्डा मर्दा यतिका कार्यकर्ता उठाउन सक्ने हजुरको पार्टीले कम्तिमा सुनकोशी पिडितको लागि काम गरेको भय जनता खुशी हुनी थिए | हजुरहरु आफुलाई देशको ठेकदार ठान्नेहरु कम्तिमा एकजना सुनकोशीको तट सम्म पुगेको भय जनताले हजुरहरुलाई सलाम गर्ने थिए | हिजो ग्रामिण भेगमा बसेर राष्ट्रको सेवा गर्ने डाक्टरलै मृत्यु को मुखमा धकाल्दै गर्दा केहि गर्न सकेको भयमा सलाम गर्ने थिए | भक्क्षक लै हैन रक्क्षक लै रक्क्षा गर्नुहोस देशले मुहार फेर्ने छ |

    Reply
  41. dhakalji says:
    August 8, 2014 at 1:30 am

    देउडा गीत पनि छन है चरी सम्बन्धि!!
    https://www.youtube.com/watch?v=ंर९भ्ड्घX८ई१स

    Reply
  42. Raamesh says:
    August 8, 2014 at 1:27 am

    घटना क्रम हेर्दा पुलिस ले रास्ट्र सेवा को लागि भन्दा ले लेन देन तथा पावोर या पैसाको लागि सेटिंग मिलाएर हत्या गरे -गराएको जस्तो पनि देखिन्छ |
    # मोटरसाइकल मा बैक फायर गर्दै भाग्नु
    # गोलि लागेको मान्छे को लाश मस्त संग उतानो परेर सुतेको जस्तै भेट्नु
    # पुलिश नामरिन्जेल त्यो “चरी” हो भन्ने थाहा नभएको बयान दिनु
    # घटनास्थल मा रगत का टाटा नदेखिनु

    यदि तेस्तो हो भने एक गुण्डा ले अर्को गुण्डा लाइ उदाएको जस्तो मात्र देखिन्छ |
    जे भए नि यहा बिधि को शासन को आशा गर्नु बेकार छ | आफ्नु पार्टी को कार्य कर्ता मार्यो भनेर बिरोध गर्ने र बिपक्षी पार्टी को कार्यकर्ता मर्यो भनेर उन्माद हुनु बेकार छ |
    डन उत्पादन हुनु या कथित इन्काउन्टर हुनु दुवै गलत हुन् | जनता सचेत बनौ | कम से कम आफ्ना सन्तान लाइ असल बनाऊ |

    Reply
  43. sanjeev Adhikari says:
    August 8, 2014 at 1:01 am

    जो जस्तो भयानी मर्नु या मारिनु राम्रो हैन .. अरुको मरण लाइ हासोको बिसय बनाउनु मानबिय समबेदना हिन हो

    Reply
  44. nisha says:
    August 8, 2014 at 12:55 am

    भलै चरी गुन्डा हुन् खराब हुन् दुनिया लै दुख दिए ता पनि राम्रो काम गरेर अमर नभएपनि नराम्रो काम गरेरै भए पनि अमर पो भए ता सारा नेपाली ले त्यो चरी मर्यो सिशै को गोलि ले भन्ने गीत सुन्दा चरी को सम्झना मानसपटल मा एक पटक ता सबै को औछ होला जस्तो मलाई पनि आज दिनभरी तेही गीत र चरी को सम्झना आयो . अब मृतात्मा लै किन नराम्रो गर्ने गाली दिने ३० बर्ष को कलिलो आयु लीएर आएका रहिचन . थोरै समय मा धेरै मस्ती गरे मिति पुग्यो सायद उनले गरेका कुक्रित्त्य हरु भगवान लै पनि सहिनसक्नु भयो होला र पो उनको यो गति भो त जे होश कामना गरौ चरी को मृतात्मा ले शान्ति पाओस . येदि अर्को जन्म हुँदो रहिछ भने चरी असल भएर जन्मुन सबैका प्रिय बनुन र येश्पली को अल्पाएयौ सहित जोडेर अर्को जुनी मा सय बर्ष बाचुन .

    Reply
  45. Sagar says:
    August 8, 2014 at 12:48 am

    डॉन बिना ए माले एक्लो हुनेभयो अरु चरी खोज्न जालान नि नेताः हरु यस्तै नेता बाट के आशा गर्नु प्रहरी प्रसासन ले देश जनता ले

    Reply
  46. ashok says:
    August 8, 2014 at 12:45 am

    नेपाल प्रहरीलाई मेरो तर्फबाट छड्के सलाम !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme